News

Jul 31, 2008

हङकङमा अन्तर्राष्ट्रिय बहुभाषिक साहित्यिक भेलाको आयोजना गरिने

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
अन्तर्राष्ट्रिय नेपाल साहित्य समाज (अनेसास) केन्द्रीय समितिले आगामी अक्टोबर महिना हङकङमा अन्तर्राष्ट्रिय बहुभाषिक साहित्यिक भेलाको आयोजना गरिने भएको छ। विश्वभरी छरिएर रहेका नेपाली डायोस्पोराको भाषा तथा साहित्यको साझा संस्था अनेसासले अन्तर्राष्ट्रिय बहुभाषिक साहित्यक भेला हङकङमा आयोजना गरिन लागेको जानकारी प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको हो। नेपालभित्र बोलिने विभिन्न भाषा भाषीकाका साहित्यलाई अन्तर्राष्ट्रिय क्षेत्रबाट प्रोत्साहन र पहिचान गराउनु पर्ने आवश्यकता महशुस गरेकोले अन्तर्राष्ट्रिय स्तरको सो भेला आयोजना गरिने लागेको अनेसासले जनाएको छ। महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीको अवसरमा आयोजना गरिन लागेको भेलाका लागि अनेसास केन्द्रीय कार्यसमितिका सचिव पशन तमू (हङकङ) लाई संयोजक तोकेको विज्ञप्तिमा उल्लेख गरेको छ। त्यसै गरी, विश्व भरि रहेका नेपाली भाषा तथा साहित्यमा कलम चलाउने लेखक, साहित्यकार, अनुसन्धानकर्ता, नेपाली साहित्यिक संघ संस्थाका प्रतिनिधि, साहित्य पुस्तक तथा पत्रिका प्रकाशन गृहका प्रतिनिधिलगायतको सहभागिता रहने गरी अन्तर्राष्ट्रिय स्तरको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन आगामी भानु जयन्तीमा आयोजना गरिन लागेको जानकारीसमेत विज्ञप्तिमा उल्लेख गरेको छ। उक्त सम्मेलनमा साहित्यिक कार्यक्रमसहित नेपाली डायोस्पोरा साहित्य, नेपाली साहित्यको अन्तर्राष्ट्रिय स्तरमा पहुँच, प्रकाशन, अनुवाद, वितरण आदिका बारेमा विभिन्न कार्यपत्र प्रस्तुत, छलफललगायत अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको घोषणा पत्र जारी गरिने कुरा समाजका अध्यक्ष डा.कुमार बस्नेत तथा महासचिव कृष्ण बजगाईंद्वारा संयुक्तरुपमा जारी प्रेस विज्ञप्तिमा जनाईएको छ।

माओवादीले न्यूनतम साझा कार्यक्रम तय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
माओवादीले न्यूनतम साझा कार्यक्रम तय गरी आफ्नो नेतृत्वमा सरकार गठन गर्ने तयारी गरेको छ । केन्द्रीय समितिको बिहीबार सुरु बैठकमा पार्टी तत्काल सरकार गठनका पहल गर्नुपर्ने सुझाव सदस्यहरूले दिएका छन् । मुख्यालय बुद्धनगरमा जारी बैठकमा राष्ट्रपति चुनावमा गृहकार्य नपुगेका कारण पराजय भोग्नुपरेको निष्कर्षमाओवादीले निकालेको छ । बैठकमा सरकार निर्माण, राष्ट्रपति चुनावी प्रकरण, एमालेस“ग टुटेको सहकार्य र पार्टी लिने नया“ रणनीतिबारे छलफल केन्द्रित भएको केन्द्रीय सदस्यहरूले बताएका छन् । राष्ट्रपतिले संविधानसभामा सबभन्दा ठूलो दल माओवादीलाई सरकार निर्माण गर्न आह्वान गरेपछि उसको पूण बैठक सुरु भएको हो । न्यूनतम साझा कार्यक्रममा सहमति गरेर जनादेशअनुसार सरकारको नेतृत्व गर्नुपर्ने सुझाव सदस्यहरूले दिएका छन् । 'राष्ट्रपति चुनावी प्रकरणमा गृहकार्य नपुगेको पार्टी निष्कर्षछ,' केन्द्रीय सदस्य देवेन्द्र पौडेलले भने- 'सरकार गठन प्रक्रियाका लागि न्यूनतम साझा कार्यक्रम बनाएर जाने तयारी गर्दैछौं ।' केन्द्रीय सदस्यहरूको रिर्पोटिङ र धारणा राख्ने कार्य नसकिएकाले बैठक शुक्रबार पनि बस्नेछ । माओवादीले दलहरूसितको सहमतिमा शान्ति प्रक्रिया तार्किक निष्कर्षा पुर्‍याउने, संविधान निर्माण गर्ने र जनतालाई राहत कसरी दिनेजस्ता विषयमा न्यूनतम साझा नीति तथा कार्यक्रम बनाएर सरकारमा जाने तयारी गरेको छ । बैठकमा ती विषयहरूमा छलफल केन्द्रित भएको छ । 'न्यूनतम साझा नीति तथा कार्यक्रममा सहमति जुटाएर सरकारको नेतृत्व गर्नुपर्छ भन्ने सुझाव आएको छ । मुख्य नेताहरूको धारणा आउन बा“की भएकाले निर्ण्र्ााभने भएको छैन,' केन्द्रीय सदस्य वर्षान पुनले भने । माओवादीले एक/दुइ दिनमै पार्टी तर्फाट न्यूनतम साझा नीति तथा कार्यक्रमको खाका तयार गरी त्यसमा सहमति जुटाउन अन्य दलहरूस“ग छलफल अघि बढाउने भएको छ । जनादेश पाएका आधारमा माओवादीले आफ्नो प्रतिबद्धताअनुरूप नीति तथा कार्यक्रम तय गर्ने भएको छ । 'साझा नीति तथा कार्यक्रममा सहमति नभए प्रतिपक्ष् मै बस्नुपर्छ भन्नेबारेमा पनि छलफल भएको छ,' अर्का केन्द्रीय सदस्य टोपबहादुर रायमाझीले भने । पार्टी प्रतिबद्धता जनाएअनुसार काम गर्न न्यूनतम साझा नीति तथा कार्यक्रममा जानुपर्ने अधिकांश केन्द्रीय सदस्यहरूले सुझाव दिएको उनले बताए ।

गोर्खाल्याण्ड आन्दोलनले थप गति लियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अलग राज्य माग गर्दै दार्जिलिङमा भइरहेको नेपालीभाषीको आन्दोलन थप अघि बढाइएको छ । गोर्खा जनमुक्ति मोर्चाका तर्फबाट सञ्चालन भइरहेको आन्दोलनले विस्तारै गति लिन थालेको छ । आन्दोलन विगत १० महिनायता लगातार चलिरहेको छ । हालसम्म आन्दोलन शान्तिपूर्ण रुपमा अघि बढिरहेको छ । पछिल्लो समय दार्जिलिङमा आन्दोलनकारी एक युवतीको मृत्यु भएपछि भने तनाव भएको छ ।दार्जिलिङ गोर्खा पार्वत्य परिषदका पूर्वपार्षद दीपक गुरुङको जाकिरहुसैन रोडस्थित घर घेर्नेक्रममा गोली लागेर गत जुलाइ २५ मा मोर्चाकी कार्यकर्ता प्रमिला शर्माको मृत्यु भएको थियो । उनको हत्या आरोपमा गुरुङसहित गोरामुमोका १४ नेताहरु पक्राउ परेका छन् ।यसैबीच, गोलीकाण्डपछि असुरक्षाको अवस्था भएको भन्दै गोरामुमो अध्यक्ष सुवास घिसिङ सपरिवार सिलिगुडी विस्थापित भएका छन् । आफ्नो पार्टीकी सक्रिय कार्यकर्तालाई घिसिङ पक्षधरले गोली हानेको भन्दै मोर्चाका अध्यक्ष विमल गुरुङले घिसिङलाई तत्काल दार्जिलिङ छोड्न चेतावनी दिएपछि पत्नी र दुइ छोरासहित घिसिङ सिलिगुडी गएका हुन् । उता, मोर्चा कार्यकर्ताले घिसिङको मिरिकको मञ्जु चिया कमानस्थित पुर्ख्यौली घर कब्जा गरी पार्टीको झण्डा गाडेर कार्यालय खोलेका छन् ।गोर्खाल्यान्ड आन्दोलन अघि बढिरहेकै बेला यसबारे आगामी अगस्ट महिनाको पहिलो साता भारतको राजधानी नयाँदिल्लीमा मोर्चा, बंगाल सरकार अनि केन्द्र सरकारबीच त्रिपक्षीय वार्ता हुने सम्भावना देखिएको छ ।

लिम्बुवान बुद्धिजीवि परिषद गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
लिम्बुवान स्वायत्त राज्य प्राप्तिको आन्दोलनलाई बौद्धिक सहयोग गर्न लिम्बुवानका वुद्धिजीविहरु संगठित भएका छन् । लिम्बुवान वुद्धिजीवि परिषदको पहिलो राष्ट्रिय भेलाले परिषद तदर्थ समितिको गठन हालै राजधानीमा गरेका हुन् ।डा.युवराज लिम्बूको संयोजकत्वमा गठित १७ सदस्यीय सो समितिको सदस्य सचिवमा अमर तुम्याहाङलाई चयन गरेको छ । यसैगरी अन्य सदस्यहरुमा येहाङ लावती वालकृष्ण माबुहाङ शंकर सुब्बा रमेश लिङदेन सोभा खजुम नवीन सुब्बा राजकुमार दिक्पाल रोशना सुब्बा डम्बर चेम्जोङ भिमा खजुम डम्बर आङदेम्बे पिम्पा चेम्जोङ कमल थोक्लिहाङ उत्तमिसंह थाङ्देन र रामकुमार इङ्वारम रहेका छन् । परिषदले लिम्बुवान स्वायत्तताको पक्षमा सम्बन्धित सवै पक्षसँग आवश्यक भूमिका निर्वाह गर्ने छ । संयोजक डा।लिम्बूका अनुसार यो समितिले संघीय संरचनामा लिम्बुवान स्वायत्ततालाई संवैधानिक रुपमा व्यवस्थित गराउन वौद्धिकवृत्तमा वहस र अन्तरकि्रयादेखि आन्दोलनलाई निश्कर्षमा पुर्याउन आवश्यक सम्पूर्ण पहल कदमी गर्ने छ ।

राष्ट्रपतिसँग माओवादी नेतृत्वको भेट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रपति डा. रामवरण यादवले माओवादी नेतृत्वसँग बुधबार भेटी राष्ट्रिय सहमतिको सरकार गठन गर्न आग्रह गर्नुभएको छ। सरकार गठनका लागि र्सार्वजनिक आह वान गरेको भोलिपल्टै राष्ट्रपति यादवले माओवादी अध्यक्ष प्रचण्ड, डा. बाबुराम भट्टर्राई, कृष्णबहादुर महरालगायतका नेताहरूसँग राष्ट्रपति भवनमा भेट गर्नुभएको थियो। राष्ट्रपति डा. यादवले माओवादीलाई सहमतिको सरकार गठन गर्न मंगलबार औपचारिक आह वान गर्नुभएको थियो।राष्ट्रपतिले राष्ट्रिय सहमतिको सरकार गठन गर्न भन्नुभयो र हामीले पहल गरिराखेका छौं भन्यौं’ -भेटपछि महराले भन्नुभयो। राष्ट्रपतिसँगको भेटपछि माओवादी सचिवालय बैठक बसेको थियो।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च बेलायत शाखाको गठन

सुहिम याक्थुङ, केन्ट बेलायतबाट जुलाई २६, २००८, केन्ट, बेलायत
बेलायतको डोनकास्टरमा गत २६ जुलाईको दिन् बसेको बेलायत् निबासी नेपालीहरूको एक भेलाले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च बेलायत शाखाको गठन् गरेको छ । मञ्च स्थापना भएको छोटो समयमै संविधान सभा निर्वाचनको माध्यमबाट २ जना सभासधरू निर्वाचित् गरी एक् राष्ट्रिय दलको रुपमा मान्यता प्राप्त गर्न सफल् आदिबासी जनजातिहरूको सबैभन्दा ठूलो राजनीतिक पार्टि पनि हो । यस मञ्चमा आध्यक्ष मण्डलको प्रणालीबाट नेत्रित्व हुने ब्यबस्था छ। जस अनुसार् हाल् कुमार लिङ्देन् 'मिराक्', डी के बुद्धिस्ट टामाङ्, लक्ष्मण थारू, कमल छाराहाङ् र श्रीमती बिष्णु तुम्बाहाङ्फे राईले नेत्रित्व गरिरहेका छन् । प्रत्येक अध्यक्ष मण्डल सदस्यहरूले पालै पालो कार्यकारी अध्यक्षको रुपमा नेत्रित्व गर्ने वैधानिक् प्रचलन आनुसार् अहिले मञ्च सम्वद्ध तामाङ्सालीङ् स्वायत्त राज्य परिषद्का अध्यक्ष डी के बुद्धिस्टले कार्यकारी अध्यक्षको रुपमा नेत्रित्व गरिरहेका छन्। मञ्चको संस्थापक कोषाध्यक्ष चुडामणि लिम्बूको सक्रियतामा उपस्थित् डोनकास्टर् बेलायतको सो भेलाले नीज चुडामणि लिम्बूकै अध्यक्षतामा २५ सदस्यीय मञ्च शाखा बेलायतको गठन गरेको छ। नवगठित शाखा मञ्चको अन्य पदाधिकारी तथा सदस्यहरूमा २ जना उपाध्यक्षहरू क्रमश: राजेशकाजी गुरुङ र धनबहादुर थापा मागर रहेका छन् भने सचिवमा दिवश राई, सहसचिव रीना वाइबा तामाङ्, कोषाध्यक्षमा बुद्धहर्क लावती रहेका छन् । त्यसैगरी सदस्यहरूमा रत्न राई, हर्कजङ् कुरुम्बाङ्, राजेन्द्र गुरुङ्, तेजबहादुर पुन्, मिलन् तामाङ्, सूर्य बहादुर् लिम्बू, प्रमिला देवान्, अग्निप्रसाद् केदेम्, क्रिष्ण चाम्लिङ्, जितेन् लिम्बू, कमानसिङ् गुरुङ्, याम् पन्धाक्, राजेन्द्र नेम्बाङ्, भरत् गोले तामाङ्, पूर्णचन्द्र लिम्बू, बिमला नेम्बाङ्, जानुका इङ्नाम्, पुष्पा खापुङ् र ललिता सुब्बा रहनु भएको छ। मञ्चको विधान अनुसार यसरी बनेको बिदेश शाखाहरूले नेपालमै गठित स्वायत्त राज्य परिषद् समान नै महाधिबेशन् प्रतिनिधि हुने अवसर पाउँदछन् । यसरी नव गठित शाखाका नवनिर्वाचित अध्यक्ष लिम्बूले अब उक्त मञ्चले बेलायत लगायतका पहुँचका सबै क्षेत्रमा समितिका सबै पदधिकारी तथा सदस्यहरू मिली एक भएर राजनीतिक सचेतनाका साथै सामाजिक कार्यकलापहरू समेत गर्ने कुरा बताउनु भयो ।

Jul 25, 2008

यातायात बन्द फिर्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,९ श्रावण २०६५
आठ विद्यार्थी संगठनले आ≈वान गरेको देशव्यापी र्सार्वजनिक सवारीसाधन अनिश्चितकालीन बन्द बिहीबार रातिबाट फिर्ता लिएका छन्। आठ विद्यार्थी संगठनका प्रतिनिधि र श्रम तथा यातायात व्यवस्थामन्त्री रमेश लेखकबीच बिहीबार भएको वार्तापछि विद्यार्थी संगठनहरूले आन्दोलन फिर्ता लिएका हुन्।४५ प्रतिशत सहुलियत दिने निर्णय कार्यान्वयन गर्ने, भाडा विषयमा अनुगमन गर्ने र एक महिनाभित्र खण्डीकरण गरी भाडा तोक्ने विषयमा सहमति भएपछि आन्दोलन फिर्ता लिएका हौं’ -नेविसंघका अध्यक्ष प्रदीप पौडेलले नेपाल समाचारपत्रसँग भन्नुभयो।यसैबीच भाडा सहुलियत कार्यान्वयनको माग गर्दै गरेको आन्दोलनका क्रममा आठ विद्यार्थी संगठनले बिहीबार राजधानीमा संस्थानका सहित दर्जनौं गाडी तोडफोड गरेका छन् भने करिब तीनवटा गाडीमा आगजनी गरेका छन्।बन्द आ≈वानकर्ता विद्यार्थी र प्रहरीबीच ठाउँठाउँमा झडप हुँदा एक दर्जन विद्यार्थी र तीन प्रहरी गम्भीर घाइते भएका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले अस्कल क्याम्पसअगाडि तीन सेल अश्रुग्यास प्रहार गरेको थियो।आन्दोलनकारीले अस्कलमा बा१ज १२९३ नम्बरको संस्थानको गाडीमा आगजनी गरेका छन्। दोहोरो झडप हुँदा प्रहरी जवान दीनानाथ चौधरी घाइते भएका छन्।मीनभवनस्थित ट्रली बसअगाडि झडप हुँदा प्रहरीवृत्त बानेश्वरका प्रहरी जवान दीपेन्द्र पाण्डेको दाहिने आँखामा गम्भीर चोट पुगेको छ भने दमनसिंह कडायत घाइते भएका छन्। घाइते प्रहरीलाई उपचार्रार्थ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको छ।प्रहरीले आन्दोलनमा उत्रिएका डेढ दर्जन विद्यार्थी पक्राउ गरी करिब पाँच घण्टापछि रिहा गरेको थियो। विद्यार्थीले ललितपुरको चापागाउँमा पनि करिब आधा दर्जन गाडीमा तोडफोड गरेका छन्।बन्दकर्ताले बिहीबार दिनभर विभिन्न स्थानबाट आधा दर्जन गाडी नियन्त्रणमा लिएका थिए। यातायात बन्दका कारण राजधानीबाट बाहिर जाने लामो र छोटो दूरीका सवारीसाधन बिहीबार चल्न सकेनन्। बन्दले हजारौं यात्रु अलपत्र परेका छन्।दोहोरो झडप हुँदा मीनभवन क्याम्पसका स्ववियु सभापति राजकुमार घिमिरे, उपसभापति विष्णुहरि पाण्डेलगायत डेढ दर्जन घाइते भएका छन्।खण्डीकरण गरी भाडा निर्धारण गरिनुपर्ने, ४५ प्रतिशत सहुलियत कार्यान्वयन गरिनुपर्ने, सिन्डकेट प्रथा खारेज गरिनुपर्नेलगायत माग राखी विद्यार्थीले अनिश्चितकालीन र्सार्वजनिक सवारीसाधन बन्द आ≈वान गरेका हुन्।

सरकार गठनको पहल शुरू

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,९ श्रावण २०६५
प्रतिपक्षमा बस्ने घोषणा गरेको दुइ दिनपछि नेकपा (माओवादी) ले आफनो पार्टी सरकारको नेतृत्व गर्ने वातावरण बनाउन तीनदलीय गठबन्धन भंग हुनुपर्ने, साझासहमतिको कार्यक्रम बन्नुपर्ने र दुइ वर्षम्म सरकार नगिराउने प्रतिबद्धता व्यक्त गर्नुपर्ने तीन र्सत अन्य दलसामु राखेको छ।
माओवादीका तीन र्सत कांग्रेसद्वारा अस्वीकार
माओवादी संसदीय दलको कार्यालयमा संविधानसभामा प्रतिनिधित्व गर्ने अन्य २४ दलका प्रतिनिधिहरूलाई बिहीबार बोलाएर माओवादी नेतृत्वले आफना तीन र्सत पूरा नभए सरकारमा नजाने र प्रतिपक्षमा बस्ने जानकारी गरायो।ँहामीले कांग्रेस, एमाले र फोरमको तथाकथित गठबन्धन भंग हुनुपर्ने, माओवादीका कार्यक्रमहरूको केही नजिक हुने गरी साझा नीति कार्यक्रम बन्नुपर्ने र संविधानसभाको अवधि दुइ वर्षा सरकार बनाउने र गिराउने खेल नहुने प्रतिबद्धता आउनुपर्ने आफना धारणा राख्यौं’ -बैठकपछि माओवादी अध्यक्ष प्रचण्डले पत्रकारहरूसँग भन्नुभयो।माओवादीले राष्ट्रपति पदमा उठाएका रामराजाप्रसाद सिंह पराजित भएको भोलिपल्टै पत्रकार सम्मेलन गरेर अध्यक्ष प्रचण्डले निर्वाचनको परिणामले माओवादीलाई नैतिक रूपमा प्रतिपक्षको भूमिकामा पुर्याइदिएको र माओवादीले सत्तामा जानुपर्ने भएमा तीनदलीय गठबन्धन विघटन हुनुपर्ने माग गर्नुभएको थियो।माओवादीले बोलाएको बैठकमा माओवादीलाई राष्ट्रपति र उपराष्ट्रपति पदमा मोर्चाबन्दी गरेर हराउने कांग्रेस, एमाले र मधेसी जनअधिकार फोरमका शीष नेताहरू भने गएका थिएनन्। नेपाली कांग्रेसबाट डा. मीनेन्द्र रिजाल, एमालेबाट भीम रावल र सुरेन्द्र पाण्डे तथा फोरमबाट शरतसिंह भण्डारी सहभागी हुनुहुन्थ्यो। बैठकमा २४ दलका नेताहरूको भनाइ सुनिसकेपछि माओवादी अध्यक्ष प्रचण्डले आनो विचार राख्नुभएको थियो।नेपाली कांग्रेसका तर्फाट आफनो विचार राख्दै डा. रिजालले अहिले सहमतिको सरकार बन्नुपर्नेमा सबैको सहमति भए पनि माओवादीले सहमतिका लागि उचित वातावरण बनाउन नसकेकाले माओवादीको नेतृत्वमा नै सरकार बन्नुपर्छ भन्ने दाबीमा सहमत हुन नसकिने बताउनुभयो।राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा माओवादीले सहमतिको राजनीतिलाई तोडेको आरोप लगाउँदै रिजालले नयाँ सहमतिका लागि नयाँ ढंगबाट अगाडि जानुपर्ने बताउनुभयो। तीनदलीय गठबन्धन तोडिनुपर्ने माग गरिरहेको माओवादीलाई ठट्टापूण जवाफ दिँदै डा. रिजालले भन्नुभयो- तीनदलीय गठबन्धनमा माओवादी चौथो हुन आए हुन्छ।’हामी नेपाली कांग्रेसले बैठकमा भनेको शैलीमा सरकारको नेतृत्व गर्ने पक्षमा छैनौं, बरु प्रतिपक्षमा बस्न तयार छौं’ -बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले भन्नुभयो।बैठकमा भने अध्यक्ष प्रचण्डले माओवादी सरकारमा नगएर शान्ति प्रक्रियाबाट पछि हट्न खोजेको होइन भन्ने स्पष्टीकरण दिँदै अब पुराना दल र पुरानै मान्छेलाई पुरानै शैलीमा सत्ता दिने पक्षमा माओवादी नभएको बताउनुभएको थियो। तीन दलको यो गठबन्धन इलेक्टोरल वा पोलिटिकल (चुनावी वा राजनीति) के हो भन्ने प्रस्ट हुनुपर्छ’ -प्रचण्डले बैठकमा भन्नुभयो।

उपराष्ट्रपति झाको पुतला दहन, देशव्यापी विरोध प्रदर्शन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,९ श्रावण २०६५
उपराष्ट्रपति परमानन्द झाले हिन्दी भाषामा शपथ लिएको विरोधमा राजधानी उपत्यकालगायत देशव्यापी रूपमा झाको पुतला दहन गर्नुका साथै विरोध प्रदर्शन गरिएको छ।मुलुकको राष्ट्रिय अखण्डतामा आँच आउने काम गरेको र संकीण सोचाइ राखेको भन्दै नागरिक समाज, विद्यार्थी, स्थानीय बासिन्दाले पुतला दहन गरेका हुन्।गणतन्त्र घोषणापछि पहिलो पटक देशको उपराष्ट्रपतिजस्तो गरिमामय पदमा पुगेका झाले हिन्दी भाषामा शपथ लिएर नेपाल र नेपालीमाथि घोर अपमान गरेको भन्दै देशव्यापी रूपमा विरोध प्रदर्शन गरिएको हो।बिहीबार राजधानीको रत्नपार्क, कोटेश्वर, कलंकी, चाबहिल, थापाथली, बानेश्वर, गोंगबु, अनामनगर, पुल्चोक, सातदोबाटोलगायतका स्थानमा उपराष्ट्रपति झाको पुतला दहन गर्नुका साथै ठाउँठाउँमा टायर बालेर उहाँविरुद्ध चर्का नाराबाजीसमेत गरिएको थियो।प्रदर्शनकारीले उपराष्ट्रपति झाले र्सार्वजनिक रूपमा नेपाली जनतासँग माफी माग्नुपर्ने अडान राख्दै माफी नमागे देशव्यापी रूपमा आन्दोलन अगाडि बढाउने घोषणासमेत गरेका छन्।बुधबार हिन्दी भाषामा शपथ लिनुभएका उपराष्ट्रपति झालाई शपथग्रहण समारोहमा नै उपस्थित एमाले नेता जगन्नाथ खतिवडाले हिन्दीमा भाषामा शपथ लिएर जनताको अपमान गरेको भन्दै पटकपटक दुःख प्रकट गर्दा उपराष्ट्रपति झा चुपचाप बसेकोमा आफू साहै्र दुःखित भएको नेता खतिवडाले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।उता दाङमा पनि नागरिक समाज, उद्योग वाणिज्य सम्बद्ध संघसंस्थाका व्यक्तिहरू स्वतःस्फूर्त सडकमा निस्केर सदरमुकाम घोराहीमा विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनपछि आयोजित कोणसभामा बोल्ने वक्ताहरूले उपराष्ट्रपति जस्तो साझा अभिभावकको पदमा पुगेको व्यक्तिले अरूलाई खुशी पार्ने नाममा राष्ट्रियतामाथि प्रहार गरेको भन्दै तत्काल राजीनामा दिन माग गरेका छन्।पाल्पा, कैलाली, कञ्चनपुर, डोटी, डँडेलधुरा, धादिङ, सिन्धुपाल्चोक, काभ्रे, नवलपरासी, मकवानपुर, झापा, नेपालगन्ज, इलाम, सुनसरीलगायतका जिल्लामा पनि उपराष्ट्रपति झाको पुतला दहन गरिएको थियो।

अध्यक्ष पदमा निर्विरोध सुवास नेम्वाङ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,९ श्रावण २०६५
नेकपा (एमाले) का नेता एवम् पूर्वसभामुख सुवास नेम्वाङ संविधानसभा अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको छ। इलामबाट संविधानसभा सदस्यमा निर्वाचित नेम्वाङले लोकतन्त्र बहालीपछि प्रतिनिधिसभा र माओवादीसहितको व्यवस्थापिका-संसद्को र्सवसम्मत सभामुख भएर महत्त्वपूर्ण जिम्मेवारी पूरा गरिसक्नुभएको छ।संविधानसभाको बिहीबार बसेको बैठकमा नेकपा (एमाले) संसदीय दलका उपनेता विष्णु पौडेलले संविधानसभा अध्यक्षमा नेम्वाङलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव राख्नुभएको थियो। उहाँको प्रस्तावलाई नेपाली कांग्रेसका सभासद् विमलेन्द्र निधिले र्समर्थन गर्नुभएपछि बैठकको अध्यक्षता गर्नुभएका कुलबहादुर गुरुङले संविधानसभा अध्यक्ष पदमा सुवास नेम्वाङ निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको थियो।नेम्वाङले विगतमा सभामुख भएर निर्वाह गर्नुभएको भूमिका प्रशंसनीय भएका कारण अहिले संविधानसभामा २५ वटै दलको साझा उम्मेदवारका रूपमा स्वीकार गरिएको दलहरूले जनाएका छन्। कानुनविद्समेत मानिनुहुने नेम्वाङ केही दलहरूबीच भएको गठबन्धनका कारणसमेत एमालेका तर्फाट उहाँ सो पदमा निवर्ँचित हुने लगभग निश्चित थियो।अध्यक्ष पदमा निर्वाचित भएपछि नेम्वाङले आफूलाई निर्विरोध विजयी बनाइएकाले आगामी दिनमा सहमति गरेर जान सकारात्मक संकेत दिएको उल्लेख गर्दै त्यस कार्यलाई अगाडि बढाउन आफू पनि क्रियाशील हुने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।नवनिर्वाचित अध्यक्ष नेम्वाङले संविधान निर्माणको महत्त्वपूर्ण जिम्मेवारी बाँकी रहेको र त्यसलाई समयमै पूरा गर्न राजनीतिक दलहरूबीच उच्चस्तरको समझदारी आवश्यक रहेको बताउनुभयो। उहाँले त्यसका लागि संविधानसभा अध्यक्षको हैसियतले आफू पूर्ण क्रियाशील हुने बताउनुभएको छ।नेम्वाङलाई अध्यक्ष पदमा निवँचित भएको घोषणा गर्दै बैठकको अध्यक्षता गर्नुभएका कुलबहादुर गुरुङले अध्यक्ष पद घुमिफिरी इलाममै पुगेको बताउनुभयो। इलामबाटै निर्वाचित हुनुभएका गुरुङले नेम्वाङ कुशल राजनीतिज्ञ भएको उल्लेख गर्दै उहाँको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ संविधान तोकिएकै समयमा निर्माण हुने विश्वास व्यक्त गर्नुभयो।अध्यक्षमा नेम्वाङलाई निर्वाचित गरियोस् भनी प्रस्ताव राख्नुहुने पौडेल र त्यसको र्समर्थन गर्नुहुने निधिले पनि सुवास नेम्वाङ अध्यक्ष हुन योग्य र सक्षम व्यक्तित्व भएको उल्लेख गर्नुभयो।संविधानसभा अध्यक्ष नै व्यवस्थापिका-संसद्को पनि सभामुख हुने भएकाले एकै पटक दोहोरो जिम्मेवारी नेम्वाङले पाउनुभएको छ। संविधानसभाको बैठक बस्दा अध्यक्ष र व्यवस्थापिका-संसद्को हैसियतमा संविधानसभा बैठक बस्दा सभामुख भन्ने गरी संवैधानिक व्यवस्था गरिएको छ।

Jul 24, 2008

गठवन्धन तत्काल नटुटने निश्कर्ष

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,९ श्रावण २०६५
नेपाली कांग्रेस, एमाले र मधेसी जनअधिकार फोरमबीचको गठवन्धन नटुटे सरकारमा नजाने अडान माओवादीले राख्दै आएको बेला गठवन्धनको बैठकले गठवन्धन तत्काल नटुटने निश्कर्ष निकालेको छ ।
सिंहदरवारस्थित माओवादी संसदीय दलको कार्यलयमा २५ दलको बैठक सुरु हुनैलागेको बेला नेपाली कांग्रेस संसदीय दलको कार्यलयमा तीन दलको बैठक सकिएको छ । नेपाली कांग्रेस, एमाले र मधेसी जनअधिकार फोरमबीच भएको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले तीन दलीय गठवन्धन भंग नहुने स्पष्ट पारे । उता, माओवादी अध्यक्षले भने तीन दलीय गठवन्धन भंग भए मात्र सरकार बनाउने तथा नभए प्रतिपक्षमै बस्ने बताएका छन् । संचारकर्मीहरुसँग कुरा गर्दै पौडेलले राष्ट्रपति, उपराष्ट्रपति र सभाध्यक्षको चुनावको लागि मात्र गठवन्धन नबनेको बताए । सहमति र सहकार्यबाटै लोकतान्त्रिक संविधान बनाउन तथा शान्तिप्रक्रियालाई तार्किक निश्कर्षमा पुर्‍याउन नयाँ गठवन्धन बनाइएको पनि उनको भनाइ थियो । 'माओवादीलाई पनि यही गठवन्धनमा ल्याइनेछ' पौडेलले भने ।

Jul 18, 2008

त्रिसुलीमा बस खस्दा १४ को मृत्यु, १२ बेपत्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चितवनको मुग्लिङ-नारायणगढ खण्डको सडकबाट शुक्रबार राति एक यात्रु बस त्रिसुली नदीमा खस्दा १४ जना यात्रुको मृत्यु भएको छ । दुर्घटनामा २१ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । अरु १२ जना यात्री हराइरहेका छन् । काठमाडौंबाट भैरहवा जाँदै गरेको लु१ख ३८०३ नम्बरको बस दुर्घटनामा परेको हो ।उक्त सडक खण्डको खहरे खोला भन्ने स्थानबाट शुक्रबार मध्यराति करिब सय मिटर तल त्रिसुली नदीमा खसेको थियो । घटनामा मृत्यु हुनेहरुको सनाखत भइसकेको छैन । घटनास्थलमा भेला भएका सेना, प्रहरी र स्थानीय बासिन्दाले उद्धार कार्य जारी राखेका छन् । बेपत्ता भएकाहरुको खोजी कार्य पनि भइरहेको प्रहरीले जनाएको छ ।

इराकमा अलपत्र नेपालीको अवस्थाबारे चासो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दुइ सातादेखि इराकको राजधानी बगदादमा अलपत्र परेका नेपालीहरूको यथार्थ स्थिति पत्ता लगाउन नेपाल सरकारले संयुक्त राज्य अमेरिकासँग अनुरोध गरेको छ । नेपालस्थित अमेरिकी राजदूतावासका अन्तर्राष्ट्रिय सम्बन्ध अधिकृत कार्ला बाकेकीसँग परराष्ट्र मन्त्रालयका प्रवक्ता हीराबहादुर थापाले अलपत्र परेका नेपालीहरूको यथार्थ स्थिति पत्ता लगाइदिन अनुरोध गर्नुभएको राष्ट्रिय समाचार समितिले जनाएको छ ।मन्त्रालयले इराकमा तीनसय जना नेपाली अलपत्र परेको समाचार सार्वजनिक भएकै दिन असार २५ गते बुधबार साउदी अरब, पाकिस्तान र संयुक्त अरब इमिरेट्सस्थित नेपाली राजदुतावासलाई पहिलोपटक पत्र पठाइ अलपत्र नेपालीको स्थिति पत्ता लगाउन निर्देशन दिएको थियो । निर्देशन दिएको एक हप्ता बितिसक्दा पनि सन्तोषजनरूपमा काम हुन नसकेपछि मन्त्रालयले पुन पत्र लेखी स्थिति छिटो पत्ता लगाउन निर्देशन दिएको बताइएको छ ।इराकमा अलपत्र परेका नेपालीहरूबाट प्राप्त पछिल्लो जानकारीअनुसार उद्धारका लागि अझसम्म कसैले पहल गरेको छैन । इराकी प्रहरीको नियन्त्रणमा रहेका १५० जना नेपालीलाई जुलाई १६ तारिखबाट छाडिएपछि उनीहरू अब के गर्ने भन्ने चिन्ताले छटपटाइरहेका छन् । राजधानी बगदादको विमानस्थलनजिकै यार्थो होटलअगाडि खुला सडकमा अलपत्र अवस्थामा रहेका तीन सयजना नेपालीमध्ये सो होटलमा कामका लागि गएका १५० जना र ग्लोबल सेक्युरिटीमा कामका लागि गएका १३५ भन्दा बढी नेपाली रहेका थिए ।पछिल्लो जानकारीअनुसार ग्लोबल सेक्युरिटीमा कामका लागि गएका १३५ जना नेपाली अहिले सो स्थानमा छैनन् । उनीहरू कहाँ र कस्तो अवस्थामा छन् भन्नेबारे कुनै जानकारी प्राप्त हुनसकेको छैन । इराकमा अलपत्र नेपालीहरूले पटकपटक फोन गरी आफ्नो उद्धारका लागि पहल गरिदिन अनुरोध गरेका छन् । उनीहरूलाई इराक पुर्‍याउने दलाल चिरञ्जीवी शर्मा र नगेन्द्र पुरी बेपत्ता भएपछि उनीहरूको अवस्था झन् दयनीय बनेको उनीहरूले बताए । म्याग्दी, नवलपरासी, चितवन, झापा, स्याङजा र नुवाकोट जिल्लाका गरी करिब तीनसय जना नेपाली तीन सातादेखि इराकको बगदादमा अलपत्र अवस्थामा रहेका छन् ।

हिमानी पनि छोराछोरी सहित सिंगापुर प्रस्थान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पूर्व युवराज पारस शाह सिंगापुर गएको झन्डै दुइ सातापछि उनकी पत्नी हिमानी पनि छोराछोरी सहित सिंगापुर प्रस्थान गरेकी छन् । छोरा हृदयेन्द्र अनि छोरीहरु पूर्णिका र कृतिकासहित हिमानी सिल्क एयरको उडानबाट बिहीबार सिंगापुरतर्फ प्रस्तान गर्नुभएको हो ।यसअघि पूर्वयुवराज पारस सिंगापुर प्रस्थान गरेका थिए । सिंगापुरमै छोराछोरीको पठनपाठनको व्यवस्था मिलाएपछि हिमानी उनीहरुलाई लिएर त्यसतर्फ गएको बताइएको छ ।

राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचन आज

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम राष्ट्रपति तथा उपराष्ट्रपति पदको मतदान आज शनिबार बिहान ११ बजे हुँदैछ । नेपालको इतिहासमा राष्ट्रपति तथा उपरराष्ट्रपतिको निर्वाचन हुन लागेको यो पहिलो हो । ती पदका लागि चार प्रमुख राजनीतिक दलका सातजनाले उम्मेदवारी दिएका छन् ।संविधानसभाका ६०१ मध्ये ५९४ जना सदस्यले आफ्नो गोप्य मतदान प्रक्रियाद्वारा राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि मतदान गर्नेछन् । मन्त्रिपरिषद्बाट मनोनयन गरिएका २६ सदस्यमध्ये पद्मज्योति र विश्वनाथ उपाध्यायले पद तथा गोपनीयताको सपथग्रहण गरेका छैनन् भने दुइ स्थानमा विजयी भएको पाँच स्थान रिक्त छ । राष्ट्रपतिका लागि माओवादी समर्थित नवजनवादी मोर्चाका तर्फबाट रामराजाप्रसाद सिंह, एमालेका तर्फबाट रामप्रित पासवान र नेपाली काङ्ग्रेसका तर्फबाट डा. रामवरण यादव चुनावी प्रतिस्पर्धामा उत्रनुभएको छ । यसैगरी, उपराष्ट्रपतिका लागि माओवादीले शान्ता श्रेष्ठ, नेपाली काङ्ग्रेसले मानबहादुर विश्वकर्मा, एमालेले अष्टलक्ष्मी शाक्य र मधेसी जनअधिकार फोरमले परमानन्द झालाई उम्मेदवार बनाएका छन् । संविधानसभाको गत असार ३१ गतेको बैठकले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन कार्यविधिसम्बन्धी प्रस्ताव पारित गरेपछि ती पदको निर्वाचन प्रक्रिया अगाडि बढाइएको थियो । संविधानसभामा नेकपा माओवादीका २२६, नेपाली काङ्ग्रेसका ११३, नेकपा एमालेका १०८, फोरमका ५२, तमलोपाका २१, सद्भावना पार्टीका नौ, जनमोर्चा नेपालका आठ र नेपाल मजदुर किसान पार्टीका पाँच सभासद् रहेका छन् । त्यसैगरी, नेपाल सद्भावना पार्टी आनन्दीदेवीका तीन, राष्ट्रिय जनमोर्चाका चार, राष्ट्रिय प्रजातन्त्र पार्टीका आठ, जनमुक्ति पार्टीका दुइ, नेकपा एकीकृतका दुइ, जनता दलका दुइ, सङ्घीय लोकतान्त्रिक मञ्चका दुइ, समाजवादी प्रजपाका एक र दलित जनजाति पार्टीका एक सभासद् रहेका छन् । नेपाल परिवार दलका एक, नेपा राष्ट्रिय पार्टीका एक, नेपाल लोकतान्त्रिक समाजवादी दलका एक, चुरेभावर राष्ट्रिय एकता पार्टीका एक र स्वतन्त्र दुइ सभासद् रहेका छन् ।

राष्ट्रपति तथा उप राष्ट्रपतिमा तीन तीन उमेदवार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रपतिका तीन तथा उप राष्ट्रपतिका तीन उमेदवारहरुले मतदाता समक्ष आफू योग्य उमेदवार भएको बताउदै मत मागेका छन् । राष्ट्रपति र उप राष्ट्रपतिका उमेदवारहरुले मतदातासमक्ष आफूलाई मत दिन आग्रह गरेका छन् । संविधानसभा सचिवालयको कार्यक्रम अनुसार, साउन ३ गते संविधानसभास्थल अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रपतिका तीन तथा उप राष्ट्रपतिका तीन उमेदवारहरुले मतदातासमक्ष आफ्नो योग्यताको ब्याख्या गरे । मधेसी जनअधिकार फोरमबाट उपराष्ट्रपतिका लागि मनोनयन दर्ता गरेका परमानन्द झा भने कार्यक्रममा उपस्थित थिएनन् । माओवादीबाट राष्ट्रपति उमेदवार बनेका रामराजाप्रसाद सिंहले मुलुकमा महान युग सुरु हुनलागेको बेला महान संविधान बन्ने दावी गरे । संविधानसभा चुनावपछि पनि धेरै मुलुक टुक्रिएको तथा निरंकुशता हावी भएको उल्लेख गर्दै सिंहले त्यसतर्फ सचेत हुन आग्रह गरे । कार्यक्रममा सिंहले संविधान बनाउदा अरु मुलुकको नक्कल गर्न नहुने धारणा पनि राखे । नेपाली कांग्रेसबाट राष्ट्रपति उमेदवार बनेका डा. रामवरण यादवले आफू राष्ट्रपति बने मुलुकमा देखिएका जातीय र क्षेत्रीय समस्या समाधान गर्न सक्ने बिश्वास गरे । शान्ति प्रक्रियालाई तार्किक निश्कर्षमा पुर्‍याउन आफूले सहयोग पुर्‍याउने बताउदै यादवले नेपालको सम्भावना धेरै भए पनि 'सिस्टम' नबनेका कारण अघि बढ्न नसकेको उल्लेख गरे । एमालेबाट राष्ट्रपति उमेदवार बनेको रामप्रीत पासवानले आफू राष्ट्रपति बने लोकतन्त्र र स्थायी शान्ति स्थापनालाई प्राथमिकता दिने बताए । राजाको शाषनका बेला सडकमा चलेको संसदको आफूले अध्यक्षता गरेको स्मरण गर्दै पासवानले आफू मधेसी तथा दलित भएकाले सबैलाई मिलाएर लान सक्ने बिश्वास ब्यक्त गरे । माओवादीबाट उपराष्ट्रपतिको उमेदवार बनेकी शान्ता श्रेष्ठले आफूलाई पदको कुनै लोभ नभएको बताइन् तथा आफू नेपाली कांग्रेस र एमालेमा पनि रहिसकेकीले सबै दलले मत दिने बिश्वास गरिन् । नेपाली कांग्रेसबाट उपराष्ट्रपतिमा उमेदवारी दिएका मानबहादुर बिश्वकर्माले प्रजातन्त्रका लागि गरेको संघर्ष आफ्नो परिचय भएको उल्लेख गर्दै प्रजातन्त्रलाई संस्थागत गर्ने कामलाई नै आफूले प्राथमिकता दिने बताए । एमालेबाट उपराष्ट्रपतिको उमेदवार बनेकी अष्टलक्ष्मी शाक्यले हिंशाको अन्त्य गर्नु आफ्नो प्रतिवद्धता हुने प्रष्ट पारिन् ।

संलोरामको उपत्यका सम्मेलन सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च्को तेस्रो उपत्यका सम्मेलन यही असार २८ गते काठमाडौंमा २९ सदस्यीय कार्य समितिको चयन गरी सम्पन्न भएको छ ।मञ्चका कार्यकारी अध्यक्ष देवकुमार बुद्धिस्ट तामाङको प्रमुख आतिथ्यमा सम्पन्न उक्त सम्मेलनमा मञ्चकै अध्यक्ष मण्डल सदस्यहरु संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देन 'मिराक', थरुहट स्वायत्त राज्य परिषदका अध्यक्ष लक्ष्मण थारू; कमल छाराहाङ र श्रीमती बिष्णु तुम्बाहाङ्फेले आतिथिको तर्फबाट सम्मेलनको शुभकामना मन्तब्य व्यक्त गर्नुभयो । यसरी नै मञ्चका कार्यवाहक महासचिव खगेन्द्र माखिम समेतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको उक्त सम्मेलनको उद्घाटन सत्रको अधयक्षता संयोजक सूर्य माखिमद्वारा गरिएको थियो । मञ्च उपत्यका सदस्य सुवास खापुङले स्वागत मन्तब्य गर्नु भएको सो सत्रमा केदार धिमालले धन्यवाद ग्यापन गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन दुर्गा ओख्रबोले गर्नुभएको थियो । यस सम्मेलनको बन्द सत्रले अन्तमा निम्नानुसारको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च उपत्यका समितिको चयन गरेको छ ।
1 अध्यक्ष: सुवास खापुङ,
2 उपाध्यक्ष : दुर्गा ओख्रबो,
3 उपाध्यक्ष : अशोककुमार थारू,
4 उपाध्यक्ष : देव लामा,
5 सचिव: केदार धिमाल,
6 सहसचिव: सम्सेर थिङ,
7 कोषाध्यक्ष: सविता पङ्धाक,
8 सदस्य: गीता चौधरी,
9 बिष्णु चौधरी,
10 भोगेन्द्र लिङ्देन,
11 रीता लावती,
12 सेरबहादुर चौधरी,
13 पदम तुम्बाहाङ्फे,
14 सावित्रा सेर्मा,
15 भिखन चौधरी,
16 केन्द्र सेर्मा,
17 राजेन्द्र पालुङ्वा,
18 बिष्णु इवा,
19 मनुराज निङ्लेकू,
20 भइमा लामा,
21 लोक सिंगक,
22 किरण सिगू,
23 सम्भु फोम्बो,
24 निसा सेर्मा,
25 रुद्र फोम्बो,
26 बिष्णुमाया योञ्जन,
27 रेखा तुम्बाहाङ्फे,
28 राजन गोले तामाङ,
29 पञ्चराम लामा
स्मरीय रहोस्, मञ्चको विधान अनुसार वर्तमान केन्द्रिक्रित राज्य सत्ताको पूर्ण रुपमा अन्त्य नभएसम्म यो उपत्यका समितिको अस्तित्व रहने छ ।

Jul 3, 2008

तीन दल शब्दमा अड्किए अन्योलता कायमै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रमुख ठूला तीन दलले अन्तरिम संविधानको पुरक संशोधन गर्न सहमत भए पनि शब्द विवादका कारण अझै छलफल जारी रहेको छ । मधेसवादी दलको मागबारे तीन दलले छुट्टाछुट्टै ल्याएको प्रस्तावप्रति सहमति जुट्न नसकेपछि हिजो पनि राजनीतिक गतिरोध अन्त्य भएन र अन्योलता कायमै रह्यो । शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा हिजो दिनभर बसेको बैठकले कार्यदलद्वारा संविधान संशोधनलाई अन्तिम रुप दिन प्रयास गरे पनि मस्यौदामा एकमत हुन सकेनन् । खासगरी तीन दलको बीचमा मधेसलगायत प्रदेशहरूको विभाजन र तिनको स्वायत्तता खोज्ने विषय र सेनामा समूहगत प्रवेशका विषयमा फरक प्रस्तावमा सहमति नजुटेपछि बैठक विनानिष्कर्षसकिएको थियो । नेपाली कांग्रेसले १६ फागुनमा भएको सम्झौतालगायतको शब्दावली राख्न अडान राखेको छ भने एमालेले मधेसी आदिवासी जनजाति र पिछडिएको क्षेत्रका जनताको शब्दावलीमा र माओवादीले मधेसी जनताको स्वायत्त मधेस प्रदेशको चाहनालगायत भन्ने शब्दावलीबाट मधेस शब्द झिके सहमति हुने अडान लिएको बताइएको छ ।
उता, सेनामा समूहगत प्रवेशको विषयमा पनि तीन दलको फरक मत आएको छ । जसअनुसार नेपाली कांग्रेसले नेपाली सेनालाई राष्ट्रिय स्वरुप प्रदान गर्न र समावेशी बनाउन मधेसवादीलगायत अन्य समूदायको समानुपातिक समावेशी र समूहगत प्रवेशलाई कानुनमा व्यवस्था भए बमोजिम सुनिश्चित गरिनेछ भनिएको छ । उता, माओवादीले भने नेपाली सेनालाई राष्ट्रिय स्वरुप प्रदान गर्न र समावेशी बनाउन मधेसी, आदिवासी, जनजाति, दलित, महिला र पिछडिएको क्षेत्रलगायत अन्य समूदायहरूको सहभागिता समावेशी सिद्धान्तका आधारमा कानुनमा व्यवस्था भएबमोजिम सुनिश्चित गरिने छ ।
त्यसैगरी नेकपा एमालेले नेपाली सेनालाई राष्ट्रिय स्वरुप प्रदान गर्न र समावेशी बनाउन मधेसी, आदिवासी, जनजाति, दलित, महिला, पिछडिएको क्षेत्रलगायत अन्य समूदायहरूको सहभागिता समावेशी सिद्धान्तको आधारमा कानुन बमोजिम सुनिश्चित गरिने उल्लेख छ । यस विषयले गर्दा राजनीतिक अन्योल बढेर गएको छ भने लगातार संविधानसभा बैठक अवरुद्ध भएको छ । यसले राजनीतिक दलहरू सहमतिको राजनीति बिर्से आ-आफ्नै विषयमा डम्फु बजाउँदै आएको प्रमाणित गर्दछ । यद्यपि यसै विषयमा सहमति जुटाउन आज पनि तीन दलको बैठक बस्ने भएको छ ।

शक्ति बाँडफाँडमा माओवादीले अर्घेलो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
शक्ति बाँडफाँडमा माओवादीसँग सहमतिमा पुगेको भनिएको पार्टी एमाले स्थायी समितिका एक सदस्य केपी ओलीले शक्ति बाँडफाँडमा माओवादीले अर्घेलो गरिरहेको बताएका छन् । एमाले स्थायी समिति सदस्य केपी ओलीले मुलुकको शक्ति बाँडफाँडमा माओवादीले अर्घेलो गरिरहेको बताएका छन् । असार १९ गते राजधानीमा रिर्पोट्स क्लबद्वारा आयोजित कार्यक्रममा बोल्दै ओलीले माओवादीले डाडु पन्यौं बोकेर कसैलाई झोल र कसैलाई चोक्टा बाँडदै हिडेको तथा अरु पार्टीमा हस्तक्षेप गरेको दावी गरे । कार्यक्रममा ओलीले संविधानसभा चुनावमा आएको मत अनुसार पार्टीबीच सहमतिमा शक्ति बाँडफाँड हुनुपर्ने उल्लेख गरे । उनले भने, 'तर चुनावमा कुनै दलले ५० प्रतिशत मत ल्याएका छैनन्, त्यसैले सबै दल हारेका छन् तथा चुनावको परिक्षामा सबै दल अनुतिर्ण भएका छन् ।'एमालेको नेतृत्वमा सरकार बने सबै दललाई राम्रो हुने भएकाले सबै दललाई एमालेको नेतृत्वको सरकार स्विकार्न कार्यक्रममा ओलीले आग्रह गरे । 'हामीले सकेसम्म प्रधानमन्त्री पाउनुपर्छ, नभए राष्ट्रपति, त्यो पनि भएन भएन सोच्नैपर्छ' ओलीले भने । सहकार्यका लागि अनुकुल नभए एमाले सरकारमा नजाने पनि कार्यक्रममा ओलीले दावी गरे । सरकारमा गएर पनि अलोकतान्त्रिक ब्यवहार गरिहेको माओवादीसँग एमालेको सहकार्य सम्भव नहुने पनि ओलीले उल्लेख गरे । नेपालमा कतै मधेश नरहेको पनि कार्यक्रममा एमाले नेता ओलीले दावी गरे । सम्म देख्नासाथ मधेश नहुने पनि ओलीले तर्क गरे । असार १९ गते नै राजधानीमा भएको अर्का कार्यक्रममा एमाले स्थायी समितिका अर्का सदस्य बामदेव गौतमले एमालेले एक मधेश एक प्रदेश कुनै हालतमा नमान्ने बताए । असार १५ गते बर्दियामा ज्वाला समूहबाट हत्या गरिएका बर्दिया सिमा सरोकारका अध्यक्ष तथा एमाले जिल्ला कमिटी सदस्य गोबिन्द पाण्डेको श्रद्धाञ्जली कार्यक्रममा बोल्दै गौतमले पाण्डेको हत्या नेपाल टुक्र्याउने अभियान अन्तरगत भएको तथा एकिकृत नेपालका लागि सबै नेपाली बलिदान दिन तयार रहेको उल्लेख गरे । कार्यक्रमका अर्का वक्ता माले महासचिव सिपी मैनालीले मधेशवादी दलहरुले रोष्टम घेरेर संविधानसभाका अरु सदस्यहरुको अधिकार खोसेको तथा एक मधेश प्रदेश र सेनामा समूहगत प्रवेश असम्भव रहेको बताए ।

तीन दलबीच सहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधान संशोधनमा ल्याइने पुरक बिधेयकको मस्यौदाबारे माओवादी, नेपाली कांग्रेस र एमाले सहमतिमा पुगेका छन् । मधेशवादी दलहरुको माग सम्बोधन गरी बिधायिका बैठक सुचारु बनाउन सिंहदरवारमा दिनभरी चलेको माओवादी, नेपाली कांग्रेस र एमाले नेताहरुको बैठकले आफूले तयार पारेको मस्यौदालाई मधेशवादी दलहरुसंग छलफल गरी असार २० गते अन्तिम रुप दिने निर्णय गरेको छ । असार १९ गते सिंहदरवार शान्ति मन्त्रालयमा भएको तीन दलको छलफल सकिएपछि त्यहाँ उपस्थित संचारकर्मीसँग कुरा गर्दै एमाले महासचिव झलनाथ खनालले असार २० गते बिहान ८ बजे आफूहरु पुन बैठक बस्ने जानकारी दिए । माओवादी सचिवालय सदस्य देव गुरुङ र नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले पनि भोली बिहान हुने बैठकले मस्यौदाबारे अन्तिम टुङ्गो लगाउने उल्लेख गरे । एमाले महासचिव खनालले बताए अनुसार, स्वायत्त प्रदेशबारे मस्यौदामा 'मधेशी, जनजाति, दलित, महिला र पिछडिएका क्षेत्रका जनताको स्वायत्त प्रदेशसहितको संघीयताको आकंक्षालाई स्विकार गरी' उल्लेख गरिएको छ भने सेनालाई समावेशी बनाउने उल्लेख भए पनि समूहगत प्रवेश शब्द राखिएको छैन । खनालको भनाइलाई पुष्टि गर्दै नेपाली कांग्रेसका उपसभापति पौडेलले सेनालाई पनि प्रहरीलाई जस्तै समावेशी बनाउनेमा सहमति भएको बताए । अन्तरिम संविधानको पाँचौ संशोधनमा पूरक बिधेयक ल्याएर मधेशवादी दलको माग सम्बोधन गर्नेबारे तीन दलमा सहमति भए पनि त्यसलाई मधेशवादी दलहरुले स्विकार गर्लान् वा नगर्लान भन्ने भने स्पष्ट भएको छैन । मधेशवादी दलहरुको अवरोधका कारण असार ११ गतेदेखि संसद बैठक चल्न सकेको छैन भने राष्ट्रपति चयन र नयाँ सरकार गठनमा बिलम्ब भइरहेको छ ।

Jul 2, 2008

लिम्बुवान राज्य परिषदद्धारा कर संकलन शुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,धनकुटा
१७ असार / संघिय लिम्बुवान राज्य परिषदले कोशी राजमार्गको धनकुटा-धरान सडकमा आज देखी कर संकलन गर्न शुरु गरेका छन ।जल जमिन र जंगलमा आदिवासी जनजातिहरुको अग्रधिकार रहने भएकाले जल जमिन र जंगलसंग सम्वन्धि सामाग्रीहरुको निकासीमा कर संकलन गरिएको संघिय लिम्बुवान राज्य परिषदले जनाएको छ ।संघीय लिम्बुवान राज्य परिषद अर्न्तगर्तको लिम्बुवान भोलेन्टियर्स का नेता तथा कार्यकर्ताहरुले सिमसुवा फलामेटार लगायतका विभिन्न स्थानहरुको सडक खण्डमा विभिन्न सामाग्रीहरुको मुल्य निर्धारण गरी कर संकलन गरेको व्यावसायिहरुले जनाएका छन ।लिम्बुवान राज्य भित्र बन फडानी तथा कटानी र विक्रि वितरण कार्य तत्काल रोक्न सामुदायिक बन उपभोक्ता समुहहरु र जिल्ला बन कार्यालयहरुलाई आग्रह गरेकोमा उनीहरुले अटेर गरेकाले पनि कर संकलन गरिएको लिम्बुवानका कार्यकर्ताहरुले वताएका छन ।

Nepalese Gurkhas lose army pension fight

Limbuwan.blogspot.com
LONDON (AFP) — Three former Nepalese Gurkha soliders in the British army on Wednesday lost their High Court challenge over their pensions deal which they said left them struggling to survive.
The case was the latest in a series of legal battles over the rights of Gurkhas and the ruling will affect thousands of the Nepalese troops.
The case related to an offer made by the Ministry of Defence in March last year to transfer pensions benefits from the far lower Gurkha Pension Scheme into the more mainstream Armed Forces Pension Schemes.
The MoD offered to transfer the value of the GPS pensions into the AFPS for periods of military service after July 1, 1997 -- when the Gurkhas' base was moved from Hong Kong to Britain.
Lawyers for the trio argued that that unfairly prejudiced older retiring Gurkhas, saying the years of service of those who signed up before that date but retired after were valued at between 24 percent and 36 percent of British rates.
Rejecting their application for a judicial review, judge Duncan Ouseley said the MoD had acted reasonably.
"If there was indirect discrimination on the grounds of age or 'other status', it was justified and proportionate," he said.
The Gurkhas who brought the case are all in their late 30s and were forced to retire early due to ill health.
In a statement after the ruling, their lawyer Philippa Tuckman said they intended to appeal against the judgement.
"A Gurkha who has recently retired through ill-health caused by his service can still be 27 percent worse off than a UK comrade with equal service," she said.
"A Gurkha, medically retired last year with 17 years' service, will get just over 4,650 pounds (9,255 dollars, 5,845 euros) a year. A British soldier in the same position would get about 6,400 pounds.
"This money is meant to be lived on, and in this country. Where a man's headquarters were based years ago is no more than an administrative detail.
"Gurkhas have served in theatres of war, in danger and in hardship. They should be valued for it, not penalised."
In a statement, the Ministry of Defence welcomed the court's ruling that the recent pensions transfer offer was "fair and reasonable".
"The transfer offer has resulted in a take-up of nearly 100 percent of serving Gurkhas transferring," it added.
Thousands of Gurkha veterans demonstrated in London in March and about 50 gave back military medals in protest at "disgracefully low" pensions and the fact they do not have the automatic right to live in Britain.
Nepalese Gurkhas have been part of the British army for nearly 200 years and around 200,000 fought for Britain in World Wars I and II. More than 45,000 have been killed serving Britain.
Around 3,500 Gurkhas currently serve in the British army.

किशोरकुमार बिश्वासले फोरम छाडे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मधेशी आन्दोलनबाट तराईका आदिवाशी थारुहरुको पहिचान र अस्तित्व खतरामा परेको भन्दै मधेशी जन अधिकार फोरम मधेशका उपाध्यक्ष किशोरकुमार बिश्वासले पदबाट राजीनामा दिएका छन् । संविधानसभा बैठकमा मधेशवादी दलहरुबाट भएको क्रियाकलापसँग असन्तुष्ट हुँदै मधेशी जनअधिकार फोरम मधेशका उपाध्यक्ष किशोरकुमार बिश्वासले राजीनामा दिएका छन् । असार १८ गते राजधानीमा रिपोर्टस क्लबमा राजीनामा घोषणा गर्दै बिश्वासले आगामी दिनमा थारु समुदायको पहिचान र अस्तित्वको आन्दोलनमा सहभागी हुने घोषणा गरे । बिश्वास भाग्यनाथ गुप्ता अध्यक्ष रहेको मधेशी जनअधिकार फोरम मधेशका उपाध्यक्ष थिए । बिश्वासले मधेशी आन्दोलनबाट तराईका आदिवाशी जनजातिको पहिचान र स्वायत्ततामाथि खतरा उत्पन्न भएको राजीनामा घोषणा गर्दा बताए । संघीयता र स्वायत्तता घोषणा गर्दा जातिको उत्पति र ऐतिहाशिकतालाई ध्यान दिनुपर्ने पनि उनले उल्लेख गरे । 'आन्तरिक उपनिवेश नहोस् भन्ने बिषयलाई ध्यान दिनु सबैभन्दा धेरै आवश्यक छ' बिश्वासले भने ।

कतारमा तीन नेपालीको कामदारको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रोजगारीका लागि खाडी मुलुक कतारमा रहेका तीनजना नेपालीको अलग दुइ घटनामा परी मृत्यु भएको छ । कतारको ओमकरन भन्ने स्थानमा एक पोल्ट्री फर्ममा काम गरिरहेका दुइ नेपाली कामदारको करेन्ट लागेर मृत्यु भएको हो । बिहीबारको यो घटना फार्ममा बिजुली लाइन सर्ट भएर भएको थियो ।घटनामा खोटाङ घर भएका दीपक राइ र धनकुटाका रामबहादुर सुब्बाको मृत्यु भएको हो । यसैगरी अर्को घटनामा सुनसरी सोनापुर-६ निवासी इमरान मियाको मृत्यु भएको उनको परिवारले जानकारी दिएको छ । दुइ वर्षअघि कतार गएका इमरानको १५ दिनअघि कतारमा मृत्युभएको उनका बाबु मेलीमहम्मद मियाले सञ्चारकर्मीलाई जानकारी दिनुभएको छ । उनको के कारणले मृत्यु भएको भन्ने जानकारी नआएको परिवारले जनाएको छ ।

संविधान संशोधन मस्यौदामा प्रधानमन्त्रीसँग छलफल हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मधेशी मागलाई संविधान संशोधनमा समेट्न तयार पारिएको संविधान संशोधन मस्यौदामा प्रमुख तीन दल प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग छलफल गर्दैछन् । पूरक बिधेयकमार्फत मधेशवादी दलहरुको माग सम्बोधन गर्ने सहमतिमा पुगेका तीन दलले बिधेयकको मस्यौदा तयार पारेका छन् । असार १८ गते सिंहदरवारस्थित शान्ति मन्त्रालयमा भएको माओवादी, नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरुको छलफलले संविधान संशोधनको मस्यौदा तयार पारेको हो र त्यसबारे अन्तिम टुङ्गो प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँगको भेटपछि लाग्ने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताए । छलफलमा सहभागी एमाले महासचिव झलनाथ खनालले पनि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग बेलुका ४ बजे भेटेपछि मस्यौदाको अन्तिम टुङ्गो लाग्ने उल्लेख गरे ।छलफल सकिएपछि सिंहदरवारमा उपस्थित संचारकर्मीसँग कुरा गर्दै माओवादी अध्यक्ष दाहालले मस्यौदामा मधेशीलगायत सबै जाति र समुदायको प्रदेशलाई स्वायत्त मानिने उल्लेख भएको जानकारी दिए । उनले मस्यौदामा सेनामा समूहगत प्रवेशको कुरा उल्लेख नभएको पनि बताए । गत फागुन १६ गते सरकार र आफूहरुबीच भएको ८ बुँदे सम्झौतालाई संविधानको पाँचौ संशोधनमा समावेश गर्नुपर्ने माग राख्दै मधेशवादी दलहरुले असार ११ गतेदेखि संसद चल्न दिएका छैनन् ।

Jul 1, 2008

घूससहित खरिदार नियन्त्रणमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पन्ध्र हजार रुपियाँ घूस लिएको आरोप लगाउँदै एमाले भ्रातृ संगठन युथ फोर्सले श्रम विभागका एक कर्मचारीलाई मंगलबार नियन्त्रणमा लिई प्रहरीमा बुझाएको छ।सो विभागका खरिदार भुवन रेग्मीलाई पैसा लिँदालिँदै कार्यालयमै नियन्त्रणमा लिइएको युथ फोर्सले दाबी गरेको छ। र्स्वर्गद्वारी ओरेन्टेसन कम्पनी दर्ताका लागि पटक-पटक धाउँदा पनि दर्ता नभएपछि कल्पना श्रेष्ठ नामकी महिलाले युथ फोर्सको कार्यालयमा उजुरी हालेकी थिइन्।उजुरी प्राप्त भएपछि पनि सकेसम्म समझदारीमै मिलाउन आग्रह गरिएको तर कर्मचारीले नमानेको युथ फोर्सका नारायण खड्काले बताए।यता विभागका महानिर्देशक डिल्लीराज शर्माले आफना कर्मचारीमाथि भएको कुटपिटको निन्दा गर्दै अपहरणको शैलीमा एक समूह आएर जबर्जस्ती गरेको बताएका छन्।घूस खाएको भए आफूहरू छानबिन गर्न तयार भएको बताउँदै उनले कार्यालयमै कुटपिट गरिनु राष्ट्रसेवकको अपमान भएको बताए।युथ फोर्सले भने खरिदार रेग्मीले घूस खाएको बताउँदै आफूहरूले दिएको १५ हजार रुपियाँको नम्बरसमेत टिपेको जनाएको छ।तीन दिनसम्म समस्या समाधानको प्रयास गर्दा पनि नभएपछि ५५ जनाको फोर्सको समूह मंगलबार बिहान सो कार्यालय पुगेको थियो।३० हजार रुपियाँ दिने र कम्पनी दर्ता गर्ने भन्दै कम्पनीकी कल्पनाले दमन चन्द नामका व्यक्तिमार्फत बैनाबापत १५ हजार रुपियाँ पठाएको फोर्सको दाबी छ।दमनले विभागका कर्मचारी रेग्मीलाई रकम बुझाउनासाथ युथ फोर्सले घेरा हालेर घूस खाएको तथ्य र्सार्वजनिक गरेको जनाएको छ।युथ फोर्सका प्रतिनिधि खड्काले आफूले खरिदार रेग्मी र घूस रकम प्रहरीलाई बुझाएको बताए।खरिदार रेग्मीलाई पक्रनुअघि युथ फोर्सका कार्यकर्ता आफनो परिचय र्सार्वजनिक नगरी गोप्य ढंगले बसेको र पछि आफूहरू युथ फोर्स भएको परिचय दिएको बताइएको छ।युथ फोर्सद्वारा नियन्त्रणमा लिई प्रहरीलाई बुझाइएका खरिदार रेग्मीलाई बानेश्वर प्रहरी वृत्तमा राखिएकोमा जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशअनुसार मंगलबार साँझ मुक्त गरिएको थियो।

पूर्वयुवराज पारस बिदेसिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मुलुकमा गणतन्त्र घोषणा भएको ३१ दिनपछि पूर्वयुवराज पारस बिदेसिएका छन्। छोराछोरीको भविष्य निर्माणका लागि परिवारै लैजाने योजना बनाउँदै पारस मंगलबार दिउँसो सवा १ बजे सिंगापुर प्रस्थान गरेका हुन्।चार जना आफन्तसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षबाट सिंगापुर प्रस्थान गरेका पारस आफना दुइ छोरी र एक छोराको पढाइका लागि विद्यालय र आवासको व्यवस्था गरी डेढ हप्तापछि नेपाल र्फकने बताइएको छ।दिउँसो करिब साढे १२ बजे निर्मलनिवास छाड्नुअघि पारसका अर्दली उद्धव गुरुङले बिहान ११ बजे विमानस्थलमा सरसामान पुर्याएका थिए।पारससँगै बहिनीज्वाइँ राजबहादुर सिंह, धीरेन्द्रकी कान्छी छोरी दिलासाका श्रीमान् आदर्शविक्रम राणा तथा विनोदविक्रमलगायत सिंगापुर प्रस्थान गरेका थिए।छोरी पूणिर्का र कृतिका र छोरा हृदयेन्द्रलाई सिंगापुरकै एक विद्यालयमा पढाउने व्यवस्था मिलाउन पारस सिंगापुर गएका हुन्’ -स्रोतले भन्यो।छोराछोरी र श्रीमती हिमानीलाई लिन पारस डेढ हप्तापछि स्वदेश र्फकने स्रोतले बताएको छ।एउटा मात्र लगेज लिई बा१च ५७४३ नम्बरको कार आफैले चलाई विमानस्थल पुगेका पारसलाई बिदाइ गर्न अत्यन्तै निकट साथीहरू मात्र पुगेका थिए। पारसको तस्वीर खिच्न विमानस्थल पुगेका फोटो पत्रकारलाई प्रहरीले मुख्य ढोकामै रोकेको थियो।नेपाल छोड्नु एक दिनअघि पारसले बाबु ज्ञानेन्द्र, आमा कोमल र बहिनी प्रेरणासँग भेट गरेका थिए।

मधेसलाई हेर्ने विषयमा प्रमुख तीन दलमा विवाद

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तीन मधेसवादी दलहरूको सम्पर्ण मधेस एक प्रदेश’ सम्बन्धी मागका विषयमा प्रमुख तीन दल नेकपा (माओवादी), नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सहमति हुन नसकेपछि केही दिनयताको राजनीतिक गतिरोध मंगलबारसमेत फुक्न सकेन। यद्यपि तीन प्रमुख दलबीच आज बुधबार साझा धारणा बनाउने प्रयास गरिने बुझिएको छ।माओवादी, नेपाली कांग्रेस, एमाले, मधेसी जनअधिकार फोरम, तर्राई-मधेस लोकतान्त्रिक पार्टी सद्भावना पार्टीच मंगलबार बिहान सिंहदरबारमा भएको वार्ताअनुसार संविधानको पाँचौं संशोधनमा पूरक विधेयक ल्याउने गरी मस्यौदा तयार गर्न तीन सदस्यीय कार्यदल बनेको थियो। सो कार्यदलबीच नै एकमत नभएपछि तीन दलको बैठक निष्कर्षवहीन बनेको हो। सो कार्यदलमा मधेसवादी पार्टी मागका सम्बन्धमा कांग्रेसले राखेको अवधारणाप्रति माओवादी र एमालेले विमति राखेका थिए।एमालेका भीम रावल, माओवादीका देव गुरुङ र कांग्रेसका विमलेन्द्र निधि रहेको कार्यदलले मधेस एक प्रदेशको अर्थ नलाग्ने गरी मस्यौदा तयार गरेकोमा गृहमन्त्री कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मधेस स्वायत्त प्रदेशको अर्थ लाग्ने गरी तयार पार्न भनेपछि शीष नेतृत्व तहबाटै टुंगो लगाउने सहमति भएको बैठकका सहभागीहरूले बताएका छन्।कार्यदलको दिनभरिको प्रयासपछि साँझपख माओवादीका अध्यक्ष प्रचण्ड, डा. बाबुराम भट्टर्राई, एमालेका महासचिव झलनाथ खनाल, विष्णु पौडेल, भीम रावल, नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, विमलेन्द्र निधि, डा. प्रकाशशरण महत र डा. मीनेन्द्र रिजालसहित बैठक बसेको तर बैठक कुनै निष्कर्षा पुग्न नसकेपछि सो बैठक आज बुधबार बिहान पुनः बस्ने गरी स्थगन भएको थियो।मधेस एक प्रदेशमा जान नहुने धारणा माओवादी र एमालेले राखेको तर कांग्रेसले फरक धारणा राखेको एमाले नेता रावलले जानकारी दिनुभयो।तर्राई, हिमाल, पहाडलगायत सबै क्षेत्रका जनताको भावनालाई समेट्ने गरी संविधान संशोधन गर्नुपर्ने बताउँदै माओवादी अध्यक्ष प्रचण्डले बैठकपछि सञ्चारकर्मीसँग भन्नुभयो- एक समुदायको चाहना पूरा गर्दा अर्को समुदायको अधिकार हनन हुने निर्णय गर्नु हुँदैन।’एमाले महासचिव खनालले पनि मधेस एक प्रदेशको पक्षमा लाखौंलाख जनता नभएको संविधानसभा निर्वाचन परिणामले देखाइसकेको उल्लेख गर्दै बहुप्रदेशकै पक्षमा जनता रहेको बताउनुभयो।नेपाली कांग्रेसका उपसभापति पौडेलले भने मस्यौदाहरूमाथि छलफल जारी रहेको र त्यसबारेमा मन्त्रिपरिषद्मा पनि छलफल हुने उल्लेख गर्नुभयो।संयुक्त थारू राष्ट्रिय मोर्चा, दलित जनजाति पार्टीतामसालिङ स्वायत्त राज्य परिषद्, संघीय लिम्बुवान राज्य परिषद्, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, चुरे भावर राष्ट्रिय एकता पार्टीसँग पनि विगतमा सरकारले सम्झौता गरेको र ती सम्झौतालाई पनि सम्बोधन हुने गरी साझा प्रस्तावका रूपमा संविधान संशोधन गरिनुपर्ने माओवादी र एमाले नेताले बैठकमा धारणा राखेको बताइएको छ। यसो नगरिए मुलुक विखण्डन हुने उनीहरूको तर्क रहेको थियो।मधेसी जनअधिकार फोरमका संयोजक उपेन्द्र यादवले भने सरकारले गरेको सहमतिलाई संशोधनमा नसमेटिएसम्म आफूहरूको आन्दोलन जारी रहने बताउनुभएको छ।दलहरूबीच असहमति भएकै कारण व्यवस्थापिका-संसद्को हैसियतमा बस्ने भनिएको संविधानसभाको बैठक मंगलबार पनि अवरुद्ध भयो। यसअघि बैठक प्रारम्भ हुनासाथ मधेसवादी दलहरूले रोस्ट्रम घेराउ गर्दै आएकोमा मंगलबार संसद् सचिवालयले सूचना नै टाँसेर बैठक स्थगित गरेको थियो।मंगलबार बैठक प्रारम्भ गरिएको भए सभासद्हरूबीच भिडन्त हुने सम्भावनालाई ध्यान दिँदै अगाडि नै बैठक स्थगित गरिएको बुझिएको छ।एमाले, माओवादी र साना दलका सभासद्हरू मधेसवादी दलका सभासद्को विरोधमा मंगलबार रोस्ट्रम र्घेन जाने तयारीमा रहेकाले भिडन्त हुने सम्भावना देखेर बैठक स्थगित गरिएको बताइएको छ। बैठक आज बुधबार ११ बजेसम्मका लागि स्थगित गरिएको छ। तीन दलबीच समान धारणा बनाएर आज बस्ने मन्त्रिपरिषद्ले पूरक विधेयक लैजाने प्रयत्न गर्ने बुझिएको छ।

मधेश मुद्धामा ६ दलबीच सहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधान संशोधनमा मधेशवादी दलहरुका मागलाई पूरक बिधेयकमार्फत सम्बोधन गर्ने ६ दलबीच सहमति भएको छ । तीन प्रमुख दल र मधेशवादी दलहरुबीच मधेशवादी दलहरुको मागलाई संविधान संशोधनमा पूरक बिधेयकमार्फत सम्बोधन गर्ने सहमति भएको छ । असार १७ गते सिंहदरवारस्थित शान्ति मन्त्रालयमा भएको ६ दलको बैठकले यस्तो सहमति गरेपछि बिधायिका संसदको बैठक सुचारु हुने भएको छ । छलफलपछि त्यहाँ उपस्थित संचारकर्मीहरुसँग कुरा गर्दै सदभावना महतोका अध्यक्ष राजेन्द्र महतोले पूरक बिधेयकमा आफ्ना माग सम्बोधन भए संसद सुचारु हुने बताए । सहमति अनुसार, माओवादीका देव गुरुङ, नेपाली कांग्रेसका बिमलेन्द्र निधी र एमालेका भीम रावलले पुरक बिधेयकको मस्यौदा तयार पार्ने जिम्मा पाएका छन् । सिंहदरवारमा बिहान साढे ९ बजेदेखि सुरु भएको छलफलमा सहभागि नेपाली कांग्रेका महामन्त्री बिमलेन्द्र निधीले सरकार र मधेशवादी दलबीच गत फागुन १६ गते भएको सम्झौतालाई संविधान संशोधन बिधेयकको पूरक बिधेयकमा समेटिने सहमति भएको जानकारी दिए । तर, उनले त्यसबेलाको सम्झौतालाई कसरी तथा कस्ता शब्दहरु प्रयोग गरेर समेटिन लागेको भने जानकारी दिएनन् । श्रोतले आजै बिधायिका संसदको बैठकमा पूरक बिधेयक ल्याइने सहमति भएको बतायो । पूरक बिधेयक प्रस्तुत गर्न तथा छलफलमा ल्याउन मूल बिधेयकलाई जस्तो औपचारिकता पूरा गर्न पर्दैन । जस्तो कि, मूल बिधेयक दर्ता गरेपछि त्यो परिपक्क हुन तथा संसदमा छलफलमा ल्याउन ४८ घण्टा पर्खनु पर्छ । श्रोतले तीन जनाको मस्यौदा समितिले पूरक बिधेयकको मस्यौदा तयार पारेपछि आजै मन्त्री परिषदको बैठकमार्फत संसदमा ल्याइने जानकारी दियो ।

नेपाली साहित्य प्रतिष्ठान हङकङको नवौं वार्षिकोत्सव सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ/पशन तमू,जुलाई १

नेपाली साहित्य प्रतिष्ठान हङकङको नवौं वार्षिकोत्सव जोर्डनस्थित नेपाल क्लवमा जुलाई १ तारिख मंगलवार सम्पन्न भयो। सोही अवसरमा गीतकार डी.बी. पालुङवा

द्वारा रचित नेपाली आधुनिक गीति संग्रह 'आलाप' को लोकार्पण महावाणिज्यदूत केशवप्रसाद भट्टराईबाट भएको थियो। प्रतिष्ठानका अध्यक्ष टंक सम्वाहाम्फेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ संगीतकार दिनेश सुब्बा विशेष अतिथिका रूपमा र विभिन्न साहित्यिक संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू अतिथिका रूपमा उपस्थित थिए। गीतकार डिबी पालुङ्वाले कृति विमोचनपछि मन्तव्य प्रकट गर्दै २, ३ वर्षपछिको अथक प्रयासबाट आफू अब आम मान्छे बन्न पाउंदा गर्व लागेको बताए। गीतकार पालुङ्वाले गीतहरूमा रंग भरेर साहित्यको खेतीमा कोदालो खनेर सुरुवात गरेको बताए। गीतकार पालुङ्वाको कृतिमाथि समीक्षा गर्दै सृजनाशील साहित्य समाजका अध्यक्ष हाङयुग अज्ञातले हङकङका साहित्यकारहरूले एकआपसमा सृजना र सम्वाद साटासाट गर्नुपर्ने बताए।
कार्यक्रममा यु.पी.नुम्लाकेद्वारा लिखित 'आधुनिक सवारी चालक निर्देशिका' समेत सार्वजनिक गरिएको थियो। लेखकले प्रकाशित कृतिमाथि प्रकाश पार्दै भने- 'मैले लिखित पुस्तकमा सरल भाषा प्रयोग गरी सबैका निम्ति पठनयोग्य बनाउने प्रयाश गरेको छु'। नुम्लाकेद्वारा चार भाषामा लिखिएको एभरेष्ट डिस्नेरी यस अघि बजारमा आइसकेका छन् भने नुम्लाकेले नेपाली समाजलाई उपयोगी हुने थप पुस्तकहरु बजारमा ल्याउने तयारी गरिरहेका छन्। प्रमुख अतिथि महावाणिज्यदूत केशवप्रसाद भट्टराईले हङकङमा नेपाली गीत सृजनामा उपलव्धीमूलक ढंगले विकास भएकोमा खुसी व्यक्त गरे। महावाणिज्यदूत भट्टराईले
आफू हङकङ आएको छोटो समयभित्र ५, ६ वटा गीति एल्बमहरु बजारमा सार्वजनिक भएको जानकारी दिए। वरिष्ठ संगीतकार दिनेश सुब्बाले गीतकार डिबी पालुङ्वाको गीतको चर्चा गर्दै सबै स्रष्टाहरू गीत रचनामा निपुण हुन नसक्ने बताउंदै 'कविता लेख्ने कविहरू गीत लेख्न सक्षम हुन्छन् नै भन्न सकिन्न' सुब्बाले भने। गीत र कवितामा भिन्नता छन्। गीतकार पालुङ्वाले सफल गीतकार हुने सम्भावना बोकेको सुब्बाले बताए।
कार्यक्रममा बोल्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज हङकङका अध्यक्ष मोती चाम्लिङले साहित्यमा प्रतिस्पर्धा हुन नसक्ने बताउंदै 'साहित्यकार साझारूपमा समाजका लागि हुन्, नेपाली साहित्यका लागि हुन्।' 'अहिले पुनर्गठन भएको हङकङ च्याप्टरमा सबै साहित्यकारहरूलाई समावेशीको आधारमा समविष्ट गरिएको छ' चाम्लिङले भने। कार्यक्रमका अर्का वक्ता आदिवासी गीतकार समाजका अध्यक्ष प्रदीप कन्दङ्वाले समाजमा गीतकारहरू ओझलमा परेकोमा चिन्ता व्यक्त गरेका थिए। समाजले गीतकारहरूलाई महत्वका साथ अगाडि ल्याउनु पर्ने धारणा कन्दङ्वाको रहेको थियो। औपचारिक कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सदस्य बिमल राईले गरेका थिए भने भयवादका प्रवर्तक देश सुब्बाले स्वागत मन्तव्य प्रकट गरेका थिए। सोही कार्यक्रममा डोल्मा शेर्पाको जीवन रक्षाका लागि हङकङमा संकलन गरिएको हङकङ डलर ४ हजार ४३ आर्थिक सहयोग आदिवासी जनजाति महासंघका अध्यक्ष भूपेन्द्र चेम्जोङले महावाणिज्यदूत भट्टराईको बाहुलीबाट एनआरएन हङकङ नेश्नल कोअर्डिनेटर कृष्ण पाण्डेलाई हस्तान्तरण गरेका थिए।
पहिलो र दोश्रो चरणमा विभक्त गरिएको पहिलो चरणको कार्यक्रम समापनपछि
कविता वाचनको कार्यक्रम रहेको थियो। कार्यक्रममा कविहरू भोगेन एक्ले, प्रकाश छाङ्छा राई, आशा दाहाल, कमल पौडेल, चन्द्र मादेन, देवेन्द्र खेरेस, देव गुरूङ, मोती चाम्लिङ, डिबी पालुङ्वा र बाल कविहरू निङ्वा लिम्बू र आकाश राईले कविता वाचन गरेका थिए। कार्यक्रम सकेपछि आइपुगेकी कवयत्री हिमकला राईले जनजाति सम्बन्धी गीत गाएकी थिइन्। कार्यक्रममा अनुपस्थित कवि रामकृष्ण वान्तवाका कवितालाई कवि कमल पौडेलले र नेपालका कवि पदम गौतमको कविता हाङयुग अज्ञातले वाचन गरेका थिए। कविता वाचनका महिला सहभागी आशा दाहाललाई प्रोत्साहनस्वरूप पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रममा कविताबाहेक टीकाराम माखिमबाट कथासमेत वाचन गरिएको थियो। अन्तमा कार्यक्रमका अध्यक्ष टंक सम्वाहाम्फेले सबैलाई धन्यवादसहित आफ्ना कविता वाचन गरि सकेपछि कार्यक्रमको समापन गरेका थिए। यस कार्यक्रमलाई एचकेनेपाल डट कमले परीक्षणको रुपमा प्रत्यक्ष भिडीयो प्रसारण गरेको थियो।