News

Jan 31, 2008

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको - प्रेस विज्ञप्ति

सम्पूर्ण संघीय लोकतान्त्रिक गणतन्त्रवादी महानुभावहरू,
संविधानसभाको चुनाव अगावै संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन,पूर्ण समानुपातिक निर्वाचनप्रणालीकोव्यवस्था र जाति, भाषा तथा क्षेत्रको ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकारसहितको स्वायत्त गणराज्यहरूकोसुनिश्चितताका लागि संघर्षरत राजनीतिक संगठन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको आन्दोलन जारी छ ।यसै परि प्रेक्ष्यमा मञ्चको सम्वद्ध स्वायत्त इकाई संघीय लिम्बुवान राज्य परिषदले लिम्बुवानमा आफ्नो जाति र भूमि मुक्तिको आन्दोलन निरन्तर हाँकिरहेको कुरा र्सवविदितै हुनुपर्छ । लिम्बुवानमा हुने अराजक घट्ना र अवैध चोरी निकासीका कार्यकलापहरूहुन नदिनका साथै लिम्बुवानको प्राकृतिक स्रोत-साधनको संरक्षण, संम्वर्द्धन र निगरानीका लागि राजमार्गका विभिन्न स्थानमा लिम्बुवान भोलुण्टियर्सहरूद्वारा चेक-पोष्टहरू सञ्चालन गरिएको छ । यो अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) अभिसन्धिको धारा १६९ ले दिएको स्थानीय स्रोत-साधनमाथिको आदिबासी जनजातिको अधिकारको उपयोग हो । यसै सिलसिलामा, यही माघ १७ गते बेलुकी झापा र इलामको सीमाना किट्नी क्षेत्रमा सशस्त्र प्रहरीले लिम्बुवान भोलुण्यिर्टयर्स (LV) गणेश आङदेम्बे, सरन फोगो लगायतका दर्जनौ कार्यकर्ताहरूलाई गिरफ्तार गरेको छ । साथै, यही दिन रातको १० बजेतिर लिम्बुवानका कार्यकर्ता (LV)हरू बास बसेको ठाउँमा अन्धाधुन्ध गोली चलाउँदै बासस्थानबाट लखेटी सरकारी आतङ्क मच्चाएको छ । यस घट्नाबाट दर्जनौं कार्यकर्ताहरू हताहत भएका छन् । धेरै कार्यकर्ता सम्पर्क बाहिर छन् । यस आतङ्कबाट भएको थप क्षति र घट्नाबारे राती अबेरसम्म पनि थाहा हुन सकेको छैन । राजा ज्ञानेन्द्रकै शैलीमा जनतमाथि दमन र आतङ्क मच्चाउँदै दर्जनौं संघ संगठन, आदिवासी जनजाति, मधेशी, दलित,अपाङग र महिला आदिको जायज मागहरूलाई बेवास्ता गर्दै मिश्रति चुनावप्रणालीकै माध्यमबाट पुनः राजतन्त्रलाई ब्यूँताउने उद्देश्यले जवर्जस्त गर्न लागिएको निर्रथक संविधानसभाको चुनाव र यसको नाममा गरिने अनेक नाटकप्रति यो मञ्च र सम्वद्ध इकाईहरू असहमत छन् । त्यसैगरी, कथित चुनावको नाममा सच्चा गणतन्त्रवादी र र्सार्थक संविधानसभाका पक्षधरहरूमाथि
गरिने यस्ता सरकारी प्रहरी आतङ्क र दमनको घोर भर्त्सना गर्दै एक्दमै क्षुब्द भएर आक्रोस व्यक्त गर्दछौं । कथित सातदलीय सरकारको यस्तोखाले प्रवृत्ति र व्यवहारले संविधानसभाको चुनाव अझै पनि हुने कुरामा हामी किञ्चित विश्वस्त छैनौ । यसकारण, यी तमाम सातदलीय र्सवसत्तावादी चिन्तन, सरकारी दमन र हाम्रो जायज मागहरूको समयमै सही सम्बोधनका लागि बन्द र हड्ताल गर्नैपर्ने भएकोले यही माघ १८ गते लिम्बुवानको झापा-तालिङ्जोङः मेची राजमार्ग बन्द गरिने कुरा र्सवसाधारण सबै जनतामा सहर्षजानकारी गराउँदछौं । राष्ट्रिय मुक्ति आन्दोलकै क्रममा लिम्बुवान भोलुण्टियर्सका सशक्त कार्यकर्ता राजकुमार आङदेम्बे 'माङतोक'को सशस्त्र प्रहरीद्वारा झापामा गोली हानीमारिएको रगत आलै रहँदा-रहँदै आज लिम्बुवानकै कार्यकर्तामाथि पुनः सोही व्यवहार दोहोर्‍याइएको र शहीद आङदेम्बेलाई अविलम्ब राष्ट्रिय शहीद घोषणा गरी लिम्बुवानी जनतासमक्ष माफी मागेर उचित क्षतिपूर्ति दिलाउनका लागि पनि बन्दकै आयजोना गर्न बाध्य भइएकोले यही माघ २० गते सम्पूर्ण लिम्बुवान बन्दको आह्वान गरिएको कुरासमेत पुनः जानकारी गराउँदछौं । यस आन्दोलनमा ऐक्यवद्धता र साथ सहयोगका लागि सम्पूर्ण समुदायमा हार्दिक आग्रह गर्दै यस्तो बेजिम्मेवार सरकारी कार्यको विरोधका लागि गर्नैपर्ने यस्ता बन्द र हडतालले सर्वसाधारण जनतालाई पर्ने असरप्रति सचेत भई क्षमा चाहन्छौं ।
धन्यवाद !
डीबी आङबुङ
सचिवः
प्रचार-प्रसार
२०६४। १०।१८
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च

Limbuwan calls strike ‘to foil NC’s mass assembly’ in Jhapa

Limbuwan.blogspot.com/BIRTAMOD,
Jan 31 - Federal Limbuwan State Council (FLSC) Thursday announced a strike in Jhapa district ‘to foil the mass assembly of Nepal Congress (NC)’ scheduled to take place in Birtamod.
The NC is organising the mass assembly as a part of its election campaign for the upcoming Constituent Assembly (CA) elections slated for April 10.
The sudden strike called by the agitating group has had minimal impact.
Local NC leaders said that they will defy the strike as it was aimed at disrupting the mass assembly alone and not for any political agenda.
The organisers used private vehicles to ferry people to the programme after general people attending the gathering were facing difficulties as public vehicles did not ply the roads because of the strike in the district.

Jan 30, 2008

पान्थरमा क्रमबद्ध दलहरूको सभा बिथोलिदै

लिम्वूवान डट व्लगस्पोट डटकम
संविधानसभाको निर्वाचन अगावै आत्मनिर्णयको अधिकारसहित लिम्बुवान स्वायत्त राज्यको सुनिश्चितता गरिनु पर्ने संविधानसभाको निर्वाचन पूर्णसमानुपातिक हुनुपर्ने, निर्वाचन अघि संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा तथा कार्यान्वयन हुनुपर्ने र संविधानसभाको चुनाव सार्थक र परिणाममुखी हुनुपर्ने जस्ता तीनवटा माग लिएर आन्दोलनमा उत्रिएको संघीय लिम्बुवान राज्य परिषदले लिम्बुवान स्वायत्त राज्य निर्माण अभियान नामक कार्यक्रम संचालन गर्दै आएको छ । यस अभियान अर्न्तर्गत संविधानसभाको निर्वाचन अगावै लिम्बुवान स्वायत्त राज्यको सुनिश्चितता नगरिएमा र लिम्बुवानको मुद्दालाई राजनैतिक एजेण्डा नबनाउने लिम्बुवान क्षेत्रमा क्रियाशील राजनैतिक दलहरूलाई गाउँ प्रवेश निषेध गरी नो लिम्बुवान नो इन्ट्री " No Limbuwan No Entry "घोषणा गरिएको छ । यसमा नेकपा -माओवादीले मात्र लिम्बुवानको मुद्दालाई पार्टीको आधिकारिक अवधारणा ल्याई समेटेको हुनाले माओवादीलाई कुनै अवरोध गरिएको छैन । त्यसैले पान्थर जिल्लामा क्रमबद्धरुपमा दलहरूको संयुक्त तथा एकल आमसभाहरूलाई विथोल्ने कार्यहरू भईरहेका छन्ः
१. २०६४ माघ १० गते यासोक बजार -ने.का., एमाले, माओवादी, जनमोर्चा नेपाल, मालेको संयुक्त
२. २०६४ माघ १२ गते लुम्फाबुङ -राप्रपा नेपाल
३. २०६४ माघ १३ गते नवमीडाँडा -ने.का., एमाले, माओवादी, जनमोर्चा नेपाल, मालेको संयुक्त
माघ १० गते यासोकमा पाँच दलीय संयुक्त आमसभा सं.लि.रा.प.को सशक्त दबावका कारण सहमतिमा स्थगित गरिएको थियो ।
माघ १२ गते लुम्फाबुङमा राप्रपा नेपालको कार्यक्रम स्वतः स्थगन भएको ।
माघ १३ गते अम्लाबुङ -नवमीडाँडा मा परिषदको सूचना पाई पाई पनि अटेर गरेको हुनाले करिव २०० जना एल.भि. परिचालन गरी नारा जुलुश सहित कार्यक्रम स्थल कब्जा गरी नेताहरूलाई धपाइएको थियो । त्यसपछि अम्लाबुङ बजारमा कोणसभा गरियो ।

जुलुशका नाराहरूः

१. नो लिम्बुवान नो इन्ट्री -"No Limbuwan No Entry"
२. लिम्बुवान बिरोधी- होशियार
४. दलाल नेता चाहिँदैन, लिम्बुवान बेच्न पाइँदैन
४. लिम्बुवान स्वायत्त राज्य- ल्याउँछौं ल्याउँछौं
५. लिम्बुवान स्वायत्त राज्य- घोषणा गर
६. लिम्बुवान लाजे- तियाहा

नुमाफुङ चलचित्रमा धमिरा परेछ

लिम्वूवान डट व्लगस्पोट डटकम ,तानलुक्वा , January 30, 2008
हङकङ नेपाली गीत,संगीत, चलचित्र, म्यूजिक भिडियोको गैरकानुनी ढंगले प्रतिलिपी निकालेर ब्यापार गर्नु ठूलो कुरो होइन । धेरै पहिलेदेखि नै चल्दै आएको हत्तपत्त नरोकिन नेपाली संघसंस्थाको बीबीक्यू कार्यक्रम जस्तै पुरानो चलन हो । त्यसो त धेरै नेपाली पसलेहरुको कोठा भाडा शायद यस्तैयस्तै व्यवसायले पनि चल्या होला ।
अब र्सवसुलभ उपलब्ध नभए पछि प्रतिलिपीले नै भए पनि चलाउनु पर्या होला यस बारेमा के भन्ने र खैं - तर यसपालि भने मलाई अचम्म लाग्यो । अलि बढी नै लाग्यो । भनौं, यो कुरोलाई पचाउन भने पाचक नै खानु पर्ने भयो । चार वर्षअघि निर्माण भएको, फरक धारका चलचित्र निर्देशक नविन सुब्बाको चलचित्र नुमाफुङ पनि यत्रतत्र विक्री भइरहेको रहेछ । २ वटा भिसिडीकालागि ८ डलर तिरेमा पुरै चलचित्र पाउन सकिने रहेछ । चलचित्रको केही अंश छुटाइएको रहेछ । उत्कृष्ट प्रिन्ट क्वालिटी पाउन सकिने नुमाफुङ चलचित्रमा धमिरा लाग्दा निर्माता, निर्देशकहरु के गरी रहेका छन् - नबिन दाइलाई नै सोध्नु पर्ने भएको छ ।
सबै भन्दा अचम्म कुरो त के हो भने, च्याम्बर अफ कमर्सको सदस्यहरुकै पसलमा पनि यसरी बिक्री वितरण भइरहेको रहेछ । के भन्नु र ? यो कुरो पचाउन गार्‍हो भयो । हजमोला पो खाने हो की ?

Jan 29, 2008

लिम्बूवान राज्यको सुनिस्चितता हुनुपर्ने संजालको माग

लिम्वूवान व्लगस्पोट डटकम / प्रदीप मेन्याङ्बो धरान १४ माघ
लिम्बूवान संघर्ष समन्वय समिति संजालको दुइदिन सम्म धरान स्थित किरात याक्थुङ चुम्लुङहिममा बसेको दोश्रो पूर्ण बैठकले ऐतिहासिक पृष्ठभूमिको आधारमा संविधान सभा निर्वाचन अगावै आत्मनिर्णय अधिकार सहितको संघीय लिम्बूवान राज्यको सुनिस्चितता हुनुपर्ने माग दोहोर्‍याएको छ ।
बैठक पछि आज विहान धरानमा पत्रकार सम्मेलनको आयोजना गरी समिति संजालले जाति, भाषा, क्षेत्र र जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा लिम्बुवान स्वायत्तता जायज माग भएको ठहर गरेको छ । समितिले सरकार र दलले लिम्बूवान स्वायत्तता माग गर्ने राजनितिक मोर्चा र संघसंस्थाहरुलाई विस्वासमा लिन सकेमा संविधान सभाको निर्वाचन औचित्यपूर्ण हुने ठहर गरेको छ । समितिले संविधानसभा आफैमा अग्रगामी र लोकतान्त्रीक प्रकृया भएकोले तोकिएको मिति चैत २८ मा संविधानसभाको निर्वाचन हुनुपर्नेमा जोड दिएको छ । तर सो निर्वाचन निर्वाध रुपले सम्पन्न गर्न अन्तरिम संविधानमा चौंथो संसोधन गरेर लिम्बूवान सहितको स्वायत्त राज्यहरुको सुनिस्चितता गर्नु पर्ने समितिले माग गरेको छ ।
अन्तरिम संविधान संसोधन नगरे सम्म लिम्बूवान स्थापनाको लागि संजालले शान्तिपर्ूण्ा आन्दोलनलाई शशक्त बनाउदै लैजाने संजालका सदस्य तथा किरात याक्थुङ चुम्लुङका केन्द्रिय अध्यक्ष अर्जुन नुगोले बताए । उनले संविधानसभाको निर्वाचन नजिकै आए पनि लिम्बुवान स्वायत्तता नभएमा सो निर्वाचन लिम्बुवानबासीका लागि कागलाई बेल पाक्यो हर्षन विस्मात जस्तै हुने पनि बताए । लिम्बूवान स्वायत्तताको अर्थ लिम्बूजातिको लागि मात्र नभएर सम्पूर्ण लिम्बूवानबासीको हक अधिकार र मुक्तीको लागि भएको पनि स्पस्ट पारे ।
संजालका संयोजक उत्तमसिं थाङ्देनद्धारा हस्ताक्षरित जारी विज्ञप्तीमा सरकारले राज्य पुनसंरचना आयोग अविलम्ब गठन गरेर सो आयोगमा लिम्बूजातिको प्रतिनिधित्व गराउनु पर्ने, अन्तरिम संविधानले अङ्गीकार गरेको भाषिक समानतालाई व्याबहारिक रुप दिन सरकारले लिम्बूवान क्षेत्रको सम्पूर्ण सरकारी कार्यालयमा लिम्बू भाषा र किरात सिरिजङ्गा लिपिमा साइनबोर्ड राख्नु व्यबस्था गर्नु पर्ने माग गरेको छ । समितिले लिम्बूवान प्राप्तको आन्दोलनमा शहादत प्राप्त गरेका राजकुमार आङ्देम्बे लगायत सबैलाई राज्यले शहिद घोषणा गरी परिवारलाई उचित क्षतिपूर्ती दिन पनि माग गरेकेा छ ।
लिम्बूवान सुनिश्चितताको माग पुरा नगरेमा संजालले गर्ने आन्दोलन सरकार र ठूला राजनितिक दलले देखाउने रवैयामा भर पर्ने पत्रकार सम्मेलनमा जनाइएको थियो । लिम्बूवान स्वायत्तताको बल पछिल्लो समयमा सरकार र राजनितिक दलको कोर्टमा पुगेको ठहर गर्दै ऐतिहासिक निर्णयको प्रतिक्षामा रहेको संजालका संयोजक उत्तमसिं थाङ्देनले पत्रकार सम्मेलनमा बताए ।
संजालमा विभिन्न राजनितिक दलका भातृ संगठन स्वतन्त्र सामाजिक संस्थाका रुपमा रहेका किरात याक्थुङ चुम्लुङ, संघीय लिम्बुवान राज्य परिषद, लिम्बूवान स्वायत्त सरोकार मञ्च, लिम्बूवान राष्ट्रिय मूक्ती मोर्चा, संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्च, लिम्बुवान मुक्ती मोर्चा, नेपाल लोकतान्त्रिक किरात लिम्बू संघ लगायत १९ सगठन आवद्ध छन् ।

Jan 28, 2008

संघीय गणतान्त्रिक महिला मोर्चा: राष्ट्रिय मुक्ति आन्दोलन् केन्द्रीय संयोजन् समितिको गठन्

लिम्वूवान डट व्लगस्पोट डटकम,नेवा: काठमाडौं ,डीबी आङ्बुङ्/ Jan 25, 2008
संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चासंग सम्वद्ध संघीय गणतान्त्रिक राष्ट्रिय महिला मोर्चा: राष्ट्रिय मुक्ति आन्दोलन् केन्द्रीय महिला संयोजन् समितिको गठन् गर्न संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कमल छाराहाङ्को उपस्थितिमा भएको एक भेलाले यही गत माघ ८ गते मोर्चाको कार्यालय पुलचोक ललितपुरमा एक् संयोजन समितिको चयन् गरिएको छ।संविधान सभाको निर्वाचन अगावै राजतन्त्रको समूल अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा; जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक् निर्वाचन् प्रणाली; र जाति, भाषा तथा क्षेत्रको ऐतिहासिक प्रिष्ठभुमिको आधारमा लिम्बुवान, खम्बुवान, तामङ्सालीङ्, नेवा:, तमुवान्, मगरात, थरुहट[थारुवान], खसान, र मधेशलगायतका स्वायत्त गणराज्यहरुको सैधान्तिक सुनिश्चितताका लागि सशक्त आन्दोलन गर्ने भएका छन् ।यस संयोजन समिति निम्नानुसारको रहेको छ:
१ विष्णु तुम्बाहाङ्फे : संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
२ गंगा चौधरी : संयुक्त थारू राष्ट्रिय मोर्चा, नेपाल
३ विध्या सिन्हा : मधेशी जन अधिकार फोरम, नेपाल
४ चन्दा तामाङ् : तामाङ्सालीङ् स्वायत्त राज्य परिषद
५ शान्ता योङ्हाङ् : संघीय लिम्बुवान राज्य परिषद
६ क्रिष्ण कुमारी तामाङ् : दलित जनजाति पार्टी
७ कौसल्या देवी : मधेशी लोकतान्त्रिक मोर्चा
८ सविना राजवंशी : संघीय गणतान्त्रिक मोर्चा
उपरोक्त संयोजन् समितिमा लोकतन्त्रिक मधेशी मोर्चाको तर्फबाट एक सदस्यको मनोनयन गरी बनेको नौ सदस्यीय संयोजन समितिले चाडै एक कार्यदलको निर्माण गरी मोर्चाको सशक्त आन्दोलनका
कार्ययोजनाहरु तयगर्ने भएको छ ।

भीसी फोर्ससँग लिम्बूवान वार्ता गर्न इच्छुक

लिम्वूवान डट व्लगस्पोट डटकम/दिपेन बाला राइ, दमक
माघ, १४ दमक, संघीय लिम्बुवान राज्य परिषद र भीसी फोर्स वीच द्धन्द चर्किरहेको बेला परिषदले वार्तामा बसेर समस्याको समाधान गर्ने इच्छा व्यक्त गरेको छ । परिषदका तर्फबाट अध्यक्ष कुमार लिङदेनले शनिबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै कटपिट जस्तो अमानवीय कार्यले किरात धर्मको पवित्र स्थल लारुम्बाको प्रतिष्ठामा आँच आउने भएकोले लिम्बूवानसँग लारुम्बाबो कुनै असन्तुष्टी भएमा वार्ता र छलफलद्धारा समस्या समाधान गर्न आफूहरु तयार रहेको जनाएको छ । किरात धर्म साहित्य उत्थान संघ र किरात माङगेना सेवाले परिषदका केन्द्रीय सदस्य सागर साम्बा र अन्य कार्यकर्ताहरुलाई भीसी फोर्सले कुटेको होइन भनी पत्रकार सम्मेलन गर्नु सत्य लुकाउने प्रयास हो भन्दै परिषदको घोर आपत्ति रहेको कुरा विज्ञप्तिमा उल्लेख छ ।दमक, संघीय लिम्बुवान राज्य परिषद र भीसी फोर्स वीच द्धन्द चर्किरहेको बेला परिषदले वार्तामा बसेर समस्याको समाधान गर्ने इच्छा व्यक्त गरेको छ । परिषदका तर्फबाट अध्यक्ष कुमार लिङदेनले शनिबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै कटपिट जस्तो अमानवीय कार्यले किरात धर्मको पवित्र स्थल लारुम्बाको प्रतिष्ठामा आँच आउने भएकोले लिम्बूवानसँग लारुम्बाबो कुनै असन्तुष्टी भएमा वार्ता र छलफलद्धारा समस्या समाधान गर्न आफूहरु तयार रहेको जनाएको छ । किरात धर्म साहित्य उत्थान संघ र किरात माङगेना सेवाले परिषदका केन्द्रीय सदस्य सागर साम्बा र अन्य कार्यकर्ताहरुलाई भीसी फोर्सले कुटेको होइन भनी पत्रकार सम्मेलन गर्नु सत्य लुकाउने प्रयास हो भन्दै परिषदको घोर आपत्ति रहेको कुरा विज्ञप्तिमा उल्लेख छ ।दिपेन बाला राइ, दमक - दमक, संघीय लिम्बुवान राज्य परिषद र भीसी फोर्स वीच द्धन्द चर्किरहेको बेला परिषदले वार्तामा बसेर समस्याको समाधान गर्ने इच्छा व्यक्त गरेको छ । परिषदका तर्फबाट अध्यक्ष कुमार लिङदेनले शनिबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै कटपिट जस्तो अमानवीय कार्यले किरात धर्मको पवित्र स्थल लारुम्बाको प्रतिष्ठामा आँच आउने भएकोले लिम्बूवानसँग लारुम्बाबो कुनै असन्तुष्टी भएमा वार्ता र छलफलद्धारा समस्या समाधान गर्न आफूहरु तयार रहेको जनाएको छ । किरात धर्म साहित्य उत्थान संघ र किरात माङगेना सेवाले परिषदका केन्द्रीय सदस्य सागर साम्बा र अन्य कार्यकर्ताहरुलाई भीसी फोर्सले कुटेको होइन भनी पत्रकार सम्मेलन गर्नु सत्य लुकाउने प्रयास हो भन्दै परिषदको घोर आपत्ति रहेको कुरा विज्ञप्तिमा उल्लेख छ ।

Jan 27, 2008

लिम्बू भाषाको बोर्ड हटाए पछि ४८ घण्टाको अल्टीमेटम

लिम्वूवान डट व्लगस्पोट डटकम,धरान
एक साता अघि धरानका विभिन्न सरकारी कार्यालयमा श्रृजङ्गा लिपि प्रयोग गरी लिम्बू भाषा कार्यालयको नाम लेखिएको बोर्ड प्रहरी प्रशासनले हटाए पछि आक्रोसित बनेका ११ संघ संस्थाहरुले सोही ठाउमा ससम्मान पुनस्र्थापना गर्न ४८ घण्टाको अल्टीमेटम दिएका छन् । किरात याक्थुङ चुम्लुङमा आइतबार बसेको ती संघ संस्थाका संयुक्त भेलाले प्रसासनले उप्काएको तोकिएको समय भित्र बोर्ड पुनस्र्थापना नगरे ससक्त संघर्षमा उत्रने चेतावनी दिएका छन् । ती संघसंस्थाले धरान नगर पालिका, नेपाल टेलीकम, नेपाल खानेपानी संस्थान, नेपाल विद्युत प्राधिकरण, आन्तरिक राजश्व कार्यालय, जिल्ला हुलाक कार्यालयमा बोर्ड टागेका थिए । किरात याक्थुङ चुम्लुङ, माओवादी, एमाले, कांग्रेस, संघीय लिम्बुवान राज्य परिषद, लिम्बुवान स्वायत्त सरोकार मन्च लगायतका समर्थक लिम्बू प्रतिनिधिहरुले बोर्ड पुनस्र्थापना गर्न यस अघि सातदिने अल्टिमेटम दिएका थिए । दिएको अल्टिमेटम भित्र पनि प्रशासनले बेवास्ता गरेकोले संघर्षका थप कार्यक्रम सार्वजनिक गर्दै माघ १० गते देखि ती कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका धरान/एक साता अघि धरानका विभिन्न सरकारी कार्यालयमा श्रृजङ्गा लिपि प्रयोग गरी लिम्बू भाषा कार्यालयको नाम लेखिएको बोर्ड प्रहरी प्रशासनले हटाए पछि आक्रोसित बनेका ११ संघ संस्थाहरुले सोही ठाउमा ससम्मान पुनस्र्थापना गर्न ४८ घण्टाको अल्टीमेटम दिएका छन् । किरात याक्थुङ चुम्लुङमा आइतबार बसेको ती संघ संस्थाका संयुक्त भेलाले प्रसासनले उप्काएको तोकिएको समय भित्र बोर्ड पुनस्र्थापना नगरे ससक्त संघर्षमा उत्रने चेतावनी दिएका छन् । ती संघसंस्थाले धरान नगर पालिका, नेपाल टेलीकम, नेपाल खानेपानी संस्थान, नेपाल विद्युत प्राधिकरण, आन्तरिक राजश्व कार्यालय, जिल्ला हुलाक कार्यालयमा बोर्ड टागेका थिए । किरात याक्थुङ चुम्लुङ, माओवादी, एमाले, कांग्रेस, संघीय लिम्बुवान राज्य परिषद, लिम्बुवान स्वायत्त सरोकार मन्च लगायतका समर्थक लिम्बू प्रतिनिधिहरुले बोर्ड पुनस्र्थापना गर्न यस अघि सातदिने अल्टिमेटम दिएका थिए । दिएको अल्टिमेटम भित्र पनि प्रशासनले बेवास्ता गरेकोले संघर्षका थप कार्यक्रम सार्वजनिक गर्दै माघ १० गते देखि ती कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।यसैवीच वोर्ड पुनस्र्थापना संयुक्त संघर्ष समितिका संयोजक अकल बहादुर मेन्याङबोले प्रेस विज्ञप्ती जारी गर्दै बर्तमान लोकतान्त्रिक परिबेशमा लिम्बूवान क्षेत्रमा आफ्नो जातिय भाषिक तथा सांस्कृतिक अधिकारको सुनिश्चितता गराउने अभ्यासको थालनी गर्न खोज्दा गृह प्रसासनले पञ्चायती शैली अपनाएको आरोप लगाएका छन् । प्रहरी प्रसासनलाई ती बोर्ड हटाउन अधिकार नभएको पनि उनले जनाएका छन् ।

लिम्वूवान सहित पाच जातीय मोर्चा

लिम्वूवान डट व्लगस्पोट डटकम,धरान
संविधानसभा अघि नै आत्म निणर्य अधिकार सहतिको स्वायक्तता ग्यारेन्टि नभए सम्म परिणममुखि र सार्थक निर्वाचनका लागि जातीय संगठनहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन् । संघीय स्वायक्त राज्यको माग गर्दै आएका पाँच जातीय संगठनहरुले सयुक्त मोर्चा मार्फत परिणममुखि आन्दोलन गर्ने चेतावनी दिएका हुन् । संघीय लिम्वूवान राज्य परिषद, खम्वुवान राष्ट्रिय मोर्चा, संघीय तामाङ्गसालिङ्ग स्वायक्त परिषद, थारु कल्याणकारी सभा र तमुवान सयुक्त सघर्ष समितिले सयुक्त रुपमा विज्ञप्ति जारी गरि माघ पहिलो साता देखि नै आन्दोलनको घोषणा गरेका हुन् । आदिवासी जनजाति, महिला, मधेशी, दलित, उत्पिडित वर्गको पक्षमा सार्थक र परिणाममुखि संविधानसभाको निर्वाचनको लागि निरन्तर सधर्ष गर्ने प्रतिवद्धता सहित कार्यगत एकता गरि सयुक्त मोर्चा गठन गरिएको खम्वुवान मुक्ति मोर्चाका केन्द्रिय सदस्य आरके खम्वुले वताए । पाँच जातीय हालै सम्पन्न संगठनको सयुक्त भेलाले आ-आफनो क्षेत्रमा नियमित रुपमा सधर्षको कार्यक्रम संचालन गर्ने निणर्य गरेको छ ।आगामी चैत २८ गते हुने भनिएको संविधानसभाको निर्वाचनले पनि सवै वर्गको मागलाई सम्वोधन गर्न नसकेको भन्दै आन्दोलनमा उत्रनु परेको जारी विज्ञप्तिमा जनाईएको छ । भेला पछिजारी सहमति पत्रमा हस्ताक्षर गर्नेहरुमा संघीय लिम्वूवान राज्य परिषदका अध्यक्ष संजुहाङ्ग पालुङ्गवा, खम्वुवानका कार्यवाहक अध्यक्ष ईन्द्रहाङ्ग खम्वु, तामाङ्गसालिङ्गका उपाध्यक्ष सुन्दर तामाङ्ग, थारु कल्याणकारी सभाका चन्द्रकुमार चौधरी र तमुवानका उपाध्यक्ष टेकवहादुर तमु रहेका छन् । धोषित आन्दोलन अन्र्तगत पहिलो चरणमा प्रचारप्रसार, दोश्रोमा कोणसभा जनसभा र तेश्रोमा वन्द हडताल र मसाल जुलुस समेत गर्ने निणर्य गरेका छन् ।

लिम्बू बस्तीको किपट कथा चेसुङ'

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
पुख्र्यौली भूमिको स्वामित्वबाट लिम्बूहरू कसरी विस्थापित भए - चलचित्र 'लिम्बू बस्तीको किपट कथा' चेसुङ'-उपहार ले इतिहास खोतल्ने प्रयास गरेको छ । एकीकरणपछि किपटका रूपमा लिम्बू समुदायलाई भोगचलन गर्न दिइएको जमिनमाथि पञ्चायती सरकारले भूमिसुधार लागू गर्दा आइपरेका समस्या र लिम्बू समाजमा परेका सामाजिक-आर्थिक प्रभावलाई 'चेसुङ' ले उतार्न खोजेको छ ।
राजधानीमा शुक्रबार विशेष प्रदर्शन गरिएको चलचित्रमा लिम्बू समाजको चारदाम प्रथा, विवाह, मृत्यु तथा धाननाचका सर्न्दर्भसमेत समेटिएका छन् । तत्कालीन प्रशासनिक पदमा पुगेका सुब्बाबीचकै प्रतिष्ठाको लडाइले लिम्बू समाज कमजोर भएकाले अन्य समुदायले फाइदा उठाएको प्रसंग पनि चलचित्रमा उधिनिएको छ ।
दुइ सुब्बाबीचको दम्भले निम्त्याएका उपघटना र तत्कालीन सरकारले भूमिसुधार लागू गरेपछि छिन्नभिन्न बनेको किपट प्रथा चलचित्रको मूल विषय हो । मौसम इम्बुङको निर्देशन रहेको चलचित्रमा प्रेम सुब्बा, शोभा खजुम, बलराज जेवेगु, भीष्मा चेम्जोङ, आशिष लिङदेन, रमेश सिङघक, पुष्प श्रेष्ठ, सावित्रा इङनामलगायतले खेलेका छन् । भीष्मा चेम्जोङका कथालाई विक्रम सुब्बाका गीत र अशोक र्राईको संगीतले पछ्याएका छन् ।
'संघीयताको मुद्दा उठिरहेका बेला, निर्देशक मौसमले भने- 'लिम्बूहरू कसरी आफ्नो किपटबाट विस्थापित भए भन्ने इतिहास खोतल्न चलचित्र निर्माण गरिएको हो ।' लिम्बू विषयका आधा दर्जन चलचित्रमा अभिनय गरिसकेका प्रेमको अभिनयले चलचित्रलाई बल दिएको छ । अन्य कलाकारको अभिनय ठीकै छ ।
छायांकन र प्रस्तुति शैलीमा भने धेरै कमजोरी देखिन्छन् । किपट खोसिदा लिम्बूहरू प्रताडित भएको सर्न्दर्भ देखाउन खोजिएको चलचित्रमा 'किपट आफैमा समान्ती प्रथा' झैं लाग्ने संवाद र घटनाहरू छन् । लिम्बूहरू अल्छी भएकाले किपट इतर समुदायका हातमा पुगेको घुमाउरो अर्थ लाग्ने सर्न्दर्भले पनि स्थान पाएको छ । किरात याक्थुङ माङगेना चुम्लुङका लागि काबेली फिल्म प्रोडक्सन धरानको ब्यानरमा निर्मित ९० मिनेट लामो चलचित्र डिजिटल प्रविधिमा छ ।

Jan 24, 2008

माघ २० गते लिम्बुवान बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,वीर्तामोड
संघीय लिमबुवान राज्य परिषदले वीर्तामोडमा पत्रकार सम्मेलन आयोजना गरेर जातिको ऐतिहासिक पृष्ठभूमिको आधारमा जातीय स्वायत्त राज्य र जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको निश्चितता अन्तरिम संविधानमा उल्लेख गर्न माग गर्दै सो कुरा उल्लेख नगरी गर्न लागिएको संविधानसभाको निर्वाचनमा लिम्बुवानको सहभागिता नरहने जनाएको छ। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध परिषदले पूर्णसमानुपातिक र जातीय स्वायत्त राज्यको प्रत्याभूतिविना गरिने संविधानसभाको निर्वाचन निरर्थक र नाटकवाजी मात्र भएको बताउदै लिम्बुवानमा निर्वाचन हुन नदिने घोषणासमेत गरेको छ। परिषदले प्रेस विज्ञप्ति जारी गर्दै लिम्बुवान आन्दोलनको क्रममा मारिएका राजकुमार आङदेम्बेलाई राष्ट्रिय शहीद घोषणा गर्नुपर्ने लिम्बुहरुको मातृभाषालाई लिम्बुवानका सरकारी कार्यालयमा प्रयोगमा ल्याइनुपर्नेलगायतका मागहरु पनि राखेका छन्। जल, जङ्गल र जमिनमाथिको आदिवासीको अधिकार हुने धारणा राख्दै लिम्बुवानका सबै किसिमका वन पैदावर काट्न तथा खनिज पदार्थ संकलन गर्न र अ‍ोसारपसार गर्न प्रतिबन्ध लगाइने विज्ञप्तिमा उल्लेख छ। धनकुटाको भेडेटारस्थित सिमखुवा ढाटमा भएको प्रहरी हस्तक्षेपको विरोध गर्दै यस्तै हस्तक्षेप कायम रहे भयानक परिणाम आउने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ। परिषद्का महासचिव मिसेकहाङ थाम्सुहाङले विरोधस्वरुप माघ २० गते लिम्बुवान बन्द गर्न घोषणासमेत गरेको जानकारी दिनुभएको छ।

धरान नगरपालिकामा श्रीजङ्गा लिपीको बोर्ड

लिम्वूवान डट व्लगस्पोट डटकम ,धरान
लिम्बुवान स्वायत्व सरोकार मन्चको अगुवाईमा आज धरान नगरपालिकामा किरात श्रीजङगा लिपीको बोर्ड पुर्नस्थापना गरिएको छ। केहि हप्ता अगि धरान नगरपालिका र अन्य पाँचवटा सरकारी कार्यलयहरुमा किरात श्रीजङगा लिपीको बोर्ड राखिएको थियो तर स्थानिय प्रशासनले राखिएको एक घण्टा नबित्दै सो बोर्डहरु हटाएका थिए। त्यसैको विरोधमा आज नगरपालिकाको मूल गेटमा ११ वटा लिम्बूजन्य सघं संस्थाहरुको एक्यबद्धतामा ताल्चा लगाइएको थियो। ताल्चा लगाइएकै समयमा सात दलका प्रतिनिधिहरु नगरपालिकामा बैठक बसिरहेका थिए। यि दलका प्रतिनिधिहरु पनि नगरपालिकामै थुनामा परेका थिए। लिम्बूजन्य संस्थाहरु र सात दलिय प्रतिनिधिहरु बिच सहमति अनुसार सात दलले हटाएका बोर्ड ल्याउने सहमति भए पछि ताल्चा खोलिएको थियो। ताल्चा खोलिएको आधा घण्टा नबित्दै सात दलका प्रतिनिधिहरुले नगर पालिकामा बोर्ड ल्याइ पुर्नस्थापना गरेका थिए। अब अन्य सरकारी कार्यलयहरुमा पनि बोर्ड पुर्नस्थापना गराउन दबाब दिने लिम्बूवान स्वायत्व सरोकार मन्चका अध्यक्ष जय केरुङले जानकारी दिनुभयो।

चुनावी सभा नगर्न लिम्वूवानको चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,फिदिम
फिदिम जिल्ला स्थित सात राजनैतिक दलले विभिन्न पाच ठाउमा संविधान सभा चुनावको लागि आमसभा तयारी गरीरहेको वेला संघीय लिम्वूवान परिषदले त्यस्तो कार्यक्रम नगर्न दबाव दिएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय परिषद सम्वध्द पक्षले एक प्रेस विज्ञाप्ति प्रकाशित गरी त्यस्तो कार्यक्रम नगर्न दबाव दिएकाछन् ।

Jan 22, 2008

किरात याक्थुङ चुम्लुङ यू.के.को पाचौ पूर्ण बैठक विभिन्न महत्वपूर्ण निर्णयका साथ सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम
विश्वास दीप तिगेला,केन्ट, वेलायत

गत १९ जनवरीका दिन वेलायतको आसफोर्डमा किरात याक्थुङ चुम्लुङ वेलायत कमिटीको पाचौ पूर्ण बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ ।


बैठकले बर्षभरि भएको कार्यप्रगतिको समिक्षा गर्नुको साथै लिम्बूवान स्वायत्त राज्य स्थापनाको निमित्त किरात याक्थुङ चुम्लुङ नेपालले संचालन गरेको लिम्बूवान जाँगरण अभियान प्रति प्रतिबद्धता जनाउदै २ हजार ४ सय पाउण्ड आर्थिक सहयोग तुरुन्त पठाउने निर्णय गर्‍यो । यो तेस्रो कार्यसमितिको कार्यअवधि पनि चाडै सकिने भएकोले नयाँ कार्यसमिति निर्माणको लागि गणेश लिम्बू र डा. चन्द्र लक्सम्बालाई निर्वाचन आयुक्त तोकेको छ । इच्छुक ब्यक्तिले उम्मेदवारीको लागि आगामी १२ अप्रिल २००८ भित्र आफ्नो नाम दर्ता गराइसक्नु पर्ने र २६ अप्रिलका दिन बाषिर्क सभाद्धारा चौथो कार्यसमितिको निर्वाचन गर्ने निर्णय गर्‍यो । त्यस्तै गरि प्रत्यक बर्षआयोजना गरिने वेलायतबासी सम्पूर्ण लिम्बू परिवारहरुको बृहत भेला आउदो १९ जुलाइका दिन सिसेक्वा तङनाम साउने संक्रान्तिको अवसरमा आसफोर्डमा सम्पन्न गर्ने पनि र्सवसम्मत निर्णय भयो ।
कमिटीका कोषाध्यक्ष श्रीमति कमला लिम्बूले गतबर्षनेपालका बाढि पीडितहरुका लागि १५ सय ५७ पाउण्ड नेपाली दुतावास लण्डनलाई प्रदान गरेको त्यस्तै गरि अल्पायूमै र्स्वारोहण हुनुभएका ड्यानिल लिम्बूको सहयोगको लागि १६ सय ५० पाउण्ड सहयोग प्रदान गरेको बताउनु भयो । वेलायतमै रहनु भएको कैलाश लिम्बूको पनि गतबर्षअसमायिक निधन भएको थियो । स्व. लिम्बूको श्रीमति युवाकुमारी लिम्बूलाई बैठककै अवसरमा वेलायत चुम्लुङका अध्यक्ष सिरीप्रसाद लिम्बूले ९ हजार ५ सय १६ पाउण्ड चुम्लुङको तर्फाट सहयोग प्रदान गर्नुभयो । चुम्लुङको तर्फाट स्वर्गिय कैलास लिम्बू र ड्यानिल लिम्बू प्रति श्रद्धान्जली ब्यक्त गर्दै भैपरि आएको बेला यसरी नै आपसी सहयोग निरन्तर हनुपर्ने बताउनु भयो र यसपटक सहयोग गर्नुहुने सबै दाजुभाई तथा दिदीबहिनीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
बैठकले आगामी समरको बृहत भेलाको अवसरमा नेपालबाट विभिन्न लिम्बू प्रतिभाहरुलाई ल्याई सम्मान गर्ने पनि निर्णय गर्‍यो । आगामी बाषिर्क भेलाले अनुमोदन गर्नेगरि चुम्लुङ खेलकुद म्यानेजरमा पूर्व क्याप्टेन बंमबहादुर लिम्बूलाई तोकेको छ । वेलायत चुम्लुङ भवनको खरिद गर्ने सवालमा छलफल लगायत किरात रिसर्च सेन्टरको स्थापना साथै लिम्बू लाइब्रेरीको सवालमा पनि चुम्लुङ अब तातिएको कुरा वेलायत चुम्लुङका महासचिव राजन लिम्बूले बताउनु भयो ।

नेपालको लिम्बुवान प्रान्तीय राज्यमा एक अर्को संगठन गठन

लिम्वूवान डट व्लगस्पोट डटकम
भर्खरै मात्र प्राप्त समाचार अनुसार संघीय प्रजातान्त्रिक नेपालको लिम्बुवान प्रान्तीय सरकारबाट केन्द्रीय सरकारमा बहालवाला स्वास्थ्य कर्मचारीहरुले हालसालै एक संगठन खोली कार्यक्रम सञ्चालन गर्न लागेका छन् । उक्त नयां संगठनको नाम स्थानीय सरकारी भाषा लिम्बू याक्थुंपान्मा राखिएको छ भने त्यसलाई मुजोःत्लुं अर्थात केन्द्रीय भनिएकोछ । यो संगठन माओवादी पार्टीसंग निकट रही काम गर्ने उद्देश्यले खोलिएको कुरा सम्बद्ध सुत्र बताउंछन् । संघीय प्रजातान्त्रिक नेपालको संरचना भित्र पर्ने यस नेपाल लिम्बुवान प्रान्तको पूर्णता प्राप्तिको लागि लड्ने भन्ने बुझिएको छ भने सांचो अर्थमा यसको प्राप्तिको लागि लड्ने पार्टी माओवादी नै भएको कुरा ठहर समेत गरेकोछ ।

तामाङसालिङ स्वायत्त राज्य परिषदको सम्मेलन सम्पन्न:अड्तीस सदस्यीय नयाँ नेत्रित्वको चयन

लिम्वूवान डट व्लगस्पोट डटकम,डीबी आङ्बुङ्,
तामाङ्सालीङ् । January 21, 2008
संघीय लोकतान्त्रिक रास्ट्रिय मञ्च: टामाङसालिङ स्वायत्त राज्य परिषदको ऐतिहासिक विस्तारित सम्मेलन विभिन्न राजनीतिक दस्तावेजहरू विधान, राजनीतिक प्रतिवेदन र घोषणा-पत्र पारित गर्दै नयाँ नेत्रत्वको चयन गरेर माघ ६ गते ललितपुरमा सम्पन्न भयो । परिषदको नयाँ नेत्रित्वमा डी। के। बुद्धिस्त- काठमान्दौं, श्रीमती चन्द्र तामाङ्-काठमान्दौं तथा रबिन्द्र थिङ -रामेछाप क्रमश: अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा निर्वाचित भएका छन । त्यसैगरी, सदस्यहरूमा: छेउसाङ मोक्तान- काभ्रे, राजकुमार तामाङ- चितवन, लखनबहादुर तामाङ- सिन्धुपाल्चोक, मानछिरिङ तामाङ- धादिङ, मेमबहादुर वाइबा-सिन्धुपाल्चोक, क्रिष्णबहादुर गोले-सिन्धुपाल्चोक, क्रिष्णकुमारी वाइबा-सिन्धुपाल्चोक, सुनमाया मोक्तान- काठमाडौं, पदमसागर लामा-सिन्धुपाल्चोक, देवकुमार घिसिङ-रामेछाप, धनबहादुर तामाङ्- नुवाकोट, पन्चराम लो तामाङ् – सर्लाही, विष्णुमाया योञ्जन– रामेछाप, श्री मती शान्ता लामा– मकवान्पुर, देव लामा– मकवान्पुर, टंकबहादुर हिम्दुङ– मकवान्पुर्, रुद्रबहादुर थिङ– ललितपुर, सुब्ब तामाङ – भक्तपुर, टंकबहादुर लामा– दोलखा, बुद्धसिद्धि लामा– सिन्धुपाल्चोक, श्याम लामा योञ्जन– काठमादौं, सिङगबहादुर लामा– रामेछाप, वाइमा लामा– रामेछाप, रामबहादुर तामाङ– दोलखा, बुद्धछिरिङ मोक्तान- सिन्धुपाल्चोक, दिपकुमार मोक्तान– काठमाडौं, सम्वरसिङ मोक्तान- सिन्धुपाल्चोक, विनोद श्याङ्तान- सिन्धुपाल्चोक, तिर्थ मोक्तान- सिन्धुपाल्चोक, नर्भुलामा मोक्तान- सिन्धुपाल्चोक, बुद्धसिद्धि लामा- सिन्धुपाल्चोक, वसन्त योञ्जन- सिन्धुपाल्चोक, प्रेमधोज लामा– दोलखा, उत्तम कुमर तामाङ– काठमाडौं, दोर्जे घ्याडन तामाङ– रामेछाप र सिद्धि घिसिङ– मोरङ रहेकाछन् ।

Jan 20, 2008

मातृभाषाको कविता अनलाइनमा बाचन गर्न पाइने

लिम्वूवान डट व्लगस्पोट डटकम,यू.के.
अनलाइन नेपाली साहित्य मंचले नेपाली साहित्यकै इतिहासमा पहिलो पटक विश्वब्यापी रुपमा अनलाइन विश्व वेभक्याम कविता प्रतियोगिता २००८ गर्ने भएको छ । यस प्रतियोगितामा स्रष्टा विश्वको जुनसुकै कुनामा रहेको भएपनि अनलाइन फोन र वेभ क्यामेराको मद्दतले आफ्नै घरको कोठाबाटै सहभागिता जनाउन सक्नेछन् । प्रतियोगिता आगामी माघ २८ गते श्रीपंचमी सरस्वती पूजाको दिन सम्पन्न हुनेछ । सहभागिहरुले माघ २५ गते भित्र आफ्नो नाम दर्ता र वाचन गर्ने कविता साहित्य मंचको कार्यलय वेलायतमा इमेल मार्फत पठाइ सक्नु पर्नेछ । प्रतियोगिहरु मध्ये पहिलो, दोस्रो र तेस्रोलाई नगद पुरस्कार तथा अनलाइन पुरस्कार र प्रमाण-पत्र प्रदान गरिनेछ । इच्छुक ब्यक्तिले आफ्नो मातृभाषाको कविता पनि अप्रतियोगीको रुपमा बाचन गर्न सक्नेछन् । मूल्याङ्कन कर्ताहरु विभिन्न ३ देशमा गोप्यरुपमा राखिने छ ।

कार्यक्रमहरुः
माघ १ गते देखि प्रचारप्रसार आरम्भ । माघ २५ गते भित्र नाम दर्ता तथा सिर्जना पठाइ सक्नु पर्नेछ । कविता नयाँ हनु पर्नेछ, अन्यथा प्रतियोगितामा नराखी सहभागिको रुपमा मात्र राखिने जानकारी गराइन्छ ।
माघ २६ गते प्राविधिक पक्षका अनलाइन टेलीफोन र वेभ क्यामरा मिलाउने ।
माघ २८ गते तदनुसार ११ फेब्रुवरी २००८ का दिन कविता बाचन, यू. के. समय बिहान ०७ बजे देखि वेलुकी ९ बजे तथा नेपालको समय दिउसो १२ बजे देखि रातको १२ बजे भित्र अनलाइनमा आएर कविता बाचन गर्ने ।
माघ २९ गते विजयी घोषणा गर्ने र विजय हुनेहरुलाई पुरस्कार प्रदान गर्ने वा पठाइ दिने । प्रतियोगीहरु संग इन्टरनेट पहूचको साथै वेभक्यामेरा हनु पर्नेछ ।
इच्छुकले इन्टरनेट क्याफे प्रयोग गरेर पनि सहभागि बन्न सक्नुहुनेछ ।
प्रतियोगिताको लागि स्रष्टाहरुले कुनैपनि माध्यामबाट आयोजक अनलाइन नेपाली साहित्य मंचलाई सम्पर्क गर्न सक्नुहुनेछ र तपाइले आफ्नो टेलिफोन नम्बर पनि उपलब्ध गराउनु पर्नेछ ।

प्रतियोगिताको लागि मुख्य गरि याहू म्यासेन्जर प्रयोग गरिनेछ । वैकल्पिक रुपमा हटमेल म्यासेन्जर, एओएल म्यासेन्जर र जिमेल म्यासेन्जर प्रयोग गरिने छ ।

जस्को लागि निम्नअनुसारको इमेल एकाउण्टहरु तयार गरिएको छ ।
सम्पर्क इमेल ठेगानाः
Sahitya Ghar 59 Mackenzie
Drive Folkestone, Kent CT20 3LR
United Kingdom
Phone: +44 7878533582
Fax: +44 1303275680

Contact in Nepal:
NPC-620, GPO-8973
Kathmandu, Nepal

Jan 19, 2008

तामाङ्सालीङ् स्वायत्त राज्य परिषद्को ऐतिहाँसिक् भेला

लिम्वूवान डट व्लगस्पोट डटकम,तामाङ्सालीङ्
जनवरी १९'तामाङ्सालीङ् स्वायत्त गणराज्यभित्र बसोबास गर्ने सम्पूर्ण जातिहरु एक्जुट होऔं' भन्ने नाराका साथ सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मन्च: तामाङ्सालीङ् स्वायत्त राज्य परिषदको दुई दिने ऐतिहासिक विस्तारित सम्मेलनको समुदघाटन आज माघ ५ गते जावलाखेल ललितपुरमा सबै क्षेत्रका प्रतिनिधि, पर्यवेक्षक र शुभेच्छुकहरुको व्यापक जनसहभागीतामा सम्पन्न भयो । मन्चका अध्यक्ष कमल छाराहाङ्को प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममाका अन्य अतिथिहरु सङ्घीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देन 'मिराक्', मधेशी जन अधिकार फोरम नेपालका उपाध्यक्ष किशोरकुमार विश्वास, सङ्युक्त थारु राष्ट्रिय मोर्चाका अध्यक्ष लक्ष्मण थारु, दलित जनजाती पार्टिका अध्यक्ष विसेन्द्र पासवान्, लगायत् पर्शुराम् तामाङ् र कुमार् फुदोङ् आदिको उपस्थिति रहेको थियो । परिषद्का उपाध्यक्ष सिङ्मान् तामाङ्ले स्वागत् मन्तव्यको क्रममा कार्यक्रमको औचित्य र उधेश्यबारे प्रस्ट्याउनु भएको थियो । शुभकामना मन्तव्यको क्रममा विधायक् कुमार फुदोङ्ले अब यो नेपाल् राष्ट्रको राजनीतिक पकड् यहांका आदिवासी जनजातिहरुले लिनुपर्ने कुरा बताउनु भयो । मन्तब्यकै क्रममा मधेशी जनअधिकर फोरमका उपाध्यक्ष किशोरकुमार विश्वासले राजासहितको ३० प्रतिशत् खस् बाहुनहरुले ७० प्रतिशत् आदिवासी जनजाति, मधेशी, दलित र महिलाहरुको विरुद्धमा षडयन्त्र गर्न लागेको कुरा प्रष्ट्याउनु भयो । सङ्युक्त्त थारु राष्ट्रिय मोर्चाका अध्यक्ष लक्षमण थारुले अब यहांका बाहुन् क्षेत्री शासकहरुले दिन नसकेको राजनीतिक् विकल्प आदिवासी जनजाति, मधेशि, दलित र महिलाहरुले दिनुपर्ने बिचार् राख्नु भयो । त्यसैगरी, दलित जनजातिका अध्यक्ष विसेन्द्र पासवानले आफू हिन्दू भएर जन्मेको र अहिलेसम्म अछूत भएर बाँचेको, तर अब बौद्ध भएर मर्न चाहेको चाहना प्रकट गर्नुभयो ।परिषदका अधयक्ष तथा मन्चका अध्यक्ष मण्डल सदस्य डी के बुद्धिष्ट्को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सङ्घीय कला संस्क्रिति मन्च तामाङ्सालीङ् राज्य परिषदका कलाकारहरुले तामाङ् भषामा गीतसमेत प्रस्तुत् गरेका थिए । तामाङ्सालीङ्को यस ऐतिहासिक विस्तारित भेलाले तामाङ्सालीङ्को भावी राजनीतिक दिशा र सङ्गठनको विधान् तथा घोषणा-पत्र बारे व्यापक छलफल र बहस गरेर पारित गर्दै तामाङ्सालिङ्को नयाँ नेत्रित्वको समेत चयन गर्नेछ ।

यू. के. का किरातहरुले नयाँ बर्षयेले ५०६८ विभिन्न कार्यक्रम गरि मनाए

लिम्वूवान डट व्लगस्पोट डटकम,सुहिम याक्थुङ, केन्ट
वेलायतमा बसोवास गर्ने लिम्बू, सुनुवार, राइ, याक्खा जातिहरुले किरात नयाँ बर्ष येले ५०६८ विभिन्न ठाँउमा विभिन्न कार्यक्रम गरि मनाएका छन ।यसवेला चाँप फूल्ने भएकोले माघ १ गते किरात नयाँ बर्षो शुरुवात हुने मान्यता रहेको छ । यो नयाँ बर्षाई चाडको रुपमा पनि मान्ने चलन रही आएको छ । यस चाडलाई कःकफेक्वा तङनाम भनिन्छ । पहिलो किरात राजा यलम्बरले शासन शुरु गरेपछि यो यलम्बर सम्बत् अर्थात छोटकरीमा येले सम्बत शुरुवात भएको विश्वास गरिन्छ । आज भन्दा ५ हजार बर्षअगाडी नेपालमा शासन गर्ने किरातहरुले ३२ पुस्ता सम्म राज्य गरेको इतिहासमा उल्लेख छ ।किरात याक्थुङ चुम्लुङ, आसफोर्ड क्षेत्रले सगरमाथा कम्युनिटी हलमा आयोजना गरेको नयाँ बर्ष शुभकामना आदानप्रदान गर्ने कार्यक्रममा किरात मुन्धुमका विज्ञ दिलकुमार सम्वाहाम्फेले कःकफेक्वा तङनामको बारेमा प्रकाश पार्नु भएको थियो । त्यस्तै गरि चुम्लुङ यू. के. का अध्यक्ष सिरी लिम्बूले चुम्लुङ परिवारको तर्फाट सबैलाई नयाँबर्षो शुभकामना ब्यक्त गर्नु भएको थियो भने यू. के. चुम्लुङका महासचिव राजन लिम्बूले बोल्नुहुदै यस बर्ष वेलायतको वेल्स, स्कटल्याण्ड लगायत विभिन्न क्षेत्रमा आआफ्नो तरिकाले नयाँबर्षमनाइएको जानकारी गराउनुको साथै आगामी बर्षअझ ब्यापक आयोजना गर्ने पनि बताउनु भयो । शुभकामना साँझ कार्यक्रममा आयोजकको भूमिका नगेन्द्र लिम्बूले निर्वाह गर्नु भएको थियो ।

Jan 18, 2008

संङघीय लिम्बूवान राज्य परिषदले संविधानसभाको निर्वाचन हुन नदिने

लिम्वूवान डट व्लगस्पोट डटकम,विर्तामेड
संङघीय लिम्बूवान राज्य परिषदले संविधानसभाको निर्वाचन हुन नदिने चेतावनी दिएको छ। सङघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा आवद्ध परिषदले सोमबार यहाँ पत्रकार सम्मेलन आयोजना गरी निर्वाचनअघि नै राजतन्त्रको समूल अन्त्यसहित सङघीय लोकतान्त्रिक गणतन्त्र र जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अन्तरिम संविधानमा सुनिश्चत गरिनुपर्ने माग गरेको छ। यो माग पूरा नगरी हुने निर्वाचन शाही कालको नगर निर्वाचन जस्तै हुने भएकोले त्यस्तो निर्वाचन बहिष्कार गरिने परिषदका महासचिव मिसेहाङ थाम्सोहाङको भनाइ थियो। उनले सात दलबीच गठबन्धन सरकारले आफ्ना माग बेवास्ता गरे तेस्रो जनआन्दोलनको आँधिबेहेरी ल्याउने चेतावनी पनि दिए। परिषदले माघ २० गते एक दिने सांकेतिक लिम्बूवान बन्दको आह्‍वानसमेत गरेको छ। परिषदको केन्द्रीय विस्तारित बैठकले पारित गरेका निर्णय सार्वजनिक गर्दै महासचिव थाम्सोहाङले अन्तरिम संसदले पारित गरेको आदिवासी अधिकारको प्रयोग गर्दै लिम्बूवान क्षेत्रमा चन्दालगायत आर्थिक संकलनका कार्यलाई निरन्तरता दिने जनाए।

भगत सुब्बाको लिम्वूभाषाको गीतिसंग्रह हङकङ तथा नेपालको बजारमा

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
कर्णप्रिय स्वरका धनी भगत सुब्बा उर्फ लाजेसा याक्थुङवा लिम्वूभाषाका पहिला गायक तथा संगीतकार गीतकार हुनुहुन्छ । वहा विगत १० वर्ष देखि हङकङ रहदै
आउनु भएको छ । प्रजातान्त्रिक संघीय लिम्वूवान का अध्यक्ष भै राजनितीमा पनि सक्रिय हुनुहुन्छ । हालसालै वहा नेपाल जानुहुदा लिम्वूवान भाग १ र २ नामक लिम्वूभाषाको गीतिसंग्रह लिई आउनु भएकोछ । लिम्वूवान भाग १ मा १० गीतहरु र भाग २ मा ११ गीतहरु संग्रहित छन् । लिम्वूवान उत्थान
र लिम्वूवाय स्वायत राज्य प्राप्तिको लागि वहाका गीतहरुले लिम्वूहरुलाइ जागरण गर्ने खालका गीतहरु वढी रहेकाछन् ।उक्त गीति संग्रहमा चर्चित गायिका सुनिता सुब्बा र मञ्जु सम्वाहाम्फेले साथ दिएका छन् । बजार तथा वितरण लिम्वूवानी संस्कृतिक संघ नेपालले गरेको छ । हाल उक्त गीतिसंग्रह हङकङ तथा नेपालमा सर्वत्र पाउन सकिन्छ ।

Jan 17, 2008

बाउन्न जनजातिको चाडमा सार्वजनिक विदा दिन माग

लिम्वूवान डट व्लगस्पोट डटकम,धरान
हालै मन्त्रिपरिषद्ले सूचीकृत ५९ जनजातिमध्ये ७ वटा जनजातिको चाडमा मात्र १ दिन सार्वजनिक विदा दिएको प्रति विमति जनाउँदै जनजाति नेताहरुले बाँकी ५२ जनजातिको चार्डपर्वमा पनि विदा नदिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । जनजातिहरुको सबै माग संविधानसभाअघि नै सुनिश्चित नगरिए चुनावमै भाग नलिने सम्मको निर्णय गर्न समेत पछि नहट्ने उनीहरुले चेतावनी दिएका छन् । मंगलबार नेपाल मगर संघ धरानको आयोजनामा सम्पन्न एक कार्यक्रममा उनीहरुले यस्तो चेतावनी दिएका हुन् । तमु छोंज धी सुनसरी अध्यक्ष खम्बसिंह तमुले सूचीकृत ५९ जनजातिमध्ये ७ लाईमात्र पर्व विदा दिएर सरकारले जनजातिको मर्म र भावनामाथि कुठाराघात गरेको भन्दै बाँकी ५२ जनजातिको चाडमा विदा नदिए कडा आन्दोलनमा उत्रने बताउनुभयो ।
आदिवासी जनजाति महासंघ सुनसरी अध्यक्ष ङावालप्टु शेर्पाले सरकारले आदिवासी जनजातिसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै आपत्ति प्रकट गर्नुभयो । उहाँले सदियौंदेखि राज्यले जनजातिको भाषा, संस्कृति जगेर्ना गर्नुको सट्टा थिचोमिचो गर्दै आएकाले आउँदो संविधानसभापछि हकअधिकार सुनिश्चित गर्न एकजुट भएर दबाव दिन आदिवासी जनजातिहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा किरात याक्थुङ चुम्लुङ सुनसरी अध्यक्ष चन्द्रबहादुर लिम्बू र नगर अध्यक्ष सानु सुब्बा, नेपाल मगर महिला संघकी मीना पुलामीलगायतले बोलेका थिए ।
सो अवसरमा मगर जातिको हुर्रा नाच प्रदर्शन गरिएको थियो । कार्यक्रममा गेसो सुनसरी अध्यक्ष गजेन्द्र इश्वो, भूतपूव गोर्खा सैनिक महिला संघकी सुनसरी अध्यक्ष शशी थापा सुब्बालगायत विभिन्न जातिजाति/संघसंस्थाको प्रतिनिधिहरुको सहभागिता रहेको थियो । यसैबीच किरात राई सांस्कृतिक कलाकार संघ सुनसरीले पनि येले सम्वत् ५०६८ का साथै संक्रान्तिको अवसर पारेर मंगलबार कन्दमूल ग्रहण तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
किरात राई यायोक्खा केन्द्रीय संगठन विभाग प्रमुख तिलक राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा किरायाका सुनसरी अध्यक्ष मुगाधन राईले आफ्नो जातिको हकअधिकार सुनिश्चित गराउन आगामी संविधानसभाको चुनावमा चुक्नुहुँदैन भन्नुभयो । कार्यक्रममा किरावि संघ सुनसरी उपाध्यक्ष हिमकला
राईलगायतले येले सम्वतका अवसरमा शुभकामना मन्तव्य दिनुभएको थियो भने कलाकारहरुले विभिन्न नेताको क्यारिकेचर, गीत लगायतका प्रतिभा प्रस्तुत गरेका थिए ।

किपटको इतिहास खोतल्दै चलचित्र चेसुङ

लिम्वूवान डट व्लगस्पोट डटकम,प्रदीप मेयाङ्बो
कुनै जाति, भाषा, संस्कृति र ऐतिहासिकताको आधारमा नेपाली चलचित्र कमै बन्ने गरेका छन् । बने पनि ती चलचित्रले आशागरे अनरुप व्याबसायिक सफलतामा
कब्जा जमाउन सकेका छैनन् । सिमित बौद्धिक परिधि, सम्बन्धित जाति र सरोकारवालाहरु मात्र त्यस्ता चलचित्रका दर्शक, प्रशंसक बनेका छन् । अर्थात ती चलचित्रहरुलाई मूलधारमा आउन फलामको चिउरा चपाउनु जतिकै मुस्कील छ ।
भाषिक र जातिय ऐतिहासिक कथा विषयको आधारमा बनाइएका चलचित्रको बजार सिमित भए पनि माङ्गेना चुम्लुङको प्रस्तुति रहेको सेलुलोइड चलचित्र 'चेसुङ' प्रदर्शनको तयारीमा छ । जातीय फिल्म बनाउनु जोखीमपूर्ण हुदहुदै पनि निर्माताहरु भिष्मा चेम्जोङ, किशोर सम्बाहाङ्फे, विमला लिम्बू, युगकुमारी लिम्बू, प्रमिला मेयाङ्बो र भीम आङ्बोहाङले खुलेर लगानी गरेको उक्त चलचित्र नेपाली दर्शकले मन पराउने निर्देशक मौसम इङ्बुङले बताए । माघको पहिलो साता देखि काठमाण्डौ, धरान, पोखरा, दमक, विर्तामोड लगायतका प्रमुख शरमा र्सार्वजनिक प्रदर्शनी गर्ने बताइएको छ ।पूर्वी पहाडमा बस्ने लिम्बू जातिको मौलिक र ऐतिहासिक किपट प्रथाको कथामा आधारित चलचित्र 'चेसुङ' ले नेपाली चलचित्रको धारमा नया अध्याय थप्ने विश्वास परिकल्पनाकार भीष्मा चेम्जोङले बताइन् । र्सार्वजनिक प्रदर्शनको तयारीमा रहेको उक्त चलचित्र छायाङ्कन गर्नु अघि तयार स्क्रीप्टलाई नवीन सुव्वाले पूर्ण रुपमा परिवर्तन गर्नुका साथै आवस्यक निर्देशकीय सल्लाह दिएका थिए । लिम्बूवान क्षेत्र मानिने धनकुटाको राजाराजीमा डेढ महिना समय लगाएर छायाङ्कन गरिएको उक्त चलचित्रमा लिम्बुवानको किपट प्रथालाई शाह बंश र तिनका आसेपासेले जालझेल गरेर भूमिसुधार ऐन ल्याई विस्थापित बनाइएको मार्मीक र ऐतिहासीक कथा समेटिएको छ ।
चलचित्रमा प्रेम सुव्वा, शोभा खजुम, रमेश सिंगक, पुस्प श्रेष्ठ, मनोज श्रेष्ठ, याशेली योङहाङ, कृष्ण आचार्य, राजीव दाहाल, आषिस लिङ्देन, सुवर्ण पालिखे सावित्री इङ्नाम रहेका छन् भने नया प्रस्तुतिमा नेपाल स्टार बनेकी गायिका विष्णु चेम्जोङले अभिनय गरेका छन् । नेपालमा प्रदर्शन पछि हङकङ, सिक्कीम, दार्जिलिङ्, बेलायत, अमेरिका, सिङ्गापुरमा पनि प्रदर्शन गर्न सम्पूर्ण तयारी भइसकेको कार्यकारी निर्माता किशोर सम्वाङ्फेले बताए ।

याक्थुङ चुम्लुङ अमेरिकाले येले तङबे ५०६८ मनायो

लिम्वूवान डट व्लगस्पोट डटकम, यू.एस.ए सम्वादाता
नेपालमा किरातिहरुले परापूर्ब कालमा देशको शासन चलाएको आधारमा चलि आएको नेपालका राष्ट्रिय सम्बतहरुमध्ये एउटा यलम्बर सम्बत (येले तङबे) ५०६८ को उपलक्ष्यमा गत साँझ अमेरिकाको न्युयोर्क शहरमा किरात याक्थुङ चुम्लुङ अमेरिकाले आफ्नो सँस्थाको कार्यालयमा यसपालिको नयाँ वर्षको आगमनमा एक बिशेष कार्यक्रमको आयोजना गरेको छ ।ठिक माघे सक्रान्तिको दिन यो किरात नयाँ साल बदलिने भएकोले माघे सक्रान्ती (माघी पर्ब) सँगै नयाँ वर्ष मनाउने परम्परा अनुसार प्राकृति र ईष्ट देवतालाई तरुल र कन्दमुल चढाई सकेपछि सम्पुर्ण परिवारका सदस्य तथा नातागोताहरु एकसाथ भेला भएर रमाईलो गर्ने चलन किरात जातिहरुमा पहिलादेखि नै चलि आएको हो । यहि आफ्नो अमुल्य सँस्कृतिलाई जिवित राख्ने कार्यलाई यहाँ रहेका किरातिहरु परदेशमा रहेरपनि निरन्तरता दिंदै यसरी जुटेका छन । बर्तमान नेपालमा आदिबासी जनजातिहरु भनेर कहलिएका सबै जातिहरु किरात बँशका पुर्खाकै सन्तानहरु हुन वा होईनन ? यदि होईनन भने किन तिनका कद, रुप, रँग र स्वभाव उस्तोउस्तै मिल्दोजुल्दो छन ? यस बिषयमा ब्यापक खोज र अनुसन्धान भई रहेको अवस्थामा राई, लिम्बू, सुनुवार अनि याख्खा जाति तथा अन्य सम्पुर्ण किरात धर्मावलम्बिहरुले गणना गर्दै ल्याएको यस किरात सम्बतले बिशेष महत्व राख्ने अनुमान लगाउन सकिन्छ

Jan 16, 2008

याक्थुङ चुम्चुलुङ शाखा मलेसियाको आयोजनामा येले तङनाम

लिम्वूवान डट व्लगस्पोट डटकम सम्बाददाता - क्वालालम्पुर
१५ जनावरी २००८ का दिन माघे सक्रान्ति तथा किरात "येले तङनाम" भव्यताका साथ मनाईयो । याक्थुङ चुम्चुलुङ शाखा मलेसियाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । किरात इतिहास अनुसार माघ १ गते किरात नव बर्षा रुपमा मनाउने परमपरा रहदै आएको छ । उक्त कार्यक्रममा मलेसियामा छरिएर रहेका विभिन्न क्षेत्र तथा पेशा कर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सभापति याक्थुङ चुम्लुङ मलेसिया उपकमिटिका अध्यक्ष जगत सिंह वेघा, प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङ केन्द्रिय कमिटि मलेसियाका अध्यक्ष पदम "दुखी" सम्बाहाङफे, अतिथिहरुमा क्रमसः कियाचु केन्द्रिय कमिटि काठमाण्डौं का सदस्य हाङनारायण चोङबाङ, प्रवासी मगर संघ मलेसियाका प्रवक्ता सुन्दर आले, नेपाल तमु समाजका प्रवक्ता मीन तमु, चितवन सर्म्पर्क मञ्चका प्रवक्ता वि.के. कडेल, खेटाङ सेरोफेरोका अध्यक्ष तेज कुमार र्राई, नेपाल तामाङ एकता संघका विनु लामा "दुखीया" तामाङ्ग, किरात धर्म तथा साहित्य उत्थान संघका सभापति पर्शुराम चोङबाङ, रोजगार पीडित सरोकार मञ्चका सञ्जय र्राई "छुच्चा" इलाम जन समपर्क मञ्चका बुद्धहाङ लावती, नेपाल क्रान्तिकारी संगठन मलेसियाका नेत्र बिक्रम विमली, किरात र्राई यायोख्खाका विश्व र्राई, त्यसतै गरी पत्रकारहरु हाम्रो आवाज साप्ताहिक तथा नेपाली सामाजिक केन्द्रकी सपना बस्याल, जन पृष्ठ भूमि साप्ताहिकका सुनील चालीसे, श्री अभिलेख साप्ताहिकका डिकेश भट्टर्राई, जनजाति आवाज तथा अनलइन मिडियाबाट रुसाहाङ चेम्जोङ को उपस्थिति रहेको थियो । कार्यक्रममा व्याज वितरण कमला लावती र सबिना लिम्बू बाट गरिएको थियो भने प्रमुख अतिथिको हातबाट दिप प्रज्वलन गर्दै किरात विभूति त्येयुङहाङ सिरिजगा, माहागुरु फल्गुनन्द र इमानसिंङ चेम्जोङको तस्वीरमा माल्यणपण गर्दै शुरु गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य मोहोन थेवेले राख्दै कार्यक्रमलाई सुचारु रुपमा कार्यक्रम सञ्चालक सन्त फेउदेन लिम्बूले अगाडि बढाएका थिए । त्यसतै गरी कार्यक्रमको कार्यपत्र देबेन्द्र "सुर्केली" खापुङ लिम्बूले प्रस्तुत गरेका थिए । भने विभिन्न तह र तप्काका व्क्तिहरुबाट स्वागत मन्तव्य तथा शुभकामना आदन प्रदान गरिएको थियो । कार्यक्रमको मध्यन्नमा काचो बनतरुलको टीका लगाउदै तरुलपान गरीएको थियो । कार्यक्रमको बीचबीचमा मोहोन थेबेबाट लिम्बू गीत र पर्शुराम चोङबाङबाट लिम्बू मुन्धुममा आधारीत हाक्पारे गीत प्रस्तुत गरएकिो थियो । कार्यक्रमको अन्त्यमा किरात तक्फेक्वा तङनाम को छोटो परिचय दिदै कार्यक्रमको समाप्त घोषणा कार्यक्रमका सभापति जगत सिंह वेघाबाट गरिएको थियो ।

निर्वाचनमा लिम्बुवानको सहभागिता नरहने

लिम्वूवान डट व्लगस्पोट डटकम बिर्तामोड
संघीय लिम्बुवान राज्य परिषद्ले सरकारद्वारा चैत्र २८ गते गर्ने भनिएको संविधानसभाको निर्वाचनलाई निर्रथक एवं नाटकीयको संज्ञा दिँदै लिम्बुवान क्षेत्रमा निर्वाचन विफल पार्ने चेतावनी दिएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध परिषद्ले सोमबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा परिषद्का महासचिव मिसेकहाङ थाम्सुहाङले जातिको ऐतिहासिक पृष्ठभूमिको आधारमा जातीय स्वायत्तता र जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको निश्चितता अन्तरिम संविधानमा उल्लेख गर्न माग गर्दै सो कुरा उल्लेख नगरी गर्न लागिएको निर्वाचनमा लिम्बुवानको सहभागिता नरहने बताउनुभयो । पत्रकार सम्मेलनपछि वितरित प्रेस विज्ञप्तिमा शहीद राजकुमार आङदेम्बेलाई राष्ट्रिय शहीद घोषणा गर्नुपर्ने,लिम्बूहरुको मातृभाषालाई लिम्बुवानका सरकारी कार्यालयमा प्रयोगमा ल्याइनुपर्नेलगायतका मागहरु राखिएका छन् ।
विज्ञप्तिमा जल, जङ्गल र जमिनमाथिको आदिवासीय अधिकार भन्दै सबै किसिमको वन पैदावर तथा खनिज पदार्थ काट्न, संकलन गर्न र ओसारपसार गर्न प्रतिबन्ध लगाइने पनि उल्लेख छ । धनकुटाको भेडेटारस्थित सिमखुवा ढाट तथा इलामको किटेनी ढाटमा भएको प्रहरी हस्तक्षेपको विरोध गर्दै यस्तै हस्तक्षेप कायम रहे भयानक परिणाम आउने चेतावनी विज्ञप्तिमा दिइएको छ । यसैगरी नेपालको सुस्ता लगायतका क्षेत्रमा भारतद्वारा नेपाली भूमि अतिक्रमण भइरहेको तथा नेपाल सरकार हालसम्म मूकदर्शक भएको भन्दै लिम्बुवान राज्य परिषद्ले घोर भत्र्सना गरेको छ । परिषद्ले विरोधस्वरूप माघ २० गते लिम्बुवान बन्द गर्ने घोषणासमेत गरेको छ ।

लिम्बू भाषाको बोर्ड हटाएकोमा विरोध

लिम्वूवान डट व्लगस्पोट डटकम धरान
माअ‍ोवादी निकट लिम्बूवान मुक्ति मोर्चाले धरानका सरकारी कार्यालयमा राखेका बोर्ड हटाइएको विरोधमा सोमबार धरानमा एक घन्टा सडक अवरुद्ध पारिएको छ।
भानुचौकमा अपराहन विरोध सभा गर्दै सडक अवरुद्ध पारिएको हो। सरकारी कार्यलयमा लिम्बू भाषा राखेको बोर्ड उठाएको प्रति विभिन्न संस्थाका प्रतिनिधिहरुले विरोध गरेका थिए। सो विरोधसभामा कियाचु सुनसरी अध्यक्ष चन्द्रबहादुर फाम्वो, रामसागर लिम्बू, कमल चोङबाङ, अकलबहादुर मेयाङबो, जय केरुङ, मुक्साहाङ लगायतले सम्बोधन गरेका थिए। यस्तै सभामा देवराज राई, दुर्गामाया लिम्बू, डम्बर खजुम, आइत खजुमले पनि सम्बोधन गरे। उनीहरुले लिम्बू भाषामा राखेको साइनबोर्ड हटाएर भाषाको अपमान गरेको भन्दै आक्रोस पोखे। जिल्ला हुलाक कार्यालय सुनसरी र धरान नगरपालिकामा लिम्बू भाषामा राखिएको साइनबोर्ड आइतावार प्रहरीले हटाएको हो।

Jan 15, 2008

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च २०६२ सालमा स्थापित एक राजनीतिक संगठनको हो । यसले एकात्मक सत्ताको अन्त्य गरी संघीय संरचनाको लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनार्थ आफ्नो मुद्दा र आन्दोलनलाई अघि बढाइरहेको छ । एकात्मक नेपाललाई संघीय संरचनामा रुपान्तरण गर्न यस संगठनले आफ्नो सांगठानिक संरचना पनि संघीय अवधारणा अनुरुप नै विकास र निर्माण गरिरहेको छ । यसै क्रममा लिम्बुवान स्वायत्तताका लागि संघीय लिम्बुवान राज्य परिषद र तामाङ स्वायत्तताका लागि तामाङसालिङ स्वायत राज्य परिषदलगायतका सम्बद्ध राजनीतिक संगठनहरूलाई लिएर मञ्च आफ्नो आन्दोलनमा निरन्तर लागिपरेको छ । यस्ता १० देखि १३ वटासम्मका स्वायत्त राज्य परिषदहरू निर्माण गरेर मञ्च पूर्णता पाउने अभियानमा जुटेको छ । मञ्चले हाल आएर आफ्नो सम्वद्ध संगठनका साथमा अन्य राजनीतिक सवाल मिल्ने संगठनहरू मधेशी जनअधिकार फोरम नेपाल र संयुक्त थारु राष्ट्रिय मोर्चालगायतका राजनीतिक संगठनहरूसंग मोर्चावन्दी गरी संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चामार्फ् पनि आफ्नो आन्दोलनलाई सशक्त बनाइरहेको छ । यस मञ्चले आफ्नो सम्बद्ध संगठन संघीय लिम्बुवान राज्य परिषद र तामाङसालिङ स्वायत्त राज्य परिषदलगायतका आङ्गिक संगठनहरूसंगको सामुहिक सहमति र निर्णयअनुसार राजनीतिक संगठनको मुल्य र मान्यतालाई स्थापित गर्दै अघि बढ्न यही पुस ३० गते निर्वाचन आयोगमा विधिपूर्वक संगठन दर्ता गराइएको छ । यो मञ्च संविधानसभाको पक्षपाती राजनीतिक संगठन भएकोले सफल र र्सार्थक संविधान सभाको निर्वाचन चाहन्छ । तर, मञ्चले विगतदेखि राख्दै आएको तीन सूत्रीय मागहरू संविधानसभा अगावै पूरा नगरी गरिने संविधानसभाको चुनावप्रति असहमति जाहेर गर्दछ । विगतमा जुन कारणले संविधानसभाको सभाको निर्वाचन हुन सकेन ती सबै कारक तत्वहरूको निराकरण अझै पनि नभएकोले यसरी जबर्जस्त गर्न खोजिएको संविधानसभाको चुनाव पुनः पनि हुन नसक्ने ठहरका साथ मञ्च चुनावको तयारीभन्दा पनि माग पूरा गर्न गराउन थप सशक्त शान्तिपूर्ण आन्दोलनमा रहन बाध्यहुने जानकारी सम्वद्ध सबैमा गराउँदछौं ।
मञ्चका मागहरूः
क. संविधानसभाको निर्वाचन अगावै राजतन्त्र र एकात्मक राज्यसत्ताको समूल अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्नुपर्ने ।
ख. संविधान सभाको निर्वाचन जातीय जनसङ्ख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचनप्रणालीको ब्यवस्था गरी सोही सिद्धान्तअनुरुप हुनुपर्ने ।
ग. जातिहरूको ऐतिहासिक पृष्ठभूमि, उत्पत्ति, भाषा र क्षेत्रको आधारमा आत्मनिर्णयको अधिकारसहितको स्वायत्त गणराज्यहरूको स्थापना गर्न सैद्धान्तिकरुपमा अन्तरिम संविधानमै संवैधानिक व्यवस्था गर्नुपर्ने ।
डीबी आङबुङ
सचिवः
प्रचार-प्रसार
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च

टेकराज तिगेलाद्धारा निर्मित सिसाम चलचित्रको शनिबार राजधानीमा प्रिमियर शो

लिम्वूवान व्लगस्पोट डटकम काठमाडौं,
किरात समाजमा प्रचलित मिथकहरू बटुलेर फिचर फिल्म ' सिसाम ' तयार भएको छ । लिम्बू गाउघरकै सामान्य पात्र अभिनित चलचित्रको शनिबार राजधानीमा प्रिमियर शो गरियो । गोविन्द इमसङद्वारा निर्देशित चलचित्रमा लिम्बू समाजमा प्रचलित प्रेतात्मासम्बन्धी किंवदन्ती समेटिएको छ । सिसाम (प्रेतात्मा) ले हात छाम्न आउने, अगुल्टो तान्ने, खोरमा पसेर कुखुरा चिर्थोने, मरेपछि फेदाङमा (झाक्री) ले त्यसको आत्म देख्नेलगायतका किंवदन्ती चलचित्रले समेटेको छ । निम्न वर्गीय समाजमा अरब जाने लहर र ऋणमा डुबेपछि घरबार छिन्नभिन्न भएको कथा पनि चलचित्रमा छ । मूलपात्र सिकुटे अरब जान्छ, तर ऋण तिर्ने सक्ने पैसासमेत नभएपछि कहिल्यै फर्केर आउ“दैन । यता पत्नी र छोराछोरीको पनि अकाल मृत्यु हुन्छ । लिम्बू समाजको यो ताजा कथा हो, निर्देशक इमसङले भने-'पुराना मान्यता र ताजा सर्न्दर्भ जोड्न खोजेको हु“ । टेकराज तिगेलाद्धारा निर्मित तेर्‍हथुम, धनकुटा, भोजपुर, सुनसरी, मोरङ र काठमाडौंमा छायांकन गरिएको छ । चलचित्रमा विमल लिम्बू, सरिता लिम्बू, तेजु इमसङ, दिलकुमार लिम्बू, केवी लिम्बूलगायतको अभिनय छ ।

साहित्यकार देश सुब्बाद्वारा लेखिएको आदिवासी माथि अन्तरक्रिया सम्पन्न

लिम्वूवान व्लगस्पोट डटकम काठमाण्डौं सम्वाददाता
काठमाडौं, २९ पुस । हङकङ प्रवासी साहित्यकार देश सुब्बाद्वारा भयवादीय अवधारणालाई आधार मानेर लेखिएको नवीनतम् उपन्यासकृति ‘आदिवासी’माथि
आइतबार राजधानीमा एक अन्तर्क्रियात्मक कार्यक्रमको आयोजना गरियो । शब्द शताब्दी, नेपाल एवं सृजनशील साहित्य समाज, हङकङको संयुक्त आयोजनामा सम्पन्न अन्तर्क्रिया कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि वरिष्ठ आयामेली कवि बैरागी काइँलाले भन्नुभयो- ‘भयवादमा आधारित देश सुब्बाको ‘आदिवासी’ नामक यो उपन्यास ‘उपन्यास’ कम र ‘दर्शन’ बढी भएको हो कि जस्तो अनुभूति हुन्छ’ उहाँले अगाडि थप्नुभयो- ‘कुनै निश्चित वाद, विचार वा आग्रहमा बाँधिएर सिर्जना गर्दा यस्तो हुन्छ ।’
त्यसैगरी अर्का लोकप्रिय साहित्यकार खगेन्द्र संग्रौलाले ‘लेखकले आफ्नो भयवादीय अवधारणालाई प्रष्ट्याउने प्रयत्न गर्दा उपन्यास जुन रुपमा पूर्ण हुनुपथ्र्यो त्यो रुपमा पूर्ण हुन नसके तापनि उपन्यास रोचक शैलीमा बुनिएको’ उल्लेख गर्नुभयो । प्रगतिवादी कवि गोविन्द वर्तमानले भन्नुभयो- ‘काव्यात्मक भाषाशैलीमा लेखिएको हुनाले उपन्यास पठनीय छ तर व्याकरणगत त्रुटी भने प्रशस्तै छन् ।’ उहाँले उपन्यासको नाम ‘आदिवासी’ भन्दा पनि ‘तरुल-उत्सव’ राखिएको भए बढी सुन्दर हुने’ बताउनुभयो । उहाँको मतमा बैरागी काइँलाले पनि सही थप्नुभयो ।
देश सुब्बाको उपन्यासकृति ‘आदिवासी’माथि चर्चित कवि श्रवण मुकारुङ, लीलावादी साहित्यकार कृष्ण धरावासी, चलचित्र निर्देशक नवीन सुब्बा, शब्द शताब्दी, नेपालका अध्यक्ष तथा चर्चित कवि शशी लुमुम्बू, सृजनशील अराजक कवि राजन मुकारुङ, रङगवादी कवि चन्द्रवीर तुम्बापो, लेखक अमर नेम्बाङ लिम्बू, मुक्त अभियानका तर्फबाट कवि प्रकाश आङदेम्बेले आआफ्नो विचार अभिव्यक्त गर्नुभएका थियो ।

Jan 14, 2008

आदिवासी किराती जनजातिहरुलाई राज्यमा सहभागिता गराउन माग

लिम्वूवान व्लगस्पोट डटकम बिजय सन्तोषी राइ
धनकुटा २९ पौष /आदिवासी किरातीहरुले राज्यको महत्वपूर्ण निकायहरुमा समावेशी र समानुपातिक ढंगले सहभागिता गराउन नेपाली कांग्रेस संग माग गरेका छन ।नेपाली कांग्रेस संग सम्वद्ध पूर्वी नेपालका आदिवासि किराती जनजाति नेताहरुले पार्टी किराती जनजातिहरुलाई राज्यको महत्वपूर्ण निकायहरुमा सहभागिता गराउन सशक्त र जोडदार माग गरेका हुन । नेपाली कांग्रेसले आदिवासि जनजातिहरु मध्य पूर्वी नेपालका आदिवासी किराती जनजातीहरुलाई पार्टी सरकार,संसद लगायत राज्यका निकायहरुमा समावेशी र समानुपातिक ढंगले हाल सम्म समावेश नगराएपछि आदिवासी किराती जनजाति र महिलालाई उपेक्षा गरेको विषयलाई लिएर अन्य राजनैतिक दलहरुले संविधान सभामा चुनावी नारा वनाउन थालेपछि नेपाली कांग्रेससंग सम्वद्ध आदिवासी किराती नेताहरुले आदिवासी किराती जनजातिलाई अन्तरीम सरकार ,संसद लगायत राज्यका महत्वपूर्ण निकायहरुमा समावेशी ढंगबाट तत्काल सहभागिता गराएमा पार्टी संगठन विस्तार सहयोग पुग्ने भएको वताएका छन । लोकतान्त्रिक आन्दोलनका साथै नेपाली कांग्रेसको स्थापना काल देखीनै आदिवासि किराती जनजातिहरुले पार्टी गठनमा महत्वपूर्ण ढंगबाट निरन्तर रुपमा योगदान पुर्‍याउदै आईरहेता पनि नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी अहिले आदिवासी जनजाति र महिलाहरुलाई अन्तरीम सरकार र राज्यका महत्वपूर्ण निकायहरुमा सहभागिता नगराउनु आदिवासि जनजाति लागि दुभाग्य भएको भन्दै नेपाली कांग्रेस भित्रका आदिवासि जनजाति तथा महिला नेताहरुले राज्यका हरेका निकायहरुमा तत्काल सहभागि गर्न पार्टीसंग आग्रह गर्छिन लोकतान्त्रिक महिला संञ्जालकी अध्यक्ष लिला सुब्बा । आदिवासी जनजाति महिलाहरुलाई समावेशि र समानुपातिक ढंगले राज्यका हरेक निकायहरुमा अनिवार्य सहभागिता गराउदै संघिय लोकतान्त्रिक नया नेपाल निर्माणमा सरिक गराउने राष्ट्रिय सहमति भएता पनि नेपाली कांग्रेस जस्तो जिम्वेवार राजनैतिक पार्टी अहिले अन्तरीम सरकारमा महिला र आदिवासी किराती जनजातिहरुलाई सहभागि नगराएकोमा संविधान सभाको निर्वाचनको चर्चा संगै अहिले मुलुकभरनै यस विषयमा समेत चर्चा र वहसको रुपमा अगाडि आएको आदिवासि नेताहरु वताउछन । समस्त मुलुकवासिहरुले यतिवेला नेपाली कांग्रेसका हरेक क्रियाकलाव र निर्णयका वारेमा अत्यन्तै चासो
पूर्वक गंभिर रुपमा हेरिरहेकोले नेपाली कांग्रेसले अहिले गर्ने निर्णयहरुले संविधान सभाको निर्वाचनमा समेत असर पर्ने भएकोले नेपाली कांग्रेसले पूर्वी नेपालमा अत्यधिक संख्यामा रहेका आदिवासी किराती जनजातिलाई समेट्दै राज्यका महत्वपूर्ण निकायहरुमा समावेश गर्नु पर्ने धारणा राख्नु हुन्छ नेपाली कांग्रेस नेता एवं आदिवासी जनजाति विकास समितिका पूर्व कार्यकारी निर्देशक आनन्द सन्तोषी र्राई । राष्ट्रिय जनजाति विकास समितिका पूर्व कार्यकारी निर्देशक समेत रहेका आनन्द सन्तोषी र्राईले नेपाली कांग्रेसले आदिवासी किराती जनजाति र महिलालाई सम्मान गरी पार्टी गठन र सरकारमा सहभागिता गर्राई मुलुकभर नया सन्देश दिनु पर्ने आजको आवाश्यकता रहेको वताए । भाषण, नारा र कार्यक्रमहरुमा मात्र वारम्वार समावेशि र संघिय कुराहरु आईरहेको तर व्यवहारमा भने कार्यन्वयन नभएकोमा गुनासो गर्दै नेपाल महिला संघ धनकुटाका अध्यक्ष एवं किरात याक्थुम चुम्लुङ्गकी केन्द्रिय सदस्य लिला सुब्बा भन्नु हुन्छ अव नेपाली कांग्रेसले पनि महिला र आदीवासी जनजातिहलाई पार्टी महत्वपूर्ण स्थानहरुमा र अन्तरीम सरकारमा पनि सहभागिता गराउनु पर्नेमा जोड दिएका छन । नेपाली कांग्रेसले अन्तरीम सरकार लगायत राज्यका महत्वपूर्ण निकायहरुमा आदिवासि किराती जनजाति र महिलाहरुलाई सहभागिता नगर्राई उपेक्षा गरिरहेमा संगठन विस्तारका साथै संविधान सभाको निर्वाचनमा नेपाली कांग्रेसलाई जनमत ल्याउनु समस्या हुने भएकोले तत्काल उनीहरुको मागलाई सम्बोधन गरी राज्यमा सहभागिता गराउनु पर्ने वताउछन आदिवासि जनजाति महासंघ धनकुटाका अध्यक्ष गहेन्द्र र्राई। लोकतान्त्रिक आन्दोलनका साथै नेपाली कांग्रेसको स्थापना काल देखीनै आदिवासि किराती जनजातिहरुले पार्टी गठनमा महत्वपूर्ण ढंगबाट निरन्तर रुपमा योगदान पुर्‍याउदै आईरहेता पनि नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी अहिले आदिवासी जनजाति र महिलाहरुलाई अन्तरीम सरकार र राज्यका महत्वपूर्ण निकायहरुमा सहभागिता नगराउनु आदिवासि जनजाति लागि दुभाग्य भएको भन्दै नेपाली कांग्रेस भित्रका आदिवासि जनजाति तथा महिला नेताहरुले राज्यका हरेका निकायहरुमा तत्काल सहभागि गर्न
पार्टीसंग आग्रह गर्छिन लोकतान्त्रिक महिला संञ्जालकी अध्यक्ष लिला सुब्बा ।आदिवासी जनजाति महिलाहरुलाई समावेशि र समानुपातिक ढंगले राज्यका हरेक निकायहरुमा अनिवार्य सहभागिता गराउदै संघिय लोकतान्त्रिक नया नेपाल निर्माणमा सरिक गराउने राष्ट्रिय सहमति भएता पनि नेपाली कांग्रेस जस्तो जिम्वेवार राजनैतिक पार्टी अहिले अन्तरीम सरकारमा महिला र आदिवासी जनजातिहरुलाई सहभागि नगराएकोमा संविधान सभाको निर्वाचनको चर्चा संगै अहिले मुलुकभरनै यस विषयमा समेत चर्चा र वहसको रुपमा अगाडि आएको आदिवासि नेताहरु वताउछन ।लाई नेपाली कांग्रेसको तर्फाट पनि सरकारमा सहभागिता नगराएकोमा मुलुकभरका आदिवासी जनजाति र महिलाहरुमा वितिष्णा पैदा गरिदिन अन्य राजनैतिक पार्टी क्रियाशिल भैरहेकोले अहिले नेपाली कांग्रेस पार्टीगठनमा समेत असर पर्न थालेकोले नेपाली कांग्रेसले अभिलम्ब आदिवासी किराती जनजातिहरुलाई राज्यमा सहभागिता गराउन माग उठ्न थालेको छ

Jan 13, 2008

सँगीतकार तथा गायक दिनेश सुब्बाको एकल साँझको सम्पन्न

लिम्वूवान व्लगस्पोट डटकम हङकङ
सांगीतिक यात्रामा लागेका संगीतकर्मीलाई एकल प्रस्तुतिको अपेक्षा हुनु जति स्वभाविक हुन्छ । त्यो भन्दा पनि प्रवासमा संगीतमा यात्रा गर्नु र एकल प्रस्तुतिले सम्पूर्ण नेपालीहरुको मन जित्नु चाँही चानचुने
कुरै हुँदैन । यसको महत्व र उँचाइको वर्णनगर्नु शायद कम्ति नै होला ।
यसपालि हङकङमा १३ जनवरीको मध्य जाडोमा दुइ दसकभन्दा लामो सांगीतिक यात्रामा निस्किएका नेपाली, भाषा, साहित्य र संगीतलाई नजीकबाट आत्मासाथ गरेका संगीतकार एवं गायक दिनेश सुब्बाको एकल प्रस्तुति 'दिनेश सुब्बा एकल साँझ' को रापले साच्चिकै नेपाली गीत संगीत विशेषगरी हङकङमा जीवन चलाइरहेका नेपाली कलाकारहरुकालागि मार्गदर्शक साँझ बन्यो । याउमातेइ जोर्डन हङकङको हेनरी जी लेउङको कम्युनिटी सेन्टरमा सम्पन्न भएको एकल साँझमा हङकङेली नेपाली नयाँ पुराना कलाकारहरुले दिल खोलेर दिनेश सुब्बा एकल साँझलाई सफल तुल्याउने भरभग्दुर प्रयास गरे । हिमालयन टोन्स म्युजिक एकेडेमीको आयोजनामा सम्पन्न भएको एकल साँझमा दिनेशले स्थानीय वाद्यावादक कलाकारहरुको सहयोगमा दर्शकहरुलाई सवा दुइ घंटासम्म आफ्नो स्वर र संगीतको मिठासमा बाँधेर राख्न सफल भएका थिए ।
हङकङमा रहेका नेपालीहरुकालागि गहनाकै रुपमा रहेका दिनेश सुब्बालाई हेर्न सबै पुस्ताका दर्शक श्रोताहरुको उपस्थिति रहेको थियो । नेपाली चर्चित कलाकारहरु खेम गुरुङमात्र होइन बिक्रम गुरुङ, नागेन्द्र श्रेष्ठ, गणेश पराजुली जस्ता संगीत बुझेका दर्शक पाएका दिनेशले नेपाली आधुनिक गीत संगीतको उद्भव र यसको विकासक्रमका बारेमा प्रष्टाउन सफल भए ।प्राय नेपालबाट कलाकारहरु झिकाई भइरहेका सांगीतिक कार्यक्रमहरु भन्दा पृथक बनेको साँझमा दिनेशलाई धेरै ताली र प्रंशसा आएको थियो । १० मिनेट विश्राम लिएर सम्पन्न भएको एकल साँझमा १७ वटा गीतहरु प्रस्तुत गरेका थिए । पहिलो भागमा आफूले संगीत तथा स्वर भरेका आधुनिक तथा लोकगीतहरु प्रस्तुत गरे र दोश्रो भागमा नेपाली आधुनिक गीतसंगीतका महान व्यक्तित्वहरु नारायण गोपाल, अम्बर गुरुङ, गोपाल योञ्जन, दिप श्रेष्ठ, फक्तेमान, कुमार सुब्बा र भक्तराज आचार्यलाई सम्मान गर्दै उहाँहरुको गीतहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा सुब्बाको प्रस्तुतिबाट दर्शकहरु अघाएनन् फर्माइस गरी रहेको सुनिन्थ्यो । आफैले संगीत भरेको राष्ट्रिय गीतबाट शुभारम्भ भएको एकाल साँझलाई अन्त्यौलीमा अम्बर गुरुङको नौलाख तारा उदाए धर्तीको आकाश खुलेछ ...बाट गरेका थिए ।
एकल साँझलाई नजीकबाट हेरेपछि हङकङमा रहेका चर्चित लोकगायक खेमराज गुरुङले भने -"नेपाली गीत संगीतमा दिनेश सुब्बा एकल साँझले ठूलो महत्व राख्छ । कार्यक्रमलाई दर्शकहरुले दिएको मायाले स्थानीय नेपाली कलाकारहरुलाई थप हौसला प्रदान गर्छ ।" पत्रकार पशन तमू कार्यक्रम हेरेपछि प्रतिक्रिया दिँदै भन्दै थिए -"दिनेश सुब्बा हङकङमा रहने नेपालीहरुकालागि धरोहर हुनुहुन्छ उहाँको एकल साँझ संगीत बुझनेहरुकालागि उत्कृष्ट थियो ।" गायक गणेश पराजुलीले भन्दै थिए "हालसम्म भएको स्थानीय कलाकारहरुको कार्यक्रममा सबैभन्दा राम्रो हो ।"
सन् १९९६ सालमा हङकङ प्रवेश गर्नु भएको दिनेश सुब्बा लगभग १२ वर्षो अन्तरालमा धेरै संगीतका विधार्थीहरुलाई नेपाली गीत संगीतका बारेमा शिक्षा प्रदान गर्नु भइसकेको छ । पहिलो पटक आयोजना भएको एकल साँझमा सबैबाट स्याबासी पाएपछि प्रसन्न हुनुभएका दिनेश सुब्बाले भन्नु भयो -"हङकङ प्रवेश गर्दा यस्तो परिकल्पना गरिएको थिएन ।"कार्यक्रममा दिनेश सुब्बाले आफूले संगीत भरेको रामकृष्ण ढकालको आवाजमा चर्चित बनेको 'हाम्रो सुन्दर संसार थियो', र 'हाँसु कति म', यम बरालको आवजमा चर्चित बनेको 'बादलुको घुम्टोले इलाम बजार छोपिन्दा', अरुण थापाले गाउनु भएको 'तिमी हेर्र्छौ भने जिन्दगीलाई', आफ्नै स्वरमा चर्चित बनेको थाहा नपाई माया मेरो र त्रि्रो हाम्रो मनको दुरी बढे जस्तो छ जस्ता कर्णपर्य गीतहरु प्रस्तुत गर्नु भएको थियो ।
एकल साँझमा वाद्यवादन तर्फमनोज घले, हरि श्रेष्ठ, कृष्ण महर्जन, पदम गुरुङ, विजय गुरुङ, धन थापा,, निशाद सुब्बा र केभिन थापाले सहयोग गरेका थिए । सह गायनमा भने वीरबहादुर थापा, अन्तिम र्राई, रोशा लिम्बू, सुनिता हिराचन, हषिर्त आले, टोपराज लामाको संलग्नता रहेको थियो । एकल साँझलाई सफल बनाउन अमोद र्राई, लारा, सोम थापा मगर लगायतका व्यक्तिहरुले आफ्नो सीप खर्चिको थिए । साँझ ७ ३० बजेदेखि शुभारम्भ भएको कार्यक्रमको प्रत्यक्ष प्रशारण एचकेनेपाल डटकमले गरेको थियो ।



लिम्वूवानको ढाट हटाइयो

लिम्वूवान व्लगस्पोट डटकम काठमाडौँ प्रतिनिधि
सङ्घीय लिम्बुवान राज्य परिषद्ले धनकुटामा ढाट राखी कर संकलन गरिरहेकोमा प्रहरीले हस्तक्षेप गरी ढाट हटाइ दिएको छ । कोसी राजमार्गको धरान- धनकुटा सडकको सिमसुवा खण्डमा ढाट राखी एक साता अघिदेखि सङ्घीय लिम्बुवान परिषद्ले कर उठाउँदै आएकोमा प्रहरीले हस्तक्षेप गरी ढाट उठाई कर संकलन कार्य बन्द गरिदिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायव उपरीक्षक नरबहादुर केसीले बताउनुभयो । सङ्घीय लिम्बुवान राज्य परिषद्का कार्यकर्ताहरुले प्रहरी हस्तक्षेपको विरोध गर्दै लिम्बुवान राज्यमा कर उठाउनु आफ्नो अधिकार रहेको बताएका छन् । उक्त सडक खण्डमा लिम्बुवान राज्य परिषद्ले ढाट राखी सवारी साधनहरुमा विभिन्न सामग्रीहरुको प्रति किलो ५० पैसादेखि रु.दुइ हजारसम्म कर उठाउदै आइरहेका थिए ।

Jan 10, 2008

संघीय राज्यको माग गर्दै खुकुरी -याली

लिम्वूवान व्लगस्पोट
पूर्वी नेपालमा संघीय राज्यको माग गर्दै संघीय लिम्वूवान राज्य परिषदको आव्हानमा आदिवासीहरुले खुकुरी -याली गरे । अन्तरिम संम्विधान,सांसद र सरकारमा पनि आदिवासी किराती जनजातिहरुको समान सहभागीता नदेखिएकोले केन्द्रिकृत र एकात्मक राज्य सत्तालाइ पूर्णरुपमा ध्वस्त वनाउदै संघीय जातिय राज्यको निर्माणको लागि पूर्वमा आदिवासी किरातीहरुले आन्दोलन गरेको जनाइएको छ । खुकुरी जुलुस पछि आयोजित सभालाइ सम्वोधन गर्दैसंघीय लिम्वूवान राज्य परिषदका केन्द्रिय सदस्य फक्तेलुङ्गेले आदिवासीहरुको खोसीएको आफ्नो भूमि फिर्ता लिन सशक्त ढङ्गले अगाडी बढीसकेकोले अव जातिय राज्यको निर्माण नभए सम्म आन्दोलन जारी राख्ने वताउनु भयो । कार्यक्रमा आदिवासी जनजाति नेताहरुले जानकारी दिए अनुसार संघीय लिम्वूवान राज्य परिषदलेधनकुटा ,तेह्रथुम ,ताप्लेजुङ्ग,सुनसरी ,मोरङ्ग,झापा,इलाम र पाचथर जिल्लामा खम्वूवानले संखुवासभा,भोजपुर ,उदयपुर,खोटाङ्ग,ओखलढुङ्गामा आन्दोलनको तयारी गरीरहेछ न् ।

किरात याक्थुङ् एकता समाज कतारव्दारा विदाई तथा सम्मान समारोह सम्पन्न

लिम्वूवान व्लगस्पोट कतार
किरात याक्थुङ् एकता समाज दोहा कतारका संस्थापक कोषाध्यक्ष श्री पूर्ण कुमार चेम्जोङ् (लिम्बू) ज्यू लाई संस्थाको तर्फबाट स सम्मान सहित कदर पत्र प्रदान गरि एक विदाई समारोह सम्पन्न गरि विदा गरेको छ। यही जनवरी ९ तारिख साँझ सनैया माउण्ट एभरेष्ट रेष्टुरेण्टमा आयोजीत कार्यक्रममा संस्थाका अध्यक्षको अध्यक्षता र प्रवासी जनजाती महासंघका अध्यक्ष श्री अमृत गुरुङ् ज्यू प्रमुख अतिथि रहनु भएको थियो। साथमा संस्थाका शुभचिन्तक अन्यपदाधिकारी लगाएत संस्थापक सदस्यको समेत उपस्थिति रहेको थियो। तत्कालीन का.वा.महासचिव ज्यूले संचालन गर्नु भएको उत्तकार्यक्रममा संस्थाको कोषाध्यक्ष ज्यूले कार्यक्रमको स्वागत मनतव्य राख्नु भएको थियो। संक्षेपमा अन्य वत्ताहरु सबैले विदाई हुनु हुने चेम्जोङ् ज्यूको योगदान वारेमा वर्णन गरि नसक्नु रहेको कुरा स्पष्ट राख्नु भएको थियो। साथै उहाँलाई स्वदेशमा समेत लिम्बु जाती अनी सम्पूर्ण जनजातीहरुको वारेमा ससक्त उजागर र एकजुट गराउन विशेष अनुरोध गर्नु गरिएको थियो। मनतव्यकै क्रममा चेम्जोङ ज्यूले आफु कतारमा नफर्किने गरि जादै गरेको वताउनु भयो। कतार छोड्नु पर्ने वारेमा उहाले आफ्नो रोजगार दाता संगको लामो कथा भएको भनी ब्याक्तीगत समस्यालाई अगाडी बढाउनु भएन। अन्त्यमा उहाँले सम्पूर्ण बत्ताहरुको कदर गर्दै सस्थाले दिएको सम्मान प्रति गर्वान्वीत रहेको कुरा दर्शाउनु भयो। प्रमुख अतिथी ज्यूले समेत उत्तरोत्तर प्रगतीको कामना सहित तत्कालिन नेपालमा राज्य द्धारा पाईरहेका आदीवासी जनजातीहरुको राहतको सम्बन्धि जानकारी दिनुका साथै यस सस्थाले पाएको प्रमुख नेतृत्वको खुलेर प्रसंसा गर्नु भयो। वीचमा चियापान सगै संचालन भएको विदाई समारोह ८:३० बजे अपरान्ह समापन भएको थियो।

Jan 9, 2008

समावेशी, मधेसी, जनजाति र दलितलाई छुट्टै कोटा सहित सशस्त्र प्रहरीमा भर्ना खुल्यो

लिम्वूवान व्लगस्पोट काठमाडौं
सशस्त्र प्रहरी बलमा इन्स्पेक्टर, अर्सइ, जवान र परिचर पदमा भर्ना खुलेको छ । रिक्त प्रशासन तथा प्राविधिक विभिन्न पदमा दरखास्त आवेदन दिने म्याद आजदेखि माघ ८ सम्म तोकिएको छ । आज प्रकाशित सूचनाअनुसार निरीक्षक पदमा ४० जना, सहायक निरीक्षक पदमा ७५ जना, जवानमा १६ सय र परिचरमा १५७ जना माग गरिएको छ भने प्राविधिक निरीक्षक -चिकित्सक) तर्फ५ जना र दन्त चिकित्सकतर्फ१ जनाका लागि दरखास्त आहृवान गरिएको छ ।सशस्त्र प्रहरीमा पहिलोपटक कोटा विभाजन गरेरै माग गरिएको विज्ञापन सूचनामा समावेशीतर्फइन्स्पेक्टर १८, अर्सइ ३४, जवान ७२० र परिचर ७१ छन् भने महिला आरक्षण कोटामा इन्स्पेक्टर ३ जना, अर्सइ ७ जना, जवान १४४ र परिचर १४ जना छुट्टयाएरै विज्ञापन गरिएको छ । त्यस्तै, जनजाति/आदिवासीतर्फइन्स्पेक्टरमा ६ जना, अर्सइ ११ जना, जवान २३० र परिचर २३ छन् भने मधेसी समुदायबाट ५ इन्स्पेक्टर, ९ अर्सइ, २०२ जवान र २० परिचर छुट्टयाइएको छ । यसैगरी दलिततर्फइन्स्पेक्टर ३, अर्सइ ५, जवान १०८ र परिचर ११ तोकिएको छ भने पिछडिएको क्षेत्रबाट १ इन्स्पेक्टर, २ अर्सइ, ३६ जवान र ३ परिचर आरक्षित गरिएको छ ।यस्तै, खुल्ला तर्फाट २२ इन्स्पेक्टर, ४१ अर्सइ, ८८० जवान र ८६ परिचर माग गरिएको छ भने प्राविधिक इन्स्पेक्टर दन्त चिकित्सक १ जना खुलातर्फमाग गरिनुका साथै ५ चिकित्सकमध्ये समावेशीतर्फाट २, जनजाति/आदिवासीका तर्फाट १ जना, मधेसीबाट १ र खुलातर्फाट ३ जना माग गरिएको सूचनामा जनाइएको छ । संविधानसभा निर्वाचन घोषणाकै मुखमा दरखास्त माग गरिएको सशस्त्र प्रहरीले चुनाव अवधिमा छनोट कार्य गर्छ/गर्दैन त्यसबारे भने टुंगो छैन ।

लिम्बूवान आन्दोलनका शहीद राजकुमारका परिवारलाई राहत प्रदान

लिम्वूवान व्लगस्पोट कमन देवान
पुस, २५ दमक - लिम्बूवान आन्दोलनका क्रममा प्रहरीको गोली लागी मृत्यू भएका आफ्ना कार्यकर्ता इलाम चुलाचुली-१ निवासी राजकुमार आङदेम्बेको परिवारलाई बुधवार दमकमा एक कार्यक्रमको आयोजना गरी संघीय लिम्बूवान राज्यपरिषद झापाले राहत रकम प्रदान गरेको छ ।संघीय गणतान्त्रिक मोर्चाद्धारा गत असोज १६ गते देखि आव्हान गरेको अनिश्चितकालिन आमहडतालका क्रममा गत २० गते झापा जिल्ला प्रशासनले जारी गरेको कर्फ्यू आदेश उल्लंघन गर्नेक्रममा प्रहरीको गोली लागी केर्खापूर्व कमल खोलामा उनको मृत्यू भएको थियो । उनलाइ असाज २१ ग्ते अन्तिम दाहसँस्कार गर्दै लिम्बूवानका आधुनिक सहिद घोषणा गर्नुभएको थियो । परिषदको झापा जिल्ला समितिद्धारा आयोजित कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव कुमार लिङदेनले आङदेम्बेकी श्रीमती सुनमाया लिम्बूलाई राहत रकमस्वरुप ५० हजार ५० रुपैया प्रदान गर्नुभयो । आयोजकले दिएको जानकारी अनुसार किरात याक्थुङ चुम्लुङ प्रवास समन्वय समिति दुबईले २५ हजार रुपैया आर्थिक सहयोग प्रदान गरेको हो । कार्यक्रम परिषद झापाको अध्यक्ष ज्ञानहाङ इम्बुङको सभापतित्वमा सम्पन्न भएको थियो ।

Jan 7, 2008

अन्तरिम संविधानको तेश्रो संशोधित विधेयक दहन

लिम्वूवान व्लगस्पोट काठमाडौं
विभिन्न आदिवासी जनजाती, मधेसी, दलित र बहिस्कृत समुदायको साझा राजनीतिक संगठन संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चाको आव्हानमा यहि पुस २३ गते काठमाडौंको माइतिघर मण्डला लगायत देशका विभिन्न जिल्ला सदरमुकाम तथा प्रमुख सहरहरूमा अन्तरिम संविधानको तेस्रो संशोधित विधेयकको दहन गरिएको छ ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग सम्बद्ध स्वायत्त संगठनहरू संघीय लिम्बुवान राज्य परिषद, तामाङसालिङ स्वायत्त राज्य परिषद तथा अन्य मोर्चामा आवद्ध संगठनहरू मधेसी जन अधिकार फोरम, नेपाल; संयुक्त थारू राष्ट्रिय मोर्चा, नेपाल; जनजाति दलित पार्टी, मधेसी लोकतान्त्रिक मोर्चा र लोकतान्त्रिक मधेसी मोर्चाको अगुवाइमा उक्त संविधानको विधेयक जलाउने कार्य सम्पन्न भएको हो ।
संविधानसभाको निर्वाचन अगावै सफल र सार्थक संविधानसभाको निर्वाचन गर्न गराउनका लागि राजतन्त्र र एकात्मक शासन सत्ताको समूल अन्त्य गरी संघीय गणतन्त्रको घोषणा गर्नुपर्ने, संविधानसभाको चुनाव जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गरी गर्नुपर्ने तथा जाति, भाषा र क्षेत्रको ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकारसहित स्वायत्त गणराज्यहरूको स्थापना हुनुपर्ने लगायतका मागहरू राखी मोर्चामा आवद्ध भएर उक्त विभिन्न राजनीतिक संगठनहरूले आन्दोलन जारी राखेका छन् ।
हाल आएर अन्तरिम संविधानको तेस्रो संशोधित विधेयकमार्फत पनि मोर्चामा आवद्ध संगठनहरूले राखेका मागहरू सम्बोधन नगरी पुन: असफल संविधानसभाको नाटक मञ्चन गर्न थालिएकोले यसको सांकेतिक विरोधस्वरूप उक्त संशोधित विधेयकको दहन गरिएको कुरा नेताहरूले बताएका छन् । विधेयक दहन गर्ने कार्य लिम्बुवानको ताप्लिङजोङ, पान्थर, इलाम, विर्तामोड, दमक, केर्खा झापा, विराटनगर मोरङ, र तेह्रथुममा प्रहरी दमनको बावजुद पनि सफलतापूर्वक दहन गर्ने कार्य सम्पन्न भएको छ । त्यसैगरी मधेस र थारूहटका विभिन्न स्थानमा पनि व्यापक जन सहभागिताका साथ सो कार्य सम्पन्न भएको समाचार छ । काठमाडौंको मुटु, माइतिघर मण्डलाको विधेयक दहन कार्यमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष: कमल छाराहाङ, मधेसी जन अधिकार फोरमका उपध्यक्ष: किशोरकुमार विस्वास, संयुक्त थारू राष्ट्रिय मोर्चाका उपाध्यक्ष; यगेन्द्र थारू, जनजाति दलित पार्टीका अध्यक्ष: विसेन्द्र पासवान, मधेसी लोकतान्त्रिक मोर्चाका अध्यक्ष: कदमनरायण चौधरी, र तामाङसालिङ स्वायत्त राज्य परिषदका अध्यक्ष: डी. के. बुद्धिष्ट तामाङ लगायतका नेताहरूको उपस्थिति रहेको थियो । संघीय गणतान्त्रिक मोर्चाले सोहि दिन एक प्रेस विज्ञप्ति जाहेर गरी विधेयक दहन कार्य पूर्णरूपमा सफल भएको दावी गर्दै उक्त कार्यमा भएको प्रहरी दमनको घोर भर्त्सना गरेको छ ।

संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चा काठमाडौं नेपालको प्रेस विज्ञप्ती

मितिः २०६४। ०९। २३
प्रेस विज्ञप्ती
सातदलीय गठबन्धनको यथास्थितिवादी चिन्तन, र्सवसत्तावादी सोच र अतिवादी मनस्थितिले मुलुक निकासहीन राजनीतिक भुमरीमा फसेको छ । नेपाली जनता सबैखाले सामन्तवाद र अति केन्द्रीकृत एकाधिकारवादको अन्त्य एवं आमूल परिवर्तनसहितको नयाँ नेपाल चाहन्छन् । संसद र सत्तामा आसीन गठबन्धित राजनीतिक दलहरूले जनआन्दोलन ०६२/६३ को राजनीतिक म्याण्डेट् विपरीत दलीय स्वार्थमा फसेर आफैं अनिर्णयको बन्दीमा फसेका मात्र छैनन्, नेपाललाई असफल राष्ट्रको बाटोमा धकेलिरहेका छन् । यो संकटबाट मुलुकलाई अगाडि बढाउन संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चाले सरकार र सदनलाई राष्ट्रिय राजनीतिक निकासको विकल्पका राजनीतिक मुद्दाहरू अपील, ज्ञापन-पत्र र वार्ताद्वारा पटकपटक दिइसकिएको छ र कार्यन्वयनका लागि शान्तिपूर्ण सशक्त आन्दोलन जारी छ । भर्खरै विधायीका संसदबाट अन्तरिम संविधान तेस्रो संशोधन भएको छ । तेस्रो पटक संशोधित उक्त विधेयकले बर्तमान मुलुकको निकासहीन राष्ट्रिय राजनीतिलाई पूरै बेवस्ता गरेको छ । सो. विधेयक संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न, सार्थक र परिणाममुखी संविधान सभाको निर्वाचन गर्न नसक्ने भएकोले राष्ट्रिय मुक्तिको निम्ति, साँचो अर्थको नयाँ नेपाल निर्माणको निम्ति, र्सार्थक र परिणामुखी संविधानसभाको निर्वाचनको लागि आन्दोलनरत राजनीतिक संगठनहरूको साझा मोर्चा संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चाले उक्त संशोधित विधेयकको कुनै सान्दर्भिकता, औचित्यपूर्ण र अग्रगामी नभएकोले नेपालका सबै जिल्ला सदरमुकाम र अन्य प्रमुख शहरहरूमा आज पुस २३ गते दिनको ०१०० बजे जलाइएको सहर्षजानकारी गराउँदछौं । साथै, र्सार्थक र परिणाममुखी संविधानसभाको निर्वाचनका लागि अन्तरिम संविधानको चौथो संशोधन गरी निम्न बुँदाहरू समेटिनु पर्दछ भन्ने भन्ने हाम्रो माग रहेको छ ।
क. राजतन्त्र र एकात्मक राज्यसत्ताको समूल अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्नुपर्ने ।
ख. संविधान सभाको निर्वाचन जातीय जनसङ्ख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको ब्यवस्था गरी सोही सिद्धान्तअनुरुप हुनुपर्ने ।
ग. जातिहरूको ऐतिहासिक पृष्ठभूमि, उत्पत्ति, भाषा र क्षेत्रको आधारमा आत्मनिर्णयको अधिकारसहितको स्वायत्त गणराज्यहरूको स्थापना गर्न सैद्धान्तिकरुपमा अन्तरिम संविधानमै संवैधानिक व्यवस्था गर्नुपर्ने ।उपरोक्त राजनीतिक सवालहरू कार्यान्वयन गर्न अहिलेको सातदलीय गठबन्धनको सरकार र विधायीका संसदको राजनीतिक र संवैधानिक वैधता समाप्त भएकोले तत्कालीन राजनीतिक निकासका लागि निम्न ऐजेण्डाहरू घोषणा गरिएको छ ।
१. संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ आन्दोलनरत् राजनीतिक संगठन र सातदलीय गठबन्धनसहितको र्सवपक्षीय राष्ट्रिय राजनीतिक सम्मेलन ।
२. राष्ट्रिय राजनीतिक सम्मेलनले र्सवपक्षीय अन्तरिम संसदको निर्माण र अन्तरिम
संविधानको चौथो संशोधन ।
३. सर्वपक्षीय अन्तरिम चुनावी सरकारको निर्माण ।
४. संविधानसभाको निर्वाचन ।
सातदलीय गठबन्धन अझै पनि अहिलेको गन्तव्यहीन राष्ट्रिय राजनीतिलाई निकास दिन गम्भीर नहुने र यथास्थितिवादी चिन्तन, र्सवसत्तावादी सोच र अतिवादी मनस्थितिमै रहने हो भने संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चा शान्तिपूर्ण र सशक्त आन्दोलनमा जान बाध्य हुनेछ । साथै, अन्तरिम संविधान तेस्रो संशोधन दहन कार्यक्रममा राज्यबाट भएको प्रहरी दमनप्रति घोर भर्त्सना गर्दछौं ।
धन्यवाद !
१. कमल छाराहाङ
अध्यक्ष
सघीय लोकतान्त्रिक राष्ट्रिय म१च
क. कुमार लिङदेन
अध्यक्ष
संघीय लिम्बुवान राज्य परिषद
ख.डी.के. बुद्धिष्ट
अध्यक्ष
तामाङसालिङ स्वायत्त राज्य परिषद
२.किशोरकुमार विश्वास
उपाध्यक्ष
मधेशी जनाधिकार फोरम, नेपाल
३.लक्ष्मण चौधरी
अध्यक्ष
सयुक्त थारु राष्ट्रिय मोर्चा
४.बिसेन्द्र पासवान
अध्यक्ष
आदिवासी जनजाति दलीत पार्टी
५.हृदयनारायण चौधरी
अध्यक्ष
मधेशी लोकतान्त्रिक मोर्चा
६.ब्रम्हानन्द उपाध्याय
अध्यक्ष
लोकतान्त्रिक मधेशी मोर्चा

संघीय लिम्बुवान राज्य परिषदको अगुवा कार्यकर्ता भेला सम्पन्न

लिम्वूवान व्लगस्पोट विर्तामोड
संघीय लोकतान्त्रिक रष्ट्रिय मञ्च सम्वद्ध स्वायत्त संगठन संघीय लिम्बुवान राज्य परिषदको आयोजानमा गत पुस १२ र १३ गेत लिम्बुवानको विर्तामोड झापामा परिषदका केन्द्रीय सदस्य तथा अगुवा कार्यकर्ताहरूको भेला विभिन्न महत्वपूर्ण निर्णयका साथ सम्पन्न भएको छ ।विर्तामोड स्थित मेची यातायात संघको भवनमा सम्पन्न उक्त भेलामा लिम्बुवानका सबै जिल्लाका सदस्य तथा अगुवा कार्यकर्ताहरूक् उपस्थिति रहेको थियो ।परिषदको ताप्लिजोङ, पान्थर र इलामको थुम सम्मेलन पछि आयोजित यस विशेष भेलाले तत्कालीन परिस्थिति उपर गम्भीर छलफल गरी निम्न निर्णयहरू सर्वसम्मतिले पारित गरेर एक प्रेस्स् विग्यप्ति मर्फत सार्वजानिक गरेको छ ।
पारित निर्णयहरू:
1.२०६४ मंसिर २७ गते सन्जुहाङ पालुङवाको सहमति एवं फागोहाङ वनेमद्वारा जारी प्रेस विग्यप्तिमा उल्लेख गरीएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट संघीय लिम्बुवान राज्य परिषद अलग हुने र झापा जिल्ला परिषद् अध्यक्ष ज्ञानुहङ इम्बुङलाई साधारण सदस्य समेत नरहने गरी वर्खास्त गरी झापा जिल्ला परिषद समेत भंग गर्ने निर्णय प्रति घोर आपति जनाउदै उक्त विज्ञप्तिलाई पूर्णतया अवैधानिक रहेको घोषणा गर्दछ ।
2.संघीय लिम्बुवान राज्य परिषद, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको स्वायत्त एवं सम्वद्ध संगठन भएर जाने घोषणा गर्दछ । ज्ञनुहाङ् इम्बुङ माथि भएको कार्वही र झाप जिल्ला परिषद भङ गर्ने निर्णय अवैधानिक रहेकोले परिषदका होनाहार नेता ज्ञानुहाङ इम्बुङ माथि परेको मनसिक चोटप्रति गहिरो सहानुभूति प्रकट गर्दछौं । परिषदका केन्द्रीय सदस्य देव कुमर खुदाङले दिनु भएको राजीनामा फिर्ता लिएको सर्वसम्मत स्विकार गरिन्छ । साथै उहाँले मन्च र परिषद्को एकताको लागि देखाउनु भएको राजनैतिक प्रतिवद्धतालाई उच्छ सम्मान प्रकाट गर्दछ ।
3.सञ्जुहाङ पालुङ्वा, फागोहाङ वनेम, जनक चेम्जोङ र रामभक्त कुरूम्बाङ आफैंले संघीय लिम्बुवान राज्य परिषदलाई संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चबाट अलग भएको घोषणा गरेकाले आजैको मितिदेखि निज व्यक्तिहरू संघिय लोकतान्त्रिक राष्ट्रिय मन्च र संघीय लिम्बुवान राज्य परिषदको साधारण सदस्य समेत नरहेको निर्णय घोषणा गर्दछ ।
4.संघीय लिम्बुवान राज्य परिषदबाट सञ्जुहाङ पालुङ्वा, पागोहाङ वनेम, जनक चेम्जोङ, रामभक्त कुरुम्बाङ आफैंले घोषणा गरी संगठनबाट अलग भएकोले संघीय लिम्बुवान राज्य परिषदमा रहेका सो रिक्त पदहरूमा आजैको भेलाले संघीय लिम्बुवान राज्य परिषद अध्यक्ष लगायत केन्द्रीय सदस्यहरूको पदपूर्ति गर्ने निर्णय गर्दछ ।
5.संघीय लिम्बुवान राज्य परिषदको विषेश भेलाले निम्न पदाधिकारीहरू सहित पदपूर्ति गरेको छ । अध्यक्ष: कुमार लिङ्देन र थप केन्द्रीय सदस्यहरू : थाङ्साङ लावती, सागर साम्वा, रामबहादुर मावो, किर्तिमान मादेन, डी. वी. आङ्बुङ, सूर्य माखिम साथै पूरानै केन्द्रीय सदस्यहरू यथावत रहने निर्णय गरिन्छ ।
6.सञ्जुहाङ् पालुङ्वा र फागोहाङ वनेम संघीय लिम्बुवान राज्य परिषदबाट साधारण सदस्य समेत नरहेकाले उक्त पदको कार्यभार नवगठित अध्यक्ष कुमार लिङ्देन र महासचिव मिसेकहाङ् थाम्सुहाङले गर्ने सर्वसम्मत निर्णय गरियो । साथै सञ्जुहाङ पालुङ्वा र फागोहाङ वनेमलाई संघीय लिम्बुवान राज्य परिषदसँग सम्बन्धित नाम र झण्डा प्रयोगमा ल्याउन पूर्णत: निषेध गरिएको घोषणा गरिन्छ ।

Jan 6, 2008

संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चा सूचना

प्रस्तुत विषयमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल अर्न्गगत जाति, भाषा र क्षेत्रको ऐतहासिक पृष्ठभूमिको आधारमा स्वायत्त राज्यहरूको स्थापनार्थ आन्दोलनरत् राजनीतिक संगठनहरूको आन्दोलनरत मोर्चा संघीय गणतान्त्रिक राष्ट्रिय मर्चाको घोषणामा नेपालका ७५ वटै जिल्लाका सदरमुकाम र अन्य प्रमुख शहरहरूमा अन्तरिम संविधानमा तेस्रोपटक संशोधनका लागि प्रस्तुत विधयेकका प्रतिगामी, विभेदित र असान्दर्भिक धारा र उपधाराहरूको दहन गरी मुलुकलाई गन्तब्यहीन राष्ट्र बनाउने राजनीतिको भुमरीबाट निकासको मार्गमा निर्देश गर्ने विकल्पको राजनीतिक मुद्दाहरू घोषणा गर्ने कार्यक्रम रहेको छ ।
मागहरूः
१. संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ आन्दोलनरत् राजनीतिक संगठन र सातदलीय
गठबन्धनसहितको र्सवपक्षीय राष्ट्रिय राजनीतिक सम्मेलन ।
२. राष्ट्रिय राजनीतिक सम्मेलनले र्सवपक्षीय अन्तरिम संसदको निर्माण र अन्तरिम
संविधानको चौथो संशोधन ।
३. र्सवपक्षीय अन्तरिम चुनावी सरकारको निर्माण ।
४. संविधानसभाको निर्वाचन

तपशीलः
मिति - २०६४/०९/२३
स्थान - माइतीघर मण्डला, काठमाडौं
समय - दिनको १२:३० बजे

डीबी आङबुङ
सचिव
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च

सम्पर्कः ९८४१२५२०६३, ९८५११००४८९, ९७४११२६३०४

Jan 2, 2008

नयाँ बर्ष२०६५ को अवसरमा उक्त धनकुटा प्रतिभा पुरस्कार प्रदान गरिने

लिम्वूवान व्लगस्पोट धनकुटा
नयाँ बर्ष२००८ को पहिलो दिन वेलायतको र्सनकिल्फ स्थित नयाँ बर्षको शुभ कामना आदानप्रदान गर्न धनकुटावासीहरु बीच परिचयात्मक कार्यक्रम भब्यताका
साथ सम्पन्न भएको छ । केही समय अघि स्थापना भएको धनकुटा प्रतिभा पुरस्कार वेलायत च्याप्टरको सक्रियतामा आयोजित कार्यक्रममा वेलायती सेनामा कार्यरत सबै धनकुटेलीहरु स-परिवार उपस्थित भएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै सिनियर ब्यक्तित्व क्याप्टेन ज्ञान लिम्बूले भैपरि आउने आपतविपतको बेला छरछिमेक, आफन्त, नातागोता चाहिने भएकोले जिल्लावासीहरु बीच चिनजान हुनु पर्ने बताउनु भयो । वेलायत च्याप्टरका अध्यक्ष पनि रहनु भएका लिम्बूले प्रतिभा पुरस्कार संचालनको लागि वेलायतवासी सबै धनकुटेलीहरुमा सहभागि हुन र सहयोग गर्न पनि आग्रह गर्नु भयो । प्रतिभा पुरस्कारको स्थापनाको औचित्य, संस्थाको उद्देश्य र संस्थाको गतिविधि बारे विश्वास दीप तिगेलाले जानकारी दिनु भएको थियो । देशविदेशमा रहेका सम्पूर्ण धनकुटेलीहरुको सहभागिता रहने यस संस्थाले प्रत्येक बर्ष साहित्य क्षेत्रका १ जनालाई, संगीत क्षेत्रका वा खेलकुद क्षेत्रका १ जनालाई पुरस्कृत गर्ने र संस्थाले उपयुक्त ठहर गरेको कुनै पनि ब्यक्ति वा संस्थालाई सम्मान गर्ने कुरा उद्देश्यमा उल्लेख छ । आगामी नेपाली नयाँ बर्ष२०६५ को अवसरमा उक्त धनकुटा प्रतिभा पुरस्कार प्रदान गरिने भएकोले प्रजातान्त्रिक तवरले छनौट प्रक्रिया पनि अघि बढि सकेको जानकारी गराउनु भयो । धनकुटा प्रतिभा
पुरस्कार कोष कानुन सम्मत धनकुटा जिल्ला प्रसासन कार्यलयबाट दर्ता भई सकेको र संस्थाको अक्षयकोष पनि स्थापना भइसकेको जानकारी दिनु भयो । अक्षयकोष बढाउनको लागि दोस्रो चरणको कार्यक्रम घरदेश र परदेशमा चलि रहेको कुरा पनि बताउनु भयो । संस्था निर्माण तथा संचालनमा डब्लूडब्लूडब्ल्यू डट् धनकुटा डट् ओआरजी डट् एनपी वेभसाइटले सबैलाई जोड्नको लागि पुलको रुपमा काम गरिरहेको कुरा पनि उल्लेख छ ।

Jan 1, 2008

हङकङमा चासोक तङनाम भव्यताका साथ सम्पन्न

२००७ डिसेम्वर २५ तारीखका दिन किरात याक्थुङ चुम्लुङ हङकङले लिम्वू भेषभुषा र संस्कृति सम्वन्धि विभिन्न कार्यक्रम गरी मंकी हिलमा चासोक तङनामको आयोजना भव्यताका साथ सम्पन्न गर्यो। उक्त समारोहमा चासोक मुन्धुम वाचन देखि लिएर यसको वैदिक विधि एवं पुरानो परम्परागत केलाङ तथा यालाङ र माङलाङ समेत याक्थुङ कलाकारहरुबाट प्रस्तुत गरिएको थियो । बेशभूषा प्रदर्शनमा हेमकुमारी हुःक्पा चङबाङ महिलातर्फ प्रथम र कान्छा साम्मेखाम् पुरुषतर्फ प्रथम भएको कुरा निर्णायक समितिका सदस्यहरु ओमराज सम्वाहांफे, देश सुब्बा, इन्द्र वनेम, उत्तरमान तिगेला र टंक चङबाङको संयुक्त निर्णयले घोषणा गरेको थियो । कार्यक्रममा हङकङका विभिन्न संघ संस्थाका प्रतिनिधीहरु पाहुनाका रुपमा आमन्त्रण गरीएको थियो ।
च्याब्रुङ नाचको दृश्य हेर्न क्लिक गर्नुहोस्।तस्विर झलकहरु हेर्न क्लिक गर्नुहोस्

सिर्जनशील अराजक कवि हांयुग अज्ञात हंगकंगमा पुरस्कृत

लिम्वूवान व्लगस्पोट हंगकंग
२००७ डिसेम्वर ३१ तारीखका दिन सिर्जनशील अराजक कवि हांयुग अज्ञातले हंगकंगमा आएर पनि नेपाली साहित्य लेखनमा विशेष योगदान गरे वापत नेपाली महासंघ हंगकंगले वहाको योगदानको कदर गर्दै ५५५५ हंगकंग डलर र कदर पत्र प्रदान गरी हंगकंगमा पहिलो पटक नेपाली महासंघको तर्फवाट पुरस्कृत भएकाछन् । वहाले हंगकंग आए पछि ककपिक कविता संग्रह प्रकाशन गरी सक्नु भएको छ भने नेपालमा रहदै अन्य तिन कविता संग्रह रङ्गीन आविष्कार ,ढुङ्गामुढाको मन र करङ्गको हिरासत प्रकाशित गरी सकेकाछन् । हंगकगमा आए पाश्चात सिर्जनशील साहित्य समाज खोली सोहि संस्था मार्फत आफ्नो सिर्जना कार्यमा क्रियाशील रहदै आउनु भएको छ । कवि हांयुग अज्ञात सिर्जनशील अराजक समुहका सदस्य हुन भने सिर्जनशील साहित्य समाज हंगकंगका अध्यक्ष समेत हुनुहुन्छ । यसै वर्ष देखि नेपाली महासंघ हंगकंगले महासंघ दिवसको अवशर पारी साहित्य खेलकुद र शिक्षामा योगदान दिने व्यक्तित्वहरुलाई नगद तथा कदरपत्र प्रदान गर्न थालीएको छ ।

साहित्यकार वैरागी काइला र लिम्बू भाषाको महाकाब्य लेखक अमर तुम्याहाँङ पुरस्कृत

लिम्बुवान व्लगस्पोट
इतिहासकार इमानसिं चेम्जोङको जन्म जयन्तिको अवसरमा आयोजित एक कार्यक्रमको अवसरमा यस वर्ष इमानसिं पुरस्कार इमानसिं चोत्लुङ नामक लिम्बू भाषाको महाकाब्य लेखक अमर तुम्याहाँङ र यस बर्षको सिरिजङा पुरस्कार साहित्यकार वैरागी काँइलालाई प्रदान गरियो । किरात याक्थङ चुम्लुङ केन्द्रिय कार्य समितिद्धारा काठमाडौमा आयोजित सो कार्यक्रममा सभामुख सुवास नेवाङको वाहूलीबाट उक्त परस्कार प्रदान गरिएको थियो । दुवै पुरस्कारको रासी नगद रु १० हजार र प्रमाण-पत्र रहेको छ ।