News

Mar 31, 2010

माओवादीले सरकार विरोधी आन्दोलन चर्काउने घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको निधनपछि देशमा प्रतिगमनकारीहरु सल्बलाएको भन्दै प्रमुख विपक्षी एकीकृत नेकपा माओवादीले सरकार विरोधी आन्दोलन चर्काउने घोषणा गरेको छ।पार्टी स्थायी समितिले लिएको निर्णय सुनाउँदै माओवादी प्रवक्ता दिनानाथ शर्माले चैत २४ गते देशैभरी जनप्रदर्शन तथा आमसभाहरु गरिने बताए। ती प्रदर्शनहरुको निम्ति नेताहरुलाई खटाइएको उनले जनाए।“सबै प्रतिगमनकारी, प्रतिक्रियावादी तथा दक्षिणपन्थीहरुको षडयन्त्रको केन्द्रविन्दु सरकार बनेको छ,” शर्माले आरोप लगाए। केही समययता गणतन्त्र, संघीयता तथा धर्म निरपेक्षता विरुद्ध भनाइहरु सार्वजनिक हुन थालेपछि माओवादीले दक्षिणपन्थीहरुको चलखेल चर्किएको निश्कर्ष निकालेको हो।
त्यसैकारण अब आफु सकेसम्म लचिलो भएर समयमै संविधान जारी गर्न लागिपर्ने समेत माओवादीले निर्णय गरेको छ। “छलफल र कुराकानीलाई घनीभूत बनाउने र हाम्रो तर्फबाट सकेसम्म न्यूनतम सहमतिको लागि प्रयत्न गर्ने निर्णय भएको छ,” प्रवक्ता शर्माले बताए। प्रवक्ता शर्माले लचिलो बन्ने बताएपनि उनकै पार्टिको स्थायी समितिले उच्चस्तरीय राजनीतिक संयन्त्रको नेतृत्वचाहीं स्वाभाविक रुपमा पार्टि अध्यक्ष प्रचण्डले गर्नुपर्ने निचोड निकालेको थियो।
तर माओवादीले त्यस्तो निचोड निकालेको केही बेरमा नै मंगलवार अपरान्हको निम्ति पूर्वनिर्धारित संयन्त्रको बैठक अचानक स्थगित भयो। नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलका अनुसार उनको पार्टि तथा नेकपा एमालका नेताहरुको कार्यव्यस्तताले गर्दा संयन्त्रको बैठक बुधवारलाई सारिएको छ। नयाँ संविधान लेख्न दुई महिनामात्र बाँकी रहेको छ। यस्तो बेला संविधान निर्माणमा रहेका अवरोधहरु सहमतिमार्फत फुकाउन गठित उच्चस्तरीय राजनीतिक संयन्त्रनै अलपत्र परेको ठानिएको हुँदा दलहरुको अगाडि दिनदिनै दबाब भने बढिरहेको छ।

रसियामा फेरि विष्फोट, १२ मारिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मस्को, चैत १८,रसियामा भएको दुई विष्फोटमा परी कम्तीमा पनि १२ मानिसको ज्यान गएको छ। आज पनि आत्मघाति बम विष्फोट भएको सुरक्षा निकायले जनाएको छ। आजको विष्फोटमा एक उच्च पदस्थ प्रहरीको समेत मृत्यु भएको छ। किजलेयरमा पहिलो विष्फोट भएको २० मिनेटपछि अर्को विष्फोट भएको थियो। सोमबारमात्रै रसियाको राजधानी मस्कोको रेलस्टेसनमा भएको विष्फोटमा परी ३९ जनाको मृत्यु भएको थियो। घटना लगत्तै रसियाका प्रधान मन्त्री भ्लादिमिर पुटिनले सुरक्षा निकायसँग छलफल गरेर आवश्यक कदम चाल्न निर्देशन दिएका छन्। आज भएको विष्फोटसँग सोमबारको सम्वन्ध रहे नरहेको भने अहिल्यै भन्न नसकिने बताइएको छ। गत महिना चेचेन विद्रोहीले रसियाका सहरी क्षेत्रमा युद्ध छिर्ने चेतावनी दिएका थिए। आजको पहिलो विष्फोट कारमा भएको थियो। प्रहरीले कार रोक्न खोज्दा विष्फोट भएको थियो। मारिनेमा ९ जना प्रहरी रहेको जनाइएको छ।

एकीकृत नेकपा (माओवादी) सेक्रेटरी एमालेमा प्रवेश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा (माओवादी)का भरत कार्की बुधबार नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ । नेकपा (एमाले) केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टी सचिवालय सचिव युवराज ज्ञवालीले उहाँलाई टीका, माला र खादा लगाई स्वागत गर्नुभएको थियो ।कार्कीले एकीकृत नेकपा (माओवादी)को जिल्ला सङ्गठन समिति काठमाडौँका सदस्य पदमा रही निर्वाचन क्षेत्र नं. १ अन्तर्गत इलाका नं. ३ को सेक्रेटरीको भूमिका निर्वाह गर्दै आउनुभएको थियो ।आफूले निकै ठूलो परिवर्तनका आशा गरेकामा माओवादीले लिएको कार्यनीति कार्यदिशा उग्र वापन्थी चिन्तनबाट ग्रस्त भएको हुँदा मुलुकको दिगो शान्ति र विकासको सम्भावना असम्भव बन्दै गएकाले समुन्नत नेपालको निर्माणको नेतृत्व गर्न सक्ने पार्टी नेकपा (एमाले) नै हो भन्ने विश्वासले आफूले पार्टी परिवर्तन गरेको कार्कीले बताउनुभयो ।कार्कीले आफूलाई एमाओवादी परित्याग गरी नेकपा (एमाले)मा प्रवेश गर्न लागेको थाहा पाएर क्षेत्र नं. १ स्थित वाइसिएल क्याम्पमा नजरबन्दमा राखी कडा यातना दिई आफ्नो बैङ्क खाताबाट रु. सात लाखसमेत जबर्जस्ती ढङ्गले लगेको आरोप लगाउनुभयो ।

मोटरसाइकललाई ट्याक्सीका रुपमा चलाउन सरकारसँग प्रस्ताव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत १८- मोटरट्याक्स कम्पनीले काठमाडौंमा दुई सय मोटरसाइकललाई ट्याक्सीका रुपमा चलाउन सरकारसँग प्रस्ताव गरेको छ। मुलुकमा पहिलो पटक मोटरसाइकललाई ट्याक्सीका रुपमा चलाउन खोजिएको हो। कम्पनीले सस्तो र सजिलो साधनका रुपमा ट्याक्सी संचालनको प्रस्ताव गरेको हो। अहिले यो कम्पनी यातायात व्यवस्था विभागमा संचालन अनुमतिको पखाईमा छ।
'हामीले सस्तो र छिटो साधनका रुपमा मोटरसाइकल ट्याक्सी संचालन अनुमति मागेका हौ,' कम्पनीका कार्यकारी प्रमुख शिवनारायण यादवले नागरिकसँग भने, 'अनुमति पाए सर्वसाधारणले सस्तो यातायातको साधन पाउने छन्।' कम्पनीले झण्डै पाँच करोडको लगानीमा यो सेवा सुरु गर्दैछ। उनका अनुसार अनुमति पाएको केही दिनमै राजधानीमा ट्याक्सी संचालनमा आउने छन्। 'मोटरसाइकलका लागि केही कम्पनीसँग कुराकानी भइरहेको छ,' यादबले भने, ' अनुमति पाए संचालनमा आउनेछ।'
विकसित मुलुकमा प्रचलनमा रहेको यो मोटरसाइकल ट्याक्सी नेपालका लागि नौलो हो। अहिले यस्तो ट्याक्सी भियतनाम, बेलायत, फ्रान्स, लाओस, थाइल्यान्ड र भारतको पुनामा संचालनमा छन्।कम्पनीका अनुसार मोटरसाइकल ट्याक्सी अहिले संचालनमा रहेका ट्याक्सीको भाडाभन्दा आधा कम पर्छ। 'अहिले संचालनमा रहेका ट्याक्सीले प्रतिकिलोमिटर २३ रुपैयाँ लिन्छन्,' यादवले भने, ' यस्तो ट्याक्सीमा प्रतिकिलोमिटर ११ रुपैयाँ भन्दा कममा चढ्न पाइनेछ।'

सरकारले थप १६ जनालाई सहिद घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१७ चैत,सरकारले तराई आन्दोलनका क्रममा ज्यान गुमाएका थप १६ जनालाई सहिद घोषणा गरेको छ । अब तराई आन्दोलनमा मारिएका सहिदको संख्या ४० पुगेको छ ।मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले उनीहरूलाई सहिद घोषणा गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री शंकर पोखरेलले बताए । मधेसवादी दलहरूले तराई आन्दोलनमा मारिएका सबैलाई सहिद घोषणा गरिनुपर्ने माग गर्दै आएका थिए ।
बैठकले झापामा मारिएका संघीय लिम्बुवान् परिषद्का कार्यकर्ता मनिल तामाङको परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय पनि गरेको छ । स्वतन्त्र विद्यार्थी युनियनको चुनावका क्रममा मारिएका तामाङलाई भने सहिद घोषणा गरिएको छैन । परिषद्ले उनलाई सहिद घोषणा गरिनुपर्ने माग राखेर आन्दोलन गर्दै आएको थियो ।
सरकारका प्रवक्ता पोखरेलका अनुसार सञ्चारउद्यमी जमिम साहको हत्याको छानबिन गर्न गठित समितिकोे म्याद बैठकले १५ दिन बढाउने निर्णय गरेको छ । त्यस्तै, स्थानीय शान्तिसमितिहरूको म्याद एक वर्ष थपिएको मन्त्री पोखरेलले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकले राष्ट्रिय विकास परिषद् गठनसम्बन्धी प्रस्ताव, माथिल्लो तामाकोसी वित्तीय व्यवस्थापन प्रस्ताव र मतदाता नामावली दोस्रो संशोधनसम्बन्धी प्रस्तावलाई स्वीकृत गरेको छ । त्यस्तै, राष्ट्रिय उत्पादकत्व तथा विकास केन्द्रको महाप्रबन्धकमा रमेशराज कुँवरलाई नियुक्त गरिएको छ । बैठकले खाद्यसुरक्षाका लागि जापान सरकारसँग ४० करोड रुपैयाँको सहयोग सम्झौताका लागि अर्थ मन्त्रालयलाई स्वीकृति पनि दिएको छ ।
यसैगरी, पूर्वप्रधानमन्त्री तथा पूर्वगृहमन्त्रीलाई सार्वजनिक संस्थानका सवारीसाधन प्रयोग गर्न यसअघि दिइएको सुविधा कायमै राखी ती गाडी सरकारले नै उपलब्ध गराएको निर्णयसमेत बैठकले गरेको मन्त्री पोखरेलले बताए ।

प्रधानमन्त्रीलाई बेलायत सरकारको पत्र

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
३१मार्च, २०१०,प्रधानमन्त्री माधवकुमार नेपाललाई वेलायती प्रधानमन्त्री गोल्डेन ब्राउनले पठाउनुभएको पत्र उहाँका शान्ति स्थापना सम्बन्धि विशेष सल्लाहकार ज्याक म्याककोनेलले आज हस्तान्तरण गर्नुभयो ।
त्यस अवसरमा प्रधानमन्त्री नेपालसँग कुरा गर्दै म्याककोनेलले नेपालमा जारी शान्ति प्रक्रिया सफल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले निर्धारित मितिमै शान्ति प्रक्रिया टुंग्याएर नयाँ संविधान निर्माण गर्ने दिशामा अगाडि बढ्न प्रधानमन्त्री नेपाललाई आग्रह गर्दै त्यसका लागि वेलायत सरकारले आवश्यक सहयोग गर्ने वचनबद्धता समेत व्यक्त गर्नुभयो । वेलायती प्रधानमन्त्री ब्राउनले पत्रमा प्रधानमन्त्री नेपालको नेतृत्वमा नेपालमा शान्ति प्रक्रिया सफल भई नयाँ संविधान जारी हुने विश्वास व्यक्त गर्नुभएको छ ।

पूर्व राजा ज्ञानेन्द्रलाई पक्राउ गर्न माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
३१ मार्च, २०१०,पूर्व राजा ज्ञानेन्द्रले संघीय लोकतान्त्रिक गणतन्त्रलाई असफल पार्न अभिव्यक्ति दिएको भन्दै विभिन्न राजनीतिक दलसम्बद्ध दश युवा संगठनले उनलाई पक्राउ गरी कारवाही गर्न माग गरेका छन्।
दश युवा संगठनको संयुक्त बैठकले केही दिन अगाडि ज्ञानेन्द्र शाह र पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टर्राईले दिएको अभिव्यक्ति संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान निर्माण प्रक्रियालाई असफल पार्ने उद्देश्यले आएको निष्कर्षनिकालेको छ । बैठकले पूर्व राजा ज्ञानेन्द्रलाई दिइएको सरकारी सुविधा फिर्ता गर्न समेत माग गरेको छ।
निर्धारित समयमा नै दिगो शान्ति र संविधान निर्माणका लागि यही चैत २२ गते दिउँसो रत्नपार्कबाट संयुक्त जुलुस प्रदर्सन गरी सभामुखलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम पनि बैठकले तय गरेको छ। बैठकमा युवा संघ नेपाल, नेपाल तरुण दल, वाईसीएल, क्रान्तिकारी युवा संघ लगायत दश युवा संगठन का प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

Mar 30, 2010

मस्को बम आक्रमणमा मर्नेहरूको संख्या कम्तीमा अडतीस

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मस्कोको स्थानीय समय अनुसार सोमबार बिहानको व्यस्त समयमा गरिएका दुईवटा आत्मघाती बम आक्रमणमा मर्नेहरूको संख्या कम्तीमा अडतीस पुगेको छ। त्यस्तै सत्तरीजनाभन्दा बढी घाइते भएका छन्। सुरक्षा निकायहरुले आत्मघाती बम हमलाकारीहरू रुसको उत्तरी ककेससस्थित एउटा उग्रवादी समूहसँग सम्वद्ध महिलाहरू भएको विश्वास गर्दछन्। सो क्षेत्रमा धेरै वर्षदेखि मुसलमान विद्रोहीहरु स्वतन्त्रताका लागि लडिरहेका छन्। रूसको प्रमुख गुप्तचर संस्था एफएसबीका प्रमुखले ती आत्मघाती बम हमलाहरूकालागि चेचन्या र इंगुशेतिया क्षेत्रलाई समेट्ने मुसलमानहरुको बाहुल्य रहेको उत्तर ककेसस क्षेत्रका उग्रवादीहरू जिम्मेवार रहेको आरोप लगाए। उग्रवादी आन्दोलनका एकजना स्वघोषित नेताले केही समयदेखि रूसी मूलभूमिमै आक्रमण गर्ने योजना रहेको स्पष्ट चेतावनी दिँदै आएका थिए। गत हप्ता ती नेता डोकु उमारोभले आफ्नो कारवाहीलाई देशभ‌िी फैलाउन लागेको बताउँदै इन्टरनेटमा एउटा भिडियो राखेको थिए।

सीमान्तकृत प्रतिवेदन संवैधानिक समितिमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत, १७, नयाँ संविधानमा अल्पसङ्ख्यक तथा सीमान्तकृत र लोपोन्मुख समुदायलाई राज्यका सबै संरचनामा समानुपातिक प्रतिनिधित्व गराउने सुझावसहितको प्रतिवेदन संवैधानिक समितिलाई बुझाइएको छ। सुझाव प्रतिवेदन अध्ययन समिति संयोजक अग्नी खरेलले आजको संविधासभाको बैठकमा उक्त प्रतिवेदन पेश गरे।
२० गते शुक्रबार बस्ने संविधानसभाले समितिको प्रतिवेदन पास गर्ने छ। यसअघि नै नयाँ संविधानमा सीमान्तीकृत समुदायअन्तर्गत पर्ने अति सीमान्तीकृत र लोपोन्मुख समुदायलाई राज्यका सबै संरचनामासमानुपातिक प्रतिनिधित्वको हकको व्यवस्था गर्न पनि संविधानसभाका प्रमुख दलहरू सहमत भएका थिए।
सार्वजनिक सेवामा आरक्षण र उपस्थितिको हक, शिक्षा स्वास्थ्य र सामाजिक सुरक्षामा विशेष अधिकारको हक र भूमि तथा प्राकृतिक साधन र स्रोत सम्बन्धी हकको पनि व्यवस्था गरेको छ। खरेल संयोजक रहेको १५ सदस्यीय प्रतिवेदन अध्ययन समितिमा प्रमुख दलहरूको सहभागिता रहेको छ।
अल्पसंख्यक तथा सीमान्तीकृत समुदायको हक निर्धारण समितिको प्रतिवेदनमाथि संविधानसभामा भएको छलफलमा उठाइका विषयहरूका आधारमा तयार पारेको प्रतिवेदन अध्ययन समितिको पुरक प्रतिवेदन समितिका सभापति अग्नि खरेलले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई आइतबार हस्तान्तरण गरेका थिए।

फिर्ता हुने भयो ओएचसिएचआर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
३० मार्च, २०१०,सरकारले संयुक्त राष्ट्र संघीय मानव अधिकारसम्वन्धी उच्च आयुक्ताको समायवधी नथप्ने तयारी गरेको छ । युरोपेली युनियन र अमेरिकी राजदूतहरुले आज प्रधानमन्त्री माधवकुमार नेपाललाई भेटी कार्यालयको म्याद एक बर्ष थप्न गरेको आग्रहलाई प्रधानमन्त्रीले अस्वीकार गरिदिएका छन् ।
प्रधानमन्त्रीले आफूहरुले नै बोलाएर ओएचसिएचआर आएको हो र यसले खेलेको भूमिकाप्रति सरकार, नेपाली जनता र आन्दोलनकारीको तर्फबाट धन्यवाद दिँदै समयाबधी थप्न नसकिने बताएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराइले जानकारी दिए ।
यसअघि सरकारले ओएचसिएचआरको एक बर्ष म्याद थपेको थियो । ओएचसीएचआरको नेपालस्थित कार्यालय सन् २००५ मा तत्कालिन उच्च आयुक्त लुईस आर्वरसंगको सहमति अनुसार युद्धकालिन अवस्थामा मानव अधिकार अनुगमनको लागि स्थापना गरिएको थियो । राष्ट्रिय मानव अधिकार समुदायले पटकपटक कार्यालयको युद्ध नभएकाले म्याद थप्न आवश्यक नभएको बताउँदै आएका छन् ।

चितवनका गाविसहरूमा सचिवको पदपूर्ति गर्न सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चितवन,सचिव विहिन चितवनका गाविसहरूमा सचिवको पदपूर्ति गर्न सुरु गरिएको छ । लामो समयदेखि चितवनका १२ गाविसमा सचिव नहुदा सेवाग्राहीहरू मर्कामा परेका थिए ।अहिले १२ गाविसमध्ये आठ गाविसमा सचिवले काम सुरु गरेका छन् ।चितवनको फूलवारी, अयोध्यापुरी, मङ्गलपुरलगायतका विभिन्न आठ गाविसमा स्थानीय मन्त्रालयको रोहवरमा कर्मचारी खटिएपछि त्यहाँका कामकाज प्रभावकारी बन्दै गएको छ ।जिल्ला विकास समिति चितवनले दिएको जानकारी अनुसार बाँकी रहेका चार गाविसमा पनि सचिवको नियुक्ति गर्ने प्रक्रिया अघि बढाइएको छ ।हाल सचिव विहिन रहेको लोथार गाविसमा पिप्ले गाविस सचिवले, गुन्जनगरमा शारदानगरका सचिवले, बगौडामा पटिहानीका सचिवले र चण्डीभन्ज्याङमा दाहखानीका सचिवले काम सम्हाल्दै आएको चितवनका स्थानीय विकास अधिकारी उद्धवप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।बाँकी गाविसमा सचिव नहुदा पनि जनताका काम प्रभावित नहुन भनेर यस अघिदेखि नै एउटै सचिवलाई दुईवटा गाविसको जिम्मेवारी तोकिएको बताउँदै उहाँले ती गाविसमा पनि यथाशक्य चाँडो सचिवको पदपूर्तिको लागि प्रयास जारी रहेको जानकारी दिनुभयो ।

सभासदहरुले पाउने तलब र भत्ता रोक्का गर्न माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दैलेख, चैत १७- दैलेखस्थित राजनीतिक दल, नागरिक समाजका विभिन्न सङ्घ/सङ्गठनका प्रतिनिधिलगायतले निर्धारित समय जेठ १४ मा सविंधान जारी नभए सभासदहरुले पाउने तलब र भत्ता रोक्का गर्न माग गरेका छन्। उनीहरुले जे कामका लागि पठाइएको हो, त्यही काम नहुने भएपछि तलव दिनुको अर्थ नभएको बताए। नेपाल पत्रकार महासङ्घको ५५ औं स्थापना दिवसको अवसरमा यहाँ आयोजना भएको शान्ति, अग्रगमन र समयमै संविधान निर्माणका लागि दबाबमूलक छलफल तथा चियापान कार्यक्रमका सहभागीले यस्तो माग गरेका हुन।नेपालको अन्तरिम संविधान २०६३ मा उल्लेख गरिएको सङ्कटकालको अवस्थामा संविधान निर्माणको म्याद ६ महिना थप्न सकिने बुँदालाई अपरिवर्तनीय बनाउनसमेत उनीहरुले अनुरोध गरेका छन्।जेठ १४ गतेभित्र संविधान निर्माण गरिसक्न दबाबस्वरुप चैत मसान्तभित्र सदरमुकाममा नागरिक सभा आयोजना गर्ने र त्यसको संयोजनको जिम्मेवारी नेपाल पत्रकार महासङ्घ दैलेखलाई दिइएको जानकारी पनि महासङ्घले दिएको छ।

अर्जेन्टिनाका मेसीको प्रदर्शनलाई छायामा पार्ने भविष्यवाणी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ब्राजिलका महान् फुटबलर पेलेले दक्षिण अफ्रीकामा हुने विश्वकप फुटबलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो तथा ब्राजिलका फरवार्ड रोबिन्होले अर्जेन्टिनाका लियोनल मेसीको प्रदर्शनलाई छायामा पार्ने भविष्यवाणी गरेका छन् । तीनपटक विश्वविजेता टोलीको सदस्य रहेका पेले हाल बार्सिलोनाका लागि २२ वर्षीय मेसीले आकर्षक र्फममा खेलिरहे पनि उनले आफ्नो मुलुकका लागि कहिल्यै राम्रो खेल्न नसकेको विगत कोटयाए। 'मैले मेसीलाई नराम्रो खेलाडी भन्न खाजेको हैन, उनी अद्वितीय प्रतिभाशाली खेलाडी हुन्। उनी फुटबलका माहिर खेलाडी हुन्, उनले बार्सिलोनाका लागि अति राम्रो खेलिरहेका छन्, तर उनले अर्जेन्टिनाका लागि खेल्दा त्यस्तो प्रदर्शन गर्न सक्दैनन्,' पेलेले भने ।
'क्रिस्टियानो अति राम्रा खेलाडी हुन् तथा रोबिन्होले आफ्नो र्फममा सुधार गरिरहेका छन् तथा उनीहरू दुवैले विश्वकपमा आकर्षक प्रदर्शन गर्ने ठूलो सम्भावना छ।' रोबिन्होको अति प्रशंसा गरेका पेलेले ब्राजिलकै अर्का खेलाडी काकाको महत्त्व पनि कम नदेखिने बताए। साथै उनले आगामी विश्वकपमा अर्जेन्टिना र इंग्ल्यान्ड हेर्नलायक टोली रहेको पनि बताए । 'सामान्य दर्शकका लागि चित्तबुझ्ने खेल खेल्न रोबिन्हो माहिर छन्, तर काकाको चुस्त शरीरले पनि दर्शकलाई लोभ्याउनेछ,' उनले थपे। 'अहिले अवस्थामा अर्जेन्टिना राम्रो टोली होइन, तर अन्तिम चरणसम्म त्यो टोली कडा बन्नेछ तथा इंग्ल्यान्ड पनि पावरफुल टोली हो ।' साथै उनले अर्जेन्टिनी प्रशिक्षक डियगो म्याराडोनाको प्रशिक्षणमा अनुभव कम भए पनि उनले आफूलाई व्यापक सुधार गरेको बताए । डियगो प्रशिक्षकका रूपमा त्यति अनुभवी छैनन्, तर उनले टोलीलाई बलियो बनाउने सम्भावना देखाइरहेका छन्,' उनले थपे। साथै उनले आफ्नो समयझैँ फुटबल व्यक्तिगत प्रदर्शनमा निर्भर नरहेको तथा संगठित टोलीले नै सफलता पाउन सक्ने धारणा पनि राखे । 'पछिल्ला नतिजाहरू हेर्ने हो भने एउटा खेलाडीको भरमा ठूला प्रतियोगिता जित्न सकिँदैन तथा सम्पूर्ण टोलीको साथ नपाए कुनै खेलाडी चम्कन पनि सक्दैनन्,' पेले भन्छन्। उता ब्राजिलको एसबिटी टिभी नेटवर्कले पेलेलाई आगामी विश्वकपका लागि आफ्नो कमेन्टेटर बनाएको छ । एसबिटीका प्रवक्ता रोडि्रगो रेन्होले ब्राजिलका लागि कीर्तिमानी अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीसँगको सम्झौताको पूर्ण विवरण आगामी साता सार्वजनिक गरिने बताए। उनले केहीअघि आफ्नो टिभीले विश्वकपको प्रसारण नगर्ने बताए पनि अब कसरी प्रसारण गर्ने भन्ने छलफल गरिने पनि बताए। पेलेले १९९४ मा अमेरिकामा सम्पन्न विश्वकपका बेला ग्लोबो टिभीका लागि कमेन्टेटरको भूमिका निभाएका थिए ।

परीक्षाकेन्द्रमा झडप दर्जनौं घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
३०मार्च, २०१०,एसएलसीको परीक्षाकेन्द्रमा खटिएका सुरक्षाकर्मी र परीक्षार्थीहरुलाई परीक्षार्थीका सहयोगी समूहबीच आज बारामा भएको झड्पमा दर्जनौं घाइते भएका छन् । प्राप्त समाचार अनुसार बाराको कलैयास्थित पन्नादेवी कन्या मावि परीक्षाकेन्द्रमा प्रहरी र आक्रोशित समूहबीच झडप भएको हो ।
परीक्षाकेन्द्रको चौरमा बसिरहेका बालबालिका र अन्यलाई प्रहरीले कुटपिट गरेको भन्दै आक्रोशित समूह प्रहरीमाथि जाइलागेपछि झडप भएको हो । झडपका क्रममा प्रहरीले लाठीचार्ज गरेको थियो । लाठीचार्जबाट दर्जनौं घाइते भएका थिए ।

Mar 29, 2010

बेलायतले निर्वाचनका लागि १० लाख पाउन्ड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बेलायती विदेश विकास विभाग (डीएफआईडी) ले नेपालमा नयाँ संविधान जारीपछि हुने आमनिर्वाचनका लागि युकेएडअर्न्तर्गत करिब १० करोड ७० लाख नेपाली रुपियाँ सहयोगको प्रतिबद्धता जनाएको छ। निर्वाचन आयोगलाई मतदाता दर्ता उपकरणको व्यवस्था गर्न उपलब्ध गराइने उक्त सहयोग रकमले १ हजार दर्ता उपकरणहरु व्यवस्था गर्न सहयोग पुर्याउने जनाइएको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त नीलकण्ठ उप्रेतीले समयको आवश्यकता बुझेर ऐतिहासिक रुपमा महत्त्वपूर्ण विद्युतीय मतदाता दर्ता अभिलेख तयार गर्न नेपाललाई सहयोग गरेकोमा डीएफआईडी र बेलायत सरकारप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।

माओवादीको सरकार ढल्ने निश्चित भएको ठहर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत १७- एकीकृत माओवादी वर्तमान सरकार केही दिनमा ढल्ने निश्चित भएको ठहर गर्दै भावी सरकारको नेतृत्वबारे विकल्प खुला राख्ने निष्कर्षमा पुगेको छ। स्थायी समिति बैठकमा सोमबार शान्ति प्रक्रियाको बाधक सरकार भएकाले यसलाई हटाउने प्रक्रियाबारे अन्य दलसँग छलफल भइरहेको अध्यक्ष पुष्पकमल दाहालले जानकारी गराए। गिरिजाप्रसाद कोइरालाको निधनपछि राजनीतिक रिक्ततामा दक्षिणपन्थीहरूको चलखेल देखिएको उल्लेख गर्दै माओवादीले संविधान निर्माण र शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन सहमतिमा जाने निर्णय गरेको छ।
माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले ठूलो दलको नाताले सरकारको नेतृत्व गर्नुपर्छ भने पनि नेतृत्व नगर्दैमा शान्ति प्रक्रिया र संविधान निर्माणमा नजाने नभनेको बताए। 'ठूलो दलको नाताले सरकारको नेतृत्व गर्नुपर्छ भन्नु स्वाभाविक हो तर विकल्प खुला राख्नुपर्छ भन्ने पार्टीको निष्कर्ष छ,' एक केन्द्रीय सदस्यले भने, 'माओवादी नेतृत्वको सरकारले मात्रै शान्ति प्रक्रियाको टुंगो र संविधान निर्माण हुन्छ भन्दा नेतृत्व नभए विरोधी जस्तो देखिने भएकाले यस्तो निष्कर्षमा पुगिएको हो।'
यसैबीच सञ्चारमन्त्री शंकर पोखरेलले सोमबारै दिउँसो दाङमा सरकारको नेतृत्व फेरिनसक्ने बताएका छन्। एमालेले 'सहमतिका लागि सबै विकल्प खुल्ला राखेको' औंल्याउँदै उनले सरकारको नेतृत्व परिवर्तन हुनसक्ने बताएका हुन्।

सहमति खोज्न तीन दलको बैठक आज

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
३० मार्च,२०१०,मुलुकमा विद्यमान राजनीतिक गतिरोध अन्त्य गर्ने उद्देश्यका लागि प्रमुख तीन राजनीतिक दल एकीकृत माओवादी, नेपाली काँग्रेस र एमालेको संयुक्त बैठक आज बस्दैछ । आज दिउँसो बस्ने बैठकमा विद्यमान राजनीतिक गतिरोधको निकासका लागि विवादित बिषयहरुको प्याकेजमा समाधान खोज्ने बिषयमा छलफल हुने बताइएको छ । बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्रको नेतृत्व, सेना समायोजन, संविधान निर्माण लगायतका बिषयमा पनि सहमति जुटाउने प्रयास गरिने नेताहरुले बताएका छन् । माओवादीले सहमतिका आधारमा नयाँ सरकार गठनको माग गर्दै आएको छ भने काँग्रेस र एमालेले नयाँ सरकारका लागि माओवादीसँग विभिन्न शर्त अगाडि सारेका छन् ।

नेपाल प्रहरीका लागि पाँचवटा बंकर किन्न सरकारलाई निर्देशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२९ मार्च, २०१०काठमाडौं –सुडानको डार्फरमा खटिएको नेपाली मिसनका लागि राज्यव्यवस्था समिति अन्तर्गतको उपसमितिले सरकारलाई पाँच ओटा बंकर किन्न निर्देशन दिएको छ । उपसमितिको आज बसेको बैठकले तत्कालको आवश्यकतालाई ध्यानमा राखेर पाँच ओटा बंकर मार्फत काम चलाउदै गर्न यस्तो निर्देशन दिएको हो । समितिले डार्फरमा खटिएको मिसनका लागि किनिएको आठ ओटै बंकर काम नचल्ने भएकाले नेपालीहरुले प्रहरीहरुले अपमानित हुनु परेको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको छ । तत्कालको आवश्यकता र संवेदनशिलतालाई ख्याल गरेर मिसनलाई बंकर उपलव्ध गराउनु पर्ने ठहर गरेको उपसमितिका सदस्य जगदिश्वरनरिसंह केसीले जानकारी दिनु भयो ।

लिम्बूवानको अनिश्चितकालीन हड्ताल फिर्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत १६,गत वर्षको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका क्रममा झापाको धुलाबारीमा मारिएका मनिल तामाङलाई शहिद घोषणा गर्नुपर्ने माग राख्दै लिम्बुवान क्षेत्रमा हुन लागेको अनिश्चितकालीन हड्ताल आयोजकले फिर्ता लिएको छ। सरकारले तामाङलाई सहिद घोषणा गर्ने र परिवारलाई क्षतिपूर्तिस्वरुप दस लाख रुपैयाँ दिने प्रक्रिया थाल्ने सहमति गरेपछि आमहड्ताल स्थगित गरिएको हो। गृहमन्त्री भीम रावल र संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिंगदेन बीच आज सिंहदरबार काठमाडौंमा भएको वार्तामा सो सहमति हो।गृहमन्त्री रावलले बुधबार हुने मन्त्रिपरिषद्को बैठकमा युनियनको मागलाई सम्बोधन गर्न निर्णयार्थ पेश गर्ने परिषद्का अध्यक्ष लिंगदेनलाई विश्वास दिलाएपछि युनियनले आन्दोलन स्थगित गरेको जनाएको छ। संघीय विद्यार्थी युनियन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बूवान राज्य परिषदको भ्रातृ संगठन हो।

सरकार परिवर्तनका बारेमा छलफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादी र मधेसी जनाधिकार फोरमबीच सरकार परिवर्तन गर्ने विषयमा आज छलफल भएको छ। एकीकृत नेकपा माओवादीको संविधानसभा दलको कार्यालयमा भएको छलफलमा वर्तमान सरकार असफल भएको निष्कर्ष निकालिएको फोरम सह-अध्यक्ष जयप्रकाश गुप्ताले जानकारी दिनुभयो।वर्तमान सरकारले नयाँ संविधान निर्माण र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन नसक्ने निष्कर्ष निकाल्दै राष्ट्रिय सहमतिको सरकार बनाउन पहल गर्ने निर्णयसमेत भएको गुप्ताले बताउनुभयो।संविधान निर्माणमा देखिएको विवादको अन्त्यका लागि उपयुक्त वातावरण निर्माण गर्न माओवादी लचिलो बन्नुपर्ने उहाँले बताउनुभयो।

संविधानसभाको म्याद थप गर्ने तयारीमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नयाँ संविधान जारी गर्ने समय छोटिँदै गर्दा संविधानसभामा रहेका दलहरू संविधानसभाको म्याद थप गर्ने तयारीमा लागेका छन्। निर्धारित समयमा संविधान निर्माण नहुने आशंका बढेको भए पनि संविधानसभाको म्याद थप गर्ने विषयमा मुख खोलेर कसैले भन्न नसकिरहेको अवस्थामा संविधानसभामा केही दलले ६ महिना वा एक वर्षम्याद थप गर्नुपर्न प्रस्ताव राखेका छन्। म्याद थप गर्नुपर्ने विषयमा साना या ठूला दल आन्तरिक रूपमा गृहकार्यमा लागेको भए पनि ठूला दलले जनताबाट आउने आलोचनाको डरले म्याद थप्ने कुरा खुलेर भन्न सकेका छैनन्। तर, नेताहरूले आगामी जेठ १४ गते संविधान जारी नभए आकाश नै खस्नेवाला छैन भन्नेजस्ता प्रतिक्रिया भने दिन थालेका छन्। संविधान जारी हुने समय दुई महिना मात्र बाँकी रहेको तर संविधानसभामा महत्त्वपूर्ण विषयहरूमा सहमति हुन नसकिरहेको कुरालाई ध्यानमा राखी प्रधानमन्त्री माधवकुमार नेपालले समेत संविधासभामा रहेका दलहरूसँग औपचारिक अनौपचारिक परामर्शलाई तीव्र पार्नुभएको छ।

चिट चोराउने समूह र प्रहरीबीच भिडन्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२९ मार्च, २०१०,धनकुटा जिल्लाको पाख्रिवासमा रहेको जाल्पादेवी उच्च माध्यमिक बिद्यालय केन्द्रमा आज बिहान भएको एसएलसी परीक्षामा चीट चोराउने समूहले परीक्षा भवनमा ढुंगामुडा गरेका छन् ।प्राप्त समाचार अनुसार चिट चोराउने समूहले परीक्षाभवनमा ढुंगा प्रहार गरेपछि प्रहरीले लाठीचार्ज गर्दै स्थिति नियन्त्रणमा लिएको थियो । चिट चोराउने समूहले चिट चोराउँदै गरेको फोटो खिच्न पुगेका सञ्चारकर्मीहरुलाई समेत जथाभावी गालीगलौज गर्दै ढुंगा प्रहार गरेका थिए । सयौंको संख्यामा रहेका चिट चोराउने समूहले ढुंगामुडा गरेपछि प्रहरीले लाठीचार्ज गरेको थियो । लाठीचार्जबाट केही घाइते भएका छन् । परीक्षा भवन जस्तापास्ताले छाएको हुँदा ढुंगाको आवाजले परीक्षार्थीहरुलाई लेख्न समेत समस्या परेको थियो ।

मलेसियामा ५ सय नेपाली कामदारलाई पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मलेसियाले गैरकानुनी रुपमा बसेका ५ सय नेपाली कामदारलाई पक्राउ गरेको छ । अवैध कामदारले राजस्व गुमेको र कामदार अनियन्त्रित भएको जनाउँदै मलेसियाले हालै धरपकड थालेको हो ।नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव कुमुद खनालले अवैध कामदार धरपकड तीव्र पारेको जानकारी दिए । उनले भने, ‘अहिलेसम्म करिब ५ सय नेपाली पक्राउ परिसकेका छन् ।’ अध्यागमन विभाग, प्रहरी, रेला र क्वालालम्पुर सिटी हल (डिबिकेएल) ले उद्योगहरुमा पुगेर कामदार पक्राउ गरेका हुन् ।
मलेसियामा करिब २ लाख विदेशी कामदार अवैध रुपमा कार्यरत छन् । विदेशी कामदारमा बढी इन्डोनेसिया र बंगलादेशका छन् । व्यवसायीका अनुसार मलेसियामा ५० हजार नेपाली कामदार अवैध रुपमा कार्यत छन् ।
अवैध रुपमा बसिरहेका विदेशी कामदारले लेभी पनि तिर्दैनन् । उनका अनुसार सुरक्षागार्ड अलि बढी सुरक्षित छन् भने अन्य क्षेत्र बढी प्रभावित छन् । यसले मलेसियाको राजस्वमा ठूलो असर गरिरहेको छ । संस्थागत रुपमा मलेसिया गएका कामदारको लेभी अहिले रोजगारदाता कम्पनीले तिर्न गरेको छ ।
मलेसियाले फेब्रुअरी २४ बाट स्विप अपरेसन अन्तर्गत धरपकड सुरु गरेको हो । मलेसियाको अनलाइन समाचार एजेन्सी बर्नामाका अनुसार यो कार्यक्रमअन्तर्गत एक साताभित्रै १ सय ४४ जना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा नेपाल, म्यानमार र बंगलादेशका नागरिक रहेको बर्नामाले जनाएको छ ।
मलेसियाको चोकिट र पेटालिङ क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको हो । ‘२० देखि ५० वर्षका यी नागरिकसँग मिति नाघिसकेको कागजपत्र भेटिएको छ,’ अनलाइनमा भनिएको छ । पक्राउ परेमध्ये १९ जना महिला छन् ।

लेखा समितिले प्रधानमन्त्रीसँग स्पष्टीकरण लिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१५ चैत,भारतलाई मेसिन रिडेबल पासपोर्ट (एमआरपी) छाप्न दिने सम्झौता भएपछि त्यसबारे संसदीय सार्वजनिक लेखा समितिले प्रधानमन्त्री माधवकुमार नेपालसँग स्पष्टीकरण लिने भएको छ । विभिन्न देशसँग परामर्श गरी प्रतिस्पर्धाका आधारमा मेसिन रिडेबल पासपोर्ट छपाउन समितिले दिएको निर्देशन सरकारले उल्लंघन गरेको थियो ।
समितिको आइतबार बसेको बैठकले प्रधानमन्त्री नेपाललाई स्पष्टीकरण दिन २३ चैतमा बोलाउने निर्णय गरेको हो । 'दुईपटक समितिले दिएको निर्देशन सरकारले उल्लंघन गर्‍यो, यो कानुनविपरीत छ,' बैठकमा निर्णय सुनाउँदै सभापति रामकृष्ण यादवले भने । सरकारले लिएको निर्णयबारे प्रधानमन्त्रीले प्रस्ट पार्नुपर्ने उल्लेख गर्दै उनले भने, 'प्रधानमन्त्री व्यक्ति मात्रै होइन, संस्था पनि हो, पहिलोपटक अस्वीकृत गरेर पठाएको परराष्ट्रमन्त्रीको प्रस्ताव कसको दबाबमा दोस्रोपटकमा स्वीकार गरियो ?' उनले 'मिनिपार्लियामेन्ट' का रूपमा रहेको समितिको निर्णय बेवास्ता गर्नु औचित्यपूर्ण नरहेको पनि बताए ।
समितिले गत ६ र १३ फागुनका बैठकमा विगतमा खारेज भएको टेन्डरलाई नै निरन्तरता दिन र प्रतिस्पर्धाका आधारमा एमआरपी छपाइ गर्न सरकारलाई निर्देशन दिएको थियो । टेन्डर रद्ध गर्नुको कारण प्रस्ट पार्न पनि समितिले निर्देशन दिएको थियो । तर दस दिनअघि सरकारले द्विपक्षीय सहमतिका आधारमा एमआरपी छाप्न भारतलाई नै दिने निर्णय गर्‍यो । सरकारको निर्णयबमोजिम परराष्ट्र मन्त्रालयका सचिव डा. मदनकुमार भट्टराई र भारतीय राजदूत राकेश सुदबीच गत मंगलबार एमआरपीको छपाइसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
आइतबारको बैठकमा समितिका सदस्यहरूले दुईपटक दिएको निर्देशन सरकारले उल्लंघन गरेकोमा रोष प्रकट गर्दै त्यसले संसद्को गरिमालाई नै ठेस पुर्‍याएको बताए । 'संसद्भन्दा माथि सरकार हुन सक्छ ? नेपाली कांग्रेसका सभासद् दीपकुमार उपाध्यायले भने, 'यो परराष्ट्र मन्त्रालयले सिर्जना गरेको समस्या हो, मन्त्रालयकै ढिलाइका कारण नेपाली जनतालाई अन्तिम समयमा आएर धोका दिन मिल्दैन, सरकारको मनशाय के हो ? प्रधानमन्त्रीले जवाफ दिनुपर्छ ।'
चुरेभावर एकता पार्टीका सभासद् केशव मैनाली, माओवादीका नारायणप्रसाद दाहाल, राष्ट्रिय जनशक्ति पार्टीका डा. प्रकाशचन्द्र लोहनी, मधेसी जनाधिकार फोरमका राजनलाल यादव र एमालेका रवीन्द्र अधिकारीले समितिले गरेका निर्णय सरकारले नमाने यसको औचित्य के भन्ने प्रश्न गरे । उनीहरूले निरीह भएर बस्नुभन्दा समिति विघटन गरिदिए हुने टिप्पणीसमेत गरे । 'हामी भारत र चीन दुवै छिमेकीलाई पासपोर्ट छाप्न दिनुहुन्न भन्ने पक्षमा हौँ,' माओवादी सभासद् दाहालले भने, 'राष्ट्रिय सुरक्षाको कुनै ख्यालै नगरी किन भारतलाई दिने निर्णय भयो ? अन्य देशका सस्ता प्रस्ताव किन हेरिएनन् ?' छिमेकी मुलुकलाई दिँदा सुरक्षाको पाटो कमजोर हुने विश्वव्यापी मान्यतालाई कुल्चेर सरकारले त्यस्तो निर्णय लिएकोमा सभासद्हरूको चिन्ता व्यक्त गरे ।
समितिका एक सदस्य सद्भावना पार्टीका सभासद् अनिलकुमार झाले भने बैठकमा प्रधानमन्त्रीलाई बोलाउन आवश्यक नरहेको तर्क गरेका थिए ।

माओवादी चक्काजामले सर्वसाधारणलाई सास्ती

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२९ मार्च, २०१०,एकीकृत माओवादी निकट अखिल नेपाल ट्रेड यूनियन महासंघले आज मध्यान्ह १२ बजेदेखि राजधानी लगायतका देशभरका यातायात बन्द आह्वान गरेका छन् । मध्यान्ह १२ बजेपछि माओवादी कार्यकर्ताहरु चोक चोकमा भेला भई यातायात बन्द गराईरहेका छन् । चक्काजामका कारण राजधानीका सडकमा सवारी साधन गुडेका छैनन् भने यात्रुहरु पैदल हिंड्न बाध्य भएका छन् । चर्को घाममा पैदल हिंड्नुपर्दा सर्वसाधारणले सास्ती बेहोर्नु परेको छ । उद्योग, कलकारखाना बन्द आह्वान कारण मुख्य औद्योगिक क्षेत्र सुनसरी करिडोरका पाँच सयभन्दा बढी उद्योग कलकारखाना बन्द रहेको प्राप्त समाचारमा जनाइएको छ । महासंघका केन्द्रीय सदस्य तथा माओवादीका मिथिला राज्य समिति संयोजक रामअयोधी यादवको तीन दिन अगाडि हत्या भएको थियो । महासंघले यादवको हत्यामा सरकारको हात रहेको आरोप लगाउँदै आएको छ ।

Mar 28, 2010

शिक्षण अस्पताल स्थानीय बासिन्दाहरुले आज ताला लगाए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत १५,त्रिवि शिक्षण अस्पताल लामो समयदेखि आन्तरिक विवादका कारण बन्द भएको विरोधमा स्थानीय बासिन्दाहरुले आज ताला लगाइदिएका छन्। अस्पतालभित्र विवाद समाधानका लागि चिकित्सकहरु वार्तामा बसिरहेको बेला अस्पताल खोल्ने निश्कर्ष ननिस्केसम्म कसैलाई बाहिर निस्कन नदिने भन्दै उनीहरुले ताला लगाइदिएका हुन्। अस्पताल बन्द भएको विरोधमा स्थानीयले बिहानैदेखि प्रदर्शन गरिरहेका छन्। उनीहरुले शिक्षण अस्पताललाई राजनीति गर्ने थलो नबनाउन नाराबाजी गरिरहेका छन्।

किराँत जनजादी वर्कस पार्टीले गर्यो पाँचथर बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२८ मार्च,२०१०पाँचथर,पक्राउ चार कार्यकर्ता रिहाइको माग गर्दे किराँत जनजादी वर्कस पार्टीले आज पाँचथर बन्दको आयोजना गरेको छ । बन्दको क्रममा जिल्लाको बजारहरु र यातायात बन्द रहेका छन् । बन्दमा बजारहरु पूर्णरुपले बन्द रहे पनि प्रहरीले स्कटिङ गरी मेची राजमार्गमा सवारी सञ्चालन गरेको छ । वर्कसका लिम्बुवान राज्य समितिले पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाइ नभएसम्म अनिश्चितकालीन बन्द आव्हान गरिएको बताए ।शसस्त्र प्रहरीले वर्कर्सका जिल्ला अध्यक्ष इन्द्रदेव राईसहित चार कार्यकर्तालाई मेची राजमार्गबाट पाँच दिनअघि पक्राउ गरेको थियो ।

Mar 27, 2010

संयुक्त लिम्बुवान मोर्चा, हङकङको प्रेस-विज्ञप्ति

मितिः २०६६ फागुन १० गते(२२ फेब्रुवरी २०१० )
लिम्बुवान गौतम बुद्ध जन्मनुभन्दा धेरै सय वर्षपहिले स्थापना भएको प्राचीन भू-राज्य हो । हाल आधुनिक नेपाल अर्न्तर्गत मेची नदी पश्चिम, अरुण-सप्तकोशी नदी पूर्व, तिब्बत दक्षिण र भारत उत्तर यति चार किल्लाभित्रका सम्पूर्ण नौं जिल्लाहरु झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, ताप्लेजङ, पाँचथर र इलाम अभिन्न लिम्बुवान भूमि हो । यो लिम्बुवान आदिवासी लिम्बूहरुको आदिम भूमि हो, आदिम राज्य हो । लिम्बुवान प्राचीन स्थापना कालदेखि वर्तमानकालसम्म प्रमाणित गर्ने प्रशस्त ऐतिहासिक प्रमाणहरु भएको ऐतिहासिक प्रमाणित राज्य हो साथै राज्य बन्नका लागि चाहिने पर्याप्त भौगोलिक क्षेत्र तथा निरन्तरता पनि भएको राज्य हो । लिम्बुवान संविधान सभाको राज्य पुनःसंरचना तथा राज्यशक्तिको बाँडफाँड समितिले निर्धारण गरेको पहिचान र सामर्थ्य दुवै भएको राज्य हो । यी माथिका सबै कुराहरु लिम्बुवानसंग भएको थाहा हुँदाहुँदै पनि उपरोक्त समितिले मुलुकलाई १४ प्रदेशमा विभाजन गर्दा लिम्बुवानको धनकुटा र संखुवासभा जिल्लाको पश्चिमको केही भाग तथा लिम्बुवानको अभिन्न भूमि झापा, मोरङ र सुनसरीलाई छुट्याई लिम्बुवानलाई विखण्डन गरिएकोले संयुक्त लिम्बुवान मोर्चा, हङकङ घोर आपत्ति गर्दछ । हामी नेपालको राष्ट्रिय अखण्डता तथा नेपाल अन्तर्गत लिम्बुवानको क्षेत्रीय अखण्डता दुवैप्रति पूर्ण प्रतिबद्ध छौं । तसर्थ संविधान सभाको राज्य पुनःसंरचना तथा राज्यशक्तिको बाँडफाँड समितिले तयार पारेको १४ प्रदेशको संघीय राज्यको खाकामा लिम्बुवान राज्यको नक्सा तत्काल सच्याई अरुण-सप्तकोशी नदी पूर्वको साबिक लिम्बुवानलाई जस्ताको तस्तै राख्न संयुक्त लिम्बुवान मोर्चा, हङकङ जोडदार माग गर्दछ ।
मोर्चामा आबद्ध राजनीतिक दल तथा संगठनहरुः
१) लिम्बुवान मुक्ति मोर्चा शाखा, हङकङ- अध्यक्ष, प्रकाश यक्सो
२) लिम्बुवान राष्ट्रिय मोर्चा शाखा, हङकङ- अध्यक्ष, दिल बहादुर पालुङवा
३) लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा शाखा, हङकङ- सचिव, एम. बी. थोप्रा
४) नेपाल लोकतान्त्रिक किरात लिम्बू संघ शाखा, हङकङ- अध्यक्ष, ओमराज सम्बाहाङफे
५) संघीय लिम्बुवान राज्य परिषद शाखा, हङकङ- नबराज काम्बाङ्ग
६) नेपाल स्वायत्त लिम्बुवान संघ शाखा, हङकङ- प्रतिनिधि, मुकुम शेर्मा
सहयोगी/समन्वयकर्ताः
किरात याक्थुङ चुम्लुङ, हङकङ- अध्यक्ष, निर प्रसाद लिम्बू

लिम्बुवान साबिक कायम गर्न संयुक्त लिम्बुवान मोर्चा, हङकङको माग

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ/नवराज काम्बाङ र डीबी आङ्बुङ
फेबु्अरि २२, २०१०,संयुक्त लिम्बुवान मोर्चा, नेपालको विदेशस्थित् शाखा सङ्गठन संयुक्त लिम्बुवान मोर्चा, हङकङले अरुण-सप्तकोशी नदी पूर्वको साबिक नौ जिल्ला लिम्बुवानलाई जस्ताकोतस्तै राख्न जोडदार माग गरेको छ । मोर्चा हङकङले फेब्रुअरि २२ मा एक प्रेस-विज्ञप्ति प्रकाशित गरी सो माग राखेको हो ।
मोर्चाद्वारा प्रेसित विज्ञप्तिमा थप भनिएको छ- "लिम्बुवान गौतम बुद्ध जन्मनुभन्दा धेरै सयवर्ष पहिले स्थापना भएको प्राचीन भूराज्य हो । हाल आधुनिक नेपालअन्तर्गत मेचीनदी पश्चिम, अरुण-सप्तकोशी नदीपूर्व, तिब्बत दक्षिण र भारत उत्तर यति चार किल्लाभित्रका सम्पूर्ण नौं जिल्लाहरु झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, सङ्खुवासभा, ताप्लिजोङ, पान्थर र इलाम अभिन्न लिम्बुवान भूमि हो । यो लिम्बुवान आदिवासी लिम्बूहरुको आदिम भूमि हो, आदिम राज्य हो । लिम्बुवानलाई प्राचीन स्थापना कालदेखि वर्तमानकालसम्म प्रमाणित गर्ने प्रशस्त ऐतिहासिक प्रमाणहरु छन् । साथै, राज्य बन्नका लागि चाहिने सम्पूर्ण आधारभुत आवश्यकता तथा भौगोलिक पर्याप्तता र निरन्तरता पनि छ । संविधान सभाको राज्य पुनःसंरचना तथा राज्यशक्तिको बाँडफाँड समितिले निर्धारण गरेको पहिचान र सामर्थ्य दुवै लिम्बुवानसँग छ । यी माथिका सबै कुराहरु लिम्बुवानसंग भएको थाहा हुँदाहुँदै पनि उपरोक्त समितिले मुलुकलाई १४ प्रदेशमा विभाजन गर्दा लिम्बुवानको उत्तर-पश्चिमको सङ्खुवासभा र धनकुटाको केही भाग तथा लिम्बुवानको अभिन्न भूमि झापा, मोरङ, सुनसरीलाई छुट्याई लिम्बुवानलाई विखण्डन गरिएकोले संयुक्त लिम्बुवान मोर्चा, हङकङ घोर आपत्ति व्यक्त गर्दछ । हामी नेपालको राष्ट्रिय अखण्डता तथा नेपाल लिम्बुवानको क्षेत्रीय अखण्डता दुवैप्रति पूर्ण प्रतिवद्ध छौं । तसर्थ, संविधान सभाको राज्य पुनः संरचना तथा राज्यशक्तिको बाँडफुड समितिले तयार पारेको १४ प्रदेशको संघीय राज्यको खाकामा लिम्बुवान राज्यको नक्शा तत्काल सच्याई अरुण-सप्तकोशी नदीपूर्वको साबिक लिम्बुवानलाई जस्ताको तस्तै राख्न संयुक्त लिम्बुवान मोर्चा, हङकङ जोडदार माग गर्दछ ।"
मोर्चामा संम्वद्ध राजनीतिक दल, संगठनहरु र नेतृत्वहरु लिम्बुवान मुक्ति मोर्चा, हङकङ शाखा-अध्यक्ष प्रकाश यक्सो; लिम्बुवान राष्ट्रिय मोर्चा, हङकङ शाखा-अध्यक्ष दिल पालुङवा; लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा हङकङ, शाखा-सचिव एम. वी. थोप्रा; मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य यरिषद, हङकङ शाखा-अध्यक्ष नवराज काम्बाङ; नेपाल लोकतान्त्रिक किरात लिम्बू संघ, हङकङ शाखा-अध्यक्ष ओमराज सम्बाहाम्फे र सहयोगी/समन्वयकर्ताः किरात याक्थुङ चुम्लुङ, हङकङ-अध्यक्ष निरप्रसाद लिम्बू रहेका छन् ।

सार्वजनिक यातायातको भाडादर वृद्धि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत १५- सरकारले सार्वजनिक यातायातको भाडादर शनिबारदेखि लागू हुने गरी वृद्धि गरेको छ। डिजेलबाट चल्ने सवारीसाधनमा ९ दशमलब ९ र पेट्रोलबाट चल्ने सवारीसाधनमा ५ प्रतिशत भाडा बढेको छ। अब यात्रुले छोटो दूरीको बसमा न्यूनतम ११ रुपैयाँ भाडा तिर्नुपर्छ। यसअघि १० रुपैयाँ थियो। काठमाडौं उपत्यकाका यात्रुले न्यूनतम ११ देखि अधिकतम १९ रुपैयाँसम्म भाडा तिर्नुपर्छ। ट्याक्सीमा प्रतिकिलोमिटर २३ रुपैयाँ तिनुपर्छ।सरकारले २०६५ फागुन २० मा वैज्ञानिक भाडादर निर्धारण गरेको थियो जसअनुसार भाडामा इन्धनको हिस्सा ३५ प्रतिशत र लुब्रिकेन्ट्स, मोटर पार्टस्, कामदारको तलब, च्यासिस मूल्यलगायतको हिस्सा ६५ प्रतिशत राखिएको थियो। यातायात व्यवस्था विभागमा शुक्रबार भएको छलफलमा भाडा बढाउने निर्णय भएको हो। पेट्रोलियम पदार्थको मूल्यवृद्धिलगत्तै व्यवसायीले भाडा बढाउन दबाब दिएका थिए। तर सरकारले सामान्य मूल्यवृद्धिमा भाडा बढाउन नपर्ने भन्दै बेवास्ता गरेको थियो। 'तीनपटक गरेर डिजेलको मूल्य ६ रुपैयाँ बढ्यो,' यातायात व्यवस्था विभागका महानिर्देशक शरदचन्द्र पौडेलले नागरिकसँग भने, 'वैज्ञानिक भाडादर अनुसार भाडा निर्धारण गरिएको हो।'विभागका अनुसार डिजेलको मूल्यमा १० दशमलब ९० प्रतिशतले वृद्धि भइसकेको छ। 'यस अवधिमा तेस्रो पक्ष बिमा, मर्मत सम्भार र ब्याट्रीको मूल्यमा वृद्धि भइसकेको छ,' विभागको विज्ञप्तिमा छ, 'यो अवस्थामा भाडा समायोजन गर्नुपर्ने अवस्था आइसकेको छ।'काठमाडौं उपत्यकामा नयाँ भाडादर अनुसार ४ किलोमिटरसम्म ११, ५ सम्म १२, ६ सम्म १३ हुँदै अधिकतम भाडा १९ रुपैयाँ निर्धारण गरिएको छ। यो भाडादर चक्रपथ परिक्रमा, चक्रपथभित्रका सडक र चक्रपथ बाहिरको चार किलोमिटरसम्म लागू हुने विभागले जनाएको छ। विभागका अनुसार चक्रपथ बाहिर ४ किलोमिटरभन्दा बढी दूरीमा प्रतिकिलोमिटर १ रुपैयाँ ४३ पैसाका दरले भाडा थप हुनेछ।तराईका लामो दूरीमा प्रतिकिलोमिटर १ रुपैयाँ ३० पैसा भाडा निर्धारण भएको छ। काठमाडौंदेखि पोखराको भाडा प्रतिकिलोमिटर १ रुपैयाँ ४६ पैसा तोकिएको छ। अब यो दूरीमा यात्रुले २ सय ९२ रुपैयाँ भाडा तिर्नुपर्नेछ। पोखरा-नारायणघाट खण्डमा समेत यही भाडादर छ। पहाडी क्षेत्रका पक्की र ग्राभेल बाटोमा संचालन हुने बस, मिनिबसको प्रति किलोमिटर १ रुपैयाँ ७६ पैसा भाडा कायम गरिएको छ। डिलक्स बस र डिलक्स मिनिबसले निर्धारित भाडादरभन्दा २० प्रतिशत थप गर्न पाउने व्यवस्था छ। त्रिभुवन विमानस्थलमा चल्ने पर्यटक ट्याक्सीमा ५ किलोमिटरसम्म ३ सय १५ रुपैयाँ भाडा निर्धारण गरिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कोषाध्यक्ष सरोज सिटौलाले भने, 'तेलको भाउ तीन पटक बढ्यो, अन्य वस्तुको भाउ समेत बढिसकेकोले भाडा नबढाउँदा व्यवसायी मारमा थिए।'उपभोक्तावादी संगठनले भने व्यवसायीको अनुचित लाभमा भाडा बढाएको आरोप लगाएका छन्। 'अहिले भाडा बढाउनुपर्ने अवस्था थिएन,' उपभोक्ताहित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँले भने, 'सरकारले उपभोक्तामाथि ठूलो अपराध गरेको छ।' उनका अनुसार ७० रुपैयाँसम्म डिजेलको भाउ हुँदा मूल्य बढाउन पर्दैन। नेपाल आयल निगमले पछिल्लो समयमा तीन पटक डिजेलको मूल्यवृद्धि गरेर प्रतिलिटर ६१ रुपैयाँ पुयाएको थियो।

चैत १५- सरकारले सार्वजनिक यातायातको भाडादर शनिबारदेखि लागू हुने गरी वृद्धि गरेको छ।
डिजेलबाट चल्ने सवारीसाधनमा ९ दशमलब ९ र पेट्रोलबाट चल्ने सवारीसाधनमा ५ प्रतिशत भाडा बढेको छ। अब यात्रुले छोटो दूरीको बसमा न्यूनतम ११ रुपैयाँ भाडा तिर्नुपर्छ। यसअघि १० रुपैयाँ थियो। काठमाडौं उपत्यकाका यात्रुले न्यूनतम ११ देखि अधिकतम १९ रुपैयाँसम्म भाडा तिर्नुपर्छ। ट्याक्सीमा प्रतिकिलोमिटर २३ रुपैयाँ तिनुपर्छ।सरकारले २०६५ फागुन २० मा वैज्ञानिक भाडादर निर्धारण गरेको थियो जसअनुसार भाडामा इन्धनको हिस्सा ३५ प्रतिशत र लुब्रिकेन्ट्स, मोटर पार्टस्, कामदारको तलब, च्यासिस मूल्यलगायतको हिस्सा ६५ प्रतिशत राखिएको थियो। यातायात व्यवस्था विभागमा शुक्रबार भएको छलफलमा भाडा बढाउने निर्णय भएको हो। पेट्रोलियम पदार्थको मूल्यवृद्धिलगत्तै व्यवसायीले भाडा बढाउन दबाब दिएका थिए। तर सरकारले सामान्य मूल्यवृद्धिमा भाडा बढाउन नपर्ने भन्दै बेवास्ता गरेको थियो।
'तीनपटक गरेर डिजेलको मूल्य ६ रुपैयाँ बढ्यो,' यातायात व्यवस्था विभागका महानिर्देशक शरदचन्द्र पौडेलले नागरिकसँग भने, 'वैज्ञानिक भाडादर अनुसार भाडा निर्धारण गरिएको हो।'
विभागका अनुसार डिजेलको मूल्यमा १० दशमलब ९० प्रतिशतले वृद्धि भइसकेको छ। 'यस अवधिमा तेस्रो पक्ष बिमा, मर्मत सम्भार र ब्याट्रीको मूल्यमा वृद्धि भइसकेको छ,' विभागको विज्ञप्तिमा छ, 'यो अवस्थामा भाडा समायोजन गर्नुपर्ने अवस्था आइसकेको छ।'
काठमाडौं उपत्यकामा नयाँ भाडादर अनुसार ४ किलोमिटरसम्म ११, ५ सम्म १२, ६ सम्म १३ हुँदै अधिकतम भाडा १९ रुपैयाँ निर्धारण गरिएको छ। यो भाडादर चक्रपथ परिक्रमा, चक्रपथभित्रका सडक र चक्रपथ बाहिरको चार किलोमिटरसम्म लागू हुने विभागले जनाएको छ। विभागका अनुसार चक्रपथ बाहिर ४ किलोमिटरभन्दा बढी दूरीमा प्रतिकिलोमिटर १ रुपैयाँ ४३ पैसाका दरले भाडा थप हुनेछ।
तराईका लामो दूरीमा प्रतिकिलोमिटर १ रुपैयाँ ३० पैसा भाडा निर्धारण भएको छ। काठमाडौंदेखि पोखराको भाडा प्रतिकिलोमिटर १ रुपैयाँ ४६ पैसा तोकिएको छ। अब यो दूरीमा यात्रुले २ सय ९२ रुपैयाँ भाडा तिर्नुपर्नेछ। पोखरा-नारायणघाट खण्डमा समेत यही भाडादर छ। पहाडी क्षेत्रका पक्की र ग्राभेल बाटोमा संचालन हुने बस, मिनिबसको प्रति किलोमिटर १ रुपैयाँ ७६ पैसा भाडा कायम गरिएको छ। डिलक्स बस र डिलक्स मिनिबसले निर्धारित भाडादरभन्दा २० प्रतिशत थप गर्न पाउने व्यवस्था छ। त्रिभुवन विमानस्थलमा चल्ने पर्यटक ट्याक्सीमा ५ किलोमिटरसम्म ३ सय १५ रुपैयाँ भाडा निर्धारण गरिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कोषाध्यक्ष सरोज सिटौलाले भने, 'तेलको भाउ तीन पटक बढ्यो, अन्य वस्तुको भाउ समेत बढिसकेकोले भाडा नबढाउँदा व्यवसायी मारमा थिए।'
उपभोक्तावादी संगठनले भने व्यवसायीको अनुचित लाभमा भाडा बढाएको आरोप लगाएका छन्। 'अहिले भाडा बढाउनुपर्ने अवस्था थिएन,' उपभोक्ताहित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँले भने, 'सरकारले उपभोक्तामाथि ठूलो अपराध गरेको छ।' उनका अनुसार ७० रुपैयाँसम्म डिजेलको भाउ हुँदा मूल्य बढाउन पर्दैन। नेपाल आयल निगमले पछिल्लो समयमा तीन पटक डिजेलको मूल्यवृद्धि गरेर प्रतिलिटर ६१ रुपैयाँ पुयाएको थियो।

कामोत्तेजक फिल्ममा कर छुटको माग हल मालिकको

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कामोत्तेजक फिल्म देखाएर ‘साँस्कृतिक गतिविधि’ को नामा ‘कर’ मा छुटको माग गरिरहेका बेल्जियमका एक चलचित्र हल मालिकको अपिल युरोपीय न्यायाधिकरणले खारेज गरिदिएको छ।बेल्जियमको घैंट सहरका एक एउटा चलचित्र हलका मालिक कामोत्तेजक फिल्म हेर्न आउने ग्राहकलाई अलग्गै क्याविन उपलव्ध गराउने गर्दछ। जसमा ग्राहकले आफ्नो इच्छाअनुसार कामोत्तेजक चलचित्र हेर्न सक्दछन्।यो चलचित्र हलका मालिकले अदालतमा दावी गरेक थिए कि आफूलाई पनि साँस्कृतिक गतिविधिका लागि कर छुट मिल्नुपर्छ ।बेल्जियममा सामान्य करको दर २१ प्रतिशत छ । तर साँस्कृतिक गतिविधिलाई बढावा दिनेहरुलाई यसमा करिब १५ प्रतिशत छुट मिल्ने गर्दछ। यस्ता गतिविधिका लागि गर्नेले मात्र ६ प्रतिशत मात्र कर दिनुपर्दछ।कोर्टले हल मालिकको दावी उक्त चलचित्र हलमा त्यस्तो केही पनि नगरिने जसबाट साँस्कृतिक गतिविधिलाई बढावा मिलोस र उनलाई त्यस आधारमा कर छुट मिलोस् भन्दै उनको रिट खारेज गरेको हो ।अदालतले करमा छुटका लागि चलचित्र या कुनै पनि साँस्कृतिक आयोजना हलमा देखाउनुपर्छ न कि ती मानिसहरुलाई जो यसका लागि प्राइभेट कक्ष पयोग गर्दछन् भनेको छ।यो मुद्दा सन् २००४ मा अदालतमा पेस भएको थियो । सिनेमा हलका मालिकको नाम बताइएको छैन ।

प्रधानमन्त्रीले बोलाए सेना समायोजन समितिको बैठक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२८ मार्च,२०१०,प्रधानमन्त्री माधवकुमार नेपालले आज दिउँसो तीन बजे सेना समायोजन बिशेष समितिको बैठक बोलाउनु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा बस्ने आजको बैठकमा माओवादी लडाकूको संख्या यकीन, उनीहरुलाई दिने मासिक भत्ता व्यवस्थापन लगायतका बिषयमा छलफल हुने बताइएको छ ।
यस्तै संविधान जारी गर्नु अगाडि माओवादी लडाकूको समायोजन गरिसक्ने बिषयमा प्रधानमन्त्रीको कार्ययोजनाका बारेमा पनि छलफल हुने बताइएके छ । सरकार र माओवादीबीच माओवादी लडाकूको संख्याका बिषयमा तीब्र विवाद रहँदै आएको छ ।

शान्तिदीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुन्दरीजल,विश्वमा हुँदै गइरहेको मौसम र जलवायु परिवर्तनबाट पृथ्वीलाई बचाउने उद्देश्य एक घण्टा पृथ्वीको समय भन्ने नाराका साथ विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुपा परिसरमा शनिबार बेलुकी शान्तिदीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न भयो ।डब्लुडब्लुएफ र लिड ग्रुप नेपालको संयुक्त आयोजनामा शनिबार यो कार्यक्रम भएको थियो । शनिबार नै विश्वका ९० देशमा यही नाराका साथ एक घण्टा बत्ती निभाउने कार्यक्रम सम्पन्न भएको डब्लुडब्लुएफका कार्यक्रम संयोजक सुशीला थापाले जानकारी दिनुभयो ।अन्य देशमा बत्ती निभाएर कार्यक्रम गरिएपनि नेपालमा १२ घण्टा बत्ती निभ्ने भएकाले शान्तिको प्रतिक क्षेत्र बौद्धनाथ स्तुपामा शान्तिदीप बालेर कार्यक्रम गरिएको थापाले बताउनुभयो ।

अर्धसैन्यमा माओवादी लडाकुहरूलाई समायोजन गर्नुपर्ने प्रस्ताव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत १५,माओवादी अध्यक्ष पुष्पकमल दाहालले माओवादी लडाकुहरूलाई नेपाली सेनामा समायोजन गर्दा किचलो हुने भए अर्धसैन्य बल गठन गरेर १५ हजार लडाकुलाई समायोजन गर्नुपर्ने प्रस्ताव गरेका छन्।
नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको निधनपछिको भेटघाटमा दाहालले प्रधानमन्त्री नेपाललाई यो प्रस्ताव गरेका हुन्।
माओवादी उपाध्यक्ष वावुराम भट्टराईले भने १० हजारको संख्यामा लडाकु समायोजन गर्नुपर्ने प्रस्ताव राखेको प्रधानमन्त्री निकट स्रोतको भनाई छ। दाहाल र भट्टराईसँग प्रधानमन्त्री नेपालले छुट्टाछुट्टै भेटघाट गर्ने क्रममा फरक-फरक धारणा आएको हो।
प्रधानमन्त्री-दाहाल भेटघाटमा दाहालले आफै प्रधानमन्त्री हुनुपर्ने जिकीर समेत गरेका थिए। 'हाम्रो पार्टीको नेतृत्वमा त्यसमा पनि मेरै नेतृत्वमा सरकार गठन हुनुपर्छ', दाहालले प्रधानमन्त्री नेपाललाई भनेको भनाई उद्धृत गर्दै स्रोतले भन्यो। उनको भनाईको प्रष्ट सन्देश थियो : आफनै पार्टीका अरू नेताको नेतृत्व समेत स्वीकार्य हुँदैन। उनको यो भनाई आफनै पार्टीका उपाध्यक्ष बाबुराम भट्टराईप्रति लक्षित रहेको देखिन्छ। प्रधानमन्त्रीबाट राजिनामा गर्दा आफूले सरकारको नेतृत्व नगर्ने बताएलगत्तै भट्टराईलाई माओवादीको भावी प्रधानमन्त्रीको रूपमा लिन थालिएको थियो।
दाहालको भनाईपछि प्रधानमन्त्री नेपालले 'तपाईँलाई त मै मान्दिन' भनेर जवाफ दिएको पनि स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्रीले सहमति जुटाएर वा बहुमत पुर्‍याएर प्रधानमन्त्री बन्न दाहाललाई चुनौती दिएका थिए।
प्रधानमन्त्रीको यो आसय औपचारिक/अनौपचारिक परामर्शमा पनि झल्किने गरेको देखिन्छ। प्रधानमन्त्रीले अनौपचारिक परामर्शमा 'आफू र आफनो सरकारको विकल्प नभएको' बताउने गरेका छन्। आफनो सरकारविरूद्ध माओवादीले बहुमत जुटाउन नसक्ने कुरामा प्रधानमन्त्री नेपाल ढुक्क देखिन्छन्।

माओवादी कार्यालयमा बम विष्फोट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२८ मार्च,२०१०,नेपालगञ्जको कोरियानास्थित एकीकृत माओवादीको बाँके जिल्ला कार्यालयमा आज आइतबार बिहान अज्ञात समूहले बम विष्फोट गराएको छ । प्राप्त समाचार अनुसार बम विष्फोटबाट कार्यालयमा क्षति पुगेको छ । विष्फोट कसले र किन गरायो ? भन्ने यकीन हुन सकेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान भईरहेको जनाएको छ ।

काँग्रेस र माओवादीबीच सहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२७ मार्च,२०१०,नेपाली काँग्रेस र एकीकृत माओवादीबीच तत्काल संविधान निर्माण र शान्ति प्रक्रियालाई केन्द्रीत बनाएर अगाडि बढ्ने सहमति भएको छ । आज बिहान बसेको दुई दलका शीर्ष नेताहरुको बैठकमा उक्त सहमति भएको हो । बैठकमा सरकार परिवर्तनसहित प्याकेजमा समाधान खोज्ने सहमति भएको समाचारस्रोतले जनाएको छ । बैठकपछि माओवादीका अध्यक्ष प्रचण्डले आजको बैठक सकारात्मक भएको बताउनुभयो । आजै माओवादी र एमालेबीच पनि छलफल हुँदैछ ।

दुई अमेरिकी इन्टरनेट कम्पनीले चीन छाड्ने घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वासिङ्टन, चैत, १२,गुगलपछि थप दुई अमेरिकी इन्टरनेट कम्पनीले चीन छाड्ने घोषणा गरेका छन्। चीनमा बढेको इन्टरनेट स्वतन्त्रता विरुद्धको गतिविधिका कारण उनीहरुले चीनबाट लगानी बाहिर्‍याउने तयारी गरेका हुन्। विश्वको सबैभन्दा ठूलो डोमेन दर्ता गराउने कम्पनी गो डेड्डीले अब चीनमा कुनै पनि वेभ साइट दर्ता गर्ने छैन्। वेभसाइटमा हुने लगानीको विषयमा चीनले नयाँ कानुन जारी गरेपछि अन्तर्राष्ट्रिय आइटी कम्पनीहरु सशंकित भएका हुन्। गो डेड्डीजस्तै सेवा उपलब्ध गराउँदै आएको नेटवर्क सोलुसन एलएलसीले चीनका वेभसाइटबारे काम गर्न बन्द गरेको छ। आज विश्वकै ठूलो डोमिन दर्ता गर्ने कम्पनीले चीन छाड्ने घोषणा गरेको छ। अब गो डेड्डीले सीएन डोमिन नाममा काम गर्दैन्। चिनियाँ सरकारको नयाँ नियमले व्यक्तिगत स्वतन्त्रता हनन् भएको छ,' अमेरिकी सांसद क्रिस्टफोर स्मिथले भने। गो डेड्डी गुगललाई पछ्याउँदै चीन छाड्ने पहिलो मुलुक बनेको छ। उसले चीनको इन्टरनेटप्रतिको रबैयाको खुलेर विरोध जनाएको छ।तीन अघिमात्रै चिनियाँ सेन्सरसीपको चर्को आलोचना गर्दै विश्वकै सबैभन्दा ठूलो सर्च इन्जिन गुगलले चीन छाडेको थियो। चीनको कार्यालयलाई उसले हङ्कङ सिफ्ट गरेको छ।

१८ सचिवलाई कारबाहीका लागि सरकारसमक्ष सिफारिस

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सामान्य प्रशासन राज्यमन्त्री जितु गौतमको अध्यक्षतामा गठित उच्चस्तरीय कार्यदलले आफनो कामकारबाहीमा सहयोग नगरेको भन्दै विभिन्न मन्त्रालय र निकायका १८ सचिवलाई विभागीय कारबाहीका लागि सरकारसमक्ष सिफारिस गरेको छ। शुक्रबार बसेको कार्यदलको बैठकले आ-आफनो मन्त्रालयमा निजामती सेवा ऐन २०४९ को २४(घ) १ अनुरूप विशेष बढुवा हुने कर्मचारीहरूको संख्या नपठाएको भन्दै ती सचिवहरूलाई विभागीय कारबाहीका लागि सरकारसमक्ष सिफारिस गर्ने निर्णयगरेको थियो।कारबाहीको सिफारिसमा पर्ने सचिवहरूमा उद्योग मन्त्रालयका प्रतापकुमार पाठक, भूमिसुधार तथा व्यवस्था मन्त्रालयका छविराज पन्त, भौतिक योजना तथा निर्माण मन्त्रालयका पूर्ण् कँडरिया र दीप बस्नेत, सिँचाइ मन्त्रालयका उमाकान्त झा, महिला तथा बालबालिका मन्त्रालयकी वृन्दा हाडा, रक्षा मन्त्रालयका नवीनकुमार घिमिरे रहेका छन्।यस्तै वन तथा भू-संरक्षण मन्त्रालयका युवराज भुसाल, शान्ति तथा पुनःनिर्माण मन्त्रालयका पुण्यप्रसाद न्यौपाने, सूचना तथा सञ्चार मन्त्रालयका सुशील घिमिरे, संघीय मामिला, संंविधानसभा संसदीय व्यवस्था तथा संस्कृति मन्त्रालयका प्रमोद कार्की र मोदराज डोटेल, लोकसेवा आयोगका केशव भट्टर्राई, कृषि तथा सहकारी मन्त्रालयका नाथुराम चौधरी, स्थानीय विकास मन्त्रालयका श्यामप्रसाद मैनाली, ऊर्जा मन्त्रालयका शंकरप्रसाद कोइराला, परराष्ट्र मन्त्रालयका मदनकुमार भट्टर्राई र महालेखा परीक्षक नियन्त्रण कार्यालयका शंकर पाण्डे र अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगका भगवती काफलेलाई पनि कारबाहीको सिफारिस गरिएको छ।

छुट्टाछुट्टै बस दुर्घटनामा १७ को मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चौतारा,सिन्धुपाल्चोक जिल्लाको ठोकर्पा गाविसमा शुक्रबारराति करिब ९ बजे भएको बस दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।९ जनाको घटना स्थलमै र अरु दुई जनाको उपचारको क्रममा काभ्रेको बनेपामा रहेको सीरमेमोरिएल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
काठमाडौँबाट काभ्रे जिल्लाको बेख सिम्ले गाविसका बासिन्दाले रिजर्भ गरी विद्युत् ट्रान्सर्फमर लिएर गएको बा२ख ३०९ नम्बरको अरनिको यातायातको बस ठोकर्पा गाविस-२ रतुवापाटीमा सडकबाट करिब ६० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ ।घाइतेहरूको बनेपास्थित सीरमेमोरिएल अस्पतालमा उपचार भइरहेको र त्यसमध्ये गम्भीर तीनजनालाई थप उपचारका लागि ललितपुरस्थित बीएण्डबी अस्पताल सिफारिस गरिएको प्रहरीले जनाएको छ ।उकालो चढिरहेको बसलाई विद्यार्थीहरूले जबर्जस्ती रोक्न खोज्दा दुर्घटना भएको घाइतेहरूले बताएका छन् । बस चालकले सम्म ठाउँमा रोक्छु भन्दाभन्दै विद्यार्थीले चालकसँग विवाद गरेपछि उकालोमा नै रोकिएको बसपछि हटेर दुर्घटना भएको प्रहरी निरीक्षक चिरञ्जीवी दाहालले बताउनुभयो ।

नेपाल राष्ट्र ब्याङ्कले वित्तीय अपराध रोक्न निर्देशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत १३- नेपाल राष्ट्र ब्याङ्कले वित्तीय अपराध रोक्न वैशाख १ गतेदेखि लागू हुने गरी सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशन, २०६६ जारी गरेको छ। बचत तथा ऋणको कारोबारमा संलग्न सहकारी र बहुउद्देश्यीय सहकारी संस्थालाई उक्त ऐनबमोजिम गर्नगराउन केन्द्रीय ब्याङ्कले त्यस्तो निर्देशन जारी गरेको हो।गैरकानुनीरूपमा आर्जित सम्पत्तिलाई कानुनीरूपमा शुद्धीकरण गर्ने तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी गर्ने जस्ता कार्यलाई नियन्त्रण गर्न ब्याङ्कले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशन, २०६६ जारी गरेको हो।उक्त निर्देशनमा आफ्नो ग्राहकको स्पष्ट पहिचान गरी उसको विवरण राख्नुपर्ने, ग्राहकले ब्याङ्कले मागेको विवरण दिनुपर्ने, सीमा वा त्यसभन्दा बढी रकम रु. १० लाख वा सो भन्दाबढीको कारोबारको विवरण भएका मितिले सात दिनभित्र दिने तथा जतिसुकै रकम भए पनि शङ्कास्पद कारोबारको विवरण तुरुन्त दिनुपर्ने व्यवस्था गरिएको छ।यसैगरी विवरण पठाउन छुट, कार्यान्वयन अधिकृतको व्यवस्था गर्नुपर्ने, विवरण पठाउने पद्धति र आन्तरिक निर्देशिका बनाई लागु गर्नसक्ने विषयलाई पनि जारी निर्देशनमा समेटिएको छ।सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ तथा त्यसअन्तर्गत जारी भएका नियम, विनियम, निर्देशन वा आदेशबमोजिम तोकिएको समयमा ब्याङ्कले स्थापना गरेको वित्तीय जानकारी इकाइलाई उपलब्ध नगराउने सहकारी संस्थालाई उक्त ऐनबमोजिम जरिवान गर्ने नेपाल राष्ट्र ब्याङ्कले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।साथै उक्त ऐन र ऐनअन्तर्गतका नियम, विनियम, निर्देशन वा आदेशको उल्लङ्घन गर्नेलाई ऐनबमोजिम कारबाही गरिने पनि ब्याङ्कले जनाएको छ।गैरकानुनीरूपमा सम्पत्ति शुद्धीकरण गर्ने र आतङ्ककारी कार्यमा वित्तीय लगानी गर्नेजस्ता आपराधिक कार्यविरुद्ध वित्तीय क्षेत्रमा कार्यरत संस्थालाई जिम्मेवार बनाई उनीहरूको समेत सहयोगमा सामूहिकरूपमा त्यस्तो अपराध नियन्त्रण गर्न निर्देशनले सहयोग गर्ने अपेक्षा ब्याङ्कले गरेको छ।साथै निर्देशनबाट सम्पत्ति शुद्धीकरण ऐन र नियमावलीबमोजिम संस्थाले गर्नुपर्ने कार्यको व्यवस्था गर्दै त्यससम्बन्धी आवश्यक सूचना तथा सहयोग आदान-प्रदान गर्न, वित्तीय आपराधविरुद्ध कानुनी कारबाहीका लागि हुने जाँचबुझ, अनुसन्धानलाई सशक्त एवम् प्रभावकारी बनाउनसमेत सहयोग पुग्ने अपेक्षा ब्याङ्कले गरेको विज्ञप्तिमा उल्लेख छ।

माओवादी कार्यकर्ताको हत्यापछि राजमार्ग ठप्प

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२७ मार्च,२०१०,अज्ञात व्यक्तिहरुले गोली हानी सिराहामा शुक्रबार राती सिराहामा एक माओवादी कार्यकर्ताको हत्या गरेका छन् । प्रहरीलाई उद्धृत गर्दै प्राप्त समाचार अनुसार जिल्लाको रामपुरविर्ता मल्हनियामा अज्ञात व्यक्तिहरुले गोली प्रहार गर्दा माओवादी कार्यकर्ता ३५ बर्षीय रामअयोधी यादवको मृत्यु भएको छ ।
यादव चन्द्रअयोध्यापुर–९ पानवारी निवासी हुन् । यादवको हत्याको विरोधमा माओवादी कार्यकर्ताहरुले आज बिहान पूर्व पश्चिम राजमार्गमा पर्ने सिराहाको बन्दीपुरदेखि जिरो माइलसम्मको बाटो अवरुद्ध पारेका छन् । माओवादीका कार्यकर्ताहरुले विभिन्न स्थानमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् ।

त्रि.वि.चिकित्साशास्त्र संकायको विवादीत प्रवेश परीक्षा रद्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२६ मार्च, २०१०,त्रिभूवन विश्वविद्यालयले चिकित्साशास्त्र संकायको स्नातकोत्तर तहको विवादीत प्रवेश परीक्षा रद्द गर्ने निर्णय गरेको छ । प्रवेश परीक्षामा डिन डा. अरुण सायमीले एक करोड भन्दा बढी रुपैयाँ लिएर अनियमितता गरेको भन्दै प्रशिक्षार्थी चिकित्सकहरुले आन्दोलन चर्काएपछि त्रिविले शुक्रबार सूचना जारी गर्दै प्रवेश परीक्षा रद्द गरेको हो ।
त्रिविले आन्दोलनरत समूह र चिकित्साशास्त्र अध्ययन संस्थानका पदाधिकारीहरुको छलफलका आधारमा प्रवेश परीक्षा रद्द गर्ने निर्णय गरेको जनाएको छ । त्रिविले चिकित्साशास्त्र संकायको स्नातकोत्तर तहको प्रवेश परीक्षा विश्वसनीय ढंगले पुनः संचालन गर्न पनि डिनको कार्यालयलाई निर्देशन दिएको छ ।

Mar 26, 2010

संयन्त्रको लागि हानथाप काँग्रेस र माओवादीको

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२६ मार्च,२०१०,उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक समेत रहनु भएका गिरिजाप्रसाद कोइरालाको निधनपछि संयन्त्रको नेतृत्वका लागि नेपाली काँग्रेस र एकीकृत माओवादीको हानथाप नै देखिएको छ ।
संयन्त्रको नेतृत्व आफ्नो दलले पाउनुपर्ने अडानमा दुवै दल रहेका छन् । एमालेले भने संयन्त्रको नेतृत्व प्रमुख तीन दलले पालैपालो गर्नुपर्ने मध्यमार्गी प्रस्ताव गर्दै आएको छ ।
संयन्त्रको नेतृत्व विवाद देखिएको अवस्थामा संयन्त्रको बैठक आज बस्दैछ । बैठकमा बिशेष गरी संविधान निर्माण प्रक्रियामा देखिएका विवादका बारेमा छलफल हुने बताइएको छ । संयन्त्रको सदस्यमा एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष झलनाथ खनाल रहेका छन् भने आमन्त्रित सदस्यमा प्रधानमन्त्री माधवकुमार नेपाल रहेका छन् ।

अल-कायदाका एक सय १३ लडाकुलाई पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रियाद/ साउदी अरेबियाले अल-कायदाका एक सय १३ लडाकुलाई पक्राउ गरेको छ । साउदी अरेबियाका सुरक्षाकर्मीले तीनवटा अखडामा आक्रमण गर्दा एक सय १३ अल-कायदा लडाकु पक्राउ परेका हुन् ।एउटै अखडाबाट एक सय एकजना र अन्य दुईवटा अखडाबाट १२ जना पक्राउ गरिएको थियो । अल-कायदा समर्थित लडाकु साउदी अरेबियास्थित इन्धन प्रशोधन कारखानामा आक्रमण गर्ने योजनामा रहेको खुलासा भएपछि अखडामा आक्रमण गरिएको थियो । पक्राउ परेकामध्ये ४७ जना साउदी, ५१ जना यमेनी र बाँकी सोमालियन र बंगलादेशी नागरिक छन् ।सुरक्षा कारबाहीमा विस्फोटनकारी हातहतियार, कम्प्युटर, मोबाइल, फोन कार्ड, नगद र षड्यन्त्र योजनाका केही दस्तावेजसमेत जफत गरिएको जनाइएको छ ।गत अक्टोबरमा पनि दुई अल-कायदा लडाकुलाई सुरक्षाकर्मीले गोली हानी हत्या गरेको थियो भने एक लडाकुलाई पक्राउ गरेको थियो ।साउदी अरेबियामा त्यस वेलादेखि नै अल-कायदा लडाकुको खोजी कार्य तीव्र बनाइएको थियो । अहिलेसम्म सुरक्षाकर्मीले ठूला र सानासमेत गरी तीनवटा अखडा फेला परेको छ ।अल-कायदा लडाकुमध्ये सबै विदेशी नागरिक रुढीवादी कट्टर मुसलमानी मुलुकमा कामको खोजी वा मक्का मदिनाजस्ता पवित्रस्थलको तीर्थयात्रा गर्ने बहानामा छिर्ने गरेको अधिकारीले बताएका छन् ।

Mar 25, 2010

एसएलसी परीक्षामा आठ जना नक्कली परीक्षार्थी पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पूर्वाञ्चलका विभिन्न ठाउँबाट एसएलसी परीक्षामा आठ जना नक्कली परीक्षार्थी र चार जना चिट चोराउने विद्यार्थी पक्राउ परेको छन्। प्रहरीका अनुसार सप्तरीमा ८ जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन्। पक्राउ पर्नेमा लक्ष्मी उच्च मावि बमनगामाकट्टीबाट एक महिलासहित पाँच जना, कर्ना मावि रायपुर, महावीर उच्च मावि र राजदेवी माविबाट एकएक जना छन्। त्यस्तै सुनसरीमा चिट चोराउने चार जनालाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाकारी दिएको छ। चिट चोराउनेलाई कडा सजाय हुने भएकाले उनीहरूलाई सामान्य सोधपुछपछि छोड्ने तयारी भएको छ।

स्मार्ट फोनको ब्याट्रीको आयु लम्ब्याउन सात उपाय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत ११,स्मार्ट फोन चलाउन थाल्नुभएको छ भने तपाईले भोग्ने समस्या जहाँ भएपनि एउटै हो, ब्याट्री सकिनु। गीत सुन्दा सुन्दै या कुरा गर्दागर्दै ब्याट्री सकियो भने, त्यो भन्दा ठूलो समस्या अरु हुँदैन। अझ लोडसेडिङको चर्को मार खेपिरहेको अवस्थामा मोबाइलको ब्याट्री सकिनु हामी नेपालीलाई सामान्य नै हो। न्युयोर्क टाइम्सले ब्याट्रीको आयु लम्ब्याउन सात उपाय सुझाएको छ।
सुझाव १
नेटवर्ककै कारण पनि मोबाइलको ब्याट्री लामो समय नटिक्न सक्छ। जीएसएमभन्दा सीडीएमएको नेटवर्कले बढी ब्याट्री खपत गर्छ। यस्तो अवस्थामा सीडीएमएभन्दा जीएसएम मोबाइलको प्रयोग गर्नु वेस हुन्छ।
सुझाव २
मोबाइलको स्क्रिन बढी चहकिलो छ भने त्यसले सामान्यभन्दा बढी नै ब्याट्री खपत गर्छ। त्यसकारण एलसीडीको लाइट कम गराउनु उपर्युक्त हुन्छ। सँगै गीत र भिडियो हेर्दा भोलुम कम पार्ने हो भने पनि ब्याट्री केही बढी टिक्न सक्छ।
सुझाव ३
स्मार्ट फोनमा रहेको ब्लुतुथ अथवा वाइफाइ खुला छ भने त्यसले पनि ब्याट्रीको क्षमता कमजोर बनाइरहेको हुन्छ। वाइफाइ र ब्लुतुथले नेटवर्क या अरु मोबाइल सर्च गरिरहँदा थाहै नपाइ ब्याट्री खर्च भइरहेको हुन्छ।
सुझाव ४
मोबाइलमा इन्टरनेटको प्रयोग अथवा इमेलमात्रै पनि हेर्नु कुनै ठूलो कुरा होइन तर इमेलमा आएका संदेश अटो मोडबाट रिसिभ हुन्छ भने त्यसले पनि ब्याट्री बढी खपत गर्छ। त्यसैले इमले मेनुअलरुपमा चेक गर्नु बेस हुन्छ।
सुझाव ५
स्मार्ट फोनमा रहेको एयरप्लेन मोडमा राख्ने हो भने पनि कम ब्याट्री खपत हुन्छ। सँगै इमेल या म्यासेजहरु आएकोमात्र थाहा पाउने गरी सबैखाले मोड अफ गर्ने हो भने पनि त्यसले कम ब्याट्री लाग्छ।
सुझाव ६
मोबाइलमा रहेका एनिमेसनहरुले पनि ब्याट्री बढी खर्च गर्छ। जस्तो स्क्रन सेभरहरु जस्ता एनिमेसनका उत्पादनहरु प्रयोग नगरे राम्रो हुन्छ। फोटो खिच्दा भएसम्म फ्ल्यासको प्रयोग नगर्नु जाति हुन्छ।
सुझाव ७
ब्याट्रीको आयु बढाउन यसको चार्ज गर्ने अवधिको ख्याल गर्नु आवश्यक छ। बढी चार्ज गर्दा पनि ब्याट्रीको क्षमता घट्नसक्छ। ब्याट्रीको अवस्था ख्याल गरेरमात्र यसका एप्लिकेसनहरु प्रयोग गर्नु राम्रो हुन्छ।

क्याम्पस प्रमुख अपहरित, ५० लाख फिरौती माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालगन्ज, चैत १२- नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख राजितराम पाठक अपहरणमा परेका छन्। उनकी श्रीमती कृष्ण पाठकलाई फोनमार्फत् अपहरणकारीले ५० लाख रुपैयाँ दिएमात्र राजितरामलाई छाड्ने नत्र नछाड्ने बताएका थिए। ११ बजे घरबाट क्याम्पस हिँडेका राजितराम करिब ३ बजेसम्म क्याम्पसमै रहेको जानकारी क्याम्पसबाट प्राप्त भएको छ। अपहरणकारीले फोन गरेर फिरौती माग गरेपछि मात्र उनी अपहरणमा परेको थाहा भएको श्रीमती कृष्णले बताइन्। 'तिम्रो श्रीमान् हामीसँग छ, उनलाई छाड्ने भए ५० लाख रुपैयाँ ठीक पार्नु'- अपहरणकारीले फोनमा बताएको कृष्णले जानकारी दिइन्।

चीनले नेपाली सेनालाई शान्ति मिसनमा सहयोग गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हङकङ, चैत १२- चीनले नेपाली सेनालाई राष्ट्रसङ्घीय शान्ति मिसनमा सहयोग गर्ने भएको छ। रक्षा मन्त्री विद्या भण्डारीसँग बिहीबार साँझ बेइजिङमा भएको द्विपक्षीय वार्तामा चिनियाँ रक्षामन्त्री जनरल लियाङ ग्वाङलिएले उक्त जानकारी दिएका हुन्।
तर शान्ति मिसनका लागि के/कस्तो सहयोग गर्ने खुलाइएको छैन। बेइजिङस्थित स्रोतका अनुसार राष्ट्रसङ्घीय शान्ति मिसनको अगुवा राष्ट्र भएकाले दुवै देशले शान्ति र स्थायित्वका लागि द्विपक्षीय र क्षेत्रीय सहयोगमा जोड दिने समझदारी भएको छ। चीन संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को सदस्यका साथै राष्ट्रसङ्घलाई अनुदान दिने ठूला राष्ट्रमध्ये एक हो। शान्ति मिसनसहित शिक्षा, स्वास्थ्य, विकास निर्माण र बिपद नियन्त्रणका लागि नेपाली सेनालाई चीनले सहयोग गर्ने आश्वासन दिएको रक्षा मन्त्रीसँगै बेइजिङमा रहेका प्रेस सल्लाहकार सुवास देवकोटाले बताए। “चिनियाँ रक्षा मन्त्रीले चीन सरकार तथा जनमुक्ति सेनाले यस्तो सहयोग गर्ने विश्वास दिएका छन्”- देवकोटाले भने। नेपाली सेनालाई चीनले दिँदै आएको लजिस्टिक सहयोग वृद्धि गर्ने भनिए पनि त्यस्तो कुनै सहमतिचाहिँ भएन। दूताबास स्रोतका अनुसार रक्षा तथा सैनिक अधिकारीको आदान-प्रदान र तालिमलाई निरन्तरता दिने सामान्य समझदारी भएको छ। डेढ घण्टा लामो भेटमा चिनियाँ रक्षा मन्त्रीले नेपालको एक चीन नीति र ओलम्पिक खेलअघि २००८ मार्चमा नेपालमा तिब्बती पृथकतावादीलाई नियन्त्रण गरेकोमा प्रशंसा गरे। रक्षा मन्त्री भण्डारीले नेपाली सेनालाई आधुनिक तथा व्यवासायिक बनाउन चीनले गरेको सहयोगको स्मरण गरिन्। चिनियाँ रक्षा मन्त्रीले अनुकूल समयमा नेपाल भ्रमण गर्ने जानकारी दिएका छन्। रक्षामन्त्री भण्डारीले शुक्रबार चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य चाउ युन खानलाई भेटने कार्यक्रम छ। चैत ९ गते ग्वान्झाओबाट चीन भ्रमण सुरु गरेकी रक्षा मन्त्री भण्डारी बुधबार साँझ बेइजिङ पुगेकी हुन्। मङ्गलबार उनले ग्विलिनस्थित चिनियाँ जनमुक्ति सेनाको तालिम केन्द्र अवलोकन गरेकी थिइन। थप तीन दिन बेइजिङमा बिताएर रक्षा सचिव नवीन घिमिरे, मेजर जनरल नेपाल भूषण चन्द, ब्रिगेडियर पवनबहादुर पाँडे, प्रेस सल्लाहकार सुवास देवकोटासहितको पाँच सदस्यीय टोली चैत १६ गते स्वदेश फर्कनेछ।

शिक्षण अस्पताल अझै सुचारु भएन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विगत १३ दिनदेखि बन्द रहेको त्रिवि शिक्षण अस्पतालको नियमित सेवा अझै पनि सुचारु हुन सकेको छैन ।त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानले फागुन २९ र चैत १ गते लिएको स्नाकोत्तर तहको (एमएस र एमडी) को परीक्षा रद्द गर्नुपर्ने मागसहित त्रिवि शिक्षण अस्पतालका चिकित्सक, विद्यार्थी र प्राध्यापकहरु आन्दोलनमा उत्रिएपछि अस्पतालको सेवा ठप्प भएको हो ।शिक्षण अस्पतालको आकस्मिक सेवा भने बिहीबारबाट सुचारु भएको छ। शिक्षण अस्पताल कर्मचारी संघ र स्थानीयबासीको पहलमा शिक्षण अस्पतालको आकस्मिक सेवा बिहीबारबाट आंशिक रुपमा संचालनमा आएको हो ।

'पूर्व राजा ज्ञानेन्द्रलाई जनकार्वाही' माओवादीको चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२५ मार्च, २०१०,काठमाडौं-एकीकृत माओवादीले पूर्व राजा ज्ञानेन्द्रलाई जनकार्वाही गरिने चेतावनी दिएको छ। माओवादीका उपाध्यक्ष नाराणकाजी श्रेष्ठले आफनो पार्टीले ज्ञानेन्द्र शाहलाई जनकावार्हि गर्ने निष्कर्षमा पुगेको दृढता ब्यक्त गर्नुभएको हो । आज राजधानीमा आयवनित एक साक्षात्कार कार्यक्रममा बोल्दै उपाध्यक्ष श्रेष्ठले पुर्व राजाको हैसियतमा प्रतिकान्तिकारि बाटोमा लागे ज्ञानेन्द्रले जनकार्वाहिका भोग्नुपर्ने उहाले बताउनु भयो । उहाले भन्नुभयो,सरकारकै सेवा सुविधामा बसेर प्रतिक्रान्तिकारी षडयन्त्रमा लाग्ने पुर्वराजाको सेवासुविधा सरकारले खोस्नुपर्छ ।राजा ज्ञानेन्द्रले यस्तै गतिविधि जारी राखेमा माओवादीले जनकार्वाहीसम्म गर्न सक्ने चूनौति उहाले दिनुभयो । चिहानमा गाडिएको राजतन्त्र पुर्नजीवीत हुन नसक्ने उहाको ठोकुवा थियो। शान्ति र संविधानका लागि गिरिजाबाबुले खेल्नु भएको भुमिकालाई जनताले उच्च सम्मान दिएको बताउदै जनता सबै शोकमा डुबेको बेलामा आंशु पुछिन नपाउदै कांग्रेस र एमालेले उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक चाहियो भन्दै दाबी गर्नु शान्तिका नायक गिरिजाप्रसाद कोइरालाको अपमान गर्नु हो भएको बताउनु भयो। उहाले अब कोइराला नरहेपछि संविधानसभाको ठुलो दलको हैशियतले संयन्त्रको संयोजक एकिकृत माओवादीका अध्यक्ष प्रचण्ड नै बन्नुपर्ने बताउनु भयो।

बिना जानकारी डाकबाहकलाई अवकास

लिम्वूवान डट व्लगस्पोट डटकम,खोटाङ/दमन रार्इ
चैत्र-१२, बिना जानकारी जिल्ला हुलाक कार्यलय खोटाङले डाकबाहक बुद्धीप्रसाद तिम्सिनालाई अवकास दिएको छ । दिप्सुङ अतिरिक्त हुलाक कार्यलयदेखि बाक्सिलासम्म डाक ओसार्दै आउनु भएका डाक बाहक बुद्धी तिम्सिनालाई बिना जानकारी हुलाक कार्यलयका निमित्त प्रमुख गुणराज पाण्डेले अवकाश दिनु भएको हो । गाबिस सचिव कृष्ण आचार्यले दिएको बसार्इसरार्इको सिफारिसको आधारमा डाक बाहक तिम्सिनालाई अवकाश दिएको हुलाक कार्यलयका निमित्त प्रमुख पाण्डेले बताउनु भयो । हुलाक कार्यलयका निमित्त प्रमुख पाण्डेले डाक बाहक तिम्सिनालाई अवकास दिएर दिप्सुङका सरला तिम्सिनालाई नियुक्ती दिनु भएको छ । दिप्सुङका मुक्ती तिम्सिनाले सचिव आचार्यलाई बर्साई सरेको सिफारिस बनाउन लगाएर ल्याएको किर्ते कागजको आधारमा हुलाक कार्यलयले आफुलाई अवकास दिएको डा“क बाहक तिम्सिनाको आरोप छ । बुहारी सरलालाई नियुक्ती दिनकालागि मुक्तीले गाबिस सचिव आचार्यबाट बुद्धीप्रसाद बसार्इ सरेको सिफारिस बनाएर हुलाकमा पेश गरेका थिए । १२ वर्षघिदेखि डाक बाहककोरुपमा कार्यरत तिम्सिनालाई हुलाक कार्यलयका निमित्त प्रमुख पाण्डेले बसार्इ सरेको र डाक बाहकका काममा बाधा पुगेको भन्दै अवकास दिएको अवकासपत्रमा उल्लेख छ । डाक बाहक तिम्सिनालाई गत फागुन १० गते अवकास दिईएको छ । गाबिस सचिव आचार्यले भने आफुले डाक बाहक तिम्सिना बसार्इ सरेको सिफारिस नदिएको बताउनु भयो । किर्ते कागजका आधारमा अवकाश दिइएको डाक बाहक तिम्सिनालाई पुन बिचार गर्न सकिने हुलाकका निमित्त प्रमुख पाण्डेको भनाई छ । पिडित तिम्सिनाले फागुन २३ गते आफुलाई अन्यायकासाथ अवकास दिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा निबेदन दिनु भए पनि कुनै सुनुवाई हुन नसकेको उनको भनाई छ ।

क्रान्तिकारी विद्यार्थीहरुले धरान उच्च माविमा तोडफोड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
धरान,चैत १२, शिक्षण संस्था बन्द आह्वानको अवज्ञा गरेको भन्दै अखिल क्रान्तिकारीले आज (बिहीबार) बिहान यहाँको एक उच्च माविमा तोडफोड गरेको छ। पठनपाठन भैरहेको अवस्थामा क्रान्तिकारी विद्यार्थीहरुले धरान ४ स्थित धरान उच्च माविमा तोडफोड गरेको हो। करिब ८ जनाको समुहमा आएका क्रान्तिकारी विद्यार्थीहरुले प्रिन्सिपलको कार्यकक्षका टेवल, शिशा र पढाइ भैरहेको कक्षा कोठाको झ्यालमा तोडफोड गरेर क्षति पुर्याएका छन्।
क्रान्तिकारी विद्यार्थीहरुले आज बिहानै मात्र विद्यालयका सुरक्षा गार्डलाई विज्ञप्ती दिएकोले बन्द गर्ने नगर्नेबारे अन्यौल भैरहेको अवस्थामा दोहोरो कुराकानी नगरी एक्कासी तोडफोड गरेर भागेको प्रिन्सिपल राजविमल श्रेष्ठले बताए। 'आजै बिहान विज्ञप्ती छाडेको रहेछ, बन्द गर्ने नगर्ने सल्लाह हुनै पाएको थिएन'-प्रिन्सिपल श्रेष्ठले भने-'उनीहरु आएर बन्द किन नगरेको भन्दै मेरो कुरा नै नसुनी तोडफोड गर्न थालिहाले।'
दोस्रो कक्षा सञ्चालन भैरहेको समयमा एक्कासीको तोडफोड र नाराबाजीले विद्यार्थीहरुमा त्रास उत्पन्न भएको उनले बताए। विद्यालयमै भएको इटा हातमा लिएर झ्यालका शिशाहरु फुटाउदै र क्रान्तिकारी जिन्दावाद भन्दै क्रान्तिकारी विद्यार्थीहरु भागेको प्रत्यक्षदर्शी विद्यार्थीहरुले बताए। घटनाको विरोधमा आक्रोशित सो उच्चमाविका विद्यार्थीहरुले दोषीलाई पक्राउ गरी कार्वाही र पढन पाउने वातावरणको माग गदै प्रहरीलाई २४ घण्टे अल्टिमेटम दिएको छ। 'चौबिस घण्टा तोडफोड गर्नेलाई पक्राउ गरी कार्वाही नगरे हामी धरान बन्द गछौ भनेर प्रहरीलाई चेतावनी दिइसकेका छौ'-विद्यार्थी प्रेमकुमार राईले भने। अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य सुर्दशन श्रेष्ठले बन्द गर्न आग्रह गर्दा पनि नमानेपछि तोडफोड गरेको स्वीकारे। घटना लगत्तै प्रहरीले उनीहरुको खोजी तीब्र बनाएको छ।
यसैबीच, अखिल क्रान्तिकारीको २ दिने शैक्षिक आमहडतालको आव्हानले एसएलसी परीक्षाबाहेक सञ्चालन भैरहेको निजी विद्यालयहरुको फाइनल परीक्षा स्थगित भएको छ भने क्याम्पस तथा उच्च माविहरु बन्द भएको छ। 'कतिपय विद्यालयहरुको परीक्षा भैरहेको थियो, कतिको आजबाट शुरु हुनेवाला थियो, तर स्थिगित भयो'-डिपोट उच्चमाविका प्रिन्सिपल राजकुमार राईले भने।
आफ्ना ३ जना विद्यार्थी नेताहरुलाई झुटो आरोपमा प्रहरीले सार्वजनिक अपराधको मुद्दा दर्ता गरेको भन्दै उनीहरुको निशर्त रिहाइ र मुद्दा फिर्ताको माग गदै क्रान्तिकारीले २ दिने शैक्षिक आमहडतालको आव्हान गरेको छ। यसअघि, हिजो बुधबार सोही बिषयमा इलाका प्रहरी कार्यालयमा पनि क्रान्तिकारी विद्यार्थी र प्रहरी बीच झडप हुँदा एघार विद्यार्थी घाइते भएका थिए।

Mar 24, 2010

पूर्वराजा ज्ञानेन्द्रको अन्तर्वार्ताको पूर्णअंश

राजतन्त्र समाप्त भयो भन्नु काल्पनिक कुरा मात्रः पूर्वराजा ज्ञानेन्द्र
अहिले देश जुन मोडबाट गुज्रिरहेको छ, यतिखेर के महसुस गरिरहनु भएको छ ?
बहुमत जनताले के खोज्छन् त्यो नै हाम्रो चाहना हो । मेरो पनि त्यही हो । अहिले देशमा सर्वसधारणको जीउ धनको सुरक्षाको खाँचो छ भन्ने मलाई लागेको छ । देशमा शान्ति होस् नेपाली जनताले के खोजेका छन् त्यही होस् । सबैलाई अटाउने ठाउँ होस् र हाम्रा पूर्खाहरुले जसरी यो देशलाई एकताको सुत्रमा बाँधेका थिए त्यो माला नचुँडियोस् भन्ने हाम्रो चाहना छ ।
राजतन्त्रको अन्त्यपछि देश कतातिर जाँदै गरेको अनुभूति हुन्छ, दण्डहीनता र अराजकता बढेको छ, दलहरु सहमतिमा आउन सकेका छैनन्, हालै मात्र शिखरपुरुष गिरिजाबाबुको निधन भएको छ, यस्तो अबस्थामा नेपालको राजनीति कतातिर जाँदैछ भन्ने लाग्छ ?
यो कुरा मैले भन्नु भन्दा पनि सर्वसधारणहरुलाई सोध्नु र उहाँहरुबाट यसको जवाफ लिनु फाइदा जनक हुन्छ ।
नेपाली जनताले पुनः राजतन्त्र पुनःस्थापित गर्न चाहे भने तपाईं तयार हुनुहुन्छ ?
यो 'हाइपोथेटिकल' कुरा भयो । राजतन्त्रको विषयमा होस् वा अन्य कुनै पनि राष्ट्रिय सवालमा होस् । जनताको विचार, भनाइ, जनता जनार्दन नै हुन्छन् । त्यसैले सबैले त्यो मान्नै पर्ने हुन्छ ।
पूर्व राजा ज्ञानेन्द्र बाहिर बसेर शक्तिको राजनीति गरिरहेको छ भनेर भन्नेहरु पनि छन् । तिनीहरुलाई के जवाफ दिनु हुन्छ ?
त्यसो भए त धेरै अगाडि धेरै कुरा भइ सक्थ्यो । त्यस्तो हाम्रो बिचारै छैन । नत त्यस्तो नियत नै छ । देशमा अमनचयन र शान्ति होस् भनेर नै केही नमानेर हामीले छाडेका हौं । नेपाली जनताले त्यसको मान्यता, मुल्य बुझेका छन् जस्तो लाग्छ । जनतालाई छाड्नुपर्छ यस्तो प्रश्न ।
तपाईंका दिन कसरी वितिरेहेको छ ?
के भन्ने ? जंगलमा बस्दाखेरी फाइदा छ । शान्ति पनि हुन्छ । विचार गर्ने मौका पनि पाउँछ । तर, अलि चिन्ता चाँही राष्ट्रकै छ । राष्ट्रिय एकता कै छ । सर्वसाधारणले राम्रोसँग, सुखीसँग बस्न पाओस् भन्ने छ । मेरो दिनचर्या पनि यही छ ।
नेपाली जनताले कुनै वेला निक्कै सम्मान गथ्र्यौ राजतन्त्रलाई, भगवानकै रुपमा मान्थे । तर, यतिवेला समय र परिस्थिति त्यस्तो रहेन । एक जना आम नागरिक जसरी नै हामीसँग आउनु भयो, एक जना शक्तिशाली राजा र अहिलेको अवस्थाबीच के भिन्नता पाउनु हुन्छ ?
एक दुईवटा भम्र चिर्नु छ । कहिल्यै पनि शक्ति खोजेको छैन राजाहरुले । कहिल्यै पनि कुनै पनि राजाले म देउता हो भनेर बोलेको पनि छैन । त्यसैले त्यो त जनताको माया र विश्वासले भएको कुरा हो जस्तो लाग्छ । मलाई व्यक्तिगत रुपमा कहिल्यै पनि जनताको माझमा अप्ठ्यारो महसुस भएन । पहिले पनि थिएन, अहिले पनि छैन । आज पनि भनौं हामी जानकीको नगरी जनकपुरमा आइ रामनवमीको दिनमा जानकी मन्दिरमा दर्शन गर्न पाउँदा जुन स्नेह, माया, ममता सर्वसाधारणबाट पाएँ, यसको मैले जवाफै दिन सक्दिन । त्यो त, जे जति, जसो बुझेको छु मैले भित्र राखेको छु । मैले बुझेको छु । भएजति जनतालाई मैले धन्यवाद दिनु पर्छ । अरु के भनौं ।
नारायणहिटी काण्ड र माघ १९ को 'कु' पछि राजतन्त्रलाई नेपाली जनताले बिस्तारै कम कम माया मार्दै गएको त सत्य हो नि ?
दुईवटा कुरा त्यसमा । एउटा पाठ जनताले सिकाउँछ पनि र नेतावालाहरुले सिक्नु पर्छ । जनताले हामीलाई त्यस्तै एउटा सन्देस दिएको हो की ? राजाहरु बरु सक्रिय नभएकै जनताले खोजेको हो की ? त्यही एउटा पाठ मैले सिकेको छु । तर, जनताले बिर्सन हुन्न । राजाले अभिभावकको रुप लिनु पर्छ । कहिले त्यसका लागि जे गर्नु पर्छ त्यो समयमा कदम उठाउनै पर्छ ।
सर्वसधारणको सुरक्षा, रक्षा गर्नुपर्ने अबस्था आउँछ । त्यो समयको विचार गर्दा परिस्थिति अर्कौ थियो । त्यो पछाडी फर्केर हेर्नु मात्र होइन, अगडि देश कस्तो हुन्छ ? समृद्ध, सफल त्यस्तो देश हामीलाई चाहिएको छ । त्यतातिर हामी सबै जुटेर जानु पर्दछ ।
दरबार हत्याकाण्ड र माघ १९ राजतन्त्र अन्त्यमा प्रमुख कारण हो भन्छन् । आजसम्म पनि दरवार हत्याकाण्डको रहस्य खुल्न सकेको छैन । यसमा के भनाइ छ ?
सर्वप्रथम म काठमाडौं मै थिइन, घट्ना हुँदा । जे जति हाम्रा परिवार छन् त्यो घट्नामा बाँचेर आएका । उनीहरुको कुरा सुन्दा तथ्य सत्य कुरा आयोगहरुबाट पनि निस्किसकेको छ । अव यि कारणहरुले राजसस्थालाई के न केही रुपमा असर पारेको हो भने त्यो अलिकति पछाडी र अगाडि हेर्दा हो/होइन भन्ने थाहा हुन्छ । यो कुरा जनतलाई छाडिदिनु पर्छ ।
राजतन्त्रको इतिहास समाप्त हुनुमा कहाँनिर के कमजोरी भयो भन्ने महसुस हुन्छ ?
समाप्त भइसकेको छ भन्ने जस्तो लाग्दैन । त्यसैले त्यो पनि अलि 'हाइपोथेटिकल' नै भयो । अघि भने जस्तै देशको इतिहासको पानाहरु पल्टाएर हेर्दाखेरी माथिजाने, तलजाने, भित्रिने-बाहिरिने भइरहन्छ । फेरि म दाहोर्‍याउछु, जनताले यो कुरालाई गहन र जिम्मेवारीका विचार गरेर जे निधो गर्छन् । त्यही सबैले मान्नु पर्छ ।
नेपाली जनताले राजतन्त्र हटाइसकेपछि दलहरु गठबन्धन बनाएर अघि बढ्न खोजी रहेका छन् । तर, पनि संविधान निर्माण हुन र शान्ति प्रकृया टुङ्गोमा पुग्न बाँकी छ । माओवादी र अन्य दलहरु मिलेर शासन गरिरहेका छन्, यो किसिमको शासन प्रणालीलाई के भन्नुहुन्छ ?
जनताले यही चाहन्छन् भने ठिक छ । तर, देशलाई, सर्वसाधारणलाई यही ठिक छ यही बाटो नै हिड्न सक्छ भने हामीले के भन्नु । उहाँहरुलाई चित्त बुझेको छैन, कुनै न कुनै ठाउँमा, कुनै न कुनै कुरामा भनेदेखि जस्ले अहिले शासन गरिरहेका छन् । उहाँहरुले विचार गरेर जनताको कुरालाई मान्यता दिनुपर्छ । जनताको र राष्ट्रको हितलाई ध्यानमा राखेर काम गर्नुपर्छ भन्ने हामीलाई लाग्छ ।
तपाईंका भावी योजना अव के छन् ?
नेपालमै बस्छु । नेपालको सेवा गर्छु । नेपालीको सेवा गर्छु । मेरो योजना पहिले पनि यही थियो । अहिले पनि यही छ । भावी पनि त्यही हुनेछ ।

ज्ञानेन्द्रको बोलीले तहल्का मच्चियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मार्च, २०१०,पुर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्था समाप्तिको कुरा 'काल्पनिक' मात्र भएको बताएका छन् । उनले भनेका छन्-' राजसंस्था समाप्तिका कुरा हाइपोथेटिकल हो, राजसंस्था होस् वा राष्ट्रिय सवालमा जनताको विचार नै महत्वपुण हुन्छ,' ।हिजो बुधबार एभिन्यूज टेलिभिजनसँग कुराकानी गर्दै पुर्वराजा ज्ञानेन्द्रले राजतन्त्रको बिषयमा जनताले निधो गर्नुपर्ने बताएका छन् । राजसंस्था समाप्तिपछि लामो मौनता ताड्दै पुर्व राजा ज्ञानेन्द्रले राजसंस्था बिदाईको निर्णय पुनर्विचार गर्नुपर्ने बताएका छन् । पुर्व राजा ज्ञानेन्द्रको भनाईपछि विभिन्न राजनीतिक दलहरुले आपत्ति जनाएका छन् । एकीकृत माओवादीका नेताहरुले - पुर्व राजा ज्ञानेन्द्रलाई तत्काल कारवाही गरी मुद्दा चलाउनुपर्ने धारणा अगाडि सारेका छन् ।
बुधबार रामनवमीको अवसरमा जनकपुरस्थित रामजानकी मन्दिरमा पुजा अराधनाका लागि जनकपुर गएका पुर्व राजा ज्ञानेन्द्रले एभिन्यूज टेलिभिजनलाई अन्तरवार्ता दिंदै आफूलाई राजतन्त्र समाप्त भईसकेको जस्तो नलाग्ने बताएका छन् ।
उनले भनेका छन्- देशको इतिहासका पानाहरु पल्टाएर हेर्दा राजतन्त्र माथि जाने तल आउने, भित्रिने बाहिरिने यस्ता कुरा भईराख्छ जस्तो मलाई लाग्छ । त्यसैले फेरि म दोहोर्‍याउँछु जनताले नै यो कुरालाई गहन र जिम्मेवारीका साथ विचार गरेर जे निधो गर्छ, त्यही नै सबैले मान्नर्पर्छ ।
राजसंस्थाको बिषय होस वा अरु कुनै पनि राष्ट्रिय सवालमा जनता जनार्दन नै हुन्छ, बहुमत जनताले जे खोज्छन्, त्यो नै हाम्रो चाहना हो ।पुर्व राजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिपछि विभिन्न राजनीतिक दलका नेताहरुले आपत्ति जनाएका छन् । एमालेका अध्यक्ष झलनाथ खनालले पुर्वराजा ज्ञानेन्द्रले मुलुकको संक्रमणकालीन स्थितिमा देखापरेको कठिनाई र चुनौंती देखेर महत्वाकांक्षा बढाएको हुनसक्ने भन्दै त्यो महत्वाकांक्षा नेपाली धर्तीमा पलाउने र फस्टाउने कुनै माटो बाँकी नभएको बताएका छन् ।
एकीकृत माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टर्राईले पुर्वराजा ज्ञानेन्द्रले जनादेश र इतिहासको फैसलाविरुद्ध बोलेको भन्दै ज्ञानेन्द्रको यो चुनौंतीलाई जनताले प्रतिवाद गर्नुपर्ने बताए ।नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले पुर्वराजा ज्ञानेन्द्रले जन आन्दोलनको अवमूल्यन गरेको भन्दै नेपाली जनता पछाडि र्फकने पक्षमा नभएको बताएका छन् ।

आजदेखि एसएलसी शुरु चार लाख ६६३००बिद्यार्थी सहभागिता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२५ मार्च, २०१०,बिद्यालय शिक्षाको अन्तिम र महत्वपुर्ण् खुड्किलोको रुपमा लिइने एसएलसी परीक्षा आजदेखि देशभर शुरु भएको छ । यस बर्षो एसएलसी परीक्षामा चार लाख ६६ हजार तीन सय बिद्यार्थीको सहभागिता रहेको छ । आज बिहान ८ बजेदेखि परीक्षा शुरु भएको छ ।
परीक्षामा खुला बिद्यालय प्रणालीमा अध्ययनरत एक हजार बिद्यार्थी र माओवादी शिविरमा रहेका एक हजार पाँच सय लडाकू पनि सामेल भएका छन् । परीक्षाका लागि देशभर कूल एक हजार पाँच सय परीक्षा केन्द्र तोकिएका छन् । परीक्षार्थीहरुलाई परीक्षाको समयमा साइन्टिफिक क्यालकुलेटर र मोबाइल लैजान निषेध गरिएको छ ।
शिक्षा मन्त्रालयले परीक्षालार्इ व्यवस्थित गर्न १४ वटै अञ्चलमा सहसचिवस्तरको अनुगमन टोली खटाएको छ । परीक्षामा हुलहुज्जत गरी अप्रिय घटना घटाउन खोज्नेमाथि कारवाही गर्न सुरक्षा निकायलाई सतर्क गराइएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
मन्त्रालयले अनुगमन समितिलाई परीक्षाको मर्यादा उल्लंघन गर्ने बिद्यार्थी तथा निरीक्षकलाई निष्काशन गर्नेदेखि केन्द्र खारेज गर्नेसम्मको अधिकार दिएको छ । परीक्षासम्बन्धी नियमावली अनुसार चिट चोराउने लगायतका गतिविधिमा संलग्न व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना र ६ महिनासम्म कैद सजायँ हुनसक्छ ।

काँग्रेसमा नेतृत्वका लागि विवाद चर्किन शुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२५ मार्च, २०१०,पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको निधन भएको केही दिनमै नेपाली काँग्रेसका दोस्रो पुस्ताका नेताहरुमा नेतृत्वका बिषयमा विवाद देखिएको छ।
दोस्रो पुस्ताका नेताहरुबीच पार्टीमा को वरिष्ठ भन्ने बिषयमा विवाद चर्किन शुरु गरेको छ। अब पार्टीको नेतृत्व गर्ने बिषयमा वरिष्ठ नेता शेर बहादुर देउवा, कार्यवाहक सभापति सुशील कोइराला र संसदीय दलका नेता एवं उपसभापति रामचन्द्र पौडेलबीच तीब्र प्रतिस्पर्धा देखिएको छ । तीनै जना नेताले पार्टीको नेतृत्वका लागि दाबी गर्दै आएका छन् ।
पार्टीका वरिष्ठ नेता देउवाले आफू गिरिजाबाबु पछिको नेता भएको दावी गरेका छन् । उनले आफूले एकल नेतृत्वमा पार्टी हाक्ने सामर्थ्य समेत देखाईसकेको बताएका छन् । हिजो सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने- गिरिजाबाबु पछि त मैं हुँ, मैंले एउटा पार्टी हाँकेकै हुँ नि । यता सुशील कोइरालाले भने आफू पार्टीको कार्यवाहक सभापति भएका कारण पार्टीको नेतृत्व आफूले लिन पाउनुपर्ने अडान राख्दै आएका छन् ।

हेरफेर गर्‍यो एमालेले नेताहरुको जिम्मेवारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२५ मार्च, २०१०,एमाले स्थायी कमिटीले नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । यस अगाडि विभाग लगायत अन्य जिम्मेवारी बाँडफाँडका बिषयमा एमाले अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता केपी शर्मा ओलीबीच मतभेद रहेपछि स्थायी कमिटीले पुनः नेताहरुको जिम्मेवारी हेरफेर गरेको हो ।
स्थायी कमिटीको हिजो बसेको बैठकले पार्टी संगटन विभाग प्रमुखको जिम्मेवारी इश्वर पोखरेललाई दिएको छ । यस्तै केपी शर्मा ओलीलाई विदेश, वामदेव गौतमलाई कृषि तथा भूमिसुधार, अशोक र्राईलाई मोर्चा संगठन, बिष्णु पौडेललाई संविधानसभा संसदीय, भरतमोहन अधिकारीलाई अर्थ, योजना तथा अनुसन्धान र आर्थिक विभाग, मुकुन्द न्यौपानेलाई उद्योग, व्यवसाय तथा श्रम सम्बन्ध विभागको प्रमुख चयन गरिएको छ।
यस्तै राजेन्द्र पाण्डेलाई राज्य व्यवस्था, प्रदीप ज्ञवालीलाई प्रचार, केशव बडाललाई सहकारी, वेदुराम भुषाललाई पार्टर्ीीकूल विभागको जिम्मेवारी दिइएको छ। यस्तै महेन्द्र पाण्डेलाई शिक्षा तथा मानवस्रोत, प्रदीप नेपाललाई प्राकृतिक स्रोत व्यवस्थापन, गोकर्ण बिस्टलाई स्थानीय विकास विभागको प्रमुख चयन गरेको छ। बैठकले महासचिव पोखरेलको नेतृत्वमा केन्द्रीय सचिवालय समेत गठन गरेको छ । सचिवालयको सचिवहरुमा बिष्णु पौडेल, शंकर पोखरेल र युवराज ज्ञवाली रहेका छन् भने कार्यालय सचिवमा गंगालाल तुलाधर र केन्द्रीय सदस्यमा परशुराम मेघी गुरुङ रहेका छन् । बैठकले युथफोर्सको निर्देशिका समेत पारित गरेको छ ।

अन्ना कुर्निकोभा कहिल्यै पनि खिन्न देखिन्नन् 

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रुसी टेनिस सुन्दरी अन्ना कुर्निकोभा कहिल्यै पनि खिन्न देखिन्नन् । टेनिस कोर्टमा सक्रिय हुँदाको समय होस् वा सानो बिकनी लगाएर मायमी बिचमा घुम्दा, जहिले पनि उनी कामुक नै देखिन्छिन् । तथा गत साता प्रकाशित भएको क्यापिटल म्यागजिनको कभर पेजमा पनि उनी हँसिली देखिएकी छिन् । क्यापिटलले यो अंकमा अन्नालाई सेलेबि्रटीका रूपमा स्थान दिएको हो, जसमा उनले छोटा लुगा लगाएर सकेसम्म खुट्टा देखाएको तस्बिरहरू छन्। कुर्निकोभाका तिघ्राहरू यति कामुक देखिएका छन्, ती तस्बिरहरूमा, जसले प्रेमी इंरिक इग्लेसियाजलाई उनीसँगै अझै छिटो बिहे गर्न झक्झकाउन सक्छ । साथै ती तस्बिरहरू खिचाउँदा उनले आफ्नो वजन पनि घटाएकी छिन् ।
पाँच वर्षयता कुनै व्यावसायिक टेनिस प्रतियोगितामा सहभागिता नजाए पनि उनी समाचारमा भने छाई नै रहेकी छिन्। वेला-वेला उनी कुनै न कुनै म्यागजिन वा टेबलोइडको हेडलाइन बनिरहन्छिन् । कुनै वेला सुन्दर युवतीको समाचार छाप्दा उनको नाम पनि त्यहाँ समावेश हुने गर्छ । त्यही कुर्निकोभाले हालै आफ्नो जीवनका केही पक्षका बारेमा खुलस्त पनि बोलेकी छन् ।
१७ र १८ वर्षको हुँदा इन्टरनेटमा सबैभन्दा डाउनलोड हुने गरेकी कुर्निकोभाले टेनिसभन्दा बाहिरबाटै हालसम्म पाँच करोड अमेरिकी डलरभन्दा बढी कमाइ गरिसकेकी छिन्। अहिले २७ वर्ष भएकी कुर्निकोभाको टेनिसमा सक्रिय नरहे पनि उनको आम्दानीमा भने कमी आएको छैन । 'मैले कति कमाउँछु भन्ने ब्लु पि्रन्ट कसैसँग छैन,' सञ्चारमाध्यमले आफ्नो हरेक कार्यको पिछा गर्ने गरेको झोक निकालिन्, उनले। साथै उनले कभर पेजमा तस्बिर छपाउँदा कति पारिश्रमिक लिन्छिन् भन्ने पनि खुलाउन चाहिनन् ।
२००२ देखि गायक इग्लेसियाजको प्रेममा फसेकी कुर्निकोभा हाल फ्लोरिडामा बसोबास गर्छिन्। साथै वेला-वेलामा पापाराजिको पिछामा पर्ने कुर्निकोभा भन्छिन्, 'यो उनीहरूको जागिर हो, तर कुनै पनि कुरा झगडासम्म पुग्नुहुँदैन । मात्र तस्बिर खिचे भइहाल्यो नि ।' टेनिस स्टारका रूपमा नाम कमाए पनि कहिल्यै पनि व्यावसायिक उपाधि नजितेकी कुर्निकोभाले त्यस विषयमा पनि मुख खोलेकी छिन्, प्रसिद्ध खेल पत्रिका स्पोर्टस् इलुस्ट्रेडेसँग, 'मैले सधैँ आफूलाई दबाबमा राखेँ, विशेषत उमेर पाको हुँदै जाँदा
। उमेरका आधारमा जति पाको भयो त्यही चुस्त हुन सकिँदैन । १६-१७ वर्षको उमेरमा केही डर हुँदैन
। त्यसवेला केही सोच्न र विचार गर्न सकिँदैन । त्यसवेला खेल अटोमेटिक हुन्छ । उमेर छिप्पिएपछि मानिस चलाख हुन्छ, तर खेलमा चलाख मात्र बनेर हुँदैन, तिमीलाई थाहा छ ?'
'संसार सबै कुरामा पर्फट बन्यो भने म पनि प्रतियोगिता जित्न सक्छु नि भन्ने जस्तो लाग्थ्यो,' उनले थपिन्, 'तर, अब म कोर्टमा फर्किएर खेल्न सक्दिनँ । त्यसैले कहिलेकाहीँ म आफूलाई अभागी मान्छु र मान्थेँ, त्यसैले मेरो हार हुन्थ्यो ।'
मस्कोमा जन्मिएकी कुर्निकोभा अहिले भने 'ब्वाइज एन्ड गर्लस् क्लब अफ अमेरिका' को सद्भाव राजदूतका रूपमा सक्रिय छिन्। उनी स्पष्ट भन्छिन्, 'म विवाहित होइन, गर्भवती पनि छैन, कुनै ठूलो जागिर पनि छैन अनि के गर्ने त ?' साथै उनले नाटकीय रूपमा आफ्नो वजन घटाएको विषयमा पनि खुलस्त पारेकी छिन् । आफू खानाबाट कहिल्यै नभागेको उनी बताउँछिन् ।
कम्मरको चोटका कारण व्यावसायिक टेनिसबाट बिदा लिएकी कुर्निकोभा पछिल्लोपटक कभर पेजमा आउँदा 'स्लिम' देखिएकी छिन्। उनले आफ्नो वजनमा धेरै कमी गरेको ती तस्बिरहरूले बताउँछन् ।
साथै उनी टेनिस खेल्न छाडेपछि आफ्नो वजन बढेको स्वीकार पनि गर्छिन्। साथै वजन घटाउन विशेष कार्य नगरेको दाबी पनि उनको छ। उनी भन्छिन्, 'प्राकृतिक रूपमै म अग्ली र पातली छुँ। व्यावसायिक टेनिस खेल्दा मेरो शरीरमा निखार आएको थियो । मैले झन्डै १५ वर्षसम्म दैनिक ६ घन्टाका दरले कोर्टमा समय बिताएँ । तर, अब मेरो शरीर फेरि बन्दै छ ।'
साथै उनले बलिउड सुन्दरी करिना कपुरसँग एकसाथ काम गर्न पाउँदा खुसी लागेको पनि बताइन्
। ती दुई कामुक सुन्दरीले एकसाथ सोनी इरिक्सन मोबाइल फोनको विज्ञापनमा काम गरेका छन् ।
निकट भविष्यमा नै सो विज्ञापन अन्तर्राष्ट्रियस्तरमा सार्वजनिक हुँदै छ। सो विज्ञापन नयाँदिल्ली र न्युयोर्कबाट एकैसाथ सार्वजनिक गरिने बताइएको छ 

Mar 23, 2010

रुट परमिटको विषयमा विवाद हुँदा सवारीसाधन तोडफोड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुर्खेत/ काँक्रेबिहार र मध्यपश्चिम यातायात व्यवसायी समितिबीच रुट परमिटको विषयमा विवाद हुँदा मंगलबार वीरेन्द्रनगर बसपार्कमा राखिएका डेढ दर्जन सवारीसाधन तोडफोड भएको छ । विवाद चर्किँदै जाँदा दुवै समितिमा आबद्ध व्यक्तिहरूले रोकेर राखिएका गाडी तोडफोड गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार काँक्रेबिहार यातायात व्यवसायी समितिका आठ र मध्यपश्चिम यातायात व्यवसायी समितिका नौवटा गाडीमा क्षति पुगेको छ । काँक्रेबिहारले पुराना गाडी प्रयोगमा ल्याएकाले ती गाडीलाई रुट परमिट दिन नहुने मध्यपश्चिमको अडानपछि विवाद चर्किएको थियो । तोडफोडबाट दुवैतर्फ गरी २० लाख रुपैयाँबराबरको क्षति भएको प्रहरीले जनाएको छ । थप झडप हुनसक्ने आशंकामा अहिले वीरेन्द्रनगरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

सहमति जुटाउन कस्सिए सभामुख

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२४ मार्च,२०१०,संविधानसभाका अध्यक्ष सुभाषचन्द्र नेम्वाङले विभिन्न बिषयगत समितिमा देखिएका विवादलाई मिलाउने उद्देश्यका साथ आज विभिन्न राजनीतिक पार्टीका नेताहरुसँग छलफल गर्दै हुनुहुन्छ ।
नयाँ संविधान जारी गर्ने समय नजिकिँदै जाँदा दलहरुबीचको छलफललाई सभामुख नेम्वाङले पुनः निरन्तरता दिन लाग्नु भएको हो ।
दलहरुबीच सहमति जुटन नसकेका बिषयमा सहमति जुटाउन दैनिकजसो छलफल जारी राख्ने सभामुख नेम्वाङले जानकारी दिनुभएको छ । आजको छलफलमा तीन प्रमुख दलका शीर्ष नेताहरुको पनि सहभागिता रहने बताइएको छ ।

नेपाल विद्यार्थी संघका कार्यकर्ताले जिशिअलाई कालोमोसो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
स्याङ्जा, १० चैत,नेपाल विद्यार्थी संघका कार्यकर्ताले स्याङ्जाका जिल्ला शिक्षा अधिकारी दुर्गाप्रसाद श्रेष्ठलाई मंगलबार कार्यकक्षभित्रै पसेर कालोमोसो दलेका छन् । कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको निधन भएको भोलिपल्ट आइतबार कक्षा ८ को जिल्लास्तरीय परीक्षा सञ्चालन गरेको भन्दै नेविसंघले उनलाई कालोमोसो दलेको हो । सदरमुकामस्थित प्रगतिनगरमा रहेको शिक्षा कार्यालयमा अपराह्नमा पुगेका विद्यार्थीले 'किन परीक्षा सञ्चालन गरेको ? भन्दै एक्कासी कालोमोसो दलिदिएका थिए । शिक्षा अधिकारीलाई कालोमोसो दलिसकेपछि उनीहरू नेपाल विद्यार्थी संघ जिन्दावाद भन्दै कार्यालयबाट बाहिरिएका थिए । विद्यार्थीले राष्ट्र नै शोकमा डुबेका बेला शिक्षा अधिकारीको गतिविधि निन्दनीय भएको बताए ।
राष्ट्रियशोकका दिन पटकपटक फोनमार्फत आग्रह गर्दा पनि शिक्षा अधिकारी श्रेष्ठले अटेर गरेर परीक्षा सञ्चालन गर्न शिक्षकलाई दबाब दिएको नेपाल विद्यार्थी संघ स्याङ्जाका अध्यक्ष गुरुप्रसाद भट्टराईको आरोप छ ।
शिक्षा अधिकारी श्रेष्ठले भने सो दिन परीक्षा सञ्चालन गर्न कुनै पनि शिक्षक तथा विद्यालयलाई दबाब नदिएको बताए । सञ्चार अभावमा जिल्लाका केही विद्यालयमा परीक्षा सञ्चालन भएको उनले बताए । उनले आफूमाथि गुण्डागर्दीशैलीमा अभद्र व्यवहार भएको भन्दै दोषीलाई कडा कार्बाहीको माग गरेका छन् ।

सुपर मोडल क्लाउडियालाई गोर्खा सैनिकहरुले सुरक्षा दिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत ११,सुपर मोडल क्लाउडिया सिफर र उनका दुई सन्तानको सुरक्षाको लागि पूर्व गोर्खा सैनिकहरु एउटा समूहले प्राप्त गरेको छ। फिल्म निर्देशक रहेका उनका पति म्याथु भनले कुनै 'क्रेजी फ्यान'ले जर्मन सुपर मोडल क्लाउडियाको हत्या हुन सक्ने चिन्ता व्यक्त गरेका छन्। बेलायती पत्रिका सनसँगको अन्तर्वार्तामा म्याथु भनले सो चिन्ता हटाउन पूर्व गोर्खा सैनिकहरुलाई सुरक्षाका नियुक्त गरेको बताएका छन्। भनको निर्देशनको कमिक बेस फिल्म 'किक एस'को मगलबार बेलायतमा प्रिमियम गरिएको छ। भनले भने, 'गोर्खालीहरु महान र राम्रो भएकोले मैले उनीहरुलाई काममा लगाएको हुन। उनीहरु निकै दक्ष छन्।' क्याउडियाको निवासमा पटक-पटक 'फ्यान'हरु लुकीछिपी प्रवेश गर्ने गरेका छन्।
सन् २००२ मा विवाह गरेको क्याउडिया- म्याथुबाट यसै वर्षमा मे महिनामा तेस्रो सन्तानको अपेक्षा गरिएको छ। उनीहरुको सात वर्षे छोरा कास्पर ५ वर्षे छोरी क्लेमेन्टिने रहेकी छिन्। म्याथुले बेलायती फौजमा कार्य गरेका नेपालीहरुलाई बेलायतमै बसोबार गर्ने दिने निर्णय प्रति पनि खुशी व्यक्त गरेका छन्। उनले भने, 'उनीहरु देशका लडेका थिए र त्यसैले बेलायती पासपोर्टका लागि योग्य छन्।'
बेलायती अभिनेत्री जोना लुम्लेले पूर्व गोर्खालीलाई स्थायी बसोबासका अभियान सञ्चालन गरेकी थिइन्। क्याउडिया विश्वकै सफल मोडल मध्येकी एक हुन्। ५ सयभन्दा बढी लोकप्रिय म्यागेजिनको 'कभर गर्ल' बनेकी क्याउडियाले मोडलिङबाट ५ करोड ५० लाख अमेरिकी डलरको सम्पत्ति जम्मा गरेको अनुमान फोर्ब म्यागेजिनले गरेको छ।
सन् २००४ मा 'लियर केक' फिल्मबाट निर्देशन थालेका म्याथुको सन् २००७ मा 'स्टारडस्ट' चलचित्र आएको थियो।

जारी छ प्रहरी दमनविरुद्ध पत्रकारहरुको प्रदर्शन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२४ मार्च,२०१०,जनकपुर घटनाको समाचार संकलन गर्न गएका सञ्चारकर्मीहरुमाथि प्रहरीले दमन गरेको भन्दै नेपाल पत्रकार महासंघ आन्दोलनमा उत्रिएको छ । पत्रकारमाथि भएको प्रहरी दमनको विरोधमा आज महासंघका विभिन्न जिल्ला शाखाहरुले जिल्ला जिल्लामा विरोध प्रदर्शन गर्दैछन् ।
बलात्कारमा संलग्न प्रहरीमाथि कारवाहीको माग गर्दै भएका प्रदर्शनमा समाचार संकलन गर्न खटिएका पत्रकारहरुमाथि प्रहरीले कुटपिट गरेर घाइते बनाएको भन्दै पत्रकारहरु विरोधमा उत्रिएका हुन् । प्रहरीको कुटाईबाट घाइते भएका पत्रकारहरुलाई निःशुल्क औषधि उपचारको व्यवस्था हुनुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने लगायतका माग राखी पत्रकारहरुले विरोध जुलुस निकालेका हुन् ।
पत्रकारहरुलाई प्रहरी उपरीक्षक श्याम खड्काको नेतृत्मा रहेको टोलीले घेरा हाली कुटपिट गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । आइतबार जनकपुरको भानुचोकमा पुगेका प्रदर्शनकारीहरुले विरोध प्रदर्शनका क्रममा एउटा एम्बुलेन्समा आगो लागेपछि समाचार संकलनका लागि त्यहाँ पुगेका पत्रकार महासंघ, धनुषा शाखाका महासचिव ईश्वरचन्द्र झा, पत्रकार विकास साह, जयनारायण झा, बीरेन्द्ररमण, लक्ष्मण यादव, धैर्यकान्त झा, नवीन सिंह, श्रीनारायण साह, विमलेस सिंह, बटुकनाथ झा र जगदीश साह घाइते भएका थिए ।
कुटपिटमा प्रहरीले बन्दुकको कुन्दा, लाठी, बुट प्रयोग गर्दा पत्रकार विकास साहको टाउको फुटेको छ भने अन्य पत्रकारको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको महासंघले जनाएको छ । उक्त घटनाका क्रममा घाइते पत्रकारहरुको काठमाडौं र जनकपुर अञ्चल अस्पतालमा उपचार भईरहेको छ । महासंघले अपराधीलाई यथाशीघ्र छिटो कारवाही गर्न र घाइते पत्रकारहरुको उपचारको व्यवस्था गर्न सरकारसमक्ष माग समेत गरेको छ । महासंघले हिजो काठमाडौं जिल्ला प्रशासन कार्यालय अगाडि पनि धर्ना दिएर दोषी प्रहरीमाथि कारवाहीको लागि माग गरेको थियो ।

शुल्कबृद्धि फिर्ता नलिए बैशाख १ देखि बिद्यालय बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२४ मार्च,२०१०,आगामी शैक्षिकसत्रदेखि लागू हुने गरी काठमाडौंका निजी बिद्यालयहरुले ७ देखि २५ प्रतिशतसम्म शुल्कबृद्धि गर्ने निर्णयको अनेरास्ववियू क्रान्तिकारीले आपत्ति जनाएको छ ।
शुल्कबृद्धिको निर्णय फिर्ता नलिए बैशाख १ गतेदेखि बिद्यालय बन्द गर्ने चेतावनी उक्त संगठनले दिएको छ । शुल्कबृद्धि खारेजी र मनपरी शुल्क असुल्नेलाई कारवाहीको माग समेत उक्त संगठनले गरेको छ । निजी बिद्यालयका सञ्चालक, शिक्षक, जिल्ला शिक्षा अधिकारीसहितको बैठकले शुल्क बृद्धि गर्ने निर्णय गरेको थियो ।
प्राथमिक तहमा २५.२२ प्रतिशत, निम्न माध्यमिक तहमा १८ र माध्यमिक तहमा ७.७ प्रतिशत शुल्कबृद्धि गरिएको छ । महंगी र शिक्षकहरुको तलब समायोजन गर्नको लागि शुल्कबृद्धि गरिएको बिद्यालय सञ्चालकहरुले बताएका छन् । अभिभावक संघ नेपालले भने शुल्कबृद्धिको स्पष्ट कारण नखुलाए आम अभिभावकहरुले शुल्क नतिर्ने घोषणा गरेको छ ।

शिक्षण अस्पतालको आकस्मिक सेवासमेत बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
महाराजगन्जस्थित शिक्षण अस्पतालको आकस्मिक सेवासमेत मङ्गलबारदेखि बन्द भएको छ । आवासीय चिकित्सहरुको हडतालका कारण सेवा बन्द भएको हो ।चिकित्साशास्त्रतर्फको स्नातकोत्तर तहको परीक्षामा अनियमितता भएको भन्दै उनीहरुले विगत नौ दिनदेखि अस्पतालको बहिरङगसेवा बन्द गरेका थिए ।आफ्नो मागबारे व्यवस्थापनले बेवास्ता गरेकाले सेवा बन्द गर्न बाध्य भएको आन्दोलनकारीहरुले बताएका छन् ।

बहुविवाहको आरोपमा माओवादी सभासद निलम्बित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बहुविवाह गरेको आरोपमा एकीकृत नेकपा माओवादीले आफ्ना एक सभासदलाई निलम्बन गरेको छ। ताम्सालिङ राज्य समितिको हालै बसेको बैठकले मकवानपुर क्षेत्र नं. १ का सभासद दिलबहादुर घिसिङ्गलाई बहुविवाह गरेको ठहर गर्दै एक वर्षका लागि पार्टीको साधारण सदस्यबाट निलम्बन गरेको हो।सभासद घिसिङ्गले फापरबारीका विसौडा-५ की एक महिलासँग ८ महिनाअघि गुपसुग ढंगले विवाह गरेका थिए। घरमा पत्नीसहित तीन छोराछोरी भएका सभासद घिसिङ्गले ५ वर्षे छोराकी आमासँग दोस्रो विवाह गरेका हुन्।बहुविवाह गरेकाले उनलाई कारवाही गर्न महिला कार्यकर्ता लगायतका तल्लो तहका कार्यकर्ताले जिल्ला पार्टीलाई आन्तरिक रुपमा दबाब दिँदै आएको थिए।

फ्रिडा पिन्टो अब जेम्स बन्डसँग देखिदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लण्डन, चैत ९ 'स्लमडग मिलेनियर'की हिरोइन फ्रिडा पिन्टो अब बन्ड गर्लको भूमिकामा देखिने भएकी छिन्। उनलाई यस फिल्ममा उनका प्रेमी देव पटेलसमेत साथ दिँदै छन्। डिनाइल सिराजको मूख्य भूमिका रहेको 'जेरो जेरो सेभेन' सिरिजको निर्देशन सम मेन्डेसले गर्दैछन्। फिल्मको सुटिङ अफगानिस्तानमा गरिने भएको छ। 'यस प्रकारको भूमिका पाउनु राम्रो कुरा हो। अझ यो सिरिजमा देवले फ्रिडालाई पिछा गर्ने कुरा सबैका लागि रमाइलो हुन सक्छ,' स्रोतले बतायो। निर्देशक सम मेन्डेस फिल्मलाई लिएर निकै उत्साहित छन्। उनको प्रोजेक्टमा फिडा फिल्मको ड्रिमगर्ल्स थिइन्। तर फिडा भने फिल्मको भूमिकालाई लिएर चिन्तित छिन्। उनी चैतको मध्यबाट 'वार अप दि गड्स'को सुटमा व्यस्त हुदैँ छिन्। उनको यी दुवै फिल्म आगामी २०११ मा प्रिमियर हुने छन्। 'जेम्स बन्डसँग काम गर्नु चुनौतीको कुरा हो। तर यस फिल्ममा देवपनि देखिदै छन्। त्यसकारण काम गर्न केही सहज होला,' फ्रिडाले भनिन्।

बेइजिङबाट हङकङ सर्‍यो सर्च इन्जिन गुगल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हङकङ, चैत १०- अमेरिकी इन्टरनेट कम्पनी गुगलले चिनियाँ सेन्सर नमान्ने घोषणा गर्दै मङ्गलबार चिनियाँ भाषाको इन्टरनेट सर्च इन्जिन बन्द गरेको छ। साथै उसले चीनको विशेष प्रशासनिक क्षेत्र हङकङबाट आफ्ना चिनियाँ ग्राहकका लागि सेन्सररहित सर्च सेवा सञ्चालन गरेको जनाएको छ।
चिनियाँ अधिकारीले गुगलले 'लिखित सम्झौता उल्लङ्घन गरेको' प्रारम्भिक प्रतिक्रिया दिएका छन् र उसको यो निर्णयबाट चीन–अमेरिका सम्बन्धमा असर नपुग्ने दाबी गरेका छन्। सेन्सरशीप नरोके चीन छाडेर जाने चेतावनी दिएको दुई महिनापछि गुगलले यस्तो निर्णय गरेको हो। चिनियाँ समयअनुसार मङ्गलबार बिहान ३ बजे गुगलका प्रमुख कानुनी सल्लाहकार डेभिड ड्रुमोण्डले ब्लग पोष्टमार्फत् गुगलको निर्णय सार्वजनिक गरेका हुन्। उनले चिनियाँ सेन्सरशीपबाट जोगिनका लागि गुगलले गरेको यो निर्णयलाई चीन सरकारले सम्मान गर्ने आशा व्यक्त गरेका छन्। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता क्यून गाङले मंगलबार बेइजिङमा गुगलले ब्यापारिक मुद्दालाई राजनीतिक बनाउन खोजे पनि यसले अन्तर्राष्ट्रिय सम्बन्धमा असर नपुग्ने प्रतिक्रिया दिए। “सरकारले गुगलको मुद्दा कानुन अनुसार हल गर्नेछ”, उनले भने। चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले 'स्टेट काउन्सील इन्फर्मेसन अफिस' का एक जना अधिकारीलाई उद्धृत गर्दै भनेको छ, “गुगलले सर्च सेवामा फिल्टर नगर्ने घोषणा गरेर चीनसँग गरेको लिखित सम्झौता तोडेको छ, यो पुरै गलत छ।”

प्रदर्शनका कारण बिहानैदेखि जनकपुरमा तनाव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२३ मार्च,२०१०,बलात्कारमा संलग्न प्रहरीलाई कारवाहीको माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीय बासिन्दाहरुको प्रदर्शनका कारण आज चौंथो दिन पनि जनकपुर तनावग्रस्त बन्न पुगेको छ । प्राप्त समाचार अनुसार प्रदर्शनकारीहरुले आज पनि बिहानैदेखि जनकपुरको चोक चोकमा टायर बालेर प्रदर्शन शुरु गरेपछि तनाव उत्पन्न भएको हो । प्रहरीका एक अधिकृतले एक महिलालाई बलात्कार गरेको घटना सार्वजनिक भएपछि शनिबारदेखि जनकपुरमा तनाव उत्पन्न भएको हो ।
प्रदर्शनकारीहरुले बिहानैदेखि भानु चोक, रेलवे स्टेशन क्षेत्र, जानकी चोकमा प्रदर्शन जारी राखेका छन् । यस अगाडि हिजो पनि प्रहरी र प्रदर्शनकारीबीच विभिन्न स्थानमा झड्प भएका थिए । आक्रोशित प्रदर्शनकारीहरुले जानकी प्रहरी चौकीमा आगजनी गर्ने प्रयास समेत गरेको थियो । प्रदर्शनकारीहरुको भीडलाई नियन्त्रणमा लिन प्रहरीले केही स्थानमा हवाई फायर समेत गर्नुपरेको थियो ।
यसैबीच सरकारले जनकपुर घटनाको सम्बन्धमा छानविन गर्न तीन सदस्यीय छानविन समिति गठन गरेको छ । गृह मन्त्रालयका सहसचिव जन्मजय तिमिल्सिनाको संयोजकत्वमा गठित छानविन समितिमा प्रहरी वरिष्ठ उपरीक्षक हेमन्त मल्ल ठकुरी र राष्ट्रिय अनुसन्धान विभाग क्षेत्रीय कार्यालय, हेटौंडाका सहायक प्रमुख राजेन्द्र खत्री रहेका छन् ।

गल्फर टाइगर उडले म नै एक्लो दोषी हुँ भने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गल्फर टाइगर उडले आफू 'झूटसँग बाँचेको' स्वीकार गर्दै खेलको आदर्श व्यक्तित्वबाट आफूलाई तल झार्ने 'सेक्स स्क्यान्डल' को दोषी पनि आफू एक्लै रहेको बताएका छन् ।'त्यो सब मेरै कारण भयो । त्यो कार्य गर्ने म नै एक्लो दोषी हुँ । ती सबै गर्ने व्यक्ति म नै हुँ । जब केही भइरहेको हुन्छ, कसैलाई पनि भोलि के होला भन्ने थाहा हुँदैन,' आइतबार राति गल्फ च्यानलमा प्रसारित अन्तर्वार्तामा उडले भने ।सोही अन्तर्वार्ता आइतबार नै इएसपिएनले पनि प्रसारण गर्‍यो । चार महिना लामो तनावग्रस्त छुट्टीपछि उड आगामी महिना मास्टर्स प्रतियोगितामा देखा पर्दै छन् । भविष्यको योजनाका बारेमा प्रश्न गर्दा उनले हाँसेर जवाफ दिए । 'मेरो मनको कुरालाई धेरैले बुझ्नेछन् भन्ने लाग्छ, अब धेरैले मेरा कुरा काट्न छाड्नेछन् वा छाडिसके,' उनले भने, 'तर त्यो सबै घटनालाई भने चाँडै नै म बिर्सन सक्दिनँ ।' आफ्नो शृंखलाबद्ध यौनमामिलाका बारेमा उडले भने, 'म रोक्ने प्रयास गर्थें, तर रोकिन सक्दिनँथेँ । त्यही कारणले गर्दा डरलाग्दो कथा लेखियो ।' गत नोभेम्बरमा कार दुर्घटनामा परेपछि उडले क्यामरा फेस गरेको यो नै पहिलोपटक थियो । सो अन्तर्वार्तामा उनले कार दुर्घटना, वैवाहिक सम्बन्ध, पुनर्उपचार केन्द्रको बसाइसँगै निजी जीवनका बारे खुलेरै कुरा गरे । कार दुर्घटनापछि जारी गरेको विज्ञप्तिमा भने उनले ती सबै आफ्नो निजी मामिला भएको तथा त्यसलाई गोप्य राख्ने अधिकार आफूसँग रहेको बताए । सो विज्ञप्तिका लागि पनि उनले क्यामेरासामु माफी मागे ।

Mar 21, 2010

भारतीय नेताहरूले कोइरालाको निधनप्रति दुःख व्यक्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई श्रद्धान्जलि दिन नेपाल आएका भारतीय नेताहरूले प्रधानमन्त्री माधवकुमार नेपालसँग आइतबार उहाँकै निवास बालुवाटारमा भेट गर्नुभएको छ ।उहाँहरूले पूर्वप्रधानमन्त्री कोइरालाको निधनप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री नेपालमार्फत नेपाल र नेपाली जनतालाई समवेदना दिनुभएको छ ।भारतीय लोकसभाका सभामुख श्रीमती मीरा कुमार, अर्थमन्त्री प्रणव मुखर्जी र विदेशमन्त्री एसएम कृष्णाले प्रधानमन्त्री नेपालसँग शिष्टाचार भेट गर्नुभएको थियो । सभामुख कुमारले आफू, भारतीय लोकसभा र भारतीय जनताका तर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको थियो भने मन्त्रीद्वयले भारतीय सरकारका तर्फबाट समवेदना प्रकट गर्नुभएको थियो ।भेटका अवसरमा उहाँहरूले नेपालको शान्ति प्रक्रियाले गति लिने अपेक्षा गर्दै दलहरूबीच सहमति निर्माण हुने र समयमै संविधान निर्माण हुने विश्वास व्यक्त गर्नुभएको थियो ।प्रधानमन्त्री नेपालले पूर्वप्रधानमन्त्री कोइरालाको निधन मुलुकका लागि अपूरणीय क्षति भएको उल्लेख गर्दै उहाँसहित सुरु गरिएको शान्ति प्रक्रियालाई उहाँको अनुपस्थितिमा पनि नेपालका राजनीतिक दल र यसको नेतृत्वले निष्कर्षमा पुर्‍याई समयमा संविधान निर्माण गर्ने विश्वास दिलाउनुभयो ।प्रधानमन्त्री नेपालले विगतमा झैं छिमेकी मित्र राष्ट्र भारतबाट नेपाललाई सहयोग प्राप्त भइरहने विश्वास पनि व्यक्त गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले बताउनुभयो ।

राजनेता गिरिजाप्रसाद कोइरालाको अन्त्येष्टि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत ८,नेपाली लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष तथा नेपालको प्रथम राष्ट्राध्यक्षको भूमिका निर्वाह गर्नुभएका गिरिजाप्रसाद कोइरालाको पशुपतिस्थित आर्यघाटमा राजकीय सम्मानका साथ आइतबार दाहसंस्कार गरियो । राजनेता कोइरालाको पार्थिव शरीरमा उहाँकी सुपुत्री एवं उपप्रधानमन्त्री सुजाता कोइरालाले साँझ ७ बजेर ४८ मिनेट जाँदा दागबत्ती दिनुभयो । आर्यघाटमा नेपाली सेनाले शोक धून बजाएर सम्मान प्रकट गर्नुका साथै १५ तोपको सलामी अर्पण गर्‍यो

श्रद्धाञ्जलीको भीड नियन्त्रण गर्न प्रहरीद्वारा लाठी चार्ज

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सर्वसाधरणको अत्याधिक चाप बढेपछि प्रहरीले चाप नियन्त्रण गर्न लाठी प्रहार गरेको हो । यसैगरी फूल व्यवसायीले चर्को मूल्यमा फूल बेचेको भन्दै फूल व्यवसायी र श्रद्धाञ्जली अर्पण गर्न गएका शुभेच्छुकहरुबीच सामान्य झडपसमेत भएको थियो।आर्यघाटमा विशिष्ट व्यक्तिहरुको उपस्थिति भइसकेको छ। केही बरिष्ठ नेताहरु आर्यघाटमा पुगिसक्नु भएको छ। अहिले आर्यघाटमा जनमानसको सागर उर्लिएको छ। आर्यघाटमा सुरक्षा व्यवस्था कडा पारिएपनि मानिसहरुको अत्याधिक चापको कारण भीड नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मे हम्मे परेको छ।आर्यघाटमा प्रधानमन्त्री माधवकुमार नेपाल, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, संविधावनसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापा, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, भारतीय नेता सिताराम यचुरी, रामनाथ सिंह, डिवी त्रिपाठी, विदेशमन्त्री एसएम कृष्णा, लोकसभा अध्यक्ष मीरा कुमार, अर्थमन्त्री प्रणव मुखजी, प्रकाशमान सिंह, सभासदहरु उपस्थित हुनुभएको छ। सरकारमा सहभागी मन्त्रीहरुको पनि उपस्थिति भएको छ।कोइरालालाई १ नं. चितामा दाह संस्कार गरिने छ। दागबत्ती छोरी सुजाता कोइरालाले दिनुहुने छ।मानिसहरुको अत्याधिक चापको कारण पशुपति क्षेत्रमा मानिसहरुलाई बस्ने ठाउँको समेत अभाव भएको छ। मानिसहरु बागमती नदीमा आधा खुट्टा डुबाएर उभिएर बसेका छन्।पूर्व प्रधानमन्त्री कोइरालाको दाह संस्कारको लागि चिता निर्माण गरिसकिएको छ। उहाँको दागबत्ती छोरी सुजाता कोइरालाले दिनुहुने छ। भने दुई जना ब्राम्हणले पशुपति क्षेत्रमै रहेको किरियापुत्री सेवा केन्द्रमा बसेर १३ दिन काजकिरिया गर्नुहुने छ। पूर्व सभापति कोइरालाको एक धर्मपुत्र समेत रहेका छन्। धर्मपुत्र सुरेश कोइरालाभने किरियापुत्रीको रुपमा नबस्ने बुझीएको छ।पूर्व प्रधानमन्त्री कोइरालाको दाह संस्कारको लागि चिता निर्माण गरिसकिएको छ। उहाँको दागबत्ती छोरी सुजाता कोइरालाले दिनुहुने छ। कोइरालालाई राष्ट्र प्रमुखको रुपमा नेपाली सेनाले राजकीय सम्मान रुवरुप १५ तोपको सलामी दिने तयारी गरिरहेको छ। करिब ७ सयको संखयामा नेपाली सेनाको टुकडीले पूर्व प्रधानमन्त्री कोइरालालाई सम्मान दिनेछ।