News

Dec 31, 2010

दाङमा पहिलोपटक मनाईयो तमुल्होछार पर्व

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/देविका घर्तीमगर
दाङ, १५ पुष,गुरुङ्ग जातिको मुख्य पर्व तमुल्होछार बिहिवार देशभरी विभिन्न हर्षोल्लासका साथ मनाईएको छ । तमुल्होछार पर्वको अवसरमा सरकारले पुष १५ गते बिहिवार र्सार्वजनिक विदा समेत दिएको थियो । गुरुङ्ग जातिको मुख्य पर्व ल्होछारको अवसरमा दाङमा पहिलोपटक तमुल्होछार पर्व मनाईएको छ । गुरुङ्ग (तमु) जातिको मुख्य पर्व तमुल्होछारको अवसरमा दाङमा बसोबास गर्ने गुरुङ्ग जातिहरुले पनि बिभिन्न कार्यक्रम गरी तमुल्होछार पर्व मनाएका छन् । ल्होछार पर्वको अवसरमा बिहिवार बिहान तुलसिपुर बजारमा ब्यानर तथा प्लेकार्ड सहितको र्‍याली निकालिएको थियो । भने दिउँसो तुलसिपुर-१० दमारगाउँ स्थित सरस्वति निमाविको प्राङ्गनमा गएर बिशेष सभा तथा कार्यक्रम भएको थियो । ल्होछार पर्वको अवसरमा बिभिन्न कार्यक्रम गरिएको थियो । पुजापाँठ गरेपछी कार्यक्रम शुरु भएको थियो । नमछु बौद्व गुम्वा ढोडेनीका लामा थुदेन लामाले पुजापाँठ गर्नुभएको थियो । परम्पराकालदेखी नै तमु जातिका पूर्खाहरुले बुद्व धर्म मान्दै आएका कारण बुद्व धर्मको पुजा गरेको गुरुङ्ग समाज जिल्ला कार्य समिति दाङका अध्यक्ष ओम गुरुङ्गले जानकारी दिनुभयो । सो अबसरमा गुरुङ्ग जातिको कला, संस्कृती झल्कने सोरठी, झयाउरे, रोधि लगायतका गित तथा नृत्यहरु प्रस्तुत गरिएको थियो । कार्यक्रमका अवसरमा गुरुङ्ग जातिको संस्कृति अनुसारको खानपान मासु, सेल, अचार लगायतका खानपान पनि प्रस्तुत गरिएको थियो भने खानपानको ब्यवस्था गरिएको गुरुङ्ग (तमु) विद्यार्थी समाज जिल्ला कार्यसमिति दाङका सहसचिव तथा घोराही इकाई समितिका अध्यक्ष होम गुरुङ्गले जानकारी दिनुभयो । गुरुङ्ग (तमु) समाज दाङका अध्यक्ष ओम गुरुङ्गको अध्यक्षता एवं राष्ट्रिय अनुसन्धान प्रहरी दाङका प्रमुख लक्ष्मण गुरुङ्गको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नमछुः बौद्व गुम्बा घोराही ढोडेनी दाङका लामा (गुरु) थुदेन लामाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा मनराज गुरुङ्गले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन तमु समाज दाङका सचिव सुरेन्द्र गुरुङ्गले गर्नुभएको थियो । दाङमा गुरुङ्ग (तमु) जातिहरुले यसअघि पनि तमुल्होछार पर्व मनाउँदै आएको भएपनि संस्थाको आयोजनामा औपचारिकरुपमा मनाएको यो पहिलोपटक हो । तमु समाजको केन्द्रले जारी गरेको सर्कुलरका आधारमा दाङमा पनि तमुल्होछार पर्वको आयोजना गरिएको अध्यक्ष ओम गुरुङ्गले बताउनुभयो । तुलसिपुर क्षेत्रमा धेरै वर्षपहिलेदेखी गुरुङ्ग जातिको समिति भएपनि आधिकारिक रुपमा २०६६ सालमा मात्र जिल्लास्तरको कार्यसमिति निर्माण गरी केन्द्रिय समितिले मान्यता दिएको थियो ।

भट्टराईलाई कारवाहीको कुरा उठाइए कडा प्रतिवाद गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादी पोलिटब्युरो सदस्य देवेन्द्र पौडेल सुनिलले पार्टीमा फरक मत र विचारका आधारमा उपाध्यक्ष डा. बाबुराम भट्टराईलाई कारवाहीको कुरा उठाइए कडा प्रतिवाद गर्ने बताउनुभएको छ । आज बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै नेता पौडेलले फरक मतका आधारमा पार्टीभित्र कसैलाई अपमानित गर्ने काम भए सह्य नहुने स्पष्ट पार्नुभयो । जीवन्त पार्टीमा फरक मत र विचार रहनु स्वाभाविक भएको भन्दै उहाँले फरक मतलाई व्यवस्थापन गर्ने विधि बनाउनु जरुरी रहेकोमा जोड दिनुभयो ।
उपाध्यक्ष डा. भट्टराईलाई कारवाही गर्नुपर्छ भन्नेहरु पार्टीमा नटिकेको पनि पौडेलले बताउनुभयो । पार्टी फरक विचार राख्नेहरुको पनि साझा भएकाले निरङ्कुश व्यवहार आजको युगमा कदापी स्वीकार्य नहुने र त्यस्ता प्रवृत्तिको डटेर मुकाबिला गरिने बताउनुभयो । उपाध्यक्ष बाबुराम प्रधानमन्त्रीको सक्षम उम्मेदवार रहेको भन्दै उहाँले बहुमतीय सरकारले देशलाई निकास दिन नसक्ने हुँदा साझा एजेण्डामा सहमति गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

सुजाताद्वारा चीनमा हिमालयन स्टडिज उदघाटन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हङकङ, पुस १५ - चीन भ्रमणमा रहेकी उपप्रधान तथा परराष्ट्र मन्त्री सुजाता कोइरालाले बुधबार इन्स्टिच्युट अफ हिमालयन स्टडिजको उद्घाटन गरेकी छन् । इन्स्टिच्युटले हिमाल तथा जलवायुसम्बन्धी असरका बारेमा अध्ययन गर्नेछ । साथै, केन्द्रले नेपाल र चीनबीचको मित्रतालाई बढावा दिन लोकसंस्कृति आदानप्रदान लगायतका कार्यहरूमा समेत सघाउ पुर्‍याउने बताइएको छ । छोङछिङस्थित साउथवेस्टर्न विश्वविद्यालयमा आयोजित उद्घाटन समारोहमा विश्वविद्यालयका अध्यक्ष फु झिताङ, गणतन्त्र पाकिस्तानका राजदूत मसुद खान, चीनको स्वशासित क्षेत्र तिब्बतका सूचना विभागका कार्यकारी निर्देशक हो युनहाओ लगायतको उपस्थिति थियो । चीनका प्राध्यापकहरूको पहलमा गठन भएको केन्द्रले नेपालको परराष्ट्र मामिला प्रतिष्ठान (आईफा) सँग मिलेर काम गर्नेछ । अध्ययन अनुसन्धानका क्रममा नेपाल र चीनका बुद्धिजीवीहरूका अनुभव आदानप्रदान हुने समेत जनाइएको छ । इन्स्टिच्युट सिन्ह्वा तथा साउथवेस्ट विश्वविद्यालयको संयुक्त पहलमा गठन भएको हो । सिन्ह्वा चीनको उत्कृष्ट तीन विश्वविद्यालयमध्येको हो भने साउथवेस्ट उक्त क्षेत्रमा प्रतिष्ठित मानिन्छ ।
मन्त्री कोइरालाले उद्घाटनका क्रममा केन्द्रले दुई मुलुकबीचको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउनुका साथै आर्थिक विकासका क्षेत्रमा समेत नयाँ अध्याय कोर्न सकोस् भनी शुभकामना व्यक्त गरेकी थिइन् । नेपाल र चीन छिमेकी मित्र भएको बताउँदै कोइरालाले नवगठित केन्द्रले आर्थिक लगायत दुईपक्षीय हितका विषयहरूमा आपसी समझदारी बढाउन मद्दत पुर्‍याउने विश्वास राखिन् । मन्त्री भएयता कोइरालाको यो तेस्रो चीन भ्रमण हो । गत वर्ष सेप्टेम्बरमा उनले चीन सरकारको निमन्त्रणामा पहिलो औपचारिक भ्रमण गरेकी थिइन् ।

बेपत्ता भएको डेढ साता बितिसक्दा पनि विद्यार्थीको अवस्था अज्ञात

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पोखराको बाराही उच्चमाविमा अध्ययनरत चार जना विद्यार्थी बेपत्ता भएका छन् । हराएको डेढ साता बितिसक्दा पनि उनीहरुको अवस्था बारे प्रहरी र अभिभावक दुवैले सुइकोसम्म पाएका छैनन् । कक्षा ७ मा अध्ययनरत १४ वर्षिय सविन राई, १३ वर्षिय आशिष क्षेत्री, १३ वर्षिय सुभाष चौधरी र ६ कक्षामा अध्ययनरत १३ वर्षिय अर्जुन तिमिल्सिना वेपत्ता भएका हुन् । राई सोलु, क्षेत्री चितवन, चौधरी बर्दिया र तिमिल्सिना तनहुँका हुन् । वेपत्ता उनीहरुको अवस्था डेढ सातादेखि अज्ञात छ । आफ्ना छोराछोरीको खोजी गरिदिन अभिभावकले जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएका छन्। प्रहरीले पनि आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ । उनीहरुले छोराको खोजविन गर्न आग्रह गर्दै विद्यालयको सिफारिसमा प्रहरीमा उजुरी दिएका छन् ।

मलेसियाले नेपाली घरेलु कामदार संख्या बढाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१५ पुस,उत्पादन र सेवामूलक क्षेत्रमा रोजगारीका लागि आकर्षक मानिँदै आएको मलेसियाले घरेलु कामदारका रूपमा नेपालीको संख्या बढाउने भएको छ । मलेसियाको भाषा, घरेलु कामदारका रूपमा काम गर्दा आवश्यक सीप आदिमा कामदारको योग्यता निश्चित गरिए नेपाली घरेलु कामदारको संख्या बढाउन मलेसिया तयार भएको हो । मलेसियाका मानव संशाधनमन्त्री डा. सुवर्णम मरिमले नेपाली घरेलु कामदारको संख्या बढाउन कुनै समस्या नरहेको जानकारी दिए । 'घरेलु कामदारका रूपमा काम गर्न योग्य भएको निश्चित गरिए नेपाली कामदार लैजान कुनै समस्या छैन,' उनले भने, 'त्यसका लागि भाषा, घरायसी काम आदि क्षेत्रमा नेपाली कामदार दक्ष हुनुपर्छ ।' उनले दक्ष कामदार निश्चित गरिए मलेसियाका रोजगारदाता कम्पनी नेपाली कामदार लैजान तयार रहेको बताए । मलेसियामा कार्यरत करिब १ लाख ७५ हजार ८ सय १० नेपाली कामदारमध्ये ८४ जना मात्रै घरेलु कामदार छन् । मलेसिया भ्रमणमा रहेका नेपालका श्रममन्त्री मोहम्मद अफताब आलमसँग मंगलबार भएको भेटमा मरिमले घरेलु कामदार संख्या बढाउने प्रस्ताव राखेका थिए । भेटमा नेपाल-मलेसियाबीच हुने श्रम सम्झौताका विषयमा पनि छलफल भएको थियो । ठूलो संख्यामा नेपाली कामदार मलेसियामा रहे पनि २ मुलुकबीच श्रम सम्झौता हुनसकेको छैन ।

काङ्ग्रेसको जागरण अभियान सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली कांग्रेसले ३५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस आज देशभर बिभिन्न कार्यक्रम गरी मनाइरहेको छ । बिक्रम संवत् २०३३ साल पुस १६ गते आजकै दिन स्वर्गीय नेता बीपी कोइरालाको नेतृत्वमा कांग्रेस नेताहरु गणेशमान सिंह र शैजला आचार्य समेत सयौं कांग्रेस कार्यकर्ता मेलमिलापको नीति लिएर भारत निर्बासन् तोड्दै स्वदेश फर्केका थिए ।
कांग्रेसले त्यहि दिनको सम्झनामा पुस १६ गतेलाई राष्ट्रिय मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ । कांग्रेस नेताहरुलाई तत्कालीन सरकारले अन्तराष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेपछि कांग्रेसले राष्ट्रियता संकटमा परेको ठहर गरेको थियो । यसैबीच नेपाली कांग्रेसले मेलमिलाप दिवसको अवसरमा आजदेखि तीनमहिने जागरण अभियान सुरु गरेको छ । पछिल्लो समय राष्ट्रियता संकटमा परेको ठहरसहित ७५ वटै जिल्लामा एकसाथ कार्यक्रम गरेर अभियान सुरु गर्ने कांग्रेसले जनाएको छ । दिगो शान्ति लोकतान्त्रिक सबिधान र सवल राष्ट्रियता हाम्रो अभियानु भन्ने नारा सहित काङ्ग्रेसका नेताहरु जागरण अभियानका लागि गाउँ गाउँमा खटिएका छन् । अभियानका लागि काङ्ग्रेस सभापति सुशील कोइराला मोरङको बिराटनगर नेता शेरबहादुर देउवा चितवन र संसदीय दलका नेता रामचन्द्र पौडेल सप्तरी पुगेका छन् ।
यसैगरी नेता भीमबहादुर तामाङ सर्लाही महामन्त्री प्रकाशमान सिंह काभ्रेपलान्चोक कोषाध्यक्ष चित्रलेखा यादव ललितपुर पूर्वमहामन्त्री विमलेन्द्र निधि कास्की र अर्जुननरिसंह केसी नुवाकोटमा खटिएका छन् । जागरण अभियानको क्रममा तीन महिनासम्म जिल्ला नगर गाउँ र वडा इकाइमा सभा अन्तर्क्रिया भेटघाट गोष्ठिलगायत बिभिन्न कार्यक्रम गरिने काङ्ग्रेस केन्द्रीय कार्यालय सानेपाका मुख्य सचिब बसन्त गौतमले जानकारी दिएका छन् ।

Dec 30, 2010

कांग्रेसको केन्द्रीय समितिको बैठक अन्यौलमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पदाधिकारी नियुक्तिका सम्बन्धमा आन्तरिक विवादमा रहेको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक अन्यौलमा परेको छ । उपसभापति र महामन्त्री नियुक्तिका बिषयमा आन्तरीक छलफल गरेर छिट्टै बैठक बोलाउने भनिएपनि अहिले सम्म बैठकको टुङगो लागेको छैन । कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरिसंह केसीले बैठक बोलाउने भन्ने बारेमा पार्टी सभापति सुशील कोइरालामा भर पर्ने भन्दै छिटो बैठक बोलाउन आफू नेतृत्वलाई सुझाव दिएको बताए ।
सभापति कोइरालाले उपसभापतिमा रामचन्द्र पौडेल र महामन्त्रीमा कृष्णप्रसाद सिटौलाको नाम अनुमोदनका लागि केन्द्रीय समितिमा प्रस्ताव गरेपछि केन्द्रीय सदस्यहरुले प्रस्तावको चर्को बिरोध गरेका थिए । बिरोधसंगै सहमति गर्न भन्दै केन्द्रीय समिति स्थगित भएको थियो । बैठक स्थगित भएको झण्डै एक महिना हुन लाग्दा समेत कांग्रेस नेतृत्वमा त्यस बिषयमा छलफल नभएको केन्द्रीय सदस्य केसीले जानकारी दिए ।

अख्तियारद्वारा ऊर्जामन्त्रीसित स्पष्टीकरण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुस १५ - ऊर्जामन्त्री प्रकाशशरण महतले विद्युत् नियमावली २०५० विपरीत कार्यविधि निर्माण गरी जलविद्युत् आयोजनाको सर्वेक्षण, उत्पादन, वितरण लाइसेन्स दिने तथा इजाजतपत्र नवीकरण गर्ने सचिवको अधिकार खोसी आफूले लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्पष्टीकरण सोधेको छ । अख्तियारले बुधबार ऊर्जा मन्त्रालयलाई पत्र पठाई विद्युत् नियमावलीको प्रावधानविपरीत कार्यविधिमा मन्त्रीस्तरीय निर्णयबाट गठित संयन्त्रले पुनरावलोकन गरी सर्वेक्षण तथा उत्पादन लाइसेन्स दिने र नवीकरण गर्ने व्यवस्था राखेकामा गम्भीर कानुनी प्रश्न उठाउँदै सातदिने स्पष्टीकरण सोधेको हो । सचिव शंकर कोइराला अनुपस्थित रहेका बेला ऊर्जामन्त्रीस्तरीय निर्णयबाट कार्यविधि बनाइएको हो ।
अख्तियारको अनुसन्धान महाशाखा नं. १ ले पठाएको स्पष्टीकरण पत्रमा ऊर्जा मन्त्रीलाई कुन कानुनको अधिकार प्रयोग गरी विद्युत् नियमावलीबमोजिम अख्तियारप्राप्त सचिव शंकर कोइरालालाई अनुमति प्रक्रिया अघि नबढाउन निर्देशन गरिएको भन्ने प्रश्न गरिएको छ ।
अख्तियारले मन्त्रीले इजाजतपत्र दिँदा या नवीकरण गर्दा आफूद्वारा गठित संयन्त्रले पुनरावलोकन गरी सिफारिस गर्नुपर्ने भनी राखेको व्यवस्थाको नियत र औचित्यमाथि नै प्रश्न उठाएको छ । नियमावलीमा विद्युत विकास विभाग, मन्त्रालयको नीति महाशाखाले नियमसंगत ढंगले पेस गरेको कम्पनी या संस्थालाई मात्र ऊर्जासचिवले जलविद्युत् आयोजनाको सर्वेक्षण, उत्पादन, वितरण लाइसेन्स दिने तथा इजाजतपत्र नवीकरण गरिदिने व्यवस्था छ ।

मध्य तथा सुदुरपश्चिमको मोबाइल सेवामा समस्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मध्य तथा सुदुरपश्चिमको मोबाइल सेवामा समस्या देखिएको छ । मोबाइलमा टावर देखाउने तर फोन सम्पर्क हुन नसक्नेका कारण लाँखौ सेवाग्राही मर्कामा परेका छन् ।पुर्व-पश्चिम राजमार्गको कोहलपुर सडक खण्डमा अप्टिकल फाइबरमा आएको खराबीको कारण यस्तो समस्या देखा परेको अनुमान गरिएको छ । पटक पटक यस्तो समस्या परिरहेको भए पनि टेलिकमले प्रभावकारी भुमिका निर्वाहा गर्न नसकेको भन्दै सेवा ग्राही रुस्ट भएका छन् ।

नेपालमा दुई हजार ८४ पिएचडी डाक्टर पुगे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१४ पुस,नेपालमा विद्यावारिधि (पिएचडी) उपाधि लिएर विद्याभूषण पदक पाउनेको संख्या करिब दुई हजार एक सय पुगेको छ । विदेशबाट पिएचडी गरेका व्यक्तिको भने यकिन तथ्यांक छैन । शिक्षा मन्त्रालयको 'रेकर्ड'मा ०१७ देखि ०६७ सालसम्ममा स्वदेश तथा विदेशका विश्वविद्यालयबाट पिएचडी गरेर विद्याभूषण पदक लिनेको संख्या दुई हजार ८४ पुगेको छ । माओवादी नेता डा. बाबुराम भट्टराईलगायत केही चर्चित व्यक्तिले विदेशबाट पिएचडी गरेका छन् । विदेशका विश्वविद्यालयबाट अहिले पनि ७० प्रतिशत नेपालीले पिएचडी गरेको पाइएको शिक्षा मन्त्रालयले जनाएको छ । उनीहरूले नेपालबाट विद्याभूषण पदक लिएको यकिन तथ्यांक भने छैन ।
पिएचडी गरेर पहिलोपटक विद्याभूषण लिने नेपाली पुरुषोत्तमनारायण सुवाल हुन् । उनले ०१७ मा पिएचडी गरेर 'क' श्रेणीको महेन्द्र विद्याभूषण पदक लिएको शिक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयको 'रेकर्ड'मा उनले 'फर्माकोग्नोसिप' विषयमा पिएचडी गरेको उल्लेख छ । त्यति नै वेला त्रिभुवन विश्वविद्यालय स्थापना भए पनि पिएचडी कार्यक्रम भने सुरु भएको थिएन ।
त्रिभुवन विश्वविद्यालयले पिएचडी सुरु गरेको साढे तीन दशक भएको छ । तर, विदेशमा पिएचडी अध्ययन गर्नेको संख्या निकै बढेको छ । भारत, जापान, अमेरिकाका विश्वविद्यालयबाट पिएचडी गर्ने नेपालीको संख्या धेरै छ । ०६७ मा एक सय ५२ जनाले 'क' श्रेणीको विद्याभूषण पदक पाएकामा एक सय ६ जनाले विदेशी विश्वविद्यालयबाट पिएचडी गरेका छन् । ०६६ मा एक सय १७ जनाले विद्याभूषण पदक पाएकामा ७७ जनाले विदेशी विश्वविद्यालयबाट पिएचडी गरेका हुन् । पिएचडी गर्नेलाई 'क' श्रेणीको विद्याभूषण प्रदान गरिन्छ ।
पिएचडी गर्ने नेपालीले ०१७ देखि राज्यबाट विद्याभूषण पदक पाउन थालेका थिए । ०३१ देखि शिक्षा दिवसको अवसर पारेर 'महेन्द्र विद्याभूषण' पदक उपाधि दिन सुरु गरिएको थियो । तर, लोकतन्त्र स्थापनापछि 'नेपाल विद्याभूषण' नामले पदक दिन थालिएको छ ।
पिएचडी गरेको विषयको थेसिस र निवेदन शिक्षा मन्त्रालयमा दिएपछि उच्चस्तरीय छानबिन समितिले यकिन गरेर पदक दिने व्यवस्था गरिएको छ । पिएचडी गरेको धेरै वर्ष बिते पनि निवेदन दिएमा जुनसुकै वर्ष पनि पदक दिन सक्ने व्यवस्था शिक्षा मन्त्रालयले गरेको छ ।
नेपालका विश्वविद्यालयबाट पनि केही विदेशी नागरिकले पिएचडी गरेका छन् । शिक्षा मन्त्रालय उच्च तथा प्राविधिक शाखा प्रमुख लक्ष्मण खनालले नेपालका विश्वविद्यालयबाट पनि एकाध विदेशी नागरिकले पिएचडी गर्ने गरेको बताए । उनले भने, 'एक वर्षमा नेपाल विद्याभूषण पाउने विदेशी नागरिक एक-दुईजना हुन्छन् ।' ०६७ मा एकजना विदेशीले नेपाल विद्याभूषण पदक पाएका थिए ।
दस वर्षयता ०६७ मा सबैभन्दा धेरैले विद्याभूषण पदक पाएका छन् । ०६७ मा एक सय ५२, ०६६ मा एक सय १७, ०६५ मा एक सय दस, ०६४ मा ७३ जनाले पदक पाएका थिए । त्यस्तै, ०६३ मा भने कार्यक्रम नै भएन । ०६२ मा ८८, ०६१ मा एक सय २६, ०६० मा ९१, ०५९ मा ९४, ०५८ मा ५९, ०५७ मा ७४ जनाले विद्याभूषण पदक पाएका थिए । हाल नेपालका त्रिभुवन, नेपाल संस्कृत र काठमाडौं विश्वविद्यालयले पिएचडी कार्यक्रम सञ्चालन गरेका छन् । बौद्ध विश्वविद्यालयले समेत यस वर्षबाट पिएचडी कार्यक्रम सुरु गरेको छ ।

Dec 29, 2010

प्राधिकरणको बक्यौता साढे ६ अर्ब

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आर्थिक वर्ष २०६६/०६७ सम्म नेपाल विद्युत् प्राधिकरणको विद्युत् महसुल बक्यौता ६ अर्ब ५७ करोड रुपियाँ पुगेको छ। प्राधिकरणले महसुल उठाउन ताकेता नगर्दा र सरकारको लापरबाहीले करिब १ अर्ब युनिट विद्युत्को महसुल उठेको छैन। गत आवमा ५ अर्ब ३८ करोड रुपियाँ रहेको महसुल बक्यौतामा यो वर्ष १ अर्ब १९ करोड रुपियाँ थपिएको हो। हरेक वर्ष लोडसेडिङसँगै विद्युत् महसुल पनि बक्यौता रहँदै आएको छ। महसुल नतिर्नेमा महानगरपालिका तथा नगरपालिका सरकारी निकाय र औद्योगिक संस्थानलगायतका क्षेत्रहरु रहेका छन्।महसुलको कुल बक्यौतामध्ये सबैभन्दा बढी घरायसी प्रयोग महानगरपालिका तथा नगरपालिकाहरुको रहेको छ। हालसम्म नगरपालिकाहरुले करिब २० करोड युनिटभन्दा बढीको १ अर्ब ३५ करोड रुपियाँ महसुल तिरेका छैनन्। यस्तै सरकारी कार्यालयहरुको महसुल बक्यौता ४० करोड रुपियाँ रहेको प्राधिकरणले जानकारी दिएको छ। काठमाडौं उपत्यकाको मात्र १ अर्ब ५ करोड रुपियाँ बक्यौता रहेको छ।प्राधिकरणले औसत ६ रुपियाँ ७० पैसा प्रतियुनिटमा ग्राहकलाई विद्युत् बेच्दै आएको छ। यसैका आधारमा घरायसी प्रयोजनका रुपमा प्रयोग हुँदै आएको करिब ३८ करोड युनिट विद्युत्कॊ २ अर्ब ५२ करोड रुपियाँ महसुल बक्यौता रहेको प्राधिकरणले जानकारी दिएको छ। यस्तै सरकारी कार्यालयहरुले करिब ६ करोड युनिट विद्युत्को ४० करोड रुपियाँ महसुल तिरेका छैनन्। ग्रामीण क्षेत्रमा विद्युत् उत्पादन गरिरहेका साना तथा मझौला आयोजनाको करिब ४ करोड ५३ लाख रुपियाँ महसुल उठ्न बाँकी छ।

भट्टराईको भनाइप्रति दाहालपक्षका नेताको आपत्ति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुस १४ - माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले फरक मत सञ्चारमाध्यममा ल्याएको भन्दै स्थायी समिति बैठकमा नेताहरूले अनुशासनको प्रश्न उठाएका छन् । भट्टराईले हाल शान्ति र संविधानको मुद्दा प्रमुख भएकाले तत्काल जनविद्रोहमा जाने कार्यदिशाप्रति आफ्नो असहमति भएको गत मंगलबार कान्तिपुर अन्तर्वार्तामार्फत सार्वजनिक रूपमा बताएका थिए । उनको अभिव्यक्तिप्रति अध्यक्ष दाहालले टिप्पणी नगरे पनि उनले आफू निकटका नेतासँग 'जनवाद' को दुरुपयोग भएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा भट्टराईको अन्तर्वार्ताप्रति नेताले आपत्ति जनाएको स्रोतले जनाएको छ ।
उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, स्थायी समिति सदस्य गिरिराजमणि पोख्रेल, वर्षमान पुनले फरक मत छलफल गर्न पार्टीमा विधिको तय नहुँदै भट्टराईले सञ्चारमाध्यममा लिएको भन्दै आपत्ति प्रकट गरेको स्रोतले जनाएको छ ।
मंसिर पहिलो साता भएको पालुङटार बैठकपछि पुस ४ मा भएको केन्द्रीय समिति बैठकमा पारित अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदनमा जनविद्रोहको कार्यदिशा- प्रति भटराईले फरक मत (नोट अफ डिसेन्ट) लेखेका थिए । आफू अल्पमतमा परे पनि भट्टराईले शान्ति र संविधानको मुद्दा प्रमुख भएको तल्ला समितिसम्म लैजाने बताइसकेका छन् । उनले आफ्नो विचार महाधिवेशनसम्म लैजाने पनि बताएका छन् ।
स्थायी समिति सदस्य वर्षमान पुनले भट्टराईको सञ्चारमाध्यममा आएका विषयबारे बैठकमा छलफल भएको जानकारी दिए । 'मिडियामा गएको विषयबारे पनि कुरा उठे,' उनले भने, 'अभिव्यक्तिलाई व्यवस्थित गर्न अनुशासन विभागलाई सक्रिय गराउने कुरा पनि उठेका छन् ।' अर्का स्थायी समिति सदस्य देव गुरुङले फरक मतबारे सञ्चारमाध्यममा आएका विषयबारे समीक्षा भएको बताए । 'बैठकमा पार्टीभित्रका मिडियामा आएका विषय व्यवस्थित गर्ने कुरा हुन्न,' उनले भनाइ छ ।
भट्टराईले भने शान्ति र संविधानको मुद्दा पार्टीभित्र र बाहिर खुलेरै छलफल चलाउने पक्षमा
छन् । 'बाबुरामजीको विचार पार्टीभित्र र बाहिर छलफलमा लैजानुपर्ने आवश्यकता छ,' भट्टराई निकट नेताले कान्तिपुरसँग भने, 'त्यसकारण सञ्चारमाध्यममा आउनु स्वाभाविक हो ।' उनले सही विचारको जताततै बहस हुनुपर्ने दाबीसमेत गरे । स्थायी समिति सदस्य पोख्रेलले आन्तरिक लोकतन्त्रलाई व्यवस्थित गरेर लैजाने बताए । जनवाद -आन्तरिक लोकतन्त्र) कार्यान्वयन गर्ने दिशा स्थायी समिति बैठकले तय गर्नेछ ।
केन्द्रीय समिति बैठकपछि दाहालले भट्टराईको फरक मतबारे सञ्चारमाध्यममा आधिकारिक रूपमा बोलेका छैनन् । केही महिनाअघि नेताहरूको सार्वजनिक अभिव्यक्ति समान ढंगले बाहिर ल्याउनुपर्ने भन्दै उपाध्यक्ष मोहन वैद्यको संयोजकत्वमा अनुशासन विभाग बनाए पनि हाल त्यो निष्त्रिmय रहेको छ । उपाध्यक्ष भट्टराईको फरक मत पत्रिकामार्फत सार्वजनिक भएको अवस्थामा विभागलाई सक्रिय बनाउने पक्षमा दाहाल छन् । उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्र विभिन्न विषय उठे पनि एकताबद्ध भएर जाने बताए । 'पार्टीभित्र फरक मत हुन्छन्,' उनले भने, 'एकताबद्ध भएर जाने निर्णय हुन्छ ।'

प्रदेश बिभाजनको आधार अनुमोदन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संबिधानमा रहेका बिवादित बिषयहरुको टुंगो लगाउन बसेको संबिधानसभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठकले संघिय राज्य निर्माणमा प्रदेश बिभाजनको आधार अनुमोदन गरेको छ । राज्य ब्यवस्था समितिको कार्यालय सिंहदरवारमा आज बसेको बैठकले जनसंख्या र भौगोलिक बनावटको आधारमा संघिय राज्य गठन गर्न उच्चस्तरिय कार्यदलको निर्णयलाई अनुमोदन गरेको हो ।
संबिधानसभामा प्रतिनिधित्व गर्ने२७ वटा दलको बैठकले ब्यबस्थापकिय अंगको स्वरूप निर्धारण समिति अन्तर्गत संघिय प्रान्त एक सदनात्मक हुने ब्यवस्था लाइपनि अनुमोदन गरेको छ । २७ दलिय संयन्त्रले संबिधानमा बिवादित रहेका बिषयलाई पनि टुंगो लगाउन गठन गरेको उच्चस्तरिय कार्यदलले सहमति गरेका १२७ वटा बुँदा हरुमा छलफल गर्दै अनुमोदन गर्ने प्रक्रिया आज सुरु गरेको हो । बैठकले न्याय प्रणालि अन्तर्गत न्ययाधिशको नियुक्ति र बर्खास्तिका लागि स्वतन्त्र संयन्त्र बनाउने संयन्त्रको नाम संबैधानिक परिषद राख्ने लगायतका यस अघि कार्यदलले गरेको सहमतिमापनि छलफल सुरु गरेको छ । संबिधान निर्माणको क्रम मा देखिएको बिवादित बिषयहरुमा सहमति खोज्न र कार्यदल ले पनि सहमति गरेको बुँदा लाई अनुमोदन गर्न २७ दलिय कार्यदल संयन्त्रलाई सक्रिय बनाइएको हो । कार्यदल ले गरेको निर्णयलाई छलफल पछि मात्रै अनुमोदन गर्ने सहमति भएपछि कार्यदल ले यस अघि सहमति गरेका कतिपय बिषय हरु नटुंगिने र छलफलको समय पनि लंबिने भएको छ । संबिधान सभा का बिबादित २२० बुँदा हरु मध्य ८३ वटा बुँदा हरुमा भने कार्य दलले समेत सहमति जनाउन सकेको छैन । अर्को बैठक पुष १८ गते बिहान फेरि बस्नेछ ।

डुब्ने डरले माल्दिभ्सले बंगलादेशसँग माटो किन्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कोलकाता, पुस १४ - सबैभन्दा होचो भागमा रहेको देश माल्दिभ्स समुद्र सतहभन्दा सरदर डेढ मिटर मात्र माथि छ । विश्वमा बढ्दो तापक्रमका कारण समुद्री सतह माथि उठेर डुब्ने खतराबाट जोगिन उसले बंगलादेशबाट बालुवा र माटो किन्ने तयारी गरेको छ । माल्दिभ्स सरकारबाट यो प्रस्ताव आएको छ', गत साता कोलकाता आइपुगेका बंगलादेशका वाणिज्यमन्त्री मोहम्मद फारुक खानले भने,दुवै देशको संयुक्त कमिटीले यसबारे अनुसन्धान गरिरहेको छ । ३ देखि ४ महिनाभित्र सम्झौता गर्नेछौं । माल्दिभ्समा १२ सय टापु छन् ।
यो वर्ष सुरुमा माल्दिभ्सका राष्ट्रपति मोहम्मद नासिदले बंगलादेशबाट माटो र बालुवा लैजाने चाहना देखाएका थिए ।हामी सकेसम्म माल्दिभ्स छाड्न चाहँदैनौं, दशकौंसम्म पालमा बसेर जलवायु शरणार्थी पनि हुन चाहन्नौं,' नासिदले भनेका थिए,उस्तै संस्कृति, खानपान र मौसम भएका श्रीलंका र भारतमा जमिन किन्ने लक्ष्य हाम्रो हो । धेरै खाली जमिन भएको अस्ट्रेलियाबारे पनि हामी सोचिरहेका छौं ।' माल्दिभ्सको जनसंख्या ३ लाख ९६ हजार छ । राष्ट्रसंघको अनुमानमा जलवायु परिवर्तनका कारण सन् २१०० भित्र ५९ सेन्टिमिटर समुद्रको सतह बढ्छ । अर्कातिर हिमालय क्षेत्रबाट आउने बालुवा नदीमा थुपि्रएर बंगलादेश समस्या भोगिरहेको छ । त्यहाँको बालुवा नझिके त्यहाँ पनि डुबानको खतरा छ । त्यसैले माल्दिभ्सको आग्रहमा बंगलादेश पनि खुसी छ । हामीले करिब १ अर्ब घनमिटर बालुवा निकाल्नुपर्नेछ,' बंगलादेशी मन्त्री खानले भने,सम्झौता भए हामी निकै खुसी हुनेछौं ।' बंगलादेशले यो परियोजनाका लागि १ अर्ब टाँका लगानी गर्ने योजना बनाएको छ भने माल्दिभ्ससँग अति कम रकम लिने सोचाइमा छ ।

नेपाल विद्यार्थी संघद्धारा राजधानीमा मसाल जुलुस प्रर्दशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आफ्ना कार्यकर्तामाथि लगाईएको मुद्दा खारेजिको माग गर्दे नेपाल विद्यार्थी संघले मंगलवार साँझ राजधानीमा मसाल जुलुस प्रर्दशन गरेको छ। काठमाण्डौको शंकरदेव क्याम्पस वाट शुरु भएको मासाल जुलुस पुतलीसडक र कमलादी हुदै त्रिचन्द्र कलेज अगाडि पुगेर कोणसभामा परिणत भएको थियो। जुलुस प्रर्दशनका कारण केहीवेर त्यस क्षेत्रको ट्राफिक व्यावस्था अस्तब्यस्त वनेको थियो। नेविसंघका केन्द्रिय सदस्य भिमसेन गुरुङ र त्रिचन्द्र क्याम्पस इकाई अध्यक्ष विरेन्द्र गिरी माथि लगाएको मुद्दा झुटो भएको नेविसंघको भनाई छ। सुनियोजित तरिकाले आफ्ना कार्यकर्तालाई फसाउन खोजिएको नेविसंघको आरोप छ। नेविसंघले तत्काल आफ्ना विद्यार्थी नेता माथि लगाइएको मुद्दा खारेज नगरे कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ।

Dec 28, 2010

हङकङमा जय लिम्बुवान फिल्म प्रदर्शनी भब्यताका साथ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं

सन् २०१० डिसेम्बर २७ तारीख सोमबार का दिन हङकङस्थित याउ मा ते को कम्युनिटी हलमा संघीय लिम्बुवान परिषदका अध्यक्ष कुमार लिङदेनको समुपस्थितीमा जय लिम्बुवान फिल्म प्रदर्शनी भब्यताका साथ भयो। फिल्म प्रदर्शन हुनु अघि छोटो औपचारीक कार्यक्रममा अध्यक्ष कुमार लिङदेनले लिम्बुवानको विषयमा बोल्नु भएको थियो भने उक्त कार्यक्रमको अध्यक्षता संघीय लिम्बुवान परिषद हङकङ प्रवास समितिका अध्यक्ष नवराज काम्बाङले गर्नु भएको थियो । आउँदो २०११ साल जनवरीको २ तारीख लिम्बुवान सम्बन्धि बृहत कार्यक्रम हुने भएको छ ।

सन् २०१० डिसेम्बर २७ तारीख सोमबार का दिन हङकङस्थित याउ मा ते को कम्युनिटी हलमा संघीय लिम्बुवान परिषदका अध्यक्ष कुमार लिङदेनको समुपस्थितीमा जय लिम्बुवान फिल्म प्रदर्शनी भब्यताका साथ भयो। फिल्म प्रदर्शन हुनु अघि छोटो औपचारीक कार्यक्रममा अध्यक्ष कुमार लिङदेनले लिम्बुवानको विषयमा बोल्नु भएको थियो भने उक्त कार्यक्रमको अध्यक्षता संघीय लिम्बुवान परिषद हङकङ प्रवास समितिका अध्यक्ष नवराज काम्बाङले गर्नु भएको थियो । आउँदो २०११ साल जनवरीको २ तारीख लिम्बुवान सम्बन्धि बृहत कार्यक्रम हुने भएको छ ।

संसद्को नियमित अधिवेशन पुस २५ देखि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री माधवकुमार नेपालको सिफारिसमा राष्ट्रपति डा. रामवरण यादवले संसद्को नवौं अधिवेशन पुस २५ गते अपरा³न ४ बजे बस्ने गरी आ³वान गर्नुभएको छ। प्रधानमन्त्री नेपालले संविधानको धारा ५१ को उपधारा १ बमोजिम नियमित अधिवेशन आह्वान गर्न सोमबार अपरा³न राष्ट्रपतिलाई सिफारिस गर्नुभएको थियो। सत्तासाझेदार दलहरुले शान्तिप्रक्रिया र सरकार निर्माण प्रकि्रयामा सहमति भएपछि मात्रै अधिवेशन बोलाउनु उचित हुने बताएका भए पनि माओवादीले संसद् अधिवेशन नबोलाई अन्य विषयमा छलफल नहुने अडान राखेका कारण तत्काल अधिवेशनका लागि सिफारिसगरिएको हो।संसद् अधिवेशन आ³वान हुनुअगाडि एमाले र कांग्रेसको नेतृत्वले अन्मिन बिदा हुनुअगाडि नै माओवादी लडाकू रहेका शिविर र हतियार प्रधानमन्त्री संयोजक रहेको विशेष समितिमा आउनुपर्ने सत्तासाझेदारीबारेमा विगतमा भएका सहमतिलाई मूर्त रुप दिनुपर्ने भन्ने निष्कर्ष निकालेका भए पनि माओवादीसहित तीन दलको बैठक हुँदा माओवादीले कांग्रेस र एमालेको पूर्वसर्तलाई अस्वीकार गरेको थियो। कांग्रेस र एमालेले सहमति नभई पुनः अधिवेशन बोलाउँदा सो अधिवेशनले पनि निकास दिँदैन कि भन्ने आशंका व्यक्त गर्दै सहमतिमा नै जोड दिएका थिए।

लिम्बुवान मोर्चाले लिम्बुवानको संविधान र राज्य सरकार घोषणा गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२०६७ पुस १३,संयुक्त लिम्बुवान मोर्चा, नेपालले पुस १३ गते धरानमा एक पत्रकार सम्मेलन गरी २०६७ पुस १० र ११ गते चुम्लुङहिम् धरान, सुनसरी लिम्बुवानमा बसेको बैठकद्वारा पारित मोर्चाको समीक्षात्मक विश्लेषणसहित आगामी दृष्टिकोण र कार्यदिशा तय गर्दै समयभित्र संविधान नबनेमा वा बनेपनि जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकारसहितको लिम्बुवान स्वायत्त राज्यको सुनिश्चित नभएमा लिम्बुवानको संविधान र लिम्बुवान राज्य सरकारसमेत घोषणा गर्दै कडा आन्दोलन गर्ने निर्णय सार्वजनिक गरेको छ ।
मार्चाले मोर्चावन्दी र आन्दोलनको समीक्षा गर्दै यसद्वारा सम्पन्न आन्दोलन तथा कार्यक्रमहरुले लिम्बुवान सुनिश्चितताको लागि महत्वपूर्ण योगदान पुर्याउँदै लिम्बुवान आन्दोलनलाई एकीकृत, प्रभावशाली र गुरुत्वशील बनाई मुलरुपमा राष्ट्रिय नेतृत्व प्रदान गरेको निष्कर्ष निकालेको छ । साथै, सो मोर्चा लिम्बुवानको सवालमा लागिरहेको धारलाई अझ मजबुत बनाई राख्न मध्यधारमा रहेकालाई लिम्बुवान आन्दोलनमा समावेश गराएर र विपक्षी पल्लोधारलाई स्थीर बनाई राख्नसमेत सफल भएको ठहर गरेको छ । लिम्बुवानको आन्दोलनमा टुक्रिएर बस्ने र उग्र ढङ्गले प्रस्तुत हुने जमातहरुलाई निरुत्साहित गराउँदै शान्तिपूर्ण र जिम्मेवार ढङ्गले मात्र लिम्बुवान आन्दोलन अघि बढ्नुपर्दछ भन्ने पाठ मोर्चाले सिकाएको पनि समीक्षा गरेको छ । त्यसैगरी, लिम्बुवान आन्दोलनको दवाब र प्रभाव ठूला दलहरुदेखि साना दलहरु स्थानीयस्तरदेखि राष्ट्रियस्तर र अन्तर्राष्ट्रियस्तरसमेत सबैमा परेको; संघीयता र जातीय पहिचानको आन्दोलनको सन्दर्भमा लिम्बुवानले विभिन्न उदाहरणहरु तय गरेको जनाउँदै संविधानसभाबाट बन्ने नयाँ संविधानमा लिम्बुवान सुनिश्चितताको मुख्य उद्देश्य बोकेको यो मोर्चाको लागि संविधान सभाले तयार गरेको प्रारम्भिक मस्यौदामा लिम्बुवान प्रस्तावित हुनुले सिमाङ्कनको सवालमा विमति राखेर यसलाई आङ्शिक सफलताको रुपमा लिन सकिने निष्कर्ष समेत लिएको छ ।
यसैगरी, मोर्चाले संविधान सभामा लिम्बुवानलगायत प्रान्त प्रस्तावित भएपछि नयाँ संविधान निर्माणको सन्दर्भमा गम्भीर राजनीतिक असमझदारी र अन्योलता बढेर गएकोलाई षडयन्त्रको रुपमा लिएको; नामाङ्कनको सवाल पारगरेपछिको सिमाङ्कनको सवाल आएपछि मोर्चा सम्बद्ध सङ्गठनहरुमा पनि बहसहरु साँघुरिँदै जाँदा विचारहरु फरक हुँदै गएर त्यसको असर मोर्चामासमेत परेर मोर्चागत् पहलहरु कमजोर बनेको पनि समीक्षा गरेको छ । यसरी नै २०६६ जेठ १४ गतेसम्म नयाँ संविधान नबन्दा र १ वर्ष म्याद थपिएपछि राष्ट्रिय राजनीतिलाई बुझ्ने र हेर्ने अवस्थाहरु झन् फराकिलो भई यसको असर पनि मोर्चामा परेकोले राजनीतिक दलहरुबीचको असमझदारी र त्यसले निम्त्याएको राष्ट्रिय राजनीतिक अन्योलनताले लिम्बुवानको लागि गठित राजनीतिक दलको भातृ सङ्गठन र अन्य मुल सङगठनबीचमै पनि राजनीतिक विश्लेषणमा फरकता आउनाले तद्नुरुप सक्रियतामा पनि फरकता र सिथिलता आएको समीक्षा गरेको छ । संविधान सभाभित्र प्रभावकारी लविङ गर्न नसकेर र त्यसअनुरुप सडक आन्दोलन प्रभावकारी बनाउन नसक्दा लिम्बुवान सङ्गठनभित्रै पनि अन्तरसङ्घर्ष चर्कने र टुक्रने समस्याहरु देखिएको अवस्थामा मोर्चाले अपेक्षित काम गर्न नसकेजस्तो देखिएतापनि यी कजोरीहरुलाई व्यवस्थापन गर्दै अब सशक्त र निर्णायक आन्दोलन गर्ने कुरा मोर्चाद्वारा पे्रेसित वक्तव्यमा उल्लेख छ ।
हाल पनि राजनीतिक अन्योलता कायमै रहेकोले राजनीतिक गत्यावरोध कायमै भएको कारण शान्ति र संविधान निर्माण प्रक्रिया ठोसरुपमा अगाडि बढ्न नसकेको ठहर गर्दै सरकार बन्न नसक्नुनै सबभन्दा टड्कारो समस्या भएको पहिचानसमेत गरेको छ । कामचलाउ सरकारको कारण राज्य संयन्त्र कमजोर भई जनजीविका महङ्गी र भ्रष्टाचारले आक्रान्त भएको र प्रत्यक्षतः संविधान निर्माण प्रक्रिया अवरुद्ध भएको मार्चाले ठहर गरेको छ । अर्कोतिर राजनीतिक एकल स्वार्थ र सङ्कीर्णताको कारण सरकार नबन्ने र राजनीतिक सहमति नहुने स्थिति जारी रहेकोले देशी विदेशी प्रतिक्रियावादी तथा साम्राज्यवादी शक्तिहरुको हस्तक्षेपले राजनीतिक गतिरोधलाई झन् चुनौतीपूर्ण बनाएको निष्कर्ष निकाल्दै थपिएको म्यादको आधा समयभन्दा बढी समय बित्दा पनि संविधान निर्माण प्रक्रियाप्रति दलहरुको गम्भीरता नदेखिँदा कतै नयाँ संविधान नै नबन्ने खतरा त छैन भनी शङ्का उब्जिएको परिदृष्यमा संविधानसभाभित्र दलहरुभित्र लिम्बुवानको प्रस्तावनाहरु कमजोर बन्दै गइरहेको पनि ठहर गरेको छ ।
संयुक्त लिम्बुवान मोर्चा नेपालले देशको अन्योलपूर्ण राजनीतिक परिस्थितिले पारेको चापलाई चिर्न र अनुकूल बनाउन मोर्चाको औचित्य र सान्दर्भिकता अझ बढेको निष्कर्ष लिएर संविधान बनेमा लिम्बुवान प्रान्त बन्ने सामयिक र राजनीतिक अनुकूलतालाई मध्यनजर राख्दै संविधान समयमा नै बन्नु पर्नेमा मार्चाको आन्दोलन केन्द्रित हुने जनाएको छ । दलहरुको सहमतिको निर्णयहरु निर्णायक हुने अवस्था विद्यमान रहेकोले दलभित्रैबाट पनि लिम्बुवान प्राप्तिको लागि अन्तरसङ्घर्ष गरिने तथा ठूला दलका सभासदहरुले लड्ने र निर्णय गर्ने हो भने लिम्बुवान सुनिश्चित हुने सरल मार्गलाई ध्यानमा राख्दै सदनमा प्रभावकारी लविङ गरिने र साथमा सडकबाट सशक्त दवाब सिर्जना गरिने कार्यदिशा मोर्चाले तय गरेको छ । सदनभित्रको लविङ र सडकको आन्दोलनको सामाजस्यता मिलाउँदै संघीयता र स्वायत्तता पक्षधर अन्य सङ्गठनहरुसँग बुहत् मोर्चावन्दी गरेर संयुक्त आन्दोलनमा जोड दिनेसमेत जनाएको छ । आखिरीमा तोकिएको समयभित्र संविधान नबनेमा र संविधान बनेपनि जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकारसहितको लिम्बुवाान स्वायत्त राज्य प्राप्ति नभएमा लिम्बुवानको संविधान र लिम्बुवान राज्य सरकारसमेत घोषणा गर्दै कडा आन्दोलन लिएर अघि बढ्ने निर्णयसमेत मोर्चाले लिएको सार्वजनिक प्रेस वक्तव्यमा जनाएको छ ।
किरात याक्थुङ चुम्लुङको सहयोग र समन्वयमा सम्पन्न उक्त निर्णय सहमतिमा मोर्चामा आवद्ध सङ्गठहरुको तर्फबाट वीर नेम्बाङ के. अध्यक्ष [लिम्बुवान मुक्ति मोर्चा]; कमल चोङ्बाङ के.स. सचिव लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा [ एनेकपा माओवादी सम्वद्ध]; ज्ञानबहादुर गुरुङ का. वा. अध्यक्ष संघीय लिम्बुवान राज्य परिषद [संलोराम सम्वद्ध]; सर्वध्वज साँवा के. उपाध्यक्ष नेपाल लोकतान्त्रिक किरात लिम्बू संघ [नेकपा एमाले सम्बद्ध]; के.बी. फुदोङ के. अध्यक्ष नेपाल लिम्बुवान स्वशासित संघ ए. [नेकपा एकीकृत सम्वद्ध]; विष्णु थाम्देन के. उपाध्यक्ष लिम्बुवान प्रान्तीय परिषद् [राष्ट्रिय जनमुक्ति पार्टी सम्बद्ध]; प्रवीण नेम्बाङ के. अध्यक्ष नेपाल लिम्बू संघ[ नेपाली कांग्रेस सम्बद्ध]; अच्युतानन्द भट्टराई के. सदस्य संघीय लिम्बुवान राज्य परिषद [सञ्जुहाङ समूह] र सहयोगी समन्वयकर्ता किरात याक्थुङ चुम्लुङको तर्फबाट महासचिव योगराज वनेमले हस्ताक्षर गरेका छन् ।
- डीबी आङ्बुङ

रुवेल मुद्दामा कारण देखाऊ आदेश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
उपप्रधानमन्त्री सुजाता कोइरालाका ज्वाइँ रुवेल चौधरीले गैरकानुनी धन्दा गरेकाले कारबाही हुनुपर्ने माग गर्दै दायर रिटमा सर्वोच्चले सोमबार विपक्षीहरूका नाममा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश भरत उप्रेतीको एकल इजलासले १५ दिनभित्र लिखित जवाफ पठाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, उपप्रधानमन्त्री कोइराला, गृहमन्त्री भीम रावल, र प्रहरी महानिरीक्षकको कार्यालयलाई सो आदेश दिएको हो ।
चौधरीले गरेका अपराधको छानबिन गरी कारबाही माग गर्दै सिन्धुपाल्चोकका दइन्द्रबहादुर ठकुरीले बिहीबार सो रिट दायर गरेका थिए । विभिन्न पत्रपत्रिकामा आएका विवरणलाई प्रमाणका रूपमा लिँदै चौधरीले सुडानस्थित राष्ट्रसंघीय मिसनमा भएको घोटालाकाण्डमा प्रमुख भूमिका खेलेको, भिओआइपी प्रविधिमार्फत कल बाइपास गर्ने काममा सक्रिय रहेको, सुष्मा मेमोरियल ट्रस्टमा अवैध रूपमा काम गरेकोलगायत आरोप रिटमा लगाइएको छ । रुवेलले उल्लिखित अपराधबाट मुक्ति पाउन सासू सुजाता कोइरालाको राजनीतिक प्रभाव र पहुँचको दुरुपयोग गरेको तथा सुडानकाण्डको छानबिन नगराउन प्रधानमन्त्री माधवकुमार नेपालले अनावश्यक दबाब दिएको उल्लेखसमेत गरिएको छ ।

उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई कालो झण्डा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राजविराज, पुस १३ - उपप्रधानमन्त्री तथा मधेसी जनअधिकार फोरम लोकतान्त्रीकका अध्यक्ष विजयकुमार गच्छदारलाई मधेस क्रान्ति फोरमका कार्यकर्ताहरूले मंगलबार रुपनीमा कालो झण्डा देखाएका छन् । लोकतान्त्रीक फोरमबाटै बिभाजन भएर सभासद् संजय साहले बनाएको छुट्टै पार्टी मधेस क्रान्ति फोरमका कार्यकर्ताहरुले मधेस र मधेसीको माग पूरा गर्न नचाहेको भन्दै कालो झण्डा देखाएका हुन् । क्रान्ति फोरमका जिल्ला सदस्य उपेन्द्र चौधरीको नेतृत्वमा रहेका एक दर्जन कार्यकर्ताहरुले बिराटनगर हुँदै सप्तरीको कल्याणपुर गइरहेका गच्छदारलाई कलो झण्डा देखाएका हुन् । गाडी रोकाएर कालो झण्डा देखाउने क्रममा प्रहरीसँग सामान्य झडप समेत भएको थियो । गच्छदार तीन दिने कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि सप्तरी आएका हुन् ।

मलंगवामा ५ दिनदेखि यातायात ठप्प

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सर्लाही, पुस १३ - मधेसी जनअधिकार फोरमका जिल्ला अध्यक्ष अशोक यादब पक्राउ परेपछि मलंगवा नवलपुर सड्क खण्डमा पाँच दिनदेखि सार्बजनिक सवारी चलेको छैन् । लगातार यातायात अबरुद्ध हुंदा सर्बसाधारण मर्कामा परेका छन् । जिल्ला कृषि बिकास कार्यालयका प्रमुख नथुनी साहमाथि हातपात गरेको आरोपमा यादबलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको थियो । उनीसंगै सर्लाही बस ब्यबसायी संघका अध्यक्ष विनोद यादबपनि पक्राउ परेका छन् । पक्राउको भोलीपल्ट बिहानदेखि भएको यातायात बन्द अझै खुलेको छैन् । मंगलबार बिहान चलेका दुई यात्रुबाहक बसलाई बाटोमा केही ब्यक्तिले ढुंगा हानेर सिसा फुटाइदिए । सिसा फुटाएको घट्नापछि अन्य सवारी डरले चल्न सकेका छैनन् । प्रहरी उपरीक्ष्ाक पूर्णचन्द्र जोशीले दुईचार जनाले बाटो ढुकेर ढुंगा हानेको बताए । 'ढुगा हान्ने पहिचान भएका छन,' जोशीले भने, 'ढुंगा हान्नेका अभिभाबकले क्षतिपूर्ति दिने सहमति जनाइसके ।' उनले बाटोमा कुनै अबरोध नहुनेमा आश्वस्त हुन आग्रह गरे ।

राज्य व्यवस्था समितिले अख्तियार आयोगका पदाधिकारीसँग छलफल गर्दै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुडानको शान्ति मिसनमा खटिएको प्रहरीको व्यवस्थापन कार्यमा भएको आर्थिक अनियमितता गर्नेलाई कार्वाही गर्न समितीले दिएको निर्देशन प्रतिवेदन कार्यान्वयनबारे संसदको राज्य व्यवस्था समितिले मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीसँग छलफल गर्दैछ ।समितिको कार्यालय सिंहदरबारमा केहि बेरमा बस्ने समितिको बैठकमा सेना र प्रहरिको व्यवस्थापनमा आर्थिक हिनामिना भएको निष्कर्षको प्रतिवेदन समितिले अख्तियारलाई बुझाएको लामो समयसम्म पनि प्रतिवेदन कार्यान्वयन नभएकोले यस बिषयमा चासो देखाएको हो । छलफलका लागि अख्तियारका सचिब भगवती कुमार काफ्लेलाई बोलाइएको छ ।सुडान मिसनमा खटिएका सेना तथा प्रहरीको बन्दोवस्तीका सामान खरिदका क्रममा व्यापक अनियमितता भएको खवर सार्वजनिक भएपछि राज्यव्यवस्था समितिका सदस्य प्रदीप ज्ञवाली संयोजकत्वको समितिले सुडान पुगेर अध्ययन गरेको थियो ।

एमाले सहमतिको सरकारको निकास दिन तयार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आफ्नो पार्टी सहमतिको सरकारको नेतृत्व गरेर मुलुकलाई निकास दिन तयार रहेको बताउनुभएको छ । तराई मधेस लोकतान्त्रिक पार्टीको स्थापनाको तेस्रो बर्षगाँठको अवसरमा आज आयोजित चियापान कार्यक्रममा सन्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिदै खनालले त्यस्तो बताउनुभएको हो । उहाँले नयाँ सरकारको नेतृत्व गरेर शान्ति र संविधान निर्माणको बातावरण सुनिश्चित गर्ने आधार एमाले सँग भएको दावी समेत गर्नुभयो । उहाँले भन्नुभयो- मुलुकलाई लामो राजनीतिक गतिरोधबाट निकास दिन सहमति चाहिन्छ त्यो नेकपा एमालेले दिन सक्छ । सरकार पनि छिट्टै बन्छ ।
चियापानमा उपस्थित नेपाली काग्रेसका सभापति सुशिल कोइरालाले प्रधानमन्त्रीकालागी संसदीय दलका नेता रामचन्द्र पौडेलको उमेदवारी यथावत रहेको भन्दै काग्रेसले पौडेलको विकल्प नखोजेको स्पष्ट पार्नुभयो । उहाँले शान्ति र संविधानको सुनिश्चितताकोलागी काग्रेसले नेतृत्व सहित सहमति खोज्ने विश्वास पनि ब्यक्त गर्नुभयो ।
काग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेले प्रधानमन्त्री पदमा आफ्नो उमेदवारी कायम रहेको भन्दै काग्रेसकै नेतृत्वमा सहमतिको सरकार बन्ने विश्वास ब्यक्त गर्नुभयो । उपराष्ट्रपति परमानन्द झाले मुलुकमा दिगो शान्ति स्थापना र नयाँ लोकतान्त्रिक संविधान निर्माणकोलागी आवश्यक जुनसुकै कदम चाल्न पनि आफू तयार रहेको जानकारी दिनुभयो । तमलोपाका अध्यक्ष महन्थ ठाकुरले मुलुकलाई अगाडि बढाउन सहमति सहकार्य र एकता अनिवार्य भईसकेको भन्दै आफ्नो पार्टी संसदको नियमित अधिवेशनबाटै नयाँ सरकार गठनकोलागी लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

Dec 27, 2010

तत्कालीन सैनिक सचिवको खुलासा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुस १२ - तत्कालीन राजा वीरेन्द्र मुलुकको दुर्गतिबाट आजित भएर सत्ता नियन्त्रणमा लिने तयारीमा थिए । युवराज दीपेन्द्रचाहिँ उनको उदारवादी कार्यशैलीबाट दिक्क थिए । त्यहीबीच राजनीतिक षड्यन्त्रअन्तर्गत दरबार हत्याकाण्ड भएको थियो । त्यसमा विदेशी शक्तिकेन्द्र पनि जोडिएको थियो । माओवादीलाई भारतीय सैन्य शिविरमा तालिम दिइएको थियो । त्यसबारे थाहा पाएलगत्तै राजाका सैनिक सचिव पदमुक्त गरिएका थिए । तिनै सैनिक सचिव विवेककुमार शाहले राजदरबारमा करिब ३० वर्ष कार्यरत छँदा थाहा पाएका थुप्रै अनुद्घाटित तथ्य चाँडै पुस्तकाकारमा सार्वजनिक गर्दैछन् । 'मैले देखेको दरबार' शीर्षकको ५९९ पृष्ठको यो पुस्तकमा समाविष्ट उनका संस्मरण र दैनिक डायरीमार्फत नेपाली राजनीतिकका अनेक पाटाको खुलासा हुँदैछ ।

विश्वकै ठूलो शिला हेर्नेको घुइँचो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पर्वत, ११ पुस,विश्वकै ठूलो शिला अवलोकन गर्न आउने पर्यटकको घुइँचो लाग्ने गरेको छ । सुन्दर मनोरम दृश्य भएको पर्वतको शालिग्राम गाविसमा पर्ने शिला अवलोकन गर्न दैनिक १ हजारको संख्यामा पर्यटक आउने गरेको स्थानीयबासी बताउँछन् । धौलागिरि, लुम्ब्िानी र गण्डकी तीनै अञ्चलका पर्वत, स्याङ्जा र गुल्मी जिल्लाका सिमानामा रहेको छ शिला । धार्मिक दृष्टिले पनि उत्तिकै महत्त्वको मानिने भएकाले स्वदेशी तथा विदेशी पर्यटक शालिग्राम पुग्ने गर्छन् । हिन्दू धर्मअनुसार शिलालाई भगवान विष्णुका रूपमा पुज्ने गरिन्छ । शालिग्ा्रामको शिला दर्शन गरेर 'भाकल' गरे मनोकामना पूरा हुने जनविश्वास छ । शिलाको पूजा गरेको र भाकल गर्नेका तस्बिर खिच्न विदेशी लालायित हुन्छन् ।

प्रधानमन्त्रीद्वारा पुस २५ का लागि संसद अधिवेशनको सिफारिस

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुस १२ - प्रधानमन्त्री माधवकुमार नेपालले पुस २५ गते संसदको अधिवेशन बोलाउनका लागि राष्ट्रपति समक्ष सिफरिस गरेका छन् । सोमबार साँझ राष्ट्रपति निवास शितल निवास पुगेर उनले राष्ट्रपति डा‌‌. रामवरण यादवलाई सिफारिस पत्र बुझाएका हुन् । राष्ट्रपतिक स्वाकीय सचिव ललितबहादुर बस्नेतका अनुसार प्रधानमन्त्री नेपालले पुस २५ गते संसदको नियमित अधिवेशन आह्वानका लागि प्रधानमन्त्रीले सिफारिस पत्र बुझाएका हुन् । यसअघि तीन दलको शीर्ष बैठकमा प्रधानमन्त्रीले १९ गतेका लागि सिफारिस गर्ने बताएका थिए । माओवादीले अधिवशेन आह्वान नभएसम्माका लागि कुनै पनि बिषयमा छलफल नगर्ने अडान राखेपछि प्रधानमन्त्रीले उक्त प्रतिबद्धता जनाएका हुन् । त्यसअघि सत्तारुढ दलहरुको बैठक र आइतजार मन्त्री परिषद्को बैठकले भने माओवादीको लडाकुलाई बिशेष समितिको माताहात नल्याएसम्म अधिवेशन नबोद्याउने निर्णय गरेको थियो ।

एसएलसीको प्रश्नपत्र स्वदेशमै छाप्न सरकारलाई निर्देशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
व्यवस्थापिका संसदको सार्वजानिक लेखा समितिले एसएलसीको प्रश्नपत्र स्वदेशमै छाप्न सरकारलाई निर्देशन दिएको छ । प्रश्न पत्र छाप्दा अनियमितता भएको भन्दै लेखाले स्वदेशमै प्रश्नपत्र छाप्ने निर्णय तत्काल गर्न निर्देशन दिएको हो । बैठकमा शिक्षामन्त्री सर्वेन्दनाथ शुक्लले यस बर्षदेखि स्वदेशमै प्रश्नपत्र छाप गर्ने तयारी भइरहेको बताउनु भएको थियो । प्रश्नपत्र बाहिरिने संभावना र सुरक्षाका कारण भारतमा प्रश्नपत्र छापिने गरेको भएपनि यस बर्षदेखि स्वदेशमै छाप्ने व्यवस्था गर्न लागिएको उहाँले जानकारी गराउनु भयो । लेखा समितिले कक्षा ११ को प्रश्नपत्र छपाइका क्रममा भएको अनियमिततमा संलग्न उच्च माध्यमिक शिक्षा परिषदका तत्कालीन उपाध्यक्ष उपेन्द्र कोइराला र सदस्य सचिव रामबहादुर खड्कालाइ भ्रष्टाचार मुद्दा दायर गर्नपनि लेखाले मन्त्रालयलाई निर्देशन दिएको छ ।

Dec 26, 2010

आठौं इन्टरनेस्नल ताई क्वान दो फ्रेण्डसीप च्याम्पीयनसीप काठमाडौमा सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सन् २०१० डिसेम्बर ११ तारीख काठमाडौमा आठौं इन्टरनेस्नल ताई क्वान दो फ्रेण्डसीप च्याम्पीयनसीप खेल मैत्री ताई क्वान दो डोजाङले आयोजना गरेको थियो । उक्त च्याम्पीयनसीप खेलमा अमेरीका,हङकङ र नेपालको सहभागीता रहेको थियो । हङकङबाट एभरेष्ट ताई क्वान दो एकेडेमीको तर्फबाट खेलाडी दिल प्रसाद लिम्बु लगायत हङकङ ताई क्वान दो एसोसीएसनका चाइनिज खेलाडीहरु समेतले सहभागीता जनाएका थिए । हङकङ ताई क्वान दो एसोसीएसनका चाइनिज खेलाडीहरुले ४ गोल्ड मेडल र १ ब्राउन्ज मेडल प्राप्त गरेका छन् । त्यसरी नै एभरेष्ट ताई क्वान दो एकेडेमी हङकङको तर्फाट एक मात्र नेपाली खेलाडी दिल प्रसाद लिम्बुले गोल्ड मेडल प्राप्त गरेका छन् । एभरेष्ट ताई क्वान दो एकेडेमीका मास्टर रविन कुमार नाल्बोको रेखदेखमा दिल प्रसाद लिम्बुले हालसालै थ्री डन प्राप्त गरिसकेका छन् । ताई क्वान दो खेलको नतिजा अनुसार मैत्री ताई क्वान दो डोजाङले प्रथम,अमेरीका ताई क्वान दो एसोसीएसन् दास्रो र हङकङ ताई क्वान दो एसोसीएसन तेस्रो स्थानमा रहेको छ । हाल सम्म फोर डन तथा मास्टर रविन कुमार नाल्बोव्दारा सञ्चालित एभरेष्ट ताई क्वान दो एकेडेमीले हङकङ अन्य क्लवहरुको तुलनामा उत्कृष्ठ खेल र धेरै मेडलहरु प्राप्त गर्दै आएको छ त्यसैले यस एकेडेमीमा खेलाडीहरुको संख्या पनि अधिक रहदै आएको छ ।

एमाले सभासद् डम्बरबहादुर खड्काको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संखुवासभाका एमाले सभासद् डम्बरबहादुर खड्काको शनिबार राती सवारी दुर्घट्नामा परि मृत्यु भएको छ । उनी स‌विधानसभामा संखुवासभा क्षेत्र न‌‌‌‍ २ बाट जितेका सभासद् हुन् । प्रहरीका अनुसार भक्तपुरको गट्ठाघर हुँदै कोटेश्वरतर्फ आउँदै गरेका सभासद् खड्का चढेको बा३८प ९१०९ नम्बरको मोटरसाइकललाई भाडाको यात्रुवाहक वसले कौशलटारमा ठक्कर दिंदा उनको मृत्यु भएको हो । ठक्कर दिने वा१ ख ६४६५ को बसका चालक प्रहरी नियन्त्रणमा रहेको महानगरीय प्रहरी बृत्त ठिमीका डिएसपी राधिका खड्काले जानकारी दिइन् । घट्ना राती साँढे आठ बजे भएको थियो ।

अनमिनको म्याद थप्न माओवादी लडाकुको सुझाव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चितवन, पुस ११ - सेना समायोजन विशेष समिति अन्तर्गतको सचिवालयका बरिष्ठ सदस्यहरु चितवनको शक्तिखोर स्थित तेस्रो डिभिजन माओवादी शिबिरमा पुगेका छन् । अनमिनको कार्यकाल नथप्ने प्रायः निश्चित भैसकेको अबस्थामा उच्च टोलिले पहिलो भ्रमण गरेको हो । शिबिरमा आएका माओवादी सेनाका डिपुटि कमाण्डर चन्द्रप्रकास खनाल 'बलदेब'ले आफूहरु अनमिनको कार्यकाल थप गर्नुपर्छ भन्ने अडानमा रहेको संचारकर्मीलाई प्रतिकृया दिए । उनले आफूहरुले सरकारसंग अनमिनको समयावधि थप गर्नु पर्छ भन्ने माग राख्दै आएकोपनि जानकारी दिए । सेना समायोजनको बिषय टुङ्गो नलाग्दै अनमिनलाई फिर्ता पठाउन हुदैन भन्ने आफूहरुको माग रहेको पनि उनले सुनाए । लडाकुहरुले अनमिनको म्याद थप्नु पर्ने सुझाव टोलीलाई दिएको छ ।
टोली नेता पूर्व जर्नेल बालानन्द शर्माले लडाकृहरुको वारेमा धेरै कुरा भैरहेपनि स्थलगत नै भेटेर उनीहरुको कुरा सुन्न शिबिरमा आएको कान्तिपुरलाई बताए । उनले भने 'बाहिरवाट हेरेर उहाँहरुको अबस्था र मनस्थिती थाह हुँदैन भनेर नै शिबिरमा आएको छौं ।' नेपाली सेनाका सहायक रथि महेश कार्की,सशस्त्रका डिआइजी सिंह बहादुर श्रेष्ठ, जनपथका डिआइजी केशबहादुर शाही, माओवादी डिपुटि कमाण्डर चन्द्र प्रकास खनाल 'बलदेब' र एमाले , कांग्रेसका प्रतिनिधिहरु तेश्रो डिभिजनमा आएका छन् ।
शक्तिखोर पुगेको उक्त टोलिले शिबिरमा रहेका माओवादी कमाण्डर र लडाकुहरुसंग उनीहरुको समायोजनका बारेमा छलफल गरेका थिए । छलफलमा भागलिन नवलपरासी स्थित चौथो डिभिजनका स्थानीय कमाण्डरहरुपनि त्यहाँ पुगेका थिए ।शिबिरमा आएको समितिले लडाकुहरुको राय संकलन गरेर त्यसै अनुरुपको सल्लाह सुझाब विशेष समितिलाई बुझाउने छ ।

मागहरु सुनवाई नभएको भन्दै उदयपुरका मजदुरहरु आन्दोलित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आफ्ना मागहरु सुनवाई नभएको भन्दै उदयपुरका मजदुरहरु आन्दोलित भएका छ् । नयाँ भाडादर कायम गरी दिन माग गर्दै आएका उनीहरुलॆ जिल्ला प्रशासन नगरपालिका लगायतका कार्यालयमा धाउँदा समेत कुनै सुनुवाई नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनु परेको बताएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन लोड अनलोड युनियनको अगुवाईमा अनलोडका कामहरु ठप्प पारेका छन् । मजदुरहरुले लोडअनलोडका काम ठप्प पारेपछि बिहानैदेखि सीमेण्ट तरकारी रड कपडा खाद्यान्न लगायतका ढुवानीका सामाग्रीहरु गाडीमै थन्किएका छन् । उनीहरुले रिक्सा ठेला लगायतका ढुवानीका साधान बन्द गराएपछि ब्यापारी तथा स्थानीयबासीका सामान समेत ओसारपसारमा कठिनाई भएको छ ।

कंशाकार सहितसहित छ जनालाई विशेष अदालतमा उपस्थित हुन आदेश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल बायू सेवा निगमकोलागी नयाँ विमान खरिद गर्न प्रक्रिया नपुर्‍याई एयरबस कम्पनीलाई बैना दिएर निगमलाई ५ करोड ७३ लाख ७५ हजार क्षति पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको निगमका कार्यकारी प्रमुख सुगतरत्न कंशाकार सहितका छ जनालाई विशेष अदालतले १५ दिनभित्रमा उपस्थित हुन म्याद जारी गरेको छ । अख्तियारले कंशाकारसहित निगमका पदाधिकारीविरुद्ध गत शुक्रबार मुद्दा दायर गरेको थियो । सो मुद्दामा प्रारम्भिक सुनवाई गर्दै विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यद्धय ओमप्रकाश शर्मा र केदारप्रसाद चालिसेको संयूक्त इजलासले कंशाकारसहितका पदाधिकारीहरुलाई १५ दिनभित्र उपस्थित हुन म्याद जारी गरेको हो ।
निगमका लागि एक न्यारोबडी र अर्को एक वाइड बडी जाहाज खरीद गर्ने भनि प्रकि्रया नपुर्याई बैना दिएर निगमलाई क्षति पुर्याएर भ्रष्टाचार गरेको भन्दै आयोगले कार्यकारी प्रमुख कंशाकार कामु नायब महाप्रवन्धकद्धय राजुबहादुर केसी र गणेश ठाकुर कामु निर्देशक ज्ञानेन्द्रपुरुष ढकाल तत्कालीन अर्थ विभागका निर्देशक मयुरशम्शेर राणा र कामु उपनिर्देशक केशवराज शर्माविरुद्ध मुद्धा दायर गरेको थियो ।
आरोपित कसुरदारहरुलाई एयर बस कम्पनीसँग वार्तालाप गर्नेमात्र निगम साचालक समितिले अधिकार दिएकोमा निर्णय गर्ने अधिकारसमेत प्रयोग गर्दै उनीहरुले न्यारो बडी जहाजका लागि ४१ दशमलव २८९ मिलियन अमेरिकी डलर र वाइड बडी जहाजका लागि ९२ दशमलव ८४५ मिलियन डलरमा खरिद गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर गरेर निगमका तर्फबाट भुक्तानी गरेको अभियोगपत्रमा उल्लेख गरिएको छ ।

Dec 25, 2010

संघीय लिम्बुवान राज्य परिषदको प्रेस विज्ञाप्ती

प्रेस विज्ञाप्ती हेर्न विज्ञाप्तीमा क्लिक गर्नुहोस् ।

भोलिबाट एमआरपी (पासपोर्ट)बितरण शुरु गरिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
परराष्ट्र मन्त्रालयले आइतबार संवैधानिक अंगका प्रमुखहरूबाट मेसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरण सुरु गर्ने भएको छ। प्रमुखहरुलाई कुटनीतिक एमआरपी दिएपछि आइतबार थप सयजनालाई एमआरपी बाँडिने छ। परराष्ट्रस्थित केन्द्रीय राहदानी कार्यालयका पदाधिकारीको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो।
'पहिलो दिन एमआरपीका लागि सबभन्दा पहिला परराष्ट्रमा फारम बुझाउने सयजनालाई राहदानी दिइने छ,' परराष्ट्र स्रोतले भन्यो। आइतबार सुरुमा राष्ट्रपति रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री माधवकुमार नेपाल, संविधानसभा अध्यक्ष सुवास नेम्वाङ र प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठलाई एमआरपी दिइनेछ। परराष्ट्रले पुस ४ गतेबाट एमआरपीका लागि निवेदन संकलन थालेको थियो। आइतबार परराष्ट्र र विदेशस्थित नियोगबाट एकसाथ एमआरपी जारी गरिने परराष्ट्रले जनाएको छ।
परराष्ट्रले एमआरपी वितरणलाई विकेन्द्रीकरण गर्ने सोच पनि अघि बढाएको छ। स्रोतअनुसार डेढ साताभित्र काठमाडौं, ललितपुर र भक्तपुरका तीनवटै जिल्ला प्रशासन कार्यालयबाट एमआरपी वितरण सुरु गर्ने तयारी परराष्ट्रले गरिरहेको छ।
'तीन जिल्लाबाट निवेदन संकलन गरी परराष्ट्र ल्याइन्छ,' स्रोतले भन्यो, 'निवेदनका आधारमा सूचना राखी परराष्ट्रले पठाएको एमआरपी सम्बन्धित जिल्लाबाट जारी गरिन्छ।' स्रोतअनुसार कुन जिल्लाको निवेदन कुन जिल्लामा बुझाउन सकिने भन्ने निर्णय भइसकेको छैन। सुरुमा उपत्यकाका तीन जिल्लामा सफलतापूर्वक एमआरपी वितरण भएपछि अन्य जिल्लाबाट पनि जारी गरिने परराष्ट्रले जनाएको छ।

सात दिनभित्र अधिवेशन दश दिनभित्र सरकार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादीका सचिव पोस्टबहादुर बोगटीले तीन दलबीच सात दिनभित्र संसद्को नियमित अधिवेशन बोलाएर दश दिनभित्र नयाँ सरकार निर्माण गर्ने सहमति भएको बताउनुभएको छ। रिपोर्र्टर्स क्लबमा शुक्रबार बोल्दै उहाँले दश दिनभित्र सरकार बनाउने सहमतिअनुसार एमाले र माओवादीबीच रामचन्द्र पौडेलले उम्मेदवारी फिर्ता नलिए विपक्षमा मतदान गरेर पराजित गर्ने सहमति भएको बताउनुभयो।माओवादीको नेतृत्वमा सरकार नबने शान्तिप्रक्रियालाई निष्कर्षा पुर्याउन र नयाँ संविधान लेख्नेकार्य सहज नहुने तर्क गर्दै उहाँले माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउनसमेत आग्रह गर्नुभयो।नेपाली कांग्रेसका नेता डा. रामशरण महतले कांग्रेसको अहिलेसम्मको अडान सत्यप्रमाणित भएको दाबी गर्दै कांग्रेसले रामचन्द्र पौडेलको उम्मेदवारी फिर्ता नगर्ने बताउनुभयो। उहाँले पौडेललाई सबै मिलेर प्रधानमन्त्री बनाइछाडने दाबी गर्दै अहिलेसम्म विश्वासिलो आधार तय नभएकोले कांग्रेसले अनिश्चिततामा कुनै निर्ण्र्ाानगर्ने बताउनुभयो। नेकपा एमाले स्थायी कमिटी सदस्य भरतमोहन अधिकारीले रामचन्द्र पौडेलले उम्मेदवारी फिर्ता लिए नयाँ प्रक्रियामा उहाँनै प्रधानमन्त्री बन्न सक्ने र त्यसका लागि एमाले पनि सहयोग गर्न तयार रहेको बताउनुभयो।

सेनाका जर्नेल माओवादी शिविरको भ्रमणमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुस १० - नेपाली सेनाका सहायकरथी महेशविक्रम कार्की, प्रहरीका डीआईजी केशबहादुर शाही र सशस्त्रका डीआईजी सिंहबहादुर श्रेष्ठसहितको टोली शनिबार माओवादी शिविर अवलोकनमा जाने भएको छ । बहालवाला सुरक्षाकर्मी शिविर पुगेको यो पहिलो अवसर हुनेछ । विशेष समिति सचिवालयका संयोजक बालानन्द शर्माको नेतृत्वमा तीनवटै सुरक्षा निकायका अधिकृत र अन्य पदाधिकारी चितवनको शक्तिखोरस्थित तेस्रो डिभिजन र नवलपरासीको झ्याल्टुङडाँडास्थित चौथो डिभिजनको भ्रमणमा जान लागेका हुन् । 'विश्वासको वातावरण अभिवृद्धिका लागि अन्तरक्रिया गर्ने हिसाबले जान लागिएको हो । यस पटक सचिवालय सदस्यमा बहालवाला सुरक्षाकर्मी पनि रहेकाले दुई पक्षबीच एक-अर्कालाई बुझ्न सघाउ पुग्नेछ,' सचिवालय सदस्य दीपक भट्टले भने । टोलीले शनिबार चितवनस्थित प्रशासन प्रमुख, नागरिक समाज लगायतसँग अन्तक्रिया गर्नेछ । त्यसपछि आइतबार शक्तिखोर जाने र समय मिले झ्याल्टुङडाँडा पनि पुग्ने कार्यक्रम छ । छलफलका लागि ती दुवै शिविरका कमान्डर तहका लडाकुलाई कतै नजान आग्रह गरिएको स्रोतले बतायो । सचिवालयका अन्य सदस्यमा माओवादी डेपुटी कमान्डर चन्द्रप्रकाश खनाल, माओवादीकै कुलप्रसाद केसी र तेजबहादुर ओली, कांग्रेसका शम्भुराम सिंखडा, एमालेका गोपालसिंह बोहरा, फोरमका रमानन्द मिश्र र सनन्दनप्रसाद कुर्मी छन् ।

Dec 24, 2010

हङकङमा लिम्बुवानी विशाल आमसभा हुने

२२ डिसेम्बर २०१०, नेपालको अरुण - सप्तकोशी नदी पूर्वको नौं वटा जिल्लाहरु भएको ऐतिहासिक लिम्बुवान भू-राज्यलाई अब वन्ने संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको आत्मनिर्णय अधिकार सहितको स्वायत्त राज्य कायम गराउन मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद, राज्य केन्द्रिय कार्य समितिले नेपालको लिम्बुवानमा जारी गरिरहेको संघीयता र लिम्बुवानी निर्णायक आन्दोलनबारेमा जानकारी गराउन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान राज्य परिषदका केन्द्रिय अध्यक्ष तथा चरचित यूवा नेता कुमार लिङ्देन “मिराक” द्वारा मन्तब्य गर्नु हुने, लिम्बुवानी विशाल आमसभा हङकङमा सम्पन्न हुन गइरहेकाले हङकङवासी नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाइ उक्त आमसभामा उपस्थित भइ दिन हुन हार्दिक अनुरोध गर्दछौं ।
मिति - २ जनवरी २०११, आइतबार,
स्थान - याउ मा तेइ कम्युनिटी हल, तेस्रो तला
समय - दिउसो १२:३० बाट ६ बजेसम्म ।
आयोजक
मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति, हङकङ । बिस्तृत जानकारीको लागि सर्म्पर्क फोन नं.
९ नबराज ९८५३४४९७, बिष्णु ६७३५२०६०, श्याम ६५९१८२५५, प्रेम ६७०१०१२०, डम्बर कुमार ६०९२१५०७

राजश्व ठगेको आशंकामा पेप्सीमा छापा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुस ९ - राजश्व ठगी गरेको आशंकामा राजश्व चुहावट नियन्त्रणका लागि गठित कार्यदलले सोमबार पेप्सीको कारखाना तथा विक्री कक्षमा छापा मारेको छ । पेप्सीकोलास्थित कारखाना तथा बालुवाटारस्थित पेप्सीको विक्री कक्षमा शुक्रबार दिउँसो एकै समयमा छापा मारेर कार्यदलले सील गरेको छ । कार्यदल संयोजक शान्तबहादुर श्रेष्ठको नेतृत्वमा गएको राजश्व टोलीले छापा मारेको हो । पेप्सीले कर छलेको आशंकामा छापा मारिएको एक राजश्व अधिकृतले जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रुटि देखिएको भन्दै यसअघि रियल जुसको बारास्थित फ्याक्ट्रीमा सील गरेको थियो ।

अनमिनको म्याद थप्न माओवादीले सुरक्षा परिषदमा पत्राचार गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले अनमिनको म्याद थप्नै नसकिने बताइरहेको बेला विहीबार बसेको माओवादीको बैठकले म्याद थप गर्नुपर्ने जिकिर गर्दै सुरक्षा परिषदमा पत्राचार गर्ने निर्णय गरेको हो । अनमिनको नियन्त्रणका कारण सेनाको मनोवल गिर्ने भएकाले उसलाई कार्यक्षेत्रबाट झिकेर म्याद थप्ने विषयमा कांग्रेसले यसअघि सहमति जनाइसकेको छ । बैठकको निर्णयबारे जानकारी दिदै माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अनमिनको म्याद थप्नका लागि सुरक्षा परिषदमा अनुरोध गर्ने निर्णय भएको जानकारी दिए । 'म्याद थप्न पत्राचार गर्ने निर्णय भएको छ ।' श्रेष्ठले भने 'यस विषयमा दलहरुसंग सहमती जुटाउने काम भैरहेकाले पत्र कहिले पठाउने भन्ने टुंगो लागेको छैन ।' प्रधानमन्त्री माधवकुमार नेपालले यसअघि कुनै पनि हालतमा अनमिनको म्याद थप्नै नसकिने बताउँदै आएका छन् । भने अनमिन प्रमुख करिन ल्यानग्रेनको समेत राष्ट्रसंघले सरुवाको घोषणा गरिसकेको छ ।

Dec 23, 2010

चर्चित यूवा नेता कुमार लिङ्देन 'मिराक' हङकङ आउँने

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ/नबराज काम्बाङ्ग
२२ डिसेम्बर २०१० नेपालको अरुण - सप्तकोशी नदी पूर्वको नौं वटा जिल्लाहरु भएको ऐतिहासिक लिम्बुवान भू-राज्यलाई अब वन्ने संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको आत्मनिर्णय अधिकार सहितको स्वायत्त राज्य कायम गराउन मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद, राज्य केन्द्रिय कार्य समितिले नेपालको लिम्बुवानमा जारी गरिरहेको संघीयता र लिम्बुवानी निर्णायक आन्दोलनबारेमा जानकारी गराउन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान राज्य परिषदका केन्द्रिय अध्यक्ष तथा चर्चित यूवा नेता कुमार लिङ्देन “मिराक” द्वारा मन्तब्य गर्नु हुने, लिम्बुवानी विशाल आमसभा हङकङमा सम्पन्न हुन गइरहेकाले हङकङवासी नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाइ उक्त आमसभामा उपस्थित भइ दिन हुन हार्दिक अव्हान समेत गरेको छ ।

लिम्बू जातिको राष्ट्रिय चाड चासोक तङ्नाम २०६७ सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,डीबी आङ्बुङ
पुस ७, २०६७,आदिवासी किरात लिम्बूजातिको राष्ट्रिय चाड चासोक तङ्नाम २०६७ चासोक तङ्नाम आयोजक संयुक्त समितिको आयोजनामा ललितपुर चुम्लुङहिम र किरात माङ्हिम सानो हात्तिवन ललितपुरमा यही पुस ४, ५ र ६ गते विभिन्न कार्यक्रमका साथ सम्पन्न भयो । किरात याक्थुङ चुम्लुङ, किरात याक्थुङ माङ्गेन्ना चुम्लुङ, लिम्बू विद्यार्थी मञ्च, फक्ताङलुङ साँस्कृतिक मञ्च, याक्थुङ सहयोग कोष र लिम्बू साँस्कृतिक परिषदसमेत आवद्ध चासोक तङ्नाम आयोजक समिति २०६७ ले यो चासोक तङ्नाम २०६७ को आयोजना गरेको हो ।
चासोक तङ्नाम मनाउने कार्यक्रमअर्न्गर्तत पुस ४ गते सानो हात्तिवन माङ्हिम ललितपुरमा सामुहिक चासोक पुजा, पुस ५ गते ललितपुर चुम्लुङहिम तिखेदेवल ललितपुरमा तङ्सिङ तक्मा कार्यक्रम शुरु, पुस ६ गते चुम्लुङहिम तिखेदेवल ललितपुरमै तङ्सिङको निरन्तरता, फुङ्वाचाङ्मा, तान बुनाई (थाक्थाक्मा), छेलो हान्ने (पक्लुङ लेप्मा) कार्यक्रम सम्पन्न भयो । यही दिन दिउँसो चासोक मेलाको आयोजना गरी सो मेलामा लिम्बू खानपिन, विभिन्न खेल प्रतियोगिता, ढाका कपडाको र विभिन्न लिम्बू पत्र-पत्रिकाको प्रदर्शनी र विक्री वितरण, धान नाच र च्याब्रुङनाचलगायत साँस्कृतिक कार्यक्रमहरु सम्पन्न भएको थियो । चासोक तङ्नाम कार्यक्रममा उपत्यकावासी सम्पूर्ण लिम्बू जनसमुदायको उपस्थिति रहेको थियो । यो चाड आ-आफ्नो घरघर र सामुहिक रुपमा भेला भई मान्ने गरिन्छ । यो चाड यस पटक पुस ४ देखि ६ सम्म मानिए पनि गाउँघर र देश-विदशमा यसको अघिपछि पनि मान्ने मनाउने चलन छ ।

रुवेल चौधरी विरुद्ध सर्वोच्च अदालतमा रिट दायर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
उपप्रधानमन्त्री सुजाता कोइरालाका ज्वाई रुवेल चौधरी विरुद्ध आज सर्वोच्च अदालतमा रिट दायर भएको छ । पूर्व राजपरिवार निकट मानिएका सिन्धुपाल्चोक घर भएका दयन्द्रबहादुर ढकुरीको तर्फबाट रुवेल विरुद्ध रिट दायर भएको हो । सो रिटमा रुवेल नेपालबाट भीओआईपी कल सन्चालमा संलग्न रहेको र जसका कारण करोडौ रुपैया अपचलन भएको रिलेसन भिसाको दुरुपयोग गरेको संयूक्त राष्ट्र संघको दुरुपयोग गरेको र प्रहरीको सुडान मिसनमा ईपीसी खरिदमा ठूलो घोटाला गरेको दावी गरिएको छ ।
रिटमा प्रधानमन्त्रीको कार्यालय उपप्रधानमन्त्री सुजाता कोइराला परराष्ट्रमन्त्रालय गृहमन्त्री र प्रहरी महानिरिक्षकलाई विपक्षी बनाईएको छ ।

विशेष अधिवेशन फिर्ता लिन माओवादी सहमत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रमुख तीन दिन दल एकीकृत माओवादी कांग्रेस र एमाले विशेष अधिवेशनमा दर्ता भएको प्रस्ताव फिर्ता लिई नियमित अधिवेशन बोलाउन सहमत भएका छन् । शान्ति मन्त्रालय सिहदरवारमा बसेको तीन दलको बैठकमा माओवादीसहितका साना दलले विशेष अधिवेशनका लागि संसद सचिवालयमा दर्ता गराएको प्रस्ताव फिर्ता लिन सहमत भएपछि नियमति अधिवेशन बोलाएर प्रधानमन्त्री निर्वाचन नयाँ प्रक्रियाबाट शुरु हुने भएको छ । दलहरुवीच भएको सहमतिसंगै बिशेष अधिवेशन आजै अन्त्य हुने भएको छ ।
बैठकपछि संचारकर्मीसग कुरा गर्दै एमाले उपाध्यक्ष बामदेव गौतमले विशेष अधिवेशन फिर्ता लिन सहमत भएको जानकारी दिएका छन् । यद्यपी यसको औपचारिक जानकारी भने केही समयमा सार्वजनिक गरिदैछ । सहमतिको ड्राफ्ट तयार पार्ने काम भईरहेको उपाध्यक्ष गौतमले जानकारी दिए ।
छलफलमा सरकारले एक साताभित्र नियमित अधिवेशन बोलाउने बताएपछि माओवादीले अधिवेशन फिर्ता लिन तयार भएको हो । माओवादीले प्रधानमन्त्रीको निर्वाचन नया प्रक्रियाबाट र नियमावली संशोधनको प्रस्ताव राख्दै विशेष अधिवेशन बोलाएको थियो ।

तीनदलबीच नियमित बैठक बोलाउन सहमत (पुर्णपाठ सहित)

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रमुख तीन दलबीच विशेष अधिवेशनलाई अन्त्य गरेर नियमित अधिवेशन बोलाउनका लागि सहमति भएको छ। शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा बसेको प्रमुख तीन दलको बैठकमा विशेष अधिवेशन अन्त्य गरेर नियमित अधिवेशनमा जान पनि दलहरुबीच सहमति भएको हो।
प्रमुख तीन दलका वीच भएको सहमति पत्र यस्तो छ :-
संयुक्त विज्ञप्ती
माओवादी लगायतका राजनीतिक दलहरुले व्यवस्थापिका संसदको अधिवेशनमा प्रस्तावबारे मन्तब्य दिएपश्चात सरकारको तर्फबाट मन्तब्य प्रकट भएपछि प्रस्ताव फिर्ता लिइ अधिवेशन अन्त्य गर्ने, नेपाल सरकारले व्यवस्थापिका संसदको अधिवेशन अविलम्ब बोलाउने सिफारिस गर्ने र सो अवधीमा सरकार गठनको जारी प्रक्रिया प्राथमिकतामा रहने छ ।
व्यवस्थापिका संसदको आगामी नियमित अधिवेशनभन्दा अगावै राजनीतिक दलहरुकाबीच गम्भीर वार्ता गरी राष्ट्रिय सहमतिको प्रयास गर्ने ।
पुष्पकमल दाहाल 'प्रचण्ड' सुशील कोइराला झलनाथ खनाल
माओवादी अध्यक्ष कांग्रेस सभापति एमाले अध्यक्ष

अन्तरजातीय विवाह प्रोत्साहन रकम लाने थोरै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रोल्पा, रोल्पा जिल्लामा अन्तरजातीय विवाह धेरै भए पनि जिल्ला प्रशासन कार्यालयमा दर्ता भने थोरैले गर्ने गरेका छन्। अन्य जिल्लाका तुलनामा सहजताका साथ अन्तरजातीय विवाह भए पनि सूचना थाहा नपाएकोले नै बल्ल एक जनाले प्रोत्साहन रकम लगेका छन्। रोल्पा जिल्ला १०वर्षे जनयुद्धभन्दा पहिले गाउँघरमा अन्तरजातीय विवाह गर्नेको संख्या नगण्य नै थियो। जनयुद्धका समयमा जनयुद्धमा लागेका कार्यकर्ताहरुले सहजै रुपमा विवाह गर्ने चलन आएपछि अन्तरजातीय विवाह गर्नेको तीव्र लहर चलेको थियो। त्यतिबेलाको लहरले वर्तमानमा निकै सहज बनाएको अधिकांश बताउँछन्। नेपाल सरकारबाट आर्थिक वर्ष २०६६।०६७ को बजेटमा अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने कार्यक्रम अन्तर्गत हाल जिल्ला प्रशासन कार्यालय रोल्पामा आठ दम्पतीले मात्र दर्ता गराएका छन्। जिल्ला प्रशासन कार्यालयमा दर्ता गराएर धबाङका २२ वर्षीय राजबहादुर विक र बाग्लुङका मनि बलामीले मात्र १ लाख लगेका छन्। रोल्पा ओत-४ का २२ वर्षीय ओमप्रकाश पुन र सोही गाउँकी २१ वर्षीया अमृता परियारले साउन १९ गते विवाह दर्ता गराएका थिए। त्यस्तै हार्जङ ८ का २६ वर्षीय पूर्णबहादुर परियार र सोही गाउँकी श्यामकुमारी बुढा ओत-१ का २१ वर्षीय रामकला वली र सोही गाउँका २२ वर्षीय प्रदीप विक सिर्व-४ का खिमबहादुर थापा र सोही गाउँकी २४ वर्षीय चित्रकला बिटालु जिनाबाङ-१ का २४ वर्षीय इन्द्रसिह विक र सल्यान भलचौरकी २० वर्षीया सित थापा गाम-४ का ३० वर्षीय खत बुढामगर र सोही गाउँकी २६ सुनछरी नेपाली रहेका छन्।जिल्ला प्रशासन कार्यालय रोल्पाका सुब्बा विक्रम केसीले जिल्लामा अन्तरजातीय विवाह व्यापक भए पनि दर्ता गर्न आउनमा समस्या रहेको बताउनुभयो।

Dec 22, 2010

श्रीलङ्काली विदेशमन्त्रीको दाबीप्रति श्रीलङ्काले माफी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुस ७ - राष्ट्रपति रामवरण यादवले नेपालको शान्ति प्रक्रियामा सहयोग गर्न श्रीलङ्काली राष्ट्रपतिलाई आग्रह गरेको विदेशमन्त्रीको दाबीप्रति श्रीलङ्काले माफी मागेको छ । नेपाल भ्रमणमा आएका विदेश मन्त्रालयका उपमन्त्री निओमल परेराले प्रधानमन्त्री माधवकुमार नेपाललाई भेटेर विदेशमन्त्री जिएल पेइरिसको दाबीप्रति माफी मागेको श्रीलङ्का गार्जियनले जनाएको छ । 'यसमा 'मिस अन्डर्स्ट्याण्डीङ' भयो, कृपया माफ गर्नुहोला,' उपविदेश मन्त्री परेराले प्रधानमन्त्री नेपाललाई भनेका थिए । परेरा यसैसाता नेपाल भ्रमण गरी फर्किएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले पुष्टि गरे । उपविदेश मन्त्री परेराले यससम्बन्धि खबर मिडियामा सार्वजनिक नगर्न पनि अनुरोध गरेको श्रीलङ्का गार्जियनको अनलाइन संस्करणमा उल्लेख छ । भेटमा प्रधानमन्त्री नेपालले दुई देशबीचको राजनीतिक सम्बन्ध चर्चा गर्दै भविष्यमा यस्ता गल्तिप्रति सावधान रहन आग्रह गरेको समाचारमा लेखिएको छ । साङ्घाई एक्स्पो समापनमा चीन गएका बेला राष्ट्रपति यादवले श्रीलङ्काली राष्ट्रपति महिन्दा राजापाक्षेसँग भेट गरी नेपालको शान्ति प्रक्रियामा मध्यस्थता गरिदिन आग्रह गरेको समाचार सार्वजनिक भएको थियो । त्यस्तो दाबी गर्ने श्रीलङ्काली विदेश मन्त्री विदेशमन्त्री जिएल पेइरिसले आफ्नो भनाइ झुटो नभएको दाबी गरेका थिए ।

तमलोपाले माओवादी प्रस्तावको विपक्षमा मतदान गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तराई मधेश लोकतान्त्रिक पार्टीले संसदको विशेष अधिवेशनमा एकीकृत नेकपा माओवादीले राखेको दुई प्रस्तावको विपक्षमा मतदान गर्ने बताएको छ । बुधबार तमलोपा संसदीय दलको कार्यलयमा बसेको बैठकले संसदको अघिल्लो अधिवेशन अन्त्यसँगै रामचन्द्र पौडेलको उम्मेदवारी खारेज नभएको निष्कर्ष निकाल्दै माओवादी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । तमलोपाले विशेष अधिवेशन फिर्ता लिएर नियमित अधिवेशन बोलाउनुपर्ने माग गर्दै विशेष अधिवेशन फिर्ता नभएको खण्डमा माओवादी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय लिएको तमलोपा सभासद जितेन्द्रप्रसाद सोनारले बताउनुभयो । उहाँले प्रधानमन्त्रीमा कांग्रेस नेता रामचन्द्र पौडेलको उम्मेदवारी कायम रहेको आफ्नो धारणा रहेको बताउनुभयो । माओवादीले अघिल्लो अधिवेशन अन्त्यसँगै प्रधानमन्त्रीका उम्मेदवार पौडेलको उम्मेदवारी स्वतः खारेज भएको दावी सहित प्रधानमन्त्री निर्वाचनमा नयाँ प्रक्रिया र नियमावली संशोधन सहितको प्रस्ताव संसदमा दर्ता गराएको छ । विशेष अधिवेशन बिहीबार बस्दैछ ।

मूल्य अभिवृद्धि करमा दर्ता अनिवार्यको विरोध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विराटनगर, पुस ७ - सरकारले गरेको मूल्य अभिवृद्धि करमा दर्ता अनिवार्यको व्यवस्थाको साना तथा मझौला होटल तथा रेष्टुरा सञ्चालकहरूले विरोध गरेका छन् । आर्थिक अध्यादेश २०६७ ले भ्याटको प्रचलित दफा १० मा संशोधन गरि सरकारले महानगरपालिका र उपमहानगरपालिकाभित्र गरिने कुनै पनि कारोवार मूल्य अभिबृद्धि करको दायरामा पारेको छ । अध्यादेशबाट आएको बजेटमार्फत गरिएको नयाँ व्यवस्थाअनुसार यस्ता व्यवसायीलाई दर्ताका लागि आउन आन्तरीक राजस्व कार्यालयले स्थानीय सञ्चारमाध्यममार्फत सूचना दिने क्रम सुरू गरेलगतै व्यवसायीले विरोध जनाएका हुन् । नयाँ प्रावधानअनुसार तोकिएका क्षेत्रभित्रका हार्डवेयर, सेनिटरी,फर्निचर,हेल्थक्लव, क्याटरिङ, पार्किङ सेवा, मेशिनरी प्रयोग गरिने ड्राइक्लिनर्स,बारसहितका रेष्टुरेन्ट र कलरल्यावले पनि भ्याटमा दर्ता लिनुपर्ने प्रावधान अनिवार्य भएको छ । साना व्यवसायीमाथि भ्याटमा दर्ताको प्रवधान अन्यायपूर्ण भन्दै विरोध जनाएको होटल तथा पेय पदार्थ व्यवसायी संघ विरोध जुलुसपछि बुधवार आन्तरीक राजस्व कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । नयाँ प्रावधानलाई तुरून्त सच्याउन माग गरिएको ज्ञापनपत्रमा साना पूँजीमा व्यवसायीलाई भ्याटमा दर्ता अनिवार्य गरिनु अन्यायपूर्ण रहेको उल्लेख छ । विराटनगर उपमहानगरपालिकाभित्र ३ सयको हाराहारीमा मझौला र साना बारसहितका रेस्टुरेन्ट छन् ।

प्रधानमन्त्री र ल्यानग्रेनवीच भेटवार्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रसंघीय राजनीतिक मिसन अनमिन प्रमुख करिन ल्यानग्रेनले प्रधानमन्त्री माधवकुमार नेपाललाई अनमिनको बहिर्गमनलाई सहज बनाउन आग्रह गर्नुभएको छ । उहाँले प्रधानमन्त्री नेपाललाई बुधबार सिंहदरवारमा भेटपछि ल्यानग्रेनले उक्त आग्रह गर्नुभएको हो । उहाँले भेटपछि सञ्चारकर्मीसित कुरा गर्दै अनमिनले सहज बहिगर्मन चाहेको र अनमिन जानु अगाडि बहिर्गमनका लागि सहज बातावरण बनाउन आफुले आग्रह गरेको बताउनुभयो ।
भेट करिव ४५ मिनेट भएको थियो । प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले प्रधानमन्त्री नेपालले उपकरण, गाडिलगायतका सामाग्री छाडिदिन आग्रह गरेको र जवाफमा लनग्रेनले राष्ट्रसंघको आफ्नै विधि रहेकाले सरकारले लिखित आग्रह गरे उपकरण र सामाग्री तत्काललाई ऋणका रुपमा दिन सकिने बताएको जानकारी दिनुभयो । भेटमा अनमिन प्रमुख ल्यानग्रेनले आफ्नो फिर्तिअघि कुनै तिक्तता आउन नदिन पनि प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको भट्टराईले बताउनुभयो । अनमिनको म्याद यहि पुस मसान्तमा सकिंदैछ ।

टोंगाटापुमा इतिहासमै पहिलोपटक जनताले प्रधानमन्त्री चुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
टोंगाटापु/ एक लाख मात्र जनसंख्या रहेको दक्षिणी प्रशान्त महासागरीय टापु राष्ट्र टोंगाटापुमा इतिहासमै पहिलोपटक जनताले प्रधानमन्त्री चुनेका छन् । महिना दिनअघि भएको चुनावमा अकालिसी पोहिभाले नेतृत्व गरेको प्रजातन्त्रवादी पार्टीले संसद्मा सबैभन्दा बढी स्थान जितेको छ । जम्मा १७ वटा निर्वाचन क्षेत्र रहेको संसद्मा १२ स्थान प्राप्त गरी सो पार्टी विजयी भएको हो । बाँकी नौ क्षेत्रका जग्गा मालिक मानिने भद्रजन अर्थात् 'नोबल'हरूका लागि छुट्टयाइएको छ ।
१२ मत पाएका पार्टी नेता पोहिभालाई १४ मतले हराउँदै लर्ड तुइभाकानो प्रधानमन्त्री भएका छन् । उनले पाँच स्वतन्त्र राजनीतिज्ञहरूको मत लिएका थिए । चार वर्षअघि एकदमै ढिलो गतिमा भएको राजनीतिक सुधारविरुद्ध राजधानी नुकुआलोफामा दंगा भएको थियो । गत नोभेम्बरमा भएको निर्वाचनले एक सय ६५ वर्ष पुरानो राजतन्त्र संकटमा पारेको छ । यसअघि राजाले नै राजनीतिकर्मी, पूरै मन्त्रिपरिषद् र प्रधानमन्त्री छान्ने गर्थे । टोंगाटापुको संसद्मा १२ स्थान डेमोक्रेटिक पार्टीका, नौ स्थान नोबल भनिने जमिनदारका र ५ स्थान स्वतन्त्र रहेका छन् । लर्ड तुइभाकानोको विजयले परम्परावादीको जित भएको मानिएको छ । यसअघि उनी शिक्षामन्त्री रहेका थिए । विश्व बैंकका अनुसार एक लाख जनसंख्या भएको यति सानो मुलुकमा ४० प्रतिशत गरिबीमा जीवन बिताइरहेका छन् ।
टोंगा एक सय ७० भन्दा बढी टापु राष्ट्र हो । न्युजिल्यान्डको उत्तर तथा फिजीको पूर्व प्रशान्त महासागरमा पर्ने यो मुलुकमा कुनै खनिज सम्पदा छैन । कृषि, माछा र बाहिर मुलुकमा काम गर्ने नागरिकले पठाएको पैसा नै यहाँका जनताका जीविकाका मुख्य साधन हुन् । यहाँका वर्तमान राजाको राज्याभिषेक दुई वर्षअघि मात्र भएको थियो र पोलिनेसियन राजतन्त्रको अन्तिम अवशेष अब यहाँ मात्र बाँकी छ ।
औपचारिक रूपमा कहिल्यै उपनिवेश नबने तापनि अति अनुदारवादी क्रिस्चियन मुलुक टोंगा पहिले बेलायती संरक्षणमा थियो र सन् १९७० मा पूरै स्वतन्त्र भएको थियो । यहाँ बेरोजगारी दर एकदमै उच्च छ । आप्रवासनले नछोएको यो मुलुक रोगका कारण पत्ता लगाउन आनुवंशिक अनुसन्धानका लागि उपयुक्त मानिन्छ । परम्परावादी टोंगाली समाजका लागि पश्चिम गएर शिक्षा पाएका युवाले प्रजातन्त्रको सन्देश दिन थालेपछि टोंगामा पनि राजनीतिक उथलपुथल हुन थालेको छ । राज्यको सबै शक्ति आफ्नो पोल्टामा राखेका राजा पनि प्रजातान्त्रिक सुभारका लागि बाध्य हुन थालेका छन् । राजनीतिक सुधारको माग गर्दै २००५ मा भएको आमहडताल र प्रदर्शनमा आठको ज्यान गएको थियो ।

Dec 21, 2010

बेलारुसका राष्ट्रपति लुकासेन्को चुनावमा फेरि विजयी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मिन्स्क/ बेलारुसका राष्ट्रपति अलेक्सान्द्र लुकासेन्को राष्ट्रपति चुनावमा फेरि विजयी भएका छन् । आइतबार केन्द्रीय निर्वाचन आयोगले प्रारम्भिक परिणाम घोषणा गर्दै उक्त कुरा बताएको हो । केन्द्रीय निर्वाचन आयोगकी प्रमुख लिदिया येर्मोसिनाले सञ्चारकर्मीसँग कुरा गर्दै लुकासेन्कोले 'बन्द क्षेत्र'का ९० प्रतिशत मतदाताको मत हासिल गरी अपार सफलता पाएको दाबी गरेको बताइन् । बन्द क्षेत्र भन्नाले अस्पताल, नर्सिङ होम र सैनिक इकाइ रहेका ठाउँमा राखिएका मतदानकेन्द्र पर्छन् । येर्मोसिनाले गनिसकिएका मतको ८९ दशमलव १ प्रतिशत मत राष्ट्रपति लुकासेन्कोले बटुलेको बताउँदै बन्द क्षेत्रका मतदानकेन्द्रमा करिब ७० हजारले मत खसालेको जानकारी दिइन् । मतदानका सर्वेक्षणकर्ता संस्थाले लुकासेन्कोले जितेको निश्चित गरेका छन् । इकुम नामक एक विश्लेषण केन्द्रले लुकासेन्कोले ७९ दशमलव १ प्रतिशत मत बटुलेको बताएको छ । टिएनएस्-उक्रेन नामक अर्को कम्पनीले उनको भागमा ७४ दशमलव २ प्रतिशत मत परेको जनाएको छ । अर्कोतिर हजारौँ हजार बेलारुसी नागरिक राजधानी मिन्स्कको मुटु मानिने अक्टोबर स्क्वायरमा भेला भएर धाँधलीयुक्त निर्वाचनको विरोध गरिरहेका छन् ।
विपक्षी उम्मेदवारले आइतबार राति मतदान सकिएपछि आपना समर्थकलाई नयाँ निर्वाचनको माग गर्न लगाउन एक संयुक्त शान्ति र्‍यालीको आयोजना गर्ने बताएका थिए । तर, सरकारी अधिकारीहरूले पूर्व अनुमति नलिई कुनै पनि र्‍याली गर्नु गैरकानुनी हुने बताएका थिए । अक्टोबर स्क्वायर जाने बाटोमा दुई उम्मेदवार पिटिएको समाचार आएको छ ।
रुस र पश्चिमा मुलुकका बीचको बफर स्टेटका रूपमा सामरिक महत्त्वको पूर्व सोभियत मुलुक बेलारुसमा यस निर्वाचनले अनिश्चितताको संकेत देखाएको छ । पश्चिमाहरू लुकासेन्कोका आलोचक रहिआएका छन् । सञ्चारमाध्यमले लुकासेन्कोविरुद्ध मैदानमा खडा भएका तीन उम्मेदवारलाई गिरफ्तार गरिएको र प्रमुख विपक्षी नेता ब्लादिमिर नेक्ल्यायेभलाई सादा पोसाक लगाएका व्यक्तिले अस्पतालबाट जबर्जस्ती बाहिर निकाली लगेको बताएका छन् ।
आइतबार भएको निर्वाचन १९९१ मा बेलारुस स्वतन्त्र भए यताको चौथो राष्ट्रपति निर्वाचन हो, जसमा उनैले जितिआएका छन् । धेरै अन्तर्राष्ट्रिय पर्यवेक्षकले स्थानीय समयअनुसार राति आठ बजे मतदान बन्द गरेकोमा सकारात्मक टिप्पणी गरेका छन् ।

हङकङमा चासोक तङ्नाम भब्यताका साथ सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ/निर्मल श्रेष्ठ
पुस ५,सात समुद्रपारिको हङकङ सहर यतिबेला नजिकिदै गरेको क्रिसमसको उन्मादले छप्पकै छोपिएको छ । तर हङकङेली नेपालीहरुलाई भने क्रिसमसको रमझमले भन्दा लिम्बूहरुको महान पर्व चासोक तङ्नाम (न्वागी पूजा) ले आकषिर्त गर्‍यो । बाली भित्रयाइने बेला प्रकृति र पितृपूजा गरी भव्य रुपमा मनाइने उक्त पर्वका अवसरमा आइतबार मंकी हिल झकिझकाउ थियो । समारोहमा सयौं नेपालीहरु सहभागि थिए । स्वदेशमा कुनै जाति वा क्षेत्र विशेषमा मनाइने पर्व भएपनि यहाँ त्यसो भएन् । चासोकमा प्रस्तुत धान, केलाङ, यालाङ, हाक्पारे, साम्लो, च्याब्रुङ लगायत नृत्य हेरेर रमाउनेहरुमा गैरलिम्बूहरु पनि उत्तिकै थिए । दिउँसो देखि राती अबेरसम्म चलेको नाचगानमा के बालक, के युवा, के पाका सबै जुरुक जुरुक उचालिए । साँझको बेला चिसिदै गरेको वातावरणलाई समेत नाचगानले मजाले ततायो । स्वदेशमा मंगलबार मात्र मनाइने उक्त पर्व हङकङेलीहरुले भने विदाका दिन पारेर दुई दिनअघि नै मनाएका हुन् ।
रंगीविरंगी ध्वजाले सजाइएको कार्यक्रमस्थलमा बालकदेखि पाकासम्म उस्तै झकिझकाउ पहिरनमा भेला थिए । अधिकांश युवाहरु कालो जुहारी कोट सँग दौरा सुरवाल र नेपाली ढाका टोपीमा ठाँटिएका देखिए । युवतीहरु झन के कम । अधिकांश लिम्बू जातीको पहिरन कैंचीमारा फरिया, चौंबन्दी चोलो, पटुकी, तिनखोले बर्को सँगै मडारी, कण्ड, ढुँग्री, मुन्द्री, रेजी, काँडे चुरा, कल्ली लगायतका परम्परागत गरगहनाले ढाकिएका थिए । यिनले विशेष अवसरमा लगाउन पोशाक र गरगहना नेपालमै तयार पारी ल्याएको बताए । किरात याक्थुङ चुम्लुङ द्वारा चासोक पर्व विगत पन्ध्रबर्षदेखि नियमित मनाउदै आएको चुम्लुङका सचिव नन्द चङसु लिम्बूले जनाए । हङकङेलीहरु आनो कला संस्कृति भनेपछि भुत्तुकै हुने उनको अनुभव छ । 'परदेशमै बसेपनि हामीलाई आनो कला संस्कृतिप्रति असाध्यै मायामोह छ,' नेपाल घर ताप्लेजुङ बताउने लिम्बूले भने, 'गाउँठाउँभन्दा टाढा रहेपनि यसरी संगोलमा रमाइलो गर्न पाउदा निकै खुशी लाग्छ ।'
भीड्मा नेपाली परम्परा आना क्यामरामा कैंद गर्नेहरु समेत कम थिएनन । हङकङमा विरलै देखिने यस्ता नाचगान र नृत्यबारे कतिपय स्थानीयले उत्सुकतापूर्वक जिज्ञासा राखेका भेटिन्थे । समारोहमा उत्कृष्ट जातिय पहिरनका लागि आयोजकले पुरस्कारका व्यवस्था समेत गरेका थिए । पुरस्कार पुरुषतर्फ दिल बहादुर लिम्बू र महिलातर्फ नामलिङ ओखराबोले जितिन् । लिम्बू पुजारीबाट पूजाआजापछि सुरु भएको कार्यक्रम राती अबेरसम्म चलेको थियो । विदा हुनेबेला कतिपयले दुःखेसो पोख्दै गरेका सुनिए, 'नाच्ने रहर त कहाँ मेटिएको थियो र भोलि सबेरै काममा निस्कनु छ, अब अर्को सालको चासोकमा यस्तै रमाइलो गरौला है ।'

आफ्नै नेतृत्वमा संयुक्त राष्ट्रिय सरकार गठन हुनुपर्नेमा माओवादी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादीले शान्ति र संविधानको सुनिश्चितताका लागि आफ्नै नेतृत्वमा संयुक्त राष्ट्रिय सरकार गठन हुनुपर्ने कुरामा जोड दिएको छ । अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निवास नयाँबजारमा आज बसेको पदाधिकारी बैठकले संविधानसभा, व्यवस्थापिका-संसद्को सबैभन्दा ठूलो दल हुनुको हैसियतले सकेसम्म आफ्नो नेतृत्वमा संयुक्त सरकार बनाउनु नै न्यायसङ्गत हुने ठहर गरेको हो ।बैठक सकिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष नारायणकाजी श्रेष्ठ 'प्रकाश' ले अहिलेसम्म आफ्नो पार्टीले कुनै व्यक्ति विशेषलाई प्रधानमन्त्री बनाउने आधिकारिक घोषणा नगरेको स्पष्ट पार्दै भन्नुभयो- 'हाम्रो पार्टीले नयाँ सरकार, शान्ति र संविधान लेखनका लागि सबै विकल्पमा छलफल गर्न तयार छ तर संयुक्त राष्ट्रिय सरकारको अडान अहिलेसम्म छाडेको छैन ।' एमाओवादीले एमाले अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्री स्कीकार्ने भन्ने कुरा निराधार भएको बताउँदै उहाँले आफ्नै पार्टीका कुनै नेताले यस्तो कुरा गरेको भए पनि त्यो पार्टीको आधिकारिक धारणा होइन भन्नुभयो ।

बेलायतसँग इरानको पूरै सम्बन्धविच्छेद गर्ने निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तेहरान/ इरानी संसद्को राष्ट्रिय सुरक्षा तथा विदेशनीति आयोगले आइतबार बेलायतसँग इरानको पूरै सम्बन्धविच्छेद गर्ने निर्णय गरेको छ । सांसद मोहम्मद कारामी-रादले फार्ससँग बोल्दै आयोगको आइतबार बसेको बैठकले बेलायतसँग इरानको पूरै सम्बन्धविच्छेद गर्ने निर्णय गरेको र त्यस निर्णयलाई अब संसद्ले पारित गर्नुपर्ने बताए । आयोगको यस्तो निर्णय छलफलका लागि सकेसम्म छिटो संसद्मा पठाइने भएको कारामी-रादले बताए । बैठकमा केही इरानी विदेश नीतिसम्बन्धी अधिकारीहरू पनि उपस्थित भएको जनाइएको छ । उनले आयोगका सदस्यले इरानका लागि बेलायती राजदूतले गरेको टिप्पणीको पनि आलोचना गरेको बताए । तेहरानस्थित बेलायती राजदूतावासले अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा वेबसाइटमा राखेको एक टिप्पणीमा राजदूत सिमोन गासले इरानको मानवअधिकार स्थितिको आलोचना गरेको बताइएको थियो । वेबसाइटमा उनले भनेका थिए, 'बेलायत सरकारले इरानमा मौलिक अधिकारको हनन भएर दमनमा परेका जनताको विषयमा इरानको ध्यानाकर्षण गर्ने काम जारी राख्नेछ ।' यसअघि गत हप्ता आयोगका प्रतिवेदक काजेम जलालीले बेलायती राजदूतको इरानको मानवअधिकारमाथिको टिप्पणीलाई लिएर आयोगले बेलायतसँगको सम्बन्ध कम गर्न छलफल गर्ने धम्की दिएका थिए ।

गच्छदारद्वारा साह र मण्डललाई पार्टीबाट निलम्बन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
उपप्रधानमन्त्री विजयकुमार गच्छदारले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पार्टी फुटाउने आरोप लागेका सभासद एवम् केन्द्रीय सदस्य द्धय सन्जयकुमार साह र रमानन्द मण्डललाई पार्टीले निलम्बनको कारवाही गरेको छ । निलम्बन गरिएका साह र मण्डलको विषयमा छानविन गरेर थप कारवाही गर्ने बताईएको छ । त्यसैगरी पार्टी फुटमा नाम जोडिएका सभासद र केन्द्रीय सदस्यहरुलाई भने पार्टीले स्पष्टिकरण सोधेको छ । पार्टी मुख्यालय धोविघाटमा आज करिमा बेगम, निलम बर्मा, प्रमोद गुप्ता, कोशल कुमार यादव, रमानन्द मण्डल, रामबच्चन अहिर, ललिता साह, सेबकी देवी दास, बकिल मुसलमान, र शिबनारायण उराव त्यस्तै उपेन्द्र झा रामलाल सुतियार ,रामेश्वर साहलाई स्पष्टि करण सोधिएको छ ।
भौतिक योजना तथा निर्माण राज्यमन्त्री सन्जयकुमार साहको नेतृत्वमा फोरम लोकतान्त्रिक पार्टी फुटेको घोषणा गरिएको थियो । नव गठित पार्टीको नाम मधेस क्रान्ति फोरम राखिएको छ । साहले दिएको जानकारी अनुसार नवगठित पार्टीमा फोरम लोकतान्त्रिक पार्टीका सभासदहरुसहित ११ जना सभासदहरु र १० जना केन्द्रीय सदस्यहरुको समर्थन गरिएको दावी गरेका थिए । तर उनले दावी गरेको केहीले भने आफूलाई थाहाँ नभएको प्रतिक्रिया दिएका छन् ।

Dec 20, 2010

ब्रुनाईमा चासोक तङनाम भब्यतापूर्वक सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गत १८ डिसेम्बरका दिन ब्रुनाइमा रहेका किरात लिम्बुहरुले आफ्नो मुख्य चार्ड चासोक तङनाम येले ५०७० भब्यताको साथ मनाए । ठूलो संख्यामा भेला भएका लिम्बुहरुले ब्रुनाईको इतिहासमै पहिलो पटक विशुद्ध लिम्बु परम्पराले न्वागी पुजा गरेपछि धाननाच, च्याब्रुङ् नाच, पालाम, हाक्पारे, ख्याली र सामिक्ला प्रस्तुत गरेका थिए । लिम्बु जातिय पोषाकमा उपस्थित भएका लिम्बु महिलाहरुले कार्यक्रम स्थलमा लिम्बु जातिको खाना याङवेन, सारग्याङमा लगायतको विभिन्न परिकारहरु राखेका थिए र उक्त परिकारहरु अतिथि र कुटुम्बेरी पाहुनाहरुलाई स्वाद चाख्न लगाएका थिए । लेप्टिनेन्ट विष्णु कुमार लिम्बुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका विशिष्ट अतिथि गोर्खा रिजर्भ युनिटका डिपुटी चिफ बिसन कुमार देवान रहनु भएको थियो भने प्रमुख अतिथि किरात एकता समाजका अध्यक्ष निर्मल कुमार राई, दुर्गाबहादुर लिम्बु, भक्तबहादुर लिम्बु र विश्वास दीप तिगेलाले बोल्नु भएको थियो । कार्यक्रमलाई श्रीमति उषा लिम्बुले संचालन गर्नुभएको थियो ।

लिम्बुवानद्वारा उँधौली चासोक तङ्नाम ५०७० को स्वागत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डीबी आङ्बुङ
मङ्सिर ३, २०६७,आदिवासी किरात लिम्बू जातिको महान चाड उँधौली चासोक तङ्नाम ५०७० को स्वागत गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्मनिरपेक्ष राज्य नेपालअर्न्गत् अरुण-सप्तकोशीपूर्व ९ जिल्ला लिम्बुवान स्वायत्त राज्यको संवैधानिक सुनिश्चितताका लागि चासोक् तङ्नाम ५०७० को शुभकामना कार्यक्रम चुम्लुङहिम ललितपुरमा सम्पन्न भइरहेको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बवान राज्य परिषद उपत्यका सर्म्पर्क कार्य समितिको आयोजनामा सम्पन्न भइरहेको यस कार्यक्रममा लिम्बू समुदाय, किरात समदाय, लिम्बू जन्य संघसंस्था तथा लिम्बुवानीवादी राजनीतिक सङ्गठनका साथै तामाङ्सालीङ, खम्बुवान, धिमाललगायतका सङ्गठन र आदिवासी लिम्बू बुद्धिजिवीहरुसमेत उपस्थिति रहेको छ । यस कार्यक्रमलाई संघीय मञ्च तथा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन 'मिराक'ले लिम्बुवानी शहीदहरु माङतोक र मनिललाई साक्षी राख्दै पानसमा द्वीप प्रज्वलन गरेर उद्घाटन गर्नभएको छ । कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रमहरुसमेत लिम्बुवान कलाकारहरुबाट प्रस्तुत भइरहेको छ ।

ग्यासमा ३ सय सहुलियत दिने तयारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
४ पुस ,वाणिज्य मन्त्रालयले खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ३ सय रुपैयाँ सहुलियत दिने प्रस्ताव गरेको छ । अन्य व्यापारिक प्रयोजनका लागि भने हालकै मूल्य (१३२५)कायम गर्ने भनिएको छ ।
वाणिज्य मन्त्रालयले ग्यास, डिजेल र मट्टतिेलमा दिइने सहुलियतको प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाउने अन्तिम तयारी गरेको छ । प्रस्ताव स्वीकृत भए ग्यास, डिजेल र मट्टतिेलमा दिइने सहुलियतबाट आयल निगमलाई वाषिर्क सरदर ३ अर्ब अनुदान दिनु पर्नेछ । 'प्रस्तावलाई अन्तिम रूप दिइएको छ, मन्त्री काठमाडौंबाहिर रहेकाले निर्णय हुन सकेको छैन,' मन्त्रालय स्रोतले भन्यो, 'मन्त्री आएलगत्तै निर्णय हुन्छ ।' त्यसपछि औपचारिक स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइने स्रोतले बतायो ।
वाणिज्य मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृत गरे ग्यासमा दुई मूल्य कामय रहनेछ । मन्त्रालयले दुइटा सिलिन्डरलाई कसरी व्यवस्थित गर्ने भन्नेबारे भने कुनै तयारी गरेको छैन । मूल्यवृद्धिको विरोधमा आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनसँग आइतबार भएको वार्तामा सरकारी वार्ता टोलीले घरायसी प्रयोजनका लागि प्रयोग हुने ग्यासमा प्रतिसिलिन्डर ३ सय रुपैयाँ अनुदान दिने प्रस्ताव राखेका थिए । ३ सय रुपैयाँ छुट दिएपछि कायम हुने प्रतिसिलिन्डर १०२५ रुपैयाँमा ५० प्रतिशत छुट दिनुपर्ने माग विद्यार्थी संगठनले राखेका छन् । निगमले मंसिर २० गते खाना पकाउने ग्यासमा ७५ रुपैयाँ मूल्यवृद्धि गर्दै ग्यासको मूल्य प्रतिसिलिन्डर १३ सय २५ कायम गरेको थियो । ग्यासमा प्रतिसिलिन्डर २ सय ५६ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।
वाणिज्य मन्त्रालयले कृषि प्रयोजनका लागि प्रयोग गरिने डिजेलमा १० रुपैयाँ छुट दिने प्रस्ताव गरेको छ । कृषि क्षेत्रका लागि वर्षमा दुईपटक ८०/८० लिटरका दरले १ सय ६० लिटर डिजेलमा सहुलियत दिइनेछ । प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृति दिइएमा कृषकले डिजेल सहुलियत पाउनेछन् । निगमले अहिले डिजेलको मूल्य ६८ रुपैयाँ ५० पैसा कायम गरेको छ । यस्तै, खाना पकाउने र बत्ती बाल्ने प्रयोजनका लागि प्रयोग हुने मट्टतिेलमा प्रतिलिटर १० रुपैयाँ छुटको प्रस्ताव गरिएको छ । यस्तो छुट बत्ती बाल्ने र खाना पकाउने प्रयोजनका लागि क्रमशः ५ र १० लिटरमा मात्रै दिइनेछ ।

एक महिनाभित्र बाईसीएलको संरचना भंग गर्ने माओवादी निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादीले आगामि जनवरीमा म्याद सकिने राष्ट्रसंघीय राजनीतिक मिसन अनमिनको म्याद पुन थप गर्न सरकार र अन्य राजनीतिक दलहरुसँग छलफल गर्ने भएको छ । आज बसेको माओवादी स्थायी समितिको बैठकले शान्ति प्रकि्रया निश्कर्ष पुग्ने सहमति वा सुनिश्चितता नभएसम्म अनमिनको आवश्यकता रहेको ठहर गर्दै छलफल गर्ने निर्णय गरेको हो । बैठकले लामो समयदेखि दलहरुले माग गर्दै आएको वाईसीएलको ब्यारेकीय संरचना भंग गर्ने निर्णय पनि गरेको छ । प्रवक्ता दिनानाथ शर्माका अनुसार बैठकले एक महिनाभित्रमा वाईसीएलको ब्यारेकीय संरचना भंग गर्ने निर्णय गरेको छ । त्यसैगरी बैठकले प्रधानमन्त्री निर्वाचन सम्बन्धी विवादलाई जारी विशेष अधिवेशनबाटै टुङगोमा पुर्याउनु पर्ने आवश्यकता औल्याउँदै त्यसकालागी पनि अधिकतमा प्रयास गर्ने निर्णय गरेको छ । त्यरी नै स्थायी समितिको बैठकले नयाँ संविधान लेखनको क्रममा रहेका विवादित विषयलाई संविधानसभा र समितिहरुमै छलफल गरेर टुङग्याउनु पर्ने निष्कस्र निकाल्दै अध्यक्ष प्रचण्डको संयोजकत्वमा बनेको उच्चस्तरी राजनीतिक कार्यदलको म्याद थप नगर्ने निर्णय पनि गरेको छ । अन्य दलहरु कार्यदलको म्याद थपको पक्षमा छन् । अहिलेकेही बेरमा म्यादथपकै विषयमा छलफल गर्न सभामुख सुवास नेम्वाङ्गले संविधानसभामा प्रतिनिधित्व गर्ने २७ राजनीतिक दलहरुको बैठक समेत बोलाउनु भएको छ ।

विद्यार्थी कुटपीटमा सभासद् संलग्न रहेको आरोप

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इनरुवा, पुस ५ - कप्तानगन्ज- ४ स्थित कृष्ण उच्च माविका विद्यार्थीहरुमाथि भएको कुटपीटमा फोरम लोकतान्त्रिकका सभासद मुगालाल मेहताको संलग्नता रहेको भन्दै ६ विद्यार्थी संगठनले कारबाही माग गरेका छन् । ६ विद्यार्थी संगठनले कारबाही माग गर्दै सोमबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा ज्ञापनपत्र बुझाएका छन् । सभासद् मेहताका छोरा बेचन मेहता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन् । छोरा बेचन र सभासद् मुगालालले विद्यार्थीलाई कुटपीट गरेको ज्ञापनपत्रमा उल्लेख छ । ६ विद्यार्थी संगठनले पाँचदिन भित्र सभासद् मेहतालाई कारबाही नगरिए र मागहरु सम्बोधन नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । ज्ञापन पत्र बुझ्दै सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले दुई तीन दिनभित्रै समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिए । विद्यालयमा प्रधानाध्यापक नियुक्तिको विषय लिएर गत बिहीबार विद्यार्थी र व्यवस्थापन पक्षबीच झडप हुँदा ७ जाना विद्यार्थी घाइते भएका थिए । प्रधानाध्यापक चन्द्रकान्त झाले पद स्थानन्तरण गरेर गएपछि नयाँ प्रधानाध्यापकको रुपमा गणेश मेहेता गएपछि विद्यालयमा विवाद वढेको हो ।

शीर्ष तीन दलको बैठक विनानिश्कर्ष टुङ्गियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादीले राष्ट्रसंघीय मिसन अन्मिनको म्याद थप्नुपर्ने प्रस्ताव राखेपछि आज बसेको शीर्ष तीन दलको बैठक विनानिश्कर्ष टुङ्गिएको छ। कांग्रेस र एमालेले भने पुनः म्याद थप्न नसकिने अडान लिएपछि बैठक निश्कर्षविहीन भएको हो। शान्ति मन्त्रालयमा बसेको तीन दलको बैठकमा माओवादीले शान्ति सम्झौतामै शान्तिप्रक्रिया नसकिएसम्म अन्मिनको रहने उल्लेख गरिएको भन्दै म्याद थप्ने प्रस्ताव गरेको थियो। शान्तिप्रक्रिया नटुङ्गिएको र संविधान लेखन कार्य पनि जारी रहेकोले अन्मिनलाई फिर्ता नठाउन नहुने माओवादीको प्रस्ताव थियो। तर, कांग्रेस र एमालेले माओवादीले पनि पछिल्लो पटक म्याद थप्दा फेरि नथप्ने सहमति जनाएका कारण यसअघिको निर्णयमा पुर्नबिचार हुन नसक्ने बताएका थिए। पछिल्लो पटक थपिएको अन्मिनको चार महिने म्याद जनवरी पन्ध्रमा सकिदैछ। आजको बैठक निश्कर्षविहीन भएपनि भोलि दुई–दुई दल छुट्टाछुट्टै छलफलमा जुट्ने र बुधवार तीन दलको बैठक बस्ने नेताहरुले जानकारी दिए ।

डावर नेपालको कारखानामा अख्तियारद्वारा छापा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वाराको रामपुरस्थित डावर नेपालको कारखानामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले छापा मारेको छ। डाबर नेपालको उत्पादनको गुणस्तर तथा मापदण्डमा गुनासो आएपछि अख्तियारले छापा मारेको बताइएको छ। आयोगको केन्द्रीय कार्यालयबाट सह न्याधिवक्ताको नेतृत्वमा गएको टोलीले फ्याक्ट्रीको निरीक्षण गर्दा पूर्व सूचना अनुसार नै त्रुटि भेटिएपछि सील लगाइएको हो । 'डाबरले अगाडिको मितिमा अहिल्यै नै जुस भरिरहेको सूचना पाएपछि छापा मार्न गएको थियो, सूचना सही देखिएपछि सिल लगाएका हौ,' आयोगका प्रवक्ता इश्वरी पौडेले भने ।

Dec 19, 2010

डीएसपीबाट रूपकुमार इन्स्पेक्टरमा घटुवा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुस ४ - नेपाल प्रहरीका डीएसपी रूपकुमार न्यौपानेलाई गृह मन्त्रालयले एक तह घटुवा गरी इन्स्पेक्टरमा झारेको छ । सुरक्षा निकायमा कार्यरत कुनै पनि अधिकृत दर्जालाई गम्भीर अपराध नगरी घटुवा गरिँदैन । न्यौपानेका विरुद्ध प्रमाण भेटिएपछि ती नष्ट गरिन सक्ने सम्भावनालाई ध्यानमा राखी उनलाई अनुसन्धान सुरुलगत्तै निलम्बन गरिएको थियो । अहिले एक तह घटुवा गरिएपछि उनको निलम्बन फुकुवा गरिएको छ । सुरक्षा निकायमा सामान्य गल्ती गर्ने अधिकांश सुरक्षाकर्मीलाई ग्रेड रोक्का, बढुवा रोक्काजस्तो विभागीय कारबाही मात्रै गरिन्छ । जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत रहँदा न्यौपानेले सशस्त्र समूहसँग सम्पर्क र गहिरो उठबस रहेका सन्जीव झालाई संरक्षण दिँदै सहयोग गरेको प्रमाणित भएपछि गृहले घटुवा गरेको हो ।
सञ्चार उद्यमी अरुण सिंहानियाको हत्या प्रकरणमा अनुसन्धान गर्दा न्यौपाने र झाबीचको सम्बन्ध हत्या प्रकरणमा जोडिएपछि प्रहरी मुख्यालयले उनीविरुद्ध अनुसन्धान थालेको थियो । स्रोतका अनुसार अनुसन्धानले ठहर गरेअनुसार नै प्रहरी मुख्यालयले गृहलाई सिफारिस गरेपछि न्यौपानेलाई घटुवा गर्ने निष्कर्षमा मन्त्रालय पुगेको थियो । लामो समय धनुषा र आसपासको जिल्लामा सरुवा हुँदै बसेका डीएसपी न्यौपानेले पदको दुरुपयोग गरी चोरीका गाडी सशस्त्र समूहसँग सम्पर्क रहेका झालगायतलाई
दिएको पनि अनुसन्धानबाट खुल्न आएको छ । न्यौपानेले तत्कालीन धनुषा जिल्लाका प्रहरी प्रमुख एसपी सर्वेन्द्र खनाललाई चुनौती दिँदै सशस्त्र समूहलाई सहयोग गरेको खुल्न आएपछि खनालकै सिफारिसमा प्रहरी मुख्यालयले न्यौपानेविरुद्ध अनुसन्धान थालेको थियो । विवादास्पद झालाई तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले हालै युवा फाँटको नगरप्रमुख नियुक्त गरेका छन् ।

प्रस्ताव पारित गराउन माओवादी निर्देशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादीले आफ्ना सभासद्लाई संसद्को विशेष अधिवेशनका लागि दर्ता गरिएका प्रस्ताव सफल बनाउन आफ्ना निर्देशन दिएको छ । व्यवस्थापिका-संसद्को विशेष अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा बोलाइएको दलको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति र संविधानका लागि संविधानसभाको मोर्चामा पनि संघर्ष गर्न सभासद्लाई निर्देशन दिएका हुन् । संसद्को विशेष अधिवेशन आइतबारदेखि सुरु हुँदै छ । पार्टीको शुक्रबार सकिएको केन्द्रीय समितिको बैठक र पछिल्लो राजनीतिक अवस्थाबारे सभासद्लाई जानकारी गराउँदै माओवादी अध्यक्ष प्रचण्डले सिंहदरबारस्थित दलको कार्यालयमा बसेको बैठकमा पार्टीले दर्ता गराएको प्रस्ताव सफल पार्न आ-आफ्नो ढंगबाट लाग्नसमेत सभासद्लाई निर्देशन दिएका हुन् । 'शान्ति र संविधानका लागि संविधानसभाको मोर्चामा पनि संघर्ष गर्नुहोला,' प्रचण्डको भनाइ उद्धृत गर्दै माओवादी सचेतक जयपुरी घर्तीले भनिन्, 'शान्ति र संविधानका लागि सजग र सतर्क भएर आ-आफ्नो काममा लाग्नुहोला ।'
दलको बैठकले आफ्नै अगुवाइमा बोलाइएको संसद् अविधेशनमा आफ्ना प्रस्ताव पारित गराउन अन्य राजनीति दलसँग छलफल गर्ने निर्णयसमेत गरेको छ । अध्यक्ष प्रचण्डले पनि अहिलेसम्म संसद् अधिवेशनबाट आउने नतिजा यकिन नभएको उल्लेख गर्दै अन्य दलहरूसँग छलफल गर्ने बताएका थिए । उनले सत्तारुढ दलहरूले अपनाउने रणनीतिअनुसार आफूहरूले योजना बनाउने बताए ।
संसद्को अधिवेशनमा छलफलका लागि माओवादीले प्रधानमन्त्रीको चुनावको नयाँ प्रक्रिया सुरु गर्न र नियमावली संशोधनको प्रस्ताव शुक्रबार नै दर्ता गराएको थियो । दलको बैठकमा संसदीय दलका उपनेता नारायणकाजी श्रेष्ठ प्रकाशले संसद् अधिवेशन बोलाउनुपर्ने कारणबारे र प्रमुख सचेतक पोष्टबहादुर बोगटीले समसामयिक प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकले आइतबारको संसद् बैठकमा अनिवार्य उपस्थितिका लागि आफ्ना सभासद्लाई हि्वप जारी गरेको छ ।

तराई बन्दका कारण जिल्लाको जनजीवन प्रभावित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
थारूहट स्वायत्त राज्यपरिषद्ले गरेको तराई बन्दका कारण आज कैलालीलगायत तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । बन्दबाट व्यापार-व्यवसाय, यातायातका साधन सञ्चालन नभएपछि जनजीवन प्रभावित भएको हो । धनगढी, टीकापुरलगायत बजारक्षेत्रमा केही पसल खुलेका छन् । रिक्सा, मोटरसाइकलजस्ता सवारीसाधन पनि सहज रुपमा सञ्चालन भएका छन् । धनगढीबाट लामो तथा छोटो दूरीमा चल्ने बस, ट्रक, जिपलगायत यातायातका साधन भने बन्द भएका छन् ।

यस बर्षको प्रवेशिका परिक्षा (एसएलसी) चैतको १० गतेदेखि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भक्तपुर, पुस ४ - यस बर्षको प्रवेशिका परिक्षा (एसएलसी) चैतको १० गतेदेखि सुरु हुने भएको छ । शुक्रबार बसेको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समिति (एसएलसी बार्ड) बैठकले १० देखि १८ गतेसम्म परीक्षा गर्ने निर्णय गरेको हो । गत बर्ष १२ देखि २० गतेसम्म भएको थियो । परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक अम्बिका रेग्मीका अनुसार १० गते अंग्रेजी, ११ गते नेपाली, १३ मा गणित, १४ मा सामाजिक, १५ विज्ञान, १६ स्वास्थ्य तथा जनसंख्या वातावरण १७ ऐच्छिक प्रथम र १८ मा ऐच्छिक द्वितियको परीक्षा हुने भएको छ । यस बर्षको परीक्षामा करिब पाच लाख विद्यार्थीले परीक्षा दिने उनले जानकारी दिए । परीक्षा आठ बजेदेखि ११ बजेसम्म हुने भएको छ । विकास क्षेत्र अनुसार प्रश्न फरक हुने रेग्मीले बताए । 'मध्यमाञ्चलको प्रश्न पूर्वाञ्चलमा मिल्दैन,' उनले भने । यस बर्ष पनि विद्यार्थीले परीक्षा केन्द्र सार्न नपाइने भएको छ ।

Dec 17, 2010

'संसदमा उपस्थित भएर तटस्थ बस्न पाइन्न'

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुस २ - सर्वोच्च अदालतले सांसदहरुलाई प्रधानमन्त्री चुनावमा उपस्थित भएर तटस्थ बस्न वा मत दिन्न भन्न नपाउने फैसला गरेको छ । प्रधानमन्त्रीको १६ औं पटकको चुनावले पनि प्रधानमन्त्री छान्न नसकेको बेला शुक्रबार एक रिटमा फैसला गर्दै सर्वोच्चले उक्त आदेश दिएको हो । प्रधानमन्त्रीको पछिल्लो चुनावहरुमा संसदमा पक्ष र विपक्षमा भन्दा पनि मत दिन्न भन्ने सांसद संख्या धेरै भएकाले उम्मेदवारी खारेज पनि नहुने र कसैले पनि नजित्ने अन्तहीन प्रकृयाको रुपमा स्थापित भएको थियो । सर्वोच्च अदालतका न्यायाधीशहरु बलराम केसी, सुशीला कार्की र भरतराज उप्रेतीको विशेष इजालसले शुक्रबार संसदमा उपस्थित भएर पनि तटस्थ बस्न वा मत दिन्न भन्न नपाउने फैसला सुनाएको हो । प्रधानमन्त्रीका एक्ला उम्मेदवार कांग्रेसका रामचन्द्र पौडेललाई निर्विरोध प्रधानमन्त्री घोषणा गर्न माग गर्दै परेको रिटमा न्यायाधीशहरुले उक्त फैसला गरेका हुन् । साथै उक्त विषय व्यवस्थापिका संसदभित्रको क्षेत्राधिकारभित्रको विषय भएकोले त्यस बारे अदालतले निर्देशन दिन नमिल्ने फैसलामा उल्लेख छ ।

मित्रको माटोमा संघीयताको आवाज

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फिदिम/ पाँचथरको रंगमञ्च, म्युजिक भिडियो तथा भिडियो फिल्ममा साना भूमिकामा देखापर्ने मित्र लिङदेन नायक भई अभिनय गरेको पहिलो फिल्म माटोको फिदिममा ७ र ८ पुसमा च्यारिटी-शो प्रदर्शन गरिने भएको छ । माता पाथिभरा फिल्मस प्रालिको ब्यानरमा मित्र लिङदेनको प्रस्तुति रहेको यो फिल्ममा राष्ट्रियता र संघीयताको विषय उठाइएको बताइन्छ । इटहरीको च्यारिटी-शोमा दर्शकबाट पाएको सकारात्मक प्रतिक्रियाले आफू निकै उत्साही भएको बताउँछन निर्माता तथा नायक मित्र । हिमाल, पहाड तराई, कोही छैन पराइ, मेचीदेखि महाकाली, हामी सबै नेपाली भन्ने मूल सन्देश बोकेको माटो सबै जाति र वर्गको फिल्म भएको उनकोे दाबी छ । 'नेपालीको पहिलो पहिचान भनेकै ऊ उभिएको माटो हो । माटोविना पहिचान र अस्थित्व रहँदैन । यस्तो मान्छे देशभित्रको अनागरिक हुन्छ,' मित्रको बुझाइ छ, 'माटोले यिनै विषयमा चर्को बहस गरेको छ । यो फिल्मले संघीयवादी र राष्ट्रियवादीलाई एकै ठाउँमा उभिन बल प्रदान गर्नेछ ।' किशोर सुब्बाको निर्देशनमा बनेको माटोमा मित्रबाहेक अभिनेता राजेश हमाल, रेजिना उप्रेती तथा मेलिना मानन्धर संघीय लिम्बुवान राज्य प्राप्तिका लागि विद्रोही भूमिकामा अभिनय गरेको बताइन्छ ।

जातीय विद्रोहमा एक हजारभन्दा बढी पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मस्को / केही दिनपहिले एक फुटबलप्रेमी युवकलाई मुसलमान सन्काहाहरूले गोली हानी हत्या गरेको विरोधमा जातीय हिंसा भड्किँदा मस्को तथा अन्य सहरबाट रुसी प्रहरीले हजारभन्दा बढी हुल्लडबाज जनजाति युवकहरूको जमातलाई पक्राउ गरी नियन्त्रणमा लिएको छ । घटनास्थलनजिक मस्कोको किभस्काई रेल-वे स्टेसन क्षेत्रबाट निर्ममतापूर्वक लछारपछार गरी युवा तथा युवतीलाई हथकडी लगाई गिरफ्तार गरेको थियो । दंगा नियन्त्रण गर्न प्रहरीले मस्कोबाहिर र गृह मन्त्रालयबाट समेत विशेष सुरक्षादस्ता ल्याएको थियो ।
शनिबार हजारौँ प्रदर्शनकारीले क्रेमलिनबाहिर प्रहरीसँग भिडन्तमा उत्रेका थिए । मस्कोको रेल-वे स्टेसननजिकै युवा समूह राष्ट्रवादी नारा लगाइरहेका थिए । फुटबल खेल भइरहेका वेला उत्तरी ककेसियनसँग झगडामा परेका एक युवकको मृत्यु भएपछि अल्पसंख्यक जातिमाथि लक्षित गरी हमला भएको हो । प्रहरीले पिटर्सवर्गका ६० जना र सामरामा सयजना पक्राउ गरेको छ । मस्कोका मेयर सेर्गेई सोब्यानिनले धैर्यधारण गर्न आग्रह गरेका छन् ।

स्ववियूको निर्वाचन आगामि चैत्रको पहिलो साता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
स्वतन्त्र विद्यार्थि यूनियनको निर्वाचन आगामि चैत्रको पहिलो साता हुने भएको छ । १२ विद्यार्थी संगठनका प्रतिनिधि र त्रिभुवन विश्वविद्यालयका पदाधिकारीवीच भएको छलफलमा चैत्रको पहिलो साता स्ववीयू निर्वाचन गर्ने सहमति भएको नेपाली विद्यार्थी संघका उपाध्यक्ष नैनसिह महराले जानकारी दिनुभयो । सो बैठकमा माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववीयू क्रान्तिकारीका प्रतिनिधिको भने सहभागिता रहेको थिए । उनीहरु केन्द्रीय समितिको बैठकको ब्यस्ताको कारण उपस्थित नभएको बताईएको छ । स्ववीयूको निर्वाचन यसअघि प्रत्येक दुई-दुई वर्षको फागुण १६ गते हुँदै आएको थियो ।

रुसी सुन्दरीले सेक्सबाट गुप्तचरी गरेको शंका

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लन्डन/ कम्तीमा २० जना स्लिपर सेलका सदस्य रसियाली अप्सरा गुप्तचरका रूपमा बेलायतमा काम गर्छन् । अति आकर्षक रुसी एजेन्ट आन्ना च्यापम्यानले सँगै राख्ने यी सुन्दरी क्रेमलिनको आदेशमा बेलायतमा छन् । उनीहरू त्यहाँ बेलायतको व्यापारसम्बन्ध र राष्ट्रिय सुरक्षाका गोप्य सूचना हात लगाउँछन् । तिनको मुख्य हतियार भनेको 'सेक्स' हो । उनीहरू त्यस हतियारको सहयोगले राजनीतिज्ञ र कूटनीतिज्ञलाई झुक्याउँदै सूचना लिन्छन् । सन्डे एक्स्प्रेसले सो खुलासा गरेको हो ।
बि्रटिस गुप्तचर एजेन्सी एम १५ का अनुसार, च्यापमानले नै यो सुतुवा इकाइ स्थापना गरेकी हुन् । उनी गत जुलाईमा गुप्तचरी गरेको आरोपमा अमेरिकाबाट निष्कासित भएकी थिइन् । २००६ सम्म बेलायतमा हुँदा उनले रुस तथा पुराना सोभियत गणराज्यहरू आर्मेनिया, बेलारुस र उक्रेनका २० जना महिला विद्यार्थीसँग सम्पर्क गरी बोलाएको आशंका गरिएको थियो । उनले ती युवतीलाई वेस्टइन्ड रात्रि क्लबमा भेट्ने गरेकी थिइन् ।
'उनी आधुनिक युगकी माताहारी हुन् जसको कटाक्ष र आकर्षणले धेरै पुरुषलाई कमजोर बनाइदिन्छ र व्यापारी तथा कूटनीतिक क्षेत्रका मानिससँग सम्बन्ध बढाई उनका अगाडि लाई घुँडा टेकाइदिन्छ । उनी लन्डन छाडेर न्युयोर्क जाँदा उनलाई महिलाको एक स्लिपर सेल बनाउन भनिएको थियो जसले यौनाकर्षणलाई हतियारका रूपमा उपयोग गर्न सकोस्,' एम १५ लाई उद्धृत गर्दै भनिएको छ । 'हामीलाई थाहा छ, उनले कम्तीमा २० जनालाई भेटिन् । उनीहरूमा सौन्दर्य र बुद्धिको गजबको योग छ र आफ्नो नारीत्वको आकर्षणबाट गतिछाडा र होश नभएका पुरुष भुतुक्कै हुन्छन् भन्ने तिनले जानेका छन्,' एम १५ ले भनेको छ । एम १५ ले अहिले अमेरिकाको फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफ्बीआई) सँग च्यापम्यानले आफ्नो अमेरिकाको घरबाट लन्डनमा रहेका स्लिपर एजेन्टसँग कुराकानी गरेको हुनसक्ने शंका गरी च्यापम्यानको टेलिफोन रेकर्ड गरी पठाउन आग्रह गरेको छ ।

माओवादीद्वारा विशेष अधिवेशनकोलागी प्रस्ताव दर्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
व्यबस्थापिका संसदको विशेष अधिवेशनकालागि समावेदन गरेका एकीकृत नेकपा माओबादी सहितका सातादलले प्रधानमन्त्री निर्वाचनको नयाँ प्रक्रिया सुरु गर्न माग गर्दै संसद सचिवालयमा प्रस्ताव दर्ता गरेका छन । १७ औ चरणको प्रधानमन्त्री निर्वाचनको मिति तोकिएको समयमा व्यबस्थापिका संसदको आठौ अधिवेशन अन्त्य गरिएकोले प्रधानमन्त्री निर्वाचनको पूरानो प्रकि्रर्या टुटन गएकोले नयाँ प्रक्रिया थालनि गर्न प्रस्तावमा माग गरिएको छ । माओवादी प्रमुख सचेतक पोष्टबहादुर बोगटी प्रस्तावक रहनु भएको प्रस्तावमा नेकपा माले समाजवादीका तिलक बहादुर थापा एकीकृतका परि थापा नेपाली जनता दलकी गायत्री शाह नेपा राष्ट्रिय पार्टीका बुद्धरत्न मानन्धर जनमुक्ति पार्टीका मालबरिसंह थापा र सदभावना आनन्दी देवीकी सरिता गिरि समर्थक हुनुहुन्छ ।

Dec 16, 2010

बिमान दुर्घटनामा पारी मृत्‍यु हुने सबै यात्रु भूटानी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तारा एयरको ९ एन एएफएक्स नम्बरको जहाज बुधबार खोटाङको लामीडाँडाबाट काठमाडौं आउने क्रममा दुर्घट्नामा परि मृत्यु हुने सबै १९ जना यात्रु भूटानी नागरिक रहेका छन् । खोटाङको हलेसीको तिर्थ यात्रा गरेर फर्कने क्रममा बिहीबार बिहान उक्त विमान ओखलढुङ्गामा दुर्घट्ना ग्रस्त भएको थियो । त्यसमा तीन चालक दलका सदस्य सहित बिमानमा सवार सबै यात्रुको मृत्यु भएको थियो । आफ्ना नागरिकहरु दुर्घटनाम परेपछि भूटानबाट ९ जनाको एक उच्चस्तरिय टाली बिहीबार दिउँसो राजधानी आइपुगेका छन् । ज्यान जनेहरुमा छेवाङ्ग केन्जिङ्ग, डेमा, सान्द्रुप, साङ्गघे, थिल्ने रिन्चिङ्ग, फु ग्याल्मा, केजाङ्ग दोर्जे, लन्जिङ् वाङ्गमो, फूब तेम, कुन्जाङ्ग वाङ्गमा, साङ्गगे बीदा, छेडाक केल्साङ्ग, छेविङ्ग याङ्गकी, पेमा वाङ्गमो, छेरिङ्ग वाङ्गमो, दोर्जे बीदा रहेका छन् ।

नेपाली म्यागेजिन युकेका १६ सय स्टोरमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लन्डन, पुस १ - नेपाली म्यागेजिन, त्यो पनि बेलायतको नामी स्टोरमा पर्यटन प्रवर्द्धनका लागि प्रकाशित हुँदै आएको 'हिमालयज्' नामक म्यागेजिन अब बेलायतको प्रख्यात बुकस्टोर 'डब्ल्यूएच स्मिथ' मा समेत उपलब्ध हुने भएको छ । हिमालयज नेपाल पब्लिकेसन्स्, जेट एयरवेज र वेष्ट-इष्ट ट्राभलको संयुक्त आयोजनामा पश्चिम लण्डनको ह्याम्मरस्मिथमा आयोजित एक भव्य समारोहका बीच बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेले सो म्यागेजिन सार्वजनिक गरे । बेलायतमा विगत बार्‍ह वर्षदेखि पर्यटन प्रवर्द्धनका सामाग्री राखेर सो म्यागेजिन अंग्रेजीमा प्रकाशित हुंदै आएको छ । यसले विशेषगरी नेपालको पर्यटन गन्तव्य र विविध गतिविधिबारे विदेशी पर्यटकलाई जानकारी प्रस्तुत गरिरहेको छ ।
हिमालयज् नेपालका सम्पादक राजाराम गिरीले नेपालको पर्यटन प्रवर्द्धनका लागि म्यागेजिन डब्ल्यूएच स्मिथको १६ सय स्टोरबाट प्राप्त हुनु समस्त नेपालीहरुका लागि गौरवको विषय भएको जनाए । म्यागेजिन प्रतिष्ठित बुकस्टोरमा पुर्‍याउन धेरै मेहनत र खर्च गर्नुपरेको उनले बताए । साथै उनले यसै अंकबाट नेपाललाई मुख्य गन्तव्य मानेर तिब्बत, भुटान, सिक्किम र दार्जिलिङ समेत समेटी पब्लिकेसन्स्ले दक्षिण एसियालाई यस म्यागेजिन मार्फ जोड्ने प्रयास गरेको दावी गरे । सो अवसरमा 'नेपाल पर्यटन सांझ' समेत भएको थियो । राजदूत डा. चालिसेले 'पर्यटन वर्ष२०११' को पूर्वसान्ध्या यस किसिमको कार्यक्रमले भ्रमण वर्षसफल पार्न उत्साह थपेको बताए ।

सेना समायोजन कार्यतालिका निर्माण गर्न निर्देशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी लडाकूको समायोजन पुनःस्थापन र रेखदेखका लागि गठित सेना समायोजन विशेष समितिको बसेको बैठकले एक महिनाभित्र सेना समायोजन तथा पुनःस्थापना कार्यको तालिका निर्माण गर्न सचिवालयलाई निर्देशन दिएको छ । प्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा प्रधानमन्त्री एवम् मन्त्रिपरिषद् कार्यालयमा बैठक बसेको थियो । समितिले नेपाली सेनाका पूर्व रथी बालानन्द शर्मालाई सचिवालयको संयोजक नियुक्त गरिसकेको छ । अनमिन नेपालबाट फर्कनु अघिसम्म समायोजन र पुनःस्थापनासम्बन्धी कार्यतालिका निर्माण गर्न सचिवालयलाई निर्देशन दिइएको बैठकपछि समितिका सदस्य एवम् एकीकृत नेकपा । माओवादी नेता वर्षमान पुनले पत्रकारहरुलाई बताएका छन् । उनले सचिवालय संयोजकलाई राजनीतिक अन्तर्वार्ता नदिन बैठकले सचेत गराएको उल्लेख गरे ।

एमाले बाहेक अन्य दलहरुले प्रधानमन्त्री उमेदवारको रक्षा गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संसदको अधिवेशन आब्हानमा समर्थन नगर्ने एमाले बाहेकका राजनीतिक दलहरुले प्रधानमन्त्री उमेदवारको रक्षा गर्ने भएका छन् । नेपाली काग्रेसको आब्हानमा भएको दलहरको आज बसेको बैठकले प्रधानमन्त्रीको उमेदवारी कायम रहने निश्कर्ष निकाल्दै उमेदवारीको प्रतिरक्षा गर्ने निर्णय गरेको काग्रेस नेता अर्जुननरसिह केसीले जानकारी दिनुभयो । बैठकमा माओवादीले समावेदन गरेपछि राष्ट्रपतिले आब्हान गरेको संसद अधिवेशनको प्रकि्रया र त्यसको एजेण्डाको विषयमा अन्यौलता भएकोले त्यसविषयमा सभामुख सुवास नेम्वाङसँग छलफल गर्ने निर्णय भएको राप्रपा अध्यक्ष पशुपति समसेर राणाले जानकारी दिनुभयो । बैठकमा अनमिन गएपछि माओवादी लडाकु र हतियारको अनुगमन कसरी गर्ने भन्ने विषयमा छलफल भएको र अघिकांश दलहरुले सेनासमायोजन विशेष समितिलाई प्रभावशाली बनाएर अगाडि बढने विषयमा एकमत भएको राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सुर्यबहादुर थापाले जानकारी दिनुभयो । बैठकमा काग्रेसले निम्तो गरे पनि नेकपा एमाले भने अनुपस्थित रहेको थियो । एमालेको केन्द्रीय कमिटिको बैठक जारी रहेकोले एमाले अनुपस्थित रहेको बताईएको छ ।