News

Nov 28, 2010

सर्वोच्च आदेश नमान्ने मधेसी मन्त्रीको भनाइ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मतदाता परिचयपत्र निर्माणका लागि आधार नेपाली नागरिकतालाई मात्रै बनाउनुपर्ने आदेश दिएकोमा दुइ मन्त्रीले सो आदेश मान्य नहुने बताएका छन्। रिपोर्र्टर्स क्लबको साक्षात्कारमा शुक्रबार राजेन्द्र महतो र उद्योगमन्त्री महेन्द्र यादवले सर्वोच्चको आदेश मधेसविरोधी र पूवाग्रही भएकाले उत्रने चेतावनीसमेत दिए। आपूर्तिमन्त्री एवम् सद्भावना पार्टी अध्यक्ष महतोले मतदाता नामावलीमा दर्ता हुन नागरिकता लिनै पर्ने अनिवार्य बाध्यता नभएको जिकिर गर्नुभयो। उद्योगमन्त्री एवम् तर्राई-मधेस लोकतान्त्रिक पार्टी महामन्त्री महेन्द्र यादवले सर्वोच्च अदालतको अन्तरिम आदेश मधेसविरोधी भएको दाबी गर्नुभयो। उहाँले नागरिकता र मतदाता नामावलीको विषयलाई एकै ठाउँमा राखेर हेन नमिल्नेसमेत बताउनुभयो। कार्यक्रममा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादवले सर्वोच्चको निर्णय मधेसप्रति सधैं पूवाग्रही हुने गरेको आरोप लगाउनुभयो।

सेना समायोजन सचिवालय निस्क्रिय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
११ मंसिर,संयोजक चयन नहुँदा सेना समायोजन समितिअन्तर्गत गठित सचिवालय निस्क्रिय बनेको छ । गठन भएको दुई महिना बितिसक्दासमेत सचिवालयको बैठक एकपटक पनि बसेको छैन । विशेष समतिको निर्णय कार्यान्वयन गर्न बनेको सचिवालय संयोजकमा कसलाई राख्ने भन्नेमा विवाद छ । माओवादी र कांग्रेस-एमालेलगायत दलहरूको अडानका कारण संयोजक तोकिएको छैन । सचिवालयले पूर्णतासमेत पाएको छैन । माओवादीले आपना प्रतिनिधि नन्दकिशोर पुन पासाङलाई संयोजक तोक्नुपर्ने प्रस्ताव गरेको छ । कांग्रेस-एमालेलगायत दलहरूले भने माओवादीको प्रस्ताव अस्वीकार गर्दै आएका छन् । संयोजकमा विवाद भएपछि माओवादी प्रतिनिधिहरू सचिवालयको बैठकमै गएका छैनन् ।
करिब एक महिनाअघि सचिवालयको बैठक डाकिएको थियो । तर, माओवादी प्रतिनिधि नआएपछि बैठक बस्न सकेन । बैठक नहुँदा सेना समायोजनको काममा कुनै प्रगति भएको छैन । आगामी १५ जनवरीबाट अनमिनको म्याद सकिँदै छ । त्यसअघि सेना समायोजन नभए अनमिनको जिम्मेवारी विशेष समितिले लिनेछ । तर, समितिको निर्णय कार्यान्वयन गर्ने निकाय निस्क्रिय हुँदा समायोजन प्रक्रिया पनि अन्योलमा परेको छ ।

राष्ट्र बैंकद्वारा बैंकहरूलाई अंकुश / र्सीइओको तलब घट्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (र्सीइओ) को पारिश्रमिकको सीमा निर्धारण गरेको छ। नयाँ निर्धारित सीमाअनुसार अब र्सीइओले अधिकतम विगत ३ आर्थिक वर्षो औसत कर्मचारी खर्चको बढीमा ५ प्रतिशत वा गत वर्षो कुल सम्पत्तिको बढीमा शून्य दशमलव शून्य २५ प्रतिशत मात्र वाषिर्क तलबभत्ता प्राप्त गर्न सक्ने भएका छन्। राष्ट्र बैंकले र्सीइओको तलब सीमा निर्धारण गरेपछि र्सीइओको तलब घट्ने भएको छ। हाल एक वाणिज्य बैंकको र्सीइओले औसत मासिक ५ लाख रुपियाँ तलब बुझने गर्दछन्। अधिकतम रूपमा एक वाणिज्य बैंकका र्सीइओले मासिक १५ लाखसम्म तलब बुझने गरेको बताइएको छ। नयाँ निर्देशनपछि र्सीइओको तलब बैंकको कर्मचारी खर्चसँग सामञ्जस्य मिलाएर मात्र तोक्नुपर्ने बाध्यता सम्बन्धित बैंकको सञ्चालक समितिलाई परेको छ।
नेपाल राष्ट्र बैंकले शुक्रबार प्रमुख कार्यकारीको तलब, भत्ता तथा अन्य सुविधासम्बन्धी मार्गदर्शन जारी गरी कार्यकारी प्रमुखले पाउने वाषिर्क तलब, भत्ता तथा अन्य सुविधालाई तीन भागमा वर्गीकरण गरेको छ। बैंकका अनुसार निश्चित वाषिर्क तलब तथा भत्ताहरू, कार्यसम्पादनमा आधारित पारिश्रमिक र अन्य आर्थिक सुविधाहरू गरी तीन भागमा प्रमुख कार्यकारी अधिकृतको पारिश्रमिकलाई विभाजन गरिएको छ।

इन्चोनमा भेट्ने वाचासँगै सकियो ग्वान्जाउ एसियाड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ग्वान्जाउ/ चार वर्षपछि दक्षिण कोरियाको इन्चोन सहरमा भेट्ने वाचा गर्दै शनिबार १६आँै एसियाली खेलकुदले बिदा लिएको छ । चीनको औद्योगिक सहर ग्वान्जाउमा १५ दिनसम्म चलेको एसियाडमा आयोजक राष्ट्र चीनकै एकाधिकार रह्यो । पदक-तालिकामा चीनले सर्वाधिक पदक जितेर आफूलाई एसियाको एक नम्बर खेलकुद टिम भएको प्रमाणित गर्नसमेत पछि परेन । उद्घाटन समारोहझैँ समापन पनि चीनले भव्य तथा उत्कृष्ट ढंगले गरेको थियो । इतिहासमा पहिलोपटक समापन समारोह रंगशालाबाहिर गरिएको थियो । प्रतियोगितामा एसियाका ४५ मुलुकका नौ हजार सात सय खेलाडीले ४२ खेलमा सहभागिता जनाएका थिए ।
दक्षिण-पूर्वी चिनियाँ सहर ग्वान्जाउमा सम्पन्न समापनको दृश्य हेर्न हजारौँ चिनियाँ पियर्स नदीको किनारमा उपस्थित भएका थिए । तीन घन्टाभन्दा लामो समापन कार्यक्रममा आयोजक चीनले आतिसबाजीमा कुनै कञ्जुस्याइँ गरेन । पूरै ग्वान्जाउ सहर आतिसबाजीमा झुमेको देखिन्थ्यो । ग्वान्जाउ एसियाली खेलकुद आयोजक समितिले एसियाड सफल पार्न विभिन्न राष्ट्र तथा घरेलु गरी १० हजार स्वयंसेवक खटाएको थियो । खेलकुद आयोजनाका लागि चिनियाँ सरकारले ४२ करोड अमेरिकी डलर खर्च गरेको थियो । जसमा चीनले नयाँ नौवटा विश्वस्तरीय रंगशाला तथा सडक निर्माणमा खर्चेको थियो । एसियाड आयोजनाबाट चीनले ४५ करोड अमेरिकी डलर आर्जन गरेको अनुमान गरिएको छ ।
समापन समारोह २७ हजार दर्शकले प्रत्यक्ष रूपमा मनोरञ्जन लिएका थिए । ग्वान्जाउका मेयर सु सेङले १६औँ एसियाड इतिहासकै उत्कृष्ट भएको दाबी गरेका छन् । 'पछिल्लो दुई साता ग्वान्जाउमा कुनै समस्या आएन, यो एसियाड इतिहासकै उत्कृष्ट आयोजनामध्ये पर्छ,' उनले भने, 'पूरै संसारले एसियाडबाट दक्षिण चिनियाँ संस्कृति बुझ्ने अवसर पायो ।'

Nov 27, 2010

मनीषाको दाम्पत्य जीवन धरापमा ?

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गत शुक्रबार फेसबुकमा आफ्नो वैवाहिक जीवनमा समस्यामा परेको स्टाटस मेटाए पनि उनीहरूको पारिवारिक समस्यामा भने सुधार नआएको उनीहरूको व्यवहारले दे खाएको छ। दसैंमा माइती आएपछि मनीषा बुढानीलकण्ठस्थित आफ्नो घरमा एकपटक मात्र पुगेकी थिइन्। 'माइतीमा बस्नु नराम्रो होइन, तर र्फकंदा उनले बुढानीलकण्ठमा भएका आफ्ना सबैजसो सामग्री माइतीमा ल्याएकी थिइन्।’ पारिवारिक स्रोतले साप्ताहिकसँग भन्यो, 'सबै सामग्रीसहित माइती आउनुचाहिँ केही असजिलो दृश्य थियो।’ त्यसबेला उनका नजिकका आफन्तले उनी लामो समय माइतीमै बस्ने हिसाबले आएको अनुमान गरेका थिए।
एक दशकभन्दा बढी समय हिन्दी चलचित्र उद्योगमा अभिनेत्रीका रूपमा माथिल्लो पोजिसन प्राप्त गरेकी अनि ५ महिनाअघि विवाह गरेकी मनीषा कोइरालाको वैवाहिक जीवन अप्ठयारो अवस्थामा पुगेको बताइन्छ । लाखौं खर्च गरेर तामझामका साथ गोकर्ण फरेस्ट रिसोर्टमा भएको विवाहमा सरिक हुन बलिउडका चर्चित हस्तीहरू नेपाल आएका थिए । त्यसबेला मनीषा आफैंले विवाहलाई सम्झनायोग्य बनाउने भन्दै सोल्टी क्राउन प्लाजामा सबै राजनीतिक दलका नेता एवं नेपालका सबैजसो विशिष्ट व्यक्तिलाई पाँचतारे पार्टी दिएकी थिइन् । उनको विवाहको पार्टीमै करिब ४० लाख खर्च भएको थियो ।

अध्यक्ष प्रचण्डको नयाँ प्रस्ताव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पालुङटार (गोरखा), १० मंसिर : आक्रमण-प्रत्याक्रमण, रक्षा-प्रतिरक्षा र आलोचना-आत्मालोचनाबीच गोरखाको पालुङटारमा आइतबार सुरु भएको माओवादीको छैटौँ विस्तारित बैठक अन्तमा सहमतिबीच समापन हुने संकेत देखिएको छ । फरक मत राख्ने दुवै उपाध्यक्षको समेत विचार समेटेर अध्यक्ष प्रचण्डले नयाँ प्रस्ताव पेस गरेका छन् । अध्यक्ष प्रचण्ड र उपाध्यक्षद्वय मोहन वैद्य किरण र डा. बाबुराम भट्टराईको प्रतिवेदनमाथिको छलफल सकिएपछि शुक्रबार अध्यक्ष प्रचण्डले राष्ट्रिय प्रतिरोध आन्दोलनको विकास गरेर अगाडि बढ्ने आशयसहितको नयाँ प्रस्ताव पेस गरेका छन् । उनले प्रतिरोध आन्दोलनको विस्तृत खाका तयार गर्न केन्द्रीय समितिलाई जिम्मा दिन आह्वान गरेका छन् ।
प्रचण्डले संविधानसभामार्फत जनताको पक्षमा संविधान बनाउनु जनयुद्धकै विजय हुने भन्दै तर यस्तो संविधान बनाउन देशी/विदेशी प्रतिक्रियावादीहरूले नदिएको जिकिर गरेका छन् । प्रचण्डले निरंकुश शासन चलाउन चाहने शक्तिहरूले संविधान बन्न नदिने गरी षड्यन्त्र गरेको भन्दै यस विषयमा जनतालाई सुसूचित पारेर भावी आन्दोलनका लागि आधार तयार पार्नुपर्ने प्रस्ताव पनि अगाडि सारेका छन् ।
भावी कार्यदिशा, विगतको मूल्यांकन र प्रधान अन्तरविरोधको सवालमा माओवादीभित्र देखिएको मतभेद अन्त्य गर्न डाकिएको बैठकमा तीनवटा प्रतिवेदनमाथि पाँच दिनसम्म गरमागरम बहस भएको थियो । शुक्रबार प्रचण्डले एकीकृत प्रतिवेदनका रूपमा संघर्षको नयाँ मोडलसहित नयाँ प्रतिवेदन पारित गर्न पेस गरेका हुन् । तर, उनको प्रतिवेदनमाथि चित्त नबुझे उपाध्यक्षद्वयले नयाँ प्रतिवेदन पारित हुनुपूर्व शनिबारको बैठकमा आफ्नो धारणा राख्न पाउनेछन् ।

कोइरालाको प्रस्ताव देउवाद्वारा अस्वीकार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१० मंसिर : कांग्रेस सभापति सुशील कोइरालाले रामचन्द्र पौडेललाई उपसभापति र कृष्णप्रसाद सिटौलालाई महामन्त्रीमा मनोनयन गर्न गरेको प्रस्ताव नेता शेरबहादुर देउवाले अस्वीकार गरेका छन् । यससँगै पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयन प्रक्रिया अन्योलमा परेको छ । सभापति कोइराला शुक्रबार बिहान उपसभापति र महामन्त्री मनोनीत गर्ने प्रस्ताव लिएर नेता देउवा निवास बुढानीलकण्ठ पुगेका थिए । राष्ट्रपति डा. रामवरण यादवसँगको भेट सकिएलगत्तै सीधै देउवा निवास पुगेका कोइरालाले विधानले दिएको समय सकिन लागेको भन्दै पदाधिकारी मनोनयनमा सहयोग गर्न देउवालाई आग्रह गरेको स्रोतले बतायो ।
सभापति कोइरालाको प्रस्तावलाई नेता देउवाले ठाडै अस्वीकार गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार करिब आधा घन्टा लामो भेटमा सभापति कोइरालाले पौडेललाई उपसभापति र सिटौलालाई महामन्त्रीमा मनोनीत गर्न आफूलाई तीब्र दबाब परेको उल्लेख गर्दै सहयोग गर्न आग्रह गरेका थिए । उपसभापतिमा पौडेलको नामप्रति नेता देउवा केही लचिलो भए पनि सिटौलाको नाम भने उनले अस्वीकार गरेका थिए । देउवाले सिटौलाको नामप्रति असहमति जनाएपछि कोइरालाले महामन्त्रीमा डा. रामशरण महतको नाम प्रस्ताव गरेका थिए । तर, देउवा डा. महतलाई महामन्त्री बनाउन पनि सहमत नभएको स्रोतले बतायो ।
सभापति कोइरालाकेा प्रस्तावप्रति असन्तुष्ट देउवाले सबैलाई समेटेर अघि बढ्न आग्रह गरेका थिए । सबैसँगको सहमतिमा पदाधिकारी मनोनीत गर्न आग्रह गर्दै नेता देउवाले घुमाउरो ढंगले पक्ष, विपक्ष र बहुमतको आधारमा अघि नबढ्न कोइरालालाई चेतावनी दिएको स्रोतले बतायो । पार्टीका सबै नेता तथा कार्यकर्ताको उचित मूल्यांकन गर्न आग्रह गर्दै देउवाले सबैसँगको छलफल गरेर पदाधिकारी र केन्द्रीय सदस्य मनोनीत गर्न आग्रह गरेका थिए ।

कृष्णनगरबाट भारत लगिदै गरेका ७ युवतीको उद्धार »

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कपिलवस्तु,धन कमाउने प्रलोभन देखाएर विदेश पठाउने बहानामा भारतको मुम्बई लैजाने क्रममा शान्ति पुनर्स्थापना गृह (पी.आर.सी.) कृष्णनगरले नेपाल भारत सीमावर्ती क्षेत्रबाट ६ युवतीको उद्धार गरेको छ ।
युथ ओभरसिज सिनामंगल काठमाडौंले नेपाली युवतीलाई कुवेत र साउदीमा राम्रो काम लगाइदिने प्रलोभन देखाई सस्तो भाडामा छिटोछरितो मुम्बईबाट उडान गर्ने भनी एक युवकले ६ जना युवतीलाई भारततिर लैजाँदै गर्दा मानव सेवा संस्थान भारतको सहयोगमा पुनर्स्थापना गृह कृष्णनगरले पक्राउ गरेको हो । युवतीहरुले मोटो रकम कमाउने प्रलोभन देखाएर आफूहरुलाई विदेशतिर जान लागेको बताएका छन् । त्यसैगरी भारतको दिल्लीतिर जाँदै गरेको अर्घाखांची ढाकाबाङ गाविसकी १८ वर्षीय अविवाहित युवती र दुई पुरुषलाई शान्ति पुनर्स्थापना गृह कृष्णनगरले नियन्त्रणमा लिएको छ ।

Nov 26, 2010

लिम्बूवानमा हजारौं कालो झण्डा गाड्न सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
धरान, मंसिर १० - मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले लिम्बुवान स्वायत्तता प्राप्तीका लागि निर्णायक आन्दोलन गनै भन्दै शुक्रबार अरुण पूर्वका नौ जिल्लामा १० औं हजार कालो झण्डा गाड्न सुरु गरेको छ । परिषदले नौ वटै जिल्लाहरूका ऐतिहासिक र सार्वजनिक स्थलहरूमा ती कालो झण्डा गाड्न सुरु गरेको जनाएको छ । परिषदका अध्यक्ष कुमार लिङ्देनले शान्ति, संविधान, संघीयताको लागि दलहरुलाई खबरदारी गर्दै कालोझण्डा गाडिएको बताए । 'आत्मनिर्णयको अधिकार र स्वशासनहितको स्वायत्तता तथा धर्मनिरपेक्षताविरुद्ध एकात्मक शासन शैली मनपराउने दलहरु षड्यन्त्र र चलखेलमा व्यस्त छन्,' उनले भने, 'त्यसैले चेतावनी र खवरदारीका लागि लिम्बुवानमा कालोझण्डा गाडेका हौं ।'
परिषदले मंसिर २ गते अरुण पूर्वका नौवटै जिल्ला र काठमाडौं प्रमुख जिल्ला अधिकारीमार्फत् ज्ञापन-पत्र सरकारलाई बुझाए पनि कुनै चासो नदेखाएकोले कालो झण्डा गाड्न सुरु गरिएको लिङ्देनले बताए । आत्मनिर्णय अधिकारसहितको लिम्बुवान स्वायत्तताको आन्दोलनलाई तिब्र बनाउन प्रचाररात्मक अभियानलाई परिषदले झापा, मोरङ, सुनसरी, धनकुटा, सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, इलाम र तेह्रथुमका गाँउ गाँउ सम्म पुर्‍याउने अध्यक्ष लिङ्देनले बताए ।

माओवादीको एउटै राजनीतिक प्रतिवेदन आउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गोरखा,एकीकृत नेकपा (माओवादी) स्थायी समितिको बैठकले एउटै राजनीतिक प्रतिवेदन तयार गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छैटौँ विस्तारित बैठकमा प्रस्तुत तीनवटै प्रस्तावमाथि आएका सुझावलाई समेटेर लिखित छुट्टै प्रतिवेदन आजै पेस गर्ने सहमति भएको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो । अब केहीबेरपछि सुरु हुने बैठकमा उपाध्यक्षद्वय मोहन वैद्य ‘किरण’ र डा बाबुराम भट्टराईले आ-आफ्नो प्रस्तावमाथि उठाइएको जिज्ञासाको स्पष्टीकरण दिएपछि अध्यक्ष प्रचण्डले छुट्टै प्रतिवेदन प्रस्तुत हुनेछ । स्थायी समितिको बैठकमा छलफलको मुख्य मुद्दा रहेको प्रधान दुश्मन कसलाई मान्ने भन्नेबारेमा छलफल भए पनि किटानी नभइसकेको बताउँदै प्रवक्ता शर्माले भन्नुभयो- ‘यो कुराको निक्र्योल सभाहलबाट पास भएपछि मात्र गरिनेछ ।’यसैगरी बैठकले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याई नयाँ संविधान लेखन कार्य पूरा गर्न सङ्घर्ष गर्ने निर्णय पनि गरेको छ । बैठकमा केही स्थायी समिति सदस्यले महाधिवेशनको मिति तोक्न माग गरे पनि त्यसबारे कुनै निर्णय नभएको उहाँले जानकारी दिनुभयो । प्रवक्ता शर्माका अनुसार विस्तारित बैठक भोलि बेलुकासम्म जारी हुनेछ ।

४५ उमाविलाई कारबाही गर्ने तयारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
उच्च माध्यमिक शिक्षापरिषद्ले नियमविपरीत साचालित उपत्यकाका ४५ वटा उमाविलाई कारबाही गर्ने तयारी गरेको छ। कारबाहीका लागि सिफारिस गरिएका उमाविहरुले परिषद्को स्वीकृतिविना नाम परिवर्तन ठाउँसारी र गैरकानुनी रुपमा विज्ञापन गरी विद्यार्थी भर्ना गरेको ठहर भएपछि कारबाही अघि बढाइएको हो। उमाशि परिषद्ले झन्डै छ महिनाअघि उपत्यकाभित्रका त्यस्ता उमाविमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा अनियमित कार्य गरेकाले तिनीहरुमाथि कारबाही गर्नुपर्ने जनाउँदै अनुगमन शाखाले उमाविहरुको सम्पूर्ण विवरणसहित योजना तथा अनुगमन महाशाखालाई सिफारिस गरेको थियो। तर राजनीतिक तथा आर्थिक दबाबका कारण परिषद्का उच्च पदाधिकारीहरुले फाइल थन्क्याएर राखिरहेको स्रोतले नेपाल समाचारपत्रलाई बतायो। अनुगमन शाखाले कारबाहीका लागि सिफारिस गरेका उमाविका फाइल उपाध्यक्ष सदस्यसचिव मन्त्रालयलगायत सबै निकायमा बुझाइएको थियो। महिनौं बितिसक्दा पनि कुनै कारबाही अघि बढाइएन -स्रोतले भन्यो। अनुगमन शाखाले गरेको सिफारिसमा सम्पूर्ण उमाविलाई सचेत गराउनुका साथै सम्बन्धन स्थगन वा खारेज गर्न स्पष्टीकरण माग गरी आगामी वर्ष २०६८/६९ देखि कक्षा ११ मा विद्यार्थी भर्नामा रोक लगाउनुपर्ने उल्लेख गरिएको छ।

पौडेल उपसभापति र सिटौला महामन्त्री मनोनयन गर्ने तयारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
८ मंसिर,विवादका बीच कांग्रेस सभापति सुशील कोइरालाले पार्टी उपसभापतिमा रामचन्द्र पौडेल र महामन्त्रीमा कृष्णप्रसाद सिटौलालाई मनोनयन गर्ने तयारी गरेका छन् । पार्टीमा 'एक व्यक्ति एक पद' कायम गर्ने आफ्नै प्रतिबद्धताविपरीत उनले संसदीय दलका नेता पौडेललाई उपसभापति बनाउन आँटेका हुन् । सभापतिलाई पदाधिकारी मनोनयनका लागि पार्टी विधानले दिएको समयसीमा सकिनै लागेको छ । सीमित पदका लागि असीमित नेता आकांक्षी बनेपछि सुशील अप्ठ्यारोमा पर्दै आएका छन् । आफ्नै गुट र देउवा पक्षका नेताहरूको तीव्र असन्तुष्टिका बीच बुधबार उनले पौडेल र सिटौलालाई क्रमशः उपसभापति र महामन्त्रीमा मनोनीत गर्ने निधो गरेको निकट स्रोतले जनाएको छ ।
११ मंसिरभित्र पार्टीका पदाधिकारीका साथै केन्द्रीय सदस्य र विभागहरू गठन गरिसक्नुपर्ने विधानमा व्यवस्था भए पनि सभापति कोइराला सहमहामन्त्री र प्रवक्ता भने अर्को चरणमा मनोनीत गर्ने मनस्थितिमा रहेको बुझिएको छ । बुधबार साँझ सभापति कोइरालाको निवास महाराजगञ्जमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलासहितका नेताहरूको गोप्य बैठक भएको थियो । साँझ पाँच बजेपछि भएको बैठकले केन्द्रीय सदस्यमा मनोनीत गर्न केही नामसमेत तय गरेको स्रोतले बतायो ।

सय वर्षमा १.६ प्रतिशत विद्युत् उत्पादन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
९ मंसिर,विद्युत् उत्पादन सुरु भएको सय वर्षको अवधिमा कुल सम्भाव्य उत्पादन क्षमताको करिब १.६ प्रतिशत मात्रै विद्युत उत्पादन भएको छ । नेपालमा पहिलोपटक काठमाडौंको फर्पिङबाट वि.सं. १९६८ जेठ ९ मा विद्युत् उत्पादन भएको थियो । नेपालमा ८३ हजार मेगावाट जलविद्युत् उत्पादन क्षमता भए पनि आर्थिक र प्राविधिक दृष्टिले ४२ हजार मेगावाट मात्रै उत्पादन गर्न सकिने विज्ञले बताउँदै आएका छन् । सय वर्षमा ६ सय ३८ मेगावाट जलविद्युत् उत्पादन भएको छ । उत्पादित विद्युत् सरकारी तर्फबाट ४ सय ७७ मेगावाट र निजी क्षेत्रबाट १ सय ६१ मेगावाट मात्रै उत्पादन भएको छ । पर्याप्त लगानी अभावमा विद्युत् उत्पादनको क्षमताले आन्तरिक खपतको माग पूर्ति गर्न सकिएको छैन । पर्याप्त विद्युत् उत्पादन हुन नसक्दा उपभोक्ता दैनिक १८ घन्टासम्म लोडसेडिङ भोग्न बाध्य हुँदै आएका छन् ।

Nov 24, 2010

टेनिस सोसाइटीले चालू बर्षको दोश्रो लीग सफलताको साथ सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम
१४ नोवेम्बर २०१० आइतबारका दिन उक्त टेनिस सोसाइटीले चालू बर्षको दोश्रो लीग सफलताको साथ सम्पन्न गरेको छ/ डिविजन ए र बी क्याटोगरीमा खेलैएको उक्त प्रतियोगितामको फाइनल खेल साम शुई पो स्थित तुंग चाऊ पार्क टेनिस कोर्टमा सम्पन्न भएको थियो / मीन्स डिविजन ए का फाइनलमा बिकाश गुरुंगले मगेन्द्र राई लाई ६-४, ६-३ तथा डिविजन बी को फाइनलमा संतोष राईले गुमन सिंह गुरुंगलाई ६-३. ६-३ का अन्तरले पराजित गरेका थिए भने मीन्स डबल्सको फाइनलमा इन्द्र हंग राई र बिजय राईको जोडिले अर्जुन गुरुंग र खिम पुर्जा का जोडीलाई हराएका थिए/ बिजेता तथा उपबिजेता खेलाडीहरुलाई सोसाइटीका संरक्षक श्री वाई बी राईले ट्रफि, मेडल तथा पुरस्कार बितरण गर्नु हुदै आफ्नो मनतब्यमा छोराछोरी हरुलाई डाक्टर,इंजिनियर,प्रसासक बनाउनु भन्दा एक सफल खेलाडी बनाउन उत्तम हुने बिचार ब्यक्त गर्नु हुदै खेलाडिहरू रास्ट्रका अमूल्य निधि तथा असल सदभाबनादूत हुन/कठिन मेहनत र निरंतरता दिएमा सोसाइटीले सुदूर भविस्यमा सो आवस्यकता पूरा गर्न सकिने विस्वास ब्यक्त गर्नु भयो/उहाले सोसाइटीको कार्यको प्रसंसा गर्दै उक्त सोसाइटी नेपाली टेनिस जगतमा कोसे ढुंगा साबित हुने तथा आम नेपाली समुदायको पहिचान र गरिमा बढाउने कुरामा दुई मत नहुने बताउ दै सोसाइटीलाई निरंतर आर्थिक,भौतिक तथा प्राबिधिक सहयोग गर्ने बचनबध्धता जाहेर गर्नु भयो/ स्मरण रहोस संरक्षक श्री वाई बी राई बक्सिंग साथै टेनिस र गल्फ का सिद्दहस्त खेलाडी हुनुन्छ /
कार्यक्रमको अन्तमा सोसाइटीका अध्यक्ष मगेन्द्र राईले बिजयीहरूलाई बधाई तथा सहभागी खेलाडीहरुलाई धन्यवाद दिदै आगामी फेब्रुरी २०११ मा बार्षिक चैम्पियनसिप सम्पन्न हुने घोषणा गर्नु भयो/आकर्षक नगद पुरस्कारको प्रबंध गरिने उक्त प्रतियोगिताका निम्ति तयार रहन अब्हान गर्दै निकट भबिस्यमा पत्रकार सम्मलेन मार्फत विस्तृत जानकारी गराउने बताउनु भयो/कार्यक्रम सोसाइटीका उपाध्यक्ष मधु राईले सञ्चालन गर्नुभएको थियो/स्मरण रहोस सोसाइटीले गत अप्रैल महिनामा प्रथम लीग सम्पन्न गरेको थियो/

मनाङमा बाक्लो हिमपात

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पोखरा, मंसिर ८ - हिमालपारिको जिल्ला मनाङमा बाक्लो हिमपात भएको छ। हिउँ परेपछि माथिल्लो मनाङ क्षेत्रमा हवात्तै चिसो बढेको स्थानीयबासिले बताएका छन्। कतिपय ठाउँमा हिउँ समेत जमेको छ। सदरमुकाम चामेस्थित स्थानीय पत्रकार बिपि लामाकाअनुसार करिब ३ हजार २ सय मिटर माथिका नारः फू, मनाङ, भ्राका, टंकीमनाङ, पिशाङ, खाङसार लगायतका गाविसका अधिकांश क्षेत्रमा हिजो दिनभर हिँउ परेको थियो। एक फिट उचाईसम्म हिउँ परेको लामाले बताए। हिउँ परेपछि माथिल्लो मनाङ क्षेत्रका बासिन्दाको जिवन कष्टकर भएको उनले बताए। चिसो बढेपछि विद्यार्थीहरु विद्यालय जान सकेका छैनन् भने अन्नपुर्ण पदमार्गमा निस्केका पर्यटकहरु प्रभावित भएका छन्। सदरमुकाम चामे क्षेत्रमा भने हिजो हल्का वर्षा भएको थियो।
हिउँ परेपछि पर्यटकहरु समस्यामा परेको मनाङस्थित अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना (एक्यापं) का संरक्षण अधिकृत सन्तोष शेरचनले बताए। यसअघि कात्तिक दोश्रो साता पनि मनाङका यी क्षेत्रमा हिउँ परेको थियो।

भागदौडमा ४ सयको मृत्यु / क्याम्बोडियामा राष्ट्रिय शोक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नोमपेन्ह,क्याम्बोडियाको नोमपेन्हमा सोमबार राति एक ठूलो पानी महोत्सवमा मनोराजनका लागि भेला भएको विशाल भीडमा भागदौड मच्चिँदा कुल्चिएर करिब ४ सय जनाको मृत्यु भएको छ। ठूलो संख्यामा मेला भर्न आएका व्यक्तिहरुबीच भएको भागदौडमा मृत्यु हुनेहरुको संख्या मंगलबारसम्म ३ सय ७५ पुगेको बताइएको थियो। वार्षिक रुपमा मनाइने तीन दिनको उक्त महोत्सवको अन्तिम दिन भेला भएका लाखौं सहभागी एउटा साँघुरो पुलमा खचाखच भरिन थालेपछि भएको उक्त दुर्घटनामा सयौं जना घाइते भएको अधिकारीले बताए।
प्रधानमन्त्री हुन सेनले यो विनाशकारी दुर्घटनालाई सन् १९७५-१९७९ अवधिको खमेररुज शासनकालमा एक तिहाइ क्याम्बोडियाली जनता मारिएको आतंकसँग तुलना गर्नुभएको छ।पानी महोत्सवमा लाखौंको सहभागिता रहेको र निकै साँघुरो पुलमा ठूलो संख्यामा मानिस जाने क्रममा पुल भाँचिन लागेको हल्ला चलेपछि भएको भागदौडमा उनीहरुको ज्यान गएको थियो। प्रधानमन्त्री हुन सेनले सो घटना दुःखदायी भएको उल्लेख गर्दै भन्नुभयो- पोलपोटको शासनकालपछिको यो सबैभन्दा ठूलो दुःखद घटना हो।
उहाँले बिहीबार क्याम्बोडियाले राष्ट्रिय शोकको दिनका रुपमा मनाउने घोषणा गर्नुभयो। उक्त दुर्घटनामा ४ सय १० नागरिक घाइते भएका त्यहाँका सरकारी प्रवक्ता कान्हारिथले जानकारी गराउनुभएको छ। धेरैजसोको मृत्यु निस्सासिएर र भित्री चोटका कारण भएको उहाँले बताउनुभयो। मृत्यु हुनेमध्ये दुई तिहाइ महिला रहेको जानकारी उनले दिए। सयौं नातेदार हराएका आफन्तको खोजी र पहिचानका लागि शहरको क्याल्मटे हस्पिटलमा जम्मा भएका छन्।

नेत्रित्वलाई एकतावद्व हुन माओवादी कार्यकर्ताहरुको दवाव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकिक्रित माओवादीको विस्तारित वैठकमा जारी सामुहिक छलफलमा अधिकांश सहभागिले पार्टी नेत्रित्वलाई एकतावद्व हुन दवाव दिएका छन् । तिनओटै नेताले प्रस्तुत गरेका प्रतिवेदन माथि आजबाट सुरु सामुहिक छलफलमा उनिहरुले सबै प्रतिवेदनलाई मिलाएर एउटै बनाउन माग समेत गरेका छन् । अपराहान्न सभामा आ-आफ्ना धारणा राख्ने अधिकांश सहभागिले पार्टी एकतामा जोड दिएको प्रवक्ता दिनानाथ शर्माले जानकारी दिएकाछन् । यसैगरी छलफलका क्रममा सहभागीहरुले प्रधानमन्त्री निर्वाचनका बएला उठेका संसद खरिद बिक्री र टेप प्रकरणबारे प्रश्न उठाएकाछन् यि विषयकाबारे नेत्रित्वले स्पष्ट पार्नुपर्ने समेत कार्यकर्ताहरुले माग उठाएकाछन् । तिनओटै दस्ताबेजमा राज्य समुह अन्तर्गतका ३० ओटा समुहको छलफल पछि आउने विकारलाई एकिक्रित गरि अध्यक्ष दहालले साँझ साझा धारणा बनाउने र त्यसमा सहमत हुन नसके फरक मत राख्न पाईने माओवादीले निर्णय गरेको छ ।

माओवादी बैठकमा ६ राज्य समितिको बोल्ने पालो सकियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पालुङटार, मङ्सिर ८- माओवादी विस्तारित बैठकमा अहिलेसम्म ६ राज्य समितिका प्रतिनिधिले धारणा राखेका छन्। यसरी धारणा राख्‍ने समितिमा भेरी-कर्णाली, सेती-महाकाली, मगरात, नेवा, ताम्सालिङ र तमुवान छन्। अहिले केहीबेरका लागि भने 'चिया ब्रेक' भएको छ। यसरी बोल्ने प्राय: ले पार्टी एक भएर जानुपर्ने सुझाव दिएका छन्। त्यसैगरी उनीहरुले शान्ति र संविधानलाई प्राथमिकता दिन पनि नेतृत्वसँग आग्रह गरेका छन्। राज्य समितिका प्रतिनिधिहरु ३० समूहमा विभाजित भएर नेताहरुले पेश गरेका तीन वटा प्रतिवेदनमाथि छलफल गरिरहेका छन्।

Nov 23, 2010

पौडेलको उमेदवारीका विषयमा मत विभाजन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कानूनविद् र संसदका अधिकांश राजनीतिक दलका नेताहरुले संसदको अधिवेशन अन्त्य भए पनि प्रधानमन्त्रीका एकमात्र प्रत्यासी रामचन्द्र पौडेलको उमेदवारी सम्बन्धी प्रस्ताव जीवितै रहेको बताईरहँदा नेकपा एमालेका प्रमुख सचेतकले भने अधिवेशनको अन्त्यसँगै पौडेलको उमेदवारी पनि खारेज भएको दावी गर्नुभएको छ ।
उमेदवारीको विषयमा मतभेद देखिएपनि गत मंसिर ३ गते संसदमा माओवादीले गरेको आक्रमणमा छानविन र कारवाहीको विषयमा भने सबै राजनीतिक दलहरु एक देखिएका छन् । साक्षात्कार कार्यक्रममा उर्जामन्त्री डा प्रकाशसरण महतले पक्ष वा विपक्षमा बहुमत नजुटदासम्म प्रधानमन्त्रीको निर्वाचन जारी रहने भन्दै उमेदवारी अहिलेसम्म पनि जीवीत रहेको दावी गर्नुभयो । उहाँले जोड दिदै भन्नुभयो-रामचन्द्र पौडेलको उमेदवारी कायम छ । त्यसलाई कसैले पनि खारेज गर्न सक्दैन ।
उहाँले संसदमा प्रदर्शन भएको माओवादी उदण्डताको विषयमा कारवाही गर्ने जिम्मेवारी सभामुखको भएको भन्दै कारवाही नभए त्यो संसद नियमावलीको ठाडो उल्लघन हुने दावी गर्नुभयो । घटना भएकै बेला सभामुखले रुलिङ गर्नु पर्नेमा त्यसो हुन नसकेकोमा आपत्ति प्रकट गर्दै उहाँले आफूहरुले सभामुखसमक्ष लिखित रुपमै कारवाहीको रुपमा आग्रह गरिसकेको जानकारी दिनुभयो । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक भिम आचार्यले भने अधिवेशनको अन्त्य सँगै रामचन्द्र पौडेलको उमेदवारी पनि अन्त्य भएको दावी गर्नुभयो ।
कोशी बाढीको विषयमा आफूले राखेको प्रस्तावमाथि कारवाही नहुँदै अधिवेशन अन्त्य हुँदा प्रस्ताव पनि अन्त्य भएको नजिर दिदै सबै खाले प्रस्ताव एकै भएको दावी गर्नुभयो । उहाँले भन्नुभयो-संसदमा प्रस्तुत हुने सबै प्रस्तावको हैसियत एउटै हुन्छन् । संसदमा नजिर पनि कानून सरह हुन्छ । त्यसैले प्रचलनको आधारमा पनि रामचन्द्र पौडेलको उमेदवारी खारेज हुन्छ । २०४८ सालदेखिनै संसदमा प्रस्तावहरु एक अधिवेशनबाट अर्को अधिवेशनमा लगेको नजिर छैन ।

राष्ट्रसंघीय टोलीद्वारा शान्ति प्रक्रिया र सेना समायोजनबारे चासो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पालुङटार, गारेखा, मंसिर ७ - संयुक्त राष्ट्रसंघका उच्च कार्यटोलीले शान्ति प्रक्रिया र सेना समायोजनको प्रगति बारे माओवादी नेतृत्वसंग चासो राखेका छन् । माओवादी नेतृत्वलाई भेट्न पालुङटार पुगेको सशस्त्र द्वन्द्व र बालबालिकासम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्यटोलीका प्रमुख मेक्सिकोका क्लाउड हेलरको नेतृत्वको टोलीले उक्त चासो राखेको हो ।
टोलीलले शीविरबाट बर्हिगमन भइसकेका कम उमेरका लडाकुको राम्रो अवस्था नरहेको र उनीहरु फेरि सैन्य गतिविधिमा लागेको प्रति पनि माओवादी नेतृत्व समक्ष चिन्ता व्यक्त गरेका छन् । टोली प्रमुख क्लाउडले गतवर्ष शिविरबाट वहिर्गमन भएका कम उमेरका लडाकुको अवस्थाबारे छलफल भएको बताए । कम उमेरका लडाकुलाई नेपालस्थित राष्ट्रसंघीय नियोगहरुको एउटा संयन्त्रले नियमित अनुगमन गरिरहेको छ । अनुगमन टोलीले बर्हिगमन भएका कम उमेरका लडाकुको अवस्था ठीक नरहेको प्रतिवेदन पेस गरेको छ । क्लाउडले उनीहरुको भविष्यबारे माओवादी नेतृत्वसंग छलफल भएको जनाए । उनले प्रमुख राजनीतिक दलहरु शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरे ।
पालुङटारको ठाँटी पोखरीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल बसेको निवासमा दुई पक्षबीच भेटवार्ता भएको थियो । प्रत्युत्तरमा माओवादी अध्यक्ष दाहालले शान्ति प्रक्रियाप्रति आफूहरु पूर्ण प्रतिवद्ध रहेको जनाएका थिए । बैठकमा सहभागी माओवादी विदेश विभाग प्रमुख कृष्णबहादुर महराका अनुसार दाहालले शान्ति प्रक्रियाप्रति पार्टी पूर्ण प्रतिवद्ध रहेको भन्दै बाहिर आएको हल्लाहरु अनर्गल रहेको बताए । विस्तारित बैठकपछि शान्ति प्रक्रिया,सेना समायोजन लगायतका विषयमा प्याकेजमै निष्कर्ष निकालिने र त्यही अनुसार अन्य दलहरुसंग छलफल गरिने दाहालले राष्ट्रसंघीय टोलीलाई बताए । शिविरबाट एकतर्फी रुपमा बर्हिगमन गरिएकाले कम उमेरका लडाकुको व्यवस्थापनमा कठिनाई भएको सही भएको बताउँदै दाहालले उनीहरु सैन्य गतिविधिमा लागेको कुरा अस्विकार गरे ।

मध्यमर्स्याङ्दी जलविद्युत परियोजना पूर्णरुपमा बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मध्यमर्स्याङ्दी जलविद्युत परियोजनाको विद्युत उत्पादन मंगलबारदेखि पूर्णरुपमा बन्द भएको छ । मध्यमर्स्याङ्दी जलविद्युत परियोजना बन्द भए लगत्तै देशमा लोडसेडिङ समेत बढेको छ । ७० मेगावाट क्षमताको परियोजनामा जडित दुई वटा टर्वाइनमध्ये युनिट 'बी' आजदेखि बन्द भएको हो । ३५ मेगावाट क्षमताको युनिट 'ए' भने एकसाता अघिदेखि नै बन्द छ । युनिट ‘ए’ एकसातापछि र युनिट ‘बी’ दुई सातापछि मात्र सन्चालनमा आउने परियोजनाले जनाएको छ ।

पालुङटार बैठकमा समूहगत छलफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पालुङटारमा माओवादी बिस्तारित बैठक स्थगित भई समूहगत छलफल सुरु भएको छ । छलफलका लागि ३० वटा समूह बनाई राज्य समितिस्तरका सदस्यहरुलाई आ-आफ्नो धारणा प्रस्तुत गर्न अनुमति दिइएको छ । केहीबेरअघि सम्पन्न स्थायी समितिको बैठकले यस्तो समूह विभाजन गरी आवश्यक छलफलपछि प्राप्त सुझावलाई तीनवटै प्रस्तावका एक/एकजना प्रतिनिधि र छुट्टै सुझाव भएमा थप एकजना प्रतिनिधिलाई आ-आफ्नो धारणा राख्न दिने कार्यसूची तय गरेको थियो । बुधबार बिहानदेखि पुनः सुरु हुने विस्तारित बैठकमा सुझाव प्रस्तुत हुनेछन् ।

विकास बजेटको ४० प्रतिशत रकम खर्च हुन नसक्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मंसिर ७ - राजनीतिक गतिरोधले बजेट चार महिना ढिलो आएका कारण यस वर्ष छुट्टयाएको विकास बजेटको ठूलो अंश खर्च हुन नसक्ने सरकारी अधिकारीहरूले बताएका छन् । कार्यक्रमको स्वीकृति र ठेक्का छनोट प्रक्रियामा कम्तीमा चार महिना र परामर्शदाता चयनमा ५ महिना लाग्ने भएकाले आर्थिक वर्षको बाँकी तीन/ चार महिनामा विकास बजेटको ४० प्रतिशतभन्दा बढी रकम खर्च हुन नसक्ने ती अधिकारीले उल्लेख गरे ।
विकासे मन्त्रालयसित सम्बद्ध ती अधिकारीका अनुसार राजनीतिक गतिरोधको नकारात्मक प्रतिफलस्वरूप यस वर्ष विकासतर्फ छुट्टयाएको १ खर्ब २९ अर्ब ५३ करोडमध्ये ७० अर्ब रुपैयाँभन्दा बढी खर्च हुन सक्दैन । आर्थिक वर्षको अन्त्यसम्म राजनीतिक गतिरोध जारी रहिरह्यो भने विकास बजेट त्योभन्दा अझ कम खर्च हुने र त्यसको प्रत्यक्ष नकारात्मक असर मुलुकको विकास निर्माण तथा आर्थिक गतिविधिमा पर्नेछ ।
अघिल्ला वर्षहरूमा असार मसान्तमा बजेट प्रस्तुत भई कार्यक्रम स्वीकृति र ठेक्का प्रक्रिया असोज/ कात्तिकभित्रै सम्पन्न गरिसकिने भएकाले विकास बजेट ९० प्रतिशतसम्म खर्च हुन्थ्यो । यसपटक चार महिना ढिलो बजेट आएका कारण विकास खर्च मुस्किलले बढीमा ६० प्रतिशतसम्म मात्र खर्च हुन सक्ने अनुमान सरकारी अधिकारीको छ ।

Nov 22, 2010

तीनदलीय रजाइँका विरुद्ध सातदलीय गठबन्धन तयारी गर्दै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डीबी आङ्बुङ्
मंसिर ५, २०६७/संविधान सभामा रहेका तीन दलीय रजाइँ र अराजकताका विरुद्ध साना-उदाउँदा दलहरुले सात दलीय गठबन्धनको तयारी गर्दै मंसिर ५ गते आइतबार सात दलका प्रतिनिधि नेता तथा सभासदहरुले राष्ट्रपति डा. रामवरण यादवलाई राष्ट्रपति निवासमा भेटी सात दलीय गठबन्धनको धारणा र औचित्य बारे जानकारी गराएका छन् । संविधान सभामा रहेका दलहरु संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाः राष्ट्रिय पार्टी, नेकपा एकीकृत, सदभावना पार्टी [आनन्दीदेवी], नेकपा माले [समाजवादी[ र नेपाली जनता दल सम्मिलित गठबन्धनले शान्ति प्रक्रिया संविधान निर्माण संघीयता र गणतन्त्रका निम्ति सदनमा सशक्त भूमिका खेल्ने बताइएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कार्यवाहक महासचिव खगेन्द्र माखिम, राष्ट्रिय जनमुक्ति पार्टीका सचिवालय सदस्य खिलधोज थापा, नेकपा एकीकृतका ऋषि कट्टेल र सभासद परि थापा, सदभावना पार्टी [आनन्दीदेवी]का सभासद सरिता गिरी, नेकपा माले [समाजवादी]का तिलकबहादुर थापा मगर र सभासद विष्णुराज अर्याल, नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष डा. केशवमान शाक्य र सभासद बुद्ध सायमी र नेपाली जनता दलका सभासद गायत्री शाहले आइतवार साँझ राष्ट्रपति यादवलाई राष्ट्रपति निवासमा भेटी हालको शान्ति प्रक्रिया, संविधान निर्माण र बजेट बारे गठबन्धनको धारणा र चासो राखेका हुन् । उक्त भेटमा राष्ट्रपति डा. रामवरण यादवले मुलुकको समसामयिक राजनीतिक स्थितिबारे चिन्ता व्यक्त गर्दै हालै संसदमा भएको बजेट पेश गराइको प्प्रक्रियामा संविधान संशोधन गरेरै बजेट ल्याएको बारे आफू पनि पूर्ण सहमत नरहेको बताएका थिए । साथै, सरकारले एकतर्फी बलजफ्ती रुपमा बजेट ल्याएकोमा राष्ट्रपति यादवले केही असन्तुष्टीसमेत जनाए । यसैगरी, बजेट पेश गर्न नपाएपछि एकतर्फी रुपलेसरकारले गरेको सदन स्थगनप्रति पनि राष्ट्रपतिले आफू सहमत नभएको धारणा व्यक्त गरेको कुरा भेटमा सम्मिलित संघीय मञ्चका महासचिव खगेन्द्र माखिमले जानकारी दिए । यो सातदलीय गठबन्धनले अब केही दिनमै आफ्नो गठबन्धनको औपचारिक घोषणा तथा सार्वजनिकीकरण गर्ने कार्यक्रमसमेत रहेको छ ।

सम्बोधन नभए निर्णायक आन्दोलन गर्ने लिम्बुवान परिषदले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डीबी आङ्बुङ्

मङ्सिर २ २०६७/संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले मंसिर २ गते नौ जिल्ला लिम्बुवान र काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुमार्फत् प्रधानमन्त्री र सभामुखलाई लिम्बुवानको मागहरु तत्काल सम्बोधन गर्न अल्टिमेटमसहितको ज्ञापन-पत्र बुझाएको छ । गत असोजमा लिम्बुवानको विजयपुर धरानमा सम्पन्न परिषदको तेस्रो विस्तारित बैठकले गरेको निर्णय र कार्यदिशा अनुसार आफ्ना मागहरु पूरा गराउन र पूरा नभए निर्णायक आन्दोलन गर्न आन्दोलनका कार्यक्रमसहित सो ज्ञापन-पत्र बुझाइएको हो । मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदकमा केन्द्रीय अध्यक्ष कुमार लिङ्देन 'मिराक' र सम्बद्ध जिल्ला कार्य समिति तथा उपत्यका सम्पर्क कार्य समितिका अध्यक्षहरुद्वारा हस्ताक्षरित सो ज्ञापन-पत्रमा भनिएको छ-"संविधानसभामा प्रतिनिधित्व गर्ने पन्ध्रौँ दल सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले न्यायपूर्ण मागहरुसहितको ज्ञापन-पत्र दिई विभिन्न चरणमा आन्दोलनहरु गर्दा पनि हाम्रो मागहरुप्रति कुनै सुनुवाई भएको छैन ।

हाम्रा मागहरु:

१. सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्मनिरपेक्ष नेपालको संविधानमा अरुणपूर्वका झापा, मोरङ, सुनसरी, इलाम, पान्थर, ताप्लिजोङ, तेह्रथुम, धनकुटा र सङ्खुवासभा गरी ९ जिल्लाहरुलाई जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकार, अन्तर्राष्ट्रिय श्रम सङ्गठन [ILO] महासन्धि १६९ र आदिवासी जनजातिहका अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय घौषणा-पत्र [UNDRIP] कार्यान्वयनसहितको विशिष्ट लिम्बुवान स्वायत्त राज्य लिपिबद्ध गरियोस् ।२. राज्य र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च एवम् मञ्च सम्बद्ध सङ्घीय लिम्बुवान राज्य परिषदबीच २०६४ फागुन १८ गते सम्पन्न ५ बुँदे सहमति अक्षरशः लागू गरियोस् ।३. लिम्बुवानको जल, जमिन, जङ्गलउपर काठमाडौँ केन्द्रित एकात्मक राज्यले गरिरहेको ब्रम्हलुट तत्काल अन्त्य गरी र लिम्बुवानमा आइएलओ महासन्धि १६९ एवम् UNDRIP लागू गरियोस् ।४. लिम्बुवान क्षेत्रका प्राकृतिक सम्पदा उपभोग सम्बन्धीको कुनै पनि सन्धि सम्झौता गर्ने कार्य लिम्बुवान स्वायत्त राज्य स्थापना नभइाजेल बन्द गरियोस् । कोशी उच्च बाँध निर्माण तुरुन्त रोकियोस् ।५. लिम्बुवानको हरेक क्षेत्र/निकायमा जातीय समानुपातिक प्रतिनिधित्व पद्धति लागू गरियोस् ।६. लिम्बुवान विश्वविद्यालय तुरुन्त स्थापना गरियोस् । लिम्बुवानका मातृभाषाहरुको उच्च शिक्षासम्म पठनपाठनको व्यवस्था गरियोस् । लिम्बुवानका शैक्षिक संस्थाहरुमा आदिवासी दलित महिलाहरुका लागि समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरियोस् । लिम्बुवानमा सर्वसुलभ प्राविधिक विद्यालयहरु स्थापना गरी लिम्बुवानी युवाहरुलाई प्राविधिक शिक्षा प्रदान गरियोस् ।७. लिम्बुवानबाट उठाइएको कर/राजश्व लिम्बुवान क्षेत्रमा नै खर्च गरियोस् ।८. लिम्बुवान क्षेत्रमा रहेको सिमानाहरुमा भइरहेको वैदेशिक हस्तक्षेप तत्काल रोक्न कडा कदम चालियोस् ।९. मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको तर्फबाट संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले समानुपातिकमा सिफारिस गरेका सभासद राजकुमार लिम्बूले अर्कै पार्टी खोलेपछि निजलाई सभासदबाट बर्खास्त गरियोस् भनी २०६६ जेठ १९ गते संविधान सभाध्यक्षलाई निवेदन चढाएका हौँ तर निवेदन चढाएको १५ महिना बितिसक्दा पनि हुन्छ वा हुँदैन भन्न कुनै निर्णय दिएका छैनन् । निज धोकेवाज सभासदलाई तुरुन्त कार्वाही गरी सभासद पदबाट बर्खास्त गरियोस् । १०. संविधानमा उल्लेख भएको सङ्घीयता र त्यसअनुसारको लिम्बुवान त्यसपछि मात्र निर्वाचन हाम्रो धारणा प्रष्ट र संवैधानिक छ । त्यसैले हाललाई मतदाता नामावली सङ्कलन कार्य र अन्य एकात्मक कार्यक्रमहरु तुरुन्त स्थगित गरियोस् ।हाम्रा यी मागहरुप्रति कुनै सुनुवाई नभएकाले हामीले आन्दोलनका निम्न कार्यक्रमहरु घोषणा गर्न वाध्य भएका छौँ । यो ज्ञापन-पत्र बुझाएको ७ दिनभित्र निम्न मागहरु पूरा गर्न अल्टिमेटम दिन्छौँ , अन्यथा, आन्दोलन निम्नानुसारको आन्दोलनहरु अघि बढ्नेछ । आन्दोलनहरु :१. मङ्सिर १० गते लिम्बुवानमा हरेक किसिमको एकात्मकता र षडयन्त्रकोविरुद्ध १ हजारवटा कालो झण्डाहरु गाडिनेछ ।२. लिम्बुवानको माग पूरा नभएसम्म प्रत्येक महिनाको १५ गते लिम्बुवानमा आमहड्ताल गरिनेछ ।३. मङ्सिर २९ र फागुन २९ मा भोक हड्ताल गरिनेछ ।४. मञ्च र परिषदको १ हजारवटा झण्डा गाडिनेछ ।५. विराटनगरमा विशाल लिम्बुवानी आमसभा गरिनेछ । ६. लिम्बुवान गोलमेच सम्मेलनहरु गरिनेछ । ७. लिम्बुवान लेक्चर सेरिज चलाइनेछ ।८. लिम्बुवान स्थापना हुनुअघि सन्धि/सम्झौता गर्ने कार्य बन्द गरिनेछ । ९. २०६८ जेठ १४ गते पनि लिम्बुवानसहितको संविधान नबने सबै पक्षलाई समेटेर लिम्बुवानको अन्तरिम राज्य सरकार गठन गरिनेछ ।"

अराजक सभासदमाथि कारबाही गर्न माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं

राजनीतिक दलसँग आबद्ध युवा र विद्यार्थी सङ्गठनले शुक्रबार व्यवस्थापिका संसदभित्र अराजक क्रियाकलापमा संलग्न सभासद्लाई कारबाही गर्न माग गर्दै सभामुख सुवास नेम्बाङलाई आइतबार ज्ञापनपत्र बुझाएका छन् ।युवा तथा विद्यार्थी सङ्गठनहरूले आज माइतीघर मण्डलबाट विरोधर्‍याली गर्नाका साथै सभामुखलाई ज्ञापनपत्र बुझाएका छन् । युवा सङ्घ नेपालका अध्यक्ष महेश बस्नेतले दलहरूबीच पूर्वसहमतिअनुसार बजेट प्रस्तुत गर्नलाग्दा ‘अराजक’ क्रियाकलापमा संलग्न हुने सभासद्लाई कारबाही गर्न सभामुखसमक्ष आग्रह गरिएको जानकारी दिनुभयो ।ज्ञापनपत्र बुझ्दै सभामुख नेम्बाङले संसदभित्र अराजक गतिविधिमा संलग्न सभासद्लाई प्रक्रिया पुर्‍याएर कारबाही गरिने बताउनुभयो ।युवा सङ्घ नेपालका अध्यक्ष बस्नेतको संयोजकत्वमा २० जनाको समूहले सभामुख नेम्बाङलाई ज्ञापनपत्र बुझाएको थियो ।

दाहालद्वारा वैद्य र भट्टराईलाई समेट्ने प्रयास

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं

पालुङटार, गोरखा-, मंसिर ६ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले फरक विचार अघि सारेका उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराईलाई समेट्न खोजेका छन् । उनले आइतबार पालुङटारमा विस्तारित बैठक उद्घाटन गर्दै फरक विचारलाई सम्बोधन गर्ने प्रयास गरेका हुन् । करिब ६ हजार कार्यकर्ताले खचाखच हलमा दाहालले वैद्यको जनविद्रोह र भट्टराईको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सम्बोधन गर्ने प्रयास गरेका थिए ।
उद्घाटन भाषणका क्रममा दाहालले पटक-पटक एकताको कुरा दोहोर्‍याउँदै नयाँ धरातलमा नयाँ एकता हुने दाबी गरे । 'संस्थागत एकताबाट हुने आन्दोलन निणर्ायक हुन सक्छ,' उनले भने, 'त्यसकारण एकताको कुनै विकल्प छैन ।'
उनले एकातिर युद्ध र जनआन्दोलनका उपलब्धिको रक्षा गर्नुपर्ने तथा अर्कातिर उपलब्धिमा टेकेर बाँकी क्रान्ति पूरा गर्नुपर्ने बताए । 'संविधानसभा भंग गराउने षड्यन्त्र हुँदैछ,' उनले भने, 'हालसम्म प्राप्त उपलब्धिमा टेकेर क्रान्तिको यान्त्रिक नक्कल गरेर होइन, विकास गरेर जानुपर्छ ।'
आफ्नो करिब ४० मिनेट लामो मन्तव्यमा नेताहरूबीच देखिएको आन्तरिक संघर्ष रूपान्तरण हुने उनले दाबी गरे । उनले पार्टीको एकता कहिल्यै कमजोर हुन नदिने प्रतिज्ञासमेत गरे । 'पार्टीको एकता कमजोर बनाउने सपना चकनाचुर हुनेछन्,' उनले भने, 'हामीले नयाँ आधारमा नयाँ एकता बनाउने विज्ञान सिकेका छौं ।'
दाहालले दुवै नेतालाई घुमाउरो भाषामा नेतृत्व दाबी नगर्न चेतावनी पनि दिए । 'सही विचार र सही नेतृत्व रातारात बन्दैन,' वैद्य र भट्टराईतिर संकेत गर्दै भने, 'रातारात हट्ने कुरा पनि हुँदैन ।'
यो विस्तारित बैठकले नयाँ कार्ययोजनासहित भावनात्मक एकता कायम गर्ने पनि उनले बताए ।
दाहालले त्यो कार्ययोजना सीधा बाटोबाट नहिँड्ने बताए । 'क्रान्ति सीधा बाटोजस्तो हुँदैन,' उनले भने ।
माओवादी अध्यक्षले भारतको नाम नलिई 'विदेशी हस्तक्षेप चरम भएको' बताए । 'राजनीतिक निकास दिने कुरामा कहाँ-कहाँबाट हस्तक्षेप भयो ?' उनले प्रश्न गरे, 'सामान्य समाचार लेखेकै भरमा पत्रिकालाई कहाँबाट नाकाबन्दी भयो ?'
उनले कांग्रेस, एमालेले शान्ति सम्झौताविपरीत संविधानसभा भंग गर्ने खोजेको आरोप लगाए । 'शान्ति सम्झौताविपरीत प्रहार गर्ने काम भइरहेको छ,' उनले भने, 'यो
बैठक प्राप्त उपलब्धि रक्षा गर्न केन्दि्रत हुनुपर्छ ।'
दाहालले संविधानसभा भंग गरे मुलुकमा महाविपत्ति आउने चेतावनी दिए । राजाले आफ्नो हातमा शासन लिनुअघि पनि दाहालले यही कुरा भनेको स्मरण गरे । 'मैले चुनबाङ बैठकअघि मुलुकमा महाविपत्ति आउँदै छ भनेको थिएँ,' उनले भने, 'यो विस्तारित बैठकका बेला पनि महाविपत्ति आउँदै छ भन्ने देखिएको छ,' उनले भने, 'को विजय र को पराजय हुने बैठकले फैसला गर्नेछ ।'
महासचिव रामबहादुर थापाले यो बैठकबाट निणर्ायक धक्का दिने कार्ययोजना ल्याउने बताए । 'यो सामान्य बैठक होइन, यसले संघर्ष, एकता र विजय जन्माउने छ,' उनले भने, 'त्यो कार्यदिशाले नयाँ नेपाल जन्माउने छ ।'
सचिव सीपी गजुरेलले माओवादीकै हातमा मुलुकको भविष्य भएको दाबी गर्दै भने, 'हामी हार्छौं भने हाम्रै कारणले हार्छौं, जित्छौं भने हाम्रै कारणले जित्छांै ।'
आइतबार बिहान बसेको स्थायी समिति बैठकले विस्तारित बैठकमा तीन दस्तावेज प्रस्तुत गर्ने र त्यसपछि मात्र तीनै नेताले स्पष्टीकरण दिने निर्णय गरेको थियो ।
'तीनवटै दस्तावेज प्रस्तुत गर्ने निर्णय भएको छ,' प्रवक्ता दीनानाथ शर्माले भने, 'सहमतिको आधारमा भएको हो ।' यसअघि दाहालले बैठकमा नयाँ दस्तावेज राख्ने तयारी गरेका
थिए । सोमबार सुरु हुने बन्दसत्रमा दाहाल, वैद्य र भट्टराईको फरक-फरक दस्तावेजमा छलफल हुनेछ । छलफल समूह-समूहमा हुनेछ ।

राष्ट्रसंघीय उच्चटोली पालुङटार आउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं

पालुङ्टार (गोरखा), मंसिर ६ - सशस्त्र द्वन्द्व र बालबालिकासम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्यटोलीका प्रमुख मेक्सिकोका क्लाउड हेलरको नेतृत्वमा नेपाल आएको छ सदस्यीय प्रतिनिधिमण्डल मंगलबार माओवादीको बिस्तारित बैठकस्थल गोरखाको पालुङटार आउने भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल, स्थायी समिति सदस्य तथा सैन्य इन्चार्ज वर्षमान पुनलगायतका नेतसंग शान्ति प्रक्रिया र बहिर्गमन भइसकेका कम उमेरका लडाकुको भविश्यबारे छलफल गर्न राष्ट्रसंघीय टोली यहा आउन लागेको हो । माओवादी शीर्ष नेताहरु केन्दि्रय कमिटीको बिस्तारित बैठकका लागि पालुङटारमा व्यस्त भएकाले उनीहरुलाई भेट्न राष्ट्रसंघीय टोली यही आउन लागेको हो ।
'खासगरी बर्हिगमन भइसकेका हाम्रा जनसेनाका कम उमेरका अप्रमाणित लडाकुको भविश्यका विषयमा छलफल हुनेछ,' सैन्य इन्चार्ज पुनले भने, 'संगसंगै शान्ति प्रक्रियासम्बन्धी जनसेनाको समायोजन र पुर्नस्थापनाबारे पनि छलफल हुनेछ ।'
नेपालका लागि संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन) का प्रवक्ता कसमस विश्वकर्माले हेलर नेतृत्वको प्रतिनिधि मण्डल राष्ट्रसंघीय मुख्यालय न्युयोर्कबाट आइतबार काठमाडौ आइपुगेको जानकारी दिए । अनमिनको हेलिकोप्टरले आइतबार नै पालुङटारमा 'रेकी' उडानसमेत भरेको छ । 'कुनै नयाँ स्थानमा अतिथि लानुअघि परीक्षण उडान भर्ने गरिन्छ । त्यसैका लागि आएको हो,' क्याप्टेन प्रकाश आचार्यले आइतबार दिउँस एक बजे पालुङटारस्थित पुरानो विमानस्थलमा भने ।

बालबालिकाको तस्करीलाई रोक्न अनुराधा सीएनएन हिरो


लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं

विश्वनायक खोज्ने सीएनएनको चौथो शृंखलामा १२ हजारभन्दा बढी युवतीलाई यौनदासताबाट मुक्त गर्ने र महिला तथा बालबालिकाको तस्करीलाई रोक्न अभियान चलाउने माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला विजयी भएकी छिन्। उनलाई शनिबार राति अमेरिकाको लसएन्जल्समा सीएनएन हिरो २०१० घोषणा गरिएको थियो। सीएनएनका एन्डरसन कपरले अनुराधालाई सीएनएन हिरो घोषित गर्नासाथ अनुराधा खुसीले दुवै हात आकाशतर्फ हुत्याएर चिच्याएकी थिइन्। विश्वनायक हुनका लागि प्रतिस्पर्धामा रहेका दशै जनासँग सीएनएन हिरोज र त्यसको मुनि आफ्नो नाम लेखिएको कार्ड थियो। त्यसलाई उचाल्ने सौभाग्य भने अनुराधाले पाएकी थिइन्। कार्ड उचाल्दा शुरुमा खुसी देखिएको अनुहारमा विस्तारै दुःखका रेखाहरु देखिएका थिए। सिउँदोमा सिन्दूर र निधारमा रातो टीका लगाएकी अनुराधाको निधार पूरै खुम्चिएको थियो। सीएनएन नायक पदवी प्राप्त गरेपछि विस्तारै उनी शान्त बनिन्। सीएनएन हिरोका रुपमा सम्बोधन गर्न ड्यासमा उभिँदा उनका आँखामा आँसु देखिएको थियो। सम्बोधनका क्रममा दर्शकसामु उनी रोइन्। सीएनएन हिरोज अनुराधा कोइराला लेखिएको कार्डलाई छेउमा राख्दै उनले दश औँला जोडेर सबैलाई नमस्कार गरिन्। एउटा हातमा घडी अर्को हातमा केही चुरा र औँलामा औँठी लगाएकी अनुराधाले नेपाली पोसाक साडीचोलो पहिरिएकी थिइन् जुन उनको नेपालमा रहँदाको पनि पोसाक हो।

माओवादीको विस्तारित बैठकको बन्दसत्र सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं

पालुङटार (गोरखा), मंसिर ६ - गोरखाको पालुङटारमा जारी माओवादीको विस्तारित बैठकको बन्दसत्र सुरु भएको छ । सोमबार विहान ८ वजेबाट बन्दसत्र सुरु भएको हो । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय मोहन बैद्य र बाबुराम भट्टराईले आफ्ना छुट्टाछुट्टै राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने जनाइको छ ।

Nov 18, 2010

विस्तारित बैठकमा जान बन्दोबस्तीका सामान जुटाउँदै लडाकुहरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
शक्तिखोर (चितवन), मंसिर २ - गोरखामा आइतबारदेखि सुरु हुने विस्तारित बैठकमा जान माओवादी लडाकुहरु तयारीमा जुटिरहेका छन् । 'सरसमानको जोहो गरिरहेका छौं,' एक लडाकु कमाण्डरले भने ।
गोरखाको पालुङटारमा हुने बिस्तारित बैठकका लागि शक्तिखोरस्थित तेस्रो डिभिजनका माओवादी लडाकु कमाण्डरहरु त्यस तर्फ जाने तयारीमा रहेको डिभिजन स्रोतले जनाएको छ । जाने तयारीका लागि डिभिजनका मुख्य कमाण्डरहरुले बिग्रेडस्तरका कमाण्डरलाई सामान्य प्रशिक्षित गराएका छन् । एक मुख्य र ३ सहायक शिविरबाट बिस्तारित बैठकमा २ सय लडाकुले भाग लिने डिभिजनले जनाएको छ ।

सामाजिक सञ्जाल साइट र सेक्स

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एउटा ताजा सर्वेक्षणका अनुसार अधिकांश बेलायती नागरिक सामाजिक सञ्जाल साइटहरुको उपयोग आफ्नो सेक्स साथी खोज्नका लागि गर्दछन् । २००० जनामा गरिएको यो सर्वेका क्रममा करिब २२० जनाले स्वीकार गरे कि उनीहरुले कुनै न कुनै फेसबुक साथीसँग यौन सम्बन्ध कायम गरेका थिए ।यो सर्वेका अनुसार गत वर्षको तुलनामा यो वर्ष करिब ११ प्रतिशत बेलायती नागरिकले फेसबुक मित्रसँग यौन सम्बन्ध कायम गरेका थिए। ५ प्रतिशत व्यक्तिले भने फेसबुक मित्रलाई अश्लील सन्देश पठाएको स्वीकार गरेका थिए । साथै ३५ प्रतिशत बेलायती नागरिकले आफ्नो ‘अन्तरङ्ग’ तस्वीर पोष्ट गरेका थिए।युकेटीभीको च्यानल रियलको एउटा शो सेक्स रेहेबका लागि यो सर्वे गरिएको थियो । यो सर्वेबाट यो पनि स्पष्ट भएको छ कि करिब आधा बेलायती नागरिक फेसबुकको प्रयोगव सेक्ससम्बन्धी सन्देश पठाउछन् । ३३ प्रतिशत बेलायती पोर्न साइट हेर्छन् । यसमध्ये अधिकांशले स्वीकार गरेका छन् कि उनीहरुको यो गतिविधि श्रीमान वा श्रीमतिलाई थाहा हुँदैन ।सर्वेको रोचक तथ्यअनुसार करिब १.४ करोड बेलायती नागरिकले सार्वजनिक स्थानहरुमा यौन आनन्द लिएका छन् । यसमध्ये एक तिहाई बेलायतीले सपिङ्ग स्थलमा यसको आनन्द लिएका छन् । अनुपातको दृष्टिकोणबाट एक बेलायती आफ्नो जीवनमा ६५५२ पटक यौन सम्बन्ध कायम गर्दछन् ।

लडाकु समायोजन नगर्न जनमुक्तिको माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मंसिर २ - राष्ट्रिय जनमुक्ति पार्टीले माओवादी लडाकुको कुनै पनि सुरक्षा निकायमा समायोजन हुनै नसक्ने स्पष्ट पारेको छ । गत कार्तिक २८ गतेदेखि ३० गतेसम्म राजधानीमा बसेको केन्द्रीय कार्यसमिति बैठकले माओवादी लडाकुको समायोजन नभई ब्यवस्थापनमात्र हुनु पर्ने स्पष्ट पारेको छ । 'जो पायो त्यहीलाई सुरक्षा निकायमा हाल्दा अराजकता हुन्छ,' पार्टी उपाध्यक्ष गोरेबहादुर खपाङ्गीले बिहीबार पत्रकार सम्मेलनमा भने, 'लडाकुलाई प्राविधिक शिप, अध्ययन र अन्य क्षेत्रमा रोजगारीको ब्यवस्था गरेर समायोजन गर्नुपर्छ ।'
पार्टीले अनमिनको आगमन र बहिर्गमनको विषयमा पनि सरकारसँग स्पष्ट धारणा माग गरेको छ । जनमुक्तिले मतदाता नामावली संकलन अभियान तत्काल रोकेर नयाँ संविधान निर्माण भएपछि मात्र सुचारु गर्न समेत माग गरेको छ ।

उमेरको छैन छेकबार एसियाली खेलकुदमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ग्वान्जाउ/ दक्षिण कोरियाली एसियाली खेलकुद टोलीमा समावेश चेस खेलाडी किम ते गोङको उमेर मात्र ११ वर्षको छ । ग्वान्जाउमा खेल्न आएका सबैभन्दा बूढा खेलाडीको तुलनामा उनी झन्डै पाँच दशकपछि जन्मिएकी हुन् । एसियाली खेलकुदको १६औँ आयोजनामा पनि कुनै खेलाडीलाई उमेरको हदबन्दीका आधारमा रोकिएको छैन । यो एसियाडमा विभिन्न ४२ खेलमा आपनो क्षमता देखाउन १० हजारभन्दा बढी खेलाडी ग्वान्जाउ पुगेका छन् ।
पौडी र जिम्न्यास्टिकमा सदाझैँ युवा खेलाडीकै बाहुल्यता छ, तर चेस र जियांग्वीमा पाका खेलाडीहरूको पनि सहभागिता छ ।दक्षिण कोरियाको चेस टोलीमा सहभागी तीन फुच्ची खेलाडीमा किम पनि एक हुन् । सो टोलीमा १२ वर्षका लिम हाक युङ तथा सुङ वोन पनि छन् ।
एसियाबाट खेल्ने सक्रिय महिला खेलाडीको बरियता क्रममा सात सय ३२औँ स्थानमा रहेकी किम केही दिनपछि १२औँ जन्मदिन मनाउने ताइवानकी जियांग्वी खेलाडी पेङ जु आनभन्दा केही कान्छी मात्रै छिन् । आनले १६औँ एसियाड सम्पन्न हुने दिन, २७ नोभेम्बरमा आपनो जन्मदिन मनाउने छिन् ।
आनको तुलना मलेसियाका जियांग्वी टोलीका खेलाडी ले काम होकको नातिनीसँग गर्न मिल्छ । हाल ६६ वर्ष पुगेका होक १९५१ मा एसियाली खेलकुदको पहिलो संस्करणको आयोजना हुँदा सात वर्षका थिए ।
'अन्य खेलाडीसँग आप\mनो तुलना गर्ने हो भने यहाँ जियांग्वी खेल्न आएका सबै खेलाडी पाका तथा अनुभवी छन्, त्यसैले म केही नर्भस पनि बनेकी छु । यो खेल सकिएपछि सबैले आफूलाई मभन्दा राम्रो खेलाडी पनि प्रमाणित गर्नेछन्,' महिला एकल स्पर्धामा सहभागी पेङले भनिन् । चेसका कलिलाका खेलाडीहरूको धारणा पनि त्यस्तै छ ।
पौडीपोखरीमा चीनले सबैलाई कमजोर बनाइरहेको छ तथा त्यहाँ पनि प्रायःसजो सबै चिनियाँ खेलाडी कलिलै देखिन्छन् । यसले भविष्यमा चीनको पौडी खेलको भविष्यसमेत बताउँछ । चीनकी १४ वषीया ये सिवेनले महिला चार सय मिटर इन्डिभिजुयल मेडलेमा स्वर्णपदक जितेकी छिन् भने सो स्पर्धामा दोस्रो भएकी ली जान्जुको उमेर १६ वर्षको छ, ती दुवै खेलाडी २०१२ को लन्डन ओलम्पिकमा समेत स्वर्ण जित्ने अभियानमा छन् । पूर्वी चिनियाँ सहर हान्जाउकी सिवेनले ६ वर्षको उमेरमा पौडी सिकेकी थिइन् । यद्यपि, उनी अब कडा अभ्यास गर्नु पनि बताउँछिन् । उता मकाउका गल्फ खेलाडी ओ का वोइको उमेर पनि मात्र १३ वर्षको छ । उता बंगलादेशी चेस खेलाडी रानी हमिद भने १९४४ मा मलेसियाका ला काम होकभन्दा एक महिनाअघि जन्मिएकी थिइन् । तीनपटक बि्रटिस ओपन महिला च्याम्पियन बनेकी हमिदले १८५ मा विश्व चेस महासंघबाट महिला इन्टरनेसल मास्टर उपाधि पनि पाएकी छन् ।

Nov 17, 2010

फेसबुक साथीदेखि सावधान हुनु होला ?

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ललितपुर, मंसिर १ - फेसबुकको रिक्वेस्ट लिस्टमा झुल्किएको वा सामान्य चिनजानकै भरमा कसैलाई साथी बनाउनुभएको छ भने सचेत हुनुस् । त्यस्तो साथीले फेसबुकको फोटो र सूचना दुरुपयोग गरी तपाईंलाई फसाउन पनि सक्छ । प्रेमविवाहपछि सुमधुर दाम्पत्य सुरु गरेका ललितपुरका एक जोडी यस्तै घटनाबाट पीडित छन् । आफैंलाई पढाएको शिक्षकले फेसबुक दुरुपयोग गरी चरित्रहत्याको प्रयास गरेपछि ती युवती मानसिक तनावमा छिन् भने उनलाई विवाह गर्ने युवक त्यत्तिकै अलमल्ल छन् । फेसबुक मित्रताको दुरुपयोग गर्ने भोजराज सुब्बा भने हाल प्रहरी हिरासतमा छन् । उनी ललितपुरस्थित एक कलेजका कम्प्युटर अध्यापक हुन् ।
आफैंलाई पढाएका अध्यापक फेसबुकमा मित्रताको प्रस्ताव गर्ने सूचीमा झुल्किएपछि युवतीले उनलाई फेसबुकमा सजिलै स्वीकारिन् । मित्रता गाँसेपछि उनले फेसबुकमा राखेको तस्बिरमा अध्यापक सुब्बाको पहुँच पुग्यो । ती तस्बिर डाउनलोड गरी सुब्बाले अश्लील तस्बिरमा उनको टाउको जोडिदिने र विभिन्न व्यक्तिलाई इमेलमार्फत पठाइदिने गर्न थाले ।
ती तस्बिरहरू साथीभाइ र आफन्त सबैकोमा पुगेपछि यो दम्पतीबीच पारिवारिक मनमुटाव बढेको घटनाको अनुसन्धानमा संलग्न ललितपुर प्रहरीका एक अधिकृतले बताए । प्रहरीका अनुसार सुब्बाले ती युवतीको अश्लील फोटो नक्कली इमेलमार्फत विभिन्न व्यक्ति र उनकै श्रीमानको इमेलमा समेत पठाएका थिए । सुब्बाले ती युवतीकै नामबाट इमेलसमेत खोली विभिन्न व्यक्तिलाई आफू यौन व्यवसायी रहेको भन्दै सम्पर्कका लागि आह्वान गरेर अश्लील तस्बिर पठाउने गरेको प्रहरी उपरीक्षक विक्रमसिं थापाले बताए । 'सुब्बाले ती युवतीको घरको ठेगाना र फोन नम्बरसमेत सार्वजनिक गरी दुःख दिने गरेको पाइएको छ,' थापाले भने, 'दुई वर्षअघि अध्यापनका क्रममा सुब्बाले युवतीबारे सबै जानकारी संकलन गरेको देखिन्छ ।' ती युवतीप्रति आकषिर्त सुब्बा आफ्नो उद्देश्यमा सफल हुन नसकेपछि प्रतिशोध स्वरूप यो घटना गराएको प्रहरीको अनुमान छ ।
युवतीका पतिले यो घटनाका कारण आफ्नो परिवार चर्को मानसिक तनाव बेहोर्न बाध्य भएको बताए । 'अपरिचित ठाउँबाट गलत उद्देश्यले श्रीमतीको मोबाइलमा दिनहुँ फोन आउन थाले,' उनले भने, 'मान्छेले घर र कोठा सोध्दै आउन थालेपछि अति भएर प्रहरीमा खबर गरेको हुँ ।'
उजुरीपछि पीडित युवतीको इमेल र फेसबुक एकाउन्टमार्फत शंकास्पद व्यक्तिबारे निगरानी बढाइएको प्रहरीले जनाएको छ । अपराध अनुसन्धान महाशाखाको विशेष टोलीको सहयोगमा पीडक सुब्बालाई पक्राउ गर्न सकिएको उपरीक्षक थापाले जनाए । यो घटनामा सुब्बासँगै संलग्न भएको आशंकामा फेसबुकमा नक्कली एकाउन्ट बनाएका अन्य केहीमाथि पनि निगरानी बढाइएको उनले बताए । प्रहरी थुनामा रहेका सुब्बाले सञ्चारकर्मीसामु आफूले इमेल र फेसबुक दुरुपयोग गरेको स्वीकारेका छन् ।
प्रहरीका अनुसार सुमधुर सम्बन्धमा रहेको यो दम्पतीमा यो फेसबुक घटनाले नराम्रो फाटो ल्याएको छ । गलत आचरणकी युवतीलाई बिहे गरेको भन्दै उनका पतिलाई अभिभावकले सम्बन्ध विच्छेद गर्न दबाब दिएका छन् । तनावका कारण युवतीले हाल आफूले गरिरहेको काम छाडेर घरमै बसिरहेकी छन् ।
महानगरीय प्रहरी, अपराध अनुसन्धान महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक रणबहादुर चन्दका अनुसार पछिल्लो समयमा लोकप्रिय बनेको सामाजिक सञ्जाल फेसबुकमार्फत अरूको चरित्रहत्या गर्ने र अश्लील सामग्री राख्ने क्रम बढेको छ ।
'अरूको नाममा एकाउन्ट खोली फोटोसमेत उसैको राखी झुक्याउने चलन बढेको छ,' उनले भने, 'यसतर्फ प्रयोगकर्ता अत्यन्तै सजग हुनु जरुरी छ ।' अधिकांश लोकप्रिय व्यक्तिका एकाउन्ट नक्कली भेटिएका छन् । साइबर अपराध बढ्न थालेपछि प्रहरीले यससम्बन्धी अनुसन्धानका लागि छुट्टै सेल खडा गरेको छ । एक वर्ष अवधिमा ८/१० उजुरी परेकामा अधिकांशमा प्रहरी सफल भएको चन्दले बताए । प्रहरीका अनुसार ललितपुर प्रहरी परिसरमा थुनामा रहेका सुब्बामाथिको अभियोग प्रमाणित भए ५ वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुन सक्छ ।

उच्चस्तरीय कार्यदलको बैठक आउँदो १५ गतेसम्मका लागि स्थगित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभाका विवादित विषयमा सहमति जुटाउन गठित उच्चस्तरीय कार्यदलको बैठक आउँदो १५ गतेसम्मका लागि स्थगित भएको छ । सिंहदरबारस्थित राज्यव्यवस्था समितिको कार्यालयमा बुधबार विहान बसेको बैठकमा मौलिक हक तथा राज्यको निर्देशक सिद्धान्त समितिको मस्यौदाअन्तर्गत सम्पत्तीको हकको विषयमा छलफल भए पनि कुनै निष्कर्ष ननिस्कीएको सद्भावनाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । बैठकमा हदबन्दीभन्दा बढी जग्गा सरकारले अधिग्रहण गर्दा क्षतिपूर्ति दिने की नदिने भन्ने बिषयमा दलहरुबीच विवाद छ ।

प्रधानाध्यापकद्वारा घरेलु कामदारमाथि यौन शोषण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुनसरी, ३० कात्तिक ,सुनसरी रामगन्जसिनवरीको रासी निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक तेतर साहले पढाएर विवाह गरिदिने सर्तमा घरेलु कामदारका रूपमा राखेकी एक किशोरीलाई तीन वर्षदेखि लगातार यौन शोषण गर्दै आएको खुलासा भएको छ । सुनसरीको सत्तेरझोड-३ निवासी प्रधानाध्यापक साहले सोही गाविस-२ निवासी बिर्सा उराँवकी छोरी १६ वषीया मनिता (नाम परिवर्तन) लाई तीन वर्षयतादेखि दैनिक यौन शोषण गर्दै आएको खुलासा भएको हो । प्रअ साहले दैनिक यौनसम्पर्क गरेकाले सहन नसकेर पीडित किशोरीले एकसाता अघि आफ्नी आमालाई आफूलाई प्रअ साहले सहनै नसक्ने गरी दैनिक यौनसम्पर्क गर्दै आएकाले आफू अब सो घरमा नजाने बताएकी थिइन् । तर, उनका आमाले साहले दिएको पैसाले नै परिवार चलेकाले जे गरे पनि सहेर त्यहीँ बस्नुपर्ने बताउँदै जबरजस्ती उनकै घरमा पठाएकी थिइन् ।
केही दिनमै साहकी श्रीमतीले उराँवलाई आफ्नो श्रीमान्सँग सल्किएको आरोप लगाउँदै घर फर्काएपछि उराँवले आफ्नी छोरीलाई उल्टै बुबाले कुटपिट गरेका थिए । आफू यौन शोषणमा परेको जानकारी दिँदा पनि उल्टै कुटपिट भएपछि ती किशोरीले किरा मार्ने फोरेट नामक विष सेवन गरेकी हुन् । विष सेवन गरेपछि मात्रै प्रअले यौन शोषण गर्दै आएको तथ्य पत्ता लागेको सत्तेरझोडा गाविसका निवर्तमान अध्यक्ष कुश्वेश्वर खेरवारले बताए ।

संविधान संशोधन गरेर पूर्ण बजेट ल्याउन २७ दलको सुझाव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभामा प्रतिनिधित्व गर्ने २७ दलको बैठकले सरकारलाई संविधान संशोधन गरेर यही मङ्सिर ३ गते पूर्ण बजेट ल्याउन सुझाव दिएका छन् ।बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको २७ दलको बैठकले आगामी मङ्सिर ३ गते व्यवस्थापिका-संसद्मा चालु आर्थिक वर्षका लागि पूर्ण बजेट प्रस्तुत गर्नका लागि संविधान संशोधन गर्नुपर्ने सुझाव दिएका छन् ।यसअघि बसेको तीन दलका शीर्ष नेता सम्मिलित बैठकले सरकारलाई बजेट ल्याउन दिने निर्णय पारित गरेपछि सरकार बजेटको तयारीमा जुटिरहेको अवस्थामा संविधानसभामा प्रतिनिधित्व गर्ने २७ दलको बैठक बसेको हो ।नयाँ सरकार बन्न नसकेपछि वर्तमान सरकारले आर्थिक वर्षको प्रारम्भमा कुल वाषिर्क खर्चको एक तिहाइ (तृतीयांश) को पेश्की बजेट ल्याएको थियो । उक्त बजेटको अवधि सकिँदासम्म पनि राजनीतिक सहमति हुन नसक्दा वर्तमान सरकारले नै पूर्ण बजेट ल्याउने गरी तयारी गरिरहेको छ ।बैठकपछि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रघुजी पन्तले राष्ट्रिय सहमतिको नयाँ सरकार गठन गर्ने, राजनीतिक गतिरोध अन्त्य गर्ने तथा सरकार गठनपछि बजेट ल्याउने भन्ने विषयमा दलहरुबीच पूर्ण सहमति नभएपछि वर्तमान सरकारले ल्याउन लागेको पूर्ण बजेटका बारेमा दलहरुबीच छलफल भएको जानकारी दिनुभयो ।उहाँले बैठकमा सहभागी दलहरुले संविधान संशोधन गरेर पूर्ण बजेट ल्याउनका लागि सरकारलाई सुझाव दिएको बताउनुभयो ।बैठकमा एकीकृत नेकपा (माओवादी) र दलित जनजाति पार्टीले कामचलाउन सरकारकारुपमा रहेको वर्तमान सरकारले संविधान संशोधन नगरी पूर्ण बजेट ल्याउन सक्नेमा जोड दिएका थिए ।बैठकपछि एमाओवादीका नेता देव गुरूङले चालु खर्च र विकास खर्चका लागि नयाँ योजना नल्याएर पुरानै कार्यक्रमलाई निरन्तरता दिने गरी वर्तमान सरकारले बजेट ल्याउन लागेको जानकारी दिनुभयो ।सरकारले भने नीति तथा कार्यक्रम पुरानै भएपनि बजेट पूर्ण आकारको हुने बताउँदै आएको छ ।

बेलायती राजकुमार र केट मिड्लटन बीच इन्गेजमेन्ट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मंसिर १ - बेलायती राजकुमार र केट मिड्लटन बीच मंगलबार इन्गेजमेन्ट भएको छ । विलियमले हिराको औंठी लगाइ दिइन् । बीबीसीका अनुसार दुवै जनाले संयुक्त रुपमा दिएको टेलीभिजन अन्तरवार्तामा विलियमले त्यो रिंग आफ्नी आमा डायनाको इन्गेजमेन्ट रिङ् भएको बताए । विश्वकै मिडियाका लागि मंगलबार 'हट केक' बनेको यो रोयल इन्गेजमेन्टका नायिका, राजकुमारका मंगेतर अर्थात बलायतकी भावी रानी केट राजकुमार विलियम भन्दा छ महिना जेठी छिन् । गत अक्टोबरमा विलियमले केन्यामा छुट्टी मनाउने क्रममा प्रस्ताव राखेका थिए । दुवै जना सात अघि सेन्ट अन्द्रेवेस् विश्वविद्यालयमा विद्यार्थी हुँदा भेट भएदेखि संगै छन् । उनीहरुको त्यहाँ संगै बसेका साथीहरुका अनुसार सन् २००५ को स्विस अल्पसमा स्की गर्न जाँदादेखि उनीरुबीच डेटिङ सुरु भएको हो । केट व्यवसायी परिकारकी जेठी सन्तान हुन् । बाबु व्यापारी हुन् भने आमा पुर्व विमान परिचारिका हुन् । एजेन्सीहरुले उनीहरु आफै बनेका व्यवसायी भएको उल्लेख गरेको छ । यो जोडीबीच सन् २००७ मा केही असमझदारीसमेत आएको थियो । 'त्यस बेलामा खुशी थिइन' केटले छोटकरीका भनेकी छन् । राजकुमार विलियमको विवाहको कुराले बेलायतमा तरंग नै पैदा गरेको छ । प्रधानमन्त्रीदेखि जनतासम्मले बधाइ दिएका छन् ।

Nov 16, 2010

शान्ति सेनाको जवाफी कारबाहीमा हैटीमा एक जनाको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक ३० - हैटीमा हैजा फैलाएको आरोपमा प्रदर्शन गरिरहेका प्रदर्शनकारीले गोली चलाएपछि शान्ति सेनाले गरेको जवाफी कारबाहीमा मंगलबार एक जनाको मृत्यु भएको छ । हैटीस्थित राष्ट्रसंघीय मिसनका अनुसार दोस्रो ठूलो सहर क्वार्टियर मोरिनमा भएको दोहोरो गोली हानाहानमा ती प्रदर्शनकारी मारिएको जनाएको बीबीसीको अनलाइन सेवाले जनाएको छ । 'हतियार भएका प्रदर्शनकारीले सैनिकमाथि गाली चलाएपछि उनले बैधानिक रुपमा आफ्नो बचाउमा गाली चलाएका हुन्' मिसनका प्रबक्ता भिसेन्जो पुग्लिजले भनेका छन् । नेपाली शान्ति सैनिकले हैटीमा हैजा फैलाएको आरोपलगायतका विषयमा त्यहाँ प्रदर्शन भइरहेको छ । त्यस क्रममा उनीहरुले राष्ट्रसंघीय शान्ति सेनाको टुकडीहरुमा आक्रमणको कोशिस गरेका थिए । राष्ट्रसंघले भने नेपाली शान्ति सेनाले हैजा फैलाएको कुनै प्रमाण नभेटिएको बताउँदै आएको छ ।

राप्रपा नेपालद्वारा संविधानसभा घेराउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
निर्धारित समयमा संविधान निर्माण गर्न नसकेकोले औचित्य समाप्त भएको भन्दै राप्रपा नेपालले संविधानसभाको विघटनको माग गरेर सोमबार संविधानसभा घेराउ कार्य सम्पन्न गर्यो। नयाँबानेश्वर चोकमा सडक नै जाम गरेर आयोजित घेराउ कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष कमल थापाले हात्तीवन र गोकर्ण रिसोर्टमा तीन दलले आगामी जेठ १४ गते पुनः संविधानसभाको म्याद थप गर्ने गोप्य सम्झौता गरेको दाबी गर्नुभयो।उहाँले शान्तिप्रक्रियालगायतका जनसरोकारका विषयमा कुनै पनि काम नगरेको तर संविधानसभाको म्याद थप गरेर जाने सहमति भएको भन्दै त्यसलाई जनताले अमान्य घोषित गर्ने बताउनुभयो।संविधानसभा घेराउ एवम् जनतासमक्ष ज्ञापनपत्र प्रस्तुत गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा अध्यक्ष थापाले तत्काल संविधानसभा विघटन गरी नयाँ जनादेशमा जानुपर्ने बताउनुभयो। जनतासमक्ष पार्टीको धारणा राख्ने उद्देश्यले सोमबार देशका ६९ जिल्लामा खबरदारी सभा सम्पन्न भएको पार्टीका प्रचारविभागप्रमुख मोहन श्रेष्ठले जानकारी गराउनुभयो।

पत्रकारको कुटपिट साथै हातका औँलासमेत चिरिदिएका

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कैलालीको सुख्खडबाट प्रकाशन भइरहेको घोडाघोडी साप्ताहिकका प्रकाशक पत्रकार सुशील ढुङ्गानालाई एक समूहले नियन्त्रणमा लिइ कुटपिट गर्नुका साथै हातका औँलासमेत चिरिदिएका छन् ।सोमबार दिउँसो ३ बजे साढेपानी गाविसबाट समाचार सङ्कलन गरी फर्किरहेका ढुङ्गानालाई पूर्वपश्चिम राजमार्गको मोहन्याल सामुदायिक वनमा लगेर हातका औँला ब्लेडले चिर्दै ‘कलम बढी चलाउने’ भन्दै कुटपिट गरेको पत्रकार ढुङ्गानाले बताउनुभयो ।चिरिएका औँला देखाउँदै ढुङ्गानाले भन्नुभयो, ‘बाटो ढुकेर बसेका सातमध्ये पाँचजनाले वनभित्र लगेर हाम्रा विरुद्ध समाचार लेख्ने भन्दै कुटपिट सुरु गरे ।’दिउँसो ३ बजे नियन्त्रणमा लिइएका ढुङ्गानालाई साँझ ६.३० बजे मात्र मुक्त गरेका थिए ।मोटरसाइकलमा रहेका उनीहरूमध्ये तीनजनाले मुखमा कालोपट्टी बाँधेका र अँध्यारोका कारण चिन्न नसकिएको बताउनुभयो ।राति डरले आफन्तको घरमा लुकेर बसेका ढुङ्गानालाई कसैलाई भनेमा मार्ने धम्की दिएको हुनाले मङ्गलबार धनगढी पुगेर मात्र पत्रकारलाई उहाँले घटनाको बारेमा जानकारी दिनुभएको थियो ।दुवै हातका औँला ब्लेडले चिरिएको अवस्थामा रहेका ढुङ्गानाद्वारा प्रकाशित सो साप्ताहिकको आइतबारको अङ्कमा ‘तस्करी र कमिसनखोरी बढ्यो’ भन्ने शीर्षकको समाचार प्रकाशित भएको थियो । सोही समाचारको विषयलाई लिएर घटना गराइएको हुनसक्ने उहाँले बताउनुभयो ।

नियमावली संशोधनका लागि संसदमा प्रस्ताव दर्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा (माओवादी) र नेकपा (एमाले) सहितका आठ राजनीतिक दलले पटकपटक निर्वाचन गरिरहँदा पनि प्रधानमन्त्रीको चयन हुन नसकेको भन्दै आज व्यवस्थापिका-संसदको कार्यसञ्चालन नियमावली संशोधन गर्न संसद सचिवालयमा सूचना दर्ता गरेका छन् ।संयुक्तरुपमा सो सूचना दर्ता गराउनेमा एनेकपा (माओवादी), नेकपा -एमाले), राष्ट्रिय जनमुक्ती पार्टी, मधेसी जनअधिकार फोरम, नेपाली जनता दल, नेपाल सद्भावना पार्टी (आनन्दीदेवी), नेकपा (माले-समाजवादी) र नेपाः राष्ट्रिय पार्टी रहेका छन् ।प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदमा १६ औँ पटकसम्म निर्वाचन हुँदासमेत सकारात्मक परिणाम नआएपछि अहिलेको निर्वाचन प्रक्रिया अन्त्य गर्न संसदको नियमावली संशोधन गर्नुपर्ने अवस्था सिर्जना भएको सो सूचनामा उल्लेख गरिएको छ ।प्रधानमन्त्री चयनका सन्दर्भमा दर्ता भएका निवेदनमध्ये पहिलो निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गरेका दुईवटा प्रस्तावलाई पुनः निर्णयार्थ प्रस्तुत गर्ने र सो निर्वाचनमा कसैले बहुमत नपुर्‍याएमा पुनः अन्तिम पटकका लागि निर्वाचन हुने र त्यसमा पनि कसैले बहुमत नल्याएमा सो निर्वाचन प्रक्रिया नै अन्त भएको सभामुखले घोषणा गर्नसक्नेगरी संशोधन प्रस्ताव गरिएको छ ।हाल संसदको नियमावलीमा प्रधानमन्त्रीका कुनै उम्मेदवारले संसदको बहुमत प्राप्त नगर्दासम्म निर्वाचनलाई सभामुखले निरन्तरता दिनुपर्ने प्रावधान छ ।

संसद नियमावली संशोधन गर्न संयुक्त प्रस्ताव दर्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संसदको नियमावली संशोधन गरेर प्रधानमन्त्री निर्वाचनको नयाँ प्रक्रिया शुरु गर्न माओवादी र एमाले सहित संसदमा प्रतिनिधित्व गर्ने ८ दलले मंगलबार संयुक्त प्रसताव संसद सचिवालयमा दर्ता गराएका छन् । संयुक्त प्रस्ताव दर्ता गर्नेमा माओवादी एमाले मधेसी जनअधिकार फोरम नेपाल नेकपा माले समाजवादी जनमुक्ति पार्टी नेपाली जनता दल नेपाल सद्भावना पार्टी सरिता गिरि र नेपा राष्ट्रिय पार्टी छन् । आठ वटै दलका सचेतकहरुले नियमावली संशोधनका लागि संयुक्त प्रस्तावमा हस्ताक्षर गरेका छन् ।
उनीहरुले सर्बोच्च अदालतले समेत नयाँ प्रक्रियामा जान सुझाब दिएकाले त्यसको पालना गर्नका लागि पनि नियमावली संशोधन गर्नुपर्ने उल्लेख छ । यसअघि काग्रेसले आफ्ना उम्मेदवार राचन्द्र पौडेललाई निविर्रोध निर्वाचन गर्नुपर्न माग गर्दै संसदमा प्रस्ताव दर्ता गरेको थियो । काग्रेसले सर्वोच्चको फैसलालाई लिएर रामचन्द्र पौडेललाई निर्विरोध निर्वाचित गर्नुपर्ने अडान सहितको प्रस्ताव संसदमा लगेपछि अन्य दलले पनि नियमावली संशोधनका लागि प्रस्ताव लगेका हुन् ।

तीन लिम्बुवानबीच कार्यगत एकता गर्ने सह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
धरान, कार्तिक ३० - तोकिएको समयमा संविधान नबन्ने संकेत देखिएको जनाउदै आत्मनिर्णय अधिकार सहितको लिम्बुवान स्वायत्त राज्य स्थापना गर्न निर्णायक आन्दोलनका लागि पूर्वमा क्रियाशील तीन लिम्बुवान संगठनबीच कार्यगत एकता गर्ने सहमति भएको छ । झापाको विर्तामोडमा मंगलबार तीन संगठनका शीर्ष नेताहरु बीच भएको छलफल पछि मंच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद, संजुहाङ पालुङ्वा नेतृत्वको संघीय लिम्बुवान राज्य परिषद र लिम्बुवान मुक्ती मोर्चा वीच कार्यगत एकतामा सहमति भएको हो । सहमति पछि आगामी आन्दोलनका रणनितिक योजना र अन्य प्राविधिक पक्षलाई मिलाउन थप एक साता सम्म छलफल गर्ने पनि सहमति भएको छ । तीन संगठन वीच सैद्धान्तिक विषयमा कुनै मतभेद नरहेकाले कार्यगत एकता गरिएको मंच सम्बद्ध परिषदका अध्यक्ष कुमार लिङ्देन मिराकले बताए । अरुणपुर्व नौजिल्लालाई जातिय ऐतिहासिक आधारमा लिम्बुवान स्वायत्त राज्यको रुपमा स्थापना गर्न संयुक्त मोर्चा बनाएर शान्तिपुर्ण आन्दोलन गर्ने सहमति भएको लिङ्देनले बताए । परिषदका अध्यक्ष संजुहाङ पालुङ्वाले संविधान बनाउने बेलामा अनावश्यक विवादमा अल्झेका तीन दलले अन्तिम अवस्थामा आफु अनुकुलको संविधान बनाएर झारा टार्ने संकेत देखिएकाले निर्णायक अान्दोलनका लागि तीन लिम्बुवान मोर्चा वीच कार्यगत एकता गर्नु परेको बताए । लिम्बुवानको लागि अढाइ दशक अघि देखि नै संघर्षरत लिम्बुवान मुक्ती मोर्चाका अध्यक्ष वीर नेम्बाङले तीन संगठनको समान उदेश्य पुरा गर्न कार्यगत एकताको विकल्प नरहेको बताए ।

Nov 15, 2010

सत्रौं चरणको प्रधानमन्त्री निर्वाचन स्थगित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक २९ - व्यवस्थापिका संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रधानमन्त्रीको सत्रौं चरणको निर्वाचन स्थगित भएको औपचारिक घोषणा गरेको छ । सोमबार बसेको समितिको बैठकले प्रधानमन्त्रीको सोमबार हुने निर्वाचन स्थगित गरेको कानुनमन्त्री प्रेमबहादुर सिंहले जानकारी दिए । समितिको अर्को बैठक मंसिर ३ गते बस्ने मन्त्री सिंहले बताए । उनका अनुसार ३ गते नै सरकारले नयां बजेट ल्याउने छ ।आजै बसेको शीर्ष तीनको दलको बैठकले पनि प्रधानमन्त्रीको निर्वाचन सार्ने सहमति गरेको थियो ।

पूर्वराजा ज्ञानेन्द्र शाह आज भारत प्रस्थान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पूर्वराजा ज्ञानेन्द्र शाह दुई साता लामो भ्रमणका क्रममा आज भारत प्रस्थान गर्नुभएको छ। उहाँ अपरान्ह जेट एअरको विमानबाट काठमाडौंबाट सिधै मुम्बई पुग्नुहुने कार्यक्रम छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिँदै पूर्व राजा ज्ञानेन्द्रले आफ्नो भ्रमण निजी र पारिवारिक रहेको बताउनुभयो।पूर्व राजालाई विदाइ गर्न पूर्व युवराज पारस र पूर्व युवराज्ञी हिमानी विमानस्थल पुग्नुभएको थियो। राजस्थान जोधपुरका महाराजा गजसिंहकी छोरीको बिहेको अवसर पारेर शाह भारत जान लाग्नु भएको हो। गजसिंह उहाँकी फुपु प्रिन्सेस नलिनीका छोरी ज्वाईँ हुन्।शाह बुधबार मुम्बईबाट जोधपुर जानुहुने बताइएको छ। उहाँका साथ पूर्वरानी कोमल र स्वकीय सचिव सागर तिमल्सिना तथा अंगरक्षक हुनुहुन्छ।शाह मंसिर तीन गते भारतको राजधानी नयाँ दिल्ली पुग्नु हुने कार्यक्रम रहेको छ। सो अवसरमा शाहले राजनीतिक भेटवार्ता समेत गर्नु हुने बताइएको छ।भारत भ्रमणका क्रममा मुम्बई, जोधपुर र सिमलाका विभिन्न मन्दिरमा गई पूजा गर्ने कार्यक्रम समेत रहेको बताइएको छ। उहाँ दुई सातापछि काठमाडौं फर्कनु हुने बताइएको छ।

योकोहामा भिजनमा हस्ताक्षर सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
योकोहामा, जापान, एसिया प्रशान्त आर्थिक सहयोग एपेक को बैठक स्वतन्त्र व्यापार तथा सन्तुलित आर्थिक विकास गर्ने सहमतिसहित आइतबार सम्पन्न भएको छ। जापान चीनलगायत एपेक माचका सदस्य राष्ट्रबीच भएको दुईदिने शिखर सम्मेलन शनिबार दिउँसो शुरु भएको थियो। सम्मेलनमा एपेक माचका सदस्य राष्ट्रबीच स्वतन्त्र व्यापार तथा लगानीमा उदारीकरण अभिवृद्धि गर्नेसम्बन्धी दस्तावेजमा हस्ताक्षर भएको र यस दस्तावेजलाई योकोहामा भिजन नाम दिइएको छ। सम्मेलनमा मुख्यतया चिनियाँ विदेशमन्त्री याङ जीएची र जापानी विदेशमन्त्री सेइजी माएहाराबीच गहन छलफल भएको छ। एपेक माचका सदस्य राष्ट्रहरुबीच स्वतन्त्र व्यापार र लगानीमा उदारीकरण गर्न/गराउन यी दुई शक्तिराष्ट्रले विशेष योगदान गर्ने भएका छन्।

च्याट गर्दा चिनजान यौन दुर्व्यहारको शिकार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक २९ - उपत्यकाका एक हजार ३८० जना बालबालिकामध्ये ७३८ जनाले मनोरञ्जनका लागि इन्टरनेटको प्रयोग गर्ने गरेको र सोही क्रममा यौन दुर्व्यवहारको शिकार हुने गरेको एक तथ्याङ्कले देखाएको छ । बाल मजदुर सरोकार केन्द्र (सिविन) नेपालले सोमबार राजधानीमा सार्वजनिक गरेको "बालबालिकाद्वारा इन्टरनेटको प्रयोग" विषयक अध्ययन प्रतिवेदनमा ४७४ जना बालक र २६४ जना बालिकाले उक्त प्रयोजनका लागि इन्टरनेटको प्रयोग गर्ने गरेको उल्लेख गरिएको छ । सिविनका कार्यकारी संयोजक सुम्निमा तुलाधरका अनुसार अध्ययन गरिएका ती बालबालिकामध्ये ६० प्रतिशत बालबालिकाले अनलाइनमा च्याट गर्दागर्दै चिनजान भएका अपरिचित मान्छेसँग भेट्ने गरेको र तीमध्ये १६ प्रतिशतले सुरुमै यौन दुर्व्यवहारको सिकार हुने गरेको जानकारी दिइन् ।
अध्ययनका क्रममा २२६ जना सार्वजनिक विद्यालयका र ८९७ जना निजी विद्यालयका बालबालिका सहभागी भएको र अन्यले आवश्यक उत्तर नदिएको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ । अध्ययनमा ६८६ बालक र ६९५ जना बालिका सहभागी भएको र उनीहरुमध्ये १.७ प्रतिशतले आफूलाई मनपर्ने वेबसाइट अश्लिल साइट रोजेको पनि संयोजक तुलाधारले बताइन् ।
बालबालिकाविरुद्ध हुने यसप्रकारका दुर्व्यवहारहरुलाई रोक्न सबैमा चेतना फैलाउनुपर्ने र अपराधीलाई कारबाही गर्न बालबालिकाका लागि छुट्टै साइवर अपराधसम्बन्धी ऐन ल्याउनुपर्ने आवश्यकता औँल्याइन् ।
योङ्ग इनोभेसन नामक संस्थाका विभूषण बिष्टले बालबालिकालाई इन्टरनेटबाट हुने दुव्र्यवहारबाट जोगाउन सञ्चार माध्यमको ठूलो भूमिका हुने बताए ।

सेक्सबाट पुरुष र महिला दुवैको शरीर निरोगी रहने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एउटा नयाँ शोधका अनुसार नियमित र सफल सेक्सबाट पुरुष र महिला दुवैको शरीर निरोगी रहने गर्दछ। अझ पुरुषको शरीरमा यसको विशेष रुपले सकारात्मक असर पर्दछ।यो शोधको परिणामअनुसार नियमित सेक्सबाट पुरुषहरुको स्वास्थ्य राम्रो रहने गर्दछ। तर यसका लागि आवश्यक छ, आफ्नो सम्बन्धप्रति इमान्दार रहनु।इटालीका शोधकर्ताहरुका अनुसार नियमित सेक्सबाट शरीरमा टेस्टोस्टेरोनको मात्रा बढ्दछ । यसबाट रोग प्रतिरोधात्मक क्षमता बढ्छ । र, यसको प्रभाव रोगाणुहरुसँग लड्ने क्षमतामा पर्दछ। नियमित सेक्सबाट मुटुसम्बन्धी रोगमा कमी आउछ । पुरुषहरु मुटुसम्बन्धी रोगबाट बढी प्रभावित हुने गर्दछन्। त्यसैले नियमित सेक्सबाट उनीहरुले महिलाको तुलनामा बढी लाभ प्राप्त गर्दछन् ।नियमित सेक्सको सकारात्मक प्रभाव मधुमेहका रोगीहरुमा पनि पर्दछ। सेक्सबाट शरीरमा चिनीको मात्रा नियन्त्रणमा रहन्छ र यसबाट मधुमेह रोगी लाभान्वित हुने गर्दछन् । इटालीका डा. रोजेलिन जो कि शोधसंग सम्बन्धित छ का अनुसार नियमित सेक्सबाट पुरुषलाई शारीरिक र मानसिक लाभ पुग्दछ । तर, यदि उनीहरु आफ्नो सम्बन्धप्रति इमान्दार रहे भने अन्यथा विपरीत असर पनि पर्न सक्दछ।विवाहित पुरुषले अन्य परस्त्री गमन गरे वा एकभन्दा बढी यौन साथी बनाएमा सेक्सको आननद लिने पुरुषलाई सेक्सबाट शारीरिक लाभ कम प्राप्त हुने गर्दछ। यसको कारण हो-एकभन्दा बढीसँग अन्तरङ्ग सम्बन्ध राख्ने पुरुष लगातार तनावग्रस्त रहन्छन् र हीनभावनाको शिकार हुने गर्दछन् । यसबाट उनीहरुको मुटुमा नकारात्मक असर पर्दछ।अर्कोतर्फ एकभन्दा बढी साथीसँग यौन सम्पर्कले यौन रोगतर्फ पनि लैजाने गर्दछ। त्यसैले स्वास्थ्यवर्द्धक सेक्स उनीहरुका लागि हानिकारक पनि सावित हुन सक्दछ।

Nov 14, 2010

१६ औँ राष्ट्रिय बिभूतिको जन्म जयन्ति हङकङमा पनि

लिम्वूवान डट व्लगस्पोट डटकम/तुमसा तुलक हाङ
राष्ट्रिय बिभूति मुहिगुम अङसीमाङ लिङदेन फाल्गुनन्द ज्यूको १२६ औँ जन्म जयन्ति किरात धर्म तथा साहित्य उत्थान सँघ राष्ट्रिय समिति हङकङको आयोजनामा २०६७ साल कार्तिक २५ गते किरात माङहीममा अत्यन्त भब्यताका साथ मनाइयो । उक्त जन्म जयन्ति कार्यक्रममा सम्पूर्ण किरात धर्मावलम्बि तथा अन्य महानुभावहरुको उपष्थिति रहेको थियो।सो कार्यक्रममा किरात चोत्लुङ अङसीमाङगेन्ना सेवा समितिका कोषाध्यक्ष आङबोहाङ देउमानको उपस्थितिमा महागुरुको तस्बिरमा माल्यार्पण र दियो जलनगरि किरात धर्मको बिधिअनुसार माङसेवाबाट शुरु गरिएको थियो । कोषाध्यक्ष आङबोहाङले हामी किरातीहरुले अहिले सम्म पनि आफ्नो भाग्य नचिनेर ठुलोभूल गर्दैछौँ । यसरी अब पनि घमण्डमै अल्झियोँभने सयौँ बर्षपछाडि पर्ने कुरामा दुइमत नहुने चिन्ता व्यक्त गर्दै आज क्षणीक सुखविलासिता प्राप्ति हुदैमा आफ्नो मौलिकता विर्सनु नहुने भनि सचेत गराउनु भएको थियो साथै मुहिगुम अङसीमाङको सिवा खाहुन समेत प्रकाश पार्नु भएको थियो । अर्को वक्ता माङसेवा सावा आङवोहाङ अनिल ले चौतर्फी विभिन्न मिडिया माध्यमहरु वाट धर्मको प्रचार प्रसार गर्नु पर्नेमा जोड दिनुहुदै मुहिगुम अङसीमाङको जिवनी वारेमा व्याख्या गर्नु भयो । त्यस्तै गरि साङदाङगेन वारुमसावा तुम्सा तुलक हाङले सम्पूर्ण किरात धर्मावलम्वि तथा अन्य गैह्र किरात धर्मावलम्विहरुले पनि मुहिगुम अङसीमाङ लिङदेन फाल्गुनन्द ज्यूको १२६ औं जन्मजयन्ति आज संसार भरिनै हर्षोल्लासका साथ मनाउन सुवर्ण अवसर मिलेकोमा अत्यन्त खुशीको अनुभूति गरेको कूरा व्यक्त गर्नु भयो । राष्ट्रिय विभूति अङसीमाङले ज्ञान, विबेक, शिक्षा दिशा सम्पूर्ण मानव जातिलाई दिनु भएको छ । किरात जातिले पनि एक समयमा चक्रवर्ति शासन गरेको इतिहास छदैछ । तर बिडम्वना हामी किरात जातिहरु कुहिरोमा हराएको कागझै भएको अवस्थामा थियौ । आफ्नो धर्म, कर्म, साहित्य, सस्कार, सस्कृति सवै भुलेर अत्यन्तै दयनिय अवस्थामा पुगेको देखि तागेरा निङवाभुमाङले वहालाई यस धरतीमा जन्मअवतरण गराउनु भयो । त्यसै समय देखि किरात जातिहरुमा सुधारको कदम क्रमशः शुरु हुनु थाल्यो । उहाँले आफ्नो ब्यक्तिगत स्वार्थलाई त्याग गरि मानव उत्थानको कर्ममा लागि रहनु भयो । किरातीहरुको हराएको मुन्धुमलाई पुनर्उत्थान गरि लिपिबद्ध बनाउनु भयो । त्यसैले वर्तमान परिबेसमा पनि आफ्नो धर्म कर्म नचिन्नु भोलिको पस्यताप हुनेछ भनि आफ्नो विचार व्यक्त गर्नु भएको थियो ।उक्त समारोहमा १२६ औं जन्मजयन्ती मुल समारोह आयोजक समिति नेपाल २०६७ वाट तयार पारिएको मुहिगुम अङसीमाङ लिङदेन फाल्गुनन्दको सन्दर्भ विषयक पर्चा वितरण गरिएको थियो भने उक्त कार्यक्रम समितिका सचिव लक्सम र्इन्द्र कुमारले सञ्चालन गर्नु भएको थियो । अन्तमा समारोहका सभापति नेम्वाङ मोहन मानले दिन दुर्इ गुना रात चार गुना भने झै किरात धर्मले अन्य धर्मको तुलनामा हजारौगुना फडको मारि रहेको संज्ञा दिदै २०५८ सालको राष्ट्रियजनगणना तथ्याङक अनुसार ८,१८,१०६ को संख्यामा पुगि राज्यको चौंथो स्तरमा स्थापित धर्म भएको उल्लेख गर्दै पुनः २०६८ सालको राष्ट्रियजनगणनामा सबैले आफ्नो धर्मको महलमा किरात धर्म लेख्नु पर्ने साथै नेपालमा रहेको आफन्तजनहरुमा पनि यो सन्देस पुर्‍याउनु हङकङवासी सवैमा अपिल गर्नुहुदै सभा विर्सजन गर्नु भएको थियो ।

कतार आएका ३९ जना नेपाली कामदारहरु अलपत्र

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दोहा,धन कमाउने सपना बोकेर कतार आएका ३९ जना नेपाली कामदारहरु अलपत्र परेर दुतावासको शरणमा पुगेका छन ।विभिन्न एजेन्सी मार्फत विभिन्न समयमा आएका यी कामदाहरु इण्डीयन मुदीर रहेको दोहास्थित एक कम्पनीमा कार्यरत थिए । कम्पनीले विगत एक वर्षदेखि भिषा नलगाएको र छ महिनादेखि तवल पनि नदिएर मर्माहत बनेका कामदारहरुलाई उल्टै गत ३१ तारिकबाट खान पनि बन्द गरी दिएको पीडितहरुले बताए ।करिब सयजना कार्यरतमध्ये २९ जना नेपाली सहित ३५ जना भिषा नभएका कारण पक्राउमा परेकाले आफुहरु दुतावासको शरणमा आएको उनीहरूले बताए ।नेपालीहरुको महान चाड तिहारको बेलामा पनि आफुहरु भोकै सुत्न परकोमा आँशु झार्दै एक कामदारले भने- ‘अब हामी दुतावासको शरणमा आएका छौ अब भने बाँच्छौ भन्ने लागेको छ ।’ यस विषयमा दुतावासले पहल गरिरहेको जानकारी प्राप्त भएको छ ।

सात दलको बैठक निष्कर्ष बिहीन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक २८ - प्रधानमन्त्री निर्वाचनलाई सार्थक बनाउन सर्वोच्च अदालतले गरेको फैसलाबारे छलफल गर्न बसेको सात दलको बैठक माओवादी र काँग्रेसको आ–आफ्नै अडानका कारण बिना निष्कर्ष सकिएको छ । सभामुख सुभाष नेम्वाङले सर्वोच्चको सुझावबारे दलहरुले आफू अनुकुल व्याख्या गर्न थालेपछि आइतवार प्रमुख सात दलको बैठक बोलाएका थिए । बैठकमा काँग्रेसले सर्वोच्चको फैसला अनुसार प्रधानमन्त्रीका एक्ला उम्मेदवार रामचन्द्र पौडेललाई निर्विरोध प्रधानमन्त्री घोषणा गर्नुपर्ने अडान राखेको थियो भने माओवादीले प्रकृयालाई नै टुङ्ग्याएर नयाँ प्रकृयामा जानु पर्ने बताएका थिए । एमालेका सचेतक भीम आचार्यका अनुसार एमालेले भने लोकतान्त्रिक विधि अनुसार विषयलाई टुङ्गोमा पुर्याउनु पर्ने धारण राखेको थियो । 'भोली हुने तीन दलको बैठकमा यस विषयलाई लैजाने भएको छ' उनले भने । सभामुखको कार्यकक्ष सिंहदरबार सातका शीर्ष नेतृत्व लगायत प्रमुख सचेतकहरुसँग कांग्रेसको माग र सर्वोच्चको फैसलाबारे छलफल भएको थियो । छलफलका लागि एमाले अध्यक्ष झलनाथ खनाल, कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल, मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव लगायतका नेता बैठकमा सहभागी थिए । प्रधानमन्त्रीको १७ औं निर्वाचन सोमबार हुँदैछ ।

साउदी राजकुमार अल बलिद विन तलाल नेपालमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउदी अरबका राजकुमार अल बलिद विन तलाल नेपालको जलस्रोत, पर्यटन र वैदेशिक रोजगारका क्षेत्रमा लगानी र अवसरका सम्बन्धमा अध्ययन तथा छलफल गर्न नेपालको दुईदिने भ्रमणमा आउनुभएको छ ।राजकुमार तलाल हिजोराति ३६ जनाको टोलीसहित निजी विमानबाट काठमाडौँ आइपुग्नुभएको हो । उहाँ आज दिउँसो भुटानको राजधानी थिम्पु गई आजै साँझ नेपाल आउनुहुने भएको छ ।राजकुमार तलालले सोमबार नेपालका राष्ट्रपति डा रामवरण यादव, प्रधानमन्त्री माधवकुमार नेपालसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुहुनेछ ।विश्वका धनी व्यक्तिमध्ये १९ औँ सूचीमा पर्ने तलालले सोही दिन विभिन्न सम्बन्धित मन्त्री र अधिकारीहरुसँग बैठक गर्नुहुने परराष्ट्र मन्त्रालयका सहप्रवक्ता हरिश्चन्द्र घिमिरेले बताउनुभयो ।

आङ सान सुकी र नेपालको सम्बन्ध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
न्यु ह्याम्सर (अमेरिका), कार्तिक २८ - बितेका २१ वर्षमा १५ वर्ष सैनिक नजरबन्दमा रहेकी म्यान्मार, बर्माकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकी शनिबारदेखि नजरबन्दमुक्त भएकी छन् । बर्मा हाम्रो छिमेकी मात्र हैन, धेरै नेपालीको बसोबास छ, बर्मामा । बर्माले १ सय ३५ जातीलाई पहिचान दिएको छैन । तिनै जातिमध्ये नेपाली एक हो । त्यहाँ नेपाली गोर्खाका नामले चिनिन्छन् । धेरै नेपालीले बर्माको स्वतन्त्रता आन्दोलन देखेको र केहिले लडेका पनि थिए । गैर आवासिय नेपाली संघ, एनआरएनले बर्मामा ४ लाख नेपाली रहेको अनुमान गरेको छ ।
बर्मामा नेपाली भएजस्तै बर्माकी प्रजातन्त्रवादी नेतृ सुकीसँगको नेपालको नाता रोचक छ । आङ सान सुकी र नेपालबीच अनौठा प्रसंगहरु छन् । यी प्रसंग थाहा पाउन पाँच दशकअघि फर्कनु पर्ने हुन्छ, जसबेला उनी विद्यार्थी नै थिइन । उनकी आमाले बर्माका तर्फबाट नेपालका लागि राजदूतका रुपमा काम गरेकाले सुकी र नेपालको सम्बन्ध बनेको हो । सन् १९६० मा भारत र नेपालको राजदूत भएर उनकी आमा खिन की भारत आएपछि सुकीले दिल्लीको 'जेसस एण्ड मेरी कन्भेन्ट' मा पढीन् । सन् १९६२ मा दिल्ली विश्वविद्यालयको लेडी श्रीराम कलेज, उच्च शिक्षा अक्सफोर्डअन्तर्गत सेन्ट हग्स कलेजमा पढिन् । सन् १९६४ मा राजनीतिशास्त्र डिग्री गरिन् ।
उनले विवाह गरेका व्यक्तिको चासो सुकीलाई नेपालतिर तान्ने अर्को कारण बन्यो । सन् १९७२ मा सुकीले बेलायती प्राज्ञ माइकल एरिससँग विवाह भएको हो । सुकी र एरिसको भेट अक्सफोर्डमा पढ्दा भएको थियो । उनीहरूबाट सन् १९७३ मा अलेक्जेन्डर र सन् १९७७ मा किम दुई छोराहरू जन्मे ।
विवाहपश्चात् माइकल आफ्नो हिमालयप्रति चासोका कारण भुटानको विदेश मन्त्रालयमा भुटानी इतिहासको अनुसन्धान अधिकृत र ६ वर्ष त्यहाँको शाही परिवारका सदस्यको निजी शिक्षक रहे । भुटानमा सन् १६२० मा पहिलो नेपाली समूह गएको इतिहास एरिसले लेखेको 'भुटान - द अर्ली हिस्ट्री अफ ए हिमालयन किङ्गडम' मा उल्लेख छ । त्यो पहिलो समूहमा काठमाडौंका नेवारहरु थिए । माइकललाई हिमाल - नेपाल, भुटान, तिब्बतसम्बन्धी ज्ञाताका रूपमा पनि चिनिन्थ्यो ।
सुकी चर्चामा आउनुअघि चारपटक नेपाल गएकी छन् । सुकीले 'लेट्स भिजिट नेपाल' नामको पुस्तक पनि लेखेकी छन्, उक्त पुस्तक सन् १९८५ मा प्रकाशित भएको छ । उनले बर्मा र भुटानको भ्रमण गर्न सहयोग पुग्ने 'लेट्स भिजिट बर्मा' र 'लेट्स भिजिट भुटान' पनि लेखेकी छन् ।
बौद्ध धर्मप्रति आङ सानको परिवार आबद्ध हुनु सुकीको नेपाल जानुको कारण बनेको थियो । सुकी २०२८ सालमा पहिलोपटक नेपाल गइन् । त्यसबेला उनी काठमाडौंको नःघल टोलस्थित धर्मकीर्ति बिहारमा पनि बसेकी थिइन । तीन महिनासम्म नेपाल बस्ने क्रममा उनले धर्मकीर्ति विहारका भिक्षुणीहरूलाई अंग्रेजी भाषा सिकाएकी थिइन् । दोस्रोपटक पति माइकलसँग पनि नेपाल गइन् । माइकल तिब्बतको अध्ययनका लागि त्यता जाँदा सुकी नेपालमा बसेकी हुन् ।
२०३० सालमा उनी तेस्रोपटक नेपाल गइन् । उनका साथमा उनको पहिलो सन्तान अलेक्जेन्डर पनि थिए । त्यसबेला सुकी नेपालमा एक महिना बसिन् । चौथोपटक २०३१ सालमा नेपाल जाँदा उनको अर्को सन्तान पनि जन्मिसकेको थियो । एरिस पनि साथै थिए । उनीहरूले लामो समय नेपालमा बिताए । त्यसपटक एरिसले नेपालको उत्तरी भेग डुलेर तिब्बती धर्म-संस्कृतिसँग सम्बन्धित हस्तलिखित ग्रन्थहरूको माइक्रोफिल्म बनाए । अमेरिकाको बर्कले विश्वविद्यालयका विशेषज्ञहरूसँग आएका एरिसले त्रिभुवन विश्वविद्यालयको नेपाल तथा एशियाली अध्ययन केन्द्र, सिनाससँग संयुक्तरूपमा काम गर्न चाहेका थिए, तर नेपालको तत्कालीन सरकारले स्वीकृति दिएन । त्यसपछि उक्त टोलीले आफ्नै ढंगले गोरखाको नुप्री क्षेत्रका गुम्बामा ५-६ हप्ता अध्ययन गरेको थियो । एरिसको उक्त अध्ययनको रिपोर्ट सिनासको प्रकाशन 'कन्ट्रिब्युसन टु नेप्लीज स्टडी' २०३२ असारमा 'रिपार्ट अन द युनिभर्सिटी अफ क्यालिफोर्निया एक्सपिडिसन टु कुटाङ एन्ड नुब्री इन नर्दन नेपाल इन आटम १९७३' का नाममा छापिएको छ ।
सन् १९९१ मा सुकीलाई नोबेल शान्ति पुरस्कार प्रदान गरियो । पुरस्कार लिन माइकल र छोराहरु पुगेका थिए । आमाले पाएका धेरै पुरस्कार छोराहरुले नै लिएका छन् ।
सन् १९९५ मा नजरबन्दबाट मुक्त गरिएपछि विश्वभरका थुप्रै नेताहरूले बधाई सन्देश पठाए । नेपालका तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले पठाएको सन्देश लिएर रंगूनस्थित शाही नेपाली राजदूतावासका कर्मचारीहरू सुकीलाई भेट्न जाँदा उनले आफू कैयौंपटक नेपाल आएको कुरा गरेर नेपाली कूटनीतिज्ञहरूलाई चकित पारेकी थिइन् । सुकीका पति माइकल सन् १९९९ मार्च २७, २०५५ चैत्र १३ मा बिते । माइकल र सुकीका दुवै छोरा बेलायतमा छन् ।

माओवादी बैठकका लागि दुई करोड सरकारी खर्च

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गोरखा, गोरखामा हुन लागेको एकीकृत नेकपा माओवादीको विस्तारित बैठकस्थलको पूर्वाधार निर्माणमा करिब २ करोड रुपियाँ सरकारी खर्च हुने भएको छ। बैठकका लागि निर्धारित स्थल गोरखाको पालुङ्टार गाविसस्थित तान्दानटारसम्ममा सडक खानेपानी विद्युत् र साचारसुविधा व्यवस्था गर्ने क्रममा सो खर्च लाग्ने भएको सम्बन्धित कार्यालयहरुले जनाएका छन्। मस्र्याङ्दी नदीको किनारदेखि बैठकस्थलसम्म पुग्ने ग्रामीण कच्ची सडकको स्तरोन्नति त्यससँग जोडिएको सडक मर्मत र नयाँ ट्रयाकसमेत खुल्ने कार्यमा करिब १ करोड ५० लाख रुपियाँ खर्च हुने भएको ११ किलो छेपेटार वारपाक सडक आयोजनाको कार्यालय गोरखाले जनाएको छ। त्यस्तै सो बैठकस्थलमा साचार सेवालाई प्रभावकारी बनाउन नजिकैका जीएसएम र सीडीएमए टावरहरुको क्षमता विस्तारका क्रममा १७ लाख रुपियाँ खर्च हुनेभएको टेलिकम गोरखाले जनाएको छ।खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोरखाका अनुसार दुई छुट्टाछुट्टै मुहानबाट पानी ल्याएर खानेपानी नुहाउने पानी र शौचालयमा प्रयोगका लागि समेत हुने पानी व्यवस्था गर्नका लागि करिब ७ लाख रुपियाँ खर्च लाग्ने भएको छ। गोरखाको पालुङटार गाविसस्थित बाह्रपिर्के बजारदेखि बैठकस्थलमा विद्युत् क्षमतावृद्धि गरी थ्री फेजको लाइन विस्तार कार्यको लागि करिब १६ लाख खर्च हुने नेपाल विद्युत् प्राधिकरण गोरखाले जनाएको छ।

Nov 13, 2010

फाल्गुनन्दको १२६ औं जन्मजयन्ती सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,मलेसिया
१६औं राष्ट्रिय विभुति महागुरु फाल्गुनन्द लिङदेनको १ सय २६ औं जन्मजयन्ती किरात धर्म तथा साहित्य उत्थान संघ मलेसिया किरात ज्योजिष संघ मलेसिया र किरात याक्थुङ चुम्लुङ मलेसियाको संयुक्त आयोजनाका सम्पन्न भएको छ । महागुरु फाल्गुनन्दको जन्मजयन्तीलाई विश्व शान्ति तथा मानव एकताको दिवसको रुपमा मनाउने गरेको छ । किरात ज्योतिष उत्थान संघ मलेसियाका अध्यक्ष दिलकुमार केरुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ मलेसिया शाखाका कार्यवहाक अध्यक्ष विनो लामा रहेका थिए भने विशिष्ठ अतिथिहरु किरात याक्थुङ चुम्लुङ मलेसियाका अध्यक्ष कृष्ण बहादुर आङदेम्बे श्रम साप्ताहिकका प्रधान सम्पादक रमेश तुफान र अन्य अतिथिहरुमा किरात राई यायोक्खाका अध्यक्ष विष्णु किरात नेपाल व्यापारी समाज मलेसियाका सचिव खुम राना मगर पत्रकार रुसाहाङ चेम्जोङ कोपिला गौतम र सुन्दर आले रहेका थिए । कार्यक्रममा अतिथिहरुले मन्तव्य दिने क्रममा किरातले आफ्नो रितिरिवाज र संस्कार संस्कृतिको जगेर्णा गर्नु पर्नेमा जोड दिएका थिए ।

फालगुनन्द लिङदेन जयन्ती तथा वलिहाङ तङनाम समापन

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ/लाओती तान्छोहाङ
११ नोभेम्बर २०१० को दिन जोर्डनको डि.एम.पि स्टोरमा कि.या.चु.हङकङले राष्ट्रिय विभुती तथा समाज सुधारक श्री फालगुनन्द लिङदेन ज्यू को १२६ औं जन्म जयन्ती तथा येले तङबे ५०७० सालको वलिहाङ तङनाम संयुक्त रुपमा समापन गरेको छ । किरात याक्थुङ चुम्लुङ हङकङको अध्यक्ष कृष्णराज लाओतीको अध्यक्षतामा सम्पन उक्त कार्यक्रममा अतिथीहरुमा भु.पु सल्लाहकार उतरमान तिगेला,सगितकार दिनेश सुब्बा,लिम्बु बुद्घिजिबी प्रकाश यक्सो,सांस्कृतिक बिभाग प्रमुख काजीमान मास्वा,श्याम र्इङनाम र फक्ताङलु संयङ नेपालका उपाध्यक्ष राजकुमार आङदेम्बे रहनुभएको थियो । स्वागत कि.या.चु हङकङका उपाध्यक्ष हस्त लिवाङले गर्नु भएको थियो । फालगुनन्द लिङदेनको तस्बीरमा मार्लपन पछि उहाँको बारेमा उतरमान तिगेला,काजीमान मास्वा र प्रकाश यक्सो प्रकाश पार्नु भएको थियो । पत्रकार तथा सल्लाहकार भुपेन्द्र चेम्जोङ र पत्रकार तथा भु.पु सल्लाहकार टंक सम्बाहाङफेको पनि उपस्थिती थियो । येले तङबे ५०७० सालको वलिहाङ तङनाम कि.या.चु हङकङले बितेका बर्षहरु जस्तै यो बर्षपनि भब्यताका साथ सम्पन गरेको छ । ६ नोभेम्बर २०१० को दिन युनलङको सांग्रिला करीहाउसमा चुम्लुङको अध्यक्ष कृष्णराज लाओती र नेपाली महांसघको अध्यक्ष प्रदीप थापा द्वारा सयुक्त रुपमा मैनबती र के (च्याब्रुङ) साथै पेपर फायर्रवर्क गरि भव्यताका साथ वलिहाङ तङनामको सरुवात गरेको थियो । ७ नोभेम्बर २०१० को दिन किरात याक्थुङ चुम्लुङ हङकङले बलीहाङ तङनाम मनाउने क्रममा आज जोर्डनको याक एण्ड यतिमा चुम्लुङको अध्यक्ष,संगितकार दिनेश सुब्बा र सामाजसेवि राजकुमार फोम्बो द्वारा सयुक्त रुपमा मैनबती प्रजलन गरेर वलिहाङ तङनाम मनाएको थियो । ८ नोभेम्बर २०१० को वानचाईको २ स्टार स्टोर र काठमाडौं स्टोरको प्राङ्गनमा चुम्लुङको अध्यक्ष र सल्लाहकार नीर प्रसाद जबेगु द्वारा सयुक्त रुपमा मैनबती प्रजलन गरेर वलिहाङ तङनाम मनाएको थियो । अन्तिम कार्यक्रम ९ तारीक चुवानको टि कप रेष्टुरेण्टमा चुम्लुङको अध्यक्ष,सल्लाहकार द्वाय हेम लिम्बु र टंक चङबाङ द्वारा सयुक्त रुपमा मैनबती प्रजलन गरेर वलिहाङ तङनाम मनाएको थियो । चुनवानमा याक्थुङबा बुद्घिजिबी डिबी पालुङवा,मणी वनेम,कैलाश लिम्बु र हेम लाओती को सकृयतामा वलिहाङ तङनाम भब्यताको साथ सम्पन भएको थियो भने चुनवानको तुम्देन रेष्टुरेण्ट सञ्चालक बिजय प्रकाश बोखिम लिम्बुले हङकङ डलर ५०२० चन्दा दिनु भएको थियो । हेम लाओती ले च्याब्रुङ का कलाकारहरु लाई हङकङ डलर २०० पुरस्कार दिनु भएको थियो । किरात याक्थुङ चुम्लुङ हङकङले कलाकाहरुलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार अतिथीहरुको हातबाट प्रदान गरीएको थियो । तङनामको ४ वटै स्थानमा सचिव नन्द चङसुले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।अन्तयमा चुम्लुङका अध्यक्षले कार्यक्रममा उपस्थित,कलाकार,सम्पूर्ण चन्दादात र लारिङ्गे नाम्लीङ्गे खेल्नको लागि ठाउँ उपल्बद गराउने महानुभावहरु लाई एक्मुष्ठ धन्यबाद दिनु भएको थियो । संगितकार दिनेश सुब्बा र राजकुमार आङदेम्बे ले चुम्लुङ लाई सहयोग गरे बापत बिशेष धन्यवाद दिनदै बलिहाङ तङनाम समापन गर्नु भएको थियो । उपाध्यक्ष द्वारा बिधिवतरुपमा लारिङ्गे नाम्लीङ्ग खेलेर समापन गर्नु भएको थियो । कार्यक्रम सह सचिव चन्द्र सिङघक ले सञ्चालन गर्नु भएको थियो । करिव ११ बजे खानपिन र १९ डिसेम्बर २०१० को दिन चासोक तङनाम मा भेटने बाचाका साथ कार्यक्रम सम्पन भएको थियो ।

मोबाइल गुणस्तर अध्ययन गरिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक २७, सरकारले चालू आर्थिक वर्षमा आधारभूत टेलिफोन, मोबाइल फोन र इन्टरनेट सेवाको गुणस्तरसम्बन्धी अध्ययन गर्ने योजना बनाएको छ । दूरसञ्चार क्षेत्रमा गुणस्तरीयताको प्रश्न लगातार उठिरहेको अवस्थामा दूरसञ्चार प्राधिकरणले यस्तो गर्न लागेको हो । प्राधिकरण मुलुकका प्रमखु चार सहरका साथै तीन वटा राजमार्गमा मोबाइल सेवाको गुणस्तर अध्ययन गर्ने भएको हो । उसले सुरुमा विराटनगर, काठमाडौं, पोखरा र नेपालगन्जमा अध्ययन गर्नेछ । यस्तै पूर्व-पश्चिम, काठमाडौं-पोखरा र तातोपानी-रक्सौल (रक्सौल हुँदै काठमाडौंबाट तातोपानी) राजमार्गमा अध्ययन हुनेछ । मोबाइल फोनको गुणस्तर परीक्षण गर्न लागेको यो दोस्रोपटक हो । यसअघि प्राधिकरणले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सेडालाई यो अध्ययन गर्ने जिम्मेवारी दिइएको

सभापति कोइरालाद्वारा सुकी रिहाइको स्वागत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले म्यानमारको प्रजातान्त्रिक आन्दोलनकी नेत्री आङसाङ सुकीलाई नजरबन्दबाट मुक्त गरिएकोमा आफू र आफ्नो पार्टीको तर्फबाट हार्दिक स्वागत गर्नुभएको छ ।सभापति कोइरालाले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा भनिएको छ-म्यान्मार सरकार यसकारण पनि धन्यवादको पात्र छ, नोवल शान्ति पुरस्कार विजेता नेत्री सुकी अब पूर्ण स्वातन्त्रापूर्वक आफ्नो राजनीतिक गतिविधिमा सरिक हुन पाउनु हुनेछ र उहाँमाथि कुनै पनि प्रकारको अङ्कुश लगाउने छैन भन्ने आशा राखेको छु ।उहाँको रिहाइले संसारभरिका प्रजातन्त्रवादीलाई अत्यन्त खुशीको सन्देश भएको उल्लेख गर्दै यसबाट कुनै पनि तानाशाही, शक्तिमाथि लोकतान्त्रिक शक्तिको विजयी अवश्यम्भावी हुन्छ भन्ने सन्देश गएको सभापति कोइरालाले बताउनु भएको छ ।सुकीको रिहाइले एसियाली राजनीतिमा ठोस सकारात्मक प्रभाव दिएको बताउँदै उहाँले लोकतन्त्र, मानव अधिकार, वैयक्तिक स्वतन्त्रताको दिशामा यो एउटा महत्वपूर्ण फड्को हुने उल्लेख गर्नु भएको छ ।विज्ञप्तिमा म्यान्मारका जनताले आफ्नो नेताको रिहाइका निर्बाध खुशी मनाउन, भेट गर्न र सहानुभूति एवम् समर्थन दिँदा कुनै पनि प्रकारको दमन र कठिनाईको सामना गर्नुपर्ने छैन भन्ने ठानेको छु भन्नु भएको छ ।

चिकित्सकको आन्दोलन स्थगित, सबै सेवा सुचारु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पोखरा,स्थानीय प्रहरी प्रशासनले सुरक्षाको प्रत्याभुति दिलाएपछि पोखरा मणिपाल शिक्षण अस्पतालका चिकित्सकहरु आजबाट काममा फर्किएका छन् ।आज दिउँसो जिल्ला प्रहरी कार्यलय कास्कीमा चिकित्सकको टोली र प्रहरीबीच भएको छलफलमा प्रहरीले सुरक्षाको प्रत्याभुति दिलाएपछि चिकित्सकहरु काममा फर्किन राजी भएका हुन् । बिरामीका आफन्तहरुले अस्पतालमा तोडफोड र चिकित्सकहरुलाई दुर्ब्यबहार गरेकोमा आफूहरु असुरक्षित भएको भन्दै चिकित्सकहरुले शुक्रबारदेखि पोखरा मणिपाल शिक्षण अस्पतालको आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका थिए ।सुरक्षाको प्रत्याभुति र अस्पताल तोडफोडमा संलग्नलाई कारबाहीको माग सहित आज दिउँसो जिल्ला प्रहरी कार्यलय कास्कीमा पुगेका डाक्टर दीपक कोईराला सहितको चिकित्सकहरुको टोलीलाई कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक पुष्कर कार्कीले सुरक्षाको ग्यारेन्टी दिएर अस्पताल तोडफोडमा संलग्नलाई कारबाही गर्ने प्रतिबद्धता जनाएपछि आज दिउँसो साढे १ बजेदेखि अस्पतालका सबै सेवा सुचारु भएका हुन् ।मणिपाल अस्पतालबाट काठमाडौ रिफर गरिएका मणिराम शर्मालाई बाटोमा अक्सिजन प्रयोजनको लागि दिइएको दुईवटा अक्सिजन सिलिन्डर खाली भएको भन्दै बिरामीका आफन्तले अस्पतालको आईसियु कक्षमा तोडफोड गरेका थिए । तोडफोडमा संलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रधानमन्त्रीले अब माओवादीलाई नकुर्ने / बजेट मंसिर ३

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बजेट ल्याउनका लागि प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा (माओवादी) सँग सहमति गर्न नसकेका प्रधानमन्त्री माधवकुमार नेपालले उसको स्वीकृतिबिना नै बजेट प्रस्तुत गर्न अन्तिम गृहकार्य शुरू गर्नुभएको छ। माओवादी अवरोधसँगै संविधानसम्मत रूपमा के-कसरी बजेट ल्याउन सकिन्छ भनी प्रधानमन्त्री नेपालले शुक्रबार कानुनविद्हरूसँग रायसुझाव लिई अन्तिम गृहकार्य थाल्नुभएको हो।छलफलमा सहभागी एक कानुनविद्ले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै नेपाल समाचारपत्रसँग भने- ँमैले बजेट ल्याउनका लागि माओवादीसँग पटकपटक कुरा गरी सहमति मागेँ तर सो कार्य विफल भयो। अब जसरी पनि बजेट ल्याउनुपर्छ।’त्यसो भनेपछि प्रधानमन्त्री नेपालले अर्थमन्त्री र अर्थसचिवतिर फर्किएर कहिलेसम्म बजेट ल्याउन सकिन्छ भनी प्रश्न राख्नुभएको सम्बद्ध स्रोतले जानकारी दियो। प्रधानमन्त्री नेपालको उत्तर दिँदै अर्थमन्त्री र सचिवले सबै कुरा तयारी भइसकेका कारण आगामी मंसिर ३ गते बजेट ल्याउन सकिने जानकारी गराएका थिए।बजेटका बारेमा सुझाव दिन गएका एमाले सभासद् तथा कानुनविद् अग्नि खरेलले प्रधानमन्त्रीले मंसिर ३ गतेसम्म बजेट ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको जानकारी दिनुभयो।

१५ वर्षपछि प्रजातन्त्रवादी नेतृ सुकी नजरबन्दमुक्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक २७,१५ वर्षदेखि सैनिक नजरबन्दमा रहेकी म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकी शनिबारदेखि नजरबन्दमुक्त भएकी छन् । रङ्गुनस्थित निवासबाट सुरक्षाकर्मी हटेपछि सुकी आफ्ना समर्थकमाझ देखापरेकी समाचार एजेन्सीहरुले जनाएका छन् । म्यान्मारका सैन्य अधिकारीले नेतृ सुकीको रिहाइ गर्ने आदेशमा शुक्रबार हस्ताक्षर गरेका थिए । सुकीले सन् १९९१ नोबेल शान्ति पुरस्कार जितेकी थिइन् । रिहाइअघि सुकीले राजनीतिक गतिविधिबाट अलग्याउने शर्तमा सहमति नजनाएको उनका कानुनी सल्लाहकारहरुले जानकारी दिएका छन् । सरकारले सुकीलाई राजनीति नत्यागेसम्म स्वतन्त्र घुमफिर गर्ने स्वतन्त्रता प्रदान नगर्ने चेतावनी दिंदै आएको छ ।

Nov 12, 2010

डा. सुवेदी बेलायती परराष्ट्रमन्त्रीको सल्लाहकार नियुक्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लण्डन,प्राध्यापक डा. सूर्यप्रसाद सुवेदी बेलायती परराष्ट्र मन्त्रीको सल्लाहकार समितिमा नियुक्त हुनुभएको छ। बेलायती परराष्ट्र मन्त्रालयले बिहीवार जारी गरेको बिज्ञप्तिमा सुवेदीलाई सेक्रेटरी अफ् स्टेट्स विलियम हेगले आफ्नै अध्यक्षतामा रहेको समितिको सदस्यमा नियुक्त गरेको उल्लेख छ।त्रिभुवन विश्वविद्यालयका कानुनका स्नातक सुवेदीले बैलायतकै हल विश्वविद्यालयबाट विशिष्ठ श्रेणीमा प्रथम भई अन्तर्राष्ट्रिय कानुनमा स्नातकोत्तर र अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएको छ। हाल वेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापन गरिरहनुभएका सुवेदी केब्रिज विश्वविद्यालयले प्रकाशित गर्ने एसियन जर्नल आफ् इन्टरनेशनल ल का सम्पादक समेत हुनुहुन्छ।बेलायतमा केही महिनाअघि भएको आम निर्वाचनपछि गठित कन्जरभेटिभ र लिवरल डेमोक्रेटिक संयुक्त सरकारका परराष्ट्रमन्त्रीले अन्तर्राष्ट्रिय स्तरमा मानवअधिकारको संरक्षण र सम्वर्द्धन गर्नु बेलायती परराष्ट्र नीतिको प्रमुख लक्ष्य रहेको र सोही अनुसार सल्लाहकार समिति बनाइएको जानकारी दिएका छन्।

भारतीय माओवादीलाई दिएको तालिम छानविन जारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालगञ्ज,उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले एकीकृत नेकपा माओवादीले भारतीय माआवबादीलाई सैन्य तालिम दिएको भन्ने आरोपको सरकारले छानबिन गरिरहेको बताउनुभएको छ ।प्रेस क्लब अफ नेपालले आज बिहान नेपालगञ्ज विमानस्थलमा गरेको पत्रकार भेटघाटमा उपप्रधानमन्त्री कोइरालाले नेपालको भूमि कुनै पनि छिमेकी भूमिविरुद्ध प्रयोग हुन नदिन सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।माओवादीले भारतीय नक्सालवादी माओवादीलाई तालिम दिएको भए नेपालको परराष्ट्र नीति विपरित हुने कोइरालाको भनाइ छ । उपप्रधानमन्त्री कोइरालाले सरकार जतिसक्दो चाँडो बजेट ल्याउने तयारीमा रहेको बताउनुभयो ।नेपाली काङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलको प्रधानमन्त्रीका रुपमा रहेको उम्मेद्वारी सहमतिका लागि दबाब भएको उहाँले बताउनुभयो । काङ्ग्रेस केन्दि्रय सदस्य कोइरालाले आफूलाई महाधिवेशनको समयमा नेताहरुले दिएको आश्वासन अनुसार उपसभापतिमा मनोनित गर्नुपर्ने दाबी गर्नुभयो ।

मंसिर पहिलो साता पूर्ण बजेट ल्याउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भरतपुर, कार्तिक २६ - अर्थमन्त्री सुरेन्द्र पाण्डेले एक हप्ताभित्र पूर्ण बजेट ल्याउने बताएका छन् । 'बजेट ल्याउन हामी राजनीतिक र कानुनी छलफलमा छौं,' शुक्रबार चितवनको भरतपुरमा युवा संघको नवौं जिल्ला सम्मेलनको उदघाटनपछि प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा उनले भने, 'मंसिरको पहिलो साता बजेट ल्याउछौं ।' राजनीतिक असहमति भएपनि पूर्ण बजेट ल्याउने अर्थमन्त्रीको दाबी छ । '२९ गतेको दलको बैठकमा राजनीतिक सहमति नभएपनि बजेट आउन कुनै अबरोध हुँदैन,' उनले भने ।
अर्थमन्त्री पाण्डेले अघिल्लो वर्षभन्दा यस वर्ष बजेटको आकार भने केही सानो हुने बताए । 'आम्दानी कम भएको छ' मन्त्री पाण्डेले भने,' बजेटको आकार केही सानो हुन्छ ।'

चार सन्तान जन्माउनेलाई अमेरिकाबाट सहयोग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक २६ - एकैपटक चार सन्तानलाई जन्म दिएकी रोल्पा तेबाङकी टिका विकलाई अमेरिकामा रहेका एक नेपालीले आर्थिक सहयोग गरेका छन् । ब्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष अर्जुनप्रसाद मैनालीले बिकलाई नगद १० हजार सहयोग गरेका हुन् । उनले उक्त सहयोग कान्तिपुर मार्फत उपलब्ध गराएका हुन् । मैनालीले थप ५० हजार रुपैंया सम्म सहयोग गर्ने बताएका छन् । इन्टरनेट मार्फत प्रतिक्रिया दिदैं मैनालीले दुईदिन पछि २५ हजार र बाँकी २५ हजार रुपैंया तीन महिना भित्रमा पठाउने जानकारी दिए । अनलाईन र टेलिभिजन मार्फत विकले चार सन्तानलाई एकैपटक जन्माएको खबर थाहा पाएको र उनको अबस्था दयनीय भएकाले सबैलाई आर्थिक सहयोग गर्न आग्रह समेत गरेका छन् । विकले गत सोमबार एकैपटक चार सन्तानलाई जन्म दिएकी थिइन् । जसमा एक सन्तानको शुक्रवार मृत्यु भएको छ ।

तीन दलको गोप्य वार्ताप्रति साना नौ दल असन्तुष्ट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
शान्ति, नयाँ संविधान, सरकार र बजेटका विषयमा सहमति जुटाउने नाममा प्रमुख तीन दलले एकलौटीरुपमा मुलुकलाई अगाडि बढाउन खोजेको भन्दै साना राजनीतिक दलहरुले असन्तुष्टि जनाएका छन्।उनीहरुले त्रिदलीय गोप्य बैठकमा भएका छलफल र सहमतिबारे सबै राजनीतिक दललाई जानकारी गराउनुपर्ने माग गरेका छन्। जारी गतिरोध र बजेट आउन नसकेको अवस्था बारे छलफल गर्न सिंहदरबारमा बसेको नौ साना दलको बैठकले सरकार निर्माणमा मात्र नलागी संविधान लेखन र शान्ति प्रक्रियालाई टुंग्याउने दिशामा केन्द्रीत हुन पनि प्रमुख तीन दललाई सुझाव दिएका छन्।बजेट नआउँदा अर्थतन्त्र धरासायी हुँदै गएको निष्कर्ष निकाल्दै साना दलले कात्तिक मसान्तभित्रै नीति तथा कार्यक्रम सहितको पूर्णबजेट ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्।त्यस्तै भारतीय माओवादीलाइ नेपाली माओवादीले शैन्य तालिम दिएको भन्नेबारे सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने पनि साना दलको माग रहेको छ। उनीहरुले यदि नेपालका माओवादीले भारतीय माओवादीलाई शैन्य तालिम दिएको भए त्यो आपत्तिजनक हुने बताएका छन्।

देउसीभैलोबाट मावि सञ्चालन गरिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
(रुकुम), देउसीभैलोबाट संकलन भएको रकमले मावि सञ्चालन गर्ने जिल्लामा रहेको एक निम्न माध्यामिक विद्यालयले निर्णय गरेको छ। जिल्लाको अर्मा गाविसमा क्रियाशील जनसेवा युवा क्लबले देउसीभैलोबाट संकलन गरेको दुई लाख २७ हजार आठ सय पचास रुपिया मावि साचालन गर्न भन्दै विद्यालयलाई हस्तान्तरण गरेको छ। जनकल्याण निम्न माध्यामिक विद्यालय अर्मा बागखोर रुकुमलाई सो क्लबले देउसीभैलोबाट संकलन गरेको उक्त रकम हस्तानतरण गरेको क्लबका सदस्य प्रेमप्रकाश ओलीले बताउनुभयो। क्लबले यही कात्तिक १७ देखि २० गतेसम्म खेलेको देउसीभैलोबाट उक्त रकम संकलन गरेको थियो। क्लबका सदस्य प्रेमप्रकाश ओलीले भने जनकल्याण निमाविलाई मावि बनाउने भनेको धेरै भयो तर आर्थिक स्रोत थिएन। यस पटक देउसी खेलेर भएपनि रकम संकलन गर्नुपर्छ भनेका थियौं सोचेभन्दा बढी भयो। ओलीका अनुसार देउसीबाट यति धेरै रकम संकलन होला भन्ने क्लबले सोचेको थिएन। अर्मा गाविसलगायत छिमेकी गाविसहरु छिबांग पेउघा र नुवाकोटमा देउसी खेलेको सो क्लबले बताएको छ। बिहीबार एक कार्यक्रमको आयोजना गरी जनकल्याण निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक यज्ञबहादुर ओलीलाई क्लबका अध्यक्ष डण्डवीर डिसीले हस्तान्तरण गर्नुभएको हो। उक्त विद्याललयमा हाल ४ जना स्थायी १ जना राहत र १ जना निजी गरी ६ जना शिक्षक कार्यरत छन्। देउसीभैलोबाट संकलन भएको रकम हस्तान्तरण कार्यक्रममा सबैभन्दा बढी रकम दिने अर्मा गाविस-६ का शशिराम ओलीलाई सम्मानसमेत गरिएको थियो। क्लबका अध्यक्ष डण्डवीर डिसीले शशिरामलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो। शशिराम ओलीले १३ हजार आठ सय पचास रुपियाँ उक्त जनसेवा युवा क्लबलाई देउसीभैलोमा दक्षिणा स्वरुप दिएका थिए। जनकल्याण निम्न माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर डाँगीका अनुसार यो निर्णय क्लबले मात्र गरेको हो।

Nov 10, 2010

भारतीय माओवादीलाई तालिम दिएको विषय मन्त्रिपरिषद्‌मा लगिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक २४,माओवादीले भारतीय माओवादीलाई तालिम दिएको सम्बन्धमा आएको खवर गम्भीर रहेको उल्लेख गर्दै उपप्रधान तथा परराष्ट्र मन्त्री सुजाता कोइरालाले त्यसलाई मन्त्रिपरिषद्को बैठकमा उठाउने बताएका छन् । 'यो गम्भीर बिषय हो, यसलाई म मन्त्रिपरिषद्को बैठकमा उठाउछु' परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन गरी कोइरालाले बुधबार भने । नेपाली माओवादी र मुस्लिम आतंकवादी समुह लस्कर ए तोइवाले माओवादी लडाकुका शिविरहरुमा भारतीय माओवादीलाई बैचारिक तथा सैन्य तालिम दिएको भन्दै कारवाही गर्न माग गरी भारतीय दुतावासले परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको थियो । 'भारतीय दुतावासले पठाएको पत्रको बारेमा प्रधानमन्त्री ज्यू पनि जानकार हुनुहुन्छ' परराष्ट्रमन्त्री कोइरालाले भनिन्, 'छिट्टे आवश्यक कदम चालिने छ ।' माओवादीले भने निरन्तर रुपमा भारतीय भनाइको खण्डन गर्दै आएको छ । यसलाई उनीहरुले षड्यन्त्रको एउटा हिस्साको रुपमा चित्रित गर्दै आएका छन् ।

नेपाल सरकार र नेपाली जनताका तर्फबाट बधाई

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रपति डा रामवरण यादवले सङ्घीय गणतन्त्र ब्राजिलको राष्ट्रपति पदमा निर्वाचित हुनुभएकोमा डिल्मा रोसेफलाई नेपाल सरकार र नेपाली जनताका तर्फबाट बधाई ज्ञापन गर्नुभएको छ ।नवनिर्वाचित राष्ट्रपति रोसेफलाई पठाउनुभएको सन्देशमा राष्ट्रपति यादवले उहाँको कार्यकालमा दुई मुलुकबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध अरु प्रगाढ बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।त्यसैगरी प्रधानमन्त्री माधवकुमार नेपालले पनि एक सन्देश पठाई ब्राजिलका राष्ट्रपति रोसेफलाई बधाई ज्ञापन गर्नुभएको छ ।राष्ट्रपति पदमा निर्वाचित रोसेफको कार्यकालमा दुई मुलुकबीचको सम्बन्ध अरु सुदृढ हुने विश्वास पनि प्रधानमन्त्री नेपालले व्यक्त गर्नुभएको छ ।

प्रमुख तीन दलको बैठक जारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राजनीतिक गतिरोध अन्त्यका लागि प्रमुख तीन दलको बैठक बसिरहेको छ । यसअघि बैठक बसेको स्थान काठमाडौंको हात्तीवन रिसोर्टमै बस्ने भनिएको बैठक अन्तिम अवस्थामा आएर गोकर्ण रिसोर्टमा सुरु भएको छ ।तिहार अघि नै दलहरुले गोप्य बैठकबाट सहमतिका प्रयास थालेका थिए । छलफलको एजेन्डाका विषयमा आवश्यक तयारी गरिने बताइए पनि दलहरु विना तयारी फेरि बैठकमा पुगेका छन् ।जारी बैठकमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव रामबहादुर थापा, नेपाली काङ्ग्रेसका तर्फबाट सभापति सुशील कोइराला, केन्द्रीय सदस्य डा. रामशरण महत, र नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, प्रधानमन्त्री माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेललगायतका नेताहरु सहभागी हुनुहुन्छ ।यसअघि आज बिहान पनि तीन दलको बैठकमा छलफल हुने एजेन्डाका विषयमा नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो । सरकार गठन, सरकारको पूर्ण बजेट, शान्ति प्रक्रियालगायतका विषयमा दलहरुबीच सहमति हुन नसक्दा राजनीतिक गतिरोध लामो समयदेखि जारी रहेको छ ।

भगौडा सैनिक हतियारसहित पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जाजरकोट/ हतियारसहित पक्राउ परेका नेपाली सेनाका भगौडा लेस नायक महारूप शाहीलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ ।मजकोट-६ का शाहीलाई स्थानीयबासीको सहयोगमा सीमा इलाका प्रहरी कार्यालयबाट गस्तीमा गएको प्रहरी टोलीले नाइन एमएमको गोली लाग्ने दुई थान पिस्तोल र १३ राउन्ड गोलीसहित गत बुधबार राति पक्राउ गरेको थियो । शाहीले आफू नेपाली सेनाको पूर्व लेस नायक भएको बताए । आफूलेे ०३७ सालमा नेपाली सेनाको रुद्रध्वज गण सुर्खेतमा मानबहादुर शाहीको नामबाट सेवा सुरु गरेको र ०४३ सालमा सेवाबाट भागेपछि महारूप शाहीको नामबाट नागरिकता बनाएको उनले बताए । 'प्लाटुन कमान्डर तालिमका क्रममा २०४३ सालमा नाइन एमएम ब्राउनिङ पेस्तोल, टी वान सेभेन सेभेन एट सिक्स फोर सेल्फ लोडिङ बेल्जियम पिस्तोल दुई थान म्यागजिन र २४ थान गोलीसहित भागेको थिएँ,' उनले भने । शाहीले सेनाको जागिर छोडेपछि चोरी डकैती लागि अन्य सहयोगी साथी लगाउने उद्देश्यले अर्को वान-वान अटोमेटिक इन्डियन पिस्तोल किनेको प्रहरीलाई बयान दिएका छन् । उनले चोरी तथा लुटपाटको घटनामा सग्लग्न रहेको समेत स्विकारेका छन् । उनका सहयोगी लोकेन्द्रबहादुर शाही फरार रहेको प्रहरी नायब उपरीक्षक रामप्यारा खरेलले बताए । फरार शाहीसमेत नेपाली सेनामा कार्यरत रहेको प्रहरीले बताएको छ । बडाभैरव गाविस-४ खोर घर भई हाल नेपाली सेनाको अरिदमन गण नवलपरासीमा सिपाही पदमा कार्यरत रहेको खरेलले बताए ।

Nov 9, 2010

एमालेले नयाँ प्रस्ताव ल्याउने तयारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादी र नेपाली कांग्रेसले एकअर्कालाई स्वीकार गर्न नसक्दा गतिरोध लम्बिएको भन्दै एमालेले दुवैलाई मान्य हुने प्रस्ताव भोली बस्ने तीन दलको वैठकमा प्रस्तुत गर्ने तयारी गरेको छ ।शान्ति प्रक्रिया टुंगोमा पुग्ने कार्यतालिका सहितको भरपर्दो आधार नभई सरकार गठन हुन नसक्ने र सरकार गठन नभई शान्ति प्रक्रिया अघि बढ्न नसक्ने माओवादी-कांग्रेस अडानका कारण मुलुक भड्खालोमा पुग्न लागेको भन्दै सहमतीका लागि दुवैलाई मान्य हुने प्रस्ताव एमालेले तयार गरेको हो ।यद्यपी सो प्रस्तावका बारेमा एमालेले केही बताएको छैन । हात्तिवन रिर्सोटमा भएको छलफल र गतिरोध अन्त्यका लागि भोली बस्ने तीन दलको बैठकमा पार्टीले खेल्ने भूमिकाका विषयमा एमाले शिर्ष नेतृत्वले आज छलफल गरेको छ ।प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा एमालेका शिर्ष नेतृत्वबीच आज विहान छलफल भएको हो । बैठकमा सहभागि एमाले नेता भरतमोहन अधिकारीले भोली हुने तीन दलको बैठकमा कसरी सहमती कायम गर्ने भन्ने विषयमा छलफल भएको जानकारी दिनुभयो ।बैठकमा प्रधानमन्त्री माधवकुमार नेपाल, अध्यक्ष झलनाथ खनाल, महासचिव इश्वर पोखरेल र स्थायी समिति सदस्य भरतमोहन अधिकारीको सहभागिता रहेको थियो ।आन्तरिक छलफल गरे लगत्तै एमाले अध्यक्ष झलनाथ खनाल र नेता भरतमोहन अधिकारीले कांग्रेस सभापति सुशिल कोइरालासाग छलफल गर्नु भएको थियो ।

फिफा रेफ्रीमा अब दुई नेपाली छानिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अमेरिका, कार्तिक २३ - सन् २०११ को फिफाको अन्तर्राष्ट्रिय रेफ्रीमा नेपालका पदमबहादुर भुजेल र सुदिशकुमार पाण्डे छानिएका छन् । एक महिलासहित कुल छ रेफ्री छन् । पाँचलाई यसै डिसेम्बर भित्र नियुक्त गरिने भएको छ भने एकमात्र महिला सिंगापुरकी अबिरामी अप्बाई नाइडुले नियुक्ति पाइसकेकी छन् । यी रेफ्री २००७ कै एएफसी प्रोजेक्ट फ्युचर रेफ्री ब्याचका भए पनि उमेरको हदबन्दीले ढिला भएको थियो । अन्तर्राष्ट्रिय रेफ्री हुन २५ वर्षको न्युनतम उमेर तोकिएको छ ।