News

Oct 30, 2010

उच्चस्तरीय कार्यदलको बैठक जारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानका विवादित विषयलाई टुङ्गो लगाउन बनेको उच्चस्तरीय कार्यदलको बैठक अहिले बसिरहेको छ । सिंहदरबारमा शुरु बैठकमा न्यायप्रणालीकै विषयमा विवादित विषयलाई टुंग्याउने प्रयत्न भैरहेको छ ।कार्यदलभित्र न्यायिक नियुक्तिका लागि अलग्गै संयन्त्र गठन गर्ने विषयमा सैद्धान्तिक सहमति भएपनि ठोस सहमति हुन बाँकी छ । संयन्त्रको अध्यक्षता व्यवस्थापिका संसदको अध्यक्ष या प्रधानमन्त्रीमध्ये कसले गर्ने भन्ने विषयमा मतैक्यता हुन बाँकी छ ।केही दिनदेखि उच्चस्तरीय कार्यदललको बैठक दिनहुँ बस्दै आएको छ । कार्यदलको म्याद १८ सम्मका लागि तोकिएको छ ।

शिक्षकको अपहरण पछि गोली हानेर हत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
निजगढ, कार्तिक १४ - बाराको महेन्द्रआदर्श जयनगर च्युँटाहा गाविस ९ खजुरीयाका शिक्षक सुरेश पटेललाई अज्ञात समूहले शनिवार राति अपहरण पछि गोली हानेर हत्या गरेको छ । ४० वर्षीय शिक्षक पटेल राति १० बजे मोटरसाइकलमा सिम्रौनगढबाट पटेर्वा हुँदै घरतर्फ फर्किदै गर्दा बतराबाट उनलाई १०/१५ जनाको अज्ञात समूहले अपहरण गरी जमुनी खोला छेउमा हत्या गरेको प्रहरीले जनाएको छ । हत्या गरिएका शिक्षक पटेलसँगै मोटरसाईकलमा रहेका त्यसै गाउँका ३५ वर्षीय सुजित कोइरीलाई घटनाबारे सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । बीआर २२ ईओ ३५५ नम्बरको भारतीय मोटरसाईकलमा उनीहरु घर फर्किदै गर्दा उक्त समूहले कोइरीलाई हातखुट्टा बाँधेर राखेको र पटेललाई ढाडमा गोली हानेर हत्या गरेको हो । यसैबीच घटनाको जिम्म प्रतीक नेतृत्वको अखिल तराई मुक्ति मोर्चाको क्षेत्र नम्बर १ का सेक्रेटरी जेके सिंहले लिएको छ । उनले संचारकर्मीलाई टेलिफोन गरेर आफूले घटना गराएको दाबी गरेका छन् । प्रहरीको नियन्त्रणमा रहेका कोइरी पेशाले व्यापारी हुन् । घटना व्यक्तिगत रिसइबीले हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक मनोज न्यौपानेले दाबी गरेका छन् । दुई बर्ष यता यहाँ शिक्षकको हत्या गर्नेक्रम बढेको छ । यस अवधिमा चार जना शिक्षकको हत्या भएको छ ।

यस वर्षको मिस वर्ल्ड उपाधि एलेक्जान्ड्रीयाको हातमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अमेरिकाकी सुन्दरी एलेक्जान्ड्रीया मिल्स यस वर्षको मिस वर्ल्ड उपाधि हात पार्न सफल भएकी छन् । दक्षिण चीनको सान्या सहरमा आयोजित एक भव्य समारोहका बीच उनलाई शनिबार मिस वर्ल्डको ताज पहिराइएको हो ।१८ वर्षिया एलेक्जान्ड्रीया मिल्सको नाम जतिबेला घोषणा भयो तब पुरा हल तालीले जुञ्जायमान भएको थियो । त्यतिबेला एलेक्जान्ड्रीयाको आँखाबाट खुसीको आँसु बग्न थाल्यो ।मिस वर्ल्ड २००९ काएने एलडोरिनोले उनलाई हिराको आकारमा बनेको सिंहासन नजिक गएर ताज पहिराएकी थिइन् ।विश्व सुन्दरी प्रतियोगितामा बोत्सवानाकी वारेस दोस्रो र भेनेजुएलाकी एड्रीयाना वैसिनी तेस्रो स्थानमा रहे । यो ६०औं मिस वर्ल्ड प्रतियोगिता हो । सबैभन्दा बढी भारत र भेनेजुएलाका महिला मिस वर्ल्ड बनेका छन् । दुवै देशका पाँच पाँच जना सुन्दरीले यो ताज पहिरिएका छन् ।

लामो यौनक्रियाको दाबी झूटो हुन्छ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक १३ - यौनक्रियामा लाग्ने समयबारेमा विभिन्न प्रकारको हल्ला सुनिन्छ । तर क्यानाडा र अमेरिकाका यौनविशेषज्ञहरूले थुप्रै वास्तविक तथ्यलाई प्रस्ट्याएका छन । उनीहरूका अनुसार स्वस्थ यौनसम्वन्ध केही मिनटको हुन्छ । जो व्यक्ति लामो यौनक्रियाको दाबी गर्छन् उनीहरू झूटो बोल्छन् । पेन्न स्टेट विश्वविद्यालयका अनुसन्धानकर्ता एरिक कोर्टी र जिने गार्डियानीले थुप्रै मनोविश्लेषक, चिकित्सक, समाजसेवी, विवाह एवं परिवार सल्लाहकारसँग कुरा गरेर यो निष्कर्षमा पुगेका हुन् । उनीहरूका अनुसार ३ देखि १३ मिनेटसम्मको यौनक्रिया नै आनन्ददायी हुन्छ । अनुसन्धानमा देखिएअनुसार ७ मिनेट पर्याप्त, १३ मिनेट आनन्ददायक, ३ मिनेट कम र ३० मिनेटको यौनक्रिया दिक्क लाग्दो हुन्छ । अनुसन्धानकर्ताका अनुसार यो अनुसन्धानले यौनसम्बन्धी 'मिथ' समाप्त पार्न सहयोग मिल्नेछ र आमव्यक्ति स्वस्थ यौनजीवन बाँच्नेछन् ।

उच्चस्तरीय कार्यदलको बैठक निष्कर्षविहीन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानका विवादित विषयलाई टुङ्गो लगाउन बनेको उच्चस्तरीय कार्यदलको आजको बैठक पनि कुनै टुँगोमा नपुगी सकिएको छ ।सिंहदरबारमा रहेको राज्यव्यवस्था समितिको कार्यालयमा बसेको बैठकमा संविधान सभा अन्तर्गतको न्याय प्रणली समितिमा मा देखिएका विवादका बारेमा छलफल भएको थियो ।न्याधिसको नियुक्ति र बर्खास्त गर्ने निकायको स्थापनामा सहमति जुट्न नसकेको नेताहरुले बताएका छन् । हालको संबैधानिक परिषद वा न्याय परिषद जस्तै निकाय स्थापना गर्ने भनिएपनि उक्त निकायको नामाकरण गर्ने बिषयमा नेताहरकाबीच सहमति बन्न नसकेको बताइएको छ ।सहमतिको नजिक पुगिएको भएपनि आफ्नो व्यस्तताका कारण बैठक सक्नु परेको उच्चस्तरिय कार्यदलका संयोजक रहनु भएका एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिनुभयो ।थोरै बिषयमा सहमति गर्न बाँकी रहेकाले भोलिको बैठकबाट टुङ्ग्याउने उहाँले बताउनुभयो । कार्यदलको बैठक भोलि बिहान १० बजे फेरि बस्ने छ । कार्यदलको म्याद १८ सम्मका लागि तोकिएको छ ।

यौनसम्पर्क गर्दागर्दै समातिएपछि बिहे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सप्तरी, १२ कात्तिक : सार्वजनिकस्थलमा यौनसम्पर्क गर्ने एक जोडीलाई समाजले नियन्त्रणमा लिएर विवाह गराइदिएका छन् । कल्याणपुर गाविस- २ की २० वर्षीया अञ्जुकुमारी चौधरी र बनरझुला गाविस- ७ का १९ वर्षीय चन्द्रनारायण चौधरीलाई सार्वजनिक स्थलमा यौनसम्पर्क गर्दागर्दै नियन्त्रणमा लिएर विवाह गराइदिएका हुन् । बिसनपुरस्थित एक सार्वजनिक स्थलमा बिहीबार राति यौनसम्पर्क गरिरहेको अवस्थामा स्थानीयवासीले पक्राउ गरेपछि उनीहरूबीच विवाह गराइदिएका हुन् । यौनसम्पर्क गरिरहेको अवस्थामा भेटिएपछि उनीहरूलाई पक्राउ गरी गाउँका अगुवाको उपस्थितिमा बिहीबार राति नै सामाजिक परम्पराअनुसार विवाह गराइदिएको स्थानीयवासी रामफल चौधरीले बताए । प्रेमको बहानामा सार्वजनिक स्थलमै यौनसम्पर्क गर्दा समाजमा विकृति उत्पन्न हुने भएकाले विवाह गराइदिएको स्थानीयवासीको भनाइ छ । 'यो विवाहले अरू यस्ता प्रेम जोडीले पनि अवैध यौनसम्पर्क नगर्न प्रेरित गर्नेछ,' स्थानीय सञ्चारकर्मी माला कणले भनिन्, 'युवा/युवतीबीच प्रेम रहँदैमा यौनसम्पर्क गर्नु सामाजिक अपराध मानिन्छ ।' समाजका अगुवाले गरेको निर्णय आफूहरूलाई स्वीकार्य रहेको उनीहरूले बताए । यता विवाहपछि नवदम्पती चौधरीद्वयले पनि समाजले गरिदिएको फैसला आफूहरूलाई स्वीकार्य हुने बताए । 'हामीलाई समाजले गरेको निणर्य स्वीकार्य छ,' विवाहपछि चन्द्रनारायण चौधरीले भने, 'हामीबीच लामो प्रेम छ । हामी खुसीले गरेर खान्छौँ ।'

न्यायाधीश नियुक्ति संयन्त्रमा सहमति हुन सकेन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कात्तिक १३, नयाँ संविधानमा जारी भएपछि न्यायाधीश नियुक्ति गर्न संवैधानिक परिषद जस्तै स्वतन्त्र निकाय गठन गर्ने सहमति भए पनि उच्चस्तरीय राजनीतिक संयन्त्रको शनिबारको बैठक यसबारे टुंगो नलगाइ स्थगित भएको छ। कार्यदल संयोजक तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालले यस बारे छलफल भए पनि भोलि बस्ने बैठकले मात्र टुंगो लगाउने जानकारी दिएका छन्। वस्थापिकाको स्थायी समितिले सबै अदालतका न्यायाधीश नियुक्ति गर्नुपर्ने अडानमा रहेको माओवादी हिजो स्वतन्त्र न्यायपालिका राख्न सहमत भएको थियो। स्वतन्त्र निकायको नेतृत्व कसले गर्ने भन्ने विषयमा दलहरुबीच सहमति जुट्न नसकेपछि शनिबारको बैठक सकिएको हो। नाम र संरचना बारे बैठकमा छलफल भएको बताउँदै माओवादी अध्यक्ष पुष्पकमल दाहालले भने- 'आ आफ्नो कार्यव्यस्थताले चाँडै बैठक स्थगित गर्नुपरेको हो, भोलि सबै कुरा फाइनल हुन्छ।'सिंहदरबारमा भएको बैठकबाट शीर्ष नेताहरु बाहिरिएपछि उनीहरुका सहजकर्ताको बैठक बसेको छ। माओवादी नेता देव गुरुङ, कांग्रेसका रमेश लेखक र एमालेका भरतमोहन अधिकारी सहभागी छन्।

तीन दलका नेताहरू बेलायत भ्रमण जाने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक १३ - बेलायतको फरेन एण्ड कमनवेल्थ अफिसको निमन्त्रणामा प्रमुख तीन दलका नेताहरू बेलायत भ्रमण जाने भएका छन् । बेलायती दूतावासले शनिबार विज्ञप्ती जारी गर्दै माओवादीका उपध्यक्ष नारयणकाजी श्रेष्ठ, कांग्रेसको महामन्त्री प्रकाशमान सिंह, एमालेका सचिव विष्णु पौडेल पाँच दिने भ्रमणका लागि आइतबार त्यस तर्फ प्रस्थान गर्ने जनाएको छ । भ्रमणका क्रममा उनीहरूले नेपालको शान्ति प्रक्रियाका बारेमा नेताहरूसँग छलफल गर्ने तथा त्यहाँको संघीय राज्य व्यवस्थाको बारेमा जानकारी लिने छन् । भ्रमणले नेपाललाई सहयोग पुग्ने बेलायती दूतावासले विश्वास व्यक्त गरेको छ ।

Oct 29, 2010

फेसबुकमा खेल्न बाधा पुर्‍याएकोले छोराको हत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फ्लोरिडा,फेसबुकमा खेलिने खेलको लत कतिसम्म खतरनाक हुनसक्छ भन्ने प्रमाण फ्लोरिडामा भएको एउटा घटनाले देखाएको छ। २२ वर्षकी अलेक्ज्यान्ड्रा टोबियास फेसबुक खेल फार्मभिल्ले कै कारण जेलमा जीवन बिताउँदै छिन्। फार्मिभिल्ले खेल्दै गर्दा तीन महिनाको छोरा रोएर बाधा पुगेपछि उनले रिसले छोरालाई हल्लाउँदा खेरी कम्प्युटरमा टाउको ठोक्किएर मृत्यु भएको थियो। प्रहरीले उनलाई हत्याको अभियोग लगाएको छ। अभियोग प्रमाणित भए उनले आजीवन कारावासको सजाय भोग्नुपर्ने हुनसक्छ।जेलमा सँगै बस्ने साथीसँग उनले आफ्नो छोराको हत्या गरेको स्वीकार गरेको बताइएको छ। 'हो, मैले आफ्नै छोरा मारेँ' भनेर उनले भनेको बयान उनका साथीले अदालतमा दिएकी छिन्।

मुलुककै सबैभन्दा बढी रकमको पुरस्कार घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कात्तिक १२,विश्वकै सबैभन्दा पुरानो सामाजिक संस्था रोटरी इन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ ले नेपालमै सर्वाधिक रकमको पुरस्कार घोषणा गरेको छ। गोपाल-कमला राजभण्डारी रोटरी अवार्ड फर भोकेस्नल एक्सिलेन्स नाम दिइएको यो पुरस्कार सामाजिक सेवामा उत्कृष्ट कार्य गर्नेलाई दिइनेछ। रोटरी इन्टरनेशनल नेपाल डिष्ट्रिक्टका संस्थापक सदस्यसमेत रहेका गोपाल राजभण्डारीको सम्झनामा उनको परिवारले सो पुरस्कार स्थापना गरेको हो। १० लाख रुपैयाँको सो पुरस्कार प्रत्येक दुई वर्षमा सामाजिक क्षेत्रमा उत्कृष्ट कार्य गर्ने एक जना व्यक्ति वा सङ्घ-संस्थालाई प्रदान गरिने डिष्ट्रिक्ट गभर्नर तीर्थमान शाक्यले जानकारी दिए। पत्रकार सम्मेलनमा शाक्यले समाजलाई हित हुनेगरी उत्कृष्ट योगदान दिने मुलुकभरका व्यक्ति र सङ्गठनमध्येबाट छनौट गरी प्रत्येक दुई वर्षमा अक्टुबरमहिनामा विशेष कार्यक्रम आयोजना गरी वितरण गरिने क्लबको योजनाबारे जानकारी दिएका थिए। समाजका लागि विभिन्न क्षेत्रबाट योगदान दिइरहेकाहरुलाई अझै बढी उत्साहका साथ सो क्षेत्रमा लाग्न पुरस्कारले उत्प्रेरणा दिने विश्वास उनले व्यक्त गरे। यस वर्षको पहिलो पुरस्कार भने समय अभावका कारण सन् २०११ को अप्रिल ८ तारिखमा हुने राष्ट्रिय सम्मेलनको अवसर पारेर वितरण गरिने जानकारी पनि पत्रकार सम्मेलनमा दिइयो। पुरस्कारका लागि पाँच सदस्यीय छनौट समिति गठन गर्ने र सोही समितिले पुरस्कृत हुने व्यक्ति/संस्था छनौट गरिनेछ। प्रारम्भमा नेपाललाई क्षेत्र बनाइए पनि पछि यसलाई सार्क क्षेत्रकै पुरस्कारका रुपमा रकम थपेर अगाडि बढाइने जानकारी क्लबका प्रवक्ता सन्तोष शर्माले जानकारी दिए।

पौडेल १४औं पटक पराजित, अर्को निर्वाचन १५ गते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नयाँ प्रधानमन्त्री चयन गर्न आज भएको निर्वाचनमा पनि नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल पराजित भएका छन् । उनी आजसहित १४औं पटक प्रधानमन्त्री पदमा पराजित भएका हुन् ।व्यवस्थापिका संसदमा आज भएको निर्वाचनमा पौडेलको पक्षमा ९६, विपक्षमा २ मत परेको थियो । १३८ सभासद् उपस्थित मतदान प्रक्रियामा ४० सभासद् तटस्थ बसेका थिए । प्रधानमन्त्री चयनका लागि पुनः १५ औं चरणको निर्वाचन कात्तिक १५ गते दिउँसो ३ बजे हुने छ ।५ सय ९९ सदस्यीय सदनमा बहुमत भन्दा बढी स्थान ओगट्ने माओवादी र एमालेले मतदानमा नलिएपछि १४ पटकसम्म निर्वाचन गर्दा पनि एक्ला प्रतिस्पर्धा पौडेल पराजित भएका हुन् ।सातौं पटकसम्म माओवादी अध्यक्ष पुष्पकमल दाहालसँगै प्रतिस्पर्धा गरेका कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले त्यसयता ७ निर्वाचनमा एक्लो पराजय बेहोरेका थिए ।, पौडेल प्रधानमन्त्री चयन हुन व्यवस्थापिका संसदको कुल संख्याको ३०१ एक मत आवश्यक पर्दछ।१४औं पटक निर्वाचन गर्दा पनि प्रधानमन्त्री चयन हुन नसकेपछि कात्तिक १५ गते १५औं चरणको निर्वाचन हुने भएको छ। संविधानसभा भवनमा शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले १५ औं चरणको निर्वाचन मिति तय गरेको हो ।

कांग्रेस विधान संशोधनमा देउवाको असहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
११ कात्तिक,पार्टीको पहिलो बैठकमा नै विधान संशोधनका लागि समिति गठन भएपछि सभापतिमा पराजित नेता शेरबहादुर देउवाले असहमति जनाएका छन् । बिहीबार विधान संशोधनका लागि भएको छलफलमा भाग लिँदै नेता देउवाले तत्काल विधान संशोधन गर्न नहुने धारणा राखेका हुन् । देउवाले महासमितिको बैठकले हालै तयार पारेको विधान कार्यान्वयन नै नगरी संशोधन गर्न नहुने भन्दै एकपटक सो विधानलाई पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने धारणा राखेका थिए । विधानलाई पूर्ण रूपमा लागू गरेपछि मात्र समस्या र कठिनाइ आँैल्याउन सकिने भन्दै महाधिवेशनको बन्दसत्रमा सीमित सदस्य र जिल्ला सभापतिले गरेको आग्रहका भरमा विधान संशोधन गर्न नहुने जिकिर गरेको स्रोतको दाबी छ ।
महाधिवेशन सकिएको एक महिनापछि बिहीबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय समितिको पहिलो बैठकले नीति तथा कार्यक्रम परिमार्जन, विधान संशोधन र पार्टीको नियमावली मस्यौदाका लागि तीनवटा छुट्टाछुट्टै समिति गठन गरेको छ । महाधिवेशनको बन्दसत्रले नीति तथा कार्यक्रममाथि महाधिवेशन प्रतिनिधिले दिएको सुझाबलाई समेटेर पारित गर्न महेश आचार्यको संयोजकत्वमा एनपी साउद, दिलेन्द्रप्रसाद बडू, मनमोहन भट्टराई, रत्ना शेरचन, मिनाक्षी झा र महेन्द्र यादव सदस्य रहेको समिति गठन गरेको छ । बैठकले विधान संशोधनका लागि कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा दीपकुमार उपाध्याय र ज्ञानेन्द्रबहादुर कार्की सदस्य रहेको समिति गठन गरेको छ भने पार्टीको नियमावली मस्यौदाका लागि अर्जुननरसिंह केसीको संयोजकत्वमा आनन्दप्रसाद ढुंगाना, नवीन्द्रराज जोशी, पुष्पा भुसाल, र सुरेन्द्र पाण्डे सदस्य रहेको समिति गठन गरेको छ । यस्तै बैठकले महाधिवेशनबाट पारित विभिन्न प्रस्ताव, निर्वाचन समितिको प्रतिवेदन, आर्थिक प्रतिवेदनका साथै भोजन तथा आवास समितिको प्रतिवेदनलाई पारित गरेको छ । बैठकको प्रारम्भ गर्दै सभापति कोइरालाले पार्टीलाई एकताबद्ध बनाएर लैजाने प्रतिबद्धता जनाउँदै आगामी चुनौतीको सामना गर्ने गरी संगठन विस्तारमा लाग्न केन्द्रीय सदस्यलाई निर्देशनसमेत दिएका थिए । कोइरालाले पार्टीलाई अनुशासित पार्टीका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा कांग्रेस संस्थागत ढंगबाट अघि बढ्ने धारणा राखेका थिए ।

विदेशबाट फर्किएर व्यावसायिक कुखुरापालनतर्फ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अर्घाखाँची, कात्तिक १२- अर्घाखाँचीको घोचेखोलाका एक युवक विदेशबाट फर्किएर व्यावसायिक कुखुरापालनतर्फ लागेका छन्। विदेशमा गएर दुःख गर्नुभन्दा आफ्नै गाउँमा पसिना बगाउनुपर्छ भनेर व्यावसायिक कुखुरापालनतर्फ लागेको किमडाँडा घोचेखोलाका किसान मधुप्रसाद बन्जाडेले बताए। 'अर्काको मुलुकमा गएर गुलामी गरेर पैसा कमाउनुभन्दा स्वदेशमै आफ्नो व्यवसाय गर्नु उत्तम रहेछ', उनले भने। उनी मात्रै होइन अर्घाखाँचीको किमडाँडामा किसानहरू पनि अहिले व्यावसायिक खुरापालनतर्फ आकर्षित भएका छन्। पैसा कमाउनका लागि विदेश नै जानुपर्छ भन्ने छैन मेहनत र परिश्रम गरे नेपालकै भूमिमा पनि लाखाँ आम्दानी गर्न सकिन्छ भन्ने प्रेरणाका स्रोत बनेका छन् अर्घाखाँची किमडाँडाका किसान।अन्य व्यवसायभन्दा कुखुरापालनबाट राम्रो आम्दानी हुने भएपछि किसान कुखुरापालनतर्फ आकर्षित भएका हुन्। अन्य व्यवसायभन्दा यो व्यवसाय केही जोखिमपूर्ण भए पनि अर्घाखाँचीमा कुखुरामा लाग्ने कुनै रोग नलागेकोमा किसान खुसी छन। अहिले किमडाँडा गाविसका झन्डै २० जना किसान व्यावसायिक कुखुरापालनतर्फ लागेका हुन्। उनीहरूले उत्पादन गरेको कुखुराको मासु सन्धिखर्क र चुत्राबेसीमा बिक्री हुने गरेको छ।

Oct 28, 2010

भारतीयद्वारा नेपाली प्रहरी चौकीमा आक्रमण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भैरहवा, कार्तिक ११ - रुपन्देहीको दक्षिणी मर्चवार क्षेत्रमा पर्ने करौता प्रहरी चौकीमा सिमावर्ती भारतका स्थानियसीन्दाको एक समूहले विहान ढुंगामुढा र तोडफोड गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । प्रहरीका अनुसार, खाद्यान्नको सामान लिएर नेपाल तर्फ आइरहेका एक जना भारतीय नगरिकले गश्तीमा रहेको नेपाल प्रहरीलाई देखेपछि सामान त्यही छाडेर भारततर्फ फर्केको केही वेर पछि करिव २० जनाको समूह नेपालतर्फ आएर करौता प्रहरी चौकीमा ढुंगामुढा प्रहार गर्दै तोडफोड गर्न थालेका थिए ।
प्रहरी चौकीमाथि ढुंगामुढा प्रहार गर्दै तोडफोड गर्न थालेपछि नेपालतर्फका स्थानीय वासीन्दापनि एकबद्ध भई प्रहरीलाई साथ दिएर भारतीय समूहलाई लखेटेका थिए । प्रहरी चौकीमाथि तोडफोड हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन बाध्य भई केही राउण्ड हवाई फायर गर्नु परेको जिल्ला प्रहरी कार्यालयका एक अधिकारीले बताए । घटनाको यथार्थ विवरण आउन बाँकी छ । प्रहरी नायब उपरीक्षक भोजबिक्रम शाह घटनास्थल गएका छन् । करौता प्रहरी चौकी नेपाल-भारत सिमानादेखि करिव एक किलोमिटरको दुरीमा छ

फेरि सर्‍यो माओवादी विस्तारित वैठक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कात्तिक ११,एकीकृत माओवादीको विस्तारित बैठक तेस्रो पटक सारिएको छ। बिहीबार उपत्यकामा उपलब्ध स्थायी समिति बैठकले आगामी २८ गतेदेखि शुरु हुने भनिएको बैठक मंसिर ५ गते राखिएको हो। पछिल्लो केन्द्रीय समितिको बैठकले कात्तिक ५ गते मिति तय गरेको थियो। त्यसपछि पदाधिकारी बैठकले १२ गते चितवनमा सारेको थियो। चितवनमा डेँगोको प्रकोप बढ्दै गएपछि कात्तिक २८ गते भनि गोरखामा बैठक डाकिएको थियो।मुस्लिम समुदायको बक्रकइदका कारण बैठक सारिएको स्थायी समिति सदस्य अमिक शेरचनले बताए। 'मंसिर १ देखि ३ गतेसम्म बक्रइद पर्ने भएकाले बैठक सार्न भनि मुस्लिम समुदायले पार्टीमा निवेदन दिएपछि बैठक सारिएको हो। गोरखाम ४ गते सम्पर्क र ५ गते बैठक शुरु गर्ने निर्णय भएको छ', शेरचनले भने।

पाँचवटा स्थानीय टेलिभिजन च्यानल एकैसाथ बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चितवन,अवैधानिकरुपमा सञ्चालन हुँदै आएका चितवनका पाँचवटा स्थानीय टेलिभिजन च्यानल एकैसाथ बन्द भएका छन् ।सरकारले कडाई गर्न थालेपछि ती च्यानल हिजोदेखि अनिश्चितकालका लागि बन्द भएका हुन् ।यसअघि जिल्ला प्रशासन कार्यालय चितवनले वैधानिकरुपमा सञ्चालन गर्न बुधबारका लागि अन्तिम मिति दिएको थियो । बन्द भएका च्यानलमा चितवनको सबैभन्दा पुरानो वेसो च्यानल, युनिक, प्राइम, अर्पण र कलस रहेका छन् ।कलसबाहेक अन्य चार च्यानलले संयुक्तरुपमा एउटा वैधानिक च्यानल दर्ता गरेर निकट भविष्यमै नयाँ च्यानल सञ्चालनमा ल्याउने संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।संयुक्त विज्ञप्तिमा सरकारको स्पष्ट नीति नभएका कारण बन्द गर्न बाध्य भएको जनाइएको छ ।च्यानल बन्द भए पनि यहाँका सर्वसाधारण टेलिभिजनमार्फत स्थानीय गतिविधि हेर्नबाट वञ्चित भएका छन् ।

एआइजीमाथिको कारबाही रोक्न मन्त्रीहरू सक्रिय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१० कात्तिक,प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) कल्याणकुमार तिमिल्सिनालाई बर्खास्त गर्न गृह मन्त्रालयले पेस गरेको प्रतिवेदन दुई महिनादेखि मन्त्रिपरिषद्मा अलपत्र छ । अपहरण र लुटपाटजस्ता गम्भीर अपराधमा संलग्न भएको आरोप लागेका तिमिल्सिनालाई संरक्षण गर्न उपप्रधानमन्त्री र मन्त्रीहरू नै लागेको स्रोतको भनाइ छ । गृह मन्त्रालयले गठन गरेको छानबिन समितिको सिफारिसमा एआइजी तिमिल्सिनालाई बरखास्त गर्न प्रस्ताव गरे पनि उपप्रधानमन्त्री विजयकुमार गच्छदार र केही मन्त्रीका कारण उनीमाथि कारबाही हुन सकेको छैन । स्रोतका अनुसार मन्त्रीहरू बालकृष्ण खाँड, डा. प्रकाशशरण महत र डा. मिनेन्द्र रिजालले तिमिल्सिनामाथिको कारबाही अगाडि नबढाउन दबाब दिएका छन् ।
उपप्रधानमन्त्री र मन्त्रीहरूको दबाबपछि प्रधानमन्त्री माधवकुमार नेपालले सो प्रस्तावमाथि निर्णय गर्न रोकेका छन् । स्रेातका अनुसार दुई महिनाअघि नै पेस भएको सो फाइल मुख्य सचिव माधव घिमिरेले सोमबारको मन्त्रिपरिषद् बैठकमा निर्णयार्थ पेस गरेका थिए । महानगरीय प्रहरी आयुक्तको कार्यालय-प्रमुख रहँदा तिमिल्सिना व्यापारी अपरहण, लुटपाट र तस्करीमा प्रत्यक्ष संलग्न रहेको ठहर गर्दै गृहले उनलाई बर्खास्त गर्ने निर्णयसहितको प्रस्ताव गत भदौमा नै मन्त्रिपरिषद्मा पेस गरेको थियो । तर, प्रतिवेदन आएको दुई महिनापछि निर्णयार्थ पेस हुँदा पनि मन्त्रिपरिषद्ले कुनै निर्णय गर्न सकेन ।

नेपालमा ६० वटा अश्लील साइटको प्रसारणमा रोका

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कात्तिक ११ - इन्टरनेट सेवाप्रदायक (आइएसपी) हरूले बुधबार साँझदेखि आ-आफ्नो सर्भरबाट ६० वटा अश्लील साइटको प्रसारण रोकेका छन्। देशभित्रै र बाहिरबाट सञ्चालित ती साइट नेपालभित्र कसैले हेर्न नपाउने व्यवस्था गर्न गृह मन्त्रालय र दूरसञ्चार प्राधिकरणले निर्देशन दिएपछि आइएसपीहरूले यो कदम चालेका हुन्। अश्लील साइट नियन्त्रणलाई लिएर बुधबार दिउँसो गृह मन्त्रालय, प्राधिकरण र आइएसपीहरूको बैठक बसेको थियो। 'अश्लील हुन् भनेर पाएको सूचना र सुझावका आधारमा पहिलो चरणमा ६० वटा साइट बन्द गर्न आइएसपीहरूलाई निर्देशन दिने निर्णय भयो,' दूरसञ्चार प्राधिकरणका प्रवक्ता कैलाशप्रसाद न्यौपानेले भने, 'अश्लील साइट ६० वटामात्र होइन, हजारौं छन्, सबैलाई विस्तारै बन्द गर्दै जानेछौं।'इन्टरनेट सेवाप्रदायक संस्थाहरूको संगठन आइस्पानका अध्यक्ष विनय बोहोराले संयुक्त बैठकको निर्देशनअनुसार अश्लील भनिएका सबै साइट बन्द गर्न थालेको जानकारी दिए। संस्थामा आबद्ध सेवाप्रदायकलाई साइट बन्द गर्न निर्देशन दिइसकेको र आबद्ध नरहेकालाई प्राधिकरणले आफैं निर्देशन दिने तयारी गरिरहेको उनले बताए।नेपालमा ४५ इन्टरनेट सेवाप्रदायक कम्पनी छन्। नेपालमा जतिपनि इन्टरनेट सेवाका ग्राहक छन् ती सबै ४५ कम्पनीमध्यबाटै सेवा लिइरहेका छन्। बन्द गर्न निर्देशन दिइएका साइटमा थ्रीएक्सनेपाली डट् ब्लगस्पट डट कम, पिंकवर्ल्ड डट कम, नेपालीजेपिटी डट ब्लगस्पट डटकम, एक्सएक्सएक्स डट कमलगायत छन्। तर, बुधबार बेलुकीसम्म केही कम्पनीको इन्टरनेटबाट ती साइट चालू थिए।अश्लील साइटमा युवाहरूको लत बसेको र समाजमा बलात्कारका घटना बढाउन सहयोग गरेको भन्दै मन्त्रालयले झन्डै तीन महिनादेखि रोक लगाउन गृहकार्य थालेको थियो। गृह प्रवक्ता जयमुकुन्द खनालले अश्लील साइट हेर्ने व्यक्तिले त्यहाँबाट सिकेर समाजमा अपराध बढेकाले बन्द गर्नुपरेको बताए। 'बन्द भए/नभएको अनुगमन प्राधिकरणले गर्नुपर्छ,' उनले भने।

गोली प्रहार गरिएका नायव सुब्बाको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जनकपुर, कार्तिक ११ - बिहीबार बिहान जनकपुरस्थित आफ्नै निवास गोली प्रहार गरिएका महोत्तरी शिक्षा कार्यालयका नायव सुव्बा लालकिशोर झाको मृत्यु भएको छ । गोली प्रहार गरिएका झालाई उपचारका लागि काठमाडौं लगिएको थियो । फिस्टेल एयरको हेलिकप्टरबाट काठमाडौंको महाराजगञ्जस्थित टिचिङ अस्पताल पुर्याए लगतै डाक्टरहरुले मृत घोषणा गरेका हुन् । उनी जनकपुर विमानस्थलमा हेलिकप्टर चढाउने बेलासम्म होसमै थिए । जनकपुर नगरपालिका वडा नं. ७ स्थित आफ्नै निवासमा बिहान साँढै ९ बजेतिर अपरिचित व्यक्तिले हानेको गोली उनको कोखामा लागेको थियो । जनकपुरमा उपचार हुन नसकेपछि उनलाई काठमाडौं रिफर गरिएको थियो । राजन मुक्तिले नेतृत्व गरेको जनतान्त्रिक तराई मुक्ति मोर्चा नामक सशस्त्र भूमिगत संगठनको नेता बताउने उज्जवल मुक्तिले सञ्चारकर्मीलाई फोन गरेर घट्नाको जिम्मेवारी लिएका छन् । यसैबीच झालाई सशस्त्र समूहले गोली प्रहार गरी हत्या गरेको विरोधमा महोत्तरीका सम्पूर्ण सरकारी कार्यालयहरू बिहीबार बन्द भएका छन् ।

Oct 27, 2010

लिम्बुवानद्वारा पूर्वका ९ जिल्ला बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
झापा कात्तिक ९- फोटो सहितको मतदाता नामावली संकलन तत्काल रोक्न माग गर्दै लिम्वुवान संगठनले आह्वान गरेको हड्तालका कारण पूर्वी नेपाल मंगलबार बिहानैदेखि ठप्प बनेको छ। लिम्वुवान संगठनको पकड नभएका तराईमा थोरै र कसिलो पकड भएका पहाडी क्षेत्रमा बन्दको प्रभाव बढी देखिएको छ।
मतदाता नामावली संकलनका विरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएका संघीय लोकतान्त्रिक राष्टि्य मञ्च तथा मञ्च सम्बद्ध संघीय लिम्वुवान राज्य परिषदको हड्तालले अरुण पूर्वका नौ जिल्लामा प्रभाव पारेको हो। नामावली संकलनका विरोधमा उनीहरुले यसअघि धर्ना, मसाल जुलुस र ज्ञापन बुझाईसकेका छन्।
मेचीका चारै जिल्ला झापा,इलाम ,पाँचथर र ताप्लेजुङमा बिहानैदेखि लामो तथा छोटो दुरीका यातायात ठप्प छन्। बजार,स्कुल र कलकारखानामा पनि बन्दको असर परेको छ। झापाका बजार फाटफुट खुले पनि पहाडी जिल्लामा सबै ठप्प छन्।जिल्लास्थित नागरिकन्युजकर्मीहरुका अनुसार कोसीको मोरङ र सुनसरीका केही भाग बाहेक अधिकांश ठाउँमा बन्दको असर परेको छ।विराटनगर र इटहरीमा आशिंक प्रभाव पारेको बन्दले धरान , धनकुटा तथा पहाडी क्षेत्रमा भने पुरै असर देखाएको छ। यातायात र बजार ती ठाँउमा खुलेका छैनन्। मोटरसाइकल र प्रेस लगायत अत्यावश्यक सेवाका अन्य सवारी भने सबैतिर चलेका छन्।

शिक्षकहरुले अनिश्चितकालिन रिले अन्सन शुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राजबिराज, कार्तिक १० - राहत तथा पिसिएफ शिक्षकहरुले जिल्ला शिक्षा कर्यालय सप्तरीको परिसरमा शुरु गरेको अनिश्चितकालिन रिले अन्सन आज आठौं दिन पनि जारी राखेका छन् । पहिलो चरणको समान्य धर्ना बाट माग पूरा नभएपछि तलव सुबिधाको माग गर्दे संघर्षमा उत्रेका ४८ जना राहत तथा पिसिएफ कोटाका शिक्षकहरुले सात दिन यता कार्यालय परिसरमै २४ घन्टे रिले अनसन जारी राखेका हुन् । अनसनमा सहभागी २ जना बिरामी परेका छन् । उनीहरुको अनसन स्थलमै स्लाईन पानि दिएर उपचार भईरहेको छ ।
नियम अनुसार प्रतिष्पर्धामा भाग लिई आफूहरु नियुक्ति पाएर ६ महिना भन्दा बढी दिन देखि काम गर्दै आएपनि शिक्षा कार्यालयले नियुक्ति समर्थन नगरेको र तलब निकासा नदिएको राहत शिक्षक संघर्ष समितिका अध्यक्ष रामकृष्ण यादवले बताए । उनले भने महान चाड दशै बित्यो तर, शिक्षा अधिकारीले दिएको आश्वासन अनुसार माग पूरा नभएपनि बाध्य भएर संघर्षमा उत्रिनु परेको छ । तलव पाउन नसकेका ४८ जना महिला तथा पुरुष शिक्षकहरु पालै पालो अनसनमा बस्दै आएका छन् । यता जिल्ला शिक्षा अधिकारी सत्रुधन प्रसाद यादवले यसअघिका शिक्षा अधिकारी केदार तिवारीले नियम नपुर्‍याएर कोटा बितरण गरेकाले नियुक्ति समर्थन गर्न समस्या भएको बताए ।

कब्जा घर जग्गा फिर्ता गराउन प्रधानमन्त्रीको निर्देशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दाङ, कार्तिक १० - प्रधानमन्त्री माधवकुमार नेपालले माओवादीले कब्जामा लिएका घर जग्गा फिर्ता गराउन दाङका सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् । थारु कल्याणकारिणी सभाको महाधिवेशन उद्‌घाटन गर्न आएका प्रधानमन्त्री नेपालले बुधबार दाङका कार्यालय प्रमुखहरुलाई भेटेर भने, 'दाङमा अझै पनि केही व्यक्तिको घर, जग्गा, सम्पत्ति कब्जा भएकाले त्यसलाई फिर्ता गराउन कानुनी प्रक्रिया थाल्नुहोस् ।' प्रधानमन्त्री नेपालले दाङलगायत मध्यपश्चिमका केही जिल्लामा अझै पनि थारु बालबालिकालाई घरमा कमलरीका रुपमा काम गर्न राख्ने गरेको हुँदा त्यस्ता व्यक्तिलाई कानुनी कारबाही गर्नुपर्ने बताए । उनले नागरिकको सूचना हकको संरक्षण सम्बर्धन गर्न पनि कार्यालय प्रमुखलाई निर्देशन दिए । प्रधानमन्त्रीसँगै कांग्रेसका संसदीय दलका नेता रामचन्द्र पौडेल, उपप्रधानमन्त्री विजयकुमार गच्छदार, एमालेका नेताहरु इश्वर पोखरेल र भानुभक्त ढकाल, गृहसचिव गोविन्द कुसुमलगायत दाङ आइपुगेका छन् ।

'पिशाब फेरौं, एक रुपैयाँ लैजाऔं' सुन्दै अचम्म

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
(चितवन), कात्तिक १० - 'पिशाब फेरौं, एक रुपैयाँ लैजाऔं' सुन्दै अचम्म। दिशापिशाव गर्दा पैसा तिर्ने बानी परेको सर्वसाधारणलाई उल्टै पैसा पाईने सुन्दा अचम्म लाग्नु स्वभाविक हो। तर, चितवनको दारेचोक पुगेर पिशाव फेरेमा साच्चै एक रुपैयाँ पाईन्छ। दारेचोक-७, चुम्लिङ्टारस्थित 'द सेवा नेपाल' को कार्यालयको शौचालयमा पिशाब फेरेमा एक रुपैयाँ पाईन्छ। 'पिशाबको पनि महत्व हुने रहेछ भन्ने देखाउन एक पटक पिशाब फेर्दा एक रुपैयाँ दिने व्यवस्था गरेका छौ' सेवा नेपालका अध्यक्ष श्रीरेन्द्रप्रकाश पोखरेलले भने, 'पिशाबलाई जतन गर्न सके फाईदा हुने रहेछ भन्ने जनचेतना फैलाउन पैसा दिने व्यवस्था गरेका हौ।' फोहरलाई मोहर बनाउने अभियान अन्तर्गत पिशाब संकलन गर्न थालिएको पोखरेलले बताए। रासायनिक मलको सट्टा मानव मलमुत्रलाई खेतिपातीमा प्रयोग गर्न सकिने भएकोले अहिले चुम्लिङटारका सबैजसो घरमा दिशापिशाब संकलन गर्न थालिएको छ। सेवा नेपालको कार्यालयमा पिशाब फेर्न आउनेलाई दिनका लागि सिक्का पैसा समेत राखिएको छ।

अफगानिस्तानको जेलमा ७० नेपाली परे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
९ कात्तिक,दलाललाई पाँच लाखसम्म बुझाएर रोजगारीका लागि अफगानिस्तान पुगेका ७० नेपाली युवा काबुलको जेलमा परेका छन् । उनीहरूको उद्धारका लागि आफन्तले सरकारसँग औपचारिक अनुरोध गरेका छन् । आफन्तहरूका अनुसार ती नेपाली फरक-फरक समयमा भारतको नयाँदिल्लीस्थित अफगानी दूतावासमार्फत भिजिट भिसा लिई काबुल पुगेका हुन् । रोजगारीका लागि अफगानिस्तान सरकारले प्रतिबन्ध लगाए पनि दलालहरूले पैसाको लोभमा नेपाली युवाहरू लगातार पठाइरहेका छन् ।'मेरो भाइ काम पाइन्छ भनेर गएको हो, जेलमा परेछ, यहाँबाट लैजाने दलालहरूलाई काठमाडौंमा खोज्यौँ, तर उनीहरू पनि बेपत्ता छन्,' काबुलस्थित जेलमा रहेका वासु लामिछानेका दाजु सोमनाथ लामिछानेले नयाँ पत्रिकासँग भने । उनका अनुसार त्यहाँ लगिएका नेपालीले चारदेखि पाँच लाख रुपैयाँसम्म म्यानपावरलाई बुझाएका थिए ।
आफन्तहरूका अनुसार जेलमा रहेकाहरूले दिनमा एउटा रोटी मात्रै पाउँछन् । 'दिनमा एउटा मात्रै रोटी खान दिएर जेलमा छौँ भन्दै भाइले फोन गरेको थियो,' लामिछानेले नयाँ पत्रिकासँग भने । गत जेठदेखि भदौसम्म गरी काठमाडौंको ओएसिस म्यानपावरमार्फत भारत हुँदै त्यहाँ लगिएका उनीहरूले न त रोजगारी पाए न घर र्फकन ।
पाकिस्तानको इस्लामावादस्थित नेपाली दूतावासलाई अफगानिस्तान सरकारसँग सम्पर्क गरी जेलमा रहेका ७० नेपालीको अवस्था पत्ता लगाउन मंगलबार नै निर्देशन दिइएको परराष्ट्र स्रोतले जनाएको छ । 'ती कामदार जानीजानी त्यसतर्फ रोजगारीमा गएको देखिन्छ,' परराष्ट्रका एक उच्च अधिकारीले भने, 'श्रम स्वीकृति नै नभएको देशमा जानु ठीक थिएन, तैपनि इस्लामावादस्थित नेपाली दूतावासबाट उद्धारका लागि पहल हुनेछ ।'

मृत ज्याक्सनको जिवितका कमाई भन्दा बढी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फोर्ब्स नामक पत्रिकाका अनुसार मृत्युपछि पनि माइकल ज्याक्सनले गत वर्ष कुनै पनि जिवित या मृत पप गायक वा ग्रुपको भन्दा बढी कमाई गरेका छन् ।सो पत्रिकाका अनुसार ज्याक्सनले गत वर्ष २७.५ करोड अमेरिकी डलर कमाएका छन् जुन चार विश्वप्रसिद्ध गायक लेडी गागा, बेओन्सी, म्याडोना र जे जेडको सामूहिक आयभन्दा बढी हो।फोर्ब्सले लखेको छ-यो पपका बादशाहलाई हाम्रो ‘मृत सेलेब लिस्टÙ (त्यस्तो श्रेणी जसमा मृत व्यक्तिहरुको कमाउने क्रम आंकलन गरिन्छ) मा शिर्ष स्थान दिलाउन पर्याप्त छ। सत्य त यो हो कि उनको कमाईको लिस्टमा रहेका अन्य कलाकारको कुल आर्जन भन्दा बढी छ। कुनै पनि जिवित पप गायक वा ग्रुपको कमाईभन्दा अधिक ।समाचार एजेन्सी रोयटर्सका अनुसार पत्रिकाले गत वर्ष उनलाई उच्च कमाई गर्ने कलाकारको सूचीमा तेस्रो स्थानमा राखेको थियो । गत वर्ष माइकल ज्याक्सनको कमाई ९ करोड डलर थियो । अमेरिकी फोर्ब्स पत्रिका आर्थिक क्षेत्रसँग सम्बन्धित खबरका साथै धनाढ्यहरुको सूची प्रकाशन गर्ने गर्दछ। भनिन्छ कि संगीत, भिडियो र त्यससँग सम्बन्धित कुरा प्रशंसकहरुले खुब मन पराएका छन् ।ज्याक्सनको मृत्यु गत वर्ष २५ जुनमा भएको थियो । उनी ५० वर्षका थिए।

Oct 26, 2010

शेरबहादुर देउवा केन्द्रीय सदस्यमा मनोनित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले नेपाली काँग्रेसको विधान, २०१७ -२०१५१, २०५४, २०५७, २०६२, २०६४ र २०६६ मा संशोधन र परिमार्जन गरी मिलाइएको रुपमा) को धारा २१(ठ) बमोजिम शेरबहादुर देउवालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गर्नुभएको छ ।देउवालाई मनोनयन गरिएको पत्र पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव रामचन्द्र पोखरेलले आजै उहाँको निवासस्थानमा गएर दिनुभयो ।

हत्याका दोषीलाई कारवाहीको माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कात्तिक ९, नेकपा (एमाले) धादिङको प्रतिनिधिमण्डलले जिल्लाका पार्टी नेता शिव थापाको हत्यारालाई कारबाही गर्न माग गरेको छ। आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै प्रतिनिधिमण्डलले उक्त माग गरेको हो। प्रतिनिधिमण्डलले हत्यालगत्तै माओवादी जिल्ला सेक्रेटरीले आफ्ना कार्यकर्तालाई फसाउने तयारी भइरहेको भन्दै विज्ञप्ति जारी गर्नुले पनि हत्या माओवादीबाटै भएको थप पुष्टि भएको बताएको थियो।प्रतिनिधिमण्डलमा नेकपा(एमाले)का पोलिटब्युरो सदस्यद्वय राजेन्द्र पाण्डे र गङ्गालाल तुलाधर तथा पीडित परिवारलगायत सहभागी थिए।
प्रतिनिधिमण्डलले हत्यामा संलग्न छ जनाका नाममा किटानी जाहेरी गरिसकिएको जानकारी गराउँदै सत्य, तथ्य छानबिन गरी दोषीमाथि तत्काल कारबाही गर्न प्रधानमन्त्रीसँग माग गरेको थियो।प्रधानमन्त्रीले दोषी उम्किन नदिन प्रशासनलाई निर्देशन दिइसकिएको बताए। प्रतिनिधिमण्डलले स्व थापालाई सहिद घोषणा गर्न, पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन तथा बालबच्चाको उचित पालन पोषण र अध्ययनको व्यबस्था मिलाउन पनि माग गरेको थियो। जवाफमा प्रधानमन्त्रीले माग पुरा गर्न सरकार सकारात्मक रहेको बताएका थिए।

विश्वकपमा सही भविष्यवाणी गर्ने अक्टोपसको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बर्लिन, कात्तिक ९,यसपालिको विश्वकपमा सही भविष्यवाणी गरेर विश्वभर ख्याति कमाएको पल नामको अक्टोपसको निधन भएको ऊ बस्दै आएको एक्वेरियमले मंगलबार जनाएको छ। एक्वेरियमले एक शोक वक्तव्य जारी गर्दै गएराति पलको मृत्यु भएको बताएको हो। पलले सुरुमा जर्मनीले खेल्ने सबै खेलको मात्र सही भविष्यवाणी गरेको थियो। तर फाइनल खेलको समेत स्पेनले जित्ने भविष्यवाणी उसले सही गरेको थियो। अर्जेन्टिनालाई जर्मनीले पराजित गर्ने पलको भविष्यवाणीपछि अर्जेन्टिनी फ्यानहरुले पलको विरोधमा इन्टरनेटमा अभियान चलाएका थिए। एक्वेरियममा राखिएका दुई देशका झण्डा राखिएका भाँडोमध्ये जुनलाई पलले रुचाउँछ, त्यही देशले खेलमा जित्‍ने भविष्यवाणी गरिएको थियो।

१३ औ पौडेल पराजित, चौधौं चोटीको निर्वाचन कात्तिक १२ गते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदमा आज भएको १३ औ चरणको निर्वाचन पनि निरर्थक भएपछि १४ औ चरणको निर्वाचन आगामी १२ गते हुने भएको छ । आज भएको मतदानमा प्रधानमन्त्रीका एक्ला उमेदवार कागे्रस संसदीय दलका नेता रामचन्द्र पौडेलको पक्षमा ९८ मत परेको थियो ।१४४ सभासद मतदान प्रक्रियामा उपस्थित भएकोमा पौडेलको विपक्षमा २ तथा ४४ सभासद तटस्थ बसेका थिए । एकीकृत नेकपा माओवादी र एमालेका सभासद मतदान प्रक्रियामा सहभागी भएनन भने मधेशवादी लगायतका साना दलहरु तटस्थ बसेका थिए ।आठौ चरणको मतदानवाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उमेदवारी फिर्ता लिएपछि पौडेल एक्लो उमेदवार हुनुहुन्छ । गत असार १६ गते माधवकुमार नेपालले प्रधानमन्त्री पदवाट राजीनामा दिएपछि साउन ५ देखी प्रधानमन्त्री निर्वाचनको श्रृंखला सुरु भएको हो ।कांगे्रसले अर्को चुनाव तिहार पछी गर्न प्रस्ताव गरे पनि एमाले र माओवादीले सहमति नजनाएका कारण तीन दिन पछिनै चुनाव हुने भएको हो ।कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादीले हरेक दिन निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेको थियो । कार्यव्यबस्था बैठकमा बजेटको आवश्यकता सबैले महसुश गरेपनि यसमा सहमति जुटन नसकेको सभासद गायत्री साहले जानकारी दिनुभयो ।संसदको आजको बैठकले एकीकृत नेकपा माओवादीका सल्लाहकार एवं पूर्व सासंद अम्बिका सावाँको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

नेपालमा भ्रष्टाचारको स्थिति खराब सार्वजनिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कात्तिक ९ - ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपालमा भ्रष्टाचारको स्थिति झन खराबतिर लागेको तथ्य सार्वजनिक गरेको छ। १ सय ७८ देशमध्ये भ्रष्टाचारको तहमा नेपाल १ सय ४६ औँ स्थानमा रहेको ट्रान्सपरेन्सीले जनाएको छ। भ्रष्ट्राचार घटाउने कूल दस अङ्कमा नेपालले २.२ मात्र प्राप्त गरेको छ। अघिल्लो वर्ष कुल १८० देशमध्ये नेपाल १४३ औँ स्थानमा रहेको थियो। ट्रान्सपरेन्सीले प्रदान गरेको सूचकाङ्कको दस अङ्कले न्यून भ्रष्टाचार रहेको र ० अङ्कले बढी भ्रष्टाचार रहेको जनाउँछ। नेपालले सन् २००४ मा दुई २.८, २००५, २००६ र २००७ मा २.५, २००८ मा २.७ र २००९ मा २.३ अङ्क पाएको थियो।यो वर्षको सूचिमा डेनमार्क, न्यूजिल्याण्ड र सिङ्गापुरले ९.३ अङ्क प्राप्त गरी सबैभन्दा स्वच्छ मुलुकको रूपमा सूचिकृत भएका छन्। अफ्रिकी राष्ट्र सोमालिया १.१ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार रहेको मुलुकको रूपमा सूचिकृत भएको छ।यस्तै एसियाली मुलुक म्यान्मार र अफगानिस्तानले पनि १.४ अङ्क प्राप्त गरी बढी भ्रष्टाचार हुुने मुलुकको रूपमा सूचिकृत हुन पुगेका छन्।यसैगरी भुटानले ५.७ अङ्क प्राप्त गरी दक्षिण एसियाली राष्ट्रमध्ये कम भ्रष्टाचार हुने राष्ट्रको रूपमा सूचिकृत भएको छ भने भारतले ३.३, श्रीलङ्काले ३.२, बङ्गलादेशले २.४ र पाकिस्तानले २.३ अङ्क प्राप्त गरी बढी भ्रष्टाचार हुने मुलुकको रूपमा देखिएका छन्।नेपालको अस्थिर राजनीतिका कारण सुशासन र भ्रष्टाचार नियन्त्रण ठूलो चुनौतिको रूपमा देखा परेको तथा राजनीतिक नेतृत्वमा आवश्यक प्रतिबद्धता र इच्छाशक्ति पनि नदेखिएको ट्रान्सपरेन्सी इन्टरनेसनलले ठहर गरेको छ।भ्रष्टाचार न्यून गर्न यस वर्ष सरकारका तीनवटै अङ्ग, संवैधानिक निकाय, राजनीतिक दल, नागरिक समाज, पेसागत तथा व्यावसायिक सङ्गठनलगायत अन्य सरोकारवालसँग मिलेर सदाचार पद्धति बढाउन पहल गरिने ट्रान्सपरेन्सी इन्टरनेसनल-नेपालका अध्यक्ष बिष्णुबहादुर केसीले जानकारी दिए।

संघीय लिम्बुवान राज्य परिषदलाई वार्तामा आउन पत्रचार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
धरान, कार्तिक ९ - निर्वाचन आगोगले संघीय लिम्बुवान राज्य परिषदलाई वार्तामा आउन पत्रचार गरेको छ । मतदाता नामावली संकलन कार्यको विषयलाई लिएर परिषदले गरेको एक दिने आम हडताल लगत्तै निर्वाचन आयोगले सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध सङ्घीय लिम्बुवान राज्य परिषदलाई वार्तामा बोलाएको छ । निर्वाचन आयोगले मतदाता नामावली संकलनमा अवरोध पुर्‍याएकोमा आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाउँदै छलफलका लागि सात सदस्यीय टोली लिएर आउन पत्राचार गरेको परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देनले बताए । आयोगले मतदाता नामावलीलाई स्वच्छ, त्रुटिरहित र प्रभावकारी बनाउने उदेश्यले फोटो सहितको नामावली संकलन गरेको जनाउँदै वार्ताद्वरा समामाधान गर्न आग्रह गरेको छ । परिषदका अध्यक्ष लिङ्देनले आयोगको पत्र पाए पनि वार्तामा बस्ने नबस्ने भन्ने टुङ्गो नलागेको बताए । उनले संविधानमा लेखिएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल भन्ने शब्दलाई व्यवहारमा उतारेर कार्यान्वयन नगरे सम्म तार्किक निष्कर्ष ननिस्कने बताएका छन् । आयोगसँग वार्तामा बसे पनि अडान कायमै रहने उनले बताए । अरूण पूर्वका नौवटा जिल्लामा निर्वाचन आयोगद्वारा सञ्चालित फोटोसहितको मतदाता नामावली सङ्कलन कार्य रोक्न दवाब दिदैं परिषद्ले पूर्वका ९ जिल्ला बन्द गरेको हो । बन्दका कारण कोशी राजमार्गमा यातायातका साधन चलेनन् । उद्योग कलकारखाना, पसल, शिक्षणसंस्था बन्द रहे ।

Oct 25, 2010

लिरामो हङकङले सर्वजातिय अन्तर्क्रिया गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
गत हप्ता लिम्वुवान राष्ट्रिय मोर्चाको वैठक सम्पन्न भएको समाचार रहेको छ । अध्यक्ष दिल पालुङवालाई पार्टीले नेपाल लिम्वुवान पठाएर पार्टीको कार्यक्रम सम्पन्न गरी हङकङ आएपछिको वैठक थियो । अध्यक्षले नेपालमा पार्टी तथा कार्यकर्ताहरुलाई प्रशिक्षण दिई कार्यलयको पनि स्थापना गरी त्यसको सञ्चालनार्थ समिती पनि निर्माण गरेर आउनुभएको खवर छ भने वर्तमान राजनिती तौरतरिकादेखि संघीयवादीहरु सशंकित हुनुपर्ने वताउनु भएको थियो । लिम्वुवानको विभिन्न घटकहरु सञ्जुहाङ पालुङवा, कुमार लिङदेन, हरि खेवा, विर नेम्वाङ तथा चुम्लुङ नेपालका अध्यक्ष अर्जुन लिम्वु, महासचिव योगराज वनेम आदिसंग भेटी लिम्वुवानवादीहरु एक भै आन्दोलन गर्न जोड दिनुभएको थियो । सवैवाट कुराहरु सकारात्मक भएतापनि एकजुट हुन अझै समय लाग्ने कुरा वुझिएको छ । लिरामोले आउदो वलिहाङ तङनाम ५०७० चाडमा देउसी खेल्ने योजना गरेको छ भने चाडैनै लिम्वुवान सम्वन्धी अन्तर्क्रिया कार्यक्रम हङकङमा रहेका प्रतेक लिम्वुवानवासी जातिहरुलाई वोलाएर गर्ने निर्णय गरेको छ । त्यस्तै लिम्वुवान लगायत देशमा भैरहेको मतदाता नामवली संकलन स्वायत्त राज्यको निर्माण पछाडि गरेर अहिले सम्पूर्ण शक्ति संविधान निर्माणमा लाग्दा सान्दर्भिक हुने विचार व्यक्त गरिएको छ ।

नैतिकताको प्रश्‍नमा न्यायाधीश निलम्बित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कात्तिक ८- महिलासम्बन्धी आचरण तथा आफूखुशी बिदामा बसेको अभियोगमा पोखरास्थित पुनरावेदन अदालतका न्यायाधीश ओमप्रकाश सुवेदी निलम्बनमा परेका छन्। सर्वोच्च अदालतका न्यायाधीश बलराम केसीको अध्ययन प्रतिवेदनका आधारमा नैतिकताको प्रश्न उठाउँदै न्याय परिषदले सोमबार सुवेदीलाई निलम्बन गर्ने निर्णय गरेको हो। बिदा स्वीकृत नगराइ छुट्टीमा बसेको तथा महिलासम्बन्धी चारीत्रिक विषयमा चर्चा हुने गरेकाले सुवेदीलाई निलम्बन गर्नुपरेको परिषदले जनाएको छ। केही समयअघि सुवेदीले दलहरुप्रति कडा टिप्पणी गर्दै सभासदलाई किन माननीय भन्ने ? भनी प्रश्न उठाएका थिए। 'शान्ति र संविधानका लागि नेताले केही गर्न सक्दैनन् भने उनीहरुलाई 'माननीय' भनेर सम्मान गर्नु जरुरी छैन'- सुवेदीले भनेका थिए। सामान्यतया न्यायाधीशहरुले विवादमा नपरियोस् भनेर राजनीतिक विषयमा सार्वजनिक टिप्पणी गर्दैनन्।

धर्मपुत्र/पुत्री पठाउने कार्य सुचारु गर्न आठ देशको दबाब

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
६ कात्तिक ,नेपालको कानुन तत्काल संशोधन गरी धर्मपुत्र/पुत्री पठाउने कार्य सुचारु गर्न आठ देशले नेपाल सरकारलाई दबाब दिएका छन् । अनाथ र बेवारिसेका भन्दै बाबुआमा भएका बालबालिकालाई पनि विदेश पठाइएपछि यो प्रक्रिया गत माघदेखि नै रोकिएको छ । बालबालिका ऐन-२०४८ र नियमावली-२०४९ अनुसार अनाथ तथा बेवारिसे बालबालिकालाई धर्मपुत्र/पुत्रीका रूपमा विदेश पठाउन सकिने व्यवस्था छ । तर, अनाथालय खोल्ने र बाबुआमा भएका बालबालिकालाई पनि धर्मपुत्र/पुत्रीका रूपमा विदेशीलाई 'बेच्ने' प्रचलन बढेको भन्दै आठ देशले धर्मपुत्र/पुत्री लिन रोकेका हुन् । धर्मपुत्र/पुत्री पठाउँदा समाज कल्याण मन्त्रालयले तीन हजार अमेरिकी डलर र अनाथालय तथा बाल संगठनले पाँच हजार अमेरिकी डलर लिने कानुन छ । तर, पैसाका लागि अनाथालयले नक्कली अनाथ जम्मा गरेर बेच्ने गरेको र सरकारी अधिकारीले पनि घुस खाएर सहयोग गर्ने गरेको विदेशीको आरोप छ ।
धर्मपुत्र/पुत्री लैजाने क्रममा वास्तविक अनाथ तथा टुहुरा सडकमै रहने र बाबुआमाको रेखदेखमा रहेका बच्चाहरू विदेश पठाइएको भन्दै प्रभावकारी कानुन नल्याएसम्म अमेरिका, जर्मनी, फ्रान्स, बेलायत, स्पेन, इटाली, क्यानडा, स्विजरल्यान्ड र नर्वेले धर्मपुत्र/पुत्री आफ्नो मुलुक नलैजाने अडान राखेका हुन् । ती देशको दबाबका कारण सरकारले धर्मपुत्र/पुत्रीसम्बन्धी कानुन संशोधन र सोसम्बन्धी प्रक्रिया सुधार गर्ने तयारी गरेको छ । बालबालिकासम्बन्धी ऐन-२०४८ र सोको नियमावली-२०४९ अन्तर्गत विदेशीले धर्मपुत्र/पु्त्री विदेश लैजान सक्छन् । सोही नियमावली संशोधनको प्रक्रियालाई सरकारले अघि बढाउन लागेको हो । माघमा चेतावनी दिएपछि ती देशले नेपालबाट धर्मपुत्र/पुत्री आफ्नो मुलुक लैजान छाडेका छन् ।

प्रहरी मुख्यालयभित्र मोबाइल फोन लैजान प्रतिबन्ध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक ८ - नेपाल प्रहरीले नक्सालस्थित मुख्यालयभित्र सर्वसाधरणलाई मोबाइल फोन लैजान प्रतिबन्ध लगाएको छ । प्रहरी प्रमुख रमेश चन्द अमेरिका भ्रमणमा रहेका बेला कार्य विभागले यो निर्णय लागू गरेको हो । 'सुरक्षाको दृष्टिकोणले त्यस्तो व्यवस्था लागू गरिएको हो,' प्रहरी प्रवक्ता विज्ञानराज शर्माले भने । आन्तरिक छलफल र परामर्श समेत नगरी लागू गरिएको यो व्यवस्थाबाट मुख्यालयका अधिकांश अधिकृत रुष्ट छन् । बिना कुनै पूर्वतयारी हतारमा लागू गरिएको निर्णय कार्यान्वयन गर्न एक अधिकृतको कमान्डमा केही प्रहरीलाई पास वितरण गर्ने शाखामै खटाइएको छ । 'कुन बेला कसको मोबाइल कोसँग साटिन्छ, थाहा छैन, मोबाइल फोन रुङ्ने जिम्मेवारी पाएका एक सुरक्षाकर्मीले भने, 'आदेश मान्नैपर्‍यो, कुनै पूर्वाधार र जिम्मा लिने व्यवस्थित प्रणाली र स्थान छैन ।' स्रोतअनुसार, यो कडाइ मुख्यालयमा पैदल र मोटरसाइकलमा भेट्न जानेहरुका लागी मात्रै हो । गाडी चढ्ने र प्रभावशाली व्यक्तिहरूलाई यो व्यवस्था लागू हँदैन । सञ्चारकर्मीलाई भने सूचना विभागले जारी गरेको प्रेस पास राखेर मोबाइल फोन भित्र लैजान पाउने व्यवस्था छ ।

यो वर्ष तिहारको भाइटीका दुईदिन हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हिन्दुको दोस्रो ठूलो चाड तिहार यो वर्ष नेपाली पञ्चाङ्ग अनुसार कात्तिक १७ गते द्वादशीबाट यमपञ्चक आरम्भ हुनेछ र सो दिन यमराजलाई दीपदान गर्ने परम्परा छ ।पञ्चाङ्गअनुसार १८ गते बिहीबार काग तिहार मनाइने छ र सोही दिन धन्वन्तरी जयन्ती परेकाले जयवागेश्वरी पीठमा धन्वन्तरी महोत्सवको आयोजना गरी मनाइने भएको छ ।यस्तै १९ गते शुक्रवार कुकुर तिहार मनाइने र सो दिन १२ वजेर ४१ मिनेट उप्रान्त औँशी तिथि लाग्ने भएकाले बेलुकी लक्ष्मीपूजा गरिनेछ भने २० गते शनिबार बिहान गाई तथा गोरु पूजा गर्ने र सोही दिन नेपाल संवत् प्रारम्भका दिन परेकाले नेवार समुदायमा नेपाल संवत्का दिन म्हःपूजा गर्ने प्रचलन रहेका छ ।यसैगरी पञ्चाङ्ग अनुसार २१ गते आइतबार बिहान ९ बजेर २२ मिनेट उप्रान्त द्वितीया तिथि प्रारम्भ हुने भएकाले सोही दिन गोवर्धन पूजा र भाइटीका गर्नुपर्ने जनाएको छ ।यता न्हुदँ समारोह समिति ११३१ तथा नेपालभाषा मंका खलःले नेवार समुदायलाई २० गते लक्ष्मी पूजा, २१ गते म्हःपूजा तथा नेपाल संवत् र २२ गते भाइटीका गर्न आहृवान गरेको छ ।

आफैँले आफैँसँग पनि विवाह गर्न कस्सिए चेन वेई

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विवाहमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हुन सक्छ ? वरलाई बधु र बधुलाई वर । यी दुईविना विवाह हुन्छ भन्ने कसैले पनि कल्पना गर्न सक्दैन ।तर, ताइवानमा आगामी महिना एउटा फरक खालको विवाह हुँदै छ । त्यो विवाहमा विवाह समारोहका लागि चाहिने सबै तामझाम हुनेछ । हुने छैन केवल वर । आफूले आफैसँग विवाह गर्ने ! यस्तो विवाह समारोह सुन्दा मात्रै आश्चर्यजनक छैन्, यसले मानव इतिहासमै नयाँ रेकर्डसमेत कायम गर्नेछ । आफैँसँग विवाह गर्न कस्सिएकी हुन् ताइवानकी चेन वेई । उनी आगामी महिना तीस वर्षकी हुँदै छिन् । आफैँसँग विवाह गर्नुका वेईसँग दुईवटा बलिया कारण छन् । पहिलो उनी समाजलाई बताउन चाहन्छिन्- आफैँले आफैँसँग पनि विवाह गर्न सकिन्छ । त्यसले गर्दा समाजमा उनलाई अविवाहितको रूपमा लिइने छैन र अविवाहितलाई गरिने विभेदबाट उनी मुक्त हुनेछन् । दोस्रो, आफूले आफैँसँग उनको विवाह गर्दा आत्मसम्मान बढ्नेछ । 'कसैसँग नजोडिँदैमा तपाईंको अस्तित्व सकिन्छ भन्ने होइन् । तपाईं आफैँमा महत्त्वपूर्ण हो,' उनले बिबिसी संवाददातासँग भनेकी छन् । वेईको यो कदमले ताइवान सरकारको योजनामा अलिकति भए पनि धक्का लागेको छ । ताइवानले कम हुँदै गएको जनसंख्या वृद्धि गर्न नयाँ योजना ल्याइरहेको छ । यस्तो वेला चेन आफैँसँग विवाहका लागि तयारी गर्दै छिन् । चेनको यो कदमलाई त्यहाँका सञ्चामाध्यमहरूले पनि तारिफ गरेका छन् । एक सञ्चारमाध्यमले भनेको छ, 'चेनको यो निर्णयले आफैँलाई सम्मान दिने भावना बढ्नेछ ।'

डिभी बारे अमेरिकी दूतावासले च्याटबाट जानकारी दिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कात्तिक ८,अमेरिकामा बसोबास गर्ने व्यवस्थासहितको चिट्ठा डाइभर्सिटी भिसा (डिभी) बारे जानकारी दिन अमेरिकी दूतावासले आगामी बिहीबार वेव च्याट गर्ने भएको छ। डिभी भरेका र भर्न चाहनेको जिज्ञासाको उत्तर दिन दूतावासका कन्सुलर अधिकृतहरु प्रत्यक्ष च्याटमा रहने छन्। दूतावासले स्टेटडिप्टडटकनेक्टससोलुसन्सडटकम/काठमाडौं बाट च्याट गर्न पाउने छन्। उनीहरुले अग्रिमरुपमा प्रश्न राख्न पाउने व्यवस्था गरिएको छ। यो लिंकको गेस्टका रुपमा साइन इन गरेपछि डिभीबारे सोध्न सकिने छ।

धनगढीमा ५९९ सभासद्‌को ग्रहशान्ति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
धनगढी, कार्तिक ८ - संविधान निर्माण र स्थायी शान्तिको लागि भन्दै स्थानिय नवराज खनालले धनगढीमा सोमवार संविधान सभाका सभासदको ग्रह शान्तिको पुजा गरेका छन् । धनगढीको एलएन चोकमा एक पुजारीका साथ ग्रह शान्ति र हवन कार्य सम्पन्न गरेका हुन । जिउँदा ५९९ सभासदको नाम उच्चारण गरेर ग्रह शान्ति र हवन गरेका थिए । खनालले सभासद सत्ता र पैसाको मोहबाट मुक्त भई संबिधान निर्माण लागुन् भनेर सभासदको ग्रह शान्ति गर्दै हवन गरेको बताए । जनताले मागेको शान्ति र संबिधान निर्माण कार्य लाई एकातिर छोडेर सत्ता लुछाचुढीमा सभासद लागेको बताए । स्थानिय सञ्चारकर्मी समेत खनालले एक प्रकारको ब्याङ्ग पनि भएको बताउँदै उनले साच्चिकै सभासदको सदबुद्धी पलाई संविधान निर्माण र शान्ति स्थापनार्थ लाग्ने कुरामा बिश्वस्त रहेको समेत बताए ।

Oct 23, 2010

प्रचण्डलाई लिन बेइजिङको टोली सांघाईमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सांघाई, कात्तिक ६ - शुक्रबार राति सांघाई आइपुगेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई लिन बेइजिङबाट मन्त्रस्तरीय टोली सांघाई आएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका उपमन्त्री आई पिङको नेतृत्वमा शुक्रबार सांघाई आएको पाँच सदस्यीय टोलीमा विभागीय प्रमुख र उपप्रमुख लगायत छन्।
दाहालको सांघाईका कार्यक्रममा दुई दिन सँगै रहने टोलीले आइतबार साँझ उनलाई लिएर बेइजिङ जाने कार्यक्रम छ। नेपाल मामिलामा गहिरो जानकारी राख्नेब उपमन्त्री सरहका पिङ दाहालसँग पहिलादेखि नै सम्बन्ध रहेका बेइजिङका उच्च कुटनीतिक अधिकारी हुन्। दाहालको भ्रमण व्यवस्थापनमा बेइजिङ र सांघाईबाट कुटनीतिज्ञ सहित १३ जना चिनियाँ संलग्न छन्। पाँच दिने चीन भ्रमणको क्रममा अध्यक्ष दाहाल सहितको माओवादी टोली शुक्रबार राति सांघाई आइपुगेको हो। चीनको प्रमुख व्यापारिक शहरमा भइरहेको सांघाई वर्ल्ड एक्स्पोमा सहभागी भएर आइतबार साँझ राजनीतिक भेटघाटका लागि चीनको राजधानी बेइजिङ जाने उनको कार्यक्रम छ।
स्थानीय समय अनुसार राति सवा दश बजे दाहाल सांघाई एयरलाइन्सबाट पुदोङ अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेका थिए। भ्रमण टोलीमा माओवादी विदेश विभाग प्रमुख कृष्णबहादुर महरा, पोलिटब्यूरो सदस्य अग्नि सापकोटा र दाहालका स्वकीय सचिव समिर दाहाल छन्। विमानस्थलमा दाहाललाई चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको सांघाईस्थित उपप्रमुख वङ सिओसु सहितको टोलीले स्वागत गरेको थियो। नेपाल पेभेलियनका विनोदबहादुर श्रेष्ठ, अमृत शाक्य र विनायक शाहले पनि विमानस्थलमा दाहाललाई स्वागत गरेका थिए। दाहालको टोली सांघाईको सिजिओ गेष्ट होटल बसेको छ।
काठमाडौँबाट एयर चाइनामा आएको दाहालको टोली छेङ्दुबाट जहाज परिवर्तन गरी सांघाई एयरलाइन्समा आएको हो। विदेश विभाग प्रमुख महराका अनुसार ल्हासा विमानस्थलमा तिब्बत जनसरकारका उपप्रमुखले टोलीलाई स्वागत गरेका थिए।
शनिबार र आइतबार मध्यान्नसम्म सांघाई एक्स्पो अवलोकन तथा अन्तर्त्रि्कयाहरू सहभागी हुने दाहालको कार्यक्रम छ। सांघाई नगर सरकारको विदेश विभागले तयार गरेको कार्यक्रम अनुसार दाहाल शनिबार चिनियाँ कम्युनिष्ट पार्टीका सांघाई नगरका स्थाई समिति सदस्य यङ सिओदुले आयोजना गर्ने दिवा भोज सहितको बैठकमा सहभागी हुनेछन् भने साँझ नेपाल पेभेलियनले रात्रीभोज सहितको कार्यक्रममा आयोजना गरेको छ। शनिबार दाहालले चीन, भारत, पाकिस्तान, बंगलादेश, अमेरिका, रुस, जर्मनी, श्रीलंकाका पेभेलियन अवलोकन गर्ने कार्यक्रम छ। आइतबार एक्स्पोका केही महत्वपूर्ण भाग अवलोकन गरी साँझ छ बजे बेइजिङ उड्ने कार्यक्रम छ। बेइजिङमा उच्चस्तरीय राजनीतिक भेटघाट हुने बताइएको छ।

ओलीले मानार्थ विद्यावारिधी फिर्ता नगर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
न्युयोर्क, कात्तिक ६ - एमाले नेता केपी ओलीले अमेरिकाको बेलिस देशमा दर्ता भएको ग्रीन फोर्ड इन्टरनेसनल युनिभर्सिटीले दिएको मानार्थ विद्यावारिधी फिर्ता नगर्ने बताएका छन्। 'नक्कली' विश्विद्यालयले उनी लगायत उप प्रधानमन्त्री विजय गच्छेदार, हास्यकलाकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ लगायतलाई मानार्थ विद्यावारिधी दिएको थियो। नक्कली भएको थाहा पाएपछि कलाकारद्वय र एक दैनिक पत्रिकाका निर्देशकले समेत नक्कली विद्यावारिधी फिर्ता गरिसकेका छन्। ओलीले आफूले बुझेर नै मानार्थ बिद्याबरिधी लिएको समेत दावी गरेका छन्। उनले आफूले विद्यावारिधी पाएकाले यसलाई विवादमा ल्याइएको समेत बताए। 'यो विद्यावारिदी दिने युनिभर्सिटी साँचो छ भने मेरो विद्यावारिधी कसरी नक्कली हुन्छ?' ओलीले भने।

मधेसवादी दलले मतदाता नामावली संकलन अवरुद्ध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
महोत्तरी, मधेसवादी दलले मतदाता नामावली संकलनमा अवरोध पुर्याएपछि जलेश्वर नगरपालिकामा मतदाता परिचयपत्रको काम रोकिएको छ। सरकारले नागरिकता अनिवार्य गरेर औंठा छाप र फोटोसहितको नयाँ मतदाता परिचयपत्र बनाउन थालेपछि महोत्तरीका मधेसवादी दलले निर्वाचन कार्यालयमा तालाबन्दी गरेपछि काम रोकिएको हो। तर्राई मधेस लोकतान्त्रिक पार्टीमधेसी जनअधिकार फोरम ,मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र नेपाल सद्भावना पार्टी संयुक्त रूपमा तालाबन्दी गरेपछि समस्या भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख रामनारायण राउतले बताए। १३ वडा रहेको जलेश्वर नगरपालिकाको ४० प्रतिशत नामावली संकलन भइसकेको अवस्थामा स्थगित भएको छ। नागरिकताका आधारमा संकलन गर्न लागिएको मतदाता नामावलीको सूचीमा अधिकांश मधेसी मुलका बासिन्दाको नाम छुट्ने भएकाले तत्काल यस्तो नगर्न माग गरेको मधेसी जनअधिकार फोरमका नेता तेजनारायण यादवले बताए। प्रशासनिक सहमतिमा निर्वाचन आयोगमा हाललाई मतदाता नामावली संकलन स्थगित गर्न पत्राचार गरिएको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ।

कार्यदलको म्याद थपको प्रस्ताव २७ दलमा लगिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभाका विषयगत समितिका मस्यौदा प्रतिवेदनमा रहेका विवाद मिलाउन गठित उच्चस्तरीय कार्यदलले तोकिएको समयमा सहमति जुटाउन नसकेपछि संविधान लेखनको समग्र कार्यतालिका परिवर्तन हुने भएको छ ।उच्चस्तरीय कार्यदलको सहयोगी समूहको आज बसेको बैठकले कुनैपनि विषयमा सहमति जुटाउन नसकेपछि २७ दलको बैठकमा कार्यदलको समयावधि बढाउन प्रस्ताव लैजाने भएको छ । यसअघि दलहरुवीच आइतबारसम्ममा सहमति गर्ने गरी गत असोज २६ गते माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा उच्चस्तरीय कार्यदल गठन गरिएको थियो ।२७ दलको आइतबार बिहान बस्ने बैठकमा कार्यदलले गरेका कामको प्रगति विवरण पेश गरिने र २७ दलको बैठकको म्याण्डेट अनुसार कार्यदलले काम अगाडि बढाउने कार्यदलका सदस्य पे्रमबहादुर सिंहले जानकारी दिनुभयो ।आइतबार बिहान ११ बजेका लागि तय गरिएको बैठकमा कार्यदलको म्याद थप सम्बन्धी प्रस्ताव लगिने नेपाल मजदुर किसान पार्टीका सभासद सुनिल प्रजापतिले जानकारी दिनुभयो ।यसअघि कार्यदलले आइतबारसम्ममा सहमति जुटाएर आगामी ९ गते संविधानसभाको बैठक बसी प्रतिवेदन पारित गर्ने २७ दलको बैठकमा सहमति भएको थियो । असोज मसान्तभित्र सबै प्रतिवेदन संबैधानिक समितिमा पठाउनुपर्ने कार्यतालिकाको समयसीमा रहेपनि ९ गतेभित्र प्रतिवेदन संवैधानिक समितिमा पठाउन सकिए कार्यतालिका परिवर्तन नगर्ने बिषयमा दलहरुबीच सहमति भएको थियो ।आजको बैठकमा न्यायप्रणाली समितिको मस्यौदा प्रतिवेदनका विवादमा छलफल भए पनि एउटै विषयमा पनि सहमति जुट्न नसकेको सहयोगी समूहका एमाले सदस्य भरतमोहन अधिकारीले जानकारी दिनुभयो ।न्यायालयको स्वरुप, न्यायाधिशको नियुक्ति र संविधानको व्याख्याका सम्बन्धमा रहेका विवाद कम गर्ने प्रयास सार्थक बन्न नसकेको उहाँले बताउनुभयो । मौलिक अधिकार समितिको मस्यौदा प्रतिवेदनमासमेत छलफल भए पनि नागरिकताको विषयमा सहमति बन्न नसकेको नेमकिपा सभाषद प्रजापतिले बताउनुभयो ।अंगीकृत नागरिकता लिएको व्यक्तिलाई, राष्ट्रपति, प्रधानमन्त्री तथा संवैैधानिक निकायमा नियुक्ति गर्न हुने/नहुने भन्ने बिषयमा सहमति बन्न नसकेको उहाँले बताउनुभयो ।

पञ्चायत फर्कन सक्ने केसीको चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अर्घाखाँची, कार्तिक ६ - राष्ट्रिय जनमोर्चा, नेपालका अध्यक्ष चित्रबहादुर केसीले बाँकी सात महिना भित्रमा संविधान निर्माण हुन नसके पञ्चायत फर्कन सक्ने चेतावनी दिएका छन् । जनमोर्चाले शनिबार अर्घाखाँचीको रानीगैरामा गरेको सभा तथा साँस्कृतिक कार्यक्रलाई संबोधन गर्दै नेता केसीले ठुला दलहरुकै कारण देशले निकास पाउन नसकेको आरोप लगाए । उनले विदेशीको इसारामा र दवावमा सरकार तथा ठुला दल चलेकाले प्रधानमन्त्री चयन हुन नसकेको पनि दावी गरे । उनले माओवादीले बहुमतको सरकारलाई राजीनामा गराएर र एमालेले प्रधानमन्त्री निर्वाचनमा तटस्थ बसेर देशलाई अनिर्णयको बन्दी बनाएको आरोप लगाए । 'निरंकुश ज्ञानेन्द्र शाहलाई हटाउँदा जसरी सहकार्य गरेर सबै मिलेका थियौ, अब सरकार र संविधान बनाउँदा पनि त्यस्तै मिलेर जानुपर्दछ' उनले भने । उनले ठुला दललाई सरकार गठन र संविधान बनाउने चिन्ता नभएको उल्लेख गर्दै विदेशीको इसारामा चलेर नेपाललाई बदनाम र वैदेशिक हस्तक्षेप बढाउन उद्दत रहेको आरोप लगाए । उनले संघियताले देश टुक्रिएर देश र राष्ट्र विहीन हुने उल्लेख गर्दै संघीयताको खारेजीको माग गरे । संघीयतामा विभाजन नगरी गाविस, नगरपालिका, जिल्ला एवं स्थानीय निकायलाई बलियो बनाउनुपर्ने उनको भनाइ थियो ।

घाँस काट्दाको विवाद बढ्दै चक्काजामसम्म

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इटहरी, कात्तिक ६- एक साताअघि महिलाबीच घाँस काटेको विषयमा भएको विवादले उग्र रुप लिएपछि सुनसरी मधेलीका गाउँले आन्दोलनमा उत्रिएका छन्। सोही विषयलाई लिएर मधेलीका गाउँलेले शनिबार कोशी राजमार्गअन्तर्गत खनारमा एक घण्टा चक्काजामसमेत गरे। सोनापुर–४ को जयबाबा इँटा उद्योग परिसरमा असोज-२५ गते सोनापुरकी उषा खातुनको खेतमा मधेलीका रिनादेवी चौधरी, सुन्दरीया चौधरी र सुभद्रा चौधरीले घाँस काट्दा विवाद भएको थियो। उक्त विवाद उद्योगमा कार्यरत मजदुरले विवाद मिलाउन खोजेका थिए। भोलिपल्ट मधेलीका युवाले महिलालाई दुर्व्यवहार गर्न खोजेको भन्दै उद्योगमा कार्यरत् मजदुरमाथि आक्रमण गर्दा दुवै पक्षका गरी १० जना घाइते भएका थिए। सो क्रममा उद्योगमा पनि क्षति पुगेको थियो। आन्दोलनका लागि गाउँलेले उपेन्द्र चौधरीको संयोजकत्वमा समिति समेत गठन गरेका छन्। मधेलीका गाउँलेले प्रहरीसमक्ष उद्योगमा कार्यरत तीन मजदुर र दुई गाउँले गरी पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर कारबाही थाल्नुपर्ने मुख्य माग राखेका छन्। कलम चौधरीले बारम्बार सोनापुरका बासिन्दाले आक्रमण गर्ने गरेकाले बाध्य भएर आन्दोलनमा उत्रनुपरेको बताए।

Oct 22, 2010

किरात याक्थुङ चुम्लुङ हङकङले बलिहाङको कार्यक्रम गर्ने

येले तङ्बे ५०७०(सन् २०१०)को बलिहाङ तङनाम(दिपावली) को उपलक्ष्यमा सुख शान्ति तथा दीर्घायुको मंगलमय शुभकामना ब्यक्त गर्दछौं । साथै आफ्नो भाषा,लिपि,इतिहासर्,धर्म,सँस्कार,संस्कृति तथा रीतीरिवाज प्रति आवद्ध भएर सधैं अघि बढ्न प्रेरणा मिलोस भनि तागेरा निङवाफुमाङसंग प्राथना गर्दछौं । किरात याक्थुङ चुम्लुङ हङकङले आफ्नो सँस्कृतिको संरक्षण,सम्वद्धन र विकासको निमित्त हरेक वर्ष लारिङ्गेक/नामलिङ्गेक खेलि बलिहाङ तङ्नाम मनाउदै आईरहेको हुनाले यस वर्षपनि निम्न मिति,समय र स्थानमा मनाउन गईरहेको सहर्षजानकारी गराउदै उक्त अवसरमा उपस्थित भई कार्यक्रमको शोभा बर्ढाई दिन हुन हार्दिक अनुरोध गर्दछौं ! नोगेन ।

स्थान मिति

सांग्रीला करी हाउस युनलङ ०६, नोभेम्वर २०१०

याक एण्ड यति रेष्टुरेण्ट जोर्डन ०७, नोभेम्वरर २०१०

टु स्टार स्टोर र काठमाण्डौं स्टोरको प्रांगण वानचाई ०८, नोभेम्वर २०१०

टि कप रेण्टुरेण्ट चुनवान ०९ नोभेम्वर २०१०

प्रस्तुत गरिने कार्यक्रमहरु

-१) लारिङ्गेक/नामलिङ्गेक (देउसी भैलो)

-२) के लाङ (च्याब्रुङ नाच)

-३) या लाङ (धान नाच)

-४) याक्थुङ लाङ (लिम्बू नृत्य)

-५) याक्थुङ साम्लो (लिम्बू गायन)

-६) हाक्पारे साम्लो

-७) ख्याली साम्लो

-८) नेपाली नृत्य

-९) नेपाली गायन

-१०) हाङ्वा माङ्वा थालाम् -आशिक दिने)

प्रार्थी

किरात याक्थुङ चुम्लुङ हङकङ

प्रधानसेनापतिद्वारा १० देशका सेना प्रमुखसँग छलफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कात्तिक ५,दक्षिण कोरिया भ्रमणमा प्रधानसेनापति छत्रमानसिंह गुरूङले विभिन्न देशका सेना प्रमुखहरूसँग भेटघाट गरेका छन्। सेनापति गुरूङले भारत, क्यानाडा, पाकिस्तान, दक्षिण कोरिया, जापान, मालदिभ्स, बंगलादेश, थाईल्याण्ड र श्रीलंकाका सेना प्रमुख तथा प्रतिनिधिहरुसँग भेटघाट गरेका हुन्। भेटका अवसरमा आपसी हित तथा चासोका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। कार्तिक १ गतेबाट सियोलमा शुरु भएको १३ औं वार्षिक एशिया-प्रशान्त क्षेत्रका सेना प्रमुखहरूको सम्मेलन भाग लिन उनी असोज ३१ गते त्यहाँ गएका थिए। सेनापति गुरूङ निजामती-सैनिक सहयोगसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रमको प्यानलमा सहभागी भए। छलफलको क्रममा उनले निजामती-सैनिक सहयोगको क्षेत्रमा नेपाली सेनाको अनुभवहरु राखेका थिए। सम्मेलन अवधिमा एशिया प्रशान्त क्षेत्रको सुरक्षा वातावरणमा नै प्रभाव पार्ने प्रकृतिका घटनाहरु र तिनका आयामहरु, मानव सृजित तथा प्राकृतिक प्रकोपहरुमा बहुराष्ट्रिय सहयोगको गुणस्तर अभिबृद्वि तथा त्यसको असरदार योजना तर्जुमा तथा 'हरित विकास' र यसका लागि राष्ट्रिय सेनाको भूमिकालगायतका छलफल तथा अन्तरक्रियामा गुरूङ सहभागी भएका थिए। सम्मेलनमा दक्षिण एशियाको समुद्रीय तथा क्षेत्रीय सुरक्षा लगायतका विषयमा छलफल भएको थियो। गुरूङ कार्तिक ६ गते स्वदेश फर्किने कार्यक्रम छ।

अमेरिकाले ठूलो परिमाणमा हतियार बेच्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वासिङ्गटन/ अहिलेसम्म नभएको सबैभन्दा भारी परिमाणमा अत्याधुनिक हातहतियार तथा उपकरण अमेरिकाले साउदी अरबलाई बिक्री गर्ने भएको छ । यस हतियार बिक्री योजनामा ८४ वटा अत्याधुनिक एफ-१५ युद्धक जेट विमान, ७० वटा आपाचे नामक आक्रमणकारी हेलिकोप्टर, ७२ वटा उच्चप्रविधिको 'ब्ल्याक हक' नामक हेलिकोप्टर र ३६ वटा हलुका युद्धक हेलिकोप्टर तथा अन्य हातहतियार उपकरणसमेत पर्दछन् ।यी युद्ध सामग्रीको कुल मूल्य ६० अर्ब अमेरिकी डलरसम्म पर्ने र इरानसँगको सामरिक भयबाट साउदी अरबलाई मुक्त गर्ने मनसाय रहेकोसमेत अमेरिकी राजनीतिक सैनिक मामिला विभागका सम्बद्ध अधिकारीले जनाएका छन् । राष्ट्रपति ओबामा प्रशासनले यस हतियार व्यापार योजनाबारे अमेरिकी संसद् कंगे्रसलाई औपचारिक जानकारी गराएको छ । अमेरिकी कंग्रेसलाई यस योजनामा संशोधन गर्ने वा विलम्ब गर्ने सम्पूर्ण अधिकार निहित छ । तेल धनी साउदी अरबलाई बिक्री गरिने यी हातहतियार १५ देखि २० वर्षसम्म हस्तान्तरण गरिसकिने कुरा पनि जनाइएको छ ।

नेपालको जनसंख्या करिब ३ करोड विश्व जनसंख्या प्रतिवेदनले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अमेरिका, कार्तिक ५, संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष, युएनएफपीएले नेपालको जनसंख्या करिब ३ करोड पुगेको बताएको छ । बुधबार जारी विश्व जनसंख्या स्थिति २०१० नामक प्रतिवेदनले उक्त तथ्यांकले सार्वजनिक गरेको हो । प्रतिवेदन, द्वन्द्व र अभावदेखि विरामः परिवर्तनका पुस्ताहरु, मा केन्द्रित छ । प्रतिवेदनले नेपालको द्वन्द्वमा महिलाको भूमिकालाई विशेष स्थान दिएको छ । महिला, शान्ति र सुरक्षा विषयमा केन्द्रित संरासंघीय सुरक्षा परिषद्को प्रस्ताव नं १३२५ सन् २००० अक्टोबर ३१ मा आएको थियो । उक्त प्रस्ताव पारित भएको १० औं वार्षिकोत्सवमा प्रकाशित प्रतिवेदनले नेपाली महिलालाई दुइ विशेष अंशमा समेटेको छ । ती अंश जब महिला योध्दा हुन्छन्, पृष्ठ ४५, र शान्ति निर्माताका रुपमा महिला, पृष्ठ ८५, हुन् ।
१ सय १६ पृष्ठ लामो प्रतिवेदनले नेपालको बाल मृत्यु दर ३८, एक हजार जन्म, मा बताएको छ । पुरुषभन्दा महिला बढि बाँच्छन् भनेको छ । नेपालमा पुरुष ६६ दशमलव ६ वर्ष र महिला ६८ दशमलव २ प्रतिशत बाँच्ने उल्लेख छ । अहिले २ करोड ९९ लाख पुगेको नेपालको जनसंख्या सन् २०५० मा ४ करोड ९० लाख पुग्ने अनुमान छ । प्रतिवेदनमा २००५ देखि २०१० मा जनसंख्या वृध्दिदर १ दशमलव ८ प्रतिशत रहेको उल्लेख छ । यहि अवधिमा शहरी जनसंख्या ५ प्रतिशत बढेको र अहिले शहरमा बस्नेको संख्या १९ प्रतिशत छ, प्रतिवेदन भन्छ । प्राथमिक तहमा छात्र १२३ र छात्रा १०६ भर्ना भएकोमा माध्यमिक पुग्दा ४६ र ४१ मात्र पढिरहेको पाइन्छ, प्रतिवेदन भन्छ ।

माओवादी अध्यक्ष चीन प्रस्थान, नेताहरुसँग छलफल हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज चीन जानुभएको छ । ४ दिने चीन भ्रमणका लागि अध्यक्ष प्रचण्ड चाईना एयरको विमानबाट त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।प्रचण्डले साङ्घाईमा अयोजना हुने एक अन्तरक्रियामा संम्बोधन गर्ने कार्यक्रम रहेको माओवादीले जनाएको छ । प्रचण्डले साङघाई एक्सपोमा चिनियाँ उच्च अधिकारीहरुसँग पनि भेट गर्ने जनाइएको छ । भ्रमण टोलीमा माओवादी विदेश विभाग प्रमुख कृष्णबहादुर महरा, पोलिटब्युरो सदस्य अग्नि सपकोटा लगायत रहनुभएको छ ।यसैबीच चीनमा आजदेखि ११ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला सुरु हुँदैछ । मेलामा सहभागी हुन नेपालका उच्चपदस्थ पदाधिकारी त्यहाँ पुग्नुभएको छ । मेलामा सहभागि हुन उपराष्ट्रपति परमानन्द झा हिजै त्यसतर्फ जानुभएको हो । उहाँले आज अन्तर्राष्ट्रिय सहयोग मञ्च पश्चिम चीन अन्तर्राष्ट्रिय मेलामा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार प्रहरी हिरासतमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
महेन्द्रनगर, ४ कात्तिक,बलात्कार गर्न खोजेको आरोपमा सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार प्रहरी हिरासतमा परेका छन् । बलात्कारको आरोपमा तीन युवक पनि पक्राउ परेका छन् । सशस्त्र सीमा सुरक्षा बल कञ्चनपुरका वरिष्ठ हवल्दार गंगा चन्दलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको हो । बलात्कार गर्न खोजेको आरोपमा उनलाई हिरासतमा राखिएको कञ्चनपुरका प्रहरी उपरीक्षक पवनकुमार खरेलले बताए । उनलाई बुधबार सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयबाट झिकाएर हिरासतमा ल्याइएको हो । कञ्चनपुर भीमदत्त नगरपालिका-४ बजारमा डेरा गरी बस्ने गोमा थापा (नाम परिवर्तन) लाई जबर्जस्ती गर्न खोजेको आरोप चन्दमाथि लागेको छ । २० असोजमा गोमाको कोठामा गएर उनले जबर्जस्ती गर्न खोजेको र प्रतिकार गर्दा कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कुटिएकी गोमाको महाकाली अञ्चल अस्पतालमा उपचार तथा स्वास्थ्य परीक्षण गरिएको थियो । उनले दिएको उजुरीको आधारमा चन्दलाई हिरासतमा लिइएको प्रहरीले जनाएको छ । यसैगरी, सामूहिक बलात्कारको घटनामा संलग्न तीन युवक पनि पक्राउ परेका छन् । पीडित युवतीले दिएको किटानी जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कृष्णपुर गाविस-४ की एक महिलालाई ३१ असोजमा सामूहिक बलात्कार गरेको आरोपमा कृष्णपुरका वीरबहादुर चौधरी, बलबहादुर चौधरी र कुहिरे चौधरीलाई पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ । घरमै सुतिरहेको अवस्थामा आएका उनीहरूले बलात्कार गरेको पीडित महिलाले उजुरीमा उल्लेख गरेकी छिन् । पीडित महिलाको महाकाली अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएकेा थियो । स्वास्थ्य परीक्षणपछि मात्रै उनीहरूलाई पक्राउ गरिएको हो । जिल्ला अदालतमा जबजस्र्ती करणीसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

टोयोटाले १५ लाख भन्दा बढी कार फिर्ता लिने घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जापान, कात्तिक ५,टोयोटाले विश्वभरीबाट फेरि १५ लाख भन्दा बढी कार फिर्ता लिने घोषणा गरेको छ।कम्पनीको कारमा ब्रेक र इन्धन पम्पमा समस्या आएपछि फिर्ता लिने घोषणा गरेको हो। यो घोषणाले एभालन, हाइल्यान्डर र लेक्सस कार प्रभावित बढी प्रभावित हुनेछन्। कम्पनीले अमेरिकाबाट ७ लाख ४० हजार, ६ लाख जापानबाट र १७ हजार बेलायतबाट कार फिर्ता लिनेछ। बेलायतमा सन् २००३/ ००४मा बनेका लेक्सस आइएस, जिएस र आरएक्स मोडेलका कार रहेका छन्। अमेरिकामा एभालन, हाइल्यान्डर, लेक्सस आर एक्स ३३० र लेक्सस जीएस ३००, आइएस २५० लगायत रहेका छन्। युरोपबाट ६० हजार, चीनबाट ३० हजार र अस्टे्रलियाबाट ५० हजार र अन्य एसियाबाट फिर्ता गर्ने कम्पनीले जनाएको छ। कारधनीलाई नोभेम्बरमा जानकारी दिने र उत्पादकले ब्रेकको मास्टर सिलिन्डर फिर्ता गरेर नयाँ डिजाइनको राखिदिने कम्पनीले जनाएको छ। गतवर्ष टोयोटाले १ करोड कार फिर्ताको घोषणा गरेको थियो। यो मध्ये गएको अगस्टमा ११ लाख कोरोला र म्याटि्रक्स कार अमेरिका र क्यानडाबाट फिर्ता लिएको थियो। टोयोटा कम्पनीले कारमा आएको समस्याले अर्बोको नोक्सानी ब्योहोरेको छ।

'अश्लिल सामाग्री बिक्री वितरण गरे ५ वर्षसम्म कैद र १ लाख जरिवाना'

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक ५,कानुनले निषेध गरेको अश्लिल सामाग्रीहरु कसैले प्रशारण, प्रर्दशन र बिक्री वितरण नगर्न शुक्रवार गृह मन्त्रालयले सबैलाई सचेत गराएको छ । सूचना प्रविधिको प्रयोगमा आएको व्यापकतासगै इन्टरनेट लगायतका विधुतीय संन्चार माध्यमहरुमा सार्वजनिक नैतिकता र शिष्टाचार बिरुद्धका तस्विर र सन्देशहरु जथाभावी आउन थालेपछि गृहले यस्तो चेतावनीयुक्त सूचना जारी गरेको हो । अश्लिल समाग्रीले समाजमा विकृति बिसंगती फैलाउनुका साथै आपराधिक गतिविधि समेत बढेकाले यस्तो सूचना जारी गर्नुपरेको गृहका प्रवक्ता जयमुकुन्द खनालले बताए । खनालका अनुसार विधुतिय कारोवार ऐनले निषेध गरेको त्यस्ता सामाग्रीहरु इन्टरनेट सेवा प्रदायक लयागत सम्बद्ध संस्थाहरुले प्रशारण प्रर्वद्धन वितरण एवं प्रवाह गर्न पाउने छैनन ।
उनका अनुसार यस ऐनले निषेध गरेका सार्वजनिक नैतिकता र शिष्टाचार बिरुद्धका अश्लिल सामाग्रीहरु कसैले पनि प्रकाशन, प्रर्दशन, प्रशारण एवं विक्री वितरण गरेको पाइए उक्त ऐनको दफा ४७ बमोजिम एक लाख रुपैया जरिवाना र ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था गरेका छ । गृहले शुक्रवार जारी गरेको बिज्ञप्तीमा यस ऐन बिरुद्ध कसैले कार्य गरेको सूचना भए इमेल गर्न र लिखित सूचना दिनका लागी छुट्टाछुट्टै नौ वटा ठेगाना समेत जारी गरेका छ । अश्लिल गतिविधी गरेको सूचनाका बिरुद्ध कसैले लिखित उजुरी गर्नका लागि गृह मन्त्रालय, सूचना तथा सन्चार मन्त्रालय, नेपाल दुरसन्चार प्राधिकरण र प्रहरी मुख्यालयमा सूचना दिन सूचित गरिएको छ । त्यस्तै इमेल गरी जानकारी दिनका लागि siteinfo@nta.gov.np, info@nepalpolice.gov.np, info@moha.gov.np, moiogon@ntc.net.np, apf.security division@gmail.com मा पनि जानकारी दिन सकिने उल्लेख छ ।

Oct 21, 2010

उच्चस्तरीय कार्यदलको बैठक सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक ४ - नयाँ संविधानसँग सम्बन्धित विवाद समाधान गर्न गठीत उच्चस्तरीय कार्यदलको बैठक सुरु भएको छ । सिंहदरबारमा बिहीबार अपरान्ह्र सुरु भएको बैठकमा समितिका संयोजक एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल, सदस्यहरूमा एमालेका अध्यक्ष झलनाथ खनाल, कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल, फोरमका अध्यक्ष उपेन्द्र यादव लगायतका नेता सहभागी छन् । बैठकमा शासकीय स्वरुपमा सहमति हुन नसकेका मुद्दामा छलफल भइरहेको छ । विषयगत समितिका सात बुँदा मध्ये पहिलो बुँदा रहेको शासकीय स्वरुपको विषयमै सहमति हुन सकेको छैन । विवादित विषयको सहमति कर्तिक ७ गते भित्र सक्नु पर्नेछ ।

भियग्रा भन्दा वेफर नुमा कामोत्तजक सावित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कामोत्तजनाको कमी महशुस गर्नेहरुले भियग्रा बरदान सावित भएको छ। तर अब क्यानाडाको एउटा औषधि निर्माण कम्पनीले यो भन्दा पनि असरदार फर्मुला पत्ता लगाएको छ ।उक्त कम्पनीसँग सम्बन्धित बैज्ञानिकहरुले वेफर नुमा नामक औषधि विकसित गरेका छन् । जसलाई मुखमा राख्ने बित्तिकै आफै घोलिनेछ र त्यसको असर सुरु भइहाल्छ। यो औषधिमा पनि त्यही फर्मुला र कम्पोनेन्ट प्रयोग गरिएको छ जुन भियग्रा जस्ता औषधिमा प्रयोग गरिने गर्दछ। तर फरक यति मात्र हो कि यसको असर भियग्रा र त्यसको जस्तो औषधिको तुलनामा तिब्र गतिमा हुने गर्दछ।यो नयाँ पद्धतिमा जब कुनै व्यक्तिले वेफर मुखमा राख्दछ तब वेफरमा रहेको स-साना कण त्यसबाट अलग भएर जिब्रोमा घुल्दछ र फेरि तिब्रताका साथ शरीरमा पुगेर रक्त धमनीहरुमा प्रवेश गर्दछ। यसरी यो औषधि तिब्रताका साथ मिलेर आफ्नो प्रभाव देखाउन थाल्दछ ।योऔषधि परिक्षणका क्रममा जुन व्यक्तिहरुले यो औषधि सेवन गरे उनीहरुले भियग्राको तुलनामा यो औषधिको असर दुई गुना बढी रहेको पाए । जहा भियग्राको असर ४५ देखि ५० मिनेटपछि सुरु हुन्छ त्यही यो औषधिको असर ३० मिनेटभित्रै हुन थाल्दछ।क्यानाडाको एक्स्ट्रीमएक्स नामक औषधि कम्पन जिुन यो औषधि विकसित गरिरहेको छ उसको दावीअनुसार केही थप परिक्षणपछि यो नयाँ प्रकारको औषधि बजारमा उपलव्ध गराइनेछ।

माओवादीले दलहरूसँगको छलफलमा तीव्रता दिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
३ कात्तिक,माओवादीले राजनीतिक गतिरोध हटाउन अन्य दलहरूसँगको छलफलमा तीव्रता दिने भएको छ । माओवादीले प्रधानमन्त्रीको १३औँ चरणको चुनावअघि नै दलहरूबीच सार्थक संवाद गर्ने निर्णय गरेको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिवास नयाँ बजारमा बुधबार बिहान बसेको माओवादी पदाधिकारी बैठकले नयाँ सरकार गठन, संविधान निर्माण र शान्तिप्रक्रियामा सहमति जुटाउन अन्य राजनीतिक दलहरूसँगको संवादलाई तीव्रता दिने निर्णय गरेको हो ।'राजनीतिक गतिरोधको निकास खोज्न दलहरूबीचको संवादलाई तीव्र बनाउनुपर्छ,' माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले भने, 'त्यसका लागि पार्टीले गम्भीरतापूर्वक पहल गर्नेछ ।' बैठकले संविधान निर्माणका विवादित मुद्दामा सहमति खोज्न पार्टी अध्यक्ष प्रचण्डको संयोजकत्वमा गठित उच्चस्तरीय राजनीतिक कार्यदलको कार्यलाई तीव्रता दिने निर्णयसमेत गरेको छ । सहमति खोज्न कार्यदलको कामलाई प्रभावकारी बनाउने निर्णय भएको उपाध्यक्ष प्रकाशले बताए । उनले भने, 'संविधान निर्माणका मुद्दाहरूमा सहमति खोज्न कार्यदलको कामलाई प्रभावकारी बनाइनेछ ।' माओवादीले कात्तिक मसान्तभित्र पनि सहमति नजुटे बजेटको वैकल्पिक उपायबारे सोच्न सकिने, तर अहिलेको काम चलाउ सरकारलाई पूर्ण बजेट प्रस्तुत गर्न नदिने मंगलबारको बैठककै निर्णयलाई निरन्तरता दिएको छ । बजेटका लागि अनुमति दिइए राजनीतिक गतिरोधका अन्य विषयमा दलहरूबीच सहमति खोज्न कठिन हुने बैठकको निष्कर्ष छ । 'बजेटका लागि अनुमति दिँदा दलहरू समस्या समाधानतिर गम्भीर नबन्न सक्छन्, जसले झन् भयावह समस्या ल्याउन सक्छ भन्ने हाम्रो दृष्टिकोण हो,' नेता प्रकाशले भने, 'राजनीतिक विषयमा सहमति र नयाँ सरकार गठन गरी त्यसैले बजेट ल्याउनुपर्छ ।' बजेटका लागि वैकल्पिक उपाय सोच्न भने माओवादी खुला रहेको प्रकाशले जानकारी दिए । 'आर्थिक संकट टार्न अन्य वैकल्पिक उपाय सोच्न सकिन्छ भन्ने बैठकको निष्कर्ष हो,' उनले भने, 'पहिले राजनीतिक गतिरोधकै समाधान गरौँ ।' सरकारले कात्तिक मसान्तसम्मका लागि पेस्की बजेट ल्याएको थियो । कात्तिक पहिलो सातासम्म पनि सहमतिको सरकार अनिश्चित भए पूर्ण बजेट ल्याउने तयारी गर्न अन्य दलहरूले काम चलाउ सरकारलाई दसैँअघि नै स्वीकृति दिएका थिए ।माओवादीको विस्तारित बैठकको तयारीका विषयमा पनि पदाधिकारी बैठकमा छलफल भएको थियो ।

र्‍याफ्टिङ दुर्घटनामा एक रसियनको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ताप्लेजुङ कात्तिक ४ - ताप्लेजुङको दोभान बजारबाट तमोर हुँदै सुनसरीको चतारा निस्कन र्‍याफ्टिङका लागि छुटेको ५ डुङगा मध्ये २ वटा पल्टिँदा एक विदेशीको मत्यु भएको छ। बेपत्ता ३ मध्ये रसियन नागरिक डेभ ओलेकको मृत्यु भएको हो भने अन्य २ जनालाई घाइते अवस्थामा फेला पारिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुदिप राजभण्डारीले डुङ्गा पल्टिदा बेपत्ता बनेका ३ रसियन नागरिक मध्ये एक जनालाई मृत अवस्थामा र अन्य दुईलाई घाइते अवस्थामा स्थानीयबासी र प्रहरीले उद्धार गरेको बताए। सामान्य घाईते भएका उनीहरुको स्थानीय स्वाथ्य संस्थामा उपचार भै रहेको छ। स्थानीय टंक खतिवडाका अनुसार पहिले हिडेका ३ वटा डुङगा पनि कहां पुगे भन्ने पत्तो लाग्न सकेको छैन। उनका अनुसार पल्टिएका दुबै डुङगा मध्ये रसियन नागरिक चढेका ६ जनालाई स्थानीय बासिन्दाले जिवितै उद्धार गरेका थिए। अर्को डुङगामा सवार ५ मध्ये ३ रसियन तथा २ जना नेपाली रहेकामा डुङगाबाट हतपत हामफाल्दा २ नेपालीको शुरुमै उद्धार गरे पनि साँझ मात्र उनीहरु होसमा आएका छन्।उनीहरुका अनुसार र्‍याफ्टिङ शुरु भएको ५ मिनेटमै पानीको बहाव बढ्न गई नदीको छाल्को काट्न नसक्दा डुङगा पल्टन पुगेको हो। गाउलेले र्‍याफ्टिङ शुरु भएको स्थानबाट करिव १ किलो मिटर टाढा डुंगा फेला पारेको खतिवडाले बताए। मृतक ओलेक र उनका अन्य दुई रसियन सहकर्मीलाई भने झण्डै साढे २ किलो मिटर पर फेला पारिएको थियो। उनीहरुलाई नदीको किनारा हुँदै गएको खोजी टोलीले उद्धार गरेको हो।

फिफा बरियतामा नेपाल १६३ औं स्थानमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अमेरिका, कार्तिक ४ ,फुटबलको विश्व संगठन, फिफाद्वारा बुधबार प्रकाशित पछिल्लो बरियतामा नेपाल १६३ औं स्थानमा रहेको छ । छिमेकि राष्ट्र भारत १४४ औं, म्यान्मा १४५ औं, बंगलादेश १५० औं, श्रीलंका १५३ औं र पाकिस्तान १६९ औं स्थानमा छन् । विश्वका १५१ औं देशमध्ये अष्ट्रेलिया २१ औं, जापान ३० औं, दक्षिण कोरिया ४० औं, इरान ६१ औं, साउदि अरब ७१ औं र बहराइन ८४ औं स्थानमा छन् । पहिलो नम्बरमा स्पेन छ भने उसका पछि निदरल्यान्डस्, ब्राजिल, जर्मनी, अर्जेन्टिना, इंगल्यान्ड, उरुग्वे, पोर्तुगल, क्रोएसिया र रुस छन् ।

Oct 20, 2010

एभरेष्ट ताइ क्वान दो एकेडेमी हङकङका खेलाडीहरुलाई बधाई तथा शुभकामना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सन् २०१० सेप्टेम्वर २६ तारीख आइतवारको दिन हङकङस्थित लाम तिन स्पार्ट सेन्टरमा हङकङ ताइ क्वान दो एसोसिएसन्को संयोजनमा ६ देखि माथि सबै उमेरका महिला तथा पुरुष खुल्ला प्रतिस्पर्धा ताइ क्वान दो खेल पुम्से(प्याटन) खेलमा हङकङ ताइ क्वान दो राष्ट्रिय स्पोर्ट कौन्सीलमा ४१ एसोसिएसन मध्ये ८०,९० क्लवका ५०० भन्दा बढी खेलाडीहरुले सहभागीता जनाएका थिए । त्यस अन्तर्गत एभरेष्ट ताइ क्वान दो एकेडेमीका सञ्चालक मास्टर रविन कुमार नाल्वोको नेतृत्वमा १० जना महिला तथा पुरुष खेलाडी सहभागीहरु मध्ये ५ जना खेलाडीहरुले मेडल प्राप्त गरेका थिए । गोल्ड मेडल २ सिल्भर १ ब्रायन्ज २ रहेको थिए । त्यसरी नै सन् २०१० अगष्ट ८ तारीख चिदो ताइ क्वान दो एसोसिएसनको आयोजनामा ४५ खेलाडीहरु सहभागी मध्ये ३७ जना खेलाडीहरुले पदक प्राप्त गरेका थिए । सो खेलमा गोल्ड मेडल ९ सिल्भर ५ ब्रायन्ज २२ रहेको थिए । साथै सन् २०१० मार्च १४ तारीखका दिन हङकङ नेपाली ताइ क्वान दो क्लवले आयोजना गरेको ताइ क्वान दो खेलमा ४० जना सहभागीता खेलाडीहरुले कुल ३२ पदक प्राप्त मध्ये गोल्ड मेडल ५ सिल्भर ९ ब्रायन्ज १८ रहेको थिए । यसरी मेडल प्राप्त गर्नमा प्रमुख भूमिका एभरेष्ट ताइ क्वान दो एकेडेमीका सञ्चालक,अन्तर्राष्ट्रिय मास्टर डि ग्री इन्स्ट्रक्टर-वर्ल्ड ताइ क्वान दा फेडेरेसन कुकी वान सिउल कोरीया), हङकङ ताइ क्वान दो राष्ट्रिय स्पोर्ट कौन्सीलबाट एड्भान्स इन्स्ट्रक्टर कोच तथा हङकङ रेफ्री,वर्ल्ड ताइ क्वान दो फेडेरेसन कुकी वान सिउल कोरीयाबाट फोर डन ग्रेड लिई सक्नु भएका अनुभवि मास्टर रविन कुमार नाल्वोको प्रमुख भूमिका रहेको छ भने एसिस्टेन इन्स्ट्रक्टर भूमिकाको रुपमा दिल प्रसाद लिम्वु,मिलन रार्इ, केशव तुम्वाहाम्फे,प्रविन लिम्वु, मनिराज लिम्बु सिजन गुरुङ, राजीव गुरुङ रहेका छन् । सन् २०१० को वर्षभरीका प्रमुख उपलब्धिहरु कुल रुपमा सम्पूर्ण खेलाडीहरुबाट गोल्ड मेडल १६ सिल्भर १५ ब्रायन्ज ४२ प्राप्त गरेका थिए । सम्पूर्ण प्राप्त मेडल ७३ पुगेको छ र अझै २,३ वटा भाग लिनु पर्ने खेलहरु बाँकी नै छन् र त्यसमा पनि खेलाडीहरुले अन्य धेरै मेडल प्राप्त गर्ने सम्भावना रहेको छ । र एभरेष्ट ताइ क्वान दो एकेडेमीले दशै तथा तिहारको सुखद उपलक्ष्यमा सम्पूर्ण विजयी खेलाडीहरु तथा अभिभावकहरुलाई समेत वधाई तथा सुस्वाथ्यको कामना गर्दै हार्दिक शुभ कामना ब्याक्त गरेको छ ।

सत्तरी जिल्लामा शान्ति समिति गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कात्तिक ३ - शान्ति तथा पुननिर्माण मन्त्रालयले शान्ति प्रक्रियामा स्थानीय नागरिकको सहभागिता होस् भन्ने उद्देश्यले ७० जिल्लामा स्थानीय शान्ति समिति गठन गरेको जनाएको छ। मन्त्रालयका सहसचिव हरिप्रसाद दवाडीकाअनुसार ती जिल्लाका सात नगरपालिका र ५९७ गाउँ विकास समितिमा शान्ति समिति गठन गरिएका छन्। रामेछाप, सिन्धुली, गोरखा, तनहुँ र कास्की जिल्लामा भने अझै यस्ता समिति गठन हुन सकेका छैनन्। स्थानीय नागरिकहरुबीच सहमति हुन नसक्दा ती जिल्लामा समिति गठन गर्न नसकिएको मन्त्रालयले जनाएको छ।दलहरुबीच बृहत शान्ति संझौतामा हस्ताक्षर भएपछि मन्त्रालयले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन जिल्ला तहमा स्थानीय शान्ति समितिहरु गठन गर्दै आएको छ।सहसचिव दवाडीका अनुसार ती समितिहरुमा माओवादी पीडित, राज्यपक्षबाट पीडित, नागरिक समाजका सदस्य, राजनीतिक दलका पदाधिकारीसहित ३३ प्रतिशत महिला सहभागी हुने गरेका छन्।

नेपाल जलवायु परिवर्तनको चपेटामा पर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अमेरिका, कार्तिक ३ - नेपाललगायत दक्षिण एसियाका देश जलवायु परिवर्तनको चपेटामा पर्ने एक अध्ययनले देखाएको छ । यसरी बढी खतरामा पर्ने पहिलोमा बंगलादेश छ भने भारत दोस्रो छ । मडागास्कर तेस्रो स्थानमा छ भने नेपाल चौथो छ । ब्रिटिस कन्सल्टेन्सी मेपलक्रफ्ट गरेको अध्ययनअनुसार नर्दिक राष्ट्र जलवायु परिवर्तनको चपेटामा कम पर्ने मुलुक हुन् । अध्ययन प्रतिवेदन विभिन्न ४२ वटा तथ्यमा आधारित भएर तयार पारिएको हो । नेपालपछि क्रमशस् मोजाम्बिक, फिलिपिन्स, हैटी, अफगानिस्तान, जिम्बाब्वे र म्यान्मा छन् । भियतनाम १३ औं स्थानमा छ भने बाढीग्रस्त पाकिस्तान १६ औं स्थानमा छ ।
कुल १७१ देशमा कम चपेटा पर्नेमा नर्वे छ । नर्वेलाई फिनल्याण्ड, आइसल्याण्ड, आयरल्याण्ड, स्विडेन, डेनमार्कले पछ्याएका छन् । यी उत्तर युरोपेली मुलुकमा उब्जनी राम्रो हुन्छ । विश्वका मुख्य अर्थतन्त्र अमेरिका १२९ औं, चीन ४९ औं र जापान ८७ औं स्थानमा छन् । संयुक्त राष्ट्र संघको वातावरण सम्मेलन नोभेम्बर २९-डिसेम्बर १० आयोजना गर्न तयार मेक्सिको ४५ औं स्थानमा छ । तथ्यांकको अभावमा केही दशकमै धेरै भाग डुब्ने अनुमान गरिएको माल्दिभ्सबारे अध्ययन चुप छ । अध्ययनमा उत्तर कोरियाबारे केहि उल्लेख छैन ।

प्रदेशमा एउटा मात्र संसद् राख्‍ने सहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक ३ - नयाँ संविधान निर्माणका विवादित विषयको टुङ्गो लगाउन गठित कार्यदलको सहयोगी नेताहरूको बुधबार बसेको बैठकले व्यवस्थापिका अङ्गको स्वरूप निर्धारणसम्बन्धी समितिको प्रतिवेदनमाथि छलफल गर्दै प्रदेशमा एउटा मात्र संसद् राख्‍ने सहमति गरेको छ । बैठकमा केन्द्रमा रहने सदन, न्यायिक निकाय र संसदीय विशेष समितिबारे छलफल भएको थियो । त्यस्तै मतदाताको उमेर १६ वा १८ कति कायम गर्ने ? लगायतका विषयमा छलफल भएको थियो । एकीकृत नेकपा (माओवादी) बाहेकका नेताहरूले न्यायिक सर्वोच्चतालाई कुण्ठित हुने गरी संसद्ले अधिकार लिन नहुने बताएका थिए भने माओवादीले अदालतलाई पनि जनप्रतिनिधिको रेखदेखमा चल्नुपर्ने अडान राखेको थियो । ती विषयमा ठोस सहमति हुन नसके पनि प्रदेशमा एकमात्र सदन राख्ने विषयमा सहमति भएकाले शीर्ष नेताहरू रहेको कार्यदलको यही कात्तिक ४ गते हुने बैठकमा पारितका लागि प्रस्तुत गरिने आजको बैठकपछि माओवादी नेता देव गुरुङले पत्रकारहरूलाई बताए । यसैगरी प्रदेशका संसद्हरूको नामकरणका विषयमा पनि सहमति हुन बाँकी रहेको नेता गुरुङले जानकारी दिए । बैठकमा सहभागी कानुनमन्त्री प्रेमबहादुर सिंहको व्यस्तताका कारण सहयोगी नेताहरूको बैठक जम्मा दुई घण्टा मात्र बसेको थियो ।
सहयोगी नेताहरूको बैठक ५ गते बिहान ८ बजे पुनः बस्नेछ ।

अन्तर्राष्ट्रिय सांस्कृतिक मेलामा नेपाल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बेइजिङ,नेपालसहित विश्वका करिब ३० देशको सहभागिता रहेको सप्ताहब्यापी अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सव “आपसमा बाँडौं” भन्ने नाराका साथ बेइजिङमा सुरु भएको छ ।चीन र नेपालसहित विश्वका ८० देशका २१ हजारभन्दा बढी विद्यार्थी अध्ययन गर्ने बेइजिङस्थित रनमिन विश्वविद्यालयमा आयोजित महोत्सवमा विभिन्न देशको फोटो तथा चलचित्र प्रदर्शन गरिनुका साथै विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको छ ।सबैभन्दा महत्वपूर्ण मानिएको महोत्सवको उद्घाटन समारोहमा चीनका लागि नेपाली राजदूत टङ्कप्रसाद कार्कीले कार्यक्रममा सहभागी सबै कूटनीतिज्ञको तर्फबाट रनमिन विश्वविद्यालयलाई धन्यवाद दिँदै महोत्सवबाट विभिन्न देशबीचको सांस्कृतिक आदानप्रदान बढाउन सहयोग पुगेको बताउनुभयो ।उद्घाटन समारोहमा नेपाललगायत विभिन्न देशका कूटनीतिज्ञ, चीनको शिक्षा मन्त्रालाय एवम् विश्वविद्यालयका अधिकारी, प्राध्यापक तथा हजारौं विद्यार्थीको सहभागिता थियो ।बेइजिङस्थित नेपाली दूतावासको सहयोग तथा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा सोही विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूले महोत्सवमा नेपालको प्रतिनिधित्व गरिरहेका छन् ।महोत्सवको पहिलो दिन विभिन्न देशले छुट्टाछुट्टै प्रदर्शनी कक्षबाट आ-आफ्नो मुलुकको कला, संस्कृति, भेषभूषा, रहनसहनलगायतका बारेमा जानकारी दिए ।

भारतीय माओवादीले चुनाब बहिस्कार गर्न पर्चावाजी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मुङ्गर(भारत), कात्तिक ३ - भारतीय माओवादीले भोलि हुँदै गरेको चुनाब बहिस्कार गर्न पर्चावाजी गरेका छन्। सरकारले कडा सुरक्षा व्यवस्था अपनाएको भएपनि बिहारको मुङ्गर जिल्लामा चुनाब बहिस्कारको आव्हान गरिएका पर्चाहरु फेला परेका छन्। 'माओवादीको प्रभाव रहेका केही स्थानहरुमा यस्ता पर्चाहरु फेला परेका छन्,' जिल्लाका प्रहरी प्रमुख सुनिल नायकले भने। भोलिको चुनावमा ७ लाख ७४ हजारले ७ सय ९५ बुथबाट भोट हाल्दैछन्। यी मध्ये १ सय ६१ बुथ माओवादी प्रभावित क्षेत्रमा पर्छ। प्रभावितमध्ये तारापुर, मुङ्गर र जमलपुरमा चौथो चरणमा आगामी नोभेम्बर १ मा चुनाव हुँदैछ। नायकका अनुसार समानान्तर टेलिफोन लाइन र गुगल अर्थको प्रयोगबाट पहाडी र जंगल भएको क्षेत्रमा माओवादी गतिविधिमा निगरानी समेत राखिएको छ। हिंसाकै कारण सन् २००५ मा भएको चुनावमा यी क्षेत्रमा ३१ प्रतिशतमात्र मत खसेको चुनाव कार्यालय स्रोतले जनायो।

Oct 19, 2010

चुम्लुङ कोरियाको सांस्कृतिक कार्यक्रम पक्का

लिम्वूवान डट व्लगस्पोट डटकम/गंगा तुम्बाहाङ्फे (सउल/कोरिया)
किराँत याक्थुङ चुम्लुङ दक्षिण कोरियाको २०१०/१०/१७मा चुम्लुङ का अध्यक्ष श्री याम सेर्माको अध्यक्षतामा बसेको बैठकले आगामी २०११को महान चाड सलनालको अवसर पारेर नेपालबाट ख्याती प्राप्त कलाकार झिकाई दक्षिण कोरियामा भब्य सांस्कृतिक कार्यक्रम गर्ने पक्का भएको छ । निबर्तमान किराँत याक्थुङ चुम्लुङ दक्षिण कोरियाका अध्यक्ष श्री नारद साम्योखामको उपस्थितिमा बसेको बैठकले नरेन्द्र चेम्जोंग्को संयोजकत्वमा देबेन्द्र सम्बाहाम्फे , देउ कुमार लिम्बु, दिलकुमार लक्सम र रोहित गुरुङ रहने गरि ५ सदसिय कार्यसमितिको चयन गरेको छ ।देबेन्द्र सम्बाहाम्फे कलाकार संयोजन तथा ब्याबस्थापन, देउ कुमार लिम्बु अफसेट तथा कम्प्युटर संयोजन, दिलकुमार लक्सम आर्थिक संयोजन र रोहित गुरुंगले प्रचार प्रसार संयोजन गर्ने छन् । बाकी रहेका कार्य समितिको चयन किराँत याक्थुङ चुम्लुङ दक्षिण कोरियाको आगामी बैठकले गर्ने छ ।साथै कोरियामा रहेका सम्पूर्ण संघ संस्थाहरुलाई उक्त कार्यक्रमको लागि सहयोग गरिदिन किराँत याक्थुङ चुम्लुङ दक्षिण कोरिया हार्दिक अपिल गर्दछ।

चचेन्या राज्यमा आत्घाती आक्रमण हुंदा ६ को मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक २ - रुसको चचेन्या राज्यको संसदमा आत्घाती आक्रमण हुंदा ६ जना को मृत्यु भएको छ । स्थानीय संचार माध्यमहरुले सबै आत्मघातीहरुको मृत्यु भएको दाबी गरेको छ । आक्रमणपछि संसद भवनमा सुरक्षा व्यवस्था कडा पारिएको छ । चेचेन्या राज्य अध्यक्षको विशेष सुरक्षामा खटिएको सुरक्षा दस्ता संसद भवनमा परिचालन गरिएको बताइएको छ । सभामुखको अफिस नजिकै उनीहरुले बम पडकाए पनि सभामुख सुरक्षित रहेका छन् । आत्मघाती बम आक्रमण कसले र किन गराएको भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन ।

शासकीय स्वरुप ११ मध्ये ९ बुँदामा दलहरुबीच सहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक २ - राज्यको शासकीय स्वरुप निर्धारण समितिका विवादित ११ मध्ये ९ बुँदामा दलहरुबीच सहमति भएको छ । सिंहदरवारस्थित राज्यव्यवस्था समितिमा मंगलबार बसेको संविधान निर्माणका विवादित विषय टुङ्ग्याउन गठित उच्चस्तरीय कार्यदलको बैठकले विवादित ९ विषयमा सहमति जुटाएको हो । बैठकले प्रादेशिक अधिकार स्थानीय तहलाई नै दिने, स्थानिय निकायमा व्यवस्थापिकाको गठनलगायतका विषयमा सहमति जुटाएको कार्यदल सदस्य कानुन मन्त्री प्रेमबहादुर सिंहले जानकारी दिए । संविधान निर्माणमा दलहरुबीच झण्डै २ सय ५० बुँदामा विवाद छ । विहीवार बस्ने कार्यदलको बैठकले बाँकी विवादित विषयमा सहमति जुटाउने कार्यदल सदस्य नविन्द्रराज जोसीले जानकारी दिए ।
बैठकमा कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल भने सहभागी भएनन् । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पहलमा भएको संविधानसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूको बैठकले असोज २६ गते विवाद समाधानका लागि सात सदस्यीय कार्यदल बनाएको थियो ।

पर्साको झडपमा एकसय ५० राउन्ड गोली चल्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पर्सा, कार्तिक २ - पर्साको निर्मलबस्तीमा हिजो दिउँसो प्रहरी र गाउँलेबीच भएको झडपमा एकसय ५० राउन्ड गोली चल्नुका साथै दुवै पक्षका गरी २० जनाभन्दा बढी घाइते भएका छन्। झडपका क्रममा करिब एकसय ५० राउन्ड गोली चलेको प्रहरीले जनाएको छ। दोहोरो गोली चल्दा १५ जना प्रहरी घाइते भएका छन्। दसैँको नवमीका दिन वीरगन्ज-ठोरी चल्ने ना ३ ख ९४१४ नम्बरको बसको ठक्करबाट निर्मलबस्ती-६ का ५४ वर्षीय धनलाल दोङको मृत्यु भएपछि गाउँलेको नियन्त्रणमा रहेको बस र कन्डक्टर सिर्फलप्रसाद कुर्मीलाई छुटाउन गएका प्रहरी र गाउँलेबीच झडप भएको हो। गाउँलेको नियन्त्रणमा रहेका कुर्मीलाई छुटाउन प्रहरी र गाउँलेबीच वार्ता भए पनि सहमति हुन नसकेपछि झडपको स्थिति सिर्जना भएको प्रहरीले जनाएको छ। घाइते हुनेमा इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक सुजनराज भण्डारी, प्रहरी जवान मनोज ठाकुर, रेसम घर्ती, जगरनाथ यादव, इसुमिया धोवी र सुरेन्द्र यादव रहेका छन्।

माओवादीद्वारा बजेट ल्याउने सरकारी तयारीको विरोध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक २ - कामचलाउ सरकरले बजेट ल्याउने तयारी सुरु गरेको बेला प्रमुख प्रतिपक्षी माओवादी पदाधिकारी बैठकले मंगलबार कामचलाउ सरकारलाई बजेट ल्याउने अधिकार नभएको निष्कर्ष निकालेको छ । अध्यक्ष पुष्पकमल दाहाल निवास नयाँबजारमा बसेको पदाधिकारी बैठकले नयाँ सरकार गठनपछि मात्र बजेट ल्याउन उपयुक्त हुने ठहर गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मुलुकमा देखिएको आर्थिक सङ्कट समाधानका लागि राजनीतिक सहमति कायम गरी बजेटको वैकल्पिक व्यवस्था गर्न आफ्नो पार्टी तयार रहेको बताए । नयाँ सरकार छिटो गठन गर्न दलहरूबीचको वार्तालाई तीव्र तुल्याउनुपर्नेमा जोड दिँदै उनले त्यसका लागि शान्ति, संविधान र सहमतिका पक्षधरबीच एकता कायम हुनुपर्ने पार्टीको अडान यथावत रहेको पनि बताए ।
गत असारमै पारित हुनुपर्ने बजेट प्रमुख प्रतिपक्षी माओवादीको अवरोधका कारण पेश हुन नसकेपछि पेश्की बजेट ल्याइएपनि असोज मसान्तबाट त्योसमेत सकिएकाले मुलुक ठूलो आर्थिक संकट उन्मुख रहेको अर्थविद्हरुले बताएपछि कामचलाउ सरकारले बजेटको तयारी सुरु गरेको हो । राजिनामा दिएको ३ महिनाभन्दा बढि भइसक्दा पनि नयाँ सरकार बन्न नसकेको र सरकार बन्ने सम्बन्धमा टुङ्गो लग्न नसकेकाले बजेटको तयारी गर्नु परेको सरकारले बताउँदै आएको छ ।

Oct 18, 2010

देशमा दुईवटा सेना रहेसम्म शान्ति स्थापना हुन नसक्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चितवन, कार्तिक १ - नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले देशमा दुईवटा सेना रहेसम्म शान्ति स्थापना हुन नसक्ने बताएका छन्। नेता पौडेलले माओवादी लडाकुका सिविर खाली गरेर मा नयाँ संविधान बन्ने बताए। उनले नेकपा एमाले र एकीकृत माओवादीका कारण मुलुक अलमलमा परेको बताउँदै हतियारको राजनीति त्यागेमात्र उनीहरुसँग सहकार्य हुनसक्ने बताए। उनले मुलुकमा शान्ति कायम गरेर मात्र संविधान बन्नुपर्ने बताएका छन्। चितवनको रत्ननगरस्थित नेपाल उच्च माविका भूतपूर्व विद्यार्थीद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले देशमा शान्ति कायम भएपछि मात्र संविधान बन्नुपर्नेमा जोड दिए।
उनले भने - "यही अवस्थामा बनेको संविधानले जनताको रक्षा गर्न सक्दैन, देशमा दुईवटा सेना रहेसम्म शान्ति स्थापना हुन नसक्ने भएकाले माओवादी लडाकूका शिविर खाली गरेर मात्र नयाँ संविधान बन्नसक्छ।"नेपाली काँग्रेस शान्ति र लोकतन्त्रका लागि प्रतिबद्ध भएको बताउँदै नेता पौडेलले अन्य दलका कारण संविधान र सरकार बन्न नसकेको बताए।
नेपाली काँग्रेसको पदको मोहका कारण गतिरोध अन्त्य हुन नसकेको भन्ने आरोपको खण्डन गर्दै उनले काँग्रेसले पदका लागि नभएर शान्ति र लोकतन्त्रका लागि प्रधानमन्त्रीको उम्मेदवारी नछाडेको स्पष्ट पारे।नेता पौडेलले नेपाली काँग्रेसको १२ औँ महाधिवेशनले पार्टीलाई थप गतिशील बनाउन महत्वपूर्ण भएको चर्चा गर्र्दै पार्टी अब सामूहिक विचार र नेतृत्वका आधारमा सबैलाई समेटेर अघि बढ्ने बताए।

सर्वदलीय संयन्त्र मार्फत वजेट ल्याउने तयारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इनरुवा, कार्तिक १ - संस्कृति मन्त्री मिनेन्द्र रिजालले सर्वदलीय संयन्त्र मार्फत वजेट ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् । वजेट नआउदा देशको अर्थ ब्यबस्था अस्तब्यस्त भएकोले कार्तिकको पहिलो साता सम्म सहमति जुटाइ सर्ब दलिय संयन्त्र मार्फत बजेट ल्याउने तयारी भएको मन्त्री रिजालले बताए । सुनसरीको भोक्राहामा उराव जातिको जतराकरम पुजा र ब्रहमदेब उराव स्मृती प्राबिको उदघाटन पछि सोमबार कान्तिपुरसित कुरा गर्दै मन्त्री रिजालले नया सरकारले नै बजेट ल्याउनुपर्छ भन्ने पक्षमा आफु रहेपनि अब अति ढिलो भइसकेकाले सर्बदलिय संयन्त्र मार्फत वजेट ल्याउनुको बिकल्प नभएको बताए । प्रधानमन्त्री उम्मेदवार नेता रामचन्द्र पौडेल मात्र वाकी रहेको अबस्थामा उनलाई नै सबैले मत दिएर राजनैतिक गतिरोधको निकास दिनुपर्ने मन्त्री रिजालको कथन थियो । एक अर्को प्रसंगमा कांग्रेस केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्री रिजालले चाडै केन्द्रीय समिति बिस्तार हुने बताए ।

प्रधानसेनापति छत्रमानसिंह कोरिया प्रस्थान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज ३१- प्रधानसेनापति छत्रमानसिंह गुरूङ दक्षिण कोरियाको राजधानी सोलमा सोमबारदेखि हुने एसिया- प्रशान्त क्षेत्रका सेना प्रमुखहरूको तेर्‍हौं वार्षिक सम्मेलनमा भाग लिन आइतबार साँझ त्यसतर्फ प्रस्थान गरे। एसिया-प्रशान्त क्षेत्रका २८ मुलुकका सैनिक प्रमुख सहभागी हुने उक्त सम्मेलन ती मुलुकका सुरक्षा चुनौती तथा अवलम्बन गर्नुपर्ने भावी रणनीतिमा केन्द्रित रहने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। कात्तिक ५ गतेसम्म हुने उक्त सम्मेलनका क्रममा प्रधानसेनापति गुरूङले आफ्ना समकक्षीहरूसँग द्विपक्षीय एवम् बहुपक्षीय विषयमा विचारविमर्श गर्नेछन्।

पूर्वमन्त्री अम्बिका साँवाको दाहसंस्कार बिहीबार गरिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ताप्लेजुङ, कार्तिक १ - पूर्वमन्त्री तथा माओवादीका केन्द्रीय सल्लाहकार सदस्य अम्बिका साँवाको दाहसंस्कार कार्तिक ४ गते विहीवार गरिने भएको छ । ताप्लेजुङमा रहेका साँवाका परिवार मंगलवार मात्रै काठमाडौं पुग्ने र माओवादी पार्टीले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेकोले दाहसंस्कारमा ढिलाइ भएको भतिज वालकुमार साँवाले बताए । अम्विकाका भाइ हरि साँवा र भान्जा नरजङ थलङ ताप्लेजुङ को खोक्लिङमा छन् ।
ताप्लेजुङवाट उपचारार्थ काठमाडौं लगिएका ७१ वर्षिय साँवाको आइतवार राती मोडेल अस्पतालमा निधन भएको थियो । उनले आफ्नै निवास छेउको तमोर मेवामा दाहसंस्कार गरिदिनु भन्ने प्रस्ताव जिवित छदैं गरेका भएपनि सबै परिवार काठमाडौमा रहेकाले काठमाडौकै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने वालकुमारले बताए । उनको दिवंगत शरिर अहिले ललितपुरस्थित नक्कीवोधमा राखिएको छ । माओवादी सम्बद्ध लिम्बुवान मोर्चाको कार्यालयमा राखिएको हो ।
साँवालाई किड्नी र श्वास प्रश्वास र उच्च रक्त चापको समस्या थियो । आइतवार बिहान नेपाल वायुसेवा निगमको जहाज मार्फत काठमाडौं पठाउन खोजिएका साँवाले जान नमानेपछि हेलिकोप्टरवाट पठाइएको थियो । नेकपा माले र राप्रपाको संयुक्त सरकारमा जनसंख्या तथा वातावरण मन्त्री भएका साँवा जिल्ला पञ्चायत सदस्य पछि २०२२ सालमा जिल्ला पञ्चायत सभापति र २०४६ पछि दुई पटक ताप्लेजुङ क्षेत्र नम्बर २ को सांसद भएका थिए । २०४३ सालमा जनपक्षीय उम्मेद्वारको रुपमा राष्ट्रिय पञ्चायत सदस्यमा पराजित भएका साँवा २०६२ सालदेखि माओवादीमा प्रबेस गरी भूमिगत राजनीतिमा लागेका थिए । साँवाका दुई छोरा र छ छोरी छन् ।

Oct 17, 2010

फेरि पूरा भएन संविधान लेखनको कार्यतालिका

असोज ३१- संविधान लेखनको कार्यतालिका बाह्रौं पटक संशोधन गर्नुपर्ने निश्चित भएको छ। पछिल्लो कार्यतालिका अनुसार संविधानसभा मातहतका बांकी ८ वटा विषयगत समितिका प्रतिवेदन यही असोज मसान्तभित्र संवैधानिक समितिमा पठाइसक्नुपर्ने थियो। संविधानसभामा प्रतिनिधित्व गर्ने खासगरी प्रमुख तीन दलबीचमा राजनीतिक सहमति हुन नसकेपछि पटकपटक गर्दै १२ औँ पटक संविधान लेखनको कार्यतालिका संशोधन गर्नुपर्ने अवस्था आएको हो।
पछिल्लो संशोधित कार्यतालिका अनुसार काम हुन त परै जाओस् यसबीचमा प्रमुख राजनीतिक दल संविधान लेखन र शान्तिप्रक्रियालाई भन्दा सत्ताको नेतृत्वको दौडमा प्राथमिकता दिएकाले आम जनतामा राजनीतिक दलको भूमिकाप्रति निराशा पैदा भइरहेको छ। दलहरूकै कारण जनतामा संविधान नै लेखिने होइन कि भन्ने अन्यौल पैदा भएको छ।
संविधानसभा मातहतका ११ वटा विषयगत समितिमध्ये अल्पसङ्ख्यक तथा सिमान्तकृत समुदायको हकअधिकार संरक्षण समिति, संवैधानिक निकायको संरचना निर्धारण समिति र प्राकृतिक स्रोत, आर्थिक अधिकार र राजश्व बांडफांड समितिका प्रतिवेदन मात्र संवैधानिक समितिमा प्रवेश गरेका छन्।
राज्यको शासकीय स्वरूप निर्धारण समिति र राज्यको पुर्नसंरचना र राज्यशक्तिको बांडफांड समितिजस्ता मुलुकलाई दूरगामी प्रभाव पार्ने समितिका प्रतिवेदनमाथिका विवादित विषयलाई सुल्झाउन दलहरूले सकिरहेका छैनन्।
सभामुख सुवास नेम्बाङको अग्रसरतामा दलहरू विषयगत समितिका विवादित विषय टुङ्ग्याउने सिलसिलामा शासकीय स्वरूप निर्धारण समितिको प्रतिवेदनबाट कार्य प्रारम्भ गर्ने भनी छलफलमा बसे पनि आ-आफ्ना दलीय अडानका कारण विवादित विषय सुल्झाउन दलहरूमा एकमत भएको पाइन्न।
समितिका प्रतिवेदनमा उठेका विवादित विषयलाई सुल्झाउन र संविधान लेखन कार्यलाई तीव्रता दिन एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल संयोजक रहेको समिति गठन गरिएको छ। तर, त्यसले संविधान लेखन र शान्तिप्रक्रियालाई सकारात्मक निष्कर्षमा लैजान सकारात्मक भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। २०६५ साल जेठ १४ गते बसेको संविधानसभाको पहिलो बैठकले दुईवर्षभित्र संविधान जारी गर्ने गरी कार्यतालिका बनाए पनि कार्यतालिका बमोजिम काम हुन नसक्दा दलहरूकै सहमतिमा संविधानसभाको म्याद एकवर्ष थपिएको थियो। संविधानसभाको पहिलो बैठक यता संविधान लेखनका लागि २०६७ असार मसान्तसम्ममा रु १ अर्ब ५० करोड सरकारी ढिकुटीबाट खर्च भइसकेको व्यवस्थापिका संसदले जनाएको छ।

Oct 16, 2010

नेपालमा बनेका विशाल बुध्द मूर्ति क्यानडामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अमेरिका, आश्विन ३० - क्यानडाको टोरन्टो, इटोबिकोकस्थित तिब्बतीयन क्यानडियन सांस्कृतिक केन्द्रमा शुक्रबार नेपालमा बनेका तीन विशाल बुध्द मूर्ति आइपुगेका छन् । दलाई लामाको क्यानडा भ्रमणअघि ती मूर्ति आएका हुन् । दलाई लामा शान्तिसम्बन्धी प्रवचन दिन रोजर्स सेन्टर आउँदो शुक्रबार क्यानडा आउँदैछन् । भ्रमणको दोस्रो दिन उनले सांस्कृतिक केन्द्रको उदघाटन गर्ने कार्यक्रम छ । केन्द्र बनाउने योजना सन् २००९ सेप्टेम्बरमा बनेको हो । निर्माण गत जुलाईमा सुरु भएको हो भने आगामी मार्चमा सकिदैछ ।
तीनमध्ये एउटा मूर्ति सोह्र फिट अग्लो छ । ती मूर्ति नेपालका बौध्द भिक्षुहरुले तिब्बतीयन सांस्कृतिक केन्द्रका लागि विशेष रुपमा बनाएका हुन् । यी मूर्ति नेपाली हस्तकलाका रुपमा क्यानडा भित्र्याइएको छ । मूर्तिमा ढलौट, पित्तल, तामा र सुन प्रयोग गरिएको छ । केहि महँगा पत्थर पनि प्रयोग गरिएको छ । हातैले रंग गरिएको यी मूर्ति परम्परागत शैलीमा बनाइएको छ । मूर्तिभित्र श्लोक, प्रार्थना लेखिएका पानाहरु राखिएका छन् । विश्वभरका विभिन्न स्थानबाट ल्याइएको माटो पनि छ । ती पानाहरु तयार पार्न ४० भिक्षुलाई तीन साता लागेको थियो ।

विमानस्थलमाथिको आकाशमा चरा उडेर जहाजलाई बाधा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पोखरा, असोज २९- विमानस्थलमाथिको आकाशमा चरा उडेर जहाजलाई बाधा पुर्‍याएका छन्। चरा अवरोधले हवाई उडान पटकपटक ढिला हुँदा पनि यसको समाधान प्रयास खोजिएको छैन। गएको सातामात्रै काठमाडौं उडान भर्न लागेका बुद्ध र गुण एयरलाइन्सका २ जहाजलाई चरा अवरोधले करिब आधा घन्टा ढिलो गरायो। चरा धपाएपछि मात्र ती कम्पनीका जहाजलाई उड्न अनुमति दिइएको थियो।
चरा नियन्त्रण नगरे ठूलो दुर्घटना हुनसक्ने चिन्ता बढेको छ। 'विमानस्थल आसपास आएका चराले हवाई जहाजको उडान र अवतरणमा बाधा पुर्‍याएका छन्,' पोखरा विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर अनुप जोशीले नागरिकसँग भने। उनका अनुसार जहाज अवतरण गर्ने बेला चार आएका भए जहाजलाई आकाशमै 'होल्ड' गराउनुपर्थ्यो। जोशीले विमानस्थल बन्द गरेर चरा धपाउन जानुपर्ने अवस्था आएको बताए। 'चराको कारण दिनभरि दिक्क हुनुपर्‍यो,' उनले भने, 'विमानस्थल बन्द गर्नुपर्ने अवस्था आउने ठानेका थियौं, तर, पछि मुस्किलले धपाइयो।' गत बिहीबार दर्जनभन्दा बढी गिद्ध र चिल विमानस्थलको धावनमार्ग नजिक उड्ने र बस्ने गरेका थिए। 'जतिपटक धपाउँछांै, उत्ति नै पटक फर्कंदै आए,' जोशीले भने।

नेपालमा अर्को एउटा कीर्तिमान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अमेरिका, आश्विन ३० - विश्वकै होचो मानिसको तय भइरहँदा नेपालमा अर्को एउटा कीर्तिमान बनेको छ । स्याँ बर्च नामक अमेरिकीले नेपालको पूर्वबाट सुरु गरेको ४९ दिन ६ घन्टा ८ मिनेटको दौडले यसअघि रोसी स्वालले सन् २००३ मा बनाएको कीर्तिमानलाई १९ दिन चाँडो पूरा गरेर जितेको छ । बर्चले आफ्नो वेबसाइट स्याँबर्च डट कममा भनेका छन्, 'मैले सोचेभन्दा यो दौड ११ दिनअघि सकियो ।' उनले गत अगस्त २२ मा पूर्वी नेपालबाट दौड सुरु गरेका थिए । स्याँ बर्चले बनाएको कीर्तिमान गिनिज बुकमा त लेखिने नै छ । यस यात्रालाई नेसनल ज्योग्राफिक सोसाइटीले 'विश्वकै एक उच्च जोखिम यात्रा' नाम दिएको छ । उनले यसपटक नेपालको १ हजार ७ सय ६० किलोमिटर पूरा गरेका छन् ।
बर्च वासिंगटन डिसिमा बस्छन् । उनी लेखक पनि हुन् । व्यायाम प्रशिक्षक बर्चले यसअघि धेरै कीर्तिमान बनाइसकेका छन् । उनले सन् २००९ मा जापानको फुजी, सन् २००५ मा किलीमन्जरोमा चाँडो चढेर कीर्तिमान बनाएका छन् । सन् २००३ मा एक्लै बिना अक्सिजन चुचुरोमा पुगेर अमेरिकाको भर्जिनिया राज्यका प्रथम सगरमाथा आरोही भएका थिए ।

संशोधन गरी नयाँ प्रधानमन्त्री चयनको आधार दिनुपर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज ३०,सभामुख सुवास नेम्वाङले आवश्यक परे संविधान र संसद नियमावलीमा संशोधन गरी नयाँ प्रधानमन्त्री चयनको आधार दिनुपर्ने बताएका छन्। काँग्रेसले दिनमा २४ पटक चुनाव गरे पनि उम्मेदवारी फिर्ता नलिने अडान राख्दै आएको बेला आएको सभामुखको यो धारणालाई अर्थपूर्ण रुपमा हेरिएको छ। संविधान लेखनका काम र सरकार गठनमा भइरहेका ढिलाई बारे राष्ट्रपति डा रामवरण यादव र सभामुख सुवास नेम्बाङबीच शुक्रबार भएको छलफलमा सभामुखले यस्तो विचार राखेका हुन्। राष्ट्रपति भवनमा भएको भेटका अवसरमा संविधान लेखनका काम तथा सरकार गठनको प्रयास र अप्ठ्यारा बारे सभामुख नेम्बाङले राष्ट्रपतिलाई जानकारी गराएका थिए। सो अवसरमा राष्ट्रपति डा यादवले सरकार गठनमा भएको ढिलाईले उत्पन्न राजनीतिक गतिरोधप्रति चिन्ता र सरोकार राख्दै यो अवस्थाको अन्त्यका लागि दलहरू मिलेर जानुको विकल्प नरहेको धारणा राखेको सभामुख नेम्बाङले भेटपछि पत्रकारहरूलाई जानकारी दिए।
सभामुख नेम्बाङले नयाँ प्रधानमन्त्री चयनका लागि अनुपस्थित र तटस्थ नबसेर मतदान गरेर मुलुकलाई नयाँ प्रधानमन्त्री दिने र त्यो हुन नसके सम्पूर्ण उम्मेदवारी फिर्ता गरेर आवश्यक परेमा संविधान र संसद नियमावलीमा संशोधन गरी नयाँ प्रधानमन्त्री चयनको आधार दिनुपर्ने धारणा राष्ट्रपति समक्ष राखेको जानकारी दिए। उनले राजनीतिक निकासका लागि निर्णय गर्ने अधिकार दलहरूकै हातमा रहेको भन्दै प्रधानमन्त्री चयनको अहिलेको अवस्थामा आफ्नो विशेषाधिकार प्रयोग गर्ने अवस्था नरहेको पनि दोहोर्‍याए।

उपराष्ट्रपति झा बसेको ठाउँ नजिकैबाट डाका पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लहान, असोज ३०- उपराष्ट्रपति बास बसेको लहानसँगै जोडिएको बस्तीपुर गोबिन्दपुरमा डकैती गर्न आएका डाका समूहमध्ये दुई जना डाकालाई स्थानीयले पक्राउ गरी शनिबार बिहान प्रहरीलाई बुझएको छ। पक्राउ पर्नेमा सिराहा बेल्हा ४ का २६ वर्षीय मजिद राइन र बस्तीपुर ३ की पवन देवी महतो हुन्। शनिबार बिहान १०/१२ जनाको समूहमा गाउँ प्रवेश गरेका सशस्त्र डाकाहरु डकैतीको तरखर गर्नासाथ गाउँ सुरक्षामा गस्ती गरिरहेका स्थानीयहरुले घेरा हालेर डाका समूहका एक महिला र एक युवालाई पक्राउ गरेको स्थानीय निर्मल सिलवालले बताए। डाका पक्राउ गर्नासाथ नजिकको वडा प्रहरी र सशस्त्र प्रहरी बेस क्याम्पमा खबर गरेको उनले बताए। दुबै डाकाहरु वडा प्रहरी कार्यालय लहानको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक लालध्वज सुवेदीले बताए। फरार हुन सफल बाँकी डाकाहरुको खोजी भइरहेको वडा प्रहरी कार्यालय लहानले जनाएको छ। शनिबारको धार्मिक कार्यक्रममा सहभागी हुन उपराष्ट्रपति परमानन्द झा शुक्रबार नै लहानको होटल बिशालमा बसेका छन्। उपराष्ट्रपतिको उपस्थितिका कारण मजबुत पारिएको भनिएको स्थानीय प्रसाशनको सुरक्षा बन्दोबस्तीलाई चुनौती दिदै २ किलोमिटर उत्तरवर्ती गाउँ बस्तीपुरमा सशस्त्र डाकाको प्रवेशले यहाँको समग्र सुरक्षामाथि नै प्रश्न उठाएको स्थानीयको भनाई छ।

Oct 14, 2010

सीमावर्ती बजारमा लुटिने ठगिने र कुटिने तीब्रता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बाँके,भारतबाट कमाई गरेर दसैँका लागि घर फर्किएका नेपालीहरू बाँकेको सिमावर्ति बजार रूपैडियामा लुटिने र ठगिने क्रम बढिरहेको छ ।आफूहरूलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले समेत विनाकारण कुटपिट गर्ने गरेको उनीहरूको गुनासो छ ।कमाई गरेर भारतबाट नेपाल फर्किदै गरेका जाजरकोटका जिते जैसिले कमाई गरेर ल्याएको सबै पैसा लुटेर लगेको गुनासो गर्नुभयो ।उहाँले आफूलाई बेहोस् बनाएर पैसा लुटेको तर भारतीय प्रहरीलाई लुटिएको खबर गर्दा समेत कुनै वास्ता नगरेको बताउनुभयो ।यता कमाई गरेर घर फर्किदै गरेका दाङ पुरन्धाराका लालबहादुर वलिले रूपैडिहाबाट नेपालगञ्ज आउँदा रिक्सावालाले सुरुमा रिक्सामा चढ्दा कम भाडा भने पनि बीच बाटोमा ल्याएर त्यसको ५ गुना बढि भाडा असुल गरेको बताउनुभयो । भनेको भाडा नदिएमा रिक्सावालाले आफूलाई कुटपिट गर्ने धम्कीसमेत दिएको उहाँले गुनासो गर्नुभयो ।रुकुम खोला गाउँका धनसिंह कामिले सिमामा नेपाली प्रहरीले समेत रकम असुल्ने गरेको खुलासा गर्नुभयो ।आफू नेपाल फर्किने क्रममा विनाकारण झोला चेक गरेर पैसा माग्ने गरेको र पैसा नदिए झोला राखिदिने धम्की दिने गरेको पनि उहाँले बताउनुभयो ।सिमावर्ति क्षेत्रमा सोझासाझा नेपालीलाई नेपाली र भारतीय दुवै पक्षबाट ठग्ने काम मात्र हुने गरेको छ ।रुकुमकै मूरु गाविसका अर्का जगत बुढाले आफुलाई भारतीय सिमा सुरक्षा बल एसएसबीले कुटपिट गरेको गुनासो गर्नुभयो ।भारतमा गई रोजी रोटीको लागि कमाई गरेर चाडपर्वका बेला नेपाल फर्किने मध्ये बर्सेनि हजाराँैको सङ्ख्यामा नेपालीहरू लुटिने, ठगिने र कुटिने गरेपनि सम्बन्धित निकायले त्यसतर्फ कुनै चासो नदेखाएको पीडितहरूको गुनासो छ ।

गोर्खाल्यान्डबारे आगामी वार्ता राजनीतिक स्तरमा हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सिलिगुडी- , आश्विन २८ - गोर्खाल्यान्डबारे आगामी वार्ता राजनीतिक स्तरमा हुने भएको छ । गोर्खा जनमुक्ति मोर्चा, बंगाल सरकार र केन्द्र सरकारबीच सोमबार अबेर सम्पन्न वार्ताले अर्को वार्ता राजनीतिक स्तरमा गर्ने निर्णय गरेको हो । यसअघि सातौं चरणसम्म भएका वार्ता सचिवस्तरमा मात्रै भएका थिए ।आगामी वार्ताको मिति भने तय हुन सकेको छैन । 'दसैलगत्तै पनि हुन सक्छ होला,' मोर्चाका महासचिव रोशन गिरीले कान्तिपुरसँग भने, 'नत्र तिहारपछि हुन्छ ।'
उनले आउँदो वार्तापछि नै अन्तरिम व्यवस्था लागू गर्न मोर्चा, राज्य र केन्द्र सरकार सहमत हुने दाबीसमेत गरे । राजनीतिक स्तरीय वार्ताको नेतृत्व पनि गिरीले गर्ने निश्चित भइसकेको छ । मोर्चा अध्यक्ष सबै बुँदामा सहमति भएपछि हस्ताक्षरका लागि मात्रै दिल्ली जाने छन् । दिल्लीको नर्थ ब्लकस्थित केन्द्रीय गृह मन्त्रालयमा सम्पन्न वार्ता अन्तरिम व्यवस्था लागू गर्ने विषयमा केन्द्रीय बनेको थियो । वार्तामा मोर्चाको नेतृत्व गरिरहेका महासचिव रोशन गिरीका अनुसार कानुन बनाउने विधायी अधिकार, सिमाना र चुनाव गराउने/नगराउनेबारे बढी चर्चा भएको बताए । मोर्चाले अघि सारेका यी तीनवटा मागप्रति राज्य र केन्द्र सहमत हुन सकेनन् । मोर्चाले तराई र डुवर्ससहितको गोर्खाल्यान्ड क्ष्त्रीय स्वायत्तता गठन गर्नुपर्ने र स्वायत्तताका सदस्य सबैसदस्य मनोनीत र मोर्चाबाटै प्रतिनिधित्व गराइनुपर्ने अडान दोहोर्‍याएको थियो ।

रामचन्द्रले शान्ति र संविधानका लागि सत्याग्रह थाल्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज २८,नेपाली कङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले मुलुकमा शान्ति र संविधानका लागि अब छिटै सत्याग्रह अभियान थाल्ने भएका छन्। उनले शान्तिलाई तार्किक निष्कर्षमा पुर्‍याउन, लोकतान्त्रिक संविधान निर्माण र लोकतन्त्रलाई संस्थागत गर्न सत्याग्रह अभियान थाल्ने बताएका हुन। प्रधान मन्त्रीका एक्ला उम्मेदवारसमेत रहेका पौडेलले रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा भने- नेपालीको महान् चाड बडा दशैंले सबै नेपालीमा सुख शान्ति र समृद्धि छाओस् भन्ने कामना गर्छु। दशैं भनेको असत्यमाथि सत्यको विजय हो, म त्यही अभियानमा अग्रसर छु, उनले थपे- दशैंपछि मुलुकले नयाँ सरकार पाउनेछ भन्नेमा म पूर्ण विश्वस्त छु, अब मुलुकमा सरकारबिहीनताको अवस्था रहनहुँदैन।पौडेलले नेपाली कङ्ग्रेस सहमति, सहकार्य र एकताका लागि जहिले पनि अग्रसर हुने बताउँदै कङ्ग्रेसका लागि सत्ताभन्दा पनि शान्ति र संविधान महत्त्वपूर्ण भएको बताए। सबै मिलेर राष्ट्रिय सहमति कायम गरौं, यो नै अहिलेको अनिवार्य आवश्यकता हो- उनको भनाइ थियो।

खगेन्द्रलाई संसारकै होचा व्याक्तिको प्रमाणपत्र प्रदान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पोखरा, आश्विन २८ - पोखरामा गिनिज बुक अफ द वल्र्ड रेकर्डले बिहीबार खगेन्द्र थापा मगरलाई संसारकै होचा व्याक्तिको प्रमाणपत्र प्रदान गरेको छ । रेकर्डसका उपाध्यक्ष मार्को फिरगाटीले एक समारोह बीच पोखरामा होचा व्याक्तिको प्रमाणपत्र र मेडल प्रदान गरेका हुन् । खगेन्द्रको उचाई ६७ दशमलब ८ सेन्टिमिटर र तौल ६ दशमलब ५ किलोग्राम रहेको छ । बाग्लुङको धुल्लुबांस्कोट ६ उल्लेरीमा जन्मेका उनी बिहीबारबाट १८ बर्ष पूरा गरेर १९ औं बर्षमा प्रवेश गरेका छन् । प्रमाणपत्र समारोहमा खगेन्द्रलाई बधाई दिन र हेर्न बिभिन्न क्षेत्रका व्याक्तिहरूको जमघट भएको थियो । सरकारले दिएको नागरिकता, स्वास्थ्य परीक्षण लगायतलाई आधार मानेर खगेन्द्रलाई होचा व्याक्तिको प्रमाणपत्र दिईएको मार्कोले बताए । खगेन्द्रको बारेमा थप अनुसन्धान र परीक्षण गरी होचा व्याक्तिको प्रमाणपत्र प्रदान गर्न दुई दिनअघि गिनिजको टोली पोखरामा आईपुगेको थियो । उनको वास्तविक उचाई र तौल पत्ता लगाउन बुधबार स्थानीय फेवासिटी हस्पिटलमा बालरोग बिशेषज्ञ डा. हुमप्रसाद न्यौपानेले बिहान, दिउँसो र साँझ परीक्षण गरेका थिए । साथै बिहीबार बिहान पनि परीक्षण गरिएको थियो ।
होचा व्याक्तिको प्रमाणपत्र पाएका खगेन्द्र यतिखेर सबैका चासो र आर्कषणका व्याक्ति बनेका छन् । उनको बारे बुझ्न बिभिन्न अन्र्तराष्ट्रिय, राष्ट्रिय संचार संस्थाका प्रतिनिधिहरू यतिबेला पोखरामा आईपुगेका छन् । खगेन्द्रलाई हेर्न बिहानैदेखि पाखरामा भीड लागेको छ । जन्मदा अण्डाको आकार जस्ता खगेन्द्र बाँच्ने आशा मारिसकेका आमा धनकला र बुबा रुपबहादुरले छोराको कारण नेपालको नाम संसारमै प्रसिद्व भएकोमा खुसीले हर्षविभोर भएको व्यक्त गरे ।