News

Apr 30, 2011

साहित्य महासंघले विश्वब्यापी प्रतियोगिता बारे निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ब्रुनाई २८ अप्रिल ११, विश्व नेपाली साहित्य महासंघले आयोजना गरेको विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता को सम्बन्धमा छलफल गर्न बसेको बैठकले विभिन्न विषयहरुमा निर्णय गर्यो । प्रतियोगितामा प्रथम हुनेलाई विनेसाम साउदी अरेविया शाखा र विनेसाम रसिया शाखाले रु २० हजार नगदको प्रायोजन गर्नेछ । दोस्रो स्थान प्राप्त गर्नेलाई नवोदित साहित्यिक मोवाइल पुस्तकालय कतारले रु १० हजार र तेस्रो स्थान प्राप्त गर्नेलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज युएइ च्याप्टरले रु ५ हजार प्रायोजन गर्ने निर्णय गर्यो । त्यस्तैगरि निक्कै खर्चालु मानिएको प्राविधिक पक्षको खर्च प्रवासी नेपाली साहित्य समाज वेलायत ब्रुनाईले गर्ने निर्णय भयो जो अघिल्लो बर्ष विश्वब्यापी खुल्ला अडियो गजल प्रतियोगिताको आयोजक रहेको थियो । प्रायोजनको लागि रकम यहि बैशाख महिना भित्र महासंघको बैंक खातामा जम्मा गर्ने पनि निर्णय भयो ।
प्रतियोगितामा साहित्य महासंघका केन्द्रिय पदाधिकारी पार्षद र सहआयोजक संस्था तथा शाखाका अध्यक्षले प्रतियोगिको रुपमा भाग लिन नपाउने तर अप्रतियोगिको रुपमा रहनसक्ने निर्णय गर्यो । प्रतियोगि कविताहरु धमाधम लिन शुरु गरिएको र पहिलो दोस्रो र तेस्रो चरण गरेर अत्यधिक कवीहरुको सहभागिता गराउने निर्णय भयो । पहिलो चरण बैशाख महिना भित्र दोस्रो चरण जेठ २० गते सम्म र तेस्रो चरण तथा अन्तिम चरण जेठ २८ गते तोकिएको छ । प्रतियोगिताको परिणाम साहित्य महासङ्घ स्थापना तथा भानु जयन्तिको दिन असार २९ गते घोषणा गरिनेछ । उक्त दिन महासंघको सम्पूर्ण शाखाहरुलाई साहित्यिक कार्यक्रम गर्न पनि आग्रह गरेको छ ।
प्रतियोगि कविताहरुको मूल्याङ्कनको लागि यथासम्भव समावेसि रुपबाट कविता क्षेत्रकै अग्रजहरुलाई आग्रह गरिनेछ र नतिजा प्रकाशनपूर्व मूल्याङ्कनकर्ताहरुको नाम गोप्य राखिनेछ । मूल्याङ्कनकर्ताहरुको नियुक्ति कविता संकलनको दोस्रो चरणमा गरिनेछ साथै मूल्याङ्कनकर्ताहरुको समय बापत वहाहरुलाई उपहार स्वरुप नगद प्रदान गरिनेछ । रसियाबाट डा. मधु माधुर्य, कतारबाट तीर्थसंगम राई, भानु सुनुवार, मलेशियाबाट दीप दर्शन, इजरायलबाट उमा सुवेदी, साउदी अरेबियाबाट खगेन्द्र अधिकारी, थाइल्याण्डबाट खगेन्द्र पन्धाक, युएइबाट समदर्शि काँइला, इराकबाट रामकृष्ण सुनुवार, ब्रुनाईबाट सुरेन्द्र इङनाम, विश्वास दीप तिगेला लगायतको उपस्थिती रहेको थियो । बैठकले महासंघबाट प्रकाशित पुस्तकहरु महासंघको वेवसाइटमा पनि राख्ने साथै महासंघले प्रयोगमा ल्याएको इमेललाई इमेल प्लस बनाउने निर्णय गर्यो । संचालनमा रहेको विश्वब्यापी प्रतियोगितामा सहभागि बनेर फाइदा लिनुहुन तथा कार्यक्रम सफल बनाउनको लागि सहयोग गर्नुहुन स्रष्टा शुभेच्छुक सबैमा आग्रह गरेको छ ।

धनकुटामा लिम्बुवान आमसभा र जिल्ला सम्मेलन सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डीबी आङ्बुङ
धनकुटा, लिम्बुवान ९ बैशाख २०६८,लिम्बुवानको पश्चिमी क्षेत्र धनकुटाको समग्र भूभागलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्मनिरपेक्ष राज्य नेपालअन्तर्गत जातीय पहिचान र ऐतिहासिक पृष्ठभूमिको आधारमा स्वशासन र आत्मनिर्णयको अधिकारसहितको लिम्बुवान स्वायत्त राज्यभित्र पर्ने गरी संवैधानिक रुपमा लिम्बुवान राज्यको सुनिश्चित गर्न आन्दोलनरत् राजनीतिक सङ्गठन संघीय मञ्च सम्बद्ध लिम्बुवानले यही २०६८ बैशाख ८ गते धनकुटा बजारमा एक विशाल लिम्बुवानी आमसभा गर्दै ९ गते जिल्ला सम्मेलन गरेर नयाँ नेतृत्व चयन गरी घोषणा-पत्रसमेत जारिगरेको छ ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्ब्द्ध संघीय लिम्बुवान राज्य परिषद जिल्ला कार्य समिति धनकुटाले धनकुटाको सदरमुकाम धनकुटा बजारमा गरेको उक्त आमसभा परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन 'मिराक' को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । आभसभालाई संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष मण्डल सदस्य विष्णु तुम्बाहाङ्फे र्राई, लिम्बुवानका उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, महासचिव सूर्य माखिमलगायतले सम्बोधन गर्नुभएको थियो । आमसभामा लिम्बुवान एलभीहरूले शारीरिक कलासमेत प्रदर्शन गरेका थिए ।
बैशाख ९ गते धनकुटा बजारमै सम्पन्न बन्दसत्रले लोकतान्त्रिक पद्धतिबाट धनकुटा जिल्ला कार्य समितिको नयाँ नेतृत्वसमेत र्सवसम्मतीले निर्वाचित गरेको छ । नवनिर्वाचित अध्यक्षमाः देवनारायण लावती, प्रथम उपाध्यक्षः जितेश याक्खा, द्वीतीय उपाध्यक्षः चक्रबहादुर कटुवाल र सचिवमा कमलसिङ् तिगेला रहनुभएको छ । त्यसैगरी, आर्थिक सचिवमा जगत लिम्बू, तुम्याहाङ सचिवः हरिबहादुर इवा, अनुशासन सचिवः धनाहाङ लिम्बू, एलभी सचिव गंगाहाङ तिगेला, सूचना तथा सञ्चार सचिव गुरुप्रसाद लिम्बू, महिला सचिव सरकुमारी आठपहरिया, जनसंगठन सचिव छत्र इङनाम र प्रशिक्षण सचिवमा गंगाप्रसाद लिम्बू चुनिनुभएको छ । यसैगरी, धनकुटा जिल्ला कार्य समिति सदस्यहरूमा दिपा निङ्लेकू, मेनुका आठपहरिया, प्रमिला लुम्बा, झडेन्द्र खतिवडा, देवी लिम्बू, राजकुमार लिम्बू, हेमबहादुर लिम्बू, डिल्लिराम वनेम, सुवास र्राई, बालकुमार चोङ्बाङ, मिलन र्राई र नरबहादुर अधिकारी रहनु भएको छ ।
संघीय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद जिल्ला कार्य समिति धनकुटाको जिल्ला सम्मेलनले जारी गरेको लिम्बुवानी धनकुटा घोषणा-पत्र निम्न वमोजि रहेको छ-
१. ऐतिहासिक पृष्ठभूमिको आधारमा आई. एल. ओ. महासन्धि नं. १६९ र आत्मनिर्णयको अधिकारसहितको संघीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्ष नेपालअर्न्तर्गत सङ्खुवा-अरुण-सप्तकोशीपूर्व नौ जिल्लाहरूलाई लिम्बुवान स्वायत्त राज्य घोषणा गरियोस् । यो लिम्बुवानी आन्दोलनमा धनकुटा जिल्लाले अग्रणी भूमिका खेल्नेछ ।
२. धनकुटा जिल्लाका सबै सरकारी/गैरसरकारी निकाय र विकास निर्माणमा आदिवासी, दलित, महिला एवम् अन्य जातिहरूलाई समानुपातिक सहभागिता गरिनुपर्दछ ।
३. मिशन ग्रिन लिम्बुवानअर्न्तर्गत् धनकुटा जिल्ला र समग्र लिम्बुवानलाई अर्गानिक लिम्बुवान बनाउन मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद धनकुटाले पहल गर्नेछ ।
४. ''धनकुटा जिल्ला टुक्राउन हुँदैन र समग्र धनकुटा ऐतिहासिक लिम्बुवान राज्यमै रहनुपर्दछ'' भन्ने मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदअर्न्तर्गत् संघीय आठपहरिया स्वायत्त परिषदको आवाजलाई जोडदार र्समर्थन गरिन्छ ।
५. धनकुटा जिल्लामा कार्यरत सबै राजनीतिक पार्टीहरूलाई अरुणपूर्व नौ जिल्ला लिम्बुवान स्थापना गर्न र धनकुटा जिल्लालाई टुक्रन नदिने आन्दोलनमा सहभागी गराउन सबै पार्टीहरूसँग छलफल/बहस अघि बढाइनेछ ।
६. मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद धनकुटाको जिल्ला समितिमा सबै जाति, वर्ग र लिङ्गलाई सहअस्तित्वको आधारमा समेट्ने प्रतिवद्धता जाहेर गर्दछ ।
७. मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद धनकुटाले एकवर्षभत्रमा दशहजार लिम्बुवानी क्रियाशील सदस्य बनाउने प्रण गर्दछ ।
८. सम्पूर्ण लिम्बुवानवासीहरूले पाँचवटा रुख र एउटा फूल रोप्ने अधियानअर्न्तर्गत धनकुटाका सबै सरकारी कार्यालय र विद्यालयहरूमा फूल रोप्ने र शौचालयन बनाउने कार्यलाई तीब्रताका साथ अघि बढाइनेछ ।
९. धनकुटा जिल्लामा हुने सबै प्रकारका भ्रष्टाचार र अनियमितताको विरुद्धमा साहसका साथ आवाज उठाइनेछ । धनकुटामा उठेको राजश्व कर धनकुटामै लगानी हुनुपर्दछ ।
१०. पहिले संघीयता र अरुणपूर्व नौ जिल्ला लिम्बुवानको स्थापना भएपछि मात्र निर्वाचन हुनपर्दछ । त्यसैले, अहिले एकात्मक मतदाता नामावली सङकलन कार्य तुरुन्त बन्द गर ।
उपरोक्त लिम्बुवानी धनकुटा घोषणा-पत्रमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद धनकुटा जिल्ला कार्य समितिका अध्यक्ष देवनारायण लावतीको हस्ताक्षर रहको छ।

संविधानप्रति संघीय मञ्च र सम्बद्ध परिषदहरूको ध्यानाकर्षण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डीबी आङ्बुङ
धरान, लिम्बुवान १६ बैशाख २०६८, संघीय लोकतान्त्तिक राष्ट्रिय मञ्चको सचिवालयको बैठक मिति २०६८ बैशाख १६ गते मञ्चका अध्यक्ष इन्द्रहाङ खम्बूको अध्यक्षतामा धरान लिम्बुवानमा सम्पन्न भयो । संविधान सभाको थपिएको १ वर्षो समयसीमा २०६८ जेष्ठ १४ मा सकिँदै गरेको र अर्कोतिर शान्तिप्रक्रिया र संविधान बन्नेक्रम् झनझन धरापमा पर्दै गएको अवस्थामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (संघीय लिम्बुवान राज्य परिषद्, खम्बुवान स्वायत्त राज्य परिषद्, तामाङसालीङ स्वायत्त राज्य परिषद्लगायत)को गम्भीर ध्यानाकर्षण भएको बैठकपछि प्रेसित एक विज्ञप्तिमा जनाइएको छ । मञ्चका अध्यक्ष इन्द्रहाङ खम्बू र महासचिव खगेन्द्र माखिमद्वारा संयुक्त रुपमा प्रेसित विज्ञप्तितमा संविधान सभाको थपिएको समयसीमाभित्र शान्तिप्रक्रिया टुङ्गोमा पुग्नुपर्दछ र संविधान सभाबाट संविधान बन्नुपर्दछ भन्ने मञ्चको निर्णय रहेको उल्लेख छ । अहिलेका सत्ताधारी ठूला भनाउँदा दलहरू सङ्क्षिप्त संविधानको कुरा गरिरहेको र यो सङ्क्षिप्त संविधान देश र जनताको लागि धोका हुने ठहर गर्दै त्यसप्रति संघीय मञ्चले कडा आपत्ति जाहेर गरेको छ । साथै, मञ्चले शान्तिप्रक्रिया टुङ्गोमा पुर्‍याउन र समयसीमाभित्र संविधान घोषणा गर्न गराउन तत्काल मित्र शक्तिहरूसँग छलफल गरी संयुक्त आन्दोलनको कार्यक्रम घोषणा गर्नेसमेत निर्णय गरेको छ । शान्ति र संविधानको नाममा नेपाली कांग्रेसले गरिरहेको कथित् शान्तिसभा संघीयता, शान्तिप्रक्रिया र संविधान समयमै जारी नगर्ने षडयन्त्रपूर्ण कार्यक्रम भएकोले तमाम जनताहरू त्यसबाट भ्रममा नपर्न पनि अपील गरिएको छ ।
निर्वाचन आयोग, नेपालले गरिरहेको फोटोसहितको मतदाता नामावली सङ्कलन कार्यक्रम मुलुकको वर्तमान राजनीतिक परिस्थिति अनुकूल नभएको, संघीयता र लिम्बुवान, खम्बुवान, तामाङसालीङ, थरुहटलगायतका स्वायत्त राज्यहरूको लागि बाधक एकात्मकवादी शैलीको भएकोले यो फोटोसहितको मतदाता नामावली सङ्कलन कार्यक्रम् तत्काल रोक्नसमेत संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले सो प्रेस विज्ञप्तिमार्फ् आग्रह गरेको छ ।

माओवादी अध्यक्षले जेठ १४ गते संविधान जारी हुन नसक्ने बताए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चितवन , वैशाख १७ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले जेठ १४ गते संविधान जारी हुन नसक्ने बताएका छन् । संविधान जारी गर्न नसकिए पनि संविधानको मस्यौदा भने तयार हुने उनले बताए । शनिबार उपाध्यक्ष भट्टराई सहित चितवन पुगेकबा उनले भरतपुर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै भरतपुर क्यान्सर अस्पतालमा देखिएको समस्या आइतबार बस्ने तीन दलको बैठकले बसेर समाधान गरिने बताए । सो अवसरकमा उपाध्यक्ष भट्टराईले पार्टीले शान्ति र संविधानको एजेण्डालाई पारित गरिसकेकाले अब पार्टी एकताबद्ध भएर अघि बढने बताए । पार्टीमा देखिएको फरक मतलाई पनि सम्मानपूर्वक व्यवस्थापन गर्दै अघि बढने उनको भनाइ थियो ।

जनतान्त्रीक तराई मुक्ति मोर्चाले हतियार बिसाएर आन्दोलन गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पछिल्लो ६ वर्ष देखि तराईमा सशस्त्र आन्दोलन चर्काउदै आएको जनतान्त्रीक तराई मुक्ति मोर्चाले आजबाट हतियार विसाएर शान्तिपुर्ण राजनीतिमा गर्ने घोषणा गरेको छ । मोर्चाका केन्द्रिय अध्यक्ष राजीव झाले आज सप्तरीमा पत्रकार सम्मेलन मार्फत आफुहरुले जम्मा गरेको सबै हतियार नष्ट गरेको र अब देखि सशस्त्र गतिविधि नगर्ने घोषणा गरेका छन । सशस्त्र युद्ध छाडेर शान्तिपुर्ण राजनीतिमा आएको घोषणा गरेको मोर्चाले यसअघी तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र माधव नेपाल नेतृत्वको सरकारसँग ६ पटकसम्म वार्ता मावसेको थियो । मोर्चाले स्वायत्त मधेश प्रदेशको माग सहित २०६२ साल देखि ससस्त्र संघर्ष गर्दै आएको थियो । मोर्चासंग करिव दस हजार सेना रहेको दावी उसले गरेको छ । अध्यक्ष झाले आफुसंग भएको सेना अवबाट शान्ति पुर्ण राजनीतिमा लाग्ने वताएका छन ।

बेलायती राजकुमार विलियम्स र केट मिडलटनबीचको विवाह भब्य

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लण्डन, वैशाख १६ - बेलायती राजकुमार विलियम्स र केट मिडलटनबीच शुक्रबार एक भव्य समारोहबीच विवाह भएको छ । राजकुमारको विवाह समारोह विश्वभरका दुई अर्बभन्दा बढीले हेरेको समाचार संस्था एपीले जनाएको छ । राजकुमार विलियम्सले आफ्नो प्रेमलाई विवाहमा रुपान्तरण गरेका हुन् । विवाह समारोहमा १ हजार ९ सयलाई बोलाइएको थियो । यसैबीच राजकुमार विलियमलाई डयुक अफ क्याम्ब्रिजको उपाधी शुक्रबार उनको विवाहको दिन प्रदान गरियो भने केट मिडल्टनलाई विवाहपछि डचेज अफ क्याम्ब्रिजको उपाधी दिइएको बेलायतको बकिङघम् राजप्रासादले जनाएको छ । आफ्ना नाती प्रिन्स अफ वेल्स राजकुमार विलियमलाई बेलायतकी महारानी एलिजावेथले ड्युकको उपाधी प्रदान गरिन् भने अब उनको उपाधीहरू ड्युक अफ क्याम्ब्रिज, अर्ल अफ स्ट्राथर्न र व्यारोन क्यारिकफर्गस हुनेछ । राजप्रासादका अनुसार अब राजकुमार विलियम अधिराजकुमार ड्युक अफ क्याम्ब्रिज हुनेछन् भने सुश्री क्याथरिन् मिडल्टन् विवाह गरेपछि अधिराजकुमारी डचेज अफ क्याम्ब्रिज हुनेछिन् । विलियमको क्ल्यारेन्स हाउसका प्रवक्ताले पनि विलियम सम्मानित भएको पुष्टी गरे ।परम्परागत रुपमा शाही दुलहाले विवाहको दिन कम्तीमा एउटा उपाधी पाउँछन् र दुलहीले सो उपाधी स्वतः ग्रहण गर्छन् । डचेज हुनुका अतिरिक्त केट मिडल्टन् भने प्रिन्सेस अफ विलियम अफ वेल्स हुने परम्परा छ । उनलाई सञ्चारमाध्यमले प्रिन्सेस क्याथरिन भन्नसक्ने भए पनि उनलाई आधिकारिक रुपमा सो नामले पुकारिदैन किनकी उनी जन्मदै राजकुमारी थिइनन् ।

Apr 29, 2011

प्रचण्डको प्रस्ताव पारित गर्दै माओवादी बैठक सकियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकसाता देखि राजधानीमा जारी एकीकृत माओवादी केन्द्रीय समितिको बैठक आज सकिएको छ बैठकले तत्कालका लागि जनविद्रोहको कार्यनीति स्थगन गरी शान्ति र संविधानलाई जोड दिएर अघि बढ्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रस्ताव पारित गरेको छ । अध्यक्षको प्रस्ताव बहुमतले पारित भएको बैठकपछि प्रवक्ता दिनानाथ शर्माले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । पार्टीको निर्णयप्रति असहमति जनाउँदै उपाध्यक्ष मोहन वैद्यले भने नोटआफ डिसेन्ट लेख्नु भएको छ । पालुङटार विस्तारित बैठकले जनविद्रोहमा जाने निर्णय गरेपनि पछिल्लो समय अध्यक्ष प्रचण्डले तत्काल जनविद्रोह सम्भव नभएको भन्दै कार्यनीति परिवर्तन गरी शान्ति र संविधानमा ध्यान केन्द्रीत गर्नुपर्ने प्रस्ताव ल्याएपछि माओवादीमा विवाद थियो । प्रचण्डले यसअघि स्थायी समितिमा उक्त प्रस्ताव ल्याएपछि वैद्य समूहले कार्यदिशा परिवर्तनका लागि केन्द्रीय समितिले निर्णय गर्नुपर्ने अडान लिएपछि शुक्रबार देखि बैठक बसेको हो
आज बिहान सदस्यहरुले उठाएका जिज्ञाशाको जवाफ दिने क्रममा उपाध्यक्ष वैद्य अध्यक्ष प्रचण्ड विरुद्ध खरो रुपमा उत्रनु भएको एक नेताले बताए । स्रोतका अनुसार वैद्यले बैठकमा प्रचण्डले ल्याएको प्रस्ताव सुधारवादी दिशातिरको यात्रा भएको आरोप लगाउँदै त्यसले पार्टीलाई एमालेकरण गर्ने दावी गर्नुभएको थियो ।

वरिष्ठ साहित्यकार ईन्द्रबहादुर राईको अति व्यस्त हङकङ भ्रमण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/देश सुब्बा
नेपाली महासंघ हङकङको निमन्त्रणामा हङकङ आउनु भएका डा. इन्द्रबहादुर राई हङकङमा पाइला टेकेदेखि नै अति व्यस्त हुनु भयो । उनको भिडियो खिच्ने आवाज रेकर्ड गर्ने फोटो खिच्ने साहित्य कला र दर्शनको कुरा सुन्ने ताँती नै थियो । अति व्यस्तताले कतिपय कार्यक्रम रद्द गर्नु परेको थियो । एकैदिनमा ४ वटासम्म कार्यक्रममा राई उपस्थित भएका थिए । उनको कार्यक्रम तालिका निम्नानुसार थियो-
अप्रिल २० तारिख बिहान ६ बजेर ५५ मिनटमा हङकङ अवतरण । दिउँसो ब्रिटिशको शासनकालमा गोर्खाली बस्ने सेककोङ क्याम्प तामी क्याम्प र बुर्नियो लाइनको गोर्खालीहरुको समाधी अवलोकन गर्नु भयो । यस समाधीमा आठ सयभन्दा बढी गोर्खालीको समाधी अहिले पनि सुरक्षित छ । साँझ पख कन्चनजङघा समाज हङकङको स्वागत कार्यक्रममा सरिक हुनु भयो । यो दार्जिलिङबाट हङकङ आएर बस्ने नेपालीको संस्था हो ।
अप्रिल २१ तारिख हङकङको धनाढ्य व्यक्तिहरु बसोबास गर्ने उचाइमा रहेको हङकङ पीकमा भ्रमणमा जानु भयो । यो पिकको जमिन संसारकै सबैभन्दा महँगोमा पर्छ । साँझपख खोटाङबाट यहाँ आएर बसोबास गर्ने खोटाङेहरुको रात्रिभोजमा सरिक हुनुभयो ।
अप्रिल २२ तारिख नेपाली महासंघको आयोजनामा हुने मुख्य कार्यक्रममा प्रमुख अतिथि हुनु भयो । यस कार्यक्रममा अतिथि राईलाई दोसल्ला र ताम्रपत्रबाट अभिनन्दन गरिएको थियो ।
अप्रिल २३ तारिख दिउँसो नवोबुद्ध आमा समूहको बुद्धको पूजापाठको अवलोकन गर्नुभयो । साँझको ७ बजे नेपाली साहित्य प्रतिष्ठानको भेटघाट कार्यक्रममा जानुभयो । त्यहाँ साहित्यका विविध विधाको छलफल भएको थियो । साँझ १० बजे नेपाली महासंघ हङकङले आयोजना गरेको स्वागत तथा धन्यवाद कार्यक्रममा उपस्थित हुनुभयो ।
अप्रिल २४ तारिख बिहान १० बजे नेपाली साहित्य प्रतिष्ठान हङकङले आयोजना गरेको इजराइलमा भएकी कवियत्री दीप्स शाहकी कविता संग्रह "आगो" विमोचन तथा विमर्श कार्यक्रममा सहभागी हुनुभयो । दिउँसो १ बजे चुनमुन बटर फ्लाईमा पर्वत माच हङकङको बिबिक्यू तथा भलिबल प्रतियोगिताको निरिक्षण गर्नुभयो । दिउँसो ३ बजे मङकी हिल धरान ८ मा बसोबास गर्ने धराने हङकङे गरेको बिबिक्यू मा सरिक हुनुभयो । साँझ ६ बजे किरात राई यायोक्खा हङकङले आयोजना गरेको सामूहिक चुलाको निरिक्षण गर्नु भयो । त्यस अवसरमा राईहरुको सँस्कार अनुसार फेटा लगाइदिएर सम्मान गरे ।
अप्रिल २५ गते हङकङको छेउमा रहेको चीनको अर्को स्वाशासित टापू मकाउको भ्रमण गर्नु भयो ।
अप्रिल २६ गते हङकङ नेपाली पाठ्यक्रम परिषदले आयोजना गरेको स्वागत कार्यक्रममा उपस्थित हुनु भयो । त्यस अवसरमा विद्यालयका नानीहरुले पुष्पगुच्चाले स्वागत गरेका थिए । त्यहाँ हङकङबाट प्रकाशित पत्रपत्रिका प्रदर्शनीको लागि राखिएको थियो ।
अप्रिल २७ दिउँसो नेपलीज युथ क्लब हङकङले आयोजना गरेको सम्मान र बिदाइ कार्यक्रमा सहभागी हुनु भयो । साँझ १८:०५ बजको इन्डियन इयरलेनसबाट स्वदेश फिर्नुभयो । सबै कार्यक्रमहरुमा उहाँकी धर्मपत्नी मायादेवी राई सधैँ हुनुहुन्थ्यो ।
यी मुख्य कार्यक्रम बाहेक ठाउँ ठाउँमा विभिन्न कार्यक्रम बन्दै जान्थ्यो । होटलको कोठामा पनि साहित्यकारहरु साहित्यिक छलफल कविता वाचन गर्ने गर्दथे । यसरी कविता वाचन र कवितामा छलफल गर्नेमा प्रकाश छाङ्छा बिमल राई टंक सम्बाहाम्फे थिए ।
कला साहित्य दर्शनबारे जानकारी लिन संगीतकार दिनेश सुब्बा कवि टंक सम्बाहाम्फे कवि बिमल राई भयवादका प्रवर्तक तथा उपन्यासकार देश सुब्बा साहित्य प्रेमी प्रेम राई दिनहुँजसो कोठामा भेला हुन्थे ।
डा. इन्द्रबहादुर राईको अन्तरवार्ता भिडियो रेकर्ड फोटो खिच्न नेप्सटाइम डट कमका विनय शाह कविता कुसुम डट कमका टंक सम्बाहाम्फे आलोपालो डट कमका देउराज राई कोठामा लिएका थिए भने बगैचा डट कमका नरेश सुनुवार र श्याम सुनुवार सगरमाथा किन्डर गार्डेनका एकराज राई उपन्यासकार देश सुब्बा कवि बिमल राईले भ्रमणको बेला रेकर्ड गर्ने गर्दथे ।
फोटो खिच्नेहरुमा फोटो पत्रकार मातृदिप राई जगतअम्बु विनश शाह टंक सम्बाहाम्फे देउराज राई अमोद राई प्रेम राई हुन्थे ।
कलाबारे जानकारी लिनेमा आर्टिस्ट आशा राई हुन्थी ।
डा. इन्द्रबहादुर राईको पुर्खौली घर खोटाङ हो । उनी चाम्लिङ राई हुन् । उनका पुर्खा खोटाङबाट बसाई सर्दै चैनपुर र चैनपुरबाट दार्जिलिङ पसेका हुन् । डा। राईलाई चाम्लिङको बसोबास बारे जानकारी बिमल राईले लेखेर दिएका थिए । चाम्लिङ बारे जानकारी पाएपछि डा। राईले भन्नुभयो "संसारको धेरै दर्शन विज्ञान कला साहित्य पढ्यौँ त्यसबारे थोर बहुत थाहा छ । तर चाम्लिङ राईको मूलथलो खोटाङबारे थाहा थिएन यहाँ आएर जाने खुशी लाग्यो ।" यस भनाइले सिक्ने कुरालाई उमेरले छेक्दैन भन्ने प्रमाणित गथ्र्यो । उनी अहिले ८५ वर्षका भएका छन् । तथापि निरन्तर सिकिरहेका छन् । तीस चालिस पुगेर अब के सिक्नु भन्नेको लागि यो ठूलो झापड भयो ।
डा. राईको बारेमा हङकङका नेपालीहरुको आफ्नै प्रतिकि्रया छ । नेपाली महासंघ हङकङका अध्यक्ष प्रदिप थापा भन्छन् "उहाँ अति नै विद्वान् हुनुहुँदोरहेछ । उहाँको उपस्थितिले नेपालीको शिर उच्च पारेको छ ।" त्यस्तै ठाकुरी समाज हङकङ अध्यक्ष विनय शाह भन्छन् डा.इन्द्रबहादुर राईलाई हङकङ ल्याएर महासंघले ठूलो काम गरेको छ ।
नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष टंक सम्बाहाम्फे भन्छन " उहाँको उपस्थितिले डायास्पोरा साहित्यमा हङकङको उचाइ बढाएको छ ।"
संगीतकार दिनेश सुब्बा भन्छन् उहाँबाट मैले धेरै सिक्नु पाएँ । ३ महिना उहाँको सँगत पाइयो भने दर्शन विचार कलामा पोख्त होइने रहेछ । तर समयको अभावले धेरै छुटेको महसुस भइरहेको छ ।
सन २००५ सालको सिक्किमको गेजिङमा लीला लेखनको पच्चिस वर्षे कार्यक्रममा कार्यपत्र पेश गर्दै प्रा.डा. गोविन्दराज भट्टराईले डा. राई विश्वको महान १०-२० जनामा पर्छन् भनेका डा. राईले लीला भ्रममा व्याख्या गरेको कृष्णजस्तो डा. राईलाई पनि हङकङका नेपालीहरुले विभिन्न रुप रंग विचार र ज्ञानको पुरुषु देखे ।

तत्काल बजेट नल्याउन एमाले सभासदहरुको सुझाव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख १६ - सरकारले जेठ ९ गते बजेट ल्याउने तयारी गरिहेको बेला प्रधानमन्त्री झलनाथ खनालकै पार्टीका सभासदहरुले तत्काल बजेट ल्याउन नहुने सुझाव दिएका छन् । एमाले संसदीय दलको शुक्रबार बसेको बैठकमा अधिकांश सभासदहरुले बजेट प्रक्रियाले शान्ति र संविधानको काममा बाधा पुग्न सक्ने सुझाव दिएका छन् । जेठ-१४ अगाडि बजेट ल्याइन नहुनेमा अधिकांश सभासदहरुको जोड थियो । स्रोतका अनुसार बजेट प्रक्रिया तथा त्यसमा सुरु हुने छलफलले शान्ति र संविधानलाई अप्ठ्यारो पर्न सक्ने सभासदहरुको तर्क थियो । 'ध्यान अन्त मोडिन सक्छ । विपक्षी दलहरुले पनि बजेट नरुचाएको बेला तत्काल बजेट ल्याइनुहुन्न ।'सभासदहरुको धारणा थियो । जेठ ९ मा बजेट ल्याउने हो भने त्यसअघि शान्ति र संविधानक प्रक्रियाका विषयमा ठोस कार्यरुप ल्याइनुपर्ने एमाले सभासदहरुले प्रधानमन्त्रीलाई सुझाव दिए । प्रधानमन्त्री खनालले बजेट तथा शान्ति र संविधानको प्रक्रिया संग संगै अगाडि बढाउन सकिने बताए । 'सबैबेलामा विपक्षी के भन्छ,त्यही आधारमा हिड्न सकिन्न',प्रधानमन्त्रीको भनाई थियो । बैठकपछि सचेत भीम आचार्यले शान्ति र संविधानसंग संगै बजेट प्रक्रिया अघि बढाइने बताए ।

नेम्वाङद्वारा प्रधानमन्त्रीसहित शीर्ष नेताहरुसँग छलफल गर्दै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख १६ - संविधान निर्माणमा देखिएको गतिरोध फुकाउन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले आज साँझ प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताहरुसँग छलफल गर्दैछन् । नेम्वाङले सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्री झलनाथ खनालसित छुट्टै भेट्ने कार्यक्रम छ । यसैगरी सभाध्यक्ष नेम्वाङले प्रधानमन्त्री एवं एमाले अध्यक्ष खनालसहित माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलसँग छलफल गर्ने छन् । नेम्वाङले संवैधानिक समितिमा साना पार्टीहरुको अवरोध, संविधान निर्माणको समयसीमा, सरकारले ल्याउन लागेको अग्रिम बजेटमा प्रतिपक्षी दलको अवरोध चेतावनीलगायतका विषयमा छलफल हुने बताइएको छ ।

Apr 28, 2011

प्रधानन्यायाधीश खिलराज रेग्मीको नाम बिहीबार सर्वसम्मत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख १५ - संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीश खिलराज रेग्मीको नाम बिहीबार सर्वसम्मत अनुमोदन गरेको छ । समितिमा प्रस्तावित प्रधानन्यायाधीश रेग्मीले न्यायसम्पादनमा ढिलासुस्ती हटाउन प्राथमिकता दिने प्रतिबद्धता जनाए । रेग्मीविरुद्ध संसदीय सुनुवाई विशेष समितिमा तीन उजुरी परेका थिए । आफूले तीन हजार मुद्धाको फैसला गरेको बताउँदै उनले उजुरी पर्नुको कारण सभासदलाई जानकारी दिएका थिए । संवैधानिक निकायका पदाधिकारीलाई संवैधानिक परिषद्ले सिफारिस गर्ने र त्यसमाथि संसदीय सुनुवाई गर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपति रामवरण यादवले प्रधानन्यायाधीश नियुक्त गरेपछि रेग्मीले बैशाख २३ गतेदेखि कार्यभार सम्हाल्नेछन् । रेग्मीले न्यायसम्पादनमा सम्झौता नगर्ने दोहोर्‍याए । 'न्याय सम्पादनमा 'कम्प्रोमाइज' हुँदैन, पदमा रहँदा निर्भिकतापूर्वक काम गर्छु,' उनले संसदीय सुनुवाई समितिको बैठकमा भने । रेग्मीले अदालतको पुनर्संरचना र आधुनिकीकरण गर्दै लैजाने योजना पनि सुनाएका थिए । प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठको म्याद बैशाख २२ गते सकिने भएपछि उनी अहिले विदामा छन् । श्रेष्ठमा विदामा रहेकाले रेग्मी कायममुकामय छन् ।

अन्जानको "नजलाउ" मृतसागरमा विमोचित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली सांगीतिक क्षेत्रका उदयीमान गायक अन्जान डल्लाकोटीले आफ्नो पहिलो सांगीतिक कोशेली "नजलाउ" संसारकै सबभन्दा होचो स्थान मध्यपूर्वको मृत सागरको किनारमा एक सांगीतिक कार्यक्रमका बीच विमोचन गराएका छन । नया बर्षको उपलक्ष्यमा इजरायलमा आयोजित जिरे खुर्सानी साँझका लागि नेपाल टेलिभिजनका हास्य टेली शृंखला जिरेखुर्सानीका कलाकारद्वय किरण कुमार केसी र शिवहरी पौडेल सँगै सांकृतिक कार्यक्रम प्रस्तुत गर्नका लागि इजरायल पुगेका यी तन्नेरी गायक अन्जानले नयाँ बर्षको सो कार्यक्रम लगायत इजरायलका अन्य बिभिन्न शहरहरुमा सांगीतिक प्रस्तुति देखाएर दर्शकहरुलाइ नचाएको कुरा कार्यक्रमका आयोजक मेरोसंदेश डट कमका कृष्णपक्षले बताएका छन । इजरायलको तेल अभिभमा भएको नया बर्षको कार्यक्रमको केही दिन पछि २४ तारिख आइतबार संसारकै होचो भूभाग मृतसागरमा पुगेका उनले त्यहीँ उपस्थित भएका सैयौं दर्शकहरुबीच पहिलो एल्वम विमोचन भएको घोषणा गरेका थिए । २१ बर्षका यी गायकले सोह्र बर्षकै उमेरमा 'शायद गल्ती' बोलको गीत रेकर्ड गराएका थिए । म्युजिक मेनिया ईन्टरटेनमेन्टको प्रस्तुति रहेको, पप रयाप र रोमान्चक, सेन्तिमेंटल सबै प्रकारका स्वाद रहेको यो सांगीतिक एल्वममा उनको एउटा आफ्नै शिर्ष गीत 'नजलाउ'को रिमिक्स सहित सात वटा सुमधुर गीतहरु रहेका छन ।

संघीयता र स्वायत्तताका लागि नेवाः र ताम्सालीङ राज्य बन्द सफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डीबी आङ्बुङ लिम्बू
नेवाः-ताम्सालीङ २०६८ वैशाख १२,उत्पीडित आदिवासी जनजातिलगायत वर्ग, जाति/समुदाय, महिला, क्षेत्र आदिको हक, अधिकार कुण्ठित गर्न एकात्मकवादी, यथास्थितिवादी, संघीयता विरोधी तत्वहरूले विभिन्न भ्रम र्छर्ने तथा खुल्लम् खुल्ला संविधान नबनाउने षडयन्त्रतर्फलागेको भन्दै त्यसको विरोधस्वरुप नेवाः-ताम्सालीङ संयुक्त संघर्ष समितिले २०६८ वैशाख १४ गते गरेको १ दिने नेवाः र ताम्सालिङ राज्य बन्द प्रभावकारी र शान्तिपूर्ण ढङ्गले सफल भएको छ । जनादेश विरुद्ध संविधान सभाको म्यादमात्र थप्ने, संविधान सभाको म्याद समाप्त हुने वेलामा राज्यको पुनर्संरचना आयोग बनाउनुपर्ने अड्को थाप्ने र मुलुकलाई संविधानविहीन रुपमा सधै सङ्क्रमणकालीन स्थितिमा राख्ने चलखेल र षडयन्त्र भइरहेकोले त्यसविरुद्ध जनदवाव सिर्जना गर्ने उदेश्यले ताम्सालीङ संयुक्त संघर्ष समिति र नेवाः स्वायत्त राज्य मंकाः संघर्ष समितिद्वारा बैशाख १४ गते बन्द कार्यक्रम आहृवान गरिएको संघर्ष समितिद्वारा प्रेसित एक विज्ञप्तिमा जनाइएको छ ।
नेवाः र ताम्सालीङ संयुक्त संघर्ष समितिको तर्फाट नेवाः स्वायत्त राज्य मंकाः संघर्ष समितिका अध्यक्ष राजभाइ जकःमि र ताम्सालीड संयुक्त संघर्ष समितिका अध्यक्ष मण्डल सदस्य परशुराम तामाङद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा थप भनिएको छ- ''जनतामा निहित र्सार्वभौमसत्ता र राजकीयसत्ताको लोकतान्त्रिक प्रयोगको रुपमा जनता आफैले मुलुकको संविधान लेख्न पाउनुपर्दछ भन्ने नेपाली जनताको लामो समयदेखिको आकाङ्क्षास्वरुप राष्ट्रको इतिहासमै संविधान सभाद्वारा संविधान लेख्ने स्वर्ण अवसर अहिले हामी बीच छ । विगत अर्ढाईसय बर्षयता आदिवासी जनजातिहरूले विभिन्नरुपमा गरेका आन्दोलन, बाह्रवर्षेजनयुद्ध, ०६२/६३ को जनआन्दोलन तथा मधेश आन्दोलनद्वारा अनुमोदित एवम् जनताको लामो संघर्ष, त्याग र वलिदानपछि प्राप्त संघीयता, लोकतन्त्र, गणतन्त्र तथा धर्मनिरपेक्षताजस्ता नेपाली जनताका ऐतिहासिक र महान उपलब्धिहरूलाई संस्थागत गर्ने महत्वपूर्ण जिम्मेवारी छ । तर, सत्ता केन्द्रीत राजनीतिमा मात्र तल्लिन प्रमुख राजनीतिक दलहरूको भूमिका, संविधान निर्माण प्रक्रियामा देखिएका गतिहिनता तथा संविधानमा विवादित महत्वपूर्ण मुद्दाका सम्बन्धमा रहेको अनिर्णयको वर्तमान अवस्थामा २०६८ जेठ १४ गतेभित्र नयाँ संविधान जारी हुने कुराको आशा अत्यन्त क्षीण बन्दै गएको छ । यस्तोमा उत्पीडित आदिवासी जनजाति लगायत वर्ग, जाति/समुदाय, महिला, क्षेत्र आदिको हक, अधिकार कुण्ठित गर्न एकात्मकवादी, यथास्थितिवादी, संघीयता विरोधी तत्वहरूले विभिन्न भ्रम छर्ने तथा खुल्लम् खुल्ला संविधान नबनाउने, जनादेश विरुद्ध संविधान सभाको म्याद मात्र थप्ने, संविधान सभाको म्याद समाप्त हुने वेलामा राज्यको पुनर्संरचना आयोग बनाउनुपर्ने अड्को थाप्ने र मुलुकलाई संविधानविहीन रुपमा सधै सङ्क्रमणकालीन स्थितिमा राख्ने चलखेल र षडयन्त्र भइरहेकोले त्यसविरुद्ध जनदवाव सिर्जना गर्ने उदेश्यले ताम्सालीङ संयुक्त संघर्ष समिति र नेवाः स्वायत्त राज्य मंकाः संघर्ष समितिद्धारा बैशाख १४ गते बन्द कार्यक्रम आहृवान गरिएको हो ।''
यसैगरी, सोही विज्ञप्तिमा संघर्षको माध्यमबाट सरोकारवाला पक्षको ध्यानाकृष्ट गराउन खोजेका मुद्दाहरू कुनै एक वर्ग, समुदाय वा क्षेत्रसंग मात्र सम्बन्धित नभइ सिंगो मुलुककै साझा सवाल भएकोले अगाडि ल्याएका कार्यक्रमहरू सफल पार्नु सबैको समान जिम्मेवारी हो भन्ने कुरा वोध गर्दै आ-आफनो मातहतमा रहेका कार्यालय, संस्था, कल कारखना, विद्यालय तथा सवारी साधन बन्द गरी बैशाख १४ गतेको नेवाः-ताम्सालीङ बन्द सफल पार्न सवैसँग सहयोग तथा ऐक्यवद्धताका लागि समेत जोरदार अपील गरिएको थियो ।
बन्दको क्रममा कतै टायर नबाली सडकसमेत अबरुद्ध नगरी शान्तिपूर्ण तरिकाले बन्दको कार्यक्रम गरिएको थियो । बन्दमा एम्बुलेन्स, प्रेस/पत्रकारको सवारी साधन, राष्ट्रसंघीय मानव अधिकार समिति, नेपाल; राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकारको व्यानर भएको सवारी साधन, रेडक्रस र विरामी बोकेको सवारी साधनहरूलाई निर्वाध रुपमा चल्न दिइएको थियो ।
नेवाः र ताम्सालिङ राज्य क्षेत्रहरूभित्र पर्ने बुढीगण्डकी नारायणीपूर्व, दूधकोशी कमला पश्चिम, तिब्बतको सिमानमा दक्षिण र चितवनसहित लोकमार्ग उत्तरको सबै क्षेत्रमा रहेका प्रमुख शहर तथा सदरमुकामहरू काठमाडौँ, भक्तपुर, ललितपुर, बनेपा, दोलखा, सिन्धुली, धादिङ, नुवाकोट, रसुवा, मकवानपुर, चितवन, सिन्धुपाल्चोक, काभ्रेलगायतका जिल्ला र सडकहरू बन्द रहेका थिए । उक्त बन्दमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र यस सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद र खम्बुवान स्वायत्त राज्य परिषदलगायतको समेत नैतिक र्समर्थन र ऐक्यवद्धता रहेको थियो । बन्दकाक्रममा कतै पनि खास अप्रिय तोडफोड र गिरफ्तारीका घट्नाहरू नभई बन्द शान्तिपूर्ण रुपमा पूर्ण सफल भएको दाबी बन्द आयोजक पक्षले गरेको छ ।

माओवादी बैठक सकियो / दाहाल अडानमा यथावत्

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख १५ - माओवादी अध्यक्ष पुष्पकमल दाहाल तत्काल जनविद्रोह स्थगन गर्ने अडानमा यथावत् रहेका छन् । केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रतिवेदनमा सदस्यहरुले उठाएका जिज्ञासाको जवाफ दिंदै दाहालले शान्ति र संविधानको कार्यभार पूरा गर्ने अडानबाट पछि नहट्ने बताए । दाहालले जनविद्रोहको नीतिलाई निरन्तरता दिने अर्का उपाध्यक्ष मोहन वैद्यको फरक मतको भावनालाईमात्र समेट्ने टिप्पणी गरेको स्रोतले बताएको छ । सदस्यहरुको जिज्ञासाको जवाफ दिंदै दाहालले जेठ १४ मा कम्तिमा संविधानको मस्यौदा तयार गर्न पार्टीले सवै शक्ति खर्च गर्नुको विकल्प नरहेको बताएका छन् । उनले सेना समायोजनको 'मोडालिटी' बनाएर अघि बढे कम्तिमा प्रक्रिया सुरु हुने बताए । वैद्यले भने शुक्रबारमात्र फरक मतबारे जवाफ दिने उनी निकट स्थायी समिति सदस्य देव गुरुङले जानकारी दिए । एक सातादेखि पार्टी मुख्यालय पेरिसडाँडामा जारी बैठकमा शुक्रबार नेताहरुले बोल्नेक्रम सकिएको छ ।

रोमानियामा १२ सय नेपाली कामदारहरूको माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रोमानिया, बुखारेस्ट शहरबाट करीब २०० कि.मी. दक्षिण-पश्चिम स्लाटिना शहरमा रहेको एक गुरईटेक्स नामक गार्मेन्ट कारखानाले करिब एक हजार दुई सय नेपाली कामदारहरूको माग गरेको छ । यो कारखाना कम्युनिस्ट समयदेखि नै गार्मेन्ट उत्पादनमा प्रख्यात छ। यो कारखाना त्यस शहरमा भएका ख्यातिप्राप्त र ठूलै बर्गमा पर्ने कारखानाहरू मध्येको एक हो।यस क्रममा हाललाई ५० जना कामदारको लागि अहिले काठमाडौँमा छनौट कार्य भई रहेको जानकारी नरापो न्यूज बुखारेस्टले जनाएको छ । नेपाली कामदारहरूले उक्त कारखानामा काम गरे बापत ३०० डलर महिनाबारी तलब पाउने छन्। यसका साथै हप्ताको एक दिन छुट्टी पाउने ब्यबस्था पनि उल्लेख गरिएको छ । यसै क्रममा हरेक दिन १० घण्टा भन्दा बढी काम गर्न ईच्छा गर्ने कामदारले थप काम गर्न पाउने र सो बापत ३०० डलर देखि सात/आठसय डलर सम्म मासिक कमाउन सक्ने छन्। कामदारकालागि नि:शुल्क खाना र बस्नको लागि उक्त कारखानामा क्यान्टिन र होस्टलको पनि सुबिधा रहेको छ। दुई बर्षका लागि मागिएका नेपाली कामदारहरूले रोमानियाको श्रम मन्त्रालय अन्तर्गतका नियमानुसार सबै सुविधाहरू प्राप्त गर्ने छन् । यी सुबिधाहरूमा: सरकारी बिदाहरू बाहेक एक बर्षमा २१ दिन बिदा पाउने; सबै प्रकारका ईन्सुरेन्स सुविधाहरू प्राप्त हुने; ओभर टाईमको ब्यबस्था हुने; न्यूनतम मासिक तलब ३०० डलर नेट रहने आदि छन् । यसका साथै राम्रो काम गर्ने कामदारहरूलाई अरू २ बर्षको म्याद थपिईने ब्यबस्था पनि रहेको छ। सन् २००० सालमा स्थापना भएको यस कारखानाक़ा मालिक चाहि टर्कियन नागरिक हिदिर गुर्गुर छन । यस कारखानामा हाल रोमानियालीका साथै बंगालादेशी कामदारहरू कार्यरत रहेको कुरा नरापो न्यूजका सम्बादाताले जनाएका छन् । उक्त कारखानाका मालिकले भविष्यमा करिब एक हजार दुई सय नेपाली कामदारहरूको आवश्कता रहेको कुरा पनि बताएका छन् । कामदारहरूले पाउने सर सुबिधाका बारेमा यस कारखानामा काम गरी रहेका बंगलादेशी नागरिकहरूसंग भेट गरि सोधपुछ गर्दा उनीहरूले हाल सम्म पाएका तलब र सुबिधाबाट सन्तुष्ट भएका कुरा बताए । ३०० डलरबाट काम शुरू गरेका कामदारहरूले ४/५ महिना भित्रमा नै ओभर टायम काम गरी ५/६ सय डलर मासिक कमाउन थालेका कुरा समेत उनीहरूले बताएका छन्।

Apr 27, 2011

इन्द्रबहादुर राईबाट हङकङमा दीप्स शाहको कृति "आगो" को बिमोचन

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ/विनय शाह
२४ अप्रिल २०११,नेपाली साहित्यका धरोहर, समालोचक, तेस्रो आयामका अभियन्ता तथा साहित्यकार वरिष्ठ इन्द्रबहादुर राईबाट नेपाली महिला साहित्यका शसक्त हस्ताक्षर दीप्स शाहको दोस्रो कृति “आगो” को एक कार्यक्रम वीच बिमोचन कार्य सम्पन्न भयो । “आगो” को बिमोचन गर्दै साहित्य लेख्दा सबैभन्दा पहिला कबिता नै लेखिन्छ र नेपाली साहित्यमा कबिता लेखनको थालनी झन्डै १५०-२०० बर्ष पहिला भएको हो भन्दै वसन्त शर्मा, भानुभक्त, रघुनाथ भट्ट, लेखनाथ, बालकृष्ण सम, मोहन कोइराला हुँदै आज दीप्स शाह पनि एक भएकी छिन । पुस्तकमा समेटिएका कविताहरु मीठा छन कवियत्री शाहको प्रशंसा गर्दै राइले थपे । कार्यक्रममा बोल्दै नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष टंक सम्हाम्फेले दीप्स शाह सँग आफ्नो धेरै अगाडि देखिको साहित्य सम्बन्ध स्मरण गर्दै उनको कविताहरु पढ्दा आफुलाई निकै उत्कृष्ट लागेको र अहिलेको नयाँ धारमा कविता सिर्जेको पाएको बताए । ठकुरी समाज हङकङका अध्यक्ष बिनय शाहले उपश्थित सम्पूर्ण साहित्य अनुरागीहरूलाई कार्यक्रममा स्वागत गर्दै वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईज्यूको हातबाट दीप्स शाहको कृति बिमोचन गराउने सुअवसर पाएकोमा आफू तथा हङकङबासी सम्पूर्ण ठकुरी परिवार गौरवम्भित भएको बताए । पुस्तक लेखिका दीप्स शाहले पनि आफ्नो दोस्रो कृति “आगो” को नेपाली बाङगमय क्षेत्रका धरोहर इन्द्रबहादुर राईज्यूबाट भएको पाउदा आफ्ना नयनहरू हर्षले रसाएका छन् भन्दै आफूसंग धन्यवादका लागि शब्द नभएको र यस प्रकारको कार्यक्रमले भविष्यमा अझै बढि साहित्य शिर्जनामा लाग्न प्रेरणा मिलेको बताईन । ईजरायलमा रहेकी नेपाली महिला साहित्यकार दीप्स शाहको कृति हङकङमा भारतबाट आउनु भएका नेपाली साहित्यका बरिष्ठ साहित्यकार इन्द्रबहादुर राईज्यूबाट बिमोचन हुनु प्रवासमा रहेका नेपालीहरूको आफ्नो भाषा प्रतिको प्रेम दर्साउंछ भन्दै यस प्रकारको कार्यक्रम सञ्चालन गर्दा आफूलाई खुशीलागेको कार्यक्रम सञ्चालक तथा हङकङ नेपाली साहित्यका चर्चित रेखाकवि देश सुब्बाले बताए । नेपाली साहित्य प्रतिष्ठान हङकङ आयोजक तथा ठकुरी समाज हङकङ सह आयोजक रहेको उक्त कार्यक्रम को अफिशियल मिडिया नेप्सटाइम डटकम रहेको थियो । फोटो: प्रताप मल्ल

बन्दमा ३१ जनालाई प्रहरीले पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख १४ - नेवाः ताम्सालिङ संयुक्त संघर्ष समितिले राजधानी तथा तराईका केही जिल्लामा बुधबार जातीय तथा क्षेत्रीय संगठनले आहृवान गरेको बन्दमा ३१ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई छानबिन गरी छाडिने गृह मन्त्रालयले जनाएको छ । नेवाः ताम्सालिङ संयुक्त संघर्ष समितिले राजधानी तथा आसपास, सुदूर पश्चिमा क्षेत्रीय समूह तथा मध्य तथा पूर्वी तराईमा दलित जनजाति पार्टी, जातीय मोर्चाले बन्द आहृवान गरेका थिए । मन्त्रालयका प्रवक्ता शंकरप्रसाद कोइरालाले बुधबार साँझ विज्ञप्ती जारी गर्दै सर्वसाधारणको आवागमनमा बाधा पुर्‍याउने ३१ जनालाई पक्राउ गरिएको जनाएका छन् । प्रहरीले काठमाडौंमा ४, वीरगञ्जमा १०, कास्कीमा ५ र धनुषामा १२ जनालाई पक्राउ गरेको हो । विज्ञप्तीमा जनाइएअनुसार बन्दकर्ताहरुले पाटनढोकमा बा ४२ प ९२०८ नम्वरको मोटरसाइकल, ग्वार्कोमा बा १ ज ४०३१ नम्वरको ट्याक्सी र बा ७ प २०४१ नम्वरको मोटरसाइकल, बालकुमारीमा बा १ ज ४२५० नम्वरको ट्याक्सी टोडफोड गरेका छन् । भोटाहिटीमा बा २५ प २५२३ नम्वरको मोटरसाइकल, धादिङवेसीमा ५ वटा बस र ट्रक, धनगढीमा एउटा ट्रक तोडफोड गर्नुका साथै भोटाहिटीमा कान्तिपुर दैनिकका केही पत्रिका जलाएका छन् ।
बन्दले राजधानीसहित मोफसलका केही जिल्ला प्रभावित भए । बन्द साँझ चार बजेदेखि खुलेको संघर्ष समितिले जनाएको छ । समयमै संविधान निर्माण, आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न तथा संविधानसभाको म्याद थपविरुद्ध बन्द आहृवान गरिएको संघर्ष समितिले जनाएको छ । बन्दको पूर्वसन्ध्यामा नेवाः ताम्सालिङ संयुक्त संघर्ष समितिले मंगलबार साँझ मसाल जुलुस निकालेको थियो भने बुधबार साँझ वसन्तपुरमा सभा गरेको थियो । बन्द आहृवानकर्ताले एम्बुलेन्स, प्रेस, राष्ट्रसंघ, राष्ट्रिय मानवअधिकार आयोग, मानवअधिकारवादीका सवारी, रेडक्रसका सवारीलाई भने रोक लगाएनन् ।

बन्दको कारण माओवादी बैठक स्थगित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राजधानीमा जारी माओवादी केन्द्रीय समिति बैठक स्थगित भएको छ । ताम्शालीङ संयुक्त संघर्ष समिति र नेवाः राज्य मंका संघर्ष समितिले आयोजना गरेको ताम्शालीङ् र नेवाः राज्य बन्दका कारण बैठक स्थगित गरिएको प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो । शुक्रबार देखी जारी बैठकमा अध्यक्ष प्रचण्डको शानित र संविधनलाई मुल कार्यनीति बनाएर जानुपर्ने प्रस्ताव र उपाध्यक्ष मोहन वैद्यले पेस गरेको फरम मतका विषयमा केन्द्रीय सदस्यहरुले आज पनि बोल्ने कार्यक्रम थियो । बोल्न बाँकी केन्द्रीय सदस्यले आफ्ना धारणा राखेपछि आजै अध्यक्ष प्रचण्ड र उपाध्यक्ष वैद्यले सदस्यहरुको धारणाबारे स्पष्टीकरण दिने बताइएको थियो ।

पारषले सफाई पाए, गल्ति नगर्ने कागज गराउन आदेश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पूर्वयुवराज पारस शाहलाई जिल्ला प्रशासन कार्यालय चितवनले सचेत सहित सफाई दिने फैसला गरेको छ। चितवनको सौराहमा रहेको टाइगर टप्स होटेलमा गएको मंसिर २५ गते भएको गोलीकाण्डमा मुछिएका पारसलाई अब आइन्दा यस्तो नगर्ने सचेत गराउँदै प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमले कागज गराएर सफाई दिने फैसला गरेका हुन् । बादी र प्रतिवादी वकिलको बहस सुनेपछि न्यायाधीश प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतमले ऐनको दफा २ (६) बमोजिम आइन्दा यस्तो गल्ति नगर्ने कागज गराइ छोडन आदेश दिएका छन् । प्रजिअ गौतमको इजलासले गरेको फैसलामा 'केही सार्वजनिक अपराध र सजाय ऐन २०२७ को दफा ६ को २ बमोजिम पहिलोपटकका लागि कागज गराइ छाडिदिने'-उल्लेख छ । यो फैसलासँगै पारसले ३५ दिनभित्रमा कागज गर्नुपर्नेछ साथै कागज गरेपछि पासरको मुद्दाको किनारासमेत लाग्नेछ । मुद्दा किनारा लागेसँगै पारसले राखेको १० हजार धरौटी रकम पनि फिर्ता भएको छ ।

साई बाबाको आज राजकीय सम्मानका साथ पुट्टापर्थीमा अन्तिम संस्कार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चर्चित आध्यात्मिक गुरु सत्य साइ बाबाको आज अन्त्येष्टि गरिँएको छ। बाबाको राजकीय सम्मानका साथ पुट्टपर्तिस्थित उहाँकै निलयम आश्रममा अन्त्येष्टि गरिँएको छ। करिव डेढ घण्टाको धार्मिक विधिपछि समाधिस्त गरिने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। अन्त्येष्टिमा साईबाबाका शुभेच्छुक र आश्रमका कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो। आन्ध्र प्रदेशका मु्ख्य मन्त्री अन्त्येष्टिमा सहभागी रहेका छन्। यसअघि सत्य साइ बाबाको अन्तिम दर्शनको गएराति ११ बजेसम्मको लागि समय तोकिएको थियो। हिजै भारतीय प्रधानमन्त्री मनमोहन सिंह, कांग्रेस आइकी अध्यक्ष सोनीया गान्धी लगायत केन्द्रीय नेताहरु पुट्टपर्थीपुगी श्रद्धाञ्जली व्यक्त गरेका थिए। अहिले आश्रम परिसरमा साइ भक्तहरुको उल्लेख्य उपस्थिति छ। सत्य साइ बाबाको मुटु र मृगौलाको समस्याका कारण गत आइतबार पुट्टपर्ति स्थित उहाँकै अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।

Apr 25, 2011

राहदानी दुरुपयोग गर्ने सभासदलाई थप ७ दिन थुनामा राख्न आदेश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख १२ - जिल्ला अदालत काठमाडौंले कुटनीतिक राहदानी दुरुपयोग गरेको प्रमाणसहित पक्राउ सभासदद्वय गायत्री शाह र विश्वनाथप्रसाद यादवलाई थप सात थुनामा राख्न आदेश दिएको छ । न्यायाधीश माधवप्रसाद पोखरेलको इजलासले सभासदद्वय शाह र यादवलाई थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न सोमबार आदेश दिएको हो । यसअघि अदालतले चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । प्रहरीले भने थप समय १५ दिन माग गरे पनि जिल्ला अदालतले यसअघि चार र पुनः ७ दिनको म्याद थप गरेको हो । प्रहरीले २५ दिनसम्म थुनामा राख्न पाउँछ । त्यसपछि भने मुद्धा दायर गर्नुपर्छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले जनता दलकातर्फबाट संविधानसभामा प्रतिनिधित्व गर्ने गायत्री साह र मधेसी जनअधिकार फोरमका सभासद् विश्वनाथप्रसाद यादवलाई संविधानसभा भवन नयाँ बानेश्वरबाट गत मंगलबार अपरान्ह पक्राउ गरेको हो । पक्राउ परेका सभासद् यादवले दुरुपयोग गरिएको पासपोर्ट आफ्नो नभएको दाबी गर्दै आफूमाथि षड्यन्त्र भएको बताएका छन् ।

सरकारले आगामी जेठ ९ गते वार्षिक पूर्ण बजेट प्रस्तुत गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख १२ - सरकारले आगामी जेठ ९ गते आर्थिक वर्ष २०६८ / ६९ को वार्षिक पूर्ण बजेट संसदमा प्रस्तुत गर्ने भएको छ । प्रधानमन्त्री झलनाथ खनालको सिफारिसमा राष्ट्रपति रामवरण यादवले बैशाख १९ गतेदेखि संसदको दसौं अधिवेशन आहृवान गरेपछि संसद सचिवालयले बजेट प्रस्तुत गर्ने कार्यतालिका सोमबार सार्वजनिक गरेको हो । सरकारले अघिल्लो वर्ष सरकारले अध्यादेशबाट ल्याएको बजेट प्रतिष्थापन गर्न पूरक बजेट ल्याउने तयारी गरे पनि विपक्षी दलको विरोधका कारण पूर्ण बजेट ल्याउने भएको हो । पूर्ण बजेटअघि अर्थमन्त्री भरमोहन अधिकारीले बैशाख १९ गते बस्ने संसद बैठकमा बजेटको सैद्धान्तिक पक्षबारे जानकारी गराउने छन् । बजेटको सैद्धान्तिक पक्षको छलफल बैशाख २३ गते सकिएपछि सरकारले वार्षिक नीति तथा कार्यक्रम बैशाख २७ गते सार्वजनिक गर्ने छ । राष्ट्रपति रामवरण यादवले संसद बैठकमा वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्ने छन् । यसअघि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति यादवले गत शुक्रबार हिउँदे अधिवेशन अन्त्य गरेका थिए ।

सेक्यूरिटी यूनियनको चौथो वाषिर्क वैठक सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२३ अप्रील २०११ को दिन गोर्खाज सेक्यूरिटी गार्डस यूनियन हङकङको चौथो वार्षिक वैठक सम्पन्न भएको छ । वैठक यूनियनका अध्यक्ष दिल पालुङवा लिम्वुको अध्यक्षतामा र सचिव विष्णु पाख्रीन तामाङको सञ्चालनमा भएको थियो । यूनियनको सल्लाहकार मेजर शरण कुमार पालुङवा लिम्वु र जेम्स लुङको पनि उपस्थिती रहेको थियो । वैठकले वाषिर्क आर्थिक प्रतिवेदन पारित गर्नुको साथै आगामी दिनहरुमा गर्ने गरि विभिन्न सेक्युरिटी कम्पनीहरुमा पनि कमिटी विस्तार गर्ने र सेक्युरिटीहरुको हित तथा सुविधाको लागि जुझारु भएर कार्य गर्ने निर्णय गरेको थियो ।

अर्को सङ्गठन छोडी मञ्चसम्बद्ध लिम्बुवानमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डीबी लिम्बू,
पान्थर,६ वैशाख २०६८,पछिल्लो समय युवा वर्गमा जागृत भएको आत्मस्वभिमानले लिम्बुवानवासी जनता उद्वेलित बन्दै गएको अवस्थामा विभाजनको पीडा भोग्नु परेको अवस्थामा लिम्बुवानलाई माया गर्ने आम न्यायप्रेमी जनताले एकताका लागि बारम्बार गरेको आग्रहलाई आत्मसात गर्दै संघीय लिम्बुवान राज्य परिषदका महासचविलगायत महत्वपूर्ण जिम्मेवारीमा रहेका ५२५ नेता तथा कार्यकर्ताहरू बैशाख ६ गते फेदेन पान्थरमा एक पत्रकार सम्मेलन गरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदमा प्रवेश भएका छन् ।
अर्को सङ्गठन छोडी मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदमा प्रवेश गर्न आयोजित उक्त पत्रकार सम्मेलनमा प्रवेशीको तर्फाट महासचिव दिलेन्द्र कुरुम्बाङ र साथीहरू तथा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको तर्फाट केन्द्रीय अध्यक्ष कुमार लिङ्देन 'मिराक' द्वारा छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारिगरिएको थियो ।
प्रवेशीको तर्फाट प्रेसित विज्ञप्तिमा एकातिर संघीयता, लोकतन्त्र, धर्मनिरपेक्षता र गणतन्त्रविरोधी अतिवादी, हिन्दू संकीर्ण अन्धजातिवादी दरवारिया तत्वहरूको चलखेल र षडयन्त्र मुलुकमा दिनानुदिन बढिरहेको अवस्था भएको भने अर्कोतिर संविधान सभामा प्रतिनिधित्व गर्ने कथित ठूला दलहरू सत्ता लुछाचुडीमा व्यस्त रहेकाले संविधान लेखन कार्य अवरुद्ध बनेको जनाइएको छ ।
सोही प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ- ''बहुलतायुक्त नेपाली सामाजिक संरचनाको उचित सम्बोधन संघीयताबाट मात्र सम्भव छ । लिम्बुवानले उठान गरेको मुद्दालाई सही ढङ्गले सम्बोधन गर्न गराउन एकीकृत शक्ति निर्माण गरी देशव्यापी रुपमा सशक्त ढङ्गले अघि बढ्न आम संघीयवादीहरूको मोर्चावन्दी आवश्यक छ । यी तमाम् खाले चुनौतीहरूलाई सामना गर्दै लिम्बुवान र संघीयता विरोधी प्रतिगामी तत्वहरूलाई परास्त गरेर आम शोषित पीडित जनताको चाहनाअनुसारको राज्य पर्ुनर्संरचनासहितको संविधान समयमै जारी गराउन सशक्त दबावको खाँचो छ । यसका लागि सानातिना मतभेद र स्वार्थलाई परित्याग गरी बृहत्रुपमा लिम्बुवानी एकता निर्माण गर्दै जान आवश्यक छ र त्यसको थालनी आज हामीबाट भएको छ ।''
प्रेस विज्ञप्तिमा थप भनिएको छ- ''दुइ सङ्गठनबीच सैद्धान्तिक, वैचारिक र लक्ष्य प्राप्तिको दिशामा खासै मतभिन्नता नभएको अवस्थामा मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको नीति, रणनीति, कार्यदिशा तथा कार्यक्रम गतिशील ढङ्गले अघि बढिरहेको, सक्षम र डाइनामिक नेतृत्वका कारण सङ्गठनले व्यापकता लिँदै गएको हुनाले लिम्बुवान प्राप्तिको दिशामा लामवद्ध आम नेता, कार्यकर्ता यसैमा सङ्गठित भई लिम्बुवान आन्दोलनको मूलधारको पार्टीले रुपमा मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्लाई विकास गर्नपर्दछ भन्ने निष्कर्षा साथ हामी निम्न ओहदामा रहेका नेता, कार्यकर्ताहरू र्सगर्व यस परिषदमा आजदेखि समाहित भएको घोषणा गर्दछौं ।''
१. दिलेन्द्र कुरुम्बाङ, महासचिव
२. जकेन्द्र लावती, उपाध्यक्ष जि. का. स, पान्थर
३. चन्द्रराज आङ्देम्बे, पूर्व सचिव जि. का. स. पान्थर
४. अमिर लिम्बू, कोषाध्यक्ष जि.का.स. पान्थर
५. छवि लावती, पूर्व काषाध्यक्ष जि. का. स. पान्थर
६. सेमिक लावती, सदस्य जि. का. स. पान्थर
७. आइतराज सम्बाहाङ्फे, सदस्य जि. का. स. पान्थर
८. धनकुमारी लावती, सदस्य जि. का. स. पान्थर
९. गणेश केरुङ उपाध्यक्ष लिम्बुवान विद्यार्थी परिषद जि. का. स. पान्थर
१०. पूर्ण कुमार मिफोक, २ नं. क्षेत्रीय अध्यक्ष यासक पान्थर
लगायत गाउँ, वडास्तर तथा जनवर्गीय सङ्गनका नेता कार्यकर्तासपिहत जम्मा ५२५ जना मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदमा समाहित भएको सहर्षजानकारी गराउँदछौं ।

विज्ञप्तिमा अब फुटेर होइन जुटेर लिम्बुवान प्राप्तिको संघर्षमा होमिनुको विकल्प नभएकोले जान-अञ्जानमा अन्यत्र अलमलिइरहनु भएका तमाम् लिम्बुवानप्रेमी इमान्दार नेताकार्यकर्ताहरूलाई पनि यही गौरवशाली सङ्गठनमा समाहित हुनसमेत आह्वान गरिएको छ । साथै, सोही विज्ञप्तिको अन्तमा नववर्ष२०६८ को शुभकामनासहित यो वर्षाई लिम्बुवान प्राप्तिको वर्षबनाइछाड्ने दृढतासमेत व्यक्त गरिएको छ ।
यसैगरी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको तर्फाट नव प्रवेशी नेता तथा कार्यकर्ताहरूलाई स्वागत गर्न परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन 'मिराक'द्वारा प्रेसित विज्ञप्तिमा विगतका टुटफुटले गर्दा लिम्बुवानी आन्दोलनले धेरै उत्तारचढाब र हन्डर-ठक्करहरू व्यहोर्नु परेको तर अनेक व्यवधानहरूलाई पार गर्दै मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद लिम्बुवान प्राप्तिको लागि अविचलित अघि बढिरह्यो र बढिरहेकोले मञ्चसम्बद्ध परिषदको यही इमान्दारिता र लगनशीलतालाई देखेर अहिले लिम्बुवानवासी जनता नेता कार्यकर्ताहरूले यस परिषदप्रति आफ्नो शुभेच्छा र सहभागिता बढाइरहेको जनाइएको छ ।
यहीक्रम्मा संघीय लिम्बुवान राज्य परिषद (सञ्जुहाङ अध्यक्ष भएको) का केन्द्रीय महासचिव दिलेन्द्र कुरुम्बाङलगायत महत्वपूर्ण जिम्मेवारीमा रहनुभएका अन्य साथीहरू मञ्चसम्बद्ध परिषदको विधान, घोषणा-पत्रलाई सहर्षस्वीकार गरी मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदमा प्रवेश गर्नुभएको जाकारीका साथ वहाँहरूको यो प्रवेश लिम्बुवान आन्दोलनमा एक ऐतिहासिक कोशेढुङ्गा हुने, वहाँहरूलाई लिम्बुवानको इतिहासले सम्झने र वहाँहरूको प्रवेशले लिम्बुवानी राजनीतिमा रहेका थुप्रै जिज्ञासाहरूको स्वतः उत्तर दिनेछ भनिएको छ ।
विज्ञप्तिमा अगाडि भनिएको छ- ''विशेषतः ऐतिहासिक रुपमा लिम्बुवानको मुटु मानिएको पान्थर जिल्लाबाट शुरुभएको यो प्रवेशको लहरले थुप्रै लहर र तरङ्गहरू र्सजना गर्नेछ । यो ऐतिहासिक क्षणमा नयाँ प्रवेश गर्नुहुने सबै नेता तथा कार्यकर्ताहरूलाई संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद केन्द्रीय कार्य समिति, यसका हजारौं नेता, कार्यकर्ता र लाखौं शुभेच्छुकहरूको तर्फाट हृदयको भित्रीतहबाट हार्दिक हार्दिक स्वागत गर्न चाहन्छौं, स्वागत गर्दछौं ।''
प्रवेशको यो चरण पहिलो होस् र उहाँहरू र हामी सबै मिलेर थुप्रै चरणहरू सिर्जना गर्न सक्नेछौं भन्ने आसा गर्दछौं भन्दै वहाँहरू हिजो पनि सँगै कार्य गरेको साथीहरू हुनाले अब सँगै कार्य गर्नु पनि सहज हुने विश्वस्त दिलाउँदै नवप्रवेशी साथीहरूलाई निम्नानुसार महत्पूर्ण जिम्मेवारी प्रदान गरिएको छ-
दिलेन्द्र कुरुम्बाङ -पूर्व महासचिव) मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको केन्द्रीय सचिवालय सदस्य (पोलिटव्युरो), जकेन्द्र लावती (पूर्व उपाध्यक्ष) उपाध्यक्षः मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद जिल्ला कार्य समिति पान्थर, चन्द्रराज आङ्देम्बे (पूर्व सचिव), जिल्ला सचिवालय सदस्यः मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद जिल्ला कार्य समिति पान्थर, अमिर लिम्बू (पूर्व कोषाध्यक्ष) जिल्ला सचिवालय सदस्यः मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद जिल्ला कार्य समिति पान्थर, छवि लावती (पूर्व कोषाध्यक्ष), आइतराज सम्बाहाङ्फे(पूर्व सदस्य), सेमिक लावती 9पूर्व सदस्य), धनकुमारी लावती(पूर्व सदस्य)हरूलाई मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद जिल्ला कार्य समिति सदस्यको जिम्मेवारी दिइएको छ ।
त्यसैगरी, फूलकुमारी तुम्रोक (पूर्व उपाध्यक्ष लिम्बुवान नारी परिषद) लाई संघीय लिम्बुवान महिला परिषद जिल्ला कार्य समिति पान्थरको सदस्यमा, गणेश केरुङ (पूर्व उपाध्यक्ष लिम्बुवान विद्यार्थी परिषद) लाई संघीय लिम्बुवान विद्यार्थी युनियन लिम्बुवान जिल्ला सचिवालय सदस्य पान्थर, र पूर्णकुमार मिफोक (पूर्व २ नं. क्षेत्रीय अध्यक्ष यासक पान्थर) लाई मञ्च सम्बद्ध संघीय लिमबुवा राज्य परिषद क्षेत्रीय समिति सचिवालय सदस्यको जिम्मेवारी दिइएको छ ।
अन्य सदस्यहरूलाई बैठकपछि तत्काल थप जिम्मेवारी प्रदान गरिने पनि विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिको अन्तमा भनिएको छ- ''मञ्च सम्बद्ध परिषद संघीय संरचनाअर्न्तर्गत् मञ्चमा आवद्ध रहनेछ र यो परिषद सधैं संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता र अरुणपूर्व नौ जिल्ला लिम्बुवानप्रति प्रतिवद्ध रहनेछ । यो परिषद राजनीति प्रक्रियाले अघि बढ्नेछ । यो परिषदले एकात्मक मतदाता नामावली सङ्कलनको विरोध गर्दछ । जल, जङगल, जमिन सम्पूर्ण स्वायत्त अधिकारहरू लिमबुवानवासीलाई प्रदान गरिनुपर्दछ भन्ने अडानमा दृढ छ । यो परिषद लिम्बुवानका सबै जाति, वर्गलाई समेटेर अघि बढ्ने प्रण गर्दछ ।''


हिलारीको टोलीका कान्छा आरोहीको निधन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख १२ - सन् १९५३ मा सगरमाथाको पहिलो सफल आरोहण गर्ने तेन्जिङ शेर्पा तथा एडमन्ड हिलारीको टोलीका कान्छा सहयोगी नावाङ गोम्बु शेर्पाको आइतबार दार्जिलिङमा निधन भएको छ । समाचार संस्था एएफपीका अनुसार उनी ७९ वर्षका थिए भने आरोहणका बेला उनी करिब २१ वर्षका थिए । नावाङ तेन्जिङका नातेदार हुन् । सन् १९५३ मा चुलीमा नपुगे पनि दश वर्षपछि र सन् १९६५ मा सगरमाथामा फेरि आरोहण गरी दुईपटक चुचुरो चुम्ने पहिलो व्यक्ति भएका थिए । तिब्बतमा जन्मेर नेपाल आएका नावाङ दार्जिलिङमा बस्थे ।

हङकङमा संसारकै पहिलो थ्रीडी अश्लील फिल्म रिलिज

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गएको बिहीबार हङकङमा संसारकै पहिलो थ्रीडी अश्लील फिल्म रिलिज भएको छ। रमाइलो त के छ भने, सोचेजस्तै यो फिल्मको टिकट मारामार बिक्री भएको छ। चीनको पुरानो यौन साहित्यमा आधारित 'थ्रीडी सेक्स एन्ड जेनः एक्स्ट्रीम एक्स्टासी' नामक यो फिल्मको बजेट ३२ लाख डलर रहेको बताइएको छ। विश्वकै पहिलो थ्रीडी फिल्म ठूलो पर्दामा रिलिज भएपछि अफिसका कामदारहरु, कामबाट बिदा लिएका बूढाहरु र विद्यार्थीहरुको ओइरो लागेको थियो। रमाइलो त के थियो भने, फिल्म हेर्न भनेर केही महिलाहरु समेत देखिएका थिए। भिडभाडमा उनीहरुलाई कुनै लाज नभएको स्पष्ट अनुभव गर्न सकिन्थ्यो।

Apr 24, 2011

काङ्ग्रेसको राष्ट्रिय जागरण शान्ति अभियान आजबाट शुरु

नेपाली काङ्ग्रेसले राष्ट्रिय जागरण शान्ति अभियान आजबाट औपचारिक रुपमा शुरु भएको छ। लोकतन्त्र दिवसको अवसर पारेर आज पोखरामा आमसभा गरेर काङ्ग्रेसले पोखरामाबाट त्यसको सुरुवात गरेको हो । सभालाई संवोधन गर्दै काँग्रेस सभापति सुशील कोइरालाले माओवादी शान्ति प्रक्रियाप्रति प्रतिवद्ध हुने हो भने जेठ १४ अघिनै शान्ति र संविधानको अभिभारा पुरा गर्न सकिने बताउनुभयो । तर कार्यक्रममा सहभागी बरिष्ठ नेता शेरबहादुर देउवाले भने जेठ १४ मा कुनैपनि हालतमा संविधान जारी गर्न नसकिने बताउनुभयो । उहाँले संविधान बन्छ भनेर नागरिकलाई झुक्याउनुभन्दा अहिलेनै सत्य कुरा भन्नुपर्नेमा जोड दिनुभयो । सभामा गण्डकीका र धौलागिरी अञ्चलका ५० हजार भन्दा बढी नेता कार्यकर्ताहरुको सहभागिता रहेको काँग्रेसले जनाएको छ । सभा सुरु हुनुअघि पोखराको सभागृह चोकबाट नारा जुलुससहित र्‍याली निस्किएको थियो ।

श्री सत्य साइबाको ८५ वर्षमा पुट्टापर्थीमा निधन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख ११ - भारतीय धर्म गुरु श्री सत्य साइबाको ८५ वर्षमा पुट्टापर्थीमा निधन भएको छ । उनलाई लामो समयदेखि अस्पतालमा भर्ना गरिएको थियो । आइतबार विहान साढे ७ बजे आफैंले स्थापना गरेको हायर मेडिकल साइन्समा निधन भएको हो । मुटु मृगौला लगायत अंगमा समस्या भएपछि उनी झण्डै एक महिना अघिदेखि अस्पताल भर्ना भएका थिए । साइबाबाको पार्थीव शरिरलाई अन्तिम श्रद्धान्जली दिन गृह नगर पुट्टापर्ती आश्रम स्थित राखिने भारतीय संचार माध्यमहरुले जनाएका छन् । सर्वसाधारणले भने आइतबार साँझबाट अन्तिम श्रद्धान्जली अर्पण गर्न सक्नेछन् । सत्य साइबाबाको नामले परिचित उनी सन् १९१८ मा निधन भएका सिडी साइको अवतारका रुपमा लिइन्छ ।बाल्याकालदेखि नै चमत्कारीक प्रर्दशन गर्दै आएका साइबाबाले स्थापना गरेको सत्य साइ ट्रष्टले पछिल्लो समय स्वास्थ्य, शिक्षा लगायत सामाजिक कार्यक्रममा करोडौं खर्च गर्दै आएको थियो । यसैबीच साइबाबाको निधनको खबरबाट उनका भक्तजन शोकमा डुबेका छन् । उनको निधनमा भारतीय प्रधानमन्त्री मनमोहनसिंह, सोनीया गान्धि, नरेन्द्र मोदी लगायतका नेताहरुले शोक वक्तव्य दिएको भारतीय संचारमाध्यमले जनाएको छ ।

वार्ता नमिलिकन बन्द खुलाएको भन्दै आज फेरि इलाम बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इलामका चिया किसानले वार्ता नमिलिकन बन्द खुलाएको भन्दै आज फेरि यातायात बन्द गराएका छन् । बन्दका कारण आज बिहानैदेखि गन्तव्यतिर लागेका सवारी साधनलाई किसानहरुले इलामको आइतबारे सडकखण्डमा रोकेर राखेका छन् । किसानले आइतबारे सडकखण्डमा ३०-३५ सवारी साधन रोकेर राखेको प्रहरी निरीक्षक देवेन्द्र पाण्डेले जानकारी दिनुभएको छ । यता किसानले आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने भएका छन् । गत आइतबारदेखि चिया मजदुर र कारखानाबीच सेवासुविधाको कुरा नमिल्दा बन्द गराइएका कारखाना खुलाउन किसानले ३ दिनदेखि सडक बन्द गराएका हुन् । स्थानीय प्रशासन र आन्दोलनरत चिया किसानबीच हिजो भएको वार्ता विना निष्कर्ष टुङ्गिएको थियो ।

नेपालमा रहेका गैंडाको नयाँ तथ्याङ्क सार्वजनिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालमा रहेका गैंडाको नयाँ तथ्याङ्क सार्वजनिक गरिएको छ। राष्ट्रिय गैंडा गणना कार्यक्रम सकिएपछि आज नयाँ तथ्याङक सार्वजनिक गरिएको हो। तथ्याङ्कअनुसार नेपालमा तीन वर्षको अवधिमा उनानसय गैडा बढेको छ। चैत बाइस गतेदेखि सुरु गरिएको गैडा गणनाको तत्याङ्क शनिवार चितवन र काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो। तथ्याङ्कले तीन वर्षमा उनानसय वटा गैडा बढेको देखाएको छ। तीन वर्षअघिको गणनामा नेपालमा चारसय पैतिस गैडा थिए। जुन बढेर पाँचसय चौतिस पुगेको छ। पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार चितवन राष्ट्रिय निकुञ्जमा पाँचसय तीन, बर्दियामा चौविस र शुक्लाफाँटा बन्यजन्तु आरक्षमा सात गैडा फेला परेका छन्। कार्यक्रममा दिइएको जानकारी अनुसार चितवनमा एकसय ४५ भाले, एकसय ८३ पोथी र एकसय ७५ लिङ्ग छुट्याउन नसकिएका, बर्दियामा पाँच भाले, ९ पोथी र दश लिङ्ग छुट्याउन नसकिएका गैडा भेटिएका छन्। शुक्लाफाटामा २ भाले ,२ पोथी र ३ लिङग छुट्याउन नसकिएका गैडा गणनाको क्रममा भेटिएको छ। गणनाका लागि ३४ वटा हात्ती, १ सय ७० जना जनशक्तिको प्रयोग गरिएको थियो। भोगोलिक सूचना प्रणाली जिपिएस, दुरवीन, वाकीटकी र क्यामरा लगायतका विधिवाट गैडाको गणना गरिएकोले अत्यन्तै प्रभावकारी भएको गणनामा सम्लङहरुले वताएका छन्। पर्यटन वर्ष जारी रहेको समयमा भएको गैडा गणनाको तथ्याङ वढ्नुले पर्यटन वर्षका लागि सकारात्मक सन्देश दिएको संरक्षणकर्मीहरुले विश्वास व्यक्त गरेका छन्। अयसअघि सन् २००८ को गणनामा देशभर चारसय पैतिस गैंडा थिए। त्यतिबेलाको गणनाअनुसार चितवनमा चारसय आठ, बर्दियामा बाइस र शुक्लाफाँटामा पाँच गैडा थिए।

Apr 23, 2011

बेबिलोन डिस्कोबाट १६ वर्षमुनिका ५३ किशोर-किशोरी पक्राउ

वैशाख १० - राजधानीको सुन्धारास्थित बेबिलोन डिस्कोबाट प्रहरीले शनिबार अपरान्ह ५३ जना किशोर-किशोरी पक्राउ गरेको छ । जनसेवा प्रहरी प्रभागको टोलीले धुम्रपान गरिरहेको र आपत्तिजनक अवस्थामा रहेकाबेला उनीहरुलाई छापा मारेर पक्राउ गरेको हो । पक्राउ परेकामध्ये ३९ किशोर र १४ किशोरी पक्राउ परेका हुन् । उनीहरुलाई अहिले प्रभागमै राखिएको सई मधुसुदन सिंहले जानकारी दिए । 'बेबिलोनसँग हामीले पहिले पनि किशोर-किशोरीलाई प्रवेश नदिने सहमति गरेका थियौं,' सिंहले ई-कान्तिपुरसित भने, 'अभिभावकबाट गुनासो आएपछि छापा मारेका हौं ।' पक्राउ परेका अधिकांश १६ वर्षमुनिका छन् । उनीहरुलाई अभिभावकलाई बोलाएर शनिबार साँझसम्ममा सम्झाई बुझाई जिम्मा लगाउन सुरु गरिएको सिंहले जानकारी दिए । प्रहरीले २०६६ साल चैतमा पनि बेबिलोन डिस्कोमा छापा मारेर स्कूल/कलेजकै पोशाकमा तीन सयभन्दा बढी किशोर-किशोरी पक्राउ गरेको थियो ।

खम्बुवानद्वारा प्रहरी कार्यालयमा आक्रमण / तीन प्रहरी घाइते

बेलबारी (मोरङ), वैशाख १० - पक्राउ परेका कार्यकर्तालाई छुटाउन दबाब दिंदै खम्बुवान कार्यकर्ताले शनिबार मोरङको बेलबारी प्रहरी कार्यालयमा आक्रमण गरेका छन् । खम्बुवानको आक्रमणमा तीन प्रहरी घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । खम्बुवानको आक्रमणमा प्रहरी निरीक्षक रुद्र चुँडाल, हवल्दार ज्ञानबहादुर राई र सशस्त्र प्रहरी सुजन राई घाइते भएका छन् । कार्यकर्ता छुटाउन माग गर्दै झण्डै २ सय कार्यकर्ताले प्रहरी कार्यालय तोडफोड गरेपछि प्रहरीले फायरिङ गरेको थियो । फायरिङमा झण्डै दुई दर्जन प्रदर्शनकारी पनि घाइते भएका छन् । अहिले स्थिति साम्य भइसकेको छ । इलाका प्रहरी कार्यालयमा ०६३ सालमा पनि स्थानीयवासी र सेनाबीचको झडपमा ६ स्थानीयको मृत्यु भएको थियो ।

इन्द्रबहादुर राईको आतिथ्यमा हङकङमा नेपाली साहित्य तथा विचार गोष्ठी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/देश सुब्बा
हङकङ नेपाली महासंघको आयोजना र हङकङ नेपाली साहित्य प्रतिष्ठानको संयोजनमा अप्रिल २२ तारिख शुक्रबार साँझ ६ बजे याउमा तेइको क्युनिटि हलमा नेपाली साहित्यका शिखर पुरुष डा. इन्द्रबहादुर राईको प्रमुख आतिथ्यमा वृहत साहित्यिक कार्यक्रम सम्पन्न भयो । कार्यक्रमको उद्घाटन नयाँ ढंगबाट भएको थियो । प्रमुख अतिथि ढोकाबाट प्रवेश भएपछि नवबुद्ध आमा समूहका बालबालिकाहरूले नेपाली भेषभूषामा नमस्कार गरेर स्वागत गरेका थिए । त्यसबेला गोपाल योञ्जनको राष्ट्रिय गीत ‘ बनेको छ पहराले यो छाती मेरो ...’ बोलको गीतको धुन बजिरहेको थियो । मञ्चमा प्रवेश भएपछि विभिन्न सामाजिक संघ, संस्थाका प्रतिनिधिहरूले हातमा फूल दिएर स्वागत गरेका थिए । त्यही फूललाई प्रमुख अतिथिले एउटा ठूलो कलशमा हालेपछि कार्यक्रमको उद्घाटन भएको थियो । त्यसबेला पछाडिबाट संगीतको अर्को मीठो धून ‘थरी थरी पूmल एउटै बाजा...’ बजिरहेको थियो । उद्घाटनको प्रक्रियाले विभिन्न जातजातिका भए पनि ‘हामी एउटै नेपाली हौँ’ भन्ने सन्देश दिइरहेको थियो ।
महासंघले आफ्नो वार्षिक कार्यक्रममा नेपाली समाजलाई योगदान पु¥याउने नेपालीहरूलाई पुरस्कृत गर्दै आएकोमा यस पटक नेपाली समाजलाई योगदान पु¥याउने विदेशी नागरिकहरूलाई पनि सम्मान स्वरूप प्रशंसा पत्र प्रदान गरिएको थियो । यसरी सम्मानित हुनेमा ब्रिटिश नागरिक जोहन वाललेप्टन, सिन्डी च्वन चाइनिज, कारीन निङलिन्चीन भारतीय र दीपक सुबेदी नेपाली हुन् । जोहनले नेपालको बारेमा अंग्रेजी भाषामा पुस्तकहरू लेखेर विश्वमा नेपाली चिनाउने काम गरेका छन् । उसको प्रसिद्ध पुस्तक ‘ हिस्टोरी अफ नेपाल’ हो । सिन्डीले चाइनीज विश्व विद्यालय हङकङबाट ‘इथनीक माइनोरीटि मिडिया’ मा विद्यावारिधि गर्दै छिन्, कारीनले ‘इथनीक माइनोरीटि’ मा हङकङ विश्व विद्यालयबाट विद्यावारिधि गर्दै छिन् भने दीपक सुबेदीले त्रिभुवन विश्व विद्यालय नेपालको स्नात्तोतरमा ‘नेपाली साहित्यमा हङकङको योगदान’ विषयमा शोधपत्र तयार गरेका छन् ।
११ जना कविहरूले भाग लिएको कविता गोष्ठीमा दीपा एवाइ राई प्रथम, प्रकाश रोदुङ राई दोस्रो र मोहन गुरुङ्ग तेस्रो भएका थिए । थुप्रै अप्रयोगिता कविताहरू प्राप्त भएका थिए, कति इमेलबाट पनि प्राप्त भएका थिए तर समयको अभावले वाचन हुन सकेनन् । कविताको निर्णायकमा कविहरू टंक सम्बाहाम्फे, कमल पौडेल र पशन तमू रहेका थिए । हङकङबाट उत्पादित विचारहरूमा भयवाद, समुच्च विचार, रेखा कविता र जनजाति साहित्य हो । देश सुब्बाले ‘भयवाद र रेखा कविता’ र भूपेन्द्र चेमजोङले ‘जनजाति साहित्य’ को बारेमा कार्यपत्र पेश गरेका थिए । देश सुब्बाले बोल्ने क्रममा घोषणा गरेका थिए, ‘महासंघले स्थापना कालदेखि विभिन्न कार्यक्रम गर्दै आएको छ । त्यस मध्येको यो सर्वश्रेष्ठ कार्यक्रम हो ।’ टंक सम्बाहाम्फेले ‘हङकङेली नेपाली साहित्य’ र दीपा एवाइ राईले ‘समुच्च विचार’ को कार्यपत्र समयको अभावले प्रस्तुत हुन सकेन ।
कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि डा. इन्द्रबहादुर राईले ‘नेपाली साहित्य, विश्व साहित्य, धर्म, सौन्दर्य शास्त्र, संरचनावाद, अस्तित्ववाद, भयवादबारेमा बोल्नु भएको थियो । भानुभक्तको रामायणमा उल्लेख भएको झोँकलाई मौलिक नेपाली झोँक हो र झोँक धेरै प्रकारको हुन्छ भन्नु हुँदा श्रोताहरूले हर्षले ताली बजाएका थिए ।’ अन्त्यमा ‘हामीले हाम्रो मौलिक कुरा खोज्नुपर्छ र लेख्नुपर्छ भन्नु भएको थियो ।’
नेपाली महासंघ हङकङका अध्यक्ष प्रदीप थापाले ‘हङकङ नेपाली महासंघको यस कार्यक्रममा महासंघका सदस्य संस्थाहरू गैर सदस्य संस्थाहरू, व्यापारीहरू, साहित्यकारहरू, पत्रकारहरू सबैको सहयोग, सकारात्मक भावना र सबैको नैतिक समर्थनले कार्यक्रम सफल भएको हो । यसरी नै हामी सबै एकजूट भएर अगाडि बढ्नुपर्छ । यो एकताको ठूलो उदाहरण हो भन्नु भयो ।’
कार्यक्रम हङकङ नेपाली महासंघको अध्यक्ष प्रदिप थापाको अध्यक्षतामा भएको थियो । स्वागत मन्तव्य महासंघ उपाध्यक्ष विष्णु पाख्रिनले गरेका थिए र उद्घोषण महासंघका महासचिव रीता गुरुङ्गले गरेकी थिइन् । कार्यक्रम कविता गोष्ठी, विचार गोष्ठी र प्रमुख अतिथिको मन्तव्य गरी तीन चरणमा विभाजन गरिएको थियो । यस कार्यक्रमलाई मिडिया पार्टनर मूलबाटोले विश्वभर प्रत्यक्ष प्रसारण गरेको थियो । कार्यक्रमको सफलताको लागि संसारभरबाट इमेल, फोनबाट शुभकामना सन्देश प्राप्त भएको थियो ।

Apr 21, 2011

किराँत जनवादी वर्कस पार्टीका अध्यक्ष विवश मारिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं

खोटाङ, वैशाख ८ - किराँत जनवादी वर्कस पार्टीका अध्यक्ष विवश विद्रोह मारिएका छन् । भोजपुरस्थित पाङ्चा गाविसको गरगरे भन्ने ठाउमा चैत २५ गते भएको झडपमा उनी मारिएका हुन् । प्रहरीका अनुसार त्यहाँस्थित डुङ्गा सञ्चालनमा रोक लगाएपछि विवाद हुँदा स्थानीयसंग झडप भएको थियो । स्थानीयले भने उनी मारिएको नभइ दूध कोसीमा हाम्फालेको बताएका छन् । उनको परिवारले खोजीका लागि राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालयमा बैशाख ४ गते उजुरी दिएका थिए । झडपमा गोलीसमेत चलेको थियो । गोली विद्रोही विवश पक्षले चलाएको स्थानीयको भनाइ छ । उनीसंग रहेका खोटाङ च्यानडाँडाका हंकराज राई भने २६ गते नै पक्राउ परेको प्रहरीले जनाएको छ । उनलाई भोजपुर प्रहरी कार्यालयमा राखिएको छ । उदयपुरको बेल्टार निवासी दिनेश राई भनिने विवश विद्रोहीले नेतृत्व गरेको किरात जनवादी वर्कस पार्टीले चन्दा आतङ्क तथा खोटाङको नुनथला, चिसापानी, देविस्थान र फाक्टाङको प्रहरी चौकी कब्जा गरी त्यहाँबाट प्रहरीको हतियार लुटेरको थियो ।

ऊर्जामन्त्री गोकर्ण विष्टलाई पद तथा गोपनियताको शपथ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं

वैशाख ८ - मन्त्री भएलगत्तै आक्रमणमा घाइते ऊर्जामन्त्री गोकर्ण विष्टले बिहीबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । विष्टलाई राष्ट्रपति रामवरण यादवको उपस्थितिमा शीतल निवासमा प्रधानमन्त्री झलनाथ खनालले शपथ खुवाएका हुन् । तेस्रो चरणमा विस्तारित विष्टबाहेकका मन्त्री र राज्यमन्त्रीले भने यसअघि नै शपथ लिएका थिए । चैत २८ गते साँझ गोंगबु टाउनप्लानिङस्थित घरनजिकै अज्ञात समूहले ऊर्जामन्त्री विष्टलाई खुकुरी हानेका थिए । टाउको र हातमा गम्भीर चोट लागेका विष्ट मनमोहन अस्पतालमा १० दिन उपचार गराएर बुधबार डिस्चार्ज भएका थिए । विष्ट संविधानसभा निर्वाचनमा गुल्मी क्षेत्र नं. ३ बाट पराजित हुन् । उनी एमाले युवा संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ (हाल युवा संघ नेपाल) को दुई कार्यकाल अध्यक्ष भएका थिए ।

भिसी विजेता तुलबहादुर पुन रहेनन्

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं

म्याग्दी, वैशाख ८ ,बेलायती सेनाको सर्वोच्च बहादुरी पदक भिक्टोरिया क्रस (भिसी) विजेता तुलबहादुर पुनको ८९ बर्षको उमेरमा आपनै घरमा देहवसान भएको छ । पुन पार्थिव शरिरलाई बेलायतमा रहेका छोरा, छोरीहरु तथा आफन्त आएपछि भोली बैशाख ९ गते शुक्रवार कालिगण्डकी नदी किनारामा हिन्दु धार्मिक विधी अनुसार सद्गत गरिने भएको छ । भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको मृत्यु पछि अव भिसी विजेता कोही पनि रहेनन् । पुनको बुधवार राती ११ बजे जन्मस्थान बेगखोला गाविस-९ तिप्ल्याङमा मृत्यु भएको हो । तुलबहादुर पुनको जन्म विसं २१ फागुन १९६९ (२३ मार्च १९२३) मा म्याग्दी जिल्लाको बेगखोला गाविस-८ बान्दुकमा भएको थियो । छोरा विकास पुनका अनुसार जन्म थलो मै मर्ने इच्छा अनुसार बेलायतमा बस्दै आएका पुन गत फागुन अन्तिमसाता जन्मथलो फर्केका थिए । पुनका एक श्रीमति, ३ छोरा र ८ छोरी छन् । घर फर्केपछि चैत महिनाभरी घार गाविस स्थित तातोपानीमा डुबेर बाथको उपचार गराएका पुन नयाँ बर्षसंगै घर फर्केका थिए । उनले बेलायत अधिनस्थ भारतिय सेनाको १०११९ नम्बर सिक्स गोर्खाराईफल्स, पल्टनमा कार्यरत रहँदा २३ जुन १९४४ मा बर्माको मकाउको रेल्वे पुलमा जापानी सैनिकसंगको भीषण युद्धमा घाईते अवस्थामा पनि एक्लै बहादुरी पुर्वक लडी युद्ध जितेकोले उनलाई भिसी क्रस पदक प्राप्त भएको हो । यो युद्धमा पुन एक्लैले जापानि सैनिकलाई परास्त गरी २ वटा हल्का मेशिनगन समेत धेरै हतियार कब्जा गरेका थिए । उनलाई यो पदक नयाँ दिल्लीको लालकिल्ला लर्ड ओभेलमा १ जनवरी १९४५ मा प्रदान गरिएको थियो । जनवरी २९, १८५८ मा संयुक्त अधिराज्य वेलायतका महारानी भिक्टोरियाबाट राजकीय घोषणाको अधिकार प्रयोगगरी भिक्टोरिया क्रसको स्थापना भएको हो । भिसी सौर्य पदक मुलतः शत्रु पक्षको उपस्थितीमा आपmनो राष्ट्रको लागी अद्धितिय पराक्रम र निष्ठा युद्धभूमिमा प्रर्दशन गरे वापत प्रदान गरिने ब्यक्तिगत अदम्य साहस र उच्चतम बहादुरीको प्रतीक हो ।

अर्थराज्यमन्त्रीद्वारा राजीनामा दिने घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं

वैशाख ८ - अर्थराज्यमन्त्री ल्हारक्याल लामाले राजीनामा दिने घोषणा गरेका छन् । उनले सरकारलाई आफूमाथि लागेका आरोप छानबिनका लागि सहयोग गर्न राजीनामा दिएको स्पष्ट पारे । सिंहदरवारमा बिहीबार अपरान्ह पत्रकार सम्मेलन गरेर लामाले आफ्नो लिखित प्रेस बक्तब्य सुनाए पनि पत्रकारसँग दोहोरो सवाल जवाफ गरेनन् । 'आफ्नो सरकारलाई छानबिनका लागि सहयोग गर्नसमेत प्रधानमन्त्रीसपक्ष राजीनामा दिने घोषणा गरेको छु,' उनले बक्तब्यमा भनेका छन् । लामालाई प्रधानमन्त्री झलनाथ खनालले चैत २८ गते अर्थराज्यमन्त्रीमा नियुक्त गरेका थिए । त्यसको दुई दिनपछि लामाले प्रधानमन्त्रीबाट शपथ लिएका थिए । उनी एमालेका समानुपातिकतर्फका सभासद् हुन् । लामाले आफूमाथि लागेका आरोप निराधार भएको प्रस्त पार्दै छानबिनको माग गरेका छन् । 'आफूमाथि लागेका आरोप कपोलकल्पित र चरित्रहत्या गर्ने खालका रहेको स्पष्ट पार्दछु,' उनले भनेका छन्, 'यस विषयमा सरकारसँग छानबिनको माग गरेको छु ।' लामाले एमाले अनुशासन आयोगले आफूमाथि लागेका आरोपबाट छानबिन गरेकोमा स्वागत गरेका छन् । 'तर संसदको राज्यव्यवस्था समितिले स्पष्ट पार्ने मौकासमेत नदिइ राजनीतिकरण गर्न खोज्यो,' उनले भने ।

रातो पासपोर्ट दुरुपयोगबारे अख्तियारको अनुसन्धान जारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं

साह र यादवलाई चार दिन थुनामा राख्न अनुमतिअख्तियारका सचिव भगवतीकुमार काफलेले प्रहरी र अख्तियारले गरेका अनुसन्धान फरकफरक भएकाले आफूहरूको अनुसन्धान नरोकिएको नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। हामीले भ्रष्टाचारको पाटोबाट अनुसन्धान गरिरहेका छौं, अनुसन्धान गर्दै जाँदा त्यसमा भ्रष्टाचार गरेको देखिएमा थप कारबाही गर्न पछि पर्दैनौं’ -सचिव काŠलेले भन्नुभयो।आŠनो नाममा जारी भएको रातो पासपोर्ट बेच्ने जनता दलकी सभासद् गायत्री साह र मधेसी जनअधिकार फोरमका सभासद् विश्वनाथप्रसाद यादवलाई मंगलबार प्रहरीले पक्राउ गरेको थियो।ती दुइ सभासद्सँग यसअघि अख्तियारले बयान लिइसकेको थियो। अख्तियारले रातो पासपोर्ट बेच्ने कार्यमा परराष्ट्र मन्त्रालयका कर्मचारीको पनि हात हुन सक्ने आशंका गरी त्यहाँका केही कर्मचारीलाई पनि बयानका लागि बोलाएको छ।अख्तियारका प्रवक्तार् इश्वरीप्रसाद पौडेलले परराष्ट्रका केही कर्मचारीलाई बोलाएको जानकारी दिँदै तीमध्ये केही विदेशमा भएकाले बयानका लागि केही ढिलाइ भएको बताउनुभयो।अख्तियारस्रोतले नेपाल समाचारपत्रलाई दिएको जानकारीअनुसार सभासद्द्वय साह र यादवको रातो पासपोर्ट अख्तियारबाट मगाउनेबित्तिकै प्रहरीले ती दुइलाई पक्राउ गरेको थियो।यसअघि ती पासपोर्ट अख्तियारको नियन्त्रणमा थिए।यसैबीच काठमाडौं जिल्ला अदालतले सभासद्द्वय साह र यादवलाई राहदानी ऐनविपरीत कार्य गरेको हो/होइन भनी थप अनुसन्धान गर्न नेपाल प्रहरीलाई चार दिन थुनामा राख्न अनुमति दिएको छ।

Apr 19, 2011

संघीय मञ्चको नेतृत्वमा परिवर्तनःअध्यक्ष इन्द्रहाङ खम्बूको पालो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/ डीबी लिम्बू


काठमाडौं २०६७ चैत्र २९,पार्टी संरचनामै संघीय संरचनाको अभ्यास गरिरहेको एक राजनीतिक दल संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको विधानअनुसार पार्टीले नेतृत्वमा लिम्बुवानका अध्यक्ष कुमार लिङ्देन 'मिराक'को एकवर्षो कार्यकाल सफलतापूर्वक पूरा भई अब खम्बुवानका अध्यक्ष इन्द्रहाङ खम्बू एकवर्षा लागि मञ्चको कार्यकारी अध्यक्षमा चयन भएका छन् । गत २०६७ चैत्र २७, २८ र २९ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको संघीय कार्यालय अनामनगर नेवाः काठमाडौंमा बसेको मञ्चको २३ औं पूर्ण बैठकले पार्टीले विधानअनुसार लिम्बुवानबाट नेतृत्व गरिरहेका तत्कालीन मञ्चका अध्यक्ष कुमार लिङ्देन 'मिराक'को एकवर्षो कार्यकाल सफलतापूर्वक सम्पन्न भएको निर्णय गर्दै अब एकवर्षा लागि मञ्च सम्बद्ध खम्बुवान स्वायत्त राज्य परिषदका अध्यक्ष इन्द्रहाङ खम्बूलाई मञ्चको कार्यकारी अध्यक्षमा चयन गरेको हो । संघीय मञ्चसम्बद्ध सबै राज्य परिषदहरूबाट संघीय पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको मञ्चको बैठकले कार्यकारी अध्यक्षको चयनसँगै महासचिव र सचिवालय सदस्यहरूको जिम्मेवारीमा समेत थप गरेको छ । एकात्मक निर्वाचन आयोगद्वारा कुबेलामा एकात्मक शैलीमा गरिरहेको औंठा छाप र फोटोसहितको मतदाता नामावली सङ्कलन कार्यको विरोध लिम्बुवान, खम्बुवान र तामाङसालीङमा समेत सशक्त रुपमा विरोध गर्ने निर्णय लिँदै समयमै र्सार्थक संविधान निर्माण गर्नको लागि सडक र सदनबाट दबाब दिने निर्णयसमेत लिएको छ ।
बैठकको समापनपछि आयोजना गरिएको अध्यक्षको पद हस्तान्तरण र बधाई तथा शुभकामना कार्यक्रममा औपचारिक रुपमै तत्कालनीन अध्यक्ष कुमार लिङ्देन 'मिराक' ले नयाँ अध्यक्ष इन्द्रहाङ खम्बूलाई पार्टीले कार्यकारी अध्यक्ष पद पुष्पगुच्छा र शुभकामनासहित हस्तान्तरण गरेका थिए ।
मञ्चका अध्यक्ष मण्डल सदस्य तथा तामाङसालीङ स्वायत्त राज्य परिषदका अध्यक्ष डीके बुद्धिष्ट तामाङको अध्यक्षमा सम्पन्न सो पद हस्तान्तरण र बधाई तथा शुभकामना समारोहमा लिम्बुवान, खम्बुवान र तामाङसालीङलगायतका राज्य परिषदका नेता तथा कार्यकर्ताहरूले पुराना अध्यक्षलाई धन्यवाद र नयाँ अध्यक्षलाई फूलमालासहित खदा ओढाएर सफल कार्यकालका लागि बधाई तथा शुभकामना दिएका थिए ।
मञ्चको कार्यकारी अध्यक्ष्को पद हस्तान्तरण गर्दै तत्कालनीन अध्यक्ष कुमार लिङ्देन 'मिराक'ले जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा संघीयताको लागि आन्दोलनरत् शक्तिहरूलाई एकतावद्ध बनाइराख्नको लागि मञ्चले चक्रिय अध्यक्ष प्रणालीको विकास गरेको बताउनु भयो । लिङ्देनले थपे- ''मञ्चको सुन्दरता भनेकै एक/एक वर्षविधानसम्मत र सहजताका साथ नेतृत्व परिवर्तन हुनु हो । सोही अनुरुप आफूले पनि खुशीसाथ अध्यक्ष पद हस्तान्तरण गरेको र नयाँ अध्यक्षलाई आफ्नो निरन्तर सहयोग हुने प्रतिवद्धतासमेत जनाउनु भयो ।
मञ्चका नयाँ अध्यक्ष इन्द्रहाङ खम्बूले संविधान बन्न ४० दिन मात्र बाँकिरहेको जटिल समयमा आफूले मञ्चको अध्यक्ष बन्ने मौका पाएको र मञ्चका सबै नेताहरूको सहयोगमा यो चुनौतीलाई पार गरेरै छोड्ने तथा जस्तोसुकै परिस्थितिमा पनि मञ्च र संघीय आन्दोलनलाई कहिल्यै धोका नदिने प्रतिवद्धता जनाउनु भयो ।
नवनिर्वाचित अध्यक्षलाई मञ्चका अध्यक्ष मण्डल सदस्य तथा तामाङसालीका अध्यक्ष डीके बुद्धिष्ट तामाङ र अध्यक्ष मण्डल सदस्य विष्णु तुम्बाहाङफेले पनि शुभकामना दिएका दिए । मञ्चका महासचिव खगेन्द्र माखिमद्वारा सञ्चालन गरिएको उक्त पद हस्तान्तरण र बधाई तथा शुभकामना समारोहमा लिम्बुवान, खम्बुवान, तामाङसालीङका नेता/कार्यकर्ताहरूबाट नयाँ अध्यक्षलाई पुष्प गुच्छाले शुभकामना दिँदै चियापान समेत गरिएको थियो ।
अब संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको संघीय कार्यसमितिको अध्यक्षमा इन्द्रहाङ खम्बू तथा अध्यक्ष मण्डल सदस्यहरू कुमार लिङदेन "मिराक", डी.के. बुद्धिष्ट तामाङ र विष्णु (तुम्बाहाम्फे) राई रहेका छन् भने महासचिवमा खगेन्द्र माखिम, अर्थ सचिव सिङमान तामाङ, संगठन सचिव सूर्य माखिम, सूचना तथा विदेश सचिव डी.बी. लिम्बू, ...सचिव किरणकुमार (खम्बू) राई, जनसंगठन सचिव ज्ञानबहादुर गुरुङ, कानुन तथा न्याय सचिव अमृता थेबे, व्यापार/बाणिज्य सचिव विश्वराज (खम्बू) राई, साँस्कृतिक सचिव बुद्धश्री लामा र जनसर्म्पर्क सचिवमा मेमबहादुर वाईवा रहेका छन् । त्यसैगरी, मञ्चका संघीय सदस्यहरूमा विवश हेल्लोक, देवेन्द्र चाम्लिङ, खेमकर्मा लामा, ज्ञानबहादुर. लिम्बू, सुरेन्द्र निङलेकू, सञ्जयकुमार स्याङबो, मनजित (खम्बू) राई, देउकुमार निङलेकू, रामप्रसाद धिमाल "बाङगई" पूर्णदेवी (खम्बू) र्राई, र यशोदा (खम्बू) राई रहेका छन् ।

रातो पासपोर्ट दुरुपयोग गरेको अभियोगमा दुई सभासद पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख ६ - रातो पासपोर्ट (कुटनीतिक) दुरुपयोग काण्डमा मुछिएका सभासदद्वय मधेसी जनअधिकार फोरमका बीपी (बिश्वनाथप्रसाद) यादव र नेपाली जनता दलकी गायत्री शाहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सभामुख सुभाष चन्द्र नेम्वाङलाई जानकारी दिएर पक्राउ गरेको हो । मंगलबार ब्यस्थापिका संसदको बैठक स्थगित भएपछि संसदभवनबाट बाहिरींदै गर्दा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । यसअघि उनीहरुले संसद सुविधामा प्राप्त गरेको रातो पासपोर्ट दुरुपयोग गरेको आशंका भएपछि सभामुखले प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोलाई अनुसन्धानको लागि पठाएका थिए । अहिले दुई सभासदलाई काठमाडौँ प्रहरी परिसरमा राखिएको बताइएको छ । यादवले आफ्नो नाममा रहेको ०१९८९३ र साहको ०१९८२६ नम्बवरको रातो पासपोर्ट बोकेर अस्ट्रेलिया जानका लागि अबुधावी पुगेका दुई जना ब्यक्तीलाई त्यहाँको अध्यायगमनले फिर्ता गरेपछि अनुसन्धान सुरु भएको हो । सुरुमा परराष्ट्र मन्त्रालयले गरेको प्रारम्भिक छानविन पछि संसदलाई जानकारी गराएको थियो । संसदले यसलाई कानुन त फौजदारी कसुर ठहरिने भन्दै प्रहरीलाई छानविन गर्न पठाएको हो । प्रहरीले ति दुई जना सभासद्ले पासपोर्ट दुरुपयोग गरेको यथेष्ट प्रमाण जुटेका कारण पक्राउ गरिएको जनाएको छ ।

तीन शिर्ष दलका नेताहरुको आज वसेको बैठक विना निष्कर्ष

संविधान सभामा प्रतिनिधित्व गर्ने प्रमुख तीन शिर्ष दलका नेताहरुको आज वसेको बैठक विना निष्कर्ष सकिएको छ । संविधान लेखन प्रक्रियामा देखिएको विवादबारे सहमति खोज्न र संवैधानीक समितिको बैठकमा असन्तुष्टि पोखेका साना दलको माग सम्वोधन गर्न वैधानीक बाटो पहिल्याउन बसेको तीन दलको बैठकले साना दलका नेतासँग बेग्ला बेग्लै छलफल गर्ने निर्णय गरेको छ ।
अरु विषयमा तीन दलबीच आज पनि कुनै सहमति बन्न सकेन । यसअघी बसेको २८ दलको बैठकले साना दलको मागलाई वैधानीक बाटोबाट संवैधानीक समितिसम्म ल्याउने जिम्मा संवैधानीक समितिका सभापति निलाम्वर आचार्य र प्रमुख तीन दलका नेताहरुलाई दिएको थियो । त्यसै अनुसार आज तीन दलको बैठक बसेको थियो । संविधान लेखनका सन्दर्भमा अहिले प्रमुख दलबीच ३० वटा महत्वपुर्ण वुँदामा मतभेद रहेको छ । दलहरुबीच सहमति भइसकेका केहि बुंदामा पनि साना दलले असहमति जनाइरहेका छन् ।

ठमेलमा यौनजन्य गतिविधि रोक्न सादा पोशाकमा प्रहरी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ठमेल क्षेत्रमा खुलेआम यौनजन्य गतिविधि गर्नेलाई प्रहरीले पक्राउ गर्ने भएको छ । त्यसका लागि खटिएका सादा पोसाकका सुरक्षाकर्मीले दोषीलाई हदैसम्मको कारबाही गर्नेछन् । रंगेहात पक्राउ परे प्रमुख जिल्ला अधिकारीसमक्ष उपस्थित गराई कम्तीमा एक महिना थुनामा राखेर मुद्दा चलाउनेबारे ठमेलका सरोकारवाला सहमत भएका छन् । त्यसको अनुगमनका लागि सुरक्षाकर्मी परिचालन गर्नेबारे सहमति भएको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठले बताए । परिषद्, प्रहरी निकायहरू, उक्त क्षेत्रका चार वडा कार्यालय, मसाज र डान्स बारका प्रतिनिधिबीच आइतबार र सोमबार भएको बैठकले यस्तो सहमति गरेको हो । लैनचौर र दरबारमार्ग प्रहरी प्रभागले आइतबारदेखि ठमेलको अति संवेदनशील मानिएको सञ्चयकोष भवन, ज्याठा मार्ग र पकनाजोल क्षेत्रमा सडकका दुवै छेउमा सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गरेको छ । ठमेलको सामुदायिक र पर्यटक प्रहरीले हरेक दिन माइकिङ गर्दै मसाज, होटेल व्यवसायी र बार र घरबेटीहरूलाई त्यस्तो गतिविधि हुन नदिन चेतावनी दिन थालेको छ ।
श्रेष्ठका अनुसार मसाजको नाममा यौनजन्य गतिविधि चलाउने घरबेटी र डान्स बार कारबाहीमा पर्नेछन् । केही बारहरूले निजी सुरक्षा गार्डको नाउँमा १०/१२ जना दलालहरू राखेर यौनकर्मी मिलाउने कार्य गर्दै आएको प्रहरीको दाबी छ । परिषद् र प्रहरीले ठमेलभरि साताभित्र स्पष्ट आचारसहिंता उल्लेख गरिएका साइनबोर्डहरूसमेत राख्ने भएको छ । बढी भाडाको लोभमा यौनजन्य गतिविधिका लागि घर दिने घरधनीलाई सार्वजनिक अपराध ऐन र जीउ मास्ने बेच्ने मुद्दामा कारबाही चलाउने लिखित सूचना राखिनेछ । आचारसहिंताका प्रतिलिपि सरोकारवाला सबै व्यवसायीहरूलाई बुधबारसम्म पठाइसकिने परिषद्ले जनाएको छ । लैनचौर प्रहरी प्रभागका निरीक्षक शिवबहादुर सिंहले अहिले स्थिति नियन्त्रणमा रहेको बताए ।'प्रत्येक बारमा पोसाक र परिचयपत्रसहितको एक सुरक्षा गार्ड मात्र राख्न दिइने उनले बताए । ठमेल प्रहरीले दुई महिनामा मसाज र बारमा कार्यरत १ सय ६६ जनालाई कारबाही गरे पनि अहिलेसम्म घरबेटीले उन्मुक्ति पाउँदै आएका छन् । स्थानीय वडा कार्यालयहरूको सहयोगमा झण्डै १ सय ७० घरबेटीको सूची तयार गरिएको निरीक्षक सिंहले जानकारी दिए । ठेगाना र टेलिफोनसहितको सूची तयार गरिएको छ ।
दरबारमार्ग प्रहरी प्रभागले स्थानीयको दैनिकी र आवागमनमा अवरोध पुग्ने गरी बसोबास क्षेत्रमा हुने यौनजन्य गतिविधिलाई रोक्न सादा पोसाकमा कान्तिपथदेखि ज्याठासम्मको क्षेत्रमा सुरक्षाकर्मीहरू परिचालन गरेको छ । यसैका लागि साँझदेखि अबेर रातिसम्म सादा पोसाकमा दस जना सुरक्षाकर्मी परिचालन गरिएको प्रभाग प्रमुख निरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । दोस्रो चरणको कारबाहीमा प्रशासनसहित मिलेर आचारसंहिता बनाइने र ५ सयदेखि १० हजार रुपैयाँसम्म जरिवाना गर्ने तयारी भएको श्रेष्ठले बताए । यसअघि २०६५ सालमा बनाएकेा आचारसंहिता कार्यान्वयन हुन सकेको थिएन ।

राज्यमन्त्री लामाबारे जानकारी पठाउन प्रधानमन्त्रीलाई पत्राचार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख ६ - एमाले अनुशासन आयोगले अर्थराज्यमन्त्री डा ल्हारक्याल लामाको सम्बन्धिमा संचार माध्यममा आएका समाचारहरुको वास्तविकताबारे जानकारी पठान प्रधानमन्त्री झलनाथ खनाललाई पत्राचार गरेको छ । लामाले दोहोरा नागरिकता र पासपोर्ट प्रयोग गरिरहेको छ, तिब्बती आन्दोलनलाई सहयोग पुर्‍याएको लगायत विवादस्पद समाचारहरु संचार माध्यममा आइरहेका छन् । आयोगका अध्यक्ष अमृतकुमार बोहोराले मंगलबार पत्र पठाएका हुन् । यस बिषयमा आयोगले आफ्नो गम्भिर ध्यानाकर्षण भएको उल्लेख गर्दै यदी त्यी बिषयहरु वास्तविकत भए कानूनविपरित हुने स्पष्ट गरेको छ ।
'सभासद् जस्तो मर्यादित पदमा आसिन व्यक्ति बारे प्रकाशित समाचारहरुको वास्तविकता के हो, यसको तथ्यगत छानविन गर्ने र यदि उहाँबाट त्यस्तो सामाजिक आचरण र कानून विपरित कार्य भएको हो भने यो गम्भीर कारवाहीको विषय हुनेछ' आयोगले भनेको छ । आयोगले राजनैतिक वा पार्टीको जुनसुकै जिम्मेवारी सम्हालेका हरेक व्यक्ति अनुशासित र नैतिकवान हुनु पर्ने बताएको छ । 'सामाजिक आचरण, नैतिकता र अनुशासन जस्तो विषयको उल्लंघन गर्ने व्यक्ति जोसुकै भए पनि पार्टी विधान अनुसार कारवाही गरिएको र अब पनि गर्न आयोग दृढ रहनेछ' आयोगले भनेको छ ।

ब्यवस्थापिका संसदको आजको बैठक अवरुद्ध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आदीवासी जनजाती मुस्लिमदलित र पिछडावर्गको अधिकार नयाँ बन्ने संविधानमा सुनिश्चित गर्नु पर्नेमाग राख्दै केही साना दल र स्वतन्त्र सभासदहरुले ब्यवस्थापिका संसदको आजको बैठक अवरुद्ध गरेका छन् । दलित जनजाती पार्टीका सभासद विश्वेन्द्र पासवन स्वतन्त्र सभासद सदरुल हक मियाँ रुक्मिणी चौधरी र नेपाः राष्ट्रिय पार्टीका सभासद बुद्धरत्न मानन्धरले आफ्ना माग संबोधन गर्नु पर्ने भन्दै नारावाजीसहित संसद अवरुद्ध गरेका हुन । ती सभासदहरुले लामो समयदेखि संबैधानिक समितिको बैठक पनि सोही कारण स्थगित गर्दै आएका छन् ।

Apr 18, 2011

धनकुटा एसोसियसन हंगकंगको नया वर्ष कार्यक्रम सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,हंगकंग
हंगकंग-स्थाई वा पुर्खौलीगर धनकुटा भइ हाल हंगकंगमा बसोवास गरि रहेका धनकुटेलीहरु एकमालामा गासिएकाछन।यस जिल्लाबासीहरुको हंगकंगमा बिभिन्न संघ सस्थाहरुमा उल्लेखनिय उपस्थित रहे पनि आफ्नो जिल्लास्तरिय सस्था भने सार्वजिनक भएको थिएन।हालको हंगकंग नेपाली महासंघका अध्यक्ष तथा निवर्तमान धरान हंगकंग मञ्चका अध्यक्ष प्रदिप थापामगर,निर्वतमान बृटिस गोर्खा भुपु सैनिक संघका अध्यक्ष हेम बहादुर तामाङ,निवर्तमान किरात याक्थुम चुम्लुङका अध्यक्ष नीर प्रशाद जगेबु लिम्बु,हंगकंगका बरिष्ठ सायित्यकार तथा साहित्य प्रतिष्ठानका अध्यक्ष टंक सम्वाहाम्फे,हंगकंगका समाजसेविहरु चिरपरिचित टंक राना,चन्द्र बहादुर लिम्बु जस्ता ब्याक्तित्वहरु हुदाहुदै पनि जिल्ला स्तरिय सस्था नहुनु दुखको कुराहो भन्ने समिक्षात्मक टिप्पनिका साथ “एसोसियसन अफ धनकुटा” को प्रथम भेटघाट तथा नया बर्ष २०६८ सालको शुभकामना आदानप्रदान कार्यक्रम ईन्यिया क्लबमा सम्पन्न भयो।यस सस्थाको अध्यक्ष टंक रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गोर्खा भुपु सैनिक संघका निवर्तमान अध्यक्ष तथा धनकुटा नगरपालिकाका पुर्व उपमेहर हेम बहादुर तामाङ रहेका थिए भने अन्य अतिथिहरुमा हंगकंग नेपाली महासंघका अध्यक्ष प्रदिप थापामगर,जनजाति महासंघका उपाध्यक्ष रिता गुरुङ,हंगकंग नेपाली महासंघका निर्वतमान अध्यक्ष हेम लिम्बु,चौबिसे समाजका उपाध्यक्ष बालकृष्ण देवान,याक्थुम चुम्लुङका नीर प्रसाध जगेबु लिम्बु,सस्थाका सल्हाकार टंक सम्बाहाम्फे आदि रहेका थिए।सम्पुर्ण अतिथिहरुले शुभ कामना बक्तब्य दियको यस कार्यक्रममा अतिथि लगायत उपस्थित जनसमुदायलाई स्वागत मन्तब्य सस्थाको उपाध्यक्ष चन्द्र बहादुर लिम्बुले दिएका थिए भने सस्थाको सचिव पियुष श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए।कार्यक्रम रातको १ बजे सम्म नाचगान सहित चलेको थियो।

जिरे खुर्सानीका साथमा इजरायलका नेपालीले नयाँ बर्ष मनाए

लिम्वूवान डट व्लगस्पोट डटकम,इजरायल
नेपाली नयाँ बर्ष २०६८को उपलक्ष्यमा इजरायलको तेल अभिभमा नेपाल टेलिभिजनका चर्चीत हास्य टेलिशृंखला जिरे खुर्सानीका कलाकार शिवहरी पौडेल र किरण कुमार के सी तथा नवोदित गायक अन्जान डल्लाकोटीका साथमा एक भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरियो । मेरोसंदेश डट कमद्वारा आयोजित हास्य व्यंग्य, गीत सङ्गीत नृत्य लगायत विविध मनोरन्जनात्मक सांस्कृतिक प्रस्तुति रहेको सो कार्यक्रममा स्थानीय कलाकारहरुको पनि उत्तिकै सहभागिता रहेको थियो । नया बर्षको शुभकामना आदान प्रदान संगै अत्यन्त हर्षोल्लास पूर्ण वातावरणमा सम्पन्न सो कार्यक्रममा नेपाली दुतावास इजरायलका महामहिम राजदुतज्यु, इजरायलस्थित नेपाली तथा विदेशी संघ संस्थाका प्रतिनिधि तथा विभिन्न क्षेत्रका समाजसेवीहरुको उपस्थिति रहेको थियो, यद्यपि कार्यक्रम भने नितान्त अनौपचारिक ढंगबाट संचालन गरियो ।
शिवहरी पौडेल र किरण केसीको जीवन्त र समसामयिक हास्यव्यंग्य प्रस्तुतिले दर्शकलाई पेट मिची मिची हसाएको थियो भने कलाकार किरण केसीले भने आफ्नो सुमधुर स्वरमा गीत पनि उत्तिकै बेजोड गएर दर्शकहरुलाई नचाए । भर्खर नेपाली सांगीतिक क्षेत्रमा आफ्नो पहिलो कोशेली " नजलाउ " लिएर नेपाल देखि आएका नवोदित गायक अन्जान डल्लाकोटी तथा हेम उप्रेती, कविता क्षेत्री, स्यानु खड्गी र ओम प्रसाई लगायतका स्थानीय कलाकारहरुको प्रस्तुति पनि कार्यक्रमको आकर्षक पक्ष रह्यो । कार्यक्रमको दोश्रो चरणमा इजरायलको कृषि क्षेत्रमा कार्य गरि स्वदेश फिर्दै गरेका सहृदयी मित्र नर्बु शेर्पाको बिदाई पनि गरिएको थियो । यसपटकको जिरे खुर्सानी साँझमा सामुदायिक सेवाका नाउमा खुलेका अनेकौं संघ संस्थाका प्रतिनिधिहरुलाई मन्चमा आमन्त्रित नगरी, त्यस्ता व्यक्तिहरु जसले निस्वार्थ भावले बिभिन्न क्षेत्रबाट सामाजिक कार्य गर्दै आए, र जसले विशेष गरी कार्यक्रम सफल बनाउन उल्लेख्य योगदान दिए, साथ् र सहयोग गरे, उनीहरुलाई प्रशंसापत्र वितरण गरियो । नाउमात्रको संस्था खोलेर मन्चमा आसिन हुने प्रवृत्तिको बिरोध स्वरूप यसो गरिएको कुरा मेरोसंदेशका संचालक कृष्णपक्षले बताए । राति नौ बजे देखि बाह्र बजे सम्म संचालित सो कार्यक्रम रुपा घिमिरे र कृष्ण अधिकारीले संचालन गर्नु भएको थियो ।

प्रहरीबीच झडप हुँदा ८ जना प्रहरी र दुई दर्जन प्रदर्शनकारी घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इनरुवा, वैशाख ५ - सुनसरीको इनरुवामा वन उपभोक्ता महासंघका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा ८ जना प्रहरी र दुई दर्जन प्रदर्शनकारी घाइते भएका छन् । सरकारले वन पैदावर कटान वन्दको फुकुवा गर्नुपर्ने माग राख्दै महासंघका कार्याकताले जिल्ला वन कार्यालय सुनसरीमा सोमबार कालो झण्डा गाढन लाग्दा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो । जिल्ला वन कार्यालयमा झण्डा गाढ्न नदिएपछि प्रदर्शनकारीले प्रहरीमाथि डुंगामुढा गर्न थालेका थिए । प्रर्दनका क्रममा प्रहरीले दुई सेल अश्रु ग्यास हानेको थियो । २५ वटा वसमा आएका प्रदर्शनकारी र प्रहरीबीच करिब १ घण्टासम्म दोहोरो ढुंगा हानाहान भएको थियो । प्रदर्शनले सुनसरी र इनरुवाका यातायत केहीबेर ठप्प बन्यो । प्रर्दनकारीलाई सदरमुकामबाट हटाउन तीन सय शसस्त्र जनपथ प्रहरी खटाइएको थियो ।

रेणु र उपेन्द्रलाई वीरगंज प्रवेश निषेध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव सभासद् आत्मराम प्रसाद साह र कोषाध्यक्ष रेणु यादवलाई वीरगन्जबाट फोरमका कार्यकर्ताहरुले ढुंगामुढा गर्दै लखेटिएका छन् । जिल्ला कार्य समिति पसा्रमा देखिएका विवाद समाधान गर्न कोषाध्यक्ष रेणु यादवको संयोजकत्वमा महासचिव रामसहाय प्रसाद यादव र सभासद् आत्मराम प्रसाद साह सहितको समिति बनाईएको थियो । उनीहरु प्रहरीको स्कटीङ्गबाट एयरपोर्टसम्म पुगी काठमाडौं उडेका छन् । मधेशी जनअधिकार फोरम नेपालकै कार्यकर्ताहरुले आफ्ना विधान जलाएका छन् । आज साँझ अध्यक्ष यादव महासचिव कोषाध्यक्षहरुको पुत्ला दहन गर्दैछन् । स्थानीय नेता तथा कार्यकताहरुले उनीहरुको पुत्ला दहन गर्न लागेका हुन् । जातिवादका कारण केन्द्रीय पदाधिकारीले जननिर्वाचित वीरगन्जका अध्यक्ष शशीकपुर मियुलाई हटाएर उपाध्यक्ष प्रदीप यादवलाई अध्यक्ष बनाउन लागेको विरोधमा स्थानीय कार्यकर्ताहरुले उनीहरुलाई वीरगन्जबाट लखेटेका हुन् ।

एमाले नेताहरुलाई जथाभावी नबोल्न निर्देशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा एमालेको सल्लाहकार परिषदले पार्टीभित्रका कुराहरु बाहिर जथाभावी रुपमा बोल्दै नहिड्न नेताहरुलाई निर्देशन दिएको छ । पार्टी कार्यालय बल्खुमा सोमबार अपरान्ह प्रधानमन्त्रीको आव्हानमा बसेको परिषद बैठकले पार्टीभित्र देखिएका असहमतिलाई सार्वजनिकरुपमै आरोप-प्रत्यारोप नगर्नसमेत नेताहरुलाई निर्देशन दिएको हो । पार्टीका वरिष्ठ नेताहरु खुलेआमरुपमै आफूविरुद्ध उत्रेपछि एमाले एमालेभित्र विवाद बढेको थियो। स्मरण रहोस् मन्त्रीपरिषद् विस्तारमा समेत आफुहरुसँग सल्लाह नगरेको भन्दै प्रधानमन्त्री झलनाथ खनाललाई अध्यक्ष पदबाट हटाउने स्थायी समिति सदस्य के पि शर्मा ओलीले खुलेआम चेतावनि दिएका थिए।

माओवादी अध्यक्ष फेरि एकान्त खोज्दै रिसोर्ट पुगे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख ५ - दुई दिनपछि बस्ने पोलिटब्युरो बैठकका एजेण्डा तयार गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल फेरि एकान्त खोज्दै रिसोर्ट पुगेका छन् । एकान्त खोज्दै दाहाल आइतबार साँझ काठमाडौं-धादिङ सिमानाको चिसापानीस्थित पातलेबन रिसोर्ट पुगेका छन् । यसअघि आफ्ना सहयोगी नेताहरुसहित रिसोर्ट जाने दाहाल यसपटक भने केही सुरक्षाकर्मी र सहयोगीलाईमात्र लिएर पातलेबन पुगेका हुन् । दाहालको इच्छाविपरीत गृह मन्त्रालय देव गुरुङलाई दिन उपाध्यक्ष मोहन वैद्यले दबाब दिएपछि माओवादीले मन्त्री छान्न सकेको छैन । सिन्धुपाल्चोकको सुकुटेस्थित एक रिसोर्टमा बसेको स्थायी समिति बैठकले मन्त्री छान्न अध्यक्षलाई नै जिम्मा दिए पनि आन्तरिक विवादले त्यत्तिकै थन्किएको छ । स्थायी समिति र पदाधिकारी बैठकसमेत निर्णयमा पुग्न नसकेपछि पुनः मन्त्री छान्ने जिम्मा पोलिटब्युरो बैठकलाई दिइएको छ । दुई दिनअघि बसेको पदाधिकारी बैठकले मन्त्री छान्नेलगायतका विषयमा निर्णय गर्न बैशाख ७ र ८ गते पोलिटब्युरो बैठक बोलाएको छ ।

Apr 17, 2011

साहित्य समाज ब्रुनाईको शुभ कामना कार्यक्रम सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ब्रुनाई १६ अप्रिल २०११, विश्व नेपाली साहित्य महासङ्घ संग सम्बद्ध प्रवासी नेपाली साहित्य समाज बेलायत ब्रुनाईले शुभकामना कार्यक्रम भब्यताका साथ सम्पन्न गर्यो । नयाँ बर्ष २०६८ लाई स्वागत गर्न ब्रुनाईको सेरिया स्थित साहित्य समाजले आयोजना गरेको साहित्यिक कार्यक्रममा ब्रुनाईका राजधानी जिआरयु सेरिया लगायतका स्रष्टाहरुको सहभागिता थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि राजेश थापाबाट दियो प्रज्वलन गरेर शुरुवात भएको थियो । नेपाली राष्ट्रिय गानामा सबैले उठेर सम्मान ब्यक्त गरे लगतै उपस्थित सबैलाई समाजको तर्फबाट उपाध्यक्ष विश्वास दीप तिगेलाले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रमलाई प्रमुख अतिथि अतिथी उषा लिम्बु, गोपिलाल लिम्बु, इन्द्र गुरुङ, सन्त आङदेम्बे, बलबहादुर लिम्बु लगायतले सम्बोधन गर्नु भएको थियो । महेश वनेम, हिमकला राई, जनमाया तेम्बे, इन्द्र गुरुङ, कल्पना, मेधावी, मलियाना, श्रृति लिसा लगायत डेढ दर्जज स्रष्टाहरुले आ-आफ्नो सिर्जना बाचन गरेका थिए । कार्यक्रममा गायक किसन राई र सुनिता लिम्बुले मिठो स्वरमा आ-आफ्नो गीत प्रस्तुत गर्नुभएको थियो ।
स्मरण रहोस, साहित्य समाज वेलायती सेनामा कार्यरत लाहुरे दाजुभाई दिदीबहिनीको प्रतिनिधिमुलक संस्था हो । यस समाजले गतबर्ष विश्व ब्यापी खुल्ला अडियो गजल प्रतियोगिको आयोजना गरेको थियो भने उक्त प्रतियोगितामा विश्वभरबाट १७७ वटा गजलहरुको सहभागिता थियो र यसबर्ष पनि सहआयोजकको रुपबाट विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता संचालन गरिरहेको छ । प्रतियोगितामा सहभागिताको लागि आफ्नो मौलिक कविता आफ्नै आवाजमा रेकर्ड गरेर समाजको इमेल pravasisamaj@googlemail.com मा पठाउनु पर्नेछ । समाजले प्रत्येक बर्ष प्रभात पुरस्कार तथा सम्मान लगायत विभिन्न सामाजिक कल्याणका कामहरु गर्दै आएको छ । संस्थाको बारेमा विस्तृत जानकारी दिदै नयाँ बर्षको शुभ कामना ब्यक्त गर्दै समाजका अध्यक्ष सुरेन्द्र इङनामले सभाको विर्षजन गर्नुभएको थियो । कार्यक्रमलाई समाजका सहसचिव नयन लिम्बुले संचालन गर्नुभएको थियो ।

भारतीय विदेशमन्त्री नेपाल भ्रमणमा आउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भारतीय विदेशमन्त्री एमएस कृष्णा नेपाल भ्रमणमा आउन लागेका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार आगामी केही दिन भित्रै हुने कृष्णाको भ्रमणका क्रममा दुई देशवीच पछिल्लो समयमा उत्पन्न खटपट अन्त्य गरी सम्वन्ध सुधारको प्रयास हुने छ । भारतभित्रै नेपाल समबन्धका बारेमा नयाँ ढंगले सोच्नु पर्ने आवाज उठिरहेका बेला हुन लागेको कृष्णाको यो भ्रमण नेपाल-भारत सम्बन्ध सुधारका लागि महत्वपूर्ण हुने ठानिएको छ । झलनाथ खनाल नेतृत्वमा सरकार गठन भएपछि भारतीय अधिकारीको यो नै पहिलो उच्चस्तरीय भ्रमण हो । यसअघि कृष्णा तत्कालीन परराष्ट्रमन्त्री सुजाता कोईरालाको निमन्त्रणामा गत वर्ष नेपालको औपचारिक भ्रमणमा आउनु भएको थियो ।

सहमति र छलफल बिना गृह मन्त्रालय माओवादीलाई नदिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री झलनाथ खनालले सहमति र छलफल बिना गृह मन्त्रालय माओवादीलाई नदिने बताएका छन् । उद्योग वाणिज्य संघको आयोजनामा आइतबारदेखि सुरु हुन लागेको गुल्मी महोत्सवको उदघाटनका लागि तम्घास आएका प्रधानमन्त्री खनालले पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सबैसंग छलफल र सहमति पछि मात्र गृह मन्त्रालयका बिषयमा अगाडि बढने बताए । एमालेकै बरिष्ट नेता केपी ओलीले शनिबार काठमाडौंमा दिएको कारवाही र प्रधानमन्त्रीबाट फिर्ता ल्याउने भन्ने अभिव्यक्ति प्रति भने खनालले जनआन्दोलन २०६२ र २०६३ ले दिएको अभिव्यक्ति स्वतन्त्रता भएको बताए ।
गृह मन्न्त्री नभएकै कारण मन्त्री माथि समेत आक्रमण भएको भन्ने पत्रकारहरुको जिज्ञासामा बढदो अराजताका कारण शान्ति सुरक्षामा प्रश्न उठेको र सरकार नियन्त्रणका लागि लागेको दावी गरे ।

सर्वोच्चले कार्वाही गर्न निर्देशन दिएपनि कार्वाही प्रक्रियामा अन्योल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भ्रष्टाचारको अनुसन्धान र कार्वाही गर्ने सवैभन्दा बलियो निकाय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उच्च पदाधिकारीले नै भ्रष्टचारमा सम्लग्न रहेको तथ्य सार्वजनिक भइसकेको छ भन्दै सर्वोच्च अदालतले कार्वाही गर्न निर्देशन दिएपनि कार्वाही प्रक्रियामा अन्योल देखिएको छ। व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिले युएन पार्कको जग्गा व्यक्तिका नाममा दर्ता गर्न अख्तियारले दिएको निर्देशन सम्वन्धमा अख्तियारसँग छलफल गर्ने भएको छ। सिंहदरवारमा आज बसेको समितिको बैठकमा सोवारे अख्तियारले गरेको निर्णयको फाइल अध्ययनपछि अख्तियारका पधाधिकारीसँग थप छलफल गर्ने निर्णय गरेको हो। यसअघि समितिले अख्तियारका तत्कालिन कार्यवाहक प्रमुख आयुक्त ललितबहादुर लिम्बु तथा आयुक्त वेदप्रसाद शिवाकोटीले दिएको निर्देशनको सक्कली फाइल अध्ययन गरेको थियो।
आयोगका पूर्व कार्यवाहक प्रमुख आयुक्त लिम्बू र आयुक्त सिवाकोटीले पद तथा अख्तियारको दुरुपयोग गरेको भन्दै सर्वोच्च अदालतले कारवाहीका गर्न निर्देशन दिएको थियो। लिम्बू र शिवाकोटीले आयोगबाट अवकास पाउन तीन दिन बाँकि रहँदा काठमाडौको बुद्धनगरस्थित युएन पार्कको नाममा रहेको करोडौ मुल्य बराबरको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्न भूमिसुधार मन्त्रालयलाई निर्देशन दिएका थिए। तर सर्बोच्च अदालतले भने २ रोपनी ३ आनाको सो जग्ग सरकारी भएको २०५९ सालमा नै फैसला गरिसकेको थियो। अख्तियारको सो निर्णय प्रकृया विरुद्ध सर्बोच्च अदालतमा रिट दर्ता भएपछि प्रधानन्यधीश रामप्रसाद श्रेष्ठले आयुक्तद्धयलाई कारबाहीका लागि आवश्यक प्रकृया अगाडी बढाउन राज्य व्यवस्था समिति, संसद सचिवालय र अख्तियारलाई पाँच दिनअघि आदेश दिएका थिए।

पेट्रोल पम्पले तेल लुकाएको निगमको दाबी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख ४ - नेपाल आयल निगमले बजारमा देखिएको पेट्रोलियम पदार्थको अभाव कृतिम प्रकृतिको भएको भन्दै निगमले अहिले माग अनुसारकै आपूर्ति गरिरहेको दाबी गरेको छ । 'काठमाडौंमा माग अनुसारकै पेट्रोलियम पदार्थ आपूर्ति भइरहेको छ,' आइतबार रिपोर्टर्स क्लवको साक्षात्कारमा निगमका कार्यकारी अध्यक्ष दिगम्बर झाले भने, 'भारतबाट आपूर्तिमा कटौति गरेको समाचारले पेट्रोल पम्पहरुले लुकाएको र उपभोक्ताहरुले पनि आवश्यकता भन्दा बढी सञ्चय गरेकोले बजारमा अभाव भएको हुनुपर्छ ।'निगमले राजधानीमा प्रतिदिन २ सय ४० किलो लिटर डिजल र पेट्रोल आवश्यक भएकोमा चैत २८ गते ४ सय ३६ किलो लिटर, चैत ३० गते ३ सय ४३ र बैशाख २ गते ३ सय ३७ किलो लिटर उपलब्ध गराएको उनले दाबी गरे । झाले परल मुल्य (वितरण हुने स्थानसम्म ल्याई पुर्‍याउँदा पर्ने मुल्य) अनुसार पेट्रोलियम पदार्थको मुल्य कायम नभए नियमित आपूर्ति गर्न नसक्ने चेतावनी दिए । परल मुल्यभन्दा कम मुल्यमा विक्री गर्नु पर्दा दिन प्रतिदिन घाटा चुलिँदै गएको कारण माग अनुसारको आपूर्ति गर्न नसकिएको उनको भनाइ छ ।
अहिलेको मुल्यमा निगमलाई मासिक २ अर्ब रुपैयाँ घाटा हुने अवस्था रहेको भन्दै यस्तो परिस्थितिमा निगमले लामो समयसम्म पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज पार्न नसक्ने स्पष्ट पारे । परल मुल्य अनुसारको विक्री मुल्य कायम गर्नुको विकल्प नभएको र अहिलेको अवस्थामा निगम चल्नै नसक्ने ठोकुवा गरे ।
निगमलाई अहिले पेट्रोलमा ६ रुपैयाँ ३० पैसा, डिजेलमा २३ रुपैयाँ २६ पैसा, मट्टितेलमा ११ रुपैयाँ २५ पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर २ सय ८८ रुपैयाँ घाटा रहेको निगम अध्यक्ष झाको दाबी छ । हवाई ईन्धनमा भने निगमलाई अहिले प्रतिलिटर १० रुपैयाँ मुनाफा छ । पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मुल्य ५० प्रतिशत भन्दा बढी बढेको अवस्थामा निगमले एलपी ग्यासमा ६, पेट्रोलमा १४ र मट्टतिेलमा साढे चार प्रतिसतले मात्र मुल्य बृद्धि गरेकोले पनि अन्तर्राष्ट्रिय मुल्य अनुसार समायोजन हुन नसक्दा निगम दिनप्रतिदिन टाट पल्टिने अवस्थामा पुग्न थालेको झाले दाबी गरे ।

देशभरका सिटीइभिटी अन्तर्गतका शिक्षण संस्था बन्द आह्वान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत माओवादी निकट अखिल क्रान्तिकारीले आज देशभरका सिटीइभिटी अन्तर्गतका शिक्षण संस्था बन्द आह्वान गरेको छ । सिटिइभिटी पश्चिम जिल्ला सदस्य प्रेम वलीको हत्याको विरोधमा क्रान्तिकारीले बन्द आह्वान गरेको हो । घटनामा संलग्नलाई कार्वाही गर्न पीडित परिवारलाई क्षतिपूर्ति दिन र शान्ति सुरक्षाको प्रत्याभुति प्रदान गर्न क्रान्तिकारीले क्याम्पस प्रशासन र सरकारसँग माग गरेको छ । सिटिइभिटीको आंङ्गिक क्याम्पस भेरी प्राविधिक शिक्षालय बाँके नेपालगाजमा डिप्लोमा ईन सिभिल ईञ्जनियरिङ पहिलो वर्षमा अध्ययन गरिरहेका ओलीको कलेज हाताभित्रै अज्ञात समूहले शुक्रबार साँझ आक्रमण गरी हत्या गरेको थियो ।

Apr 16, 2011

ईन्द्रबहादुर रार्इ २० तारीख बुधबार हङकङ आउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/देश सुब्बा
नेपाली महासंघ हङकङको आयोजना र नेपाली साहित्य प्रतिष्ठान हङकङको संयोजनमा सम्पन्न हुन गइरहेको 'हङकङमा नेपाली साहित्य र विचार गोष्ठी'को तयारी पूरा भएको छ । कार्यक्रम तालिका अनुसार अप्रिल २२ तारिख साँझ ६ बजेबाट याउ मा तेइको कम्युनिटी हलमा शुरु हुने कार्यक्रममा प्रतियोगितात्मक कविता गोष्ठी, हङकङबाट उत्पादित विचार गोष्ठी र प्रमुख अतिथि र्इन्द्रबहादुर रार्इबाट तेस्रो आयाम, लीला लेखन र विश्व साहित्य, दर्शनमा बोल्ने कार्यक्रम छ । यस कार्यक्रमको प्रत्यक्ष प्रसारण मिडिया पार्टनर http://www.mulbato.com/ ले गर्ने भएको छ । कार्यक्रमलाई संरक्षण गर्न हेम लिम्बूको संयोजनमा हेजेन रार्इ, धन थापा, जे. एन. ज्ञवाली, किसन रार्इ सदस्य रहेको एउटा संरक्षण परिषदको पनि गठन भएको छ । कार्यक्रममा भाग लिन श्री र्इन्द्रबहादुर रार्इ र श्रीमती मायादेवी रार्इ यही अप्रिल २० तारीख बिहान हङकङ आइपुग्ने भएका छन् । रार्इ दम्पतिको यो दोस्रो विदेश यात्रा हो । यसभन्दा अघि उनीहरूले बेलायतको यात्रा गरेका थिए ।र्इन्द्रबहादुर रार्इ नेपाली साहित्यका शिखर पुरुष हुन् । उनलाई विश्व दर्शनको ज्ञाता मानिन्छ । हङकङको उनको आगमनले यहाँका साहित्यकारहरू निकै उत्साहित भएका छन् । कार्यक्रमलाई विशिष्टता दिन आयोजक र संयोजक संस्था यतिखेर कम्मर कसेर लागेका छन् । नेपाली महासंघ हङकङका अध्यक्ष प्रदिप थापा भन्छन्, "उहाँजस्तो विद्वान् व्यक्तिको उपस्थितिले हङकङको उचाइ बढाएको छ ।" त्यस्तै संयोजक संस्था प्रतिष्ठानका अध्यक्ष टंक सम्बाहाम्फे भन्छन् " र्इन्द्रबहादुर रार्इको आगमनले संसारभरिका साहित्यकाररूको ध्यान हङकङमा तानिएको छ ।" संरक्षक समितिका संयोजक हेम लिम्बू भन्छन्, "जतिसक्दो कार्यक्रमलाई सफल पार्न सहयोग गर्न हामी एकदमै उत्साहित भएका छौँ ।"र्इन्द्रबहादुर रार्इ तेस्रो आयाम र लीला लेखनका अभियन्ता हुन् । उनले भारतबाट साहित्य एकेडेमी पुरस्कार, नेपालबाट जगदम्बा पुरस्कार, सिक्किमबाट अगमसिंह गिरी पुरस्कार प्राप्त गरिसक्नु भएको छ ।

Apr 15, 2011

मोटर साईकल कुदाएर विश्व किर्तिमान लेखाउने घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल प्रहरीका हवल्दार समसेर लम्सालले निरन्तरत २५ घण्टासम्म मोटर साईकल कुदाएर विश्व किर्तिमान सहित गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने घोषणा गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर शुक्रवार लम्सालले गिनिजबुकमा अहिलेसम्म अँकित नभएको सो विषयको किर्तिमान राख्ने तयारीमा आफू रहेको जानकारी दिए । काठमाडौको बुढानिलकण्ठमा कार्यरत लम्सालले सुनौलि सरुवा भए पछि काठमाडौबाट पोखरा हुँदै सुनौली पुगेर निरन्तर १८ घण्टा मोटरसाईकल चलाएर काठमाडौ फर्केको घटनाबाट आफूलाई सो किर्तिमान कायम गर्न हौसला मिलेको बताए । सुनौलि जान नचाहेर पोखरा क्षेत्रीय कार्यालयमा हाजिर हुन गएका उनलाई त्यहाँ पनि हाजिर नगराईए पनि उनी सुनौलि हुँदै लुगाफाटा लिन काठमाडौ आएका थिए । तनहुँ घर भएका लम्सालले किर्तिमानको तयारी गरिरहे पनि नयाँ मोटर साईकल नभएका कारण केह ढिलो हुन सक्ने बताए । यद्यपि उनले कसैले प्रायोजन गरे आफू बैशाखमै किर्तिमानकोलागी तयार भएको बताए ।

भातृ संगठन विघटन विवाद थाति / देशभर जनसभा गरिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख २ - संस्थापन र शेरबहादुर देउवा पक्षधरबीच चरम विवाद भएपछि कांग्रेसले भातृ संगठन विघटन विवाद थाति राखेको छ । 'शान्ति र संविधानलाई प्राथमिकता दिन भातृ संगठन विघटन विवाद थाति राखेको' कांग्रेसको भनाइ छ । 'शान्ति प्रक्रिया र संविधान निर्माणलाई प्राथमिकता दिन पार्टीका केही भातृ संगठन विघटनलाई अहिले थाति राखेका छौं,' बैठकपछि कांग्रेस केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले जानकारी दिए । सभापति सुशील कोइरालाले नेपाल विद्यार्थी संगठन विघटन गर्ने र महिला र युवा संघका अध्यक्षलाई राजीनामा दिन दवाव दिएपछि कांग्रेसमा विवाद चर्किएको थियो । नेता केसीका अनुसार कांग्रेसले 'शान्ति, लोकतन्त्र र लोकतान्त्रिक संविधान-नेपाली कांग्रेसको राष्ट्रिय अभियान' नाराका साथ बैशाख ११ गतेदेखि देशव्यापी आमसभा आयोजना गर्ने भएको छ ।
'राष्ट्रिय जागरण शान्ति अभियान' नाम दिइएको अभियान अन्तर्गत कास्की, झापा, सर्लाही, रुपन्देही, दाङ, कञ्चनपुर हुँदै २०६८ जेठ ६ गते काठमाडौंमा केन्द्रीय आमसभाको आयोजना गर्ने केसीले जानकारी दिए । केन्द्रीय आमसभालाई सभापति सुशील कोइराला, नेता शेरबहादुर देउवा र संसदीय दलका नेता रामचन्द्र पौडेललगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । जिल्ला-जिल्लामा हुने आमसभामा भने केन्द्रीय सदस्यहरु सहितका वक्ताहरुले सम्बोधन गर्ने छन् ।