News

Aug 31, 2010

संघीय मञ्चका अध्यक्षसँग राष्ट्रपतिको भेट : समसामयिक छलफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/ डीबी आङबुङ
भाद्र १४, २०६७,सम्मानीय राष्ट्रपति रामवरण यादव र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन 'मिराक' सभासद माननीय रुकमिणी चौधरी थारु र थरहट स्वायत्त राज्य परिषदका अध्यक्ष योगेन्द्र थारुबीच राष्ट्रपति भवनमा मिति २०६७ भाद्र १४ गते दिनको ३ बजे भेटघाट सम्पन्न भयो । सो भेटमा प्रधानमन्त्रीको निर्वाचन, शान्ति र संविधान बारे कुराकानी भयो । वर्तमान परिवर्तनलाई यसबाट हासिल भएको उपलब्धिलाई संस्थागत गर्न सहयोग पुर्याउनको लागि संघीय माच र यससम्बद्ध थरुहट स्वायत्त राज्य परिषद, तामाङसालीङ स्वायत्त राज्य परिषद, खम्बुवान स्वायत्त राज्य परिषद र संघीय लिम्बुवान राज्य परिषदले शान्तिपूर्ण र सशक्त आन्दोलन बढाइरहेको जानकारी गराइएको कुरा मञ्चका अध्यक्ष लिङ्देनद्वारा प्रेसित विज्ञप्तिमा जनाइएको छ । मञ्च र यससम्बद्ध राज्य परिषदहरु समानुपातिक आधारमा राष्ट्रिय सहमतिको सरकार बनोस् र संघीय गणतन्त्र एवम् धर्मनिरपेक्ष राज्य नेपालको संविधान लेखन कार्य पूर्ण होस् भन्ने पक्षमा रहेको छ । लिम्बुवान, खम्बुवान, तामाङसालीङ, नेवाः, मैथिल, थरुहट, तमुवान, मगरात र खसानलगायतका स्वायत्त राज्यहरुको निर्माण आई. एल. ओ. महासन्धि १६९ को तुरुन्त कार्यान्वयन र राज्यको हरेक क्षेत्रमा जातीय समानुपातिक आधारमा प्रतिनिधित्व गरिनुपर्दछ भन्ने पक्षमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च रहेको बारे राष्ट्रपतिलाई अवगत गराएको जानकारी विज्ञप्तिमा जनाइएको छ ।

संवियुलिराप धनकुटा क्याम्पस र जिल्लामा विस्तार

लिम्वूवान डट व्लगस्पोट डटकम,धनकुटा/कर्मा कार्की,
एकात्मक शासनव्यवस्थाको अन्त्य, संघीय शासन व्यवस्थाको शुरुवात गर्न र शिक्षा नीतिमा आमूल परिवर्तन गर्न संघीय विद्यार्थी युनियनको चाहना भएको भन्दै "संघीय विद्यार्थी युनियनको चाहना, संघीय शिक्षा प्रणालीको स्थापना" भन्ने मुल नाराका साथ यही २०६७ भदौ १२ गते संघीय विद्यार्थी युनियन लिम्वुवान राज्य परिषद धनकुटा बहुमुखी क्याम्पस इकाई कार्य समिति र संघीय विद्याथी युनियन जिल्ला कार्य समितिको संयुक्त आयोजनामा यही धनकुटा बहुमुखी क्याम्पस धनकुटामा १९ जनाको एकाई कार्य समिति चयन गरिएको छ । संघीयता, लोकतान्त्रिक गणतन्त्र, जातीय मुक्ति, संघीय शिक्षा प्रणाली, वहुभाषिक तथा वहुसाँस्कृतिक शिक्षा नीति लगायतका शैक्षिक तथा राजनीतिक मुद्धालाई वकालत गर्दै संघीय शिक्षाका लागि स्थापनाकालदेखि नै महान संघर्ष गर्दै आएको सम्पूर्णसंघीयवादी विद्यार्थीहरूको गौरवशाली साझा संगठन नै संघीय विद्यार्थी युनियन हो, नव निर्वाचित संघीय विद्यार्थी युनियन लिम्बुवान राज्य परिषद क्याम्पस एकाई, धनकुटाकाअध्यक्ष देवकुमार माङ्लकद्वारा प्रेसित विज्ञप्तिमा भनिएको छ । सोही विज्ञप्तिमा, जनआन्दोलन भाग २ को १८ दिने राष्ट्रिय मुक्ति आन्दोलन र विभिन्न समयमा भएका जातीय मुक्ति आन्दोलनमा संघीय विद्यार्थी युनियनले महत्वपपूर्ण भूमिका निर्वाह गर्नुका साथै समानुपातिक स्व.वि.यु. निर्वाचन प्रणालीको पक्षमा सशक्त आन्दोलन गरेको कुरा घाम जतिकै र्छलङ्ग भएको जनाइएको छ । नव गठित संघीय संघीय विद्यार्थी युनियन लिम्वुवान राज्य परिषद धनकुटा बहुमुखी क्याम्पस इकाई कार्य समिति निम्नानुसार रहेको छ-
अध्यक्ष - वेदकुमार माङ्लाक
उपाध्यक्ष - सुरेन्द्र लिङ्थेप
सचिव - जिरेन्द्र लिम्बू
अर्थ सचिव - र्सर्मिला राई
प्रचारप्रसार सचिव - कर्मा कार्की
महिला सचिव - भगी लिम्बू (वाजी)
संगठन सचिव - कृष्ण कार्की
प्रशिक्षण सचिव - इन्द्रदीप माङ्याक
सदस्यहरू :
सोहन लिम्बू महेन्द्र लावती, चन्द्र आङ्देम्बे, हिकमत सुब्बा, छत्र लिङ्थेप, देवराज लिम्बू ,तामिल लिङ्देन, अनिता राई , ललिता मादेन, मनिता थलङ्,जंग तामाङ ।
त्यसैगरी, सोही दिन डगलसिङ नेम्बाङको अध्यक्षतामा निम्नानुसारको संघीय विद्यार्थी युनियन लिम्वुवान राज्य परिषद धनकुटा जिल्ला कार्य निर्वाचित गरिएको छ ।
अध्यक्ष - डगलसिंह नेम्बाङ
उपाध्यक्ष - रेम्बु चाम्लिङ् राई
सचिव - योगेश लिम्बू
अर्थ सचिव - दिलु लिम्बू
महिला सचिव - जस्मा तामाङ
संगठन सचिव - योगेन्दे माङ्याक
कला तथा संस्कृति सचिव - कविता तुम्वाहाङ
प्रशिक्षण सचिव - गोपाल लिम्बू
सदस्यहरू :
कृष्ण मगर चन्द्र आङ्देम्बे, इन्दिरा फोम्बो, रुद्रमाया लिम्बू ,सुरेन्द्र लिङ्थेप, विनोद आङ्ला, प्रमिला लिम्बू ,दिलकुमार भुजेल, सोहन लिम्बू ,विष्णुकुमार लिम्बू ,सन्तोष लुङ्बा, अर्पणा आठपहरिया, जेनी राई, नारायण प्रसाद गुरुङ, टंकराज लिम्बू, हिमप्रसाद राई, मनिशा श्रेष्ठ, माया श्रेष्ठ, चन्द्र वाजी ।

घुस लिने सांसदलाई २० दिन थुना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ १५- प्रहरी निरिक्षक बनाइदिन्छु भनि घुस लिएको आरोपमा पक्राउ परेका एमाले सभासद् डोलबहादुर कार्कीलाई विशेष अदालतले २० दिन थुनामा राख्न आदेश दिएको छ। मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालत पेश गरेको कार्कीलाई 'अनुसन्धानका लागि हिरासतमा राख्न' अदालतले आदेश दिएको हो। अख्तियारले ३० दिन थुनामा राख्न माग गरे पनि विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले २० दिन हिरासतमा राख्न आदेश दिएको छ।
प्रहरी हिरासतबाटै अख्तियारको रोहबरमा स्पष्टीकरण दिन अदालत पुगेका कार्कीले सोधपुछका आफू संघियता र जातिय द्वन्दमा जानुहुँदैन भन्ने प्रष्ट बक्ता भएकोले राजनीतिक गुटबन्दीको शिकार भएको बताए। 'बामदेब निकट भएका कारण बिरोधीहरुले फसाए,' कार्कीले अदालतमा वयान दिँदै भने, ' यस्तो एक दुईलाख घुस खाने खालको मान्छे भएको भए मेरो भाउ पनि एकदुई करोडको भइसक्थ्यो।' महिनाकै पचास हजार तलब भएको बताउँदै यस्तो घुस खान नपर्ने तर कसैले आफूलाई षडयन्त्रपूर्वक फसाएको उनले बताए।
आउँदो २० गते हुने प्रधानमन्त्रीको चुनाबमा आफूलाई सामेल हुन दिइयोस् भनि इजलास समक्ष अनुरोध गर्दा अध्यक्ष कार्कीले त्यसको अनुमति सभामुखबाट लिनुपर्ने बताएका थिए। कार्की र उनका अर्का सहयोगी स्वामी १००८ ब्रहमानन्द उदासिनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार साँझ घुस लिँदालिँदै कार्कीकै भिमसेनगोलास्थित डेराबाट सप्रमाण पक्राउ गरेको थियो।
'स्वामी भएर पनि यस्तो गर्ने?' भन्ने अध्यक्ष कार्कीको प्रश्नमा स्वामी उदासिनले भने, 'म ढाँट्दिन। म स्वामी हुँ। केटाले खाटमा राखिदिएको खाम हेर्दा त्यसमा पैसा रहेछ।'आफू राजा वीरेन्द्र र ज्ञानेन्द्रसँग जुवा खेल्ने मान्छे भएको बताउँदै आफूलाई साँढेसातको दशा लागेर यस्तो भएको बताए। रामकुमार राईलाई प्रहरी निरिक्षक बनाइदिने भन्दै बैना स्वरुप एकलाख लिँदालिदै आयोग टोलीले पक्राउ गरेको थियो।
यता नेकपा एमालेले घुस प्रकरणको छानबिन गर्न तीन सदस्यीय छानबिन कमिटी गठन गरेको छ। एमालेको अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराद्वारा जारी विज्ञप्तिमा यस्तो कार्य गर्नेलाई कडा कारबाही हुनुपर्ने पनि उल्लेख छ। कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार साँझ घुस लिँदालिँदै उनकै डेराबाट पक्राउ गरेको थियो। उनले प्रहरी निरक्षक बनाइदिन्छु भन्दै प्रतिव्यक्ति पाँच लाख उठाउने गरेका थिए।

अग्नी एयर दुर्घटना भएको ब्लाकबक्स फेला

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भीमफेदी,मकवानपुर जिल्लाको शिखरपुर गाविस-२ बस्तीपुरमा केही दिनअघि अग्नी एयर दुर्घटना भएको खाल्टोबाट आज करिब ८/९ केजी बराबरको एउटा कालो सामान फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।आज दिउँसो व्योमयान दुर्घटना भएको ठूलो खाल्टोमा करिब नौ फिटमुनि स्थानीय बासिन्दा र प्रहरी टोलीले खोजतलास गर्दा उक्त सामान भेटाएको प्रहरी नायब उपरीक्षक गौतमराज कँडेलले जानकारी दिनुभयो ।उक्त सामानको प्राविधिक जाँच नभएसम्म सो व्योमयानको ब्लाकबक्स हुनसक्ने अनुमान गरिएको छ ।

राखेपमा अनिश्चितकालीन तालाबन्दी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रिय खेलकुद परिषद् करार प्रशिक्षण कर्मचारी सङ्घर्ष समितिले आजदेखि अनिश्चितकालीन तालाबन्दी गरेको छ ।समितिले यसअघि एनआइएस तालिम तुरुन्त सञ्चालन गर्नुपर्ने एक सूत्रीय माग राख्दै अनिश्चिकालीन तालाबन्दी गरेको हो ।परिषद्द्वारा यसअघि भदौ ३ गते उक्त तालिममा सहभागी हुनका लागि सम्पूर्ण नतिजा प्रकाशित गरिएको थियो । उक्त नतिजा गैरजिम्मेवार तरिकाले प्रकाशित गरिएको समितिले आरोप लगाएको छ ।राष्ट्रिय खेलकुदका उपाध्यक्ष पिताम्बर तिम्सिनाले यस सम्बन्धमा समितिसँग छलफलमा बसी चाँडो निकास दिने बताउनुभयो ।

कोमल ओलीको गीतमा प्रतिबन्ध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ १४,गायिका कोमल वलीको नयाँ एल्बम 'बदमास'को यो गीत प्रसारणमा नेपाल टेलिभिजनले रोक लागाएको छ। १५ दिनदेखि बजिरहेको गीतको प्रोमो आइबार एक्कासी रोकिएको गायिका वलीले बताइन्। 'नेपाल टिभी हेर्दै थिएँ। मेरो प्रोमोको छोटो अंश बज्ने बित्तिकै टिभीको लोगो आयो। पछि थाहा पाएँ गीत प्रसारणमा रोक लगाइएको रहेछ,' उनले भनिन्।
'भोकै बसी जागाराम बत्तिमा तेल थपेर
धेरैगरें पूजा आजा तिम्रै नाउँ जपेर
आखिरमा बनायौ निरास
धत्तेरीका शिवजी रैछौ बदमास'
तीजलाई लक्षित गरी तयार पारिएको गीतको प्रोमो रोकिंदा व्यापारमा धक्का पुग्ने उनको गुनासो छ। गीत रोकिनुको स्पष्ट कारण थाहा नभएको उनले उल्लेख गरिन्। नेपाल टेलिभिजनका कामु नायबमहाप्रबन्धक प्रकाशजंग कार्कीले धर्ममा चोट पुर्‍याउने खालको देखेर गीत रोकेको जानकारी दिए। 'महादेवलाई बदमास भन्ने अधिकार छ ती गायिकालाई?' उनले भने,'कुनैपनि धर्ममा आँच आउने खालका गीत नेपाल टेलिभिजनबाट प्रसारण हुँदैन।' उनले विसंगति बढाउने सामाग्री प्रसारण हुन नदिने बताए।

आफ्नै सहकर्मी शिक्षकबाट यौन दुव्र्यवहार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुर्खेत, १४ भदौ,सुर्खेतमा एक शिक्षिकाले आफ्नै सहकर्मी शिक्षकबाट यौन दुव्र्यवहार भएको आरोप लगाएकी छिन् । चन्द्र-सूर्य प्राथमिक विद्यालय कुकुरखाले लेखपराजुलकी शिक्षिका नैना शाहीले आफूमाथि विश्वज्योति प्राथमिक विद्यालय लेखपराजुल- ६ सुर्खेतका शिक्षक नारायणप्रसाद शर्माले हातपात गरेको बताएकी हुन् । ११ भदौमा आफू विद्यालयबाट घर जानेक्रममा शिक्षक शर्माले छिन्चुखोला र खोचेखोलाबीचमा हातपात गरेको उनको दाबी छ । ११ गते भएको घटना भए पनि न्यायका लागि धेरै ठाउँ धाएकी, तर अहिलेसम्म कहीँ-कतैबाट न्याय नपाएको शाहीले बताइन् । उनले भनिन्, 'अहिले मैले उल्टो शिक्षकबाटै ज्यान मार्ने धम्की पाइरहेकी छु ।' आपनै सहकर्मी शिक्षकले हातपात गरेको भन्दै उनी प्रहरीचौकी गएकी थिइन् । हातपात गर्ने शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनले शिक्षकलाई कारबाही गर्न दबाब दिन विभिन्न संघ-सस्थासँग गुहारेकी छिन् ।

Aug 30, 2010

चिनिया उपप्रधानमन्त्री नेपाल आउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ १४,चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य हे योङ २१ सदस्यीय प्रमण्डलको नेतृत्व गर्दै भदौ अन्तिममा साताव्यापी भ्रमणमा आउँदैछन्। चिनियाँ प्रोर्टोकलमा उनको हैसियत उपप्रधानमन्त्री सरह हुन्छ। तीन वटै प्रमुख दलका नेताहरू विभिन्न समय चीन गएका बेला दिएको निम्तो मान्न उनी आउन लागेका हुन्। उनले भदौ २४ देखि ३१ सम्म नेपाल भ्रमण गर्नेछन्। हे चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समिति सचिवालय सदस्य समेत हुन्।
भ्रमणका क्रममा राष्ट्रपति, प्रधानमन्त्रीदेखि प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग भेटवार्ता गर्ने परराष्ट्रका एक अधिकारीले बताए। उनका अनुसार हे सरकारी नभई दलका नेताको निम्तोमा आउने भ्रमणको चाँजो भने परराष्ट्रले मिलाएको छैन। 'उपप्रधानमन्त्री हैसियताका नेता आउने भएकाले हामीले सुरक्षा र प्रोटोकल व्यवस्थाका लागि पहल गरेका मात्र हौं' उनले भने, 'भ्रमणका अन्य एरेन्जमेन्ट सरकारको होइन।'माओवादी अध्यक्ष पुष्पकमल दाहालसहितका नेता, एमाले अध्यक्ष झलनाथ खनाल र नेपाली कांग्रेसका नेताहरूको चीन भ्रमणका क्रममा उनीहरूले चीनबाट पनि केन्द्रिय तहका नेताको भ्रमणका लागि निम्तो दिएको स्रोतले बतायो।

टेलिकमले वाइफाई इन्टरनेट सेवा दिने घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ १४,नेपाल टेलिकमले देशका सहरी क्षेत्रका पाँच सय ठाउँमा वाइफाई इन्टरनेट सेवा दिने घोषणा गरेको छ। बढ्ता चहलपहल हुने ठाउँमा वाइफाईको टावर राखेर इन्टरनेट सेवा दिने कार्यक्रम टेलिकमले बनाएको हो। 'एयरपोर्ट, व्यावसायिक केन्द्र, होटलहरु र उपभोक्ताले घरमै बसेर पनि बिनातार वाइफाई इन्टरनेट सेवा प्रयोग गर्न सक्नेछन्,' टेलिकमका प्रबन्ध निर्देशक अमरनाथ सिंहले भने। नेपालमा अहिले हिमालटेक र ब्रोडलिङ्कले वाइफाई इन्टरनेटको परीक्षण सेवा दिइरहेका छन्। ल्यापटपबाट वाइफाई इन्टरनेट कुनै साधन बिना नै प्रयोग गर्न सकिन्छ भने डेस्कटपबाट प्रयोग गर्न सानो उपकरण प्रयोग गर्नुपर्छ।टेलिकमले आफ्नो सेवा अरु कम्पनीलाई प्रयोग गर्न दिएर 'रेभिन्यू सेयरिङ' नीतिबाट वाइफाई चलाउने तयारी गरेको हो। यसको लागि जसले बढी शुल्क टेलिकमलाई तिर्छ त्यही कम्पनीलाई दिने योजना टेलिकमको छ।
इन्टरनेट प्रयोगकर्ता बढिरहेकाले टेलिकमले नयाँ प्रविधिबाट दिने योजना बनाएको हो। अहिले टेलिकमले डायलअप, एडिएसएल, इभिडिओजस्ता प्रविधिबाट पनि इन्टरनेट बिक्री गरिरहेको छ। वाइफाई छोटो दुरीमा इन्टरनेट चलाउने प्रविधि हो। टेलिकमले चालु आर्थिक वर्षमा सूचना प्रविधि अन्तर्गत एडिएसएलबाटै टेलिभिजन सेवासमेत चलाउने योजना बनाएको छ।

१३ औं साग तयारी समिति गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सन् २०१३ मा नेपालमा आयोजना हुन लागेको १३ औं दक्षिण एसियाली खेल (साग) प्रतियोगिता गर्न सरकारले योजना मस्यौदा तयारी समिति गठन गरेको छ ।समितिले सो प्रतियोगितामा समावेश गर्नुपर्ने खेलहरू, देशमा विद्यमान रहेका भौतिक खेल पूर्वाधारहरूको अवस्था, मर्मतसम्भार, सुधार एवम् नयाँ निर्माण गरिनुपर्ने खेल पूर्वाधारहरू लगायतका विषयमा समेत अध्ययन गरी कार्य सुरु गरेको मितिले ४५ दिनभित्र प्रतिवेदन पेस गर्नेछ ।समितिले मिति २०६७-०५-१० गते पहिलो बैठक गरी कार्य प्रारम्भ गरिसकेको व्यहोरासमेत अनुरोध छ ।युवा तथा खेलकुद महाशाखा, युवा तथा खेलकुद मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित सो समितमा भौतिक योजना तथा निर्माण, पर्यटन तथा नागरिक उड्डयन र नेपाल ओलम्पिक कमिटीका प्रतिनिधि सदस्य रहेको सो मन्त्रालयले जनाएको छ ।यसैगरी राष्ट्रिय खेलकुद परिषद्को तालिम तथा प्रशिक्षण विभाग, खेलकुद विकास विभाग र निर्माण तथा मर्मत विभागका प्रमुख सदस्य तथा खेलकुद मन्त्रालयका उपसचिव सदस्य र शाखा अधिकृत सदस्य-सचिव रहनुभएको छ ।

हङकङमा मिस्टर मिस ट्यालेन्ट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भाद्र १४ - सुन्दरी प्रतियोगिता हङकङेली नेपालीहरुका लागि नौलो थिएन । तरपनि याउ मा तेईस्थित हेनरी जी लियोङ हलमा आइतबार साँझ बेग्लै रौनक थियो । विगत पाँच बर्षदेखि नेपाली सुन्दरीहरुका बीचमा मात्र हुँदै आएको मिस ट्यालेन्ट हन्टको भिडन्तमा यसपटक चिनिया, भारतीय र फिलिपिनो प्रतिस्पर्धीहरु मात्र सहभागी थिएनन् । मिस्टर ट्यालेन्टका लागि पुरुष प्रतिस्पर्धीहरु पनि एकै स्टेजमा भिड्दै थिए । आ-आफ्ना देशका प्रतिस्पर्धीहरुलाई हौसला दिन हलमा उपस्थित दर्शकहरु उत्कृष्ट रोल मोडल छनौटको नतिजा जान्न निकै उत्सुक देखिन्थे । सात बजे कार्यक्रम सुरु हुने भनिएपनि करिब आठबजे मात्र मिस्टर मिस ट्यालेन्ट हन्टका आठ-आठ जना प्रतिस्पर्धीहरु संगीतको धुनसँगै विरालो चालमा स्टेजमा उत्रिए । सुरुदेखि दर्शकमाझ कानेखुशी चल्दै थियो, 'को होलान् पहिलो मिस्टर र मिस ट्यालेन्ट ?' अन्ततः परिचय चरणबाटै अधिकांश दर्शकका आखँामा परेका माल्भिन एडि्रन जुनिजा -१७) मिस्टर ट्यालेन्ट र मेलिजा एने भिल्लामिल (१८) मिस ट्यालेन्ट दरिए । मेलिजाले शिर्ष ताज सगै मिस लिडरसिपको उपाधि पनि जितिन् । हङकङका स्थायीबासी दुबै फिलिपिन्सका हुन् ।हलमा नेपाली प्रतिस्पर्धीहरुलाई हौस्याउन सयौं स्वदेशी दर्शकहरुको ओइरो थियो । तर नजिता नेपाली दर्शकहरुका अनुकुल भने रहेन् । प्रतियोगितामा भैरहवाका १९ बषर्ीय रजत आले मगर मिस्टर ट्यालेन्ट तर्फ फष्ट रनर्स अप र पोखराकी २० बषर्ीय गीता थापा मगर मिस ट्यालेन्ट तर्फ सेकेण्ड रनर्स अपमै सिमित रहिन् । भारतीय मन्दिप कौर मिस ट्यालेन्ट समूहकी फष्ट रनर्स अप र अनिकित मेहता मिस्टर ट्यालेन्ट तर्फ सेकेण्ड रनर्स अप भए । गीताले मिस अडियन्स च्वाइस र मन्दिपले पर्सनालिटीको उपाधि पनि हात पारे । अधिकांश सुन्दरी प्रतियोगिताको अन्तिम चरणमा सबै प्रतियोगिलाई एउटै लिखित प्रश्नोत्तर गरिने प्रचलन विपरित यहाँ प्रत्येकलाई फरक मौखिक प्रश्न सोधियो ।प्रतियोगिता अघि मिस ट्यालेन्टका लागि भिडे्की चिनिया प्रतिस्पर्धी केल्सी चु युन चिलाई ताजको मुख्य दाबेदार मानिएका भएपनि त्यसो भएन् । उत्कृष्ट तीनबाटै बाहिरिएकी उनी रित्तो हात भने फर्किनन् । जिरो साइज फिगरकी उनले 'बेष्ट फिगर' को उपाधि जितिन् । परिहन चरणमा नेपाली परम्परागत पोशाकमा सजिएकी यिनले प्रतियोगिता भरि नेपाली दर्शकको वाहवाही बटुलिन् । 'मलाई साथीभाईहरुले नेपाली पोशाक निकै सुहाएको प्रतिक्रिया दिए,' कार्यक्रमपछि कुराकानीमा उनले निकै हौँसिदै भनिन्, 'अब अन्यबेला पनि नेपाली पहिरनमा सजिने सोचेकी छु ।' मिस्टर र मिस ट्यालेन्टको शीर्ष तीन उपाधि विजेताले ताजसहित क्रमशः पाँच हजार, तीन हजार र दुई हजार हङकङ डलर पाए । बेष्ट स्कीन स्वर्णनिमा गुरुङ, मिस क्याटवाक सर्मी मार्कोस (फिलिपिन्स), मिस फोटोजेनिक र डे्रसको उपाधि बुनु लिम्बूले हात पारिन् । पुरुष तर्फ पर्सनालिटी सागर लिम्बू, फोटोजेनिक सफल पाइजा र अडियन्स च्वाइस सुदिप लिम्बू भए । फिलिपिनो उद्घोषक जेम्स र बसन्ती पुनको आर्कषक उद्घोषणले पनि प्रतियोगिता अवधिभर दर्शकहरुलाई बाधी रह्यो । प्रतियोगिताका निणायक मण्डलमा स्थानीय चिनिया लगायत हङकङमा बसोबास गर्ने नेपाली र बेलायती विभिन्न पेशाकर्मी थिए ।

सुनचाँदीको भन्सारदरलाई बढाउन नयाँ ऐन ल्याउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१३ भदौ,सरकारले सुनचाँदीको भन्सारदरलाई बढाउन आर्थिक वर्ष ०६७/६८को बजेट नल्याउन्जेलसम्मका लागि नयाँ ऐन ल्याउने भएको छ । सुनचाँदीको भन्सारदर बढाउन ल्याइएको अध्यादेश १८ भदौदेखि निष्त्रिय हुने तथा नयाँ आर्थिक विधेयक पनि नआउने सम्भावना रहेकाले यस्तो ऐन ल्याउन लागिएको हो । भारतले बजेटमार्फत सुनचाँदीको भन्सारदर बढाएपछि नेपाल सरकारले पनि समानता कायम गत अध्यादेशमार्फत सुनचाँदीको भन्सारदर बढाएको थियो । सरकारले १० ग्राम सुनको भन्सारदर १ सय ३० रुपैयाँबाट बढाएर ४ सय ७० रुपैयाँ पुर्‍याएको छ । भारतमा सुनको भन्सारदर प्रतिदसग्राम ४ सय ८० छ । यसैगरी, चाँदीको भन्सारदर प्रतिदसग्राम ३ रुपैयाँलाई बढाएर १६ रुपैयाँ कायम गरिएको छ । भारतमा भन्दा नेपालमा सुन सस्तो भएपछि खुला सिमानाको फाइदा उठाएर हुने कालोबजारीलाई नियन्त्रण गर्न नेपाल सरकारले अध्यादेशमार्फत भन्सारदरलाई बढाएर त्यहाँकै हाराहारीमा पुर्‍याएको हो ।अध्यादेश १८ भदौदेखि निष्क्रिय हुने भएपछि सरकारले यसमार्फत सुनको आयातमा लगाएको भन्सारदर स्वतः निष्क्रिय हुन्छ । नेपालमा सुनको भाउ सस्तो हुने हुँदा दुई देशबीचको खुला सिमानाका कारण भारतमा कालोबजारी हुने गर्छ । बजेट पनि निष्क्रिय हुने र नयाँ ऐन नबनुन्जेलसम्म सरकारले सुन आयातमा नियन्त्रण गर्नुपर्ने अवस्था आउने अर्थ मन्त्रालय स्रोतले बताएको छ ।

Aug 29, 2010

झुट समाउने सफ्टवेयर नेपाली बजारमा आउँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कलेज बंक गरेर पनि होइन भनेर घरपरिवारसँग बयान दिँदै हुनुहुन्छ ? झुटो नबोल्नूस् । तपाईंले अभिभावकको मार खेप्नुपर्ला । कलेज बंक गर्दै नगरेको जिद्दी गर्नुभयो भने सजायको भागीदार पनि बन्न सक्नुहुन्छ । किनकि प्रविधिले झुटो बोल्दैन । तपाईं कलेजमा उपस्थित नभएको वा कलेज बंक गरेको सन्देश तपाईंको अभिभावकको मोबाइलमा सबुतका रूपमा हुन सक्छ । तपाईंले घरमा नबताए पनि तपाईंले कलेज बंक गरेको म्यासेज घरमा पहिले नै पुगिसकेको हुन सक्छ ।
विद्यार्थीको प्रत्येक क्रियाकलाप र स्कुल तथा कलेजको जानकारी अभिभावकलाई दिने एउटा सफ्टवेयर चाँडै नेपाली बजारमा आउँदै छ । यो सफ्टवेयरमार्फत विद्यार्थीको गतिविधिको जानकारी एसएमएसमार्फत अभिभावकलाई पठाउन सकिन्छ । विद्यार्थीको हरेक क्रियाकलापको जानकारीे घरपरिवारसम्म सजिलै पुगेको हुन्छ ।
विगत केही वर्षदेखि स्कुल, कलेज तथा अस्पतालका लागि म्यानेजमेन्ट सिस्टमको विकास गर्दै आएको मिदास टेक्नोलोजिज प्रालिले यस्तो सफ्टवेयर तयार गरेको हो । आगामी बुधबारदेखि राजधानीमा सुरु हुने मिदास क्यान सफ्टेकमा मिदासले यो सफट्वेयर सार्वजनिक गर्दै छ ।
यो सफ्टवेयरमार्फत स्कुल, कलेजको नेटवर्कमा राखिएको कम्प्युटर र मिदासबीच कनेक्सन हुन्छ । कलेजबाट प्रवाहित भएको सूचना मिदासको सर्भरमा आउँछ र त्यसपछि नेपाल टेलिकम वा एनसेलको नेटवर्क हँुदै अभिभावक वा विद्यार्थीकोमा जान्छ ।
मिदास कम्युनिकेसन सिस्टम नाम दिइएको यो सफ्टवेयरको प्रयोगबाट स्कुल, कलेज र विद्यार्थीका अभिभावकबीच सञ्चार सम्पर्क बढाउन सहयोग पुग्ने विश्वास सफ्टवेयर निर्माता मिदास टेक्नोलोजिजका प्रबन्ध-निर्देशक छत्रहरि कार्कीको छ । अहिले हरेकजसो व्यक्तिसँग मोबाइल भएकाले त्यसको प्रयोग गरेर व्यवस्थापन प्रणालीलाई सजिलो बनाउन सकिने कार्की बताउँछन् ।
विद्यालयमा अचानक कुनै बिदा भयो र त्यसको जानकारी विद्यार्थीलाई गराउनुपर्ने अवस्थामा पनि सफ्टवेयर प्रभावकारी हुने विश्वास निर्माताको छ । 'हरेकलाई फोन वा एसएमएस गरिरहनुपर्दैन । कुनै पनि सूचना इन्ट्री गरेपछि डाटाबेसमा भएका सबै नम्बरमा स्वतः एसएमएस जान्छ,' कार्कीले भने ।
कलेजले पठाउन चाहेको सूचना ७७०० नम्बरमा पठाएर पोस्ट गरेपछि एकैपटक सबै विद्यार्थीलाई एसएमएस जान्छ । त्यस्तै, कलेजको कुनै सूचना विद्यार्थीले जान्न चाहेमा पनि कलेजको नाम लेखेर ७७०० मा पठाएपछि सूचना प्राप्त हुन्छ । त्यस्तै, विद्यार्थीले फी तिरिसकेपछि त्यसको जानकारी अभिभावकलाई जान्छ । यसबाहेक
सफ्टवयेरको प्रयोगबाट विद्यार्थीको रुटिन, रिजल्ट, बिल, एटेन्डेन्स आदिको जानकारी पनि एकैपटक सबै अभिभावकलाई पठाउन सकिन्छ । यसका लागि प्रतिएसएमएस २ रुपैयाँ शल्क तिर्नुपर्छ ।
मिदासले नै तयार गरेको स्कुल स्टि्रमलाइन नामक म्यानेजमेन्ट सिस्टमको प्रयोग अहिले ४ सयभन्दा बढी स्कुल तथा कलेजले गरिरहेका छन् । विद्यार्थीको डाटाबेस राख्ने, बिलिङ गर्ने, एटेन्डेन्स गर्ने तथा मार्कसिट तयार गर्नेलगायतका कामलाई यो सिस्टमले छिटो र सजिलो बनाएको स्कुल, कलेजको अनुभव छ ।

अनमिनको अन्तिमपटक म्याद थप गर्न सुझाव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ १३-राजनीतिक दलहरुले अनमिनको कार्यक्षेत्र कटौती गरी निश्चित समयका लागि अन्तिमपटक म्याद थप गर्न सरकारलाई सुझाव दिएका छन्। प्रधानमन्त्री माधवकुमार नेपालसँगको बैठकमा सरकारलाई समर्थन गर्ने २२ दलका नेताहरुले नेपाली सेनालाई अनमिनको अनुगमनबाट अलग राख्नुपर्ने धारणा समेत राखेका छन्। बैठकमा राजनीतिक दलका नेताहरुले अनमिनलाई दिएको तीनवटा म्यान्डेटमध्ये दुईवटाको कार्य सम्पन्न भइसकेकाले अब माओवादी लडाकुको अनुगमनमा केन्द्रित गराउनुपर्ने र यसका लागि संयुक्त राष्ट्रसङ्घसँग विश्वासको वातावरणमा कार्यक्षेत्र कटौती गर्नुपर्ने सुझाव दिएका थिए। बैठकमा एकीकृत नेकपा माओवादी र मधेशी जनाधिकार फोरमका नेताहरु उपस्थित थिएनन्। नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले अनमिनको हालसम्मको भूमिकाको विश्लेषण गरेरमात्र म्याद थप्ने वा नथप्ने भन्नेबारे राष्ट्रसङ्घलाई अनुरोध गर्नुपर्ने बताए।

भट्टराई निवास अनुसन्धान गर्न टोली

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर जिल्लास्थित बाँडेगाउँमा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको निवास भत्केकोमा सो निर्माण कार्यको निरीक्षण गर्न प्राविधिक टोली खटाएको छ ।टोलीको प्रतिवेदनअनुसार भट्टराईको निवासको पाहुना घर अगाडिको पर्खाल निम्न गुणस्तर र उपयुक्त प्रविधिबिना निर्माण भएकाले सो टेवापर्खाल भत्केको हुँदा सो भवनको अवस्था नाजुक रहेको र अन्य निर्माण कार्यसमेतको गुणस्तर सन्तोषजनक नदेखिएको हुँदा आयोगबाट सो निर्माण कार्यको छानबिन गरी विस्तृत अनुसन्धान गर्न अनुसन्धान अधिकृत तोकेको छ ।यसैगरी आयोगले उपत्यकाका विभिन्न स्थानका करिब ७०० रोपनी सरकारी एवम् सार्वजनिक जग्गाहरू अनियमित तवरले व्यक्तिको नाममा दर्ता गरिएको भन्ने सम्बन्धमा विस्तृत अनुसन्धान गरी छानबिन गर्न पनि आज अनुसन्धान अधिकृत तोकेको छ ।

कल बाइपास गर्ने उपकरणसहित एक पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बुटवल, भदौ १३- भिओआइपी सञ्चालन गरी विदेशबाट नेपालमा आउने कल बाइपास गर्दै आएका एक व्यक्तिलाई लाखौंका उपकरणसहित प्रहरीले भैरहवामा पक्राउ गरेको छ। पक्राउ पर्ने सिद्धार्थनगर नगरपालिका-८ बसडिलवाका ४८ वर्षीय अकबर मोहम्मद गद्धी हुन्। उनले आफ्नो बन्दै गरेको घरको एउटा कोठामा भिओआइपीका सामग्री राखेर कलबाइपास गर्दै आएको भेटिएको रुपन्देहीका एसपी शेरबहादुर बस्नेतले बताए। छ महिनादेखि यो व्यवसायमा लागेका अकबर भैरहवामा तीन महिनाअघि आएका हुन्।
त्यसअघि उनले तौलिहवामा बसेर आफ्नो व्यवसाय सञ्चालन गरेका थिए। प्रहरीले अकबरको घरमा छापा मारेर भिओआइपी १६ पोर्टको एक थान, भिओआइपी गेटवे एक थान, गेटवे पाँच, कम्प्युटर सेट, नेपाल टेलिकमको प्रिपेड सिम ३२ थान, पोस्टपेड सिम एक थान, एनसेलका सीम ३२ थान, युटिएलका चार थान, भारतको एक थान, कतारको एक थान सीम बरामद गरेको छ।उनले भैरहवाको वर्ल्डलिङ्क कम्युनिकेशनबाट बाट दुई मेघावाइट क्षमताको इन्टरनेट प्रयोग गरी विदेशबाट आउने फोन अवैधरुपमा टेलिकमको गेटवे छलेर सिधै आफना नेटवर्कका ग्राहककहाँ पुर्‍याउने गरेको पाइएको प्रहरीको भनाई छ।१६ पोर्टको उपकरणबाट एक पटकमा ६४ जना ग्राहकसँग कुरा गर्न मिल्ने प्रहरीले बताएको छ। यो व्यवसाय चलाउन उनको जोर्डन र मुम्बईमा सम्पर्क रहेको प्रहरीले अनुसन्धानका क्रममा फेला पारेको छ। जोर्डन र मुम्बई हुँदै उनले साताको २ हजार डलर आम्दानी गर्ने गरेको प्रहरीलाई बयान दिएका छन्।

नुवाकोटमा हावाबाट बिजुली निकाल्न सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नुवाकोट/ जिल्लाको तलाखु गाविसमा हावाबाट बिजुली निकाल्न सुरु गरिएको छ । मुलुकभर वर्षभरि नै लोडसेडिङ भइरहेको अवस्थामा गाविसलाई थोरै मात्र भए पनि विद्युत् सुविधा पुर्‍याउने लक्ष्यसहित तलाखु होटल व्यवसायी बलदेव केसीले हावाबाट बिजुली निकालेका हुन् । नुवाकोट, सिन्धुपाल्चोक र काठमाडौंको सीमामा पर्ने तलाखुका केसीले नेपालमै पहिलोपटक हावाबाट बिजुली निकालेको दाबी गरे । उनले यस्तो प्रविधि नेपालका अन्य स्थानमा प्रयोग गरिए पनि सफल नभएको बताए ।
नेपालका विभिन्न ३ स्थानमा हावाबाट विद्युत् निकाल्ने परीक्षण गरिए पनि तलाखुमा मात्र सफल भएको उनी बताउँछन् । ९ वर्षअघि ०५८ मा लोटस एनर्जी नामक संस्थामार्फत सो प्रविधि तलाखुमा भित्र्याइएको थियो । हावाबाट निकालिएको बिजुलीले केसीको घरमा १ सय ५० वटा चिम बलिरहेका छन् । साथै, कम्प्युटर, टिभी र पंखासमेत एकैपटक चलाउन सकिने उनी बताउँछन् । समुद्री सतहबाट २१ सय मिटर उचाइमा रहेको तलाखु स्थित केसीको घरको छतमा राखिएको पंखा हावाले घुमाएपछि विद्युत् उत्पादन हुन्छ । बढी उचाइमा हावा चलिरहने भएकाले हावाको संकट नहुने उनको भनाइ छ । हावाबाटै दैनिक २ हजार वाटसम्म विद्युत् उत्पादन हुँदै आएको छ ।

फोरमले आगामी निर्वाचनमा भने मत लगाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भाद्र १३ - पाँच पटकसम्म भएको प्रधानमन्त्री निर्वाचनमा तटस्थ बसेको मधेसी मोर्चाको एक घटक मधेसी जनअधिकार फोरमले आगामी निर्वाचनमा भने मत लगाउने भएको छ । तर छैठौं चरणको निर्वाचनमा माओवादी या कांग्रेस मध्ये कुनचाँही उम्मेदवारलाई भोट दिनेबारे भने फोरमका अध्यक्ष उपेन्द्र यादवले खुलाएनन् । राष्ट्र संरक्षण साप्ताहिक पत्रिकाको दोस्रो वार्षिकोत्सवको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा यादवले मोर्चा अबको निर्वाचनमा तटस्थ नबस्ने खुलासा गरेका हुन् । मधेसवादी दलसलाई वेवास्ता गरिए मुलुकमा ठूलो अनिष्ट हुने भन्दै मधेसका मुद्दाहरुलाई सम्वोधन गर्न उनले तीन ठूला दललाई सुझाव दिए । माओवादी र कांग्रेसले हलो अड्काएकाले समस्या थपिएको अध्यक्ष यादवको आरोप थियो । 'मधेशको मुद्दालाई कांग्रेसले स्विकार्नै नसक्ने, एमालले टेर्दै नटेर्ने र माओवादी गल्दै नगल्ने भएको कारण मुलुक अनिर्णयको बन्दी बनेको छ,' उनले भने । यादवले विगतमा कांग्रेसले एमालेलाई बोकेको भए पनि अहिले आएर एमालेले कांग्रेसलाई सहयोग गर्न नचाहेको भन्दै तटस्थ बसेर यसरी लामो समयसम्म मुलुकलाई अनिर्णयको बन्दी नबनाउन आग्रह गरे । कार्यक्रममा कांग्रेसका महामन्त्री डा. रामशरण महतले माधवकुमार नेपालको राजिनामापछि स्वभाविक रुपमा कांग्रेसको पालो आएको भन्दै आगामी २० गतेको निर्वाचनमा एमाले र मधेसवादी दलहरुले आफ्नो पार्टीका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्नु पर्ने बताए ।

Aug 28, 2010

अब जीमेलबाट निःशुल्क फोन गर्न पाइने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ ११,जीमेलले कम्प्युटरको माइक्रोफोन र स्पिकरको मद्धतबाट कुनै पनि देशको मोबाइल वा ल्यान्डलाइन नम्बरमा फोन गर्ने सुविधा उपलब्ध गराउन थालेको छ। यसअघि गुगलको 'जीमेल भ्वाइस एन्ड भिडियो च्याट' सेवाले अर्को जीमेल प्रयोगकर्तासित मात्रै कुरा गर्न मिल्ने सेवा दिइरहेको थियो। बुधबारदेखि सुरु गरिएको यो सेवाबारे गुगलले आफ्नो आधिकारिक ब्लगमा लेखेको छ- 'अमेरिका र क्यानाडामा कम्तिमा यो वर्षको अन्त्यसम्म निःशुल्क फोन गर्न पाइनेछ। बेलायत, फ्रान्स, जर्मनी, चीन, जापानलगायतका देशमा घटीमा दुई सेन्ट प्रति मिनेटको दरमा कुरा गर्न पाइनेछ।' गुगलको साइटमा उपलब्ध विवरण अनुसार नेपालमा फोन गर्न प्रति मिनेट १९ सेन्ट लाग्छ। सेवा उपलब्ध भएको २४ घण्टामा १० लाख कल भएको गुगलका प्रवक्ता र्‍यान्डल साराफाले बताएका छन्। गुगलको यो सेवाले इन्टरनेटमा यस्तै सेवा उपलब्ध गराउँदै आएको स्काइपलाई कडा चुनौति दिने अपेक्षा गरिएको छ। फोन कसरी गर्ने ? यो सेवा उपलब्ध भएको जीमेल खाताको च्याट विन्डोमा 'कल फोन' लेखिएको देखिनेछ। त्यसैमा क्लिक गरेपछि डायल प्याड देखिनेछ। त्यसमा नम्बर डायल गरेर फोन गर्न सकिन्छ।

भुटानी सरकारविरुद्ध लड्ने घोषणा त्यहाँका दलले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ १०,भुटानी सरकारविरुद्ध त्यहाँका राजनीतिक दलले एक भएर लड्ने घोषणा गेका छन् । विश्वका अधिकांश मुलुकमा प्रजातन्त्र बहाली भइसके पनि भुटानमा राजसंस्थाले निरङ्कुश शासन चलाएको आरोप भुटानी दलले लगाएका छन् । उनीहरूले त्यस विरुद्धमा अभियान सञ्चालन गर्न लागेको खुलासा पनि गरेका छन् । बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा भुटान पिपल्स पार्टीका अध्यक्ष बलराम पौड्यालले नेपालमा एकलाख बढी भुटानी शरणार्थी रहेकाले आन्दोलनको सुरुवात नेपालबाटै गर्ने बताउनुभयो ।
भुटान नेसनल डेमोक्र्याटिक पार्टीका कार्यकारी प्रमुख डा. डी.एन.एस. ढकालले भुटानमा विद्यार्थी स्कुल जानबाट वञ्चित भएको, मजदुरले स्वतस्फूर्त काम गर्न नपाएको, मानवअधिकारको उल्लङ्घन भएको आरोप लगाउनुभयो । भारतमा भुटानी शरणार्थीको सङ्ख्या ३० हजारको हाराहारीमा भए पनि अमेरिका, अस्ट्रेलिया, युरोपलगायतका देशमा समेत भुटानी शरण लिएर बस्नुपरेको उहाँले स्पष्ट पार्नुभयो ।

जलवायु परिवर्तन अनुसन्धान गोष्ठी सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ललितपुर,राष्ट्रिय योजना आयोगका सदस्य डा. दिनेशचन्द्र देवकोटाले जलवायु परिवर्तनको विश्वव्यापी समस्याबाट नेपाल पनि प्रभावित बनेको सन्दर्भमा यसबाट सिर्जित समस्याको न्यूनीकरणतर्फ लाग्नुपर्ने खाँचो औंल्याउनुभयो ।इन्जिनियरिङ अध्ययन संस्थान, ऊर्जा अध्ययन केन्द्रद्वारा आयोजित जलवायु परिवर्तन अध्ययन तथा अनुसन्धान विषयक कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उहाँले जलवायु परिवर्तनले पार्ने असरका बारेमा प्राज्ञिक संस्थाहरूले अनुसन्धानमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।इन्जिनियरिङ अध्ययन संस्थानका डीन डा भरतराज पहारीको अध्यक्षतामा भएको सो गोष्ठीमा ऊर्जा अध्ययन केन्द्रको निर्देशक डा त्रिरत्न बज्राचार्यले जलवायु परिवर्तनजस्तो सम्बेदनशी विषयमा खोज अनुसन्धान गर्नसक्ने जनशक्ति तयार गर्नुपर्नेमा जोड दिनुभयो ।गोष्ठीको प्राविधिक सत्रमा वातावरण मन्त्रालयका सहसचिव वटुकृष्ण उप्रेतीले जलवायु परिवर्तन क्षेत्रमा सरकारको कार्यक्रम, उपलब्धि र योजना, प्राक्टिकल एक्सन नेपालका गेहेन्द्रबहादुर गुरुङले जलवायु परिवर्तनको विषयमा भएको अनुसन्धान गतिविधि र इन्जिनियरिङ अध्ययन संस्थानका प्रा डा भक्तबहादुर आलेले जलवायु परिवर्तनको विषयमा अहिले भइरहेको शैक्षिक कार्यक्रमको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।

माओवादी नेताद्वारा पार्टी एकतामा जोड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ १२,एकीकृत नेकपा (माओवादी) का स्थायी कमिटी सदस्यहरूले पार्टीले एकता र क्रान्तिकारी कार्यदिशा पारित गरेर अघि बढ्नुपर्ने बताएका छन्। पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा शनिबार बोल्ने नेताहरुले तीनवटै नेताले पेश गरेका प्रतिवेदनमा टिप्पणी गर्दै पार्टी एकतामा जोड दिएका हुन्। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय मोहन वैद्य र डा बाबुराम भट्टराईले अलग अलग राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। शनिबार बोल्ने नेताहरुले प्रस्तुत तीनै प्रस्तावलाई एक-अर्काको समानान्तर नभई पूरक ठानेर एकीकृत दस्तावेज तय गरी पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने सुझाव दिएका छन्।
केन्द्रीय सचिवद्वय सीपी गजुरेल र पोष्टबहादुर बोगटी, स्थायी समिति सदस्यहरू कृष्णबहादुर महरा, देवप्रसाद गुरुङ, वर्षमान पुन, टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, नेत्रविक्रम चन्द र पोलिटव्युरो सदस्य हरिवोल गजुरेलले सो सुझाव दिएको हुन्। स्थायी समिति सदस्यहरू अमिक शेरचन, दीनानाथ शर्मा र लिलामणि पोखरेल आजको बैठकमा उपस्थित भएनन्। उनीहरुले भोलि ११ बजेदेखि सुरु हुने बैठकमा आफ्ना धारणा राख्नेछन्। स्थायी समिति सदस्यले आफ्नो धारणा राखिसकेपछि केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सुरु हुनेछ।

कांग्रेसले पूर्णकालीन कार्यकर्ता बनाउने प्रस्ताव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
११ भदौ : कांग्रेसले १२औँ महाधिवेशनमा पूर्णकालीन कार्यकर्ता बनाउने प्रस्ताव लैजाने भएको छ । महाधिवेशनमा प्रस्तुत गरिने नीति तथा कार्यक्रमअन्तर्गतको संगठन सुदृढीकरण योजनामा पूर्णकालीन कार्यकर्ताको प्रस्ताव गरिएको हो । कार्यकर्ताको आत्मरक्षाका लागि 'तरुण दस्ता' बनाउन दबाब परेका वेला कांग्रेसले पार्टी जीवनमा पहिलोपटक पूर्णकालीन कार्यकर्ता राख्ने प्रस्ताव तयार गरेको हो । नयाँ पत्रिकालाई शुक्रबार प्राप्त सो योजनामा पूर्णकालीन कार्यकर्ता कसरी सञ्चालन गर्ने भन्नेबारे भने केही उल्लेख गरिएको छैन । कम्युनिस्ट पार्टीमा पूर्णकालीन कार्यकर्ता रहने प्रचलन छ । योजनामा गाउँ, क्षेत्र र जिल्ला समितिमा पूर्णकालीन कार्यकर्ता बनाउने र उनीहरूले निरन्तर कार्यकर्तासँग भेटघाट र सन्देश आदनप्रदान गर्ने प्रस्ताव गरिएको छ । साथै, नगर र गाउँ समितिको नियमित बैठक बसेर पार्टीको कार्यक्रम सञ्चालन गरे-नगरेको पनि उनीहरूले अनुगमन गर्ने उल्लेख गरिएको छ । कांग्रेसमा हाल साधारण र क्रियाशील गरी दुई प्रकारका सदस्य रहेका छन् ।

Aug 27, 2010

एमआरपी सम्झौतामा हस्ताक्षर ओबर्थरले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ ११,परराष्ट्रमन्त्री सुजाता कोइरालाको अडानका कारण सम्झौतामा ढिलाइ भइरहेको मेसिजन रिडेबल पासपोर्ट (एमआरपी) ठेक्कामा शुक्रबार हस्ताक्षर भएको छ। परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल मुक्तिनाथ भट्ट र फ्रान्सेली कम्पनी ओबर्थरका एशिया व्यापार महाशाखा प्रमुख फ्लोरिन प्याकुलिनले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार ओबर्थरले प्रति पासपोर्ट ३ डलर ५९ सेन्ट्स (लगभग २ सय ७० रुपैंया) मा एमआरपी दिनेछ।मन्त्री कोइरालाले हस्ताक्षर पत्रमा इन्कार गरेपछि प्रधानमन्त्रीले परराष्ट्र अधिकारीलाई सम्झौतामा हस्ताक्षर गर्न निर्देश दिएका थिए।ओबरथरसँगै एमआरपी छाप्न इच्छा देखाउदै ब्रिटेन, इन्डोनेसिया र सिंगापुरका कम्पनीले पनि प्रस्ताव पेस गरेका थिए। परराष्ट्रले प्रतिस्पर्धाको आधारमा फ्रान्सको ओबरथर कम्पनीलाई एमआरपी छपाइको ठेक्का दिएको हो। भारत सरकार नियन्त्रको कम्पनीलाई एमआरपी छाप्न दिने मन्त्रिपरिषदको निर्णय विवादको परेपछि परराष्ट्र मन्त्रालयले ४५ दिने खुल्ला विश्वब्यापी टेन्डर आव्हान गरेर ओबरथरलाई छानेको थियो।गएको अप्रिल एक तारिखदेखि नै एमआरपीमा जानु पर्ने अन्तर्राष्ट्रिय नागरिक उड्यन संगठन (आइकाओ) को समयसीमा भेट्टाउनबाट नेपाल चुकिसकेको अवस्थामा शुक्रवार एमआरपी सम्झौता भएको हो। यसअघि परराष्ट्रले २०११ को जनवरी एकसम्म म्याद बढाउनको निम्ति आइकाओलाई अनुरोध गरेको थियो।

वृद्धि शुल्क लागु नगराउन पुनः अदालतले आदेश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
त्रिभुवन विश्वविद्यालयले गरेको शुल्क वृद्धिलाई तत्काल रोक्न अदालतले दिएको आदेश पालना नगरेको भन्दै सो प्रक्रिया तत्कालका लागि रोकी यही भदौ १५ गते अदालतमा उपस्थित हुन सर्वोच्च अदालतले पुनः त्रिविको नाममा आदेश जारी गरेको छ ।न्यायाधीश रणबहादुर बमको एकल इजलासले सो मागका सम्बन्धमा विपक्षीलाई समेत राखी छलफल गर्नुपर्ने भएकाले भदौ १५ गते उपस्थित हुन आदेश जारी गरेको हो ।यसअघि जेठ २५ गते नै वृद्धि भएको शुल्क लागु नगर्न त्रिविको नाममा अदालतले अन्तरिम आदेश जारी गरेको थियो ।तर त्रिवि कार्यकारी परिषद्ले सो आदेश जारी भएको तीनदिनपछि पनि वृद्धि भएको शुल्क नै लागु गर्ने निर्णय गरेको थियो ।विद्यार्थीले सो आदेशको पालना नभएको भन्दै अदालतमा रिट दिएको थियो ।

अनेरास्ववियुको केन्द्रीय कार्यालयमा रुवाबासी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१० भदौ,अनेरास्ववियुको केन्द्रीय कार्यालय बागबजारमा बिहीबार साँझ रुवाबासी भएको छ । अध्यक्ष रामकुमारी झाँक्रीले झापड हानेको भन्दै केन्द्रीय सदस्य सन्तोषप्रकाश जोशी रोइरहेका थिए । आफ्नो कपाल लुछिएको भन्दै अध्यक्ष झाँक्री आक्रोशित भइरहेकी थिइन्, झडप रोक्न प्रहरी नै परिचालन गर्नुपरेको थियो ।
अखिल सिटिइभिटी कमिटीका कोषाध्यक्ष गोविन्द गिरीले नक्कली प्याड बनाएर आफूखुसी चन्दा उठाएको विषयमा विवाद सुरु भएको थियो । कोषाध्यक्ष गिरीले कमिटीका अध्यक्ष मदन खड्काको हस्ताक्षरसमेत चोरेर आर्थिक हिनामिना गरेको भन्दै सिटिइभिटी कमिटीले बुधबार कारबाही गरेको थियो । गिरीलाई स्पष्टीकरणको मौकासमेत नदिई कारबाही गरिएकोमा विरोध जनाउन केन्द्रीय सदस्य जोशीको नेतृत्वमा ३० जनाजति विद्यार्थी बिहीबार अपराह्न केन्द्रीय कार्यालय पुगेका थिए ।
डेलिगेसनमा आएका विद्यार्थी एमाले वरिष्ठ नेता केपी ओली समर्थित अखिल महासचिव माधव ढुंगेल पक्षधर हुन् भने कारबाही गर्ने समूह एमालेको संस्थापन पक्ष समर्थित अध्यक्ष झाँक्री पक्षधर हुन् । अखिलको आगामी राष्ट्रिय सम्मेलनमा ओलीको तर्फबाट ढुंगेल अध्यक्षका प्रत्याशी छन् भने झाँक्रीको सहयोगमा वर्तमान उपाध्यक्ष सोभियत ढकाल उम्मेदवार बन्दै छन् । सिटिइभिटी कमिटीको विवादलाई दुवै पक्षले चुनावी रणनीतिको रूपमा उपयोग गर्न खोजेपछि बिहीबार झडप भएको हो । झडप शान्त पार्न प्रहरी नै केन्द्रीय कार्यालयमा आएका थिए ।

अनमिनको म्याद ६ महिना थप्न माओवादीको प्रस्ताव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री माधवकुमार नेपालसँग एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा उत्पन्न पछिल्लो राजनीतिक जटिलताका बारेमा छलफल गर्नुभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको सो छलफलमा माओवादी अध्यक्ष दाहालले अनमिनको म्याद, नेपाली सेनाको पछिल्लो सक्रियता सम्बन्धमा पार्टीको धारणा राख्नुभएको थियो ।अध्यक्ष दाहालले अनमिनको म्याद थपको विपक्षमा नेपाली सेनाले देखाएको सक्रियताप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुका साथै पछिल्ला दिनमा कतिपय दलका जिम्मेवार नेताले नै राष्ट्रपतिले शासन लिनुपर्छ भन्ने हल्ला गरिरहेकाले त्यसले राष्ट्रपति सक्रिय हुन खोजेको हो कि भन्ने आशंका उब्जिएकाले प्रष्ट पार्न आग्रह गर्नुभएको थियो ।अहिले सांस्कृतिक राजतन्त्रको कुरा उठाइएकोमा माओवादी शीर्ष नेतृत्वको गम्भीर ध्यानाकर्षण गराउँदै सो अवसरमा प्रधानमन्त्रीले भन्नुभयो- ‘अहिले सांस्कृतिक राजतन्त्रको कुरा उठ्नु गलत हो । त्यो अब नेपाली जनतालाई स्वीकार्य छैन । पानी धमिलो पारेर माछा मार्नेहरु देखापर्न सक्छन् । तर हामी (दलहरु) मिलेरै त्यो पानी सङ्लो पार्नुपर्छ ।’उहाँले दलहरुको पछिल्लो गतिविधिबाटै जनतामा निराशा छाएकाले शान्ति प्रक्रिया र संविधान निर्माणमा यथाशीघ्र सहमति गरेर समाधान पनि दलहरुले नै दिनुपर्नेमा विशेष जोड दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले जानकारी दिनुभएको छ ।प्रधानमन्त्रीले माओवादीले देखाएको चासो र चिन्ताप्रति धन्यवाद दिँदै सरकार र राजनीतिक दलहरु लोकतन्त्रप्रति प्रतिबद्ध रहेको बताउनुभएको थियो ।

ठमेलका अवैध मसाज पार्लर बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ठमेलमा अवैधानिक रूपमा सञ्चालित मसाज व्यवसाय नियन्त्रणका लागि प्रहरीको निगरानी बढेपछि मसाजको नाममा यौनधन्दा चलाउने व्यवसायी संकटमा परेका छन् । ठमेल क्षेत्रमा सञ्चालित ८० प्रतिशत मसाज व्यवसाय गैरकानुनी भएको भन्दै प्रहरीले निगरानी बढाएपछि व्यवसायी संकटमा परेका हुन् । ठमेललाई व्यवस्थित पर्यटकीय क्षेत्र बनाउन र विकृति हटाई पारिवारिक वातावरण बनाउन प्रहरीले निगरानी बढाएको लैनचौर प्रहरीले बताएको छ ।
ठमेलमा सञ्चालित मसाजमा अधिकांशले हिमालयन हर्बल केयर, बडी केयर, प्राकृतिक उपचार केन्द्रको नाममा यौनधन्दा चलाउने गरेको प्रहरीको भनाइ छ । यस्तो व्यवसाय गर्ने करिब ५० व्यवसायी ठमेलबाट हटिसकेको प्रहरीले बताएको छ । ठमेलमा सञ्चालित सयभन्दा बढी मसाज व्यावसायीमध्ये २० प्रतिशतले मात्र मसाज व्यवसाय गरेकाले अन्यलाई कानुनी मर्यादामा ल्याउन प्रहरी छापालाई निरन्तरता दिइएको प्रहरीले बताएको छ । प्रहरीको निगरानी बढेपछि मसाजको नाममा यौनधन्दा चलाउने व्यवसायी व्यवसाय नै बन्द गरी भाग्ने गरेको पाइएको प्रहरीले जानकारी दिएको छ ।
मसाजका नाममा अन्य धन्दा गर्ने ठमेलका नेचुरल हिलिङ सेन्टर, ट्रेकर्स सर्भिस सेन्टर, आयुर्वेदिक नेचुरल्ली मसाज सेन्टर, जो नेचुरल हर्बल आयल मसाज, एक्जुकेटिभ मसाजलगायतका प्रहरी छापापछि बन्द भएका छन् भने कतिपय छापा मार्नुअगाडि नै भागेका छन् । प्रहरीले अवैध धन्दा चलाएको आरोपमा ६ सय ५० भन्दा बढीलाई पक्राउ गरी सार्वजनिक मुद्दामा कारबाही गरेको छ, जसमा ५० भन्दा बढी व्यवसायी छन् ।
मसाज व्यवसायी संघले भने प्रहरीले मनलागी छापा मारी मसाज व्यवसाय गर्ने सबैलाई लगेर दुःख दिने गरेकोे आरोप लगाएको छ । विकृति बढाउन प्रहरी प्रशासन र घरमालिक नै लाग्ने गरेको आरोप संघको छ । घुस खुवाउने व्यवसायीलाई प्रहरीले नै भगाउने गरेको संघको भनाइ छ । अमर्यादित र विकृतिजन्य काम गर्ने व्यावसायीलाई प्रहरीसमक्ष पुर्‍याउन सहयोग गरिने संघले बताएको छ ।

Aug 26, 2010

संलिराप हङकङको बृहत गोलमेच कार्यक्रम सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ/श्याम इङ्नाम
संघीयता, स्वायत्तता, समावेशी अभियानस दिघो शान्ति, समृद्धि, अरुण - सप्तकोशी पूर्व लिम्बुवान १ भन्ने मूल नाराको साथ मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद हङकङले “नौं जिल्ला सहितको स्वायत्त लिम्बुवानस ऐक्यवद्धताको आव्हान” शिर्षकमा वृहत गोलमेच सम्मेलन कार्यक्रम सम्पन्न गरको छ । २२ अगष्ट आइतवारको दिन याउ मा तेइ कम्युनिटी हलमा सम्पन्न उक्त कार्यक्रममा परिषदको प्रवास कार्य समितिका अध्यक्ष श्री नबराज काम्बाङ्गको सभापतित्वमा भएको थियो भने परिषदका उपाध्यक्ष विष्णु इङ्नामले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो । सो कार्यक्रमको सञ्चालन परिषद हङकङका सचिब श्याम इङ्नामले गर्नु भएको थियो । अतिथीहरु जनजाति महांसंघ हङकङका अध्यक्ष श्री एम. बि. थापा र किरात र्राई यायोख्खा हङकङका अध्यक्ष श्री किशन रार्इवाट अरुण - सप्तकोशी नदी पूर्वको नौं वटा जिल्लाहरु भएको लिम्बुवान प्रति ऐक्यवद्धता सहित र्समर्थन जनाउनु भएको थियो । जनजाति महांसंघका भु.पु अध्यक्ष तथा सनराइज साप्तहिकका सम्पादक श्री भुपेन्द्र चेम्जोङले नौं जिल्ला सहितको लिम्बुवानको लागि लिम्बुवानवादी दलहरुले रणनितिक तयारी गर्नु अब जरुरी भएको वताउनु भयो । त्यस्तै किरात याक्थुङ चुम्लुङ हङकङका अध्यक्ष श्री कृष्ण लावतीले भन्नु भयो नेपाल चुम्लुङ र हङकङ चुम्लुङको मुख्य अवधारणा नै ऐतिहासिकताको आधारमा आत्मानिर्णय अधिकार सहितको नौं जिल्ला भएको लिम्बुवान हो र सो नैं कायम हुनुपर्दछ भन्नु भयो, त्यसको लागि चुम्लुङ लिम्बुवान जनजागरणको लागि सहयोग गर्न सधै तत्पर रहने कुरा वताउनु भयो । त्यस्तै लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा हङकङका अध्यक्ष जे.बि.ओख्राबुले नेपालको समसामयिक राजनिती वारेमा वोल्नु भयो । र नौं जिल्ला सहितको लिम्बुवानको लागि एकात्मकवादीहरुवाट केही चुनौती रहेको कुरा वताउनु भयो । संघीय लिम्बुवान राज्य परिषद हङकङका वरिष्ठ सल्लाहकार श्री प्रदिप कन्दङवाले नौं जिल्ला सहितको लिम्बुवान भएमा मात्र लिम्बुवान पूर्ण रुपले समृद्ध हुने र ऐतिहासिक लिम्बुवानको सम्मान हुने कुरा व्यक्त गर्नुभयो । त्यस्तै लिम्बु बुद्धिजिवी टंक चोङवाङले ऐतिहासिक नौं जिल्ला सहितको लिम्बुवानको लागि ऐतिहासिक प्रमाणहरुको लिखित वुदाहरु कार्यपत्रको रुपमा पेश गर्नु भएको थियो । त्यस्तै संघीय लिम्बुवान राज्य परिषदको भात्रृ संगठन संघीय लिम्बुवान भु.पु. गोर्खा सैनिक तथा प्रहरी परिषद हङकङ अध्यक्ष श्री मन प्रसाद आङ्देम्वेले नौं जिल्ला सहितको लिम्बुवान प्राप्तिको लागि एकिकृत आन्दोलन गर्नु पर्ने र समयको क्रम संगै लिम्बुवान स्वायत्त राज्यको पनि अब पालो आएको हो भन्नु भयो । कार्यक्रमको अन्त्यमा सभापति नबराज काम्बाङ्गले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै नौं जिल्ला समेटिएको आत्मानिर्णय अधिकार सहितको लिम्बुवान स्वयात्त राज्य भएमा मात्र ऐतिहासिक लिम्बुवान हुने, ऐतिहासिक भुमीको सम्मान हुने र झापा, मोरङ्ग र सुनसरी लिम्बुवानको लागि औद्योगिक केन्द्र र आर्थिक केन्द्र हुने भएकोले सो भुभाग लिम्बुवानको अभिन्न अंग हो र त्यसलाई जसरी भए पनि लिम्बुवानमा नैं पार्नु पर्दछ भन्नु भयो । कुनै पार्टी संगठनले ऐतिहासिक लिम्बुवानको भूगोललाई टुक्रयाएर वा अपुरो लिम्बुवानलाई स्विकार गरेमा भोली लिम्बुवानको नयां इतिहासमा सो समूह वा पार्टी कालो धब्वाको रुपमा हुने, ऐतिहासिक लिम्बुवानको कलङ्क हुने कुरा व्यक्त गर्नु भयो । र अरुण - सप्तकोशी नदी पूर्वको नौं वटा जिल्ला सहितको लिम्बुवानको लागि त्यहां वसोवास गरेका र थातथलो खुलेका आदिवासीहरुको इलाका स्वायत्तताको ब्यवस्था गरिने र लिम्बुवान सवैको साझा लिम्बुवानको रुपमा बिकास गरिनेछ भन्नु भयो । सो नौं जिल्ला सहितको स्वायत्त लिम्बुवान राज्यको लागि मिशन जेएमएस “झापा, मोरङ्ग, सुनसरी” र मिशन डिएस “धनकुटा र अरुण पूर्व संखुवासभा” लाई दिर्घकालिन रणनितीको रुपमा बिकास गर्न अहिले देखि नै सकृय रुपमा र ससक्त रुपमा लाग्नु पर्ने कुरा वताउनु भयो । नौं जिल्ला सहितको लिम्बुवानको लागि सवै अतिथीहरुवाट ऐक्यबद्धता जाहेर गर्नु भएकोमा धन्यवाद टक्रयाउदै कार्यक्रम सम्पन्न भएको थियो ।

हङकङका कङ्ग्रेस नेतृत्वसँग रुष्ट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हङकङ, भदौ १०- नेपाली कङ्ग्रेसको १२ औँ महाधिवेशनमा हङकङबाट प्रतिनिधित्व नहुने भएको छ। महङ्गो सदस्यता शुल्क र पाँच सय सदस्य पुर्‍याउनैपर्ने बाध्यताले गर्दा महाधिवेशनमा सहभागी हुनबाट बञ्चित हुनुपरेको भन्दै यहाँका कङ्ग्रेस कार्यकर्ताले केन्द्रीय कार्यसमितिप्रति असन्तुष्टि जनाएका छन्।
राष्ट्रिय महाधिवेशनमा पहिलो पटक प्रवासमा रहेका सङ्गठनहरूबाट प्रतिनिधित्व गराउने सकारात्मक निर्णय गरिए पनि त्यससम्बन्धी नीति व्यावहारिक नभएको उनीहरूको भनाई छ। कङ्ग्रेसले विदेशमा क्रियाशील आफ्नो सङ्गठन नेपाली जनसम्पर्क समितिको सदस्य हुनका लागि देशअनुसार शुल्क निर्धारण गरेको छ।
हङकङका लागि पच्चीस अमेरिकी डलर अर्थात् दुई सय हङकङ डलर (करिब दुई हजार रुपैयाँ) तोकिएको छ। जापान, अमेरिका, बेलायतमा पनि यही शुल्क छ। तर कतार, सउदी अरब, मलेसियालगायतका कम आम्दानी हुने देशका लागि पाँच अमेरिकी डलर (करिब ३७५ रुपैयाँ) मात्र छ। सदस्य सङ्ख्या पाँच सय पुर्‍याएपछि सात जना प्रतिनिधिले महाधिवेशनमा भाग लिन पाउने व्यवस्था पनि अव्यावहारिक भएको उनीहरूको भनाई छ। "शुल्क महङ्गो भएकाले ७० जनालाई मात्र सदस्य बनाउन सकियो, पाँच सय नभई भाग लिन नपाउने भएपछि महाधिवेशनमा हङकङको प्रतिनिधित्व नै नहुने भयो", नेपाली जनसम्पर्क समिति हङकङका पूर्व अध्यक्ष कुलप्रसाद गुरुङ भन्छन्- "शुल्क आधा कम गरेर सदस्य सङ्ख्याअनुसार प्रतिनिधि सङ्ख्या तोकिएको भए व्यावहारिक हुने थियो।"

अमेरिकाको सीमाक्षेत्रमा ७२ जना आप्रवासीको आमहत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मेक्सिको सिटी,अमेरिकाको सीमाक्षेत्रसँग जोडिएको एक स्थानीय सहरमा ७२ जना आप्रवासीको आमहत्या भएको छ ।एकजना सख्त घाइते आप्रवासी व्यक्ति उधृत स्थानीय सैनिक चेकपोष्टमा आई उजुरी गरेपछि नौ सेनाको एक टोली घटनास्थलमा पुग्दा त्यहाँ विभत्स दृष्य देखेको थियो ।५८ जना पुरुष तथा १४ जना महिलाको शव एकमाथि अर्को गरि चाङ् लगाइएको थियो । उजुरी गर्ने ती आप्रवासीका अनुसार मेक्सिकाली लागुपदार्थ तस्करको कुख्यात तथा शक्तिशाली समूह ‘जेटास’ ले सो आमहत्या गरेको हो ।जेटास समूह भूतपूर्व मेक्सिकाली भगौडा सैनिकले गठन गरेको र सो समूहले आफ्नो अखडा क्षेत्र हुँदै आवतजावत गर्ने जो कोहीसँग पनि जबरजस्ती पैसा असुली गर्दै आएको कुरा जनाइएको छ ।घटनास्थल अमेरिकाको टेक्सास राज्यको बाउन्सभिल नगरबाट १ सय ६० किलोमिटर मात्र टाढा रहेको छ ।मृतकहरुमा मेक्सिकोमा कामको खोजी गर्न ब्राजिल, इक्वेडर, एल साल्भाडोर र होण्डुरसबाट आएका आप्रवासीहरु रहेका छन् ।मेक्सिकोमा हिंसा, हत्या, लुटपाट, डकैती भइरहने गर्दछ तर यो घटना यस वर्षको सबभन्दा भयावह आमहत्याको रुपमा देखा परेको छ ।

प्रचण्ड थैवको हत्यारा सुजित विकलाई प्रहरीले पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भाद्र १० - एमाले सम्बद्ध युवा संगठन युथ फोर्स, बुटवलका नेता प्रचण्ड थैवको हत्या अभियोगमा फरार रहेका वाइसीएल जिल्ला अध्यक्षा सुजित विकलाई राजधानीमा प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभागका डीएसपी प्रधुम्न कार्कीका अनुसार उनलाई सुन्धाराबाट पक्राउ गरिएको हो । बि‌‌‌.सं. २०६५ चैत १३ गते बुटवलमा मोटरसाइकल सवार रहेका थैवलाई मोटरसाइकलमै आएका सुजितले गोली प्रहार गरेपछि मृत्यु भएको थियो । सुरुमा माओवादीले आरोप अस्वीकार गरेपनि गोली सुजितले नै चलाएको भन्ने पक्का भएपछि राष्ट्रिय मानव अधिकार आयोगमा बुझाउने भन्दै ल्याएपनि बुझाउनु अघि नै फरार भएका थिए । त्यसपछि फरार रहेका सुजित बिहीबार राजधानीको सुन्धारामा पक्राउ परेका हुन् । उनी भेष र परिचय बदलेर बसिरहेको सूचनाका आधारमा प्रहरीले दुई महिनादेखि विशेष खोजी गरिरहेको जनाएको छ । एमालेले भने सुजित माओवादीकै संरक्षणमा रहेको दावी गर्दै आएको थियो ।

राजसंस्थाको विषयमा माओवादी पनि सकारात्मक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भाद्र १० - राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्थाको विषयमा माओवादी पनि सकारात्मक रहेको दाबी गरेका छन् । उनले माओवादी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रियता बचाउन राजसंस्थाको आवश्यकताको महसुस गरेको खुलासा गरे । 'राजसंस्थालाई पाखा लगाएपछि मुलुकमा विदेशी चलखेल बढेर गएको कुरा उहाँहरुले पनि मसँगको भेटमा ब्यक्त गर्नु भएको छ,' थापाले बिहीबार रिपोर्टर्स क्लवको साक्षात्कारमा भने । उनले एमाले र कांग्रेस पनि राजसंस्थाका विषयमा लचिलो रहेको दाबी गरे । थापाले राजसंस्थाको पुनर्स्थापनाको विषयमा कसैसँग पनि सम्झौता नगरेको स्पष्ट पारे ।

भदौ ३० देखि फेसबुक च्याट बन्द हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ १०,तपाईँले आफ्नो ब्राउजर अपडेट गर्नुभएको छैन भने अब २० दिनपछि तपाईँले फेसबुकमा साथीहरुसँग च्याट गर्नसक्नुहुने छैन। लोकप्रिय सामाजिक सञ्जालको साइट फेसबुकले आफ्नो च्याट सुविधालाई राम्रो बनाउने क्रममा इन्टरनेट एक्सप्लोरर ६ मा सेवा बन्द गर्न लागेको हो। फेसबुक कम्पनीले बुधबार आफ्नो ब्लगमा लेखेको छ- नयाँ सुधारपछि कुरा गर्दागर्दै बीचैमा च्याट व्यवधान आउने समस्या अब रहने छैन। कनेक्सन गर्ने र सन्देश पठाउने विधिमा पनि सुधार आउने छ। फेसबुकले च्याट सुविधा बन्द गर्न लागेको इन्टरनेट एक्सप्लोरर ६ विश्वको दोस्रो सबैभन्दा बढी प्रयोग गरिने ब्राउजर हो। नेट एप्लिकेसन्सको जुलाई महिनासम्मको एउटा तथ्याङ्क अनुसार विश्वका १७ प्रतिशत इन्टरनेट प्रयोगकर्ताले इन्टरनेट एक्सप्लोरर ६ प्रयोग गर्छन्। फेसबुकले आफ्ना सदस्यहरुलाई ब्राउजर अपडेट गरी च्याट सुविधा कायम राख्‍न सुझाएको छ। फेसबुकमा च्याटको सुविधा दुई वर्षअघिदेखि सुरु गरिएको थियो। फेसबुकको बढ्दो लोकप्रियतासँगै यसमा समस्या आउन थालेको कम्पनीको जिकिर छ। फेसबुक प्रयोगकर्ताहरुको संख्या ५० करोड पुगिसकेको छ।

राष्ट्रसंघमा नेपाललाई जिताउन प्रधानमन्त्रीको आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री माधवकुमार नेपालले संयुक्त राष्ट्र सङ्घीय महासभाको सन् २०११-१२ सभाध्यक्ष पदका लागि नेपाललाई समर्थन एवम् सहयोग गर्न नेपालस्थित दक्षिण एसियाका तीन देशका राजदूतसँग आग्रह गर्नुभएको छ ।प्रधानमन्त्रीका विशेष सल्लाहकार एवम् संयुक्त राष्ट्र सङ्घका पूर्व उपमहासचिव कुलचन्द्र गौतमलाई आगामी महासभाका लागि नेपालले उम्मेदवारको रुपमा प्रस्तुत गरेको छ ।सो पदका लागि समर्थन र सहयोग जनाउन आग्रह गर्दै नेपालले यसअघि दक्षिण एसियाका सबै राष्ट्र प्रमुख एवम् सरकार प्रमुखलाई औपचारिकरुपमा पत्राचार गरिसकेको छ ।प्रधानमन्त्री नेपालले आज बिहान श्रीलङ्काका राजदूत सुमित नाकान्डलालाई आफ्नै निवास बालुवाटारमा भेटेर नेपाललाई समर्थन गर्न आग्रह गर्नुभएको थियो भने नेपालस्थित पाकिस्तानका राजदूत सैयद अब्रार हुसैन र बङ्गलादेशका राजदूत डा नीमचन्द्र भूमिकलाई प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बोलाई सहयोग माग्नु भएको थियो ।प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले भेटका बारेमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री नेपालले दक्षिण एसियाका तीन देशका राजदूतलाई भेटी आफ्ना उम्मेदवारलाई सहयोग गर्न आग्रहसहित यस अघि पठाइएको पत्रका बारेमा राजदूतहरुसँग जिज्ञाशा राख्नु भएको जानकारी दिनुभयो ।प्रधानमन्त्री नेपालले आगामी सोमबार अरु एसियाली मुलुकका राजदूतहरुसँग भेटघाट गरी नेपाललाई सहयोग र समर्थन जनाउन आग्रहसमेत गर्नुहुने कार्यक्रम रहेको छ ।दक्षिण एसियाली देशहरुबाट नेपाल बाहेक श्रीलङ्का, पाकिस्तान, भारत र बङ्गलादेशले सो पद सम्हालिसकेको सल्लाहकार भट्टराईले बताउनु भयो ।सो पदका लागि यस वर्ष नेपाल र कतारले उम्मेदवारी दिन लागेका छन् भने करिव २५ वर्षको अन्तरालमा दक्षिण एशियाले सो पदमा उम्मेदवारी दिन लागेको बताइन्छ ।प्रधानमन्त्री नेपालसितको भेटपछि नेपालस्थित पाकिस्तानका राजदूत हुसैनले सञ्चारकर्मीसँग भन्नुभयो- “प्रधानमन्त्री नेपालसंग राष्ट्र महासभाको सभाध्यक्ष पदमा नेपालको उम्मेदवारीका विषयमा छलफल भयो । ”हालै पाकिस्तानमा अविरल वर्षापछि आएको बाढीका कारण पुगेको जनधनका क्षतिप्रति प्रधानमन्त्री नेपालले नेपाल एवं आफ्नो व्यक्तिगत तर्फबाट दुःख प्रकट गर्नुभएको पनि उहाँले बताउनुभयो ।नेपालले पाकिस्तानका बाढी पीडितहरुका लागि एक करोड रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ ।

Aug 25, 2010

अध्यक्ष दाहालविरुद्ध भट्टराई र वैद्यको छुट्टाछुट्टै प्रतिवेदन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भाद्र ९ - माओवादी अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन विरुद्ध उपाध्यक्षद्वय मोहन बैद्य र बाबुराम भट्टराईले आफ्नो छुट्टा छुट्टै प्रतिवेदन प्रस्तुत गरेका छन् । बुधबार माओवादी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समितिको बैठकमा उपाध्यक्षद्वय बैद्य र भट्टराईले छुट्टा छुट्टै राजनीतिक प्रतिवेदनले पेश गरेका हुन् । दाहालको राजनीतिक प्रतिवेदन विरुद्ध उपाध्यक्षद्वय बैद्य र भट्टराईले पार्टीको भावि कार्यदिशा र नीति प्रस्तुत गरेको बताइ पनि पार्टी प्रवक्ता दीनानाथ शर्माले फरक नभएर पूरक प्रस्ताव भएको दाबी गरे । बैठकपछि प्रवक्ता शर्माले अध्यक्ष दाहालले बुँदागत रुपमा आफ्नो प्रतिवेदन पेश गरको जानकारी दिए । त्यस्तै उपाध्यक्षद्वय बैद्य र भट्टराईले लिखितरुपमा आफ्नो प्रस्ताव पेश गरेका थिए । दाहालले तीन 'स' अथवा सडक, सदन र सकारको मोर्चालाई प्रयोग गरेर शान्ति र संविधानम निर्माण लाग्नु पर्ने बैठकमा उल्लेख गरेको प्रवक्ता शर्माले बताए । अध्यक्ष दाहाल, उपाध्यद्वय बैद्य, भट्टराई आफ-आफ्नो लाइन पारित गराउने कसरतमा जुटेका छन् । माओवादीमा केही समयदेखि भावि राजनीतिक कार्यदिशा, भारतलाई हेर्ने दृष्ट्रिकोण, सरकार निर्माण र जनविद्रोह बारे अन्तरविरोध हुँदै आएको छ ।
उपाध्यक्ष भट्टराई शान्ति र संविधानसभाका उपलब्धीलाई संस्थागत गर्दै अग्रगामि कार्यनीतिको पक्षमा अडिग रहदै आएका छन् । जनविद्रोह परिस्थति अनुसार अनुकूल नभएको भन्दै केही समयलाई परसार्न पर्ने उनले पार्टीभित्र धारणा राख्दै आएका छन् । उपाध्यक्ष बैद्य 'जनविद्रोह'को विकल्प नभएको भन्दै त्यसको तयारीमा जुटन पर्ने बताउँदै आएका छन् । साउनको अन्तिम साता सुरु भएको केन्द्रीय समितिको बैठक प्रधानमन्त्री निर्वाचन जारी रहेकाले बीचमै स्थगित गरिएको थियो । अर्को बैठक बिहीबार बस्ने बताइएको छ ।

मुद्दा उस्तै, अदालतको फैसला फरक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मोरङ, भदौ ९- पुनरावेदन अदालत विराटनगरले एउटै प्रकृति र उस्तै तथ्य भएका मुद्दाहरूमा भिन्नभिन्न फैसला गरेको छ। अदालतका न्यायाधीशद्वय डम्बरबहादुर शाही र रामचन्द्र यादवले गरेको भूमिसम्बन्धी एक मुद्दाको फैसला उस्तै प्रकृतिका अन्य दुई मुद्दाहरूको भन्दा फरक पाइएको हो। न्यायाधीशद्वय शाही र यादवले गत वैशाख ८ गते गरेको फैसलामा प्रचलित विषयमा विद्यमान रहेको कानुनलार्ई बेवास्ता गरेर मुलुकी ऐनलाई आधार मान्दै पीडितको अपिल पनि खारेज गरिएको छ। अदालतको उक्त फैसलापछि पीडितहरूले आफूहरूले न्याय पाउन नसकेको भन्दै सर्वोच्च अदातलमा न्यायका लागि पुनः पुनरावेदन गरेका छन्।मोरङको इन्द्रपुर (साविक हरैचा-९ ) मा रहेको झन्डै १५ बिगाहा बराबरको जग्गामा सोही ठाउँका काशी माझी, फुलेमान कलवार, वस्ती झाँगड, पुरण थारु, तेत्तर झाँगड, फेरिस थारुलगायतको मोही हक कायम रहेको थियो। तर इन्द्रपुरको विराटचोकको विस्तार हुनेक्रमसँगै जग्गाको मोल पनि बढ्नथालेपछि जग्गाधनीहरू शारदा क्षेष्ठ, रामबहादुर क्षेष्ठ, भीमप्रसाद मास्के, रणमान मास्के, टेकराज मास्केलगायतले २०५१ पुस १३ गते भूमिसुधार कार्यालय मोरङमा सबै जमिनको एउटै मुचुल्का बनाउन लगाई मोही लगत कट्टा गराउने निर्णय गराइ मालपोतलाई श्रेस्तामा मोही लगत कट्टा गराउन पत्र लेखाएका थिए।

अनिश्चितकालीन दार्जिलिङ वन्द दुई दिनका लागि स्थगित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सिलिगुडी , भाद्र ९ - प्रहरीले निकेल तामाङलाई शकुसल ल्याउने आश्वासन दिएपछि गोर्खा जनमुक्ति मोर्चाले आव्हान गरेको अनिश्चितकालीन दार्जिलिङ वन्द दुई दिनका लागि स्थगित गरिएको छ । मोर्चाका प्रचार सचिव डा. हर्कबहादुर क्षेत्रीले दुई दिनभित्र तामाङलाई सार्वजनिक नगरिए वन्द पुनः सुचारु हुने बताए ।
गोर्खा जनमुक्ति मोर्चाले निकेल तामाङको प्रहरी हिरासतै हत्या भएको आशंका गरिरहेका वेला वंगाल सरकारले भने तामाङलाई सकुशल फेला पार्नेलाई ५० हजार इनामको घोषणा गरेको छ । वंगाल प्रहरीले तामाङको गिरफ्तारीका लागि बुधवार देखि विशेष फोर्स परिचालन गरेको छ । प्रहरी प्रमुख डिपी सिंहले तामाङको खोजी तीव्र पारिएको जनाएका छन् । प्रहरीले तामाङ भागेर नेपाल छिरेको आशंका गर्दै सीमा क्षेत्रमा सर्तकता अपनाएको छ । सीमा सुरक्षा वलको सहयोग लिएर प्रहरीले नेपाल-भारतको सीमाको पानीटंकी र पशुपतिनगर नाकामा चेक जाचलाई तीव्रता दिएको छ । सिलिगुडीको पिन्टल भिलेजस्थित प्रहरी हिरासतमा रहेका तामाङ तीनदिन अघि फरार भएको प्रहरीले बताउदै आएको छ । तर, मोर्चाले भने तामाङ हिरासतमै मारिएको हुन सक्ने आशंका व्यक्त गर्दै आएको छ ।

कांग्रेस र एमालेद्वारा सहमतिमा जोड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रिय सहमति बनाएर वर्तमान राजनीतिक सङ्कटबाट निकास खोज्न नेपाली काँग्रेस र नेकपा (एमाले)का शीर्ष नेताबीच बुधबार काँग्रेस केन्द्रीय कार्यालय सानेपामा छलफल भएको छ ।एमालेले प्रस्तुत गरेको सातबुँदे अवधारणाका सम्बन्धमा सो अवसरमा व्यापक छलफल भएको थियो । एमालेले संविधान निर्माण, शान्ति प्रक्रिया कार्यान्वयन, सेना समायोजन, विगतका प्रतिबद्धता कार्यान्वयन, विभिन्न आयोग गठन, शान्ति सुव्यवस्था सुदृढीकरण, सत्तासाझेदारी र उम्मेदवारी फिर्तासम्बन्धी सातबुँदे अवधारणा छलफलका लागि अघि बढाएको छ ।नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले एमालेको अवरधारणामा नेपाली काँग्रेसलगायतका दलका भावना प्रतिबिम्बित भएको र त्यसलाई साझा सहमतिका रुपमा विकास गर्ने प्रयास भएको बताउनुभयो ।“साझा सहमति बनाएर राजनीतिक निकास खोज्न छलफल जारी रहन्छ,” अध्यक्ष खनालले संवाददातालाई भन्नुभयो । काँग्रेसले भने एमालेले प्रस्तुत गरेको सातबुँदे अवधारणापत्रका छ बुँदासम्मका धारणामा ठीकै भए पनि उम्मेदवारी फिर्ता लिने सातौंँ बुँदामा असहमति व्यक्त गरेको छ ।

कांग्रेसद्वारा उम्मेदवारी फिर्ता अस्वीकार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ ९,कांग्रेसले सहमतिय सरकार गठन हुन नसकेर संविधान अनुसार बहुमतिय सरकार निर्माणको प्रक्रियामा प्रवेश गरेकोले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता हुन नसक्ने जनाएको छ। बुधवार कांग्रेस र एमालेका शीर्ष नेताबीच भएको बैठकमा दुवै उम्मेदवारी फिर्ता गरी सहमतिको वातावरण बनाउन एमालेले राखेको प्रस्ताव कांग्रेसले अस्वीकार गरेको हो।
कांग्रेसले संविधानमा व्यवस्थानै नभएको उम्मेदवारी फिर्ताको चरणमा प्रवेश गर्दा मुलुकमा थप अन्यौलता र संवैधानीक संकट निम्तिने तर्क बैठकमा गरेको थियो। 'संविधान अनुसार म्याद थप गर्दा समेत सहमतिको सरकार बन्न नसकेर बुहमतिय प्रणलीमा प्रवेश गरेकोले फेरी सहमतिमा जान सकिने वैधानीक र संवैधानीक व्यवस्था छैन' बैठकमा सहभागि कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले भने, 'सहमतिको सरकार निर्माणको चरणमा प्रवेश गर्ने वैधानीक वाटो संविधानमा छैन, त्यसैले रामचन्द्र पौडेल वा पुष्पकमल दाहाल मध्य एक जना प्रधानमन्त्री बन्ने वाहेकको विकल्प छैन्।'

Aug 24, 2010

अग्नी एअरको विमान दुर्घटनाग्रस्त/१४ को मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भाद्र ८ - चालक दल सहित १४ जना यात्रु बोकेको अग्नी एअरको ९ एन, एएचइ, डि २२८ डोनियर विमान मकवानपुरको शिखरपुर गाविस वडा नं २ वस्तीपुरको हारे स्कूलको चौर नजिक मंगलबार बिहान दुर्घटनाग्रस्त भएको छ । स्थानीयका अनुसार विमान टुक्रा-टुक्रा भएर छरिएको र विमानमा सबार सबैको मृत्यु भएको छ । काठमाडौंबाट विहान ७ वजेर ४ मिनेट जाँदा सोलुखुम्बुको लुक्ला उडेको १९ सिटे उक्त विमान मौसमको खराबीका कारण लुक्लामा अवतरण गर्न नसकी काठमाडौं फर्किदै थियो । चालक दलका तीन र यात्रु ११ जना विमानमा थिए । विहान साढे ७ बजे उक्त दुर्घटना भएको स्थानीयले बताएका छन् । विमान क्षतविक्षत भएकाले कोही पनि जिवितै नरहेको अनुमान गरिएको छ । अग्नी एअर अपरेशन कक्षका अनुसार विहान ७ बजेर ५ मिनेटमा उक्त विमान काठमाडौंबाट उडेको थियो । ११ जना यात्रु मध्ये ६ जना विदेशी नागरिक छन् । मृत्यु हुनेमा विमान चालक दलमा क्याप्टेन लक्ष्मणप्रताप शाह, सह–चालक सोफिया सिंह र परिचारिका सहारा शेर्पा छन् । त्यसैगरी यात्रुहरुमा नेपाली नागिरक पी शर्मा, पी भोटे, ए राई, एच रिजाल र पी अमागाईं रहेका छन् भने अमेरिकाका चार नागरिक क्रमशः सुश्री एल कार्डर्सो, सुश्री एच फिन्च, सुश्री के फलोन र सुश्री आई सेखेटस रहेका छन् भने बेलायतका टि जेरेमी र जापानका वाई हायाशी रहेका छन् ।

बंगलादेशमा वेश्यवृत्तिलाई पनि व्यवसायको दर्जा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बंगलादेशको निर्वाचन आयोगले नयाँ बनाइने मतदाता परिचयपत्रमा वेश्यवृत्तिलाई पनि व्यवसायको दर्जा दिन भनेको छ। यसका लागि अभियान चलाउने समूह र संगठनहरुले निर्वाचन आयोगको यो पहलको स्वागत गरेका छन्।उनीहरुका अनुसार कार्यालय र सार्वजनिक स्थानहरुमा यौनकर्मीहरुलाई जुन प्रकारको व्यवहारको सामना गर्नु पर्दथ्यो यसमा अब कमी आउनेछ।संसारका अन्य देशमाझैं बंगलादेशमा पनि यौनकर्मीले वर्षौदेखि अपमान र एक्लोपनको सामना गर्नु परिरहेको थियो । उनीहरुको स्थितिमा सुधार ल्याउनका लागि काम गरिरहेका संगठनहरुका अनुसार प्रहरी र उनीहरुका ग्राहकले उनीहरुलाई कुटपिट र अपमानित गर्दछन्।उनीहरुका अनुसार यौनकर्मीले कठिन स्थितिमा काम गर्नु पर्दछ। त्यसैले समाजमा उनीहरुलाई अधिकार र सम्मान दिनु आवश्यक छ।

दुबईमा पनि नेपालीलाई मृत्युदण्ड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दुबई, भाद्र ८ - संयुक्त अरब इमिरेट्सको एक अदालतले एक नेपालीलाई मृत्युदण्ड सुनाएको कुरा नेपाली राजदूतावास अबुधाबीले मंगलबार अपरान्ह जारी गरेको एक प्रेस विज्ञप्तीबाट खुलासा भएको छ । यसअघि कुवेत र कतारमा नेपालीलाई मृत्युदण्ड सुनाएको खबरले सम्पूर्ण नेपाली समुदायलाई स्तब्ध तुल्याएकोमा अब दुबईमा पनि अर्को नेपालीको मृत्युदण्डको खवरले दुखी बनाएको छ । मृत्युदण्डको फैसला सुनाई सन् २००३ देखि नै दुबईको सेन्ट्रल जेलमा राखिएका उक्त व्यक्ति धारी गा.बि.स. दार्चुलाका अमरबहादुर बम हुन् । उनलाई एकजना भारतीय नागरिकको हत्याकाण्ड प्रकरणमा दुइ जना भारतीयसँगै मृत्युदण्ड सुनाइएको बिज्ञप्तीमा उल्लेख छ । मृत्यदण्ड सुनाइएको अभियुक्तका अनुसार उनले हत्याराहरुको सवारी चालकको रूपमा काम गरेका थिए । आफू हत्यामा प्रत्यक्ष संलग्न नरहेको र हत्या हुनुपूर्व र हत्याको तत्कालपश्चात् पनि सोको बारेमा अनविज्ञ रहेको कुरासमेतको निवेदन उनले नेपाली दूतावासमा दिएका छन् । बिज्ञप्तीमा भनिए अनुसार उनी भाषाको समेत कठिनाइका कारण परिबन्दमा परेका हुन् ।

मेक्सिकन सुन्दरी बनिन् मिस युनिभर्स

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लस भेगास- २२ वर्षकी जिमेना नाभारेट्टे सोमबार राति भएको प्रतियोगिता जितेर मिस युनिभर्स बनेकी छिन्। ८३ देशका सुन्दरीहरुलाई पछि पार्ने जिमेना मेक्सिकोकी हुन्। निगरानी नगरिएको इन्टरनेट प्रयोगबारे उनको विचार सोध्दा उनले इन्टरनेट महत्त्वपूर्ण भए पनि अभिभावकहरुले ध्यान दिनु पर्ने र आफ्ना बालबालिकाहरुको निगरानी गर्नुपर्ने जवाफ दिएकी थिइन्।उनले आफूले प्रतियोगिता जित्‍ने आशा नगरेको बताइन्। प्रतियोगितामा मिस जमैका यन्डी फिलिप्स फर्स्ट रनरअप र मिस अस्ट्रेलिया जेसिन्टा क्याम्पवेल सेकेन्ड रनर अप बनिन्। प्रतियोगिता जितेको खबर आउने बित्तिकै मेक्सिकोका राष्ट्रपति फेलिप क्यालडेरोन र उनकी पत्‍नी मार्गरिटा जाभालाले ट्विटरबाट जिमेनालाई बधाई दिएका थिए।

भारी वर्षाले जनजीवन कष्टकर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ ७,केही दिनदेखिको अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा गएको बाढीपहिरोमा परी सोमबार चारजनाको ज्यान गएको छ । साथै बाढीपहिरोले करोडौँ मूल्य बराबरको भौतिक क्षति पुर्‍याएको छ । बाढीले हजारौँ बिघा जमिन कटान गर्नुका साथै लाखौँ हेक्टर जमिनमा लगाइएको धानबालीमा क्षति पुर्‍याएको छ । त्यसैगरी बाढीपहिरोकै कारण घरखेत बगाउँदा दर्जनौं परिवार विस्थापितसमेत बनेका छन् । हाम्रा कञ्चनपुर समाचारदाता विष्णु देवकोटाका अनुसार महाकाली नदीले निरन्तर रूपमा कटान जारी राखेपछि नियन्त्रणका लागि अपनाइएका सबै प्रयास विफल भएका छन् । निरन्तर भइरहेको कटानी रोक्न तारजालीमा ढुङ्गा हालेर रोक्ने प्रयास गरिए पनि महाकाली नदीले निरन्तर जमिन कटान गरिरहेको छ ।

फेसबुकमा ठाउँ पनि थाहा पाउन सकिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पचार करोड सदस्य रहेको सामाजिक सञ्जाल फेसबुकमा अब आफ्ना साथी रहेको ठाउँ पनि थाहा पाउन सकिने भएको छ।अमेरिकी टेलिभिजन सीएनएनका अनुसार स्थान देखिने सुविधा ‘फेसबुक प्लेसेज’ सुरुवात भएको घोषणा क्यालिफोर्नियास्थित फेसबुक मुख्यालयमा बुधबार गरिएको हो । यसबाट प्रयोगकर्ताले मोबाइल फोनमार्फतसमेत आफ्नो साथी रहेको स्थानबारे थाहा पाउनेछन् । यो सुविधा अमेरिका र उच्चस्तरीय मोबाइल सेटमा उपलव्ध हुनेछ। यसलाई चाँडै अरु देश र साधारण मोबाइल सेटमा उपलव्ध गराइने फेसबुकका अधिकारीले जनाएका छन् ।फेसबुकमा आफ्ना साथीहरु रहेको स्थानबारे थाहा पाउन चाहने व्यक्तिले ‘चेक इन’ लेखिएको बटममा क्लिक गर्नुपर्छ । त्यसपछि फेसबुकले साथी रहेको स्थानबारे थाहा दिनेछ। ‘चेक इन गर्ने वित्तिकै फेसबुकको न्युज फिडमा प्रयोगकर्ता रहेको स्थानबारे उसका साथीहरुलाई जानकारी मिल्नेछ।’ फेसबुक प्लेसेजका उत्पादन प्रबन्धक माइकल स्यारोनले फेसबुक ब्लगमा लेखेका छन् ।यो सुविधाको गलत प्रयोग रोक्न तथा व्यक्तिगत गोपनीयता रक्षा गर्न स्थानको जानकारी आफूले चाहेका साथीलाई मात्र गराउने व्यवस्था गरिएको छ। प्रयोगकर्ताले कुनै पनि बेला ‘चेक इन’ सुविधा फिर्ता गर्न सक्ने पनि स्यारोनले जनाएका छन् ।

विदेशमा फोन गर्न सकिने पाँचवटा वेबसाइटमाथि प्रतिवन्ध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ ८,दूरसञ्चार प्राधिकरणले इन्टरनेटबाट सस्तोमा विदेशमा फोन गर्न सकिने पाँचवटा वेबसाइटमाथि प्रतिवन्ध लगाएको छ। पाँचवटा साइटहरुबाट गैर कानुनी ढंगले विदेशमा कल भएपछि प्राधिरकणले प्रतिबन्ध लगाएको हो। प्राधिकरणले यी साइटहरु नखुल्ने व्यबस्था गर्न सबै इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ। प्राधिकरण स्रोतका अनुसार www.nepalicalls.com, www.rynga.com, www.smartvoip.com, www.jumblo.com र ७४.१३३.१२५.११४ डोमेन भएका साइट छन्। 'यी साइटबाट अवैध रुपमा टेलिफोन चलाइएको पाइएकोले बन्द गर्न निर्देशन दिइएको हो,' प्राधिकरण अनुमति शाखाका प्रमुख दिपेश आचार्यले भने। यी साइटहरुमा गएपछि त्यसबाट बढीमा प्रति मिनेट एक रुपैयाँ तिरेर संसारभरि जहाँसुकै पनि फोन गर्न सकिन्थ्यो। अपराधिक घटनामा पनि यस्तो साइट हुँदै गएका कलहरु प्रयोग भएको देखिएपछि प्राधिकरणले रोक लगाउने निर्णय गरेको हो। यस्ता साइटहरुले गर्दा कानुनी प्रकृया पुरा गरेर टेलिफोन चलाउने कम्पनीलाई नोक्सानी पुगेको, सरकारी राजश्व गुमेको छ। दूरसञ्चार सेवा प्रयोग गर्दा १३ प्रतिशत भ्याट र १० प्रतिशत दूरसञ्चार सेवा शुल्क तिर्नुपर्छ।
'प्राधिकरणको निर्देशन अनुसार हामीले सोमबारबाट ती सबै साइटहरु बन्द गरिसक्यौं,' इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) का अध्यक्ष विनय बोहोराले भने। अधिकांश साइबर क्याफेहरुले यिनै साइटमा गएर सस्तोमा विदेश कल गराउँदै आएका थिए।

बुद्ध एयरले सोमबारदेखि अन्तर्राष्ट्रिय उडान सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भाद्र ८ - आन्तरिक हवाई सेवामा सबैभन्दा ठूलो हिस्सा ओगटेको बुद्ध एयरले सोमबारदेखि अन्तर्राष्ट्रिय उडान सुरु गरेको छ । १८ सिट क्षमताको विचक्राफ्ट १९०० डी जहाजले त्रिभुवन विमानस्थलबाट भुटानको पारोका लागि सोमबार बिहान ११ बजे पहिलो उडान गरेको थियो । यससूगै बुद्ध एयर भुटानको पारोका लागि नियमित उडान गर्ने पहिलो अन्तर्राष्ट्रिय कम्पनी बनेको छ । हालसम्म ड्रयुक एयरबाहेक कुनै पनि अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गरेका छैनन् । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने बुद्ध निजी क्षेत्रको पाँचौं कम्पनी भएको छ । यसअघि नेकोन, एयर नेपाल इन्टरनेसनल, कस्मिक र यती एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान थालेका थिए । तर कुनै पनि दिगो हुन सकेनन् । १३ वर्षअघि सन् १९९७ मा एउटा विचक्राफ्टबाट नेपाली आकाशमा हवाई सेवा सुरु गरेको बुद्ध एयरले लामो तयारीपछि अन्तर्राष्ट्रिय सीमापार उडान थालेको जनाएको छ ।

Aug 23, 2010

एमआरपी डिजाइन अलपत्र

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ ७,मन्त्रिपरिषद्ले एमआरपी वाटरमार्क (डिजाइन) स्वीकृत गर्न प्रधानमन्त्री माधवकुमार नेपाललाई अख्तियारी दिएको डेढ साता बितिसक्दा पनि यो मुद्दा किनारा लाग्न सकेको छैन। विभागीय मन्त्री सुजाता कोइरालाले परराष्ट्र मन्त्रालयले तयार पारेको वाटरमार्क स्वीकृति गर्न नमानेपछि साउन अन्तिम साता मन्त्रिपरिषद्ले हस्तक्षेप गरी यसबारे निर्णय गर्न प्रधानमन्त्रीलाई जिम्मा दिएको थियो। प्रधानमन्त्री नेपालले आफूमा रहेको अधिकार प्रयोग नगरी विभागीय मन्त्री कोइरालाको 'बाटो हेर्दा' विलम्ब भएको एक उच्च अधिकारीले बताए। 'यो विषय छिटोभन्दा छिटो टुंग्याउनुपर्छ भन्ने प्रधानमन्त्रीदेखि सबैमा महसुस भएको छ,' ती अधिकारीले भने, 'बित्थैमा विवादमा परिने भयले सबै तर्किरहेका छन्।' प्रधानमन्त्रीले आइतबार बालुवाटारमा मन्त्री कोइराला, मुख्य सचिव माधव घिमिरे, परराष्ट्र सचिव मदन भट्टराई, प्रवक्ता दुर्गा भट्टराई, शिष्टाचार महापाल तथा एमआरपी परियोजना प्रमुख मुक्ति भट्टलगायत उच्च अधिकारीहरूसँग छलफल गरे पनि यो मुद्दा बिनानिष्कर्ष टुंगियो।

अनिश्चितकालीन दार्जिलिङ वन्द आव्हान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सिलिगुडी , भाद्र ७ - वंगाल सरकारले आफ्ना संस्थापक सदस्य समेत रहेका निकेल तामाङलाई प्रहरी हिरासतै हत्या गरेको भन्दै गोर्खा जनमुक्ति मोर्चाले सोमवारदेखि अनिश्चितकालीन दार्जिलिङ वन्द आव्हान गरेको छ । वन्दको पहिलो दिन दार्जिलिङ तथा आसफसको मिरिक, खर्साङ, कालिम्पोङ, सुकियालगायतका स्थान ठप्प भए । सरकारी कार्यालय विद्यालय र सवारी साधन सवै ठप्प छन् । मोर्चाले तामाङको वास्तविकता सार्वजनिक नभएसम्म वन्द जारी रहने जनाएको छ । मोर्चाका महासचिव रोशन गिरीले तामाङको हत्या वंगाल सरकारले गरेको दावी गर्दै तत्काल तामाङको वास्तविकता सार्वजनिक गर्न माग गरेका छन् । गोर्खा लिगका अध्यक्ष मदन तामाङको हत्या आरोपमा तामाङ गत १६ अगष्टका दिन आफ्नै पुख्यौली थलो दार्जिलिङकै विजनवारीवाट पक्राउ परेका थिए । अदालतले आगामी ३० अगष्टमा पुन हाजिर हुन आउने गरी उनलाई हिरासतमा राख्ने आदेश दिएको थियो । सिलिगुडीस्थित पिन्टल भिलेज भन्ने स्थानमा उनलाई ६ दर्जन वढी सुरक्षाकर्मीको मातहतमा राखेर सीआइडीले अनुसन्धान गर्दै थियो । प्रहरीले शौचालय जाने क्रममा तामाङ फरार भएको भनेपछि दार्जिलिङमा यो खवरले सनसनी मच्चाएको थियो ।

मार्सल आर्ट्स ओलम्पिकमा समावेश हुनुपर्ने धारणा ज्याकी चाङको

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बेइजिङ, भदौ ७, हलिउडका मार्सल आर्ट्स स्टार ज्याकी चाङले चीन बाहिर कुम्फूका रूपमा चिनिएको उसु भविष्यको ओलम्पिकमा आधिकारिक खेलमा समावेश हुनुपर्ने धारणा राखेका छन्। 'मलाई उसु निकै मनपर्छ र म यसलाई भविष्यको ओलम्पिकमा समावेश भएको हेर्न चाहन्छु,' चीनमा रहेका चाङलाई उद्धृत गर्दै सरकारी समाचारपत्र चाइना डेलीले आइतबार लेखेको छ।अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले उसुलाई खेल माने पनि तेक्वान्दो र जुडोजस्ता अन्य एसियाली मार्सल आर्ट्सजस्तै आधिकारिक स्पर्धाका रूपमा समावेश गरेको छैन। तेक्वान्दो र जुडो ओलम्पिकमा नियमित स्पर्धा बनिसकेका छन्। आइओसीले चीनलाई सन् २००८ को बेइजिङ ओलम्पिकको समयमा प्रदर्शन खेलका रूपमा उसु आयोजना गर्न स्वीकृति दिएको थियो। त्यसमा अर्का हलिउड एवम् कुम्फू स्टार जेट लीको पनि उपस्थिति थियो।उसुको विविधतायुक्त लडाईंको तरिका र फरक शैलीका कारण यो ओलम्पिकमा समावेश हुन ढिलाइ भएको चाङले बताए। 'यसले उसुलाई अन्तर्राष्ट्रिय दर्शक समान प्रभाव पार्नबाट रोकेको छ,' उनले भने।आफ्नो मार्सल आर्ट्सलाई थुप्रै हिट चलचित्रमा प्रयोग गरिसकेका चाङले केटाकेटीदेखि नै उसुको अभ्यास गर्दै आएका थिए। आफूले अझै पनि त्यसको अभ्यास गर्ने गरेको उनले बताए।

अयोग्य लडाकु पुनर्स्थापना कार्यक्रम तिब्र

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
शान्ति मन्त्री रकम चेम्जोङले एकीकृत नेकपा माओवादीका अयोग्य लडाकूको पुनर्स्थापनाको कार्यक्रम तीब्र गतिमा अघि बढिरहेको बताउनु भएको छ।शान्ति तथा पुनर्निर्माणमा मन्त्रालयमा आज आयोजित छलफल कार्यक्रममा मन्त्री चेम्जोङले पुनर्स्थापना कार्यक्रमको प्रगति विवरण सार्वजनिक गर्दै बहिर्गमन भएका अयोग्य लडाकूमध्ये करिब पचास प्रतिशत मात्र कार्यक्रममा सहभागी भएको जानकारी दिनुभयो।मन्त्री चेम्जोङले माओवादी शिविरमा रहेका एक हजार ५०० लडाकूले तालिम लिने चाहना राखेको बताउनुभयो । मन्त्री चेम्जोङले तालिममा ८०० लडाकू रहेको र ४० जनाले जागिर पाएको उल्लेख गर्नुभयो ।कार्यक्रममा संयुक्त राष्ट्र संघीय आवासीय प्रतिनिधि रोवर्ट पाइपरले अझै पनि अयोग्य लडाकू पुनर्स्थापनामा चुनौति बाँकी नै रहेको बताउनुभयो।माओवादीका करिब चार हजार अयोग्य लडाकूका लागि राष्ट्र संघअन्तर्गत यूएनडीपी र नेपाल सरकारले संयुक्त रुपमा पुनर्स्थापना कार्यक्रम संचालन गर्दै आएका छन्।बैठकमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका आवासीय प्रतिनिधि रोबर्ट पाइपर, जनमुक्ति सेना नेपाल- सैन्य मुख्यालयका प्रवक्ता चन्द्रप्रकाश खनाल ‘बलदेव’, अनमिन र युनिसेफका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

पाँचौ चरणमा पनि प्रचण्ड र पौडेल दुवै पराजित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
व्यवस्थापिका संसदमा आज भएको निर्वाचनबाट पनि मुलुकले नयाँ प्रधानमन्त्री पाउन नसकेपछि निर्वाचन प्रक्रिया छैटौं चरणमा प्रवेश गरेको छ। दुवै उम्मेदवारले आवश्यक बहुमत अर्थात ३०१ मत ल्याउन नसकेपछि निर्वाचन औपचारिकतामा मात्र सीमित बन्न पुगेको हो ।पाँचौ चरणको निर्वाचनबाट समेत प्रधानमन्त्रीका दुवै उम्मेदवार एकीकृत माओवादीका पुष्पकमल दाहाल र नेपाली काँग्रेसका रामचन्द्र पौडेलले स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि निर्वाचन प्रक्रिया अर्को चरणमा प्रवेश गरेको हो। प्रधानमन्त्री निर्वाचित हुनका लागि निर्वाचन प्रक्रिया सुरु हुँदा संसदमा कायम रहेको ५ सय ९९ सदस्यको बहुमत् अर्थात ३ सय मत ल्याउनुपर्ने हुन्छ।तर, आजको निर्वाचनमा दाहालले २ सय ४६ र पौडेलले १ सय २४ मत मात्र प्राप्त गरे। अपरान्ह चारवजे सुरु भएको बैठकमा पहिले एकीकृत माओवादीका उम्मेदवार दाहाललाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस भन्ने प्रस्ताव सभामुख सुवास नेम्वाङले निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो। उक्त प्रस्तावमा भएको मतदातमा दाहालको पक्षमा २ सय ४६ मत खस्यो। उहाँको विपक्षमा १ सय ११ मत खस्यो भने मतदानमा २ सय ६ सभासद तटस्थ बसेका थिए।दाहाललाई एकीकृत माओवादीका अतिरिक्त नेपाल मजदुर किसान पार्टी, माले समाजवादी, नेपाल जनता दल र राष्ट्रिय जनमुक्ति पाटीका सभासदले मतदान गरेका थिए। मतदान प्रक्रिया सुरु भइसकेपछि आइपुगेका केही सभासद संसद भवनमा प्रवेश गर्न पाएनन्। दाहालको पक्षमा मतदान हुँदा ५ सय ६३ सांसद मात्र बैठकमा सहभागि भएका थिए।दाहालको प्रस्तावले बहुमत प्राप्त गर्न नसकेपछि नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभामुख नेम्वाङले निर्णयार्थ प्रस्तुत गर्नुभयो। प्रधानमन्त्रीमा पौडेललाई निर्वाचित गरियोस भन्ने प्रस्तावमा पनि बहुमत पुग्न सकेन। पौडेलको पक्षमा १ सय २४ मत खस्यो भने विपक्षमा २ सय ४३ मत खस्यो।निर्वाचन प्रक्रियामा २ सय सभासद तटस्थ बसेका थिए। पौडेलको पक्षमा मतदान हुँदा ५ सय ६७ सभासद मात्र बैठकमा सहभागि भएका थिए। पौडेललाई काग्रेस बाहेक राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीका सभासदले मतदान गरेका थिए। व्यवस्थापिका संसदमा प्रतिनीधित्व गर्ने तेस्रो ठुलो दल नेकपा एमाले, मधेसवादी दलहरुका साथै साना दलहरुले समेत मतदानमा सहभागि नभई तटस्थ बस्ने निर्णयलाई निरन्तरता दिएका कारण मुलुकले आज पनि नयाँ प्रधानमन्त्री पाउन नसकेको हो।प्रधानमन्त्रीको अर्को निर्वाचन मिति आजै बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले तोक्ने बताइएको छ। मुख्य राजनीतिक दलहरुले अर्को निर्वाचनको मिति भदौं २६ गतेलाई प्रस्ताव गरेका छन्। अर्को चरणको निर्वाचनअघि सहमति जुटाउनका लागि निर्वाचन मिति करिव दुई साता पछाडी सार्न मुख्य दलले प्रस्ताव गरेको बताइएको छ।

आइतबार देशभरका सुनचाँदी पसल बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
६ भदौ : नेपाल राष्ट्र बैंकले सुनको आपूर्ति तथा बिक्री-वितरणमा पछिल्लोपटक जारी गरेको निर्देशनको विरोधमा नेपाल सुनचाँदी व्यवसायी संघले आइतबार देशभरका सुनचाँदी पसल बन्द गरेका छन् । स्थानीय बजारमा सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको संघले आइतबार मूल्य निर्धारण गरेन । संघले निर्णय फिर्ताका लागि दबाब दिन सोमबार बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा धर्ना दिने निर्णय गरेको छ । केन्द्रीय बैंकले भदौ २ गते निर्देशिका जारी गर्दै संघको सिफारिसमा मात्रै बैंकबाट सुन खरिद गर्न पाउने एकाधिकारलाई तोड्दै सुनचाँदी कला व्यवसायी संघ र रत्न तथा आभूषण संघको सिफारिसमा पनि खरिद गर्न पाउने व्यवस्था गरेको थियो । वाणिज्य बैंकबाट सुन खरिदका लागि सिफारिस गर्ने, आयात लागि सिफारिस गर्ने र मूल्य तोक्ने काम सुनचाँदी व्यवसायी संघले गर्दै आएको थियो ।
संघको शनिबार बसेको बैठकले आइतबार र सोमबार देशभरका सुनचाँदी पसल बन्द गर्ने निर्णय गरेको थियो । राष्ट्र बैंकको निर्णयले आफ्नो व्यवसाय संकटमा परेको भन्दै संघले निर्णय फिर्ता लिन दबाबका लागि आन्दोलन गरेको हो । संघका सदस्य राजभाइ बज्राचार्यले केन्द्रीय बैंकले निर्णय नसच्याएसम्म आन्दोलन जारी रहने बताए । संघका पदाधिकारीले उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीलाई आइतबार भेटी समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका छन् । यता, राष्ट्र बैंकको निर्णयको नेपाल सुनचाँदी कला व्यवसायी संघ र नेपाल रत्न तथा आभूषण संघले भने स्वागत गरेका छन् । 'बैंकले गरेको नयाँ व्यवस्थाले सुनमाथि सीमित व्यक्तिको एकाधिकारको अन्त्य गरी गरगहना बनाई जीविकोपार्जन गर्ने साना व्यवसायीको पहुँचमा ल्याएको छ,' उनीहरूले आइतबार निकालेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । उनीहरूले संघले गरेको आन्दोलनलाई एकाधिकार तोडिएपछिको पीडा पोखेको आरोप लगाएका छन् ।

Aug 22, 2010

वेश्यावृत्तिमा संलग्न २६ प्रहरीको नियन्त्रणमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वेश्यावृत्तिलगायत अनैतिक कार्यमा संलग्न २६ जनालाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको छ ।महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका अनुसार त्यस्तो कार्यमा संलग्न १५ पुरुष र ११ महिलालाई नियन्त्रणमा लिइएको छ ।वनस्थलीस्थित मनिराज उप्रेतीले सञ्चालन गरेको खाजा घरबाट तीन पुरुष, चार महिला, मुड्खुस्थित मुड्खु रिसोर्टबाट १२ पुरुष, सात महिलालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।त्यसैगरी गोंगबु-६, बङ्गुर फारमस्थित नानीकाजी महर्जन, सानुकाजी महर्जन, गौतम महर्जनलगायतका व्यक्तिका टहरामा उत्पादन गरेको २०० लिटर मदिरा नष्ट गरिएको महानगरीय प्रहरी वृत्त महाराजगन्जले जनाएको छ ।

साना दलले छैठौँपटकदेखि प्रधानमन्त्री चुनाव बहिष्कार गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ ६,संविधानसभाका साना दलले छैठौँपटकदेखि प्रधानमन्त्री चुनाव बहिष्कार गर्ने बताएका छन्। तीन ठूला दल सहमतिमा नआए संसदमै नजाने उनीहरूले चेतावनी दिए। साना दल र तीन ठूला दलबीच संविधानसभा भवन नयाँ बानेश्वरमा भएको छलफलमा उनीहरूले सहमतिका लागि ठूला दललाई दबाब दिए। ठूला दलले जनतालाई सधैँ हैसियतको भ्रम देखाएको भन्दै साना दलका प्रतिनिधिले आश्वासन नदोहोर्‍याउन आग्रह पनि गरे। 'कुरामात्रै भयो, सहमति भएन, यही ढंगले ७ गते पनि चुनाव परिणामविहीन हुन्छ। ८ गतेदेखि हामी संसद् जाँदैनौँ, आन्दोलनमा जान्छौँ,' नेकपा संयुक्तका चन्द्रदेव जोशीले भने। माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, कांग्रेस उपसभापति रामचन्द्र पौडेल, एमाले अध्यक्ष झलनाथ खनालले साना दलसँग छलफल गरेका थिए। 'उनीहरू (ठूला दलका नेता) अहिलेसम्म पत्रिका, रेडियो, टेलिभिजनमा आइसकेकै भनाइ दोहोर्‍याएर गए, अरू केही भएन,' जोशीले भने। साना दलले ठूला दलबीच सहमतिका लागि मध्यस्थता गर्ने प्रस्ताव गरेका थिए। त्यसमा पौडेल सहमत भए पनि श्रेष्ठ र खनालले कुनै प्रतिक्रिया दिएनन्।'तपाईंहरूले सहमतिको नारामात्रै दिनुभयो, व्यवहार गर्नुभएन, सहमतिबिना निकास सम्भव छैन। यही प्रक्रिया जारी रहे संसद् बहिष्कार गर्छौँ भन्यौँ,' जोशीले भने।खनालले आफ्नो पार्टी सहमति प्रयासमै लागिरहेको बताएका थिए। सहमति नजुट्दासम्म पार्टीको अडान कायमै रहने उनले बताए।श्रेष्ठले दलहरूले आफ्ना अडान नत्यागेसम्म सहमति नजुट्ने बताए। 'सबै दलले अडान कायमै राखेपछि बैठक निष्कर्षविहीन भयो,' उनले भने।बैठकपछि कांग्रेसका मुख्य सचेतक लक्ष्मण घिमिरेले वाइसिएल अर्धसैन्य संरचना विघटन र कब्जा सम्पत्ति फिर्ता नगरेसम्म माओवादी नेतृत्वमा सरकार स्विकार्य नहुने दोहोर्‍याए।राष्ट्रिय जनशक्ति पार्टी सहअध्यक्ष प्रकाशचन्द्र लोहनीले छैठौँ चरणमा जानुपरे संसद् बैठक बहिष्कार गर्ने जानकारी दिए।

काँग्रेसले उम्मेदवारी फिर्ता नलिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भाद्र ६ - प्रधानमन्त्रीको प्रतिस्पर्धाबाट काँग्रेस पछि नहट्ने भएको छ । काँग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरु सहितको बैठकले उम्मेदवारी फिर्ता नलिने अडान दोहोर्‍याएको छ । कार्यवाहक सभापति सुशिल कोइरालाको महाराजगंजस्थित निवासमा आइतबार बिहान बसेको बैठकले माओवादीले सहमतिको नयाँ विकल्प नदिएसम्म प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता नलिने निर्णय गरेको हो ।

नरहरि आचार्यले सभापति पदमा उम्मेदवारी दिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ ६- नेपाली काँग्रेसका नेता नरहरि आचार्यले आसन्न महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने भएका छन्। उनले आजै पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै आफ्नो उम्मेदवारी घोषणा गर्न लागेका हुन्। यसअघि आचार्यले ११ औँ महाधिवेशनमा पनि तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाविरुद्ध सभापति पदमा उम्मेदवारी दिएका थिए। त्यतिबेला उनी ठूलो मतअन्तरले पराजित भएका थिए।

Aug 21, 2010

एमालेद्वारा चार महिनाभित्र लडाकु समायोजनको प्रस्ताव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भाद्र ५ - एमाले पोलिटव्यूरो बैठकले यथाशक्य सहमति गरी चार महिनाभित्र माओवादी सेनाको लडाकुको समायोजन तथा पुनस्थापना सक्ने गरी प्रस्ताव ल्याएको छ । महासचिव इश्वर पोखरेलले तयार पारेर प्रस्तुत गरेको उक्त सहमतिको प्रस्तावलाई शनिबार बसेको पोलिटब्यूरो बैठकले पारित गरेको छ । साथै एमालेले सहमतिका लागि प्रधानमन्त्री निर्वाचनमा तटस्थ बस्ने निर्णयलाई अनुमोदन गरेको हो । यसअघि भएको चार चरणको प्रधानमन्त्री निर्वाचनमा एमालेले राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको भन्दै तटस्थ बसेको थियो । भदौ ७ गते हुने पाँचौ चरणको निर्वाचनमा पनि तटस्थ बस्ने निर्णय गरेको हो । पोखरेलका अनुसार प्रस्तावमा शान्ति प्रकृयालाई टुङ्ग्याउनका सहमति कायम गर्ने, चार महिनाभित्र आवश्यक मापदण्ड तयार पारी माओवादी सेनाका लडाकुको समायोजन तथा पुनस्थापना सक्ने रहेको छ ।

एमालेको बैठक राष्ट्रिय सहमतिको प्रस्ताव पारित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ ५,एमालेको पोलिटब्युरो बैठक राष्ट्रिय सहमतिको प्रस्ताव पारित गर्दै सकिएको छ। बैठकले प्रधान मन्त्रीका लागि कङ्ग्रेस र माओवादी दुवै उम्मेद्वारलाई उम्मेद्वारी फिर्ता लिन आग्रह गर्ने निर्णय पनि गरेको छ। पार्टी अध्यक्ष झलनाथ खनालद्वारा प्रस्तुत आधारपत्र बैठकले पारित गरेको छ। उक्त आधारपत्रमा शान्ति र संविधानलाई निष्कर्षमा पुर्‍याउन जोड दिने उल्लेख छ। यो आधारपत्र सबै राजनीतिक दललाई उपलब्ध गराइने जानकारी बैठकपछि सञ्चारकर्मीलाई दिइयो।केही दिनअघि केहीबेर मात्र बसेको केन्द्रीय समिति बैठकले प्रधान मन्त्रीमा कसलाई समर्थन गर्ने वा कस्तो रणनीति अपनाउने भन्नेबारे निर्णय गर्ने जिम्मा पोलिटब्युरोलाई दिएअनुसार शनिबार यो बैठक बसेको हो।

एउटै गाउँमा एड्सबाट सातको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
परासी,नवलपरासी जिल्लासँग सीमा जोडिएको एक गाविसको एउटै गाउँका सात व्यक्तिको एचआइभी/एड्सबाट भएको मृत्युले अहिले पूरै गाउँ नै शोकमा डुबेको छ ।रोजगारीको सिलसिलामा भारत गएका भिरकोट गाविस-३ का मीनबहादुर आलेमगर, दुर्गाबहादुर वोन्टाङेमगर, दुर्गाबहादुर परियार, सन्तबहादुर ठाडामगर, भिरकोट-५ का सन्तबहादुर विश्वकर्मा र भिरकोट-७ का कबराज विश्वकर्मा र उनकी श्रीमतीको हालै एचआइभी/एड्सबाट मृत्यु भएपछि गाउँ शोकमग्न भएको पूर्व शिक्षक खमबहादुर विश्वकर्माले बताउनुभयो ।नवलपरासीसँगै सीमा जोडिएको तनहुँको भिरकोट गाविसका थुप्रै बासिन्दा घरको आर्थिक अवस्था कमजोर भएका कारण परिवारको गुजारा टार्न भारतको विभिन्न सहरमा रोजगारीका लागि जाने गरेका छन् ।यहाँका धेरै युवायुवती कामको सिलसिलामा भारतको विभिन्न सहरमा जाने गरेका छन् भने यो प्राणघातक रोगबाट संक्रमित हुनेहरुको संख्या अपत्यारिलो किसिमले बढिरहेको छ ।

१३ विद्यार्थी सङ्गठनका नेताले त्रिविविरुद्ध मुद्दा हाल्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ ५ ,१३ विद्यार्थी सङ्गठनका नेताहरुले सर्वोच्च अदालतको मानहानि गरेको भन्दै त्रिभुवन विश्वविद्यालयका पदाधिकारीविरुद्ध भोलि मुद्दा दायर गर्ने भएका छन्। उनीहरुले पदाधिकारीले सर्वोच्चको फैसलाको गलत व्याख्या गरेको भन्दै मुद्दा दर्ता गर्न लागेका हुन। सर्वोच्च अदालतको फैसलालाई त्रिविले गलत व्याख्या गरी २०६६ मङ्सिर १८ गतेभन्दा अघि भर्ना भएका विद्यार्थीलाई दोस्रो र तेस्रो वर्षमा पनि नयाँ भर्नाकै नाममा वृद्धि गरिएको शुल्क लाद्‍ने कुचेष्टा गरिएको भन्दै यसलाई अदालतको मानहानि भएको दाबी ती विद्यार्थी सङ्गठनले गरेका छन्।यसैबीच अखिल क्रान्तिकारीको बागबजारस्थित कार्यालयमा बसेको यी विद्यार्थी सङ्गठनको बैठकले यसविरुद्ध जारी स्थानीय सङ्घर्षलाई अझ व्यापक बनाउने निर्णय पनि गरेको छ।

अनमिनको म्याद थप्नेबारे दलका नेताहरूसँग छलफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
४ भदौ : नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन अनमिनको म्याद थप्नेबारे शुक्रबार दलका नेताहरूसँग छलफल भएको छ । छलफलमा अनिमिनले तत्काल आफू नबाहिरिने संकेत दिएको छ । प्रमुख दलका शीर्ष नेताहरूसँग भएको छलफलमा अनमिन प्रमुख करिन लेनग्रेनले शान्तिप्रक्रियासँग सम्बन्धित सबै काम पूरा भएपछि मात्रै नेपालबाट आफू बाहिरिने संकेत दिएकी हुन् । 'शान्तिप्रक्रियाको अभिन्न अंग माओवादी लडाकुको व्यवस्थापन र पुनस्र्थापनको काम सकिएकै छैन,' अनमिनका प्रवक्ता कसमस विश्वकर्माले नयाँ पत्रिकासँग भने, 'शान्तिप्रक्रियाको मुख्य काम छिटो सम्पन्न गरेपछि अनमिन फर्किन चाहन्छ भन्ने कुरा नै अनमिन प्रमुखले दलका नेताहरूसँगको भेटमा राख्नुभयो ।' गौशालास्थित द्वारिकाज होटलमा भएको छलफलमा म्याद सकिनै लाग्दा पनि प्रमुख दलहरूले अनमिनबारे कुनै चासो नदिएको भन्दै लेनग्रेनले असन्तुष्टि जनाएकी थिइन् । 'शान्तिप्रक्रियामा आधारभूत कामहरू चाहेजस्तो गरी अघि नबढेकोमा अनमिन प्रमुखको चिन्ता हो,' विश्वकर्माले बताए ।
अनमिनको म्याद १५ सेप्टेम्बरमा सकिँदै छ । तर, दलहरूबीच भने अनमिनको म्याद थप्ने-नथप्नेबारे कुनै सहमति जुटेको छैन । छलफलमा सहभागी कांग्रेस नेता डा. रामशरण महतले प्रमुख राजनीतिक दलहरूले सरकारसँग कुराकानी गरेपछि म्याद थप्ने-नथप्नेबारे आधिकरिक धारणा ल्याउने बताए । स्रोतका अनुसार माओवादी नेताले भने अनमिनको म्याद शान्तिप्रक्रिया तार्किक निष्कर्षमा नपुगिन्जेल कायमै रहने बताएका थिए । तर, कांग्रेस र एमाले नेताले ठोस धारण नराखी बाहिरिएका थिए । छलफलमा माओवादीका वर्षमान पुन अनन्त, कांग्रेसका डा. रामशरण महत र एमालेका ईश्वर पोखरेल र प्रदीप ज्ञवाली सहभागी थिए ।

Aug 20, 2010

लिम्बुवान राज्यका सैन्य कमान्डर प्रहरीले पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इलामको बाँझो-६ मा रहेको प्रहरी चौकी आक्रमणमा संलग्न लिम्बुवान राज्यका सैन्य कमान्डर तथा प्रवक्ता नेत्र नेम्बाङ ‘खाम्बेक्सा’ लाई प्रहरीले पक्राउ गरेको छ ।क्षेत्रीय प्रहरी कार्यालय विराटनगर, मेची अञ्चल प्रहरी कार्यालय चन्द्रगढी, जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा बिहीबार आफ्नै घर धरमपुर-८ झापाबाट उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका नेम्वाङलाई शुक्रबार बिहान प्रहरीले सार्वजनिक गरेको छ ।

भदौ ७ गते पनि प्रधानमन्त्रीको चयन नभए उम्मेद्वारी फिर्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादी का सचिव सीपी गजुरेलले भदौ ७ गते पनि प्रधानमन्त्रीको चयन हुन नसके आफ्नो पार्टीले त्यसपछि उम्मेद्वारी फिर्ता लिने जानकारी दिनुभएको छ। उहाँले राष्ट्रिय सहमतिका लागि एमालेको प्रस्तावप्रति आफ्नो पार्टी सहमत भएको भन्दै सहमतिमा जान कांग्रेस पनि तयार हुनुपर्छ भन्नुभयो। रिपोर्टस क्लबमा बिहीबार बोल्दै सचिव गजुरेलले बहुमतको प्रधानमन्त्री चयन गर्न यति गाह्रो होला भन्ने नसोचिएको तर भारतले गर्दा यस्तो स्थिति उत्पन्न हुन गएको दाबी गर्नुभयो।कांग्रेसका प्रवक्ता अर्जुननरिसंह केसीले एमाले तटस्थ बसेर संसदीय व्यवस्थालाई कमजोर पार्न खोजेको आरोप लगाउनुभयो। एमालेका नेता भीम आचार्यले राष्ट्रिय सहमतिका लागि एमालेको निर्णय नै उपयुक्त हो भन्नुभयो। फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले सहमति नभएसम्म अब मधेसवादीले मतदान नगर्ने बताउनुभयो।

एमाले नेता शालिग्राम पौडेल माओवादीमा प्रवेश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भाद्र ४ - कास्कीका एमाले नेता शालिग्राम पौडेल शुक्रबार माओवादीमा प्रवेश गर्दैछन् । पौडेल कास्की क्षेत्र न.१ बाट संविधानसभा उपनिर्वाचनमा एमालेबाट उम्मेदवार थिए । माओवादीबाट उनी पराजित भएका थिए । माओवादी पार्टी सा्रेतका अनुसार अपरान्ह १ बजे पार्टी मुख्यालय पेरिस डाँडामा अध्यक्ष पुष्पकमल दाहालले उनलाई पार्टीमा प्रवेश गराउने कार्यक्रम रहेको छ ।

नेपालमा लाइसेन्स प्राप्त १८० जना पाइलट बेरोजगार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालमा लाइसेन्स प्राप्त १८० जना पाइलट बेरोजगार बनेका छन् । सन् १९९२ देखि १९९५ सम्म नेपालमा पाइलटको निक्कै अभाव थियो । त्यसको ठिक अर्थात १५ वर्ष पछि भने पाइलटहरु बेरोजगार बन्न पुगेका हुन् ।नेपालमा पूर्वाधारको विकासमा नैराश्यता, एरलाइन्स र एयरकाफ्र्टको विकास हुन नसकेकाले पाइलटहरु बेरोजगार बनेका हुन् । वायुसेवा सञ्चालक सङ्घ, नेपालका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले भन्नुभयो ।नेपाली पाइलटहरु सन् १९९५ ताका छिमेकी मुलुक भारतमा काम गर्दे आएका थिए । उपयुक्त सुविधा पाएकै कारण उनीहरुले भारतमा काम गर्ने गरेका हुन् । तर, सन् २००८ देखि सन् २०१० सम्म आइपुग्दा भारतमा पनि करिव १० हजार पाइलट बेरोजगार भएका कारण नेपालमा पाइलटहरु बेरोजगार बन्न पुगेको जानकारी सङ्घले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।नेपाली विद्यार्थीहरु पाइलट पढ्नका लागि फिलिपिन्स, अमेरीका र दक्षिण अफ्रीमा पाइलटको तालिम लिने गर्छन् । सो तालिम लिनका लागि तालिम अवधिभर शैक्षिक शुल्क मात्र करिव रु ३१ लाख खर्च हुने जानकारी सिम्रीक एरका महाप्रबन्धक योग राज कँडेलले दिनु भयो ।नेपालमा, नेपाल सरकार, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई मात्र हवाइसेवा सञ्चालनको इजाजत प्रमाण दिने अधिकार छ । हाल मन्त्रालयले ८४ कम्पनीलाई विभिन्न किसिमका वायुसेवा सञ्चालनको लागि लाइसेन्स उपलव्ध गराइसकेको छ । यद्यपि लाइसेन्स प्राप्त कम्पनीमध्ये ३५ प्रतिशत मात्र सञ्चालनमा रहेका छन् ।त्यसैगरी आन्तरिक उडानतर्फ लाइसेन्स पाएकामध्ये ९ वटा मात्र विमान सञ्चालनमा छन् । र १८ वटा हेलिकप्टर कम्पनीले अनुमति पाएकोमा हाल ५ वटाले मात्र उडान भर्दै आएका छन् ।

आर्थिक शोषण रोक्न सरकारलाई निर्देशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
व्यवस्थापिका संसद्को अर्थ र श्रम सम्बन्ध समितिले वैदेशिक रोजगारीमा पठाउने नाममा देशभित्र एजेन्टमार्फत हुने श्रम तथा आर्थिक शोषण रोकी प्रभावकारी उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ । एजेन्टमार्फत रोजगारीमा जाने कामदार ठगिएको भन्दै समितिले त्यसलाई रोक्नका लागि प्रभावकारी कदम चाल्न श्रम तथा यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको हो । रोजगारीमा गएका कामदारमध्ये अधिकांश कामदारलाई एजेन्टले सरकारले निर्धारण गरेको बाटोभन्दा बाहिरबाट पठाउने गरेका छन् । यसैगरी समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको श्रम कक्षको उचित व्यवस्थापन गर्न पनि मन्त्रालयलाई निर्देशन दिएको छ । समितिमा श्रममन्त्री मोहम्मद आफताब आलमले रोजगारीमा जाने कामदारका लागि परिचयपत्रको व्यवस्था गर्न लागिएको बताए ।

द्वन्द्वमा मारिएकाका सवै परिवारलाई यसै वर्षभित्र राहत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चितवन, भदौं ४- माओवादीले संचालन गरेको शसस्त्र संघर्षका बेलामा ज्यान गुमाएका सवै व्यक्तिका परिवारले यो वर्षभित्र राहत रकम पाउने भएका छन्। भरतपुरमा शुक्रबार आयोजित कार्यक्रममा शान्ति तथा पुनर्निर्माण मन्त्रालयका सचिव ध्रुवप्रसाद शर्माले सो जानकारी दिएका हुन्। माओवादीले वि.स.२०५२ साल फागुनदेखि संचालन गरेको शसस्त्र संघर्षका बेलामा राज्य र माओवादी दुवै पक्षबाट गरेर १६ हजार सात सयले ज्यान गुमाएको तथ्यांक मन्त्रालयमा आएको शर्माले बताए। त्यसमध्ये १३ हजार नौ सय व्यक्तिका परिवारले राहत बापत पाउने पैसा बुझिसकेको उनले जानकारी दिए। शर्माले भने ‘बाँकी तीन हजारका परिवारलाई हामी यसै वर्ष भित्र राहत स्वरुपको रकम दिइसक्ने छौं।' सरकारले शसस्त्र संघर्षमा ज्यानका प्रति व्यक्ति एक लाख रुपैयाँका दरले परिवारलाई राहत दिने गरेको छ। एकल महिला भएको परिवारलाई २५ हजार रुपैयाँ थप दिने गरेको छ। बालबच्चालाई सहयोग गर्ने हकमा भने स्पष्ट नीति नभएको शर्माले बताए। सशस्त्र संघर्षका बेलामा आमाबाबु दुवै गुमाएका बालबच्चाहरु तीन सयको हाराहारीमा फेला परेको शर्माले बताए। त्यस्तालाई पनि सहयोग गर्ने नीति राज्यले बनाउनु पर्ने कार्यक्रमका सहभागिको विचार थियो।

अन्नपूर्ण संरक्षण क्षेत्रभित्र थप नयाँ ४ पदयात्रा मार्ग पहिचान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कास्की/ पदयात्राका लागि आउने पर्यटक आकषिर्त गर्न अन्नपूर्ण संरक्षण क्षेत्रभित्र थप नयाँ ४ पदयात्रा मार्ग पहिचान गरिएको छ । निर्माणाधीन बेंसीसहर-चामे सडकका कारण अन्नपूर्ण पदयात्र मार्ग छोटिँदै गएपछि लमजुङ, कास्की र मनाङ जिल्लालाई जोडिने गरी नयाँ ४ पदमार्ग पहिचान गरिएको हो । पर्यटकीय नगरी पोखरालाई कास्की र लमजुङका गाउँसँग जोड्ने गरी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना -एक्याप) ले नयाँ पदयात्रा मार्ग पहिचान गरेको एक्यापका प्रमुख लालप्रसाद गुरुङले जानकारी दिए । लमजुङ सदरमुकाम बेंसीसहर, घलेगाउँ, घनपोखरा, दुधपोखरी, मनाङको तिमाङ, चामे, लमजुङको भुजुङदेखि कास्कीको ताङतिङ हुँदै पोखरा र भुजुङदेखि दुधपोखरी पुगेर सिक्लेस हुँदै पोखरा पुग्ने नयाँ पर्यटकीय मार्ग पहिचान गरिएको एक्यापका सञ्चार अधिकृत देवेन्द्र थापाले बताए ।
त्यसैगरी लमजुङको बेंसीसहर, घलेगाउँ, पसगाउँ कास्कीको थम्सीकोट हुँदै पोखराको बेगनास तालसम्मको ग्रामीण पर्यटकीय पदमार्ग पनि सञ्चालनको तयारीमा रहेको छ । पहिचान भएका नयाँ पदयात्रा मार्गमा पथप्रदर्शक, सूचना पाटीलगायत राख्ने काम भइरहेको एक्यापले जनाएको छ ।
विश्वका १० उत्कृष्ट पदमार्गमध्ये अन्नपूर्ण पदमार्ग पछिल्लो समय संकटमा पर्दै गएको छ । अधिकांश भागमा सडक बनेको र आधाभन्दा बढीमा मोटर नै चल्न थालेपछि अन्नपूर्ण पदमार्ग संकटमा पर्न थालेको हो । नेपालको सबैभन्दा व्यस्त मानिने अन्नपूर्ण पदमार्गमा वर्षेनी हजारौँको संख्यामा विदेशी तथा स्वदेशी पर्यटक घुम्ने गर्छन् । पहिले २१ दिन लाग्ने चक्रीय अन्नपूर्ण पदयात्रा निर्माणाधीन बेंसीसहर-चामे ६५ किलोमिटरमा आधाभन्दा बढी भागमा मोटर चल्न थालेको र बेनी-मुक्तिनाथ झन्डै १ सय किलोमिटर हिउँदमा पूरै मोटर चल्न थालेकाले छोट्टिएर १ सातामा झरेको छ ।

Aug 19, 2010

यौन व्यवसायीका लागि परिचयपत्रको माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ ३- नेपालगञ्जका होटल व्यवसायी तथा यौन व्यापारमा संलग्न महिलाहरूले यौन व्यवसायीका लागि परिचयपत्रको माग गरेका छन्। होटेललाई यौन व्यवसायीले 'सम्पर्क स्थल' बनाएको भन्दै प्रहरीले ग्राहकका लागि परिचय पत्रको व्यवस्था गर्न भनेपछि उनीहरूले यस्ता माग गरेका हुन्।उनीहरूको नयाँ मागपछि पाहुनाको परिचय खुलाउनुपर्ने प्रहरी निर्देशन कार्यान्वयनमा आउन सकेको छैन। होटेलमा शारीरिक सम्पर्क राख्ने संख्या बढेपछि प्रहरीले एक सातायता स्थानीय होटलहरूमा छापा मार्दा अप्ठेरो परेको गुनासो व्यवसायीले गर्दै आएका छन्। 'जोडीहरू कुन उद्देश्यका लागि आएका हुन्छन् जानकारी हुँदैन,' होटेल संघ नेपालगन्जका महासचिव जनार्दन पाण्डेले भने, 'महिला र पुरुषसँगै बसेकै कारण पक्राउ गर्ने हो भने यौन व्यवसायीलाई परिचय पत्रको व्यवस्था गर्नुपर्छ।' यौन क्रियाकलापमा संलग्न रहेको आरोपमा अघिल्लो साता प्रहरीले नेपालगन्जका विभिन्न होटेलबाट ४७ र कोहलपुरका होटेलबाट १६ जोडीलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा थोरै संख्याका महिला मात्र नियमित देह व्यापारमा लाग्नेहरू थिए। पक्राउ परेका केही महिला स्थानीय स्तरमा प्रतिष्ठित परिवारका सदस्यसमेत थिए।

अश्लिल चलचित्रको भिसिडी बनाउनेमा प्रहरी छापा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ ३- अश्लिल चलचित्र तथा हिन्दी तथा नेपाली चलचित्रका भिसिडी बनाउने कारखानामा प्रहरीले छापा मारेको छ। महानगरीय प्रहरी आयुक्तको कार्यालयको टोलीले गौरीघाट खरीबोटमा रहेको कारखानामा छापा मारी तीन जना अभियुक्तलाई पक्राउ गरेको छ। खरिबोटमा रहेको दीपेन्द्र घिमिरेको घरमा अश्लिल चलचित्रका तथा नेपाली र हिन्दी चलचित्रका भिसिडीहरु बनाउने गरेको विशेष सुराकीको आधारमा आयुक्त कार्यालयको टोलीले बिहीबार मध्याह्न चार बजे छापा मारेको थियो।छापा मार्ने क्रममा घिमिरेको घरमा भिसिडी कपी मेसिन, सयौं भिसिडी फेला परेपछि प्रहरीले उनी र उनका सहयोगी रमेश पौडेल र दिवाकर न्यौपानेलाई पक्राउ गरेको छ।

संविधानसभाका दुई सदस्यको पद रिक्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ ३- संविधानसभाका दुई सदस्यको पद रिक्त भएको छ। तराई मधेस लोकतान्त्रिक पार्टीका तर्फबाट महोत्तरी जिल्ला क्षेत्र नं. ४ बाट निर्वाचित सदस्य रामकुमार शर्माले राजिनामा दिएका र माओवादीबाट धनुषा, क्षेत्र नं. ६ बाट निर्वाचित सदस्य रामकुमारीदेवी यादवको निधन भएपछि दुई पद खाली भएको हो। सम्बन्धित संविधानसभा दलको कार्यालयबाट पत्र प्राप्त भएकाले ती दुई पद रिक्त भएको संविधानसभा सचिवालयले प्रेस विज्ञप्ति प्रकाशित गरी जनाएको छ। सदस्य रामकुमार शर्माले भदौ २ गतेबाट लागू हुने गरी पदबाट राजिनामा दिएका हुन भने सदस्य रामकुमारीदेवी यादवको साउन २९ गते निधन भएको थियो।

विद्यालय भत्किँदा १७ बालबालिकाको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
देहरादुन, भदौ २,भीषण वर्षाका कारण उत्तरी भारतको उत्तराखण्ड राज्यस्थित एक विद्यालय भवन भत्किँदा त्यहाँ अध्ययनरत १७ बालबालिकाको दुखद निधन भएको छ । सो भवनमा थिचिएका ती १७ बालबालिकाको शव पाइएको र अझै थपको समेत मृत्यु हुनसक्ने उद्धार कार्यमा संलग्नहरूले जनाएका छन । विपत्ती व्यवस्थापन अधिकारी पियुस रौतेलाले भने- उद्धारका क्रममा हामीले १७ बालबालिकाको शव निकालिसकेका छौँ र घटनास्थलको प्रकृति हेर्दा सो भग्नावशेषमा विद्यालयका कर्मचारी र शिक्षक पनि थिचिएको हुनसक्ने देखिन्छ । एकतले सो भवन भारी वर्षासँगै भत्किएको थियो । सो घटनाको उद्धारकार्य जारी रहेको बताइएको छ । सो विद्यालयमा ३५ जना विद्यार्थी, छ शिक्षक र अन्य कर्मचारीहरू कार्यरत रहेको स्थानीयले जनाएका छन् । रौतेलाका अनुसार भारी र अविरल वर्षाका कारण उत्तराखण्डमा घर भत्किने क्रम केही दिनयतादेखि निरन्तर रहेको छ ।

गोहीले पनि भविष्यवाणी गर्‍यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
क्यान्वेरा,अष्ट्रेलियाको डार्विनमा एउटा नुनिलो पानीमा वस्ने गोहीले अष्टे्लियामा हुने चुनावमा हालकै प्रधानमन्त्री जुलिया गिलार्ड विजयी हुनुहुने भविष्यवाणी गरेको छ ।सो ह्यारी नाम गरेको करिब ७२० किलोग्राम तौल भएको गोही पाँच मिटर लामो छ र यो डार्विन सहरको अति व्यस्त सडकको एक पर्यटकीय स्थानमा राखिएको छ ।बुधबार अपरान्हृ २ वटा कुखुरा गोहीको खोरमा ल्याइएका थिए । एउटासँग प्रधानमन्त्री जुलियाको तस्वीर थियो भने अर्कोसँग विपक्षी नेता टोनी एब्वटको ।एडिसी समाचारका अनुसार हृयारीले पाँच मिनेटसम्म सोच्यो र जुलिया गिलार्डको कुखुरालाई मुखले च्याप्प पकि्यो ।गत महिना हृयारीले विश्व कप फुटवलको भविष्यवाणीमा पनि स्पेनलाई नै विजयीको रुपमा छानेको थियो, जुन वास्तविक ठहरियो ।यसलाई तालिम दिनेहरुले दशकौँदेखि कसले कुन काम गर्ने र चिठ्ठामा कुन अङ्क छान्ने भन्ने निर्णय गर्न गोहीको प्रयोग गर्दै आएका थिए ।

पूजा लामा बनिन् आम्ना फारुकी धर्म परिवर्तनले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नायिका, मोडल तथा गायिकाको परिचय बनाएकी पूजा लामाले धर्म परिवर्तन गरेकी छिन् । बुद्धिस्ट परिवारमा जन्मिएकी पूजा दुई महिनाअघि मुस्लिम भएकी हुन् । दुई महिनाअघि उनी कतार, दोहाबाट नेपाल फर्किएकी थिइन् । अभिनय, गायन तथा मोडलिङजस्ता विविध क्षेत्रमा स्थापित पूजाले बुद्ध धर्ममा खोट देखेर धर्म परिवर्तन गरेको नभै मुस्लिम धर्मका धेरैवटा राम्रा पक्ष देखेर धर्म परिवर्तन गर्ने निर्णय लिएको साप्ताहिकलाई बताइन् । २८ वर्षीया पूजा लामा विभिन्न कारणले चर्चामा आइरहन्छिन् । प्रतिभा त छँदैछ, त्यसबाहेक अन्य स्क्यान्डलहरूले पनि पूजा लामालाई समाचारमा ल्याइरहेको हुन्छ । आत्महत्याको प्रयासदेखि सेक्स स्क्यान्डलसम्मका घटनाले उनलाई चर्चामा ल्याएका छन्, तर सबै घटनामा स्पष्ट भएर वास्तविकता बताउन तयार हुने पूजा आफ्नो निजी जीवनको यो मोडसम्म आइपुग्दा चर्चामा आउने रुचि नभएको बताउछिन् ।

Aug 18, 2010

संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीको प्रेस विज्ञाप्ती

प्रेस विज्ञाप्ती पढ्न विज्ञाप्तीमा क्लिक गर्नुहोस् ।

नेपालमा ब्ल्याकवेरी सेवा सुरुवात/सेटको ५० हजार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ २ - निजी क्षेत्रको पहिलो मोबाइल सेवा प्रदायक स्पाइस नेपाल (एनसेल)ले नेपालमा ब्ल्याकवेरी सेवा सुरुवात गरेको छ। ब्ल्याकवेरी लिन चाहनेले सेटको मात्र ५० हजार रुपैयाँ र मासिक एक हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ। उच्च तथा मध्यम वर्ग लक्षित गरेर यो सेवा ल्याइएको हो। मुलुकभरि यो सेवा उपलव्ध छ। यसमा विन्डोज लाइभ, याहु म्यासेन्जर, गुगल, फेसबुक, माइस्पेस लगायतका लोकप्रिय साइटहरु सोझै चलाउन सकिन्छ। एनसेलले क्यानडाको रिसर्च इन मोसन कम्पनीसँग मिलेर नेपालमा यो सेवा ल्याएको हो। संसारभर व्यालकबेरी बनाउने यो एकमात्र कम्पनी हो, जसलाई तिर्नुपर्ने रोयल्टीका कारण यो सेवा महँगो पर्न गएको स्पाइस नेपालले जनाएको छ। ग्राहक आफैले पनि व्ल्याकवेरी ल्याएमा मासिक एक हजार रुपैयाँ तिर्नेगरी यो सेवा लिन सकिने छ। व्ल्याकवेरीको संसारभरका कुनै पनि मोबाइलमा एसएमएस गर्दा पैसा लाग्दैन।

विश्व बैंकद्वारा नेपाललाई रु १३ अर्ब सहयोग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विश्व बैंकले दुईवटा परियोजना कार्यान्वयनका लागि नेपाल सरकारलाई १७ करोड ६९ लाख २० हजार अमेरिकी डलर(रु १३ अर्ब १६ करोड ८० लाख) बराबरको रकम सहयोग गर्न सहमत भएको छ ।ती दुईवटा परियोजनामध्ये एउटा नेपाल स्वास्थ्य क्षेत्र कार्यक्रम (दोस्रो चरण) रहेको छ जसमा बैङ्कले छ करोड ९६ लाख ५० हजार डलर ऋण र पाँच करोड ९५ लाख डलर अनुदान सहयोग रहेको छ ।विद्यमान दोस्रो चरण सन् २०१५ को जुलाईमा समाप्त हुने कार्यक्रमले मुख्य गरेर स्वास्थ्य सेवा वितरण र स्वास्थ्य प्रणालीको सुदृढीकरणमा सहयोग गर्नेछ ।नेपाल स्वास्थ्य क्षेत्र कार्यक्रम -दोस्रो चरण)ले गरिब र ग्रामीण क्षेत्रमा बसोवास गर्ने जनतालाई प्राथमिक स्वास्थ्य उपचारसम्मको पहुँचको वृद्धिलाई सहयोग पुर्‍याउने छ ।बालबालिका र गर्भवती महिलाको पोषणस्थितिमा सुधार ल्याउन र एचआइभी तथा एड्ससँग सम्बन्धित गतिविधिलाई समेट्न सहयोगसमेत पुर्‍याउने हुँदा प्रभावकारी स्वास्थ्य क्षेत्रको सेवा वितरण र सुदृढीकरणमार्फत नेपाल सरकारको स्वास्थ्य क्षेत्रमा सहस्राब्दी विकास लक्ष्य प्राप्त गर्न सहयोग गर्नेछ ।

माओवादीले सहमति जुटाउने प्रयास गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादीले पाँचौ चरणको प्रधानमन्त्रीय निर्वाचन अगाडि नै राष्ट्रिय सहमति जुटाउन हरसम्भव प्रयास गर्ने वताएको छ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेको पदाधिकारी बैठकपछि उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रिय सहमतिको आह्वान गर्दै गत सोमबार नेकपा एमालेलाई पठाएको तीन बुँदे पत्रको सकारात्मक जवाफ आएको जानकारी दिनुभयो। उपाध्यक्ष श्रेष्ठले एमाले नेतृत्वबाट अनौपचारिक रुपमा पत्रको सकारात्मक जवाफ आएकोले सहमतिको संभावना रहेको वताउनुभयो।उपाध्यक्ष श्रेष्ठले पाँचौ चरणको निर्वाचनबाट पनि प्रधानमन्त्रीको चयन हुन नसके सहमतिका आधारमा नयाँ प्रक्रियाबाट अगाडि बढ्नु पर्ने बताउनुभयो।माओवादी पदाधिकारी बैठकले तीन गते देखि शुरु हुने भनिएको केन्द्रीय समितिको बैठक सात गतेसम्मका लागि स्थगित गर्ने निर्णय पनि गरेको छ।

प्रधानमन्त्री निर्वाचन भदौ ७ गते दिनको ३ बजे हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ २ - पाचौं पटक प्रधानमन्त्री निर्वाचन भदौ ७ गते दिनको ३ बजे हुने भएको छ। कार्यव्यवस्था परामर्श समितिको वैठक सहमति भएपछि सभामुखले चुनावको नयाँ मिति तोकेका हुन्। आजको संसदको वैठकमा रामकुमारी यादवको शोक प्रस्ताव पारित हुनेछन्। चार चरणसम्म पनि कुनै पनि उमेद्‍वारले बहुमत ल्याउन नसकेपछि प्रधानमन्त्री चयन हुन सकेको छैन्। प्रधानमन्त्री पदबाट माधव कुमार नेपालले राजीनामा गरेको डेढ महिना पुग्नै लागेको छ। प्रधानमन्त्री पदका प्रत्यासीहरुमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कङ्ग्रेसका संसदीय दलका नेता रामचन्द्र पौडेल रहेका छन्। संसदमा तेस्रो ठूलो दल नेकपा एमालेले कुनै पनि पक्षमा मतदान नगर्दा र लोकतान्त्रिक मधेशी मोर्चाले माओवादी नेतृत्वलाई समर्थन नगर्दा प्रधानमन्त्रीको निर्वाचन 'व्यर्थ'मै परिणत हुँदै आएका छन्। वैठकमा माओवादी नेता पोष्टबहादुर वोगटीले सभासद् रामकुमार शर्माले पदबाट राजीनामा दिने जानकारी गराएका थिए। शर्मा भारतीय दूतावासबाट धम्की आएको प्रकरणले चर्चित रहँदै आएका छन्। उनले राजीनामा गर्ने भएपछि उनीमाथि तराई मधेश लोकतान्त्रिक पार्टीले कारबाही गर्न सभामुखसामु बुझाएको लिखित सुचनाको प्रकृया अगाडि बढाउन परेन्। हिजोमात्र शर्मामाथि कारबाहीको लागि तमलोपाका नेता वृजेशकुमार गुप्ताले सुचनासहित सभामुखलाई जानकारी गराएका थिए।वैठकमा नेकपा माले समाजवादी र संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी स्थापना भएको जानकारी दिइएको थियो। यी दुई सहित संविधानसभामा प्रतिनिधित्व गर्ने दलको संख्या २७ पुगेको छ।

सभासद् रामकुमार शर्माले आफ्नो पदबाट राजीनामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भाद्र २ - माओवादी सभासद् रामकुमार शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन् । तराई मधेस लोकतान्त्रिक पार्टीले शर्मामाथि कारवाही प्रक्रिया अघि बढाएपछि शर्माले बुधबार राजीनामा दिएका हुन् ।
सभासद् शर्माले आफूलाई धम्क्याएकाले पार्टी अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरुको सल्लाहमा राजीनामा दिएको बताए । उनले अब हुने निर्वाचनमा आफू पुनः निर्वाचित हुने विश्वास व्यक्त गरे ।
तमलोपाका तर्फबाट महोत्तरी क्षेत्र नं. ४ बाट निर्वाचित शर्माले गत बर्ष माओवादीमा प्रवेश गरेका थिए । उनको पद खारेज गर्न तमलोपाका सचेतक बृजेशकुमार गुप्ताले मंगलबार पार्टीको निर्णय सहितको पत्र सभामुख सुवासचन्द्र नेम्वाङलाई बुझाएका थिए । शर्मा अहिले माओवादी केन्द्रीय सदस्य हुन् । पद खारेजीसँगै रिक्त स्थानमा ६ महिना भित्र नयाँ निर्वाचन गर्नुपर्ने प्रावधान छ । सभासद् शर्मा वन अध्ययन अनुसन्धान उप समितिको संयोजक थिए । राष्ट्रिय वनको व्यापक विनाशभएपछि संसदको प्राकृतिक स्रोत साधन समितिले शर्माको नेतृत्वमा उपसमिति गठन गरेको थियो । भारतीय दूतावासका काउन्सिलरले आफूलाई मार्ने धम्की दिएको सार्वजनिक गरेपछि शर्मा चर्चामा थिए ।