लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 जेष्ठ १९ - सरकारले घोषणा गरेको संविधानसभा निर्वाचन यथास्थितिमा हुन नसक्ने सरकारका बहालवाला मन्त्रीहरुले दाबी गरेका छन् । उनीहरुले चुनावअघि संवैधानिक जटिलता अन्त्य गर्नुपर्ने बताए । राजधानीमा शुक्रबार आयोजित साक्षात्कारमा भूमिसुधार तथा व्यवस्था मन्त्री चन्द्रदेव जोशीले अहिले रहेका संबैधानिक जटिलता अन्त्य गरेपछि मात्रै संविधानसभाको निर्वाचन हुन सक्ने स्पष्ट पारे । 'अहिले मुलुकमा संबैधानिक जटिलता छ,' उनले भने, 'यस्तो अवस्थामा निर्वाचन भएको विश्वमा पनि उदाहरण मैले भेटेको छैन ।' जटिलता समाधान गरेपछि मात्रै निर्वाचन हुने उनले बताए । मन्त्री जोशीले राजनीतिक सहमतिबाटै मात्रै संवैधानिक जटिलताको अन्त्य गर्न सकिने भन्दै दलहरुवीचको सहमतिको विकल्प नभएको स्पष्ट पारे । उनले सहमति खोज्ने जिम्मेवारीसमेत राजनीतिमा हालिमुहाली गर्ने प्रमुख दलकै भएको दावी गरे । संविधानसभाको अवसान प्रमुख दलहरुको इगोका कारण भएको आरोप लगाउँदै उनले प्रमुख तीन दल र मधेसी मोर्चाका नेताहरुले यसको जिम्मेवारी लिनु पर्ने धारणा राखे । 'हामी पनि थोरै जिम्मेवार छौँ,' उनले भने, 'त्यसको लागि जनतासँग माफी माग्छौँ तर संविधानसभालाई नै बन्धक बनाउने तीन दल र मोर्चाले यसको जिम्मेवारी लिनु पर्छ ।' महिला बालबालिका तथा समाज कल्याण मन्त्री बद्रीप्रसाद न्यौपानेले संविधानसभा पनि नरहने र संकटकालमा पनि सहमति बन्न नसकेपछि सरकारले एक मात्र विकल्प निर्वाचन रोजेको दाबी गर्दै जनतामा जाने कुरामा कसैले पनि आपत्ति मान्नु पर्ने आवश्यकता नरहेकेा बताए । 'देश शुन्यतामा रहन सक्दैन । त्यसैले अन्तिम विकल्प स्वरुप निर्वाचन घोषणा गरिएको हो,' उनले भने, 'जनतासँग म्याण्डेड लिने कुरामा कोही पनि अत्तालिनु पर्दैन ।' सहकारी तथा गरिवी निवारण मन्त्री एकनाथ ढकालले सरकारको चाहना नभए पनि संविधानसभाको विघटनको अवस्थामा पनि विकल्पमा दलहरुवीच सहमति बन्न नसकेपछि बाध्यतावश सरकारले निर्वाचन घोषणा गरेको स्पष्ट पारे ।

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 गधा र खच्चडको कारणले गर्दा जातीय दंगाको शुरुवात हुने कल्पना सायदै कसैले गर्लान् । तर यमनको एक आदिवासी प्रान्तमा यस्तै घटना भएको छ । यमनको दक्षिण पश्चिम आबा प्रान्तमा गधा र खच्चडले जन्माएको विवाद कारण चलेको गोलीले १५ जनाको मृत्यु भएको छ । गधा र खच्चडले गर्दा घटेको घटना पनि अनौठो रहेको छ । सायदै मानिसहरुले सुनेका होलान् कि एक जनावरले अर्को जनावरको बलात्कार गर्यो । यदि जनावरहरुले यस्तो गरिहाले पनि हाम्रो लागि सरोकारको कुनै विषयमा पर्न आउँदैन होला । तर यस्तै जनावरले गरेको बलात्कारले यमनको आदिवासी प्रान्तमा जातिय दंगा फैलिएको थियो । एक स्थानीय व्यक्तिले पालेको गधाले अर्को व्यक्तिले पालेको खच्चडलाई लखेटी लखेटी बलात्कार गरे पछि क्रोधित भएका खच्चड मालिकाले गधा मालिकसँग झगडा गर्न थाले । झगडाले निकै ठूलो रुप लिएपछि दुई पक्षबीच गोली हानाहान भएको थियो । सो गोली हानाहानमा १५ जना स्थानीय बासिन्दाले अकालै ज्यान गुमाएका थिए । सो घटनाले जातिय दंगाको रुपमा परिणत भई ती व्यक्तिहरुले अकालमा ज्यान गुमाएका हुन् । गधाका मालिक मकाबी समुदायका थिए भने खच्चडका मालिक अब्बास समुदायका थिए । यो दुई जनावारको विषयलाई लिएर स्थानिय दुई समुदायहरुको एक आपसमा झगडा गरेका थिए । हिंसाले ठूलै जातिय दंगाको रुप लिन थालेपछि स्थानीय प्रशासनले ठूलो संख्यामा प्रहरी परिचालन गरेर स्थितीलाई नियन्त्रणमा लिएका लिए । सो घटनामा प्रहरीले ८ जनालाई पक्राउ गरेका छन् ।

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 जेठ १९सर्वोच्चका न्यायाधीश रणबहादुर बमको हिजो दिनदहाडै गोली हानी हत्या भएसँगै केन्द्रीय सुरक्षा समितिले विशिष्ट व्यक्तिहरुलाई समेत सुरक्षा खतरा हुनसक्ने भन्दै सुरक्षा व्यवस्था मिलाएको छ। त्यसका लागि बैठकले सुरक्षा व्यवस्थापन निर्देशिकालाई परिमार्जन गर्न कार्यदल गठन गरेको छ। गृह मन्त्रालयका सहसचिव शंकरप्रसाद कोइरालाको संयोजकत्वमा कार्यदल गठन गरिएको हो। बैठकले न्यायाधीशहरुलाई थप सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको छ। गृह सचिवको अध्यक्षतामा बस्ने बैठकमा गृह मन्त्रालय अन्तर्गत रहेका तीनै सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख रहने गर्छ। बैठकमा रक्षा मन्त्रालय अन्तर्गत रहने सेनाको प्रतिनिधि पनि रहने गर्छ। गृह मन्त्रालय अन्तर्गतको शान्ति सुरक्षा महाशाखा प्रमुख पनि रहने समितिको बैठक प्रत्येक शुक्रबार नियमित बस्ने गर्छ।

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 हङकङमा एउटा दुर्लभ हिरा १ करोड ७४ लाख अमेरिकी डलरमा बिक्री भएको छ । लिलामीमा राखिएको मार्टिएन नामको गुलाबी रंङको प्रख्यात उक्त हिरा एक अज्ञात ब्यक्तिले टेलिफोनमार्फत बोलकबोल गरी खरिद गरेका हुन् । १२ कैरेटको यो हिरा सन् १९७६ मा अमेरिकी सुनार हैरी विन्स्टनले क्रिस्टी नामका अमेरिकी नागरिकलाई बेचेका थिए । हिरा खरिद गर्ने अमेरिकी नागरिक भएको र उनले यो हिरा हङकङमा नै बिक्री गर्र्ने बताएका छन् । हिराका पारखीहरुको संख्या अरु देशको तुलनामा हङकङमा धेरै रहेकाले खरिद मूल्यभन्दा एक तिहाई बढीमा बिक्री गर्ने बताएका छन् । यही हिरा बेलायतकी महारानी एलिजाबेथ द्वितीयासँग पनि रहेको छ । सन् १९४७ मा बिबाहका अवसरमा एलिजाबेथलाई यो हिरा दिइएको थियो ।

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 ओस्लो- बर्माकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीले नर्वेको राजधानी ओस्लोमा नोबेल पुरस्कारसम्बन्धी विशेष समारोहमा सम्बोधन गर्ने भएकी छिन् । सुकी सन् १९९१ मा नोबेल शान्ति पुरस्कारबाट सम्मानित भएकी थिइन् । उनी हाल थाइल्याण्ड भ्रमणमा छिन् । उनले जुन १६ मा ओस्लोमा आयोजना हुने नोबेल शान्ति पुरस्कारसम्बन्धी समारोहलाई सम्बोधन गर्ने जानकारी नोबेल पुरस्कार समितिका प्रवक्ता सिग्रिड लाङबेरकले दिएका छन् । भ्रमणका क्रममा नेत्री सुकीले नर्वेका प्रधानमन्त्री जेन्स स्टोल्टसेनवर्ग तथा विदेशमन्त्री जोनास गाह्र स्टोरेसँग भेटवार्ता गर्ने पनि बताइएको छ ।

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं काठमाडौं, 
३० मे २०१२,ऐतिहासिक संविधान सभा विघटन हुनुमा एकात्मकवादी विरोधी एमाले-कांग्रेसले पहिचानसहितको संघीयता अस्वीकार गर्नु प्रमुख कारण भएको जनाउँदै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले संविधान सभाको विघटन र त्यसपछि उत्पन्न नयाँ परिस्थितिबारे आफ्नो साङ्गठानिक धारणा सार्वजनिक गरेको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन 'मिराक'ले जेष्ठ १७ गते एक प्रेस विज्ञप्ति जारी गर्दै ऐतिहासिक संविधान सभाको विघटन हुनुमा एमाले-कांग्रेसलगायत सभाध्यक्ष र एमाओवादीका संस्थापन पक्ष तथा मधेशी मोर्चाका सबै पक्षहरू जिम्मेवार रहेको मञ्चले ठहर गरेको छ । साथै, सोही प्रेसविज्ञप्तिमार्फ् मिति २०६९ जेष्ठ १७ गतेको कान्तिपुर दैनिक पत्रिकामा 'संविधान सभा विघटनको पक्ष र विपक्षमा' भन्ने शीर्षकमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई ताजा निर्वाचन गराउने कदमको विपक्षमा, खासगरी एमाले-कांग्रेसको पक्षमा, राखेर बनावटी समाचार सम्प्रेषण गरी भ्रामक प्रचार गरेको प्रति संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सो समाचार सतप्रतिशत झूट र कपोलकल्पित भएको भन्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले सोको जोडदार खण्डन गर्दै घोर विरोध र भर्त्सना गरेको छ । साथै, यो झूट समाचार छापेर भ्रम सिर्जना गरेकोले उक्त कान्तिपुर दैनिक पत्रिकाले सो समाचारप्रतिको मञ्चको खण्डनलाई प्राथमिकताका साथ स्थान दिई छापेर अविलम्ब सच्याउनु पर्नेसमेत जनाएको छ । विज्ञप्तिमा भनिएको छ- ''संविधान सभा विघटन गर्न नायक र खलनायकको भूमिका खेल्ने सबै पक्षको भण्डाफोर गर्दै ताजा जनादेशको चुनौतीलाई पनि सामना गरी जनतामाझ जाने र 'संघीयतवादी'हरूको आँधिवेहरी सिर्जना गर्ने लक्ष्य बोकेको सो संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई एकात्मकवादी एमाले-कांग्रेसजस्तो लिम्बुवान, खम्बुवान, तामाङसालीङ, नेवाः, तमुवान, मगरात, थरुहट, मिथिला र खसानलगायतका संघीय-स्वायत्त राज्यहरूको विरोधी पार्टीको कित्तामा राखेर भ्रामक समाचार सम्प्रेषण गरिनु खेदपूर्ण षडयन्त्र हो । संघीय मञ्च कहिले पनि एमाले-कांग्रेसजस्तो पहिचान विरोधी पार्टीको कित्तामा रहन नसक्ने जानकारी पनि यसै विज्ञप्तिमार्फत् गराउँदछौं ।'' संघीय मञ्चले संघीयता विरोधी एकात्मकवादीहरूको षडयन्त्रमा भएको संविधानसभाको सुनियोजित विघटनप्रति खेद प्रकट गर्दै नेपालभरका पहिचानसहितको संघीयताका पक्षधर संघीयवादी शक्तिहरूलाई गोलवद्ध गर्दै संविधान सभाको ताजा जनादेशका लागि चुनावमा जाने चुनौतीलाई सामना गर्ने नै मञ्चको आधिकारिक धारणा रहेको कुरा पनि सोही विज्ञप्तिमार्फ् सार्वजनिक गरेको छ। - डीबी आङ्बुङ लिम्बू

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जेठ १८,नेकपा एमालेका केन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठले पार्टी त्याग गरेको घोषणा गरेका छन्। एमाले अग्रगामी परिवर्तनको बाधक भएको बताउँदै उनले पार्टी त्याग गरेका हुन्। 'एमालेको कदमप्रति असहमत हुँदै केन्द्रीय कमिटी सदस्य लगायत सम्पूर्ण पदहरु र सदस्यताबाट यसैसाथ राजिनामा गरेको छु,' पार्टी अध्यक्ष झलनाथ खनाललाई राजिनामा बुझाउँदै उनले लेखेका छन्, 'पार्टीको आठौं राष्ट्रिय महाधिवेशनका अन्तरवस्तुहरुको ठोस प्रस्ताव अगाडि सार्नुको सट्टा त्यस विपरीत गई अग्रगामी परिवर्तनको बाधक भएको मैले महसुस गरेको छु। हाम्रो पार्टीको यस्तो नीतिले संविधान सभाको माध्यमबाट संविधान जारी गर्ने हाम्रो बारम्बारको प्रतिवद्धतालाई निर्रथक बनाएको मात्र होइन नेपाली जनताको ६ दशक लामो संघर्षबाट प्राप्त संविधान सभालाई नै विघटन गराएको छ।'