News

Oct 31, 2011

इजरायलमा सुमित्रा पौडेलको ममताको आँचल विमोचन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सन २०११ अक्टोबर २९ तारिखका दिन अनेसास इजरायल च्याप्टरको आयोजनामा इजरायलको तेलअभिव शहर स्थित माल्का वेवीकेयरको हलमा १०२औँ देवकोटा जयन्ती तथा इजरायली भूमिमा रहेर नेपाली साहित्य लेखनमा लागिरहनु भएकी सक्रिय साहित्यानुरागी तथा अनेसास इजरायल च्याप्टरकी कार्यकारी सदस्य श्रीमति सुमित्रा पौडेलको दोश्रो कृति गिती कवितासङ्ग्रह “ममताको आँचल” अनेसास इजरायल च्याप्टरका अध्यक्ष कृष्णपक्ष थापा, अनेसास केन्द्रिय सचिव हरि मानन्धर, सर्जक सुमित्रा पौडेल, अनेसास इजरायल च्याप्टरकी सदस्य श्रीमति दिप्स शाहद्वारा संयुक्त रूपमा विमोचन गरियो । उक्त कार्यक्रम अनेसास इजरायल च्याप्टरका अध्यक्ष कृष्णपक्षको सभापतित्व, अनेसास केन्द्रिय समितिका सचिव हरि मानन्धरको प्रमुख आतिथ्य तथा अनेसास इजरायल च्याप्टरका सल्लाहकार श्याम रोक्काको आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रम अनेसास इजरायल च्याप्टरका कोषाध्यक्ष सुमन कार्कीद्वारा निकै रोमाञ्चित वातावरण सिर्जना गर्दै उपस्थित सबैको अनुहारमा हाँसो भर्दै सञ्चालन गर्नुभएको थियो । नेपाली राष्ट्रिय गीत बजाएर कार्यक्रमको प्रारम्भ गरिएको थियो भने कार्यक्रमका प्रमुख अतिथिद्वारा लक्ष्मीप्रसाद देवकोटाको फोटोमा अवीर तथा फूलमालाले माल्यार्पण सँगै मैनबत्ति जलाईएको थियो । त्यसै गरि उपस्थित सम्पूर्ण साहित्यिक मनहरूद्वारा देवकोटालार्इ अवीर तथा फूलमाला चढाएर देवकोटाको जन्मजयन्तीको अवसरमा उहाँको साहित्यिक देनहरूलाई सम्झना गरिएको थियो ।
कार्यक्रममा लक्ष्मी भट्टराई द्वारा आगन्तुक सम्पूर्ण नेपाली साहित्यानुरागीहरूलार्इ मिठो शैलीले स्वागत गर्नुभएको थियो भने कृतिकार सुमित्रा पौलेलद्वारा कृति यहासम्म आइपुग्नुको बारेमा प्रकाश पादै अगाडि बोल्नुभयो – "मेरा परम आदरणीय बुवा तथा स्वर्गीय आमामा नमन गर्दै मलाई यो धर्तीमा जन्म दिएर उहाँहरुले दिनु भएको शिक्षा, ज्ञान र आशिर्वादबाट आज म यो स्थानसम्म आइपुग्दा म आफुलाई अत्यन्तै भाग्यशाली ठानेकी छु । मेरो आमा आज यस धर्तीमा हुनुहुन्न, उहाँ प्रति सप्रेम भक्तिभाव अर्पण गर्नु मेरो परम कर्तब्य सम्झेकि छु । मलाई जन्म दिने बुवाआमा प्रति केही गर्नु पर्छ भन्ने धेयले मेरो आमाको नाउँमा हाल ३ लाखको अक्षय कोष खडा गरि रास्ट्रिय स्तरमा ''दानकुमारी बास्तोला स्मृति प्रतिष्ठान'' स्थापना गर्न गै रहेको जानकारी समेत यस पावन अवसरमा व्यक्त गर्न चाहन्छु ! जसमा साहित्य तर्फ उत्कृष्ट एक कृतिका महिला स्रष्टा र असहाय महिला साथै बालबालिकाको लागि अतुलनीय योगदान पुर्याउने महिला तथा पुरुषलाई अझ बढी हौसला प्रदान गर्नाका लागि आमाको बार्षिक पुण्य तिथिमा हरेक बर्ष पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने छ । मलाई आशा एबं बिश्वास छ यसको प्रक्रिया छिट्टै नै पुरा हुनेछ !
कार्यक्रममा कवियित्री दिप्स शाहद्वारा लक्ष्मी जयन्तीको विषय र उहाँले नेपाली साहित्यमा दिनु भएको योगदान नेपाली साहित्याकाशमा ध्रवतारा जस्तै अटल रहेको बताउनुभएको थियो । त्यसरी नै कवियित्री दिप्स शाहले इजरायलमा प्रकाशित “ममताको आँचल” नवौ कृतिको बारेमा बोल्नुहुदै सर्जक सुमित्रा पौडेलको बारेमा तथा पुस्तकको बारेमा समेत प्रकाश पार्नु भएको थियो । पुस्तकको बारेमा बोल्नुहुदै नेपाली साहित्यमा लुप्त हुदै गैरहो छन्दलाई वा प्रयोगमा नआएको छन्दलाई सर्जकले पुनः निरन्तरता दिने हिम्मत गर्नुभएकोमा धन्यवाद दिनुभयो । अगाडि बोल्नुहुदै वहाँले छन्दको प्रयोग गरेर कविता रचना गर्न अति गाह्रो भएकाले कृतिकार सुमित्रा पौडेलले यसरी छन्दबद्ध कवितासङ्ग्रह प्रकाशन गर्नु निकै ठ्लो हिम्मत र सह्रानिय काम हो भन्नुभएको थियो ।
सोही क्रममा कार्यक्रमका प्रमुख अतिथि हरि मानन्धरद्वारा देवकोटाको अतुलनीय साहित्यिक योगदानलार्इ कदर गर्दै देवाकोटालाइ एकपटक हृदयदेखि धन्यवाद दिनुभयो भने इजरायलमा यसरी कृतिहरू प्रकाशन भैरहँदा इजरायलवासी नेपाली साहित्यप्रेमीहरले नेपाली साहित्याकाशमा ठूलो योगदान दिईरहेको र सुमित्रा पौडेलको प्रकाशित “ममताको आँचल” गिती कवितासङ्ग्रहले नेपाली साहित्यमा एक धरहरा बनेर सफलता पाउनेछ भन्नुभयो । यसैगरि सल्लाहकार तथा अतिथि श्याम रोक्काले यसरी साहित्यमा बढ्दो कृति प्रकाशनले इजरायली भूमिलाई साहित्यको थलो बनाएको र आफुले यस्तो पवित्र कार्यमा आफ्नो हल उपलब्ध गराउन पाउँदा निकै हर्षित भएको बताउनुभयो । उक्त अवसरमा रचनावाचनको क्रममा अतिथि श्याम रोक्काद्वारा गजल, लक्ष्मी भट्टराईद्वारा कविता, भगवती कनेलद्वारा गजल र कवियित्री दिप्स शाहद्वारा कविता वाचन गरिएको थियो । कार्यक्रमको अन्तमा अनेसास इजरायल च्याप्टरका अध्यक्ष तथा कार्यक्रमका सभापति कृष्णपक्षले नेपाली साहित्यमा देवकोटाले दिनुभएको योगदानले नै आज हामी साहित्यमा अगाडि बढिरहेका छौ भन्नु हुदै यसरी अनेसास इजरायल च्याप्टरले दिनानुदिन नेपाली साहित्यलाई बढवा दिने काम गरिरहेकाले इजरायलमा नेपाली साहित्यको भण्डार रहेको बताउनुभयो । अगाडी बोल्नुहुदै उहाँले देवकोटा जयन्तीको अवसरमा मुनामदनबाट प्रेरित स्रुमित्रा पौडेलद्वारा तिनै झ्याउरे लयमा संकलित कविताहरू विमोचन गर्न पाउँदाको खुशी ब्यक्त गर्नुभयो । कार्यक्रमको समापनसँगै सर्जक सुमित्रा पौडेलले आयोजना गरेको रात्रीभोजमा उपस्थित सम्पूर्ण साहित्यप्रेमीहरू सरिक हुनुभएको थियो ।

न्यूयोर्कमा ५०७१ औं बलिहाङ तङ्नाम सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/नगेन्द्र ईङनाम "आठराईली" 
न्यूयोर्क, किरात याक्थुङ चुम्लुङ अमेरिकाको संयोजकत्वमा न्यूयोर्कको सन्निसाईडस्थित नेपालजापान रेस्टुरेन्टमा शनिवार साँझ सातौं बलिहाङ तङ्नाम (तिहार)पर्ब भब्य रुपमा सम्पन्न भएको छ । बलिहाङ तङ्नाम किराती समुदायले परापुर्ब कालदेखी मनाउंदै आएको परम्परागत र ऐतिहासीक पर्ब हो । किराती सम्बत अनुसार यो ५०७१ औं बलिहाङ तङ्नाम पर्ब हो । चुम्लुङ अमेरिकाले सन् २००५ देखि लगातार यो पर्बलाई वार्षिक पर्बको रुपमा मनाउंदै आएको छ । यसपालिको बलिहाङ तङ्नामको रौनक भने सधैंको भन्दा फरक थियो किनकी सदा झैं पुरुषहरुको "झिलिमिली झिलिमिली देउसिरे" लाई पछि सारेर महिला सहभागीहरुबाट "भैलिनि आईन आगन चुम्लुङको दक्षिणा मागन" भन्दै पहिलो चरणमा भैलो खेलिएको थियो । त्यतिमात्र नभएर कार्यक्रमको अर्को रौनक लिम्बुलिम्बुनीहरुको जोडिले यसपालि कार्यक्रम स्टेजमै धान नाचेर पहिलो पल्ट धान नाच्ने लिम्बुहरुको संस्कृति न्यूयोर्कमा प्रदर्शन गरिएको थियो । यसै अवसरमा न्यूयोर्कमा भर्खरै आई पुगेका र बसोबास गर्दै गरेका नयाँ लिम्बू परिवारहरुलाई पनि संस्थागत रुपमा खदा पहिर्‍याएर स्वागत गरिएको थियो । राम चोङबाङको नेत्रित्वमा लिम्बू भाषामा भाकिने "लारिङगेत नाम्लिङगेत" देउसिको भाकामा देउसी खेलिएको थियो भने दिपेश सुब्बाले नेपाली भाषामा देउसिको भाका भट्ट्याएका र महीलाहरुको नेत्रित्व गर्दै मनू लोहोरुङले भैलो खेलाएका थिईन । बलिहाङ तङ्नामको बारेमा कविता वाच्ने देवेन्द्र लिम्बुले हाक्पारे भाकाको लयमा राम चोङ्बाङलाई साथ दिएका थिए भने पालामको लयमा प्रेम मेन्याङबो लिम्बुले राम चोङ्बाङलाई साथ दिएका थिए । सो कार्यक्रममा युगेस लिङ्देन, जिमी लिम्बू, सिमा लिम्बू र सुभेक्षा लिम्बूले लिम्बु भाषाको न्रित्य र हेलेन सुब्बाले नेपाली भाषाको न्रित्यको प्रस्तुति पस्केकी थिईन । के.बि. लिम्बू, राम चोङ्बाङ र देश लिम्बु लगायतले नाचेको च्याब्रुङ नाच पनि कार्यक्रमको अर्को आकर्षण थियो । संस्थाका सचिव बुद्ध चेम्जोङद्वारा सञ्चालित कार्यक्रममा द्वितीय उपाध्यक्ष ईन्दीरा चेम्जोङ तुम्बाहम्फेले स्वागत मन्तब्य, महासचिव दिपेस सुब्बाले संस्थाको बारेमा जानकारी र बलिहाङ तङ्नामको बारेमा प्रेम मेन्याङबो लिम्बुले प्रकाश परेका थिए । चेतन सुब्बा चोङ्बाङ,कोषाध्यक्ष बिरेन्द्र लाबुङ र सञ्जय लिम्बू मादेनको संयोजकत्वमा भएको उक्त कार्यक्रमको अध्यक्षता गर्ने अध्यक्ष पूर्ण लिम्बुले सम्पूर्ण उपस्थितिलाई धन्यवाद ज्ञापन गर्दै अर्को साल अझै रमाईलोसंग तङ्नाम मनाउने प्रण गर्दै कार्यक्रमको मैझारो गरेका थिए ।

पालुङवा समाज हङकङको हार्दिक अनुरोध हङकङवासीहरुलाई

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आगामी नोभेम्वर ६ मा सम्पन्न हुन गईरहेको डिस्ट्रिक्ट काउञ्सीलको चुनावमा जोर्डन वेस्टवाट हाम्रो समाजको सल्लाहकार मेजर शरण कुमार पालुङवा लिम्वु उठ्नु भएकोले सम्पूर्ण हङकङवासी नेपाली समुदायमा उहांलाई सम्वन्धित चुनाव क्षेत्र भए भोट लगाउन र अन्य क्षेत्रमा वसोवास भए सम्वन्धित क्षेत्रका आफन्तजन तथा नेपालीहरुमा भोट लगाउनको लागि उमेदवारको पक्षमा प्रचारप्रसार गरिदिई सहयोग गरिदिन हुन हार्दिक अनुरोध गर्दछौं । पूनश्च मेजर पालुङवा लिम्वुको उमेदवारी हामी सवैको उमेदवारी हो । उहांले विजय गर्नु भनेको नेपालीहरुको गौरवको हो । त्यसैले यो अमूल्य समयलाई सवै नेपालीहरुले सही सदुपयोग गरीदिनु हुन पालुङवा समाज हङकङ विनम्र अनुरोध गर्दछ ।
नोट-
उहांको चुनाव क्षेत्र जोर्डन वेस्ट सांघार्इ स्ट्रिट, जोर्डन रोड, याउमाताईको जकी क्लव हुदै फेरी पोईन्ट तथा एलिमेन्ट काउलुन एमटिआर स्टेशन पर्दछ ।)पालुङवा समाज हङकङ

विप्पा बदर गर्न सर्वोच्चमा रिट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक १४ - प्रधानमन्त्री बाबुराम भट्टराईले भारत भ्रमणमा गरेको द्वीपक्षीय लगानी प्रवर्दन तथा संरक्षण सम्झौता (बिप्पा) राष्ट्रघाती भन्दै त्यो तत्काल बदर गर्न सर्वोच्चमा आइतवार रिट परेको छ । बिप्पा नेपालको अन्तरिम संविधान २०६३ र नेपालसन्धी ऐन २०४७ विपरित भएकोले त्यो गैरसंवैधानिक पनि भएको रिट निवेदक अधिवक्ता बालकृष्ण नेउपानेको जिकिर छ । इलाकाको परिभाषामा भारतको हवाई क्षेत्रलाई पनि समेटिएको तर नेपालको चाहिँ 'संविधान एवं अन्तर्राष्ट्रिय कानुनबमोजिम नेपालको सार्वभौमसत्ता एवं क्षेत्राधिकारभित्र पर्ने इलाका' भनिएकाले त्यो असमान भएको रिटमा उल्लेख छ । सम्झौताका कारण नेपालले आफ्नो हवाई क्षेत्र गुमाउन सक्ने निवेदकको जिकिर छ । निवेदकले सम्झौताको भाषामा पनि विप्पाले नेपाललाई तल पारेको तर्क गरेका छन् । संझौताको परिभाषा खण्डमा भारतको हकमा 'गणतन्त्र भारतको इलाका' भनिएको तर नेपालको हकमा 'गणतन्त्र नेपालको इलाका' उल्लेख नभएकाले पनि सम्झौता असमान भएको रिटमा उल्लेख छ । 'यो संझौताले विदेशी लगानी मात्र होइन त्यो लगानी संचालन गर्ने मजदूर र कर्मचारीलाई पनि अनुमती दिनु पर्ने प्रावधानले नेपालमा नेपालीको रोजगार श्रृजना हुँदैन ।' संझौताको धारा ११ मा रहेको प्रावधान सम्वन्ध रिटमा भनिएको छ,'यो प्रावधानले भारतमा अंग्रेजी इष्टइण्डीया कम्पनी खोली भारतमा ब्यापार गर्न आएका तर पछि त्यसै कम्पनीले भारतमा शासन गरेको कटु अनुभवलाई चरितार्थ गराउने उद्देश्य देखिन्छ ।'
संझौताको धारा ६ पनि अति असमान देखिएको रिटको जिकिर छ । त्यसमा भारतले नेपालमा स्थापना गरेको उद्योगको युद्ध वा अन्य सशस्त्र द्धन्दको कारणले नोक्सानी भएमा क्षतिपूर्ति पाउने तर नेपालीले स्थापना गरेको उद्योगमा भने नपाउने प्रावधान भएको निवेदकको तर्क छ । यसबाट भारतले लगानी गरेका उद्योगलाई संरक्षण हुने र नेपाली उद्योगी निरुत्साहित हुने निवेदकको दाबी छ । रिटमा तत्कालका लागि विप्पा विरुद्ध अन्तरिम आदेश जारी हुनु पर्ने र अन्ततः त्यो खारेज हुनु पर्ने माग राखिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रधानमन्त्री बाबुराम भट्टराई, उपप्रधान तथा परराष्ट्र मन्त्री नारायण काजि श्रेष्ठ, माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाल, उद्योग मन्त्री अनिलकुमार झा, कानुन तथा न्याय मन्त्रालय र संविद्यान सभा र ब्यवस्थापिका संसद सचिवालय रिटका विपक्षी छन् ।

नेपालका गर्भवतीलाई दिन चेल्सीले थालिन् पुराना मोबाइल संकलन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कात्तिक ८- नेपाल र कंगोका गर्भवतीको स्वास्थ्यमा सघाउन अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टन तथा वर्तमान विदेशमन्त्री हिलारी क्लिन्टनकी छोरी चेल्सीले अभियान चलाएकी छन्। उनलाई पूर्व सुपरमोडल क्रिस्टी टर्लिङटोन बर्न्सले साथ दिएकी छन्। भ्वाइस अफ अमेरिकाका अनुसार यसका लागि उनीहरूले वासिङटन डिसीस्थित जर्ज वासिङटन विश्वविद्यालयमा मंगलबार पुराना मोबाइल फोन संकलन थाले। अभियानले यस्ता मोबाइल फोनमा सफ्टवेयरमार्फत मातृ तथा शिशु स्वास्थ्यसम्बन्धी जानकारी राखेर नेपालका ग्रामीण भेगका गर्भवतीलाई उपलब्ध गराउनेछ। चेल्सी आफ्ना पिताले स्थापना गरेको 'क्लिन्टन वर्ल्ड इनिसिएटभ्स'की कार्यकारी सदस्य हुन् भने क्रिस्टी बालस्वास्थ्य क्षेत्रमा काम गर्दै आएको 'एभ्री मदर' नामक गैरसरकारी संस्थासँग आबद्ध छिन्।'न्यून मूल्यमा नयाँ मोबाइल किनेर त्यसमा स्वास्थ्य सेवाका जानकारीयुक्त नयाँ सफ्टवेयर जडान गरेर वितरण गरिने' समाचारमा उल्लेख छ। अफ्रिकी मुलुक कंगोमा पनि नेपालमै जस्तो अभियान चलाउने योजना बनाएका यी संस्थाले अभियानबाट दुवै देशका गरी कम्तीमा ५० लाख आमा लाभान्वित हुने जनाएका छन्। अभियानमा सघाइरहेको 'होप फोन्स'की व्यवस्थापक टिर्ने ओडियाले कन्सास इन्फोजिन डटकमसँग भनेकी छन्, 'सस्तो नयाँ मोबाइलमा प्रविधि जडेर उपलब्ध गराउनेछौं।' उनले यसबाट स्वास्थ्यकर्मीसँग बिरामीलाई कुरा गर्न सहज हुने बताएका छन्।
फोनमा जडिने सफ्टवेयरमा ग्रामीण क्षेत्रका महिला, परिवार, समाज र स्वास्थ्यकर्मीलाई समेत काम लाग्ने जन्म, गर्भावस्थाका उच्च जोखिम तथा गम्भीर समस्यामा आपतकालीन सेवाबारे सूचना राखिने अभियानले जनाएको छ। ओडियाका अनुसार होप फोन्सको प्रमुख उद्देश्य आमाको जीवन तथा प्रजनन् स्वास्थ्यको सुरक्षा सन्जाल बनाउनु हो। अभियानले १५ हजार मोबाइल फोन संकलन गरिसकेको कन्सास इन्फोजिन डटकमले जनाएको छ। अभियानकर्ताले दानस्वरुप संकलन गरिएका महँगा मोबाइल सेट बेचेर सस्ता धेरै संख्याका सेट खरिद गरी वितरण गर्ने योजना बनाएका छन्। उनीहरूले स्मार्ट फोनबाट ५ देखि २० वटा नयाँ मोबाइल फोन बनाउन सकिने बताएको भ्वइस अफ अमेरिकाले लेखेको छ। मार्चसम्म लक्ष्य पूरा गर्ने अभियानको लक्ष्य छ।
क्लिन्टनले सन् २००७ मा स्थापना गरेको क्लिन्टन ग्लोबल इनिसिएटिभ्सको मार्चमा सम्मेलन हुँदैछ। 'प्रत्येक व्यक्तिले केही फरक गर्न सक्छन् र गर्नुपर्छ,' अभियानको शुभारम्भ भाषणमा चेल्सीलाई उद्धृत गर्दै वासिङ्टन विश्वविद्यालयको वेबसाइटले लेखेको छ, 'त्यो दायित्व पूरा गर्न सफा उद्देश्यका साथ काम गरे पूरा गर्न नसकिने चुनौती होइन।'पूर्व मोडल टर्लिङटोन बर्न्सले पनि सबैले मतभिन्नता फाल्दै यस्तो अभियानमा सघाउनुपर्ने बताइन्। उनले भनिन्, 'बालबालिकालाई बचाउने सबैभन्दा राम्रो उपाय आमा तथा आमा बन्नुभन्दा अघिका केटीमा लगानी हो।'यो अभियानलाई अमेरिकाका एबिसी न्युज च्यानल र राष्ट्रसंघीय फाउन्डेसनले पनि सहयोग गर्ने जनाइएको छ।

प्रमुख तीन दलका शिर्ष नेताहरुको बैठक बिना निष्कर्ष

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
शान्ति प्रक्रियाका मूलभूत विषयमा सहमति जुटाउन प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूहरुबीच भएको बैठक कुनै निष्कर्षमा नपुगी सकिएको छ । बैठकमा मुलुकमा जारी शान्ति प्रक्रिया, नयाँ संविधान निर्माण तथा माओवादी लडाकुको सङ्ख्या निर्धारण गर्न प्याकेजमा कार्यतालिका बनाएर सहमति जुटाउने विषयमा छलफल भएको थियो । आज बिहानैदेखि पार्क भिलेज रिसोर्ट बुढानीलकण्ठमा बसेको सो बैठकपछि नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले बैठक भोलि पुनः बस्ने जानकारी दिए । बैठकमा नेपाली काँग्रेस, एनेकपा (माओवादी) र नेकपा (एमाले) का शीर्ष नेताहरूको सहभागिता थियो । बैठकमा नेपाली काँग्रेसका सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा तथा महामन्त्री कृष्ण सिटौला र एनेकपा (माओवादी)का तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष एवम् प्रधानमन्त्री डा बाबुराम भट्टराई, उपाध्यक्ष मोहन वैद्य तथा सचिव सिपी गजुरेल सहभागी रहेका थिए ।

कार बम आक्रमणमा एक नेपाली घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कान्दाहार (अफगानिस्तान), कार्तिक १४ - अफगानिस्तानको दक्षिणी सहर कान्दाहारमा भएको कार बम आक्रमणमा एक नेपाली घाइते भएका छन् । कान्दाहारस्थित राष्ट्रयसंघीय उच्चायुक्त कार्यालयमा भएको आक्रमणमा घाइते भएका ती नेपालीको पहिचान नखुलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रान्तीय गर्भनर कार्यालयका अनुसार आत्मघाती कार बम आक्रमणमा चार जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार मारिएकामध्ये एक प्रहरी र तीन सर्वसाधारण छन् । कान्दाहार प्रहरी प्रमुख अब्दुल रज्जाकका अनुसार आक्रमणपछि विद्रोहीसँग नेटो र अफगान प्रहरीबीच गोली हानाहान भएको थियो ।

Oct 29, 2011

संविधानसभाको म्याद थप गर्ने विषयमा छलफल सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
थपिएको समय सकिदै गर्दा दलहरुबीच संविधानसभाको म्याद थप गर्ने विषयमा छलफल सुरु भएको छ । बाँकी रहेको मंसिर १४ गते सम्म संविधानको एकीकृत मस्यौदा पनि सम्भव नभएपछि दलहरुले आन्तरिक रुपमा म्याद थपका विषयमा छलफल सुरु गरेको छ । नेपाली कांग्रेसले शान्ति प्रकि्रया अन्तिमर चरणमा नपुगेसम्म थप्न नसकिने अडान राखेपनि एकीकृत नेकपा माओवादीले अहिले नै प्रक्रिया सुरु गर्ने पर्ने प्रस्ताव राखेको छ । शुक्रबार राजधानिमा गरिएको कार्यक्रममा पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ६ महिना थप्न सकिने बताएका थिए । माओवादी नेता तथा प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार देवेन्द्र पौडेलले म्याद थप्नुको अर्को विकल्प नभएकाले अन्तिमसमयमा पहल गर्नुभन्दा अहिले नै छलफल चलाउनुपर्ने माओवादी निस्कर्ष रहेको बताए । उनले सरकार तर्फबाट म्याद थपका विषयमा दलहरुबीच औपचारीक छलफल चलाउने तयारी भइरहेको पनि खुलासा गरे । तर अब शान्ति प्रक्रियाको धेरै काम सकेर ग्यारेन्टी नभए सम्म जनताले माफ नगनर्जे पनि ज्ञवालीले बताए ।

जनताका गुनासा संकलनका लागि सरकार कक्ष सञ्चाल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जनताका गुनासा, प्रतिक्रिया तथा सुझाव संकलनका लागि स्थापना गरिएको हेला सरकार कक्ष सञ्चालनमा आएको छ । प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले यो कक्षा सञ्चालन गरेको हो । २४ औ घण्टा चल्ने यो सेवाका माध्यमद्वारा जनताले कुनै पनि घटनाको जानकारी दिन वा सहयोग माग्न सक्ने कार्यालयका सहायक प्रवक्ता ज्योतीप्रसाद अधिकारीले जानकारी दिए । यस कार्यालय अन्तर्गत स्थापना भएको सार्वजनिक प्रशासन पुन:संरचना एकाईले कार्य प्रारम्भ गरिसकेको पनि उनले जानकारी दिए । त्यस्तै, काठमाडौं महानगरपालिका तथा ललितपुर उपमहानगरपालिकाभित्रका र कलंकीदेखि नौबीसे खण्डको सडक निर्माण र मर्मत सम्बन्धमा जनगुनासो बढेको सम्बन्धमा नेपाल ट्रस्टका सचिव जयमुकुन्द खनालको संयोजकत्वमा गठित छानविन समितिले आफ्नो कार्य प्रारम्भ गरिसकेको उनले बताए ।

नक्कली भ्याट बिलको अनुसन्धान तीब्र पारिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कात्तिक १२- आन्तरिक राजस्व विभागले नक्कली भ्याट विल प्रयोग गरी राजस्व छल्ने कम्पनीको अनुसन्धानलाई तीव्रता दिने भएको छ। दसैँ-तिहार सकिएलगत्तै विभागले अनुसन्धानको क्रममा रहेका १५३ कम्पनीको अनुसन्धानलाई तीव्रता दिने भएको हो। विभागले गत आर्थिक वर्ष नक्कली भ्याट विल प्रयोग गरेको आशङकामा ५ सय १८ कम्पनीमाथि अनुसन्धान गरेको थियो। विभागका अनुसार ३६५ कम्पनीको अनुसन्धान कार्य सकिएको छ भने उक्त अनुसन्धानबाट रु तीन अर्ब ४५ करोड असुली गरिएको थियो।
तीन सय ६५ कम्पनीको अनुसन्धान विभाग र कर कार्यालयहरूले गरिरहेका थिए भने बाँकी रहेका १५३ कम्पनीको अनुसन्धान ठूला करदाता कार्यालयले गरिरहेको छ। आन्तरिक राजस्व विभागका उपमहानिर्देशक लक्ष्मण अर्यालले ठूला करदाताले अनुसन्धान गरेको १५३ वटा बाहेक अरू कम्पनीको प्राविधिकरूपमा केही काम बाँकी रहेको जानकारी दिए। ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक सुरेश प्रधानले लगातार नक्कली भ्याट विलको अनुसन्धान भइरहेको जानकारी दिए। उनले ४८ वटा कम्पनीको अनुसन्धान सकिएको र अनुसन्धान रहेका फाइलहरूको सूक्ष्म अध्ययन गर्नुपर्ने भएकाले पुस मसान्तसम्म सबै अनुसन्धान सकिने जानकारी दिए।

ब्रिटिश म्यूजियममा बुद्ध भारतमा जन्मिएको भ्रामक सन्देश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लन्डन, कार्तिक १३ वर्षेनी विश्वभरका करिव ६० लाख पर्यटकले अवलोकन गर्ने सेन्ट्रल लन्डनस्थित ब्रिटिश म्यूजियममा शान्तिका अग्रदूत गौतम बुद्ध भारतमा जन्मिएको भ्रामक र गलत सन्देश छ । 'द डिपार्टमेन्ट अफ एसिया' कक्षअन्तर्गत 'द लाइफ अफ द बुद्ध' शीर्षकमा टांगिएको दस्तावेजमा बुद्धिज्मलाई भारतको धर्मअन्तर्गत राख्दै 'बुद्धको जीवनी शुरुवात गर्दा उहाँ छैंटौं शताव्दीको मध्यतिर उत्तरपूर्वी भारतको एक शाही परिवारमा जन्मिनुभएको हो' उल्लेख छ । बुद्धको जन्म महारानी मायाबाट लुम्बिनीको मृगस्थलमा अद्भूत तरिकाबाट भएको त्यहाँ उल्लेख छ । 'उहाँ दरवार रहँदा विवाहित हुनुहुन्थ्यो र उहाँबाट एक छोरा भएको थियो । उहाँले आफ्नै आँखाबाट बिरामी, भोका र मृत्यु देखेपछि मानव जीवनमा यी घट्ना किन भइरहेका छन् भन्ने जिज्ञासा लिएर भौतिक जीवन त्यागी बोधगयाको वृक्षमुनी बसि ध्यान गर्नुभएको थियो,' म्युजियममा उल्लेख छ । उक्त दस्तावेजमा बुद्धको मृत्यु ४८० बीसीमा भएको र उनको समाधिपछि बुद्धका उपदेश शिष्यहरुमा बाँडिएको लेखिएको छ । ग्रेट रसेल स्टि्रटमा अवस्थित विश्वकै पहिलो राष्ट्रिय स्तरको यो सार्वजनिक संग्रहालयका कर्मचारीले भने गलत तथ्यबारे अनभिज्ञता प्रकट गरे । 'हामी त यहाँ उल्लेख गरिएको जानकारीमात्र पर्यटकलाई वर्णन गरिदिने हो, अन्य कुरा थाहा भएन,' एक कर्मचारीले भने ।
बि्रटिश म्यूजियमका निर्देशक निल म्याकग्रेगोरले विश्व इतिहाससम्बन्धी जानकारी दिन बीबीसी रेडियो फोरमा प्रस्तुत गरेको एकसय श्रृंखलाको 'अ हिस्टि्र अफ द वल्र्ड इन हन्ड्रेड अव्जेक्ट्स' मा समेत बुद्धबारे त्यही भ्रमपूर्ण तथ्य प्रसारण भएको थियो । बुद्धिष्ट कम्युनिटी सेन्टर, यूकेका उपाध्यक्ष नारायणप्रसाद गुरुङले आगामी १२ नोभेम्वरमा हुने संस्थाको ट्रष्टी बैठकमा यस प्रसंग उठाएर सम्बन्धित निकायमा पुर्‍याउन पहल गर्ने जनाए । कानुनवेत्ता सोलिसिटर राजु थापाले संग्रहालयमा रहेको उक्त तथ्यलाई 'हास्यास्पद' भन्दै संग्रहालयलाई गल्ती सच्याउन पत्राचार गर्ने जनाए । 'नेपाल र नेपालीको पहिचान मेटिने काम कहीं कतै हुन्छ भने कानुनी प्रक्रियाबाटै त्यसविरुद्ध जान हामी तयार छौं,' उनले भने । कपिलवस्तु दिवस अभियानसंग सम्बद्ध इन्जिनियर रामकुमार श्रेष्ठले म्यूजियमको गल्ती सच्याउन नेपाल सरकारकै पहल आवश्यक हुने बताए । सर्च इन्जिन गुगलले पनि यसअघि 'गौतम बुद्ध भारतमा जन्मिएको' भन्ने गलत विवरण सच्याइसकेको स्मरण गर्दै श्रेष्ठले थपे, 'नेपाल सरकारले कुटनीतिक तवरमा यसको समाधान खोज्नुपर्छ ।'

थाइल्याण्डमा ठूला बाढीका कारण ३७७ भन्दा बढीको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
थाइल्याण्डमा दशकौ यताको सबैभन्दा ठूला बाढीका कारण ३ सय ७७ भन्दा बढीको मृत्यु भएको छ। बाढीका कारण राजधानी बैंकक अस्तब्यस्त बनेपछि त्यहाँका जनता स्थान तर्फ गइरहेको छन् भने उद्दारका लागि सरकारले थप ५० हजार सैनिक परिचालन गरेको जनाएको छ। यस्तै बैंककमा पाँच दिनसम्म सरकारी कार्यालय, बिद्यालय र कलेज बन्द गरिएको छ। सरकारले बाढी प्रभावितहरुका लागि उचित राहत र खाद्यान्न उपलब्ध गराइरहेको छ। उत्तरी थाइल्यान्डबाट सुरु भएको वर्षा र बाढी बैंकक हुँदै पूर्वतर्फ लागेको मौसमविदहरुले जनाएका छन्।

घूस लिने कर्मचारीलाई कडा कारबाही गर्न प्रधान मन्त्रीको निर्देशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कात्तिक १२- अमेरिका जान लागेकी महिलासँग घूस खाने कर्मचारीलाई तत्काल कडा कारबाही गर्न प्रधान मन्त्रीले गृह सचिव र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिवलाई निर्देशन दिएका छन्। पासपोर्ट र नागरिकता देखाउँदा-देखाउँदै पनि यति प्रमाणले नेपाली भन्ने प्रमाणित हुँदैन भन्दै उनीसँग घूस मागिएको थियो। अमेरिका जाने लागेकी डिचेन डोल्मा शेर्पासँग १ लाख १० हजार घूस लिइएको थियो। बुधबार नेपाल आदिवासी जनजाति महासङ्घ, नेपाल शेर्पा सङ्घ, नेपाल शेर्पा महिला सङ्घ र शेर्पावर्ल्डडटकमले आयोजना गरेको पत्रकार सम्मेलनमा घूस खाने कर्मचारीको नाम, फोटो र घूस लिँदै गरेको बेलाको भिडियो पनि सार्वजनिक गरिएको थियो। घूस लिएको आरोप लागेका कर्मचारी पूर्णबहादुर बस्नेत निलम्बनमा परिसकेका छन्। घटनाबारे छानबिन गर्न समिति पनि बनेको छ।

Oct 27, 2011

माओवादीलाई कांग्रेसका ५ सर्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक १० - माओवादी र कांग्रेसबीच बुधबार भएको वार्तामा समायोजन हुने लडाकुको संख्या र पुनःस्थापना प्याकेज टुंगाउने गृहकार्य सुरु भएको छ । त्यसका निम्ति विभिन्न पाँचवटा विषयमा तत्काल निर्णय लिन कांग्रेसले माओवादीलाई आग्रह गरेको छ । कांग्रेस सभापति सुशील कोइरालाले माओवादी अध्यक्ष पुष्पकमल दाहालको निवासमा बुधबार भएको छलफल सकारात्मक रहेको बताए । 'शान्ति प्रक्रियालाई टुंग्याएरै लैजानुपर्छ भन्नेमा उहाँहरू चिन्तित र गम्भीर हुनुहुन्छ,' बैठकपछि कान्तिपुरसँग उनले भने, 'तर कार्यरूपमा अझै आउन नसक्दा के हुने भन्ने शंका जीवितै छ ।'माओवादीसँग अन्य दलको अविश्वासलाई विश्वासमा बदल्न पाँचवटा विषयमा तत्काल निर्णय लिन आफूले बुधबारको बैठकमा दोहोर्‍याएको कोइरालाले बताए । उनका अनुसार ती पाँच विषयमा हतियार राज्यलाई बुझाउनुपर्ने, कब्जा सम्पत्ति फिर्ता गर्नुपर्ने, वाईसीएलको अर्धसैन्य संरचना खारेज गर्नुपर्ने, जनस्वयंसेवक दस्ता र क्रान्तिकारी जनपरिषद् विघटन गर्नुपर्ने छन् ।

विवाद लम्बिएपछि प्रधानमन्त्री दबाबमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक १० - बिप्पा सम्झौतालाई लिएर माओवादीभित्र विवाद बढेपछि पार्टी उपाध्यक्ष एवं प्रधानमन्त्री बाबुराम भट्टराईमाथि दबाब बढेको छ । मंगलबार र बुधबार बसेको स्थायी समिति बैठकमा बिप्पा विवाद साम्य नभएपछि कात्तिक १७ गते बस्ने केन्द्रीय समिति बैठकमा यसबारे छलफल हुने भएको छ । धानमन्त्री भट्टराईले स्थायी समिति बैठकबाटै बिप्पा विवाद समाधान होस् भन्ने चाहे पनि उपाध्यक्ष मोहन वैद्य पक्षले केन्द्रीय समितिमै लैजानुपर्ने माग गरे । स्थायी समितिमा बिप्पाको पक्षमा बहुमत थियो । अध्यक्ष पुष्पकमल दाहालले वैद्य पक्षलाई बढी चिढ्याउन नचाहेका कारण यो विवाद केन्द्रीय समितिमा पुगेको सहभागी एक नेताले बताए । उनका अनुसार दाहालले चाहेको भए बहुमतबाट विवाद टुंगिन सक्थ्यो । यही बैठकमा विवाद सुल्भिएको भए भट्टराईलाई केन्द्रीय समिति बैठकमा सहज हुने थियो । बैठकमा दाहालले विवाद समाधान गर्न वैद्य पक्षको सुझाव माग गरेको एक नेताले जनाए । 'अध्यक्षले बिप्पा विवाद कसरी समाधान गर्ने भनेर सुझाव माग्नुभयो,' ती नेताले कान्तिपुरसँग भने, 'वैद्यजीले केन्द्रीय समिति बैठकमा छलफल गर्ने माग गर्नुभयो ।' स्रोतका अनुसार बैठकमा दाहालले विवाद मिलाउन समन्वयकारी भूमिका खेलेका थिए । 'प्रधानमन्त्री भट्टराईको चाहना भने विवाद नलम्ब्याउने थियो,' स्रोतले भन्यो, 'बहुमतबाट निर्णय गरेको भए विवाद झन् चर्कने सम्भावना भएकाले दाहालले वैद्यजीको सुझाव मान्नु भएको हो ।'

जमकट्टेलका आक्रमणकारी पूर्वलडाकु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक १० - केन्द्रीय अनुसन्धान ब्यूरोले माओवादी मजदुर नेता एवं सभासद् शालिकराम जमकट्टेलमाथि आक्रमणमा संलग्नमध्ये चार जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले तीन जनालाई मकवानपुरको हेटौंडा र एक जनालाई काठमाडौंको चाबहिलबाट पक्राउ गरेको हो । पक्राउ पर्ने अधिकांश माओवादी पूर्वलडाकु छन् । पक्राउ पर्नेमा जनमुक्ति तेस्रो डिभिजनबाट भागेका मकवानपुर बासामाडीका प्रभात भनिने राम पुडासैनी र आग्रा- ३ का ईन्द्रबहादुर शाही ठकुरी छन् । यसैगरी बासामाडी- ५ का अयोग्य लडाकु नविन भनिने सुदीप कार्की र अखिल नेपाल होटल तथा रेष्टुराँ मजदुर संघ तथा क्यासिनो नेपाल मुल ईकाई समिति सदस्य सेक्युरिटी गार्ड खोटाङका कमल बुढाथोकी छन् । ब्यूरोले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी अभियुक्त सार्वजनिक गरेको हो । नेता जमकट्टेलमाथि भदौ १० गते राजधानीको बबरमहलमा आक्रमण गरेको थियो ।

संयुक्त जातीय मुक्ति मोर्चा नेपालद्वारा नेपाल बन्दाको घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/इन्द्र बहादुर राई
काठमाडौं : संयुक्त जातीय मुक्ति मोर्चा नेपालले २०६८ कात्तिक १२ गतेदेखि कात्तिक २५ गतेसम्म आमहडतालको आह्वान गरेको छ । आम हडतालभन्दा अघि २०६८ कात्तिक १३ गते वल्लो तथा माझ किराँत-खम्बुवान बन्द, कात्तिक १४ गते पल्लो किराँत-लिम्बुवान बन्द, कात्तिक १६ गते थरुहट-मिथिला पूर्वी तराई मधेश बन्द, कात्तिक १७ गते तामाङसालिङ बन्द, कात्तिक १८ गते थरुहट भोजपूरा-पश्चिम तराई मधेश बन्द, कात्तिक १९ गते खसान बन्द, कात्तिक २२ गते नेवाः मण्डल बन्द र कात्तिक २५ गते नेपाल बन्दको आह्वान गरेको छ ।
संयुक्त जातीय मुक्ति मोर्चा नेपालका प्रवक्ता तथा शान्तिवार्ता समितिका संयोजक विश्वक्रान्तिद्वारा प्रेस-विज्ञप्ति जारी गरी १० दिने आम हड्ताल आह्वानको घोषणा गरिएको हो । संयुक्त जातीय मुक्ति मोर्चा नेपालद्वारा जारी प्रेस-विज्ञप्तिमा भनिएको छ । विगत ३ वर्षदेखि सशक्त जनविद्रोहको महा-अभियान संचालन गर्दै आइरहेको संयुक्त जातीय मुक्ति मोर्चा नेपाललाई नेपाल सरकारले २०६८ असार १६ गते वार्ताको माध्यमबाट समस्याहरुको समाधान गर्ने भन्ने पत्र पठाई वार्तामा आउनका लागि गरेको आह्वानप्रति मध्यनजर राख्दै सम्पूर्ण जनविद्रोहका कार्यक्रम स्थगित गरी १५ सदस्यीय शान्ति वार्ता समिति सार्वजनिक गरेर साउन २६ गते नेपाल सरकारसँग पहिलो चरणको वार्ता गरिसकेको सबैमा सर्वविदितै छ ।
मोर्चाले शान्ति वार्तापश्चात् शान्तिपूर्ण माध्यमबाट नागरिकका जायज मागहरुलाई जनचेतना अभियानमार्फत् प्रचारात्मक कार्यक्रमहरु तीव्र बनाउँदै जाने क्रममा शान्ति वार्ता टोली सदस्य लगायतका नेता तथा कार्यकर्ताहरुलाई सरकारी पक्षबाट धरपकड गरी झुट्टा मुद्दा लगाई थुनछेक गर्ने गरेको छ । नेपाल सरकारको यस गैरजिम्मेवारी कृयायाकलापको मोर्चाले घोर भत्सर्ना गर्दै मोर्चाको वार्ता टोली सदस्य लगायतका नेता तथा कार्यकर्ताहरुलाई बिनाशर्त रिहाई गरी दोस्रो चरणको वार्ताको वातावरण तय गर्न नेपाल सरकारलाई नैतिक दवाव सिर्जना गरी दवाव दिने उद्देश्यका साथ असोज १५ गतेदेखि २०६८ सालको दशैँ बहिष्कार गरी संविधानसभा भवनअगाडि मोर्चाको वार्ता टोलीका सदस्यहरुले रिले अनसन बसिरहे ता पनि मोर्चाले अपनाएको शान्तिपूर्ण आन्दोलन र मागहरुलाई सरकारी पक्षबाट कुनै प्रकारको सम्बोधन नगरी बेवास्ता गरेका कारण जारी रहेको अनसन तोडेर मोर्चाले शान्ति र संविधानको समर्थनमा ऐक्यबद्धता जाहेर गरी विभिन्न राज्य समितिलगायत नेपाल बन्द सफल पारौं भन्ने नाराका साथ नेपाल सरकारलाई थप दवाव सिर्जना गर्न माथि उल्लेखित मितिहरुमा तल उल्लेखित निम्न मागहरु राखी चरणबद्ध आन्दोलनको घोषणा गर्न बाध्य भएको जानकारी गराउँदै उक्त कार्यक्रमलाई सबै क्षेत्रबाट सहयोग गरिदिनु हुनका लागि नागरिक समुदायसँग हार्दिक अनुरोध गर्दछौं । यसैगरी संयुक्त जातीय मुक्ति मोर्चा नेपालले गोपाल गुरुङ प्रेसिडेन्ट रहेको मंगोल नेशनल अर्गनाइजेशन नामक राजनीतिक दलले ज्ञानेन्द्र शाहको निर्देशनमा जातीय आधारमा हुने संघीय राज्यको विरोध गर्ने गरेको र ज्ञानेन्द्र शाहसँगको
भेटघाटलाई प्रेसिडेण्ट गोपाल गुरुङ्ले निरन्तरता दिन थालेका कारण मंगोल नेशनल अर्गनाइजेशनको भण्डाफोर गर्ने भएको छ ।
मोर्चाको मागहरु :
१) षड्यन्त्रपूर्वक पक्राउ गरिएका मोर्चाका वार्ता टोली सदस्यलगायत सबै नेता तथा कार्यकर्ताहरुलाई तत्काल रिहाई गर् ।
२) संविधानसभा तुहाउने षड्यन्त्र बन्द गरी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न मंसिर १४ गतेभित्र शान्ति प्रकृया टुंगोमा पुर्‍याउनुका साथै नयाँ संविधान जारी गर् ।
३) जनमुखी अग्रगामी संविधान निर्माणका लागी तत्काल सर्वजातीय राष्ट्रिय सरकार गठन गर् ।
४) जातीय जनसंख्याको आधारमा राज्यका हरेक क्षेत्रमा समानुपातिक प्रतिनिधि हुने व्यवस्था संविधानमा नै सुनिश्चित गर् ।
५) सम्पूर्ण विद्रोही राजनीतिक संगठनहरुका जायज मागहरुलाई तत्काल वार्ताको माध्यमबाट समाधान गर् ।
६ ) मोर्चाले मिति २०६६ असार १९ गते तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई ३६ बुँदे माग (C-5091) बुझाएको र तत्कालीन संयुक्त जनमोर्चा नेपालका अध्यक्ष तथा हालका एनेकपा माओवादीका उपाध्यक्ष एवम् सम्माननीय प्रधानमन्त्री डा. बाबुराम भट्टराईले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको ४१ सुत्रीय मागहरुको बारेमा सम्बोधन गर् ।

आज मुलुकभर परम्पराअनुसार गाईपूजा, गोवर्धनपूजा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालीहरूको महान् चाड तिहारको चौथो दिन आज मुलुकभर परम्पराअनुसार गाईपूजा, गोवर्धनपूजा, गोरुपूजा र म्हःपूजा गरिँदै छ । गाईलाई लक्ष्मीको प्रतीकका रुपमा सिङ्ग र खुरमा तेल तथा जीउमा रातो–सेतो छाप लगाइ पूजा गरिने परम्परा रहिआएको छ । गाईलाई “लक्ष्मीयां लोकपालानां धेनु रुपेण संस्थिता । घृतं वहति यज्ञार्थे मम पापं व्यपोहतु” मन्त्रद्वारा पूजा गरिन्छ । सामान्यतः तिहारको तेस्रो दिन गाईपूजा पर्ने भएकाले कतिपयले हिजै गाईपूजा गरेका थिए । आजै घरआँगनमा लिपपोत गरी गोवद्र्धन पर्वतको प्रतीकका रूपमा गाईको गोबरले पर्वतको आकृति बनाई गोवर्धनपूजा गरिन्छ । द्वापरयुगमा भगवान् श्रीकृष्णले आफ्नै हातले गोवद्र्धन पर्वत उचाली गोकुलवासीहरूलाई वर्षाबाट बचाई इन्द्रको घमण्ड नष्ट गरिदिनुभएकाले त्यसै बेलादेखि गोवद्र्धन पर्वतको पूजा गर्ने चलन चलेको हो भन्ने धार्मिक विश्वास रहेको छ । यसैगरी वर्षभरि हलो र गाडा तानेर मानिसको उपकार गरेको गोरुको पनि आजै पूजा गरिन्छ । यस्तै नेवार समुदायमा पनि आज साँझ परिवारका सम्पूर्ण व्यक्ति बसी म्हःपूजा अर्थात् आत्मपूजा गर्ने चलन छ । संसारमा सबैभन्दा ठूलो आत्मा हो । आत्मा सन्तुष्ट भए देवता खुसी हुन्छन् र सबै काम फलिफाप हुनाका साथै जीवन पनि सार्थक हुने विश्वासका साथ यो पूजा गरिँदै आएको धार्मिक मान्यता रहेको पाइन्छ ।

प्रधानमन्त्रीले नेपालभाषामा सम्बोधन गर्दा सबै छक्क

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कात्तिक १० - नेपाल संवत्‌को नयाँ वर्षको अवसरमा आयोजना हुने सभामा २०४६ सालपछि सँधै प्रधानमन्त्री प्रमुख अतिथि हुने गरेका छन्। तर यस पटक जब बाबुराम भट्टराईले सम्बोधन सुरु गरे, आयोजक र सहभागी सबै छक्क परे। कानमा फूल सिउरेर नेवार शैलि देखाउन खोजेका भट्टराईले सकीनसकी पूरै भाषण नेपालभाषामा गरे। उच्चारणमा केही समस्या भए पनि लिखित भाषण भट्टराईले सुरुदेखि अन्त्यसम्म नेपालभाषामा नै वाचन गरे। सहभागी सबैले ध्यान दिएर उनको सम्बोधन सुने र ताली बजाई बजाई साथ दिए। पञ्चायत कालमा रेडियो नेपालबाट प्रसारण हुने १५ मिनेटको नेपालभाषाको कार्यक्रममाथि रोक लगाएपछि भाषिक र सांस्कृतिक पहिचानका लागि सुरु भएको आन्दोलनका अगुवा तथा कार्यक्रमका सभापति पद्मरत्न तुलाधर प्रधानमन्त्रीको सम्बोधनबाट यति भावुक भए कि उनले आँसु रोक्न सकेनन्।
गला अवरुद्ध पार्दै उनले प्रधानमन्त्रीलाई नयाँ नेपालमा सबै जातिको भाषा नेपाल राष्ट्रको भाषा हुने भएकोले अब तामाङको कार्यक्रममा जाँदा तामाङ भाषामा, गुरुङको कार्यक्रममा जाँदा गुरुङ भाषामा सम्बोधन गर्न आग्रह गरे। 'नेपालको इतिहासमा प्रधानमन्त्रीले नेपालीबाहेकको भाषामा सम्बोधन गरेको यो पहिलो अवसर हो, सबै भाषा समान् हुन् भनी देखाउन यो आवश्यक छ', उनले भट्टराईलाई धन्यवाद दिँदै भने। भट्टराईले भने आफ्नो सम्बोधनमा नेपालसंवत्‌लाई व्यवहारिक प्रयोजनमा ल्याउन आफ्नो नेतृत्वको सरकारले सरकारी क्यालेन्डरमा यसका तिथिमिति प्रयोग गर्ने र थप व्यवस्थाका लागि सुझाव दिन एउटा कार्यदल गठन गर्ने निर्णय दुई दिनअघि मात्र गरेको जानकारी दिए।
'नेपाल संवत्‌‌ नेवार जातिको मात्र संवत्‌ हैन', प्रधानमन्त्री भट्टराईले परम्परागत रुपमा बसन्तपुरमा हुँदै आए पनि यस पटकदेखि टुँडिखेल खुलामञ्चमा गर्न थालिएको सभालाई सम्बोधन गर्दै भने, 'यो संवत् नेपाल देशकै ऐतिहासिक संवत्‌ हो। यो तथ्यबाट कोही पनि भ्रममा नपरुन्। ''नेपालसंवत्‌लाई राष्ट्रकै आधिकारिक संवत्‌ हो भन्ने चेतना जागृत गराउने अभियानमा लागेका नेपालभाषा मंका खलः लगायत विभिन्न समूहलाई नेपालका राजनीतिक पार्टी र नेपाल सरकारका तर्फबाट सम्मान गर्नुपर्छ' प्रधानमन्त्रीले भने, 'नेपाल संवत्‌‌लाई राष्ट्रिय संवत्‌का रुपमा मान्यता नदिइराखेको अवस्थामा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले यसलाई मान्यता दिएको हो। अझै यसलाई व्यवहारिक रुपमा कार्वान्वयन गर्न धेरै गर्न बाँकी छ।'शान्ति प्रक्रिया र संविधान लेखनमा सहयोगी भूमिका निर्वाह गर्न पनि उनले सबै नेवार समुदायलाई अपील गरे।

Oct 25, 2011

बिप्पा सम्झौताबारे प्रधानमन्त्रीद्वारा संसदमा प्रस्टीकरण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक ८ भारतसँग गरेको लगानी संरक्षण तथा प्रवर्द्घन सम्झौता (बिप्पा) ले विदेशी लगानीलाई प्रोत्साहन गर्ने स्पष्ट गर्दै प्रधानमन्त्री बाबुराम भट्टराईले यसको कार्यान्वयनका लागि सहयोग गर्न आग्रह गरेका छन् । केही विपक्षी दलका नेता र आफ्नै दलभित्रको वैद्य समूहले 'राष्ट्रघाती सम्झौता' भनिरहेका बेला भारत भ्रमणबाट फर्के लगत्तै सोमबार प्रधामनन्त्री भट्टराईले संसद्मा स्पष्टीकरण दिँदै अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै सम्झौता गरेको बताए । उनले राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डता सबै नेपालीको साझा प्रतिबद्धता र अभीष्ट रहेकाले यसमा दलगत वा गुटगत कोणबाट विवाद नगर्न आग्रह गरे । बढ्दो व्यापार घाटा कम गर्न, थप रोजगारीका अवसरहरू सिर्जना गर्न र राजस्व वृद्धि गर्नसमेत वैदेशिक लगानीका लागि उपयुक्त वातावरण सिर्जना गर्न आवश्यक हुन्छ,' प्रधानमन्त्री भट्टराईले भने, 'सम्झौताबारे बाहिर जे जस्ता नकारात्मक टिप्पणी भएका छन्, ती वास्तविकतामा आधारित छन् भन्ने मलाई लाग्दैन, यस प्रकारको सम्झौतामा निश्चित अन्तर्राष्ट्रिय मापदण्ड र आधारहरू हुन्छन् । नेपाल र भारतबीच सम्पन्न सम्झौता पनि सोही मापदण्डमा आधारित छ ।'

ज्याकी चेन, शाहरुख र रेखाले लुम्बिनी प्रवर्द्धन गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक ८ पर्यटन वर्ष सकिए लगत्तै सुरु हुने लुम्बिनी भ्रमण वर्ष २०१२ लाई हलिउड अभिनेता ज्याकी चेनसँग भारतका शाहरुख खान र रेखाले प्रवर्द्धनमा सघाउने भएका छन् । भ्रमण वर्षबारे आयोजित कार्यक्रममा संस्कृतिमन्त्री गोपाल किराँतीले उक्त जानकारी दिएका हुन् । 'ज्याकी चेनसँगै चीनका अर्का कलाकार जु दङ्यु पनि नेपाल प्रवर्द्धन गर्न सहमत भएका छन्,' मन्त्री किराँतीले भने, 'शाहरुख र रेखासँग भने मौखिक सहमति भएको हो ।' ज्याकी र जुसँग प्रवर्द्धनबारे लिखित सम्झौता नै भइसकेको दाबी मन्त्री किराँतीको छ । 'शाहरुख र रेखा कार्यक्रमका लागि तेस्रो मुलुक गएकाले फर्किनासाथ लिखित रूपमा सहमति हुने छ,' उनले भने । यी विश्वप्रसिद्ध कलाकारले प्रवर्द्धन गर्नेबारे संस्कृति मन्त्रालयले पठाएको प्रस्ताव असोज ३० गतेको मन्त्रिपरिषद् बैठकले पारित गरेको हो । 'लुम्बनी भ्रमण वर्षको प्रस्तावसँगै प्रवर्द्धनको टुंगो पनि लागेको हो,' मन्त्री किराँतीले भने । पर्यटन क्षेत्रका लागि लुम्बिनीको महत्त्व निकै भए पनि त्यसअनुसार पर्यटक भित्र्याउन कुनै पहल नभएकाले २०१२ लाई अभियानका रूपमा लिनुपरेको किराँतीले बताए ।
महत्त्वाकांक्षी लक्ष्य बोकेर सरकारले घोषणा गरेको पर्यटन वर्ष २०११ मा समेत सगरमाथा आरोही लगायत प्रख्यात व्यक्तित्वलाई सद्भावना दूत घोषणा गरी प्रवर्द्धनको जिम्मेवारी दिइएको थियो । तर यसको कुनै प्रतिफल आएन । 'फेरि यस्तो हुने छैन,' मन्त्री किराँतीले भने, 'प्रवर्द्धनका लागि हामी कलाकारलाई धेरै जिम्मेवार बनाउने छौं ।' प्रवर्द्धनको जिम्मेवारी पाएका कलाकारहरू वर्षको तीन पटक नेपाल आई विभिन्न कार्यक्रममा सहभागी हुने पनि उनले बताए । कलाकारिताको क्षेत्रलाई माध्यम बनाई पर्यटक नेपालतर्फ आकषिर्त गर्ने सोच सरकारको छ । 'यो अभियानलाई विश्वव्यापी बनाउन छिमेकी मुलुकका चर्चित कलाकारको सहयोग लिन खोजेका हौं,' उनले भने । यो सहयोगका लागि चुनिएका कलाकारले 'भोलेन्टियर' का रूपमा कुनै पारिश्रमिक नलिई सघाउने प्रतिबद्धता समेत जनाएको राष्ट्रिय सचिवालयले जनाएको छ । सोमबार किराँतीको संयोजकत्वमा १ सय ८ सदस्यीय मूल आयोजक समिति र भ्रमण वर्षको कार्यक्रम सञ्चालन गर्न १३ सदस्यीय राष्ट्रिय सचिवालय गठन भएको छ ।
सरकारले लुम्बिनी भ्रमर्ण वर्षको शुभारम्भ र पर्यटन वर्षको समापन एकैसाथ २०१२ जनवरीमा लुम्बिनीमै गर्ने भएको छ । गौतम बुद्धको जन्मस्थल नेपालबारे विश्व समुदायलाई जानकारी गराउने र आन्तरिक पर्यटन प्रवर्द्धनको उद्देश्यका साथ सरकारले भ्रमण वर्षको घोषणा गरेको हो । यो अभियान मनाउन संस्कृति मन्त्रालयको बजेटबाट केही प्रतिशत खर्च गरिने र अन्य रकम आर्थिक कार्ययोजना तयार गरी सरकारसँग माग गर्ने किराँतीले बताए । २०६५/६६ मा बाह्य र आन्तरिक गरी ९६ हजार पर्यटकले लुम्बिनी घुमेको तथ्यांक संस्कृति मन्त्रालयसँग छ । यो संख्या २०६७/६८ सम्म आइपुग्दा ५ लाख १५ हजार पुगेको लुम्बिनी सचिवालय सदस्य राजेन्द्र थापा मगरले जानकारी दिए । यो संख्यामा साढे चार लाख नेपाली मात्र र ६५ हजार विदेशी पाहुना छन् । 'आन्तरिक सहित कुल १० लाख पर्यटक लुम्बिनी पुगून् भन्ने लक्ष्य छ,' मगरले भने । लुम्बिनी क्षेत्र विकास कोषमा समेत रहेका मगरका अनुसार सरकारले लुम्बिनीका लागि घोषणा गरेको अभियानसँगै त्यस क्षेत्रका व्यवसायीहरू होटलमा लगानी थप गर्न उत्साहित भएका छन् । हाल लुम्बिनी क्षेत्रभित्र ५ अन्तर्राष्ट्रिय स्तरका होटल छन् ।

गद्दाफीको शव अज्ञात स्थलमा गाडियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
त्रिपोली (लिबिया), कार्तिक ८ - लिबियाका पूर्व शासक माअमर गद्दाफीको शव एक मरुभूमिमा अज्ञातस्थलमा गाडिएको समाचार छ । मङ्गलबार बिहानै उनको शवलाई मरुभूमिको एक अज्ञात स्थलमा गाडिएको समाचार अल जाजिरा टेलिभिजनले प्रशारण गरेको छ । सो टिभीले लिबियाको सङ्क्रमणकालीन परिषदका एकजना अधिकारीलाई उधृत गरी दिएको समाचार अनुसार सो गाडिएको स्थानका बारेमा त्यहाँका अधिकारीहरूले केही बताएका छैनन् । साथै गद्दाफीका छोराको शवपनि उनीसँगै गाडिएको हो वा उनको अन्त्येष्टि गरिएको छैन भन्ने बारेमा पनि सो समाचारमा केही बताइएको छैन । पश्चिमी लिबियाली सहर मिसार्तामा उनको शबलाई निकै विगत पाँच दिनदेखि सार्वजनिक रुपमै देखिनसक्ने गरी राखिएको थियो ।
मासु चिस्याउने एक चिस्यानमा उनीसहित उनका छोरा मुतासिमलाई पनि राखिएको थियो । अज सोही स्थानबाट लगी उनको अन्त्येष्टि गरिएको समाचारमा उल्लेख छ । हिजो रोयटर्स समाचार समितिले उनको शवलाई राखिएको स्थनको समाचार दिएको थियो । सो समाचारमा उनको शवप्रति त्यहाँको सङ्क्रमणकालीन परिषद्का लडाकुहरूले पहारा दिइरहेको र उनको शवप्रति त्यति चासो नदेखाइएको पनि समाचारमा उल्लेख गरेको थियो ।
आज उनको अन्त्येष्टि गरिएको स्थानका बारेमा कैयौं समाचार एजेन्सीहरूले जिज्ञासा राखिरहेको भएपनि सो स्थानका बारेमा भने सरकारले केही बताउन चाहेको छैन । गद्दाफीका आफन्त एवम् परिवारले उनको शव मागेका थिए । मुस्लिम परम्परा अनुरुप जतिसक्यो चाँडो अन्त्येष्टि गर्ने भन्दै उनका परिवारले शव मागेका समाचारहरू यसअघि आएका थिए । तर त्यहाँको अन्तरिम सरकारले भने उनको शवलाई उनका आफन्तको जिम्मा लगाउन मानेन । उसले परिवारलाई शव दिन नमानेर आज आफै मरुभूमिको एक अज्ञात स्थलमा गाडेको समाचार सो टिभीले दिएको छ । यसका साथै उनीहरूले गद्दाफीको हत्याको बारेमा पनि छानविनको माग गरेका थिए । उनको हत्याको छानबीनको माग उनलेमात्र नभई विश्व समुदायले पनि गरेका थिए ।
लिवियाको अन्तरिम सरकारका प्रमुख मुस्ताफा अब्देल जलिलले सोमबार मात्र पनि विश्व समुदायको सो अनुरोधमा अन्तरिम सरकारले एक समितिको गठन गरी उनको हत्याको छानविन गर्ने आश्वासन दिएका थिए । जलिलले गद्दाफीका सहयोगीहरूले नै उनको हत्याका लागि सघाउ पुर्‍याएको बताउँदै आएका छन् । तरपनि ती आफन्त को हुन र किन उनको हत्या नै खोजेका थिए भन्नेबारेमा भने उनले केहीपनि बताएका छैनन् । लिबियामा करिब ४२ वर्षसम्म शासन गरेका पूर्व शासक गद्दाफी गत बिहीबार त्यहाँको अन्तरिम सरकारका सेनाद्वारा नै मारिएका थिए । उनलाई पहिल्यै मारिएको थियो वा नियन्त्रणमा लिएपछि मारियो भन्नेबारेमा भने विभिन्न तर्कहरू बाहिर आएका छन् ।

यौन क्रियाकलापमा संलग्न २१ जना पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हेटौँडाको बसपार्कका बिभिन्न होटलमा छापा मारी प्रहरीले यौन क्रियाकलापमा संलग्न २१ जनालाई सोमवार राती पक्राउ गरेको छ । पछिल्लो समयमा हेटौँडामा यौन ब्यवसाय गर्ने युवतीहरुको संख्या बढेको भन्दै प्रहरीले बिशेष चेकिङ थालेको छ । त्यहि चेकिङका क्रममा ११ जना युवती र १० जना युवक पक्राउ परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेहरु १८ देखि ३५ वर्ष उमेरका छन् ।

सरकारी पात्रोमा नेपाल संवत् उल्लेख गर्ने सरकारको निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कात्तिक ८,राष्ट्रको नामबाट प्रचलनमा रहेको नेपाल संवतलाई व्यवहारमा कार्यान्वयन गर्न यसलाई सरकारी पात्रोमा उल्लेख गर्ने र एउटा कार्यदल गठन गर्ने निर्णय मन्त्रिपरिषद्‍को आजको बैठकले गरेको छ। तीन वर्षअघि सरकारले नेपाल संवत्‌लाई राष्ट्रिय संवत् भएको घोषणा गरेको थियो। अघिल्ला सरकारहरुका पालामा पनि यस संवत्‌लाई व्यवहारमा कार्यान्वयन गर्न अध्ययन गर्ने भन्दै पटक पटक समिति गठन भइसकेका छन्। सरकारले यस पटक वरिष्ठ बाम वुद्धिजीवी तथा नेपालभाषा मंका खलःका अध्यक्ष पद्मरत्न तुलाधरको संयोजकत्वमा कार्यदल गठन गरेको हो। नेपाल संवत् अध्ययन तथा सुझाव आयोगका सदस्यमा हरिनारायण मल्ल र कुमार योञ्जन रहेका छन्। कार्यदललाई नेपाल संवत्‌लाई कसरी व्यवहारिक बनाउन सकिन्छ भन्नेबारे अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन बुझाउन भनिएको बैठकपछि उपप्रधान तथा परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिए। नयाँ नेपाल संवत् बिहीबारदेखि सुरु हुँदैछ। बैठकले नेपाल संवत् प्रचलनमा ल्याउने शंखधर साख्वाको नाममा शंखधर साख्वा राष्ट्रिय प्रतिष्ठान गठन गर्ने निर्णय पनि आजको मन्त्रिपरिषद् बैठकले गरेको छ। युवा स्वरोजगार कार्यक्रमको उपाध्यक्षमा डा. पुण्य रेग्मीलाई नियुक्त गर्ने निर्णय आजको बैठकले गरेको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा गठित समितिका पदाधिकारीलाई लुम्बिनीको विकासका लागि राष्ट्रसंघसहितको विदेशी सहयोग जुटाउन पहल गर्न अमेरिका भ्रमणमा लैजाने निर्णय पनि बैठकले गरेको छ । यसैगरी साउदीका युवराज सुल्तान अब्दुल अजिल अल साउदको अन्त्येष्टिमा वनमन्त्री मो. वकिल मुसलमानलाई पठाउने निर्णय सरकारले गरेको छ।

Oct 24, 2011

हंगकंगमा ताप्लेजुंग नगरपालिकाको महाधिवेशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हंगकंग २३ डिसेम्वर आइतवार,स्थानीय काम्शान कन्ट्रीपार्क मंकिहिलमा ताप्लेजुंग नगरपालिका उत्थानसेवा समिति हंगकंगको बृहत वारविक्यु भेलामा प्रथम महाधिवशन,रमाइलो देउसीभैलो र विविध सस्कृत कार्यक्रम सम्पन्न भएकोछ |चन्द्र मादेन ‘आन्छन् ’को सभापतित्वमा सम्पन्न भएको उक्त महाधिवेशनलाई प्रमुख अतिथि नेपाली महासंघका अध्यक्ष प्रदीप थापा, नेपाल जनसरोकार समाजका महासचिब जिमी किरात, किरात धर्म तथा साहित्य उत्थान संघका उपाध्यक्ष खगेन्द्र गुरुङ,तेह्रथुम समाजका अध्यक्ष त्रिभुवन लुन्गफुवा,किरात याक्थुम चुम्लुंगका उपाध्यक्ष हस्त लिवांगले शुभकामना मन्तब्य दिनुभएकोथियो |अन्य अतिथिहरुमा नेपाली शाहित्य प्रतिष्ठानका अध्यक्ष टंक सान्बाहाम्फे,ताप्लेजुंग समाजसेवाका अध्यक्ष कुमार (लक्ष्मी) श्रेष्ठ,नेपाल वाट आउनुभएका पत्रकार महासंघ सुनसरीका सल्लाहकार द्वय आनन्द श्रेष्ठ र जनक ऋषि राई,नेकपा मावोवादी हंकंगका सदस्य एवं चर्चित पत्रकार राई चन्द्रदुमी,हंगकंग नेपाली डट कमका प्रमुख नेत्र पराहीलाई अतिथ्य आसन्ग्रहण गराइएकोथियो |
ताप्लेजुंग नगरपालिकाका सचिव नारायण मादेन र वरधोज (यात्रा)सुब्बाद्वारा संचालन गरिएको उक्त महाधिवेशनले दिपक खवासको अध्यक्ष तामा १९ सदस्यीय पदाधिकारी निर्विरोध चयन गरेकोछ | सो नवनिर्वाचित पदाधिकारीहरुमा उपाध्यक्षद्वय-गंगा कार्की, गीता पालुंगवा,सचिव-नारायण मादेन,सहसचिव-मोहन गुरुङ,कोषाध्यक्ष-कुमारी राई,सहकोषाध्यक्ष-धनमाया लोक्सम,
सदस्यहरुमा- खगेद्र गुरुङ, डी वि पालुग्वा, दीपक नेयुंग,धिरेन श्रेष्ठ,काजी मादेन, मिना सुब्बा, कुमारी लिंखिम,मोहन (गंगा)मादेन,पदमसिंग लिम्बू,बाबुराम मादेन,सविना थाम्सुहांग,सविता सुब्बालाई चयन गरेकोछ |त्यस्तै नवघोषित सल्लाहकारहरुमा- चन्द्र मादेन ‘आन्छन्’,कुमार (लक्ष्मी)श्रेष्ठ, रबीन नाल्बो,दिल पालुग्वा,भीम मादेन,विक्रम गुरुङ र प्रेम गुरुङ चयन हुनुभएकोछ |
उक्त कार्यक्रममा नेपालवाट आएकी नवयुवा गायीका प्रमिना(श्रेया)राई,राजु आन्ग्देम्बे,भुपेंद्र योंगया र पदमसिंग लिम्बूको कोकिल स्वरहरुले हृदय स्पर्सी गीत प्रस्तुतगरि उपस्थित दर्शकहरुलाई मुग्ध बनाएकाथिए |त्यस्तै धिरेन श्रेष्ठ र कुमारी राईको शुरिलो आवाजको देउसी गीतले सवैको ध्यानकर्षण गरेकाथिए |त्यसैगरि राष्ट्रिय पोसाक भेषभूषाले सुसज्जित याक्थुंग कलाकारहरुको आकर्षण च्याब्रुंग (केलांग) नृत्यले उपस्थितहरुमा लगभग एकदर्जन स्थानीय हंगकंगका चिनाहरू आस्चर्य र उमंगले तस्विर खिच्न र खिचाउन तल्लिन भएका थिए | १०० जनालाई तार्गेट राखेर गरिएको कार्यक्रममा अढाईसय ज्यादा टिकट बिक्रिहुनाले आयोजकहरुलाई पटक पटक खाद्य तथा पेय सामाग्रीहरु खेप गर्नुपरेकोले निकै धावा र आत्तुरी बनाएकाथिए |बिहान ११.०० वजे वाट शुरुभएको कार्यक्रम अन्तिममा लामो सामुहिक नृत्यगरि रातको ११.०० वजेमात्र टुंगिएको थियो |

नयाँ सन्देशलाई ब्रुनाईबाट अझबढि सहयोग हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ब्रुनाई, सेरिया, २२ अक्टोबर ११, वेलायतबाट नेपाली खस भाषामा प्रकाशित हुने नयाँ सन्देश साप्ताहिकको पाठक तथा ग्राहक संगको प्रत्यक्ष अन्तरक्रिया कार्यक्रम ब्रुनाईमा सम्पन्न भयो । पत्रिकाको विस्तार तथा सुझाव संकलनको लागि बेलायतबाट ब्रुनाई आईपुग्नु भएका प्रधान सम्पादक चण्डिराज राईले पत्रिका प्रकाशनको कारण, आवश्यकता र प्रगति बारे जानकारी गराउनुको साथै सहभागिहरुको सुझावहरु लिनुभयो । उक्त कार्यक्रममा रामप्रसाद लिम्बु, लाल शाही, जानुका राई लगायतले बोलेका थिए भने सहभागिहरुले नयाँ सन्देशलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता दोह¥याएका छन् । कार्यक्रमको प्रमुख अतिथि गोर्खा मेजर याम रानामगर रहनु भएको थियो भने सभापतित्व मेनुका राईले गर्नुभएको थियो र इश्वर चाम्लिङले संचालन गरेका थिए ।

वरिष्ठ साहित्यकार येहाङ सम्मानित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ब्रुनाई, सेरिया, २३ अक्टोबर ११, नेपाली खस भाषा साहित्य र विशेषत लिम्बु भाषा साहित्यमा ठूलो योगदान दिनुहुने येहाङ लाओतीलाई प्रवासी नेपाली साहित्य समाजले ब्रुनाईमा खादा र प्रमाणपत्रबाट सम्मान गरेको छ । त्यस्तैगरि वेलायतमा रहेर नेपाली खस भाषाको संरक्षण, सम्बद्र्धनमा योगदान पुरयाउनु भएका चण्डिराज राई र गुर्खा संचार सहकारी संस्था लिमिटेडका सदस्य नेपालबाट ब्रुनाई आउनुभएका सरला सुब्बालाई पनि सम्मान गरिएको थियो । गुर्खा संचार सहकारी विषयक अन्तरक्रिया तथा सम्मान कार्यक्रमको प्रमुख अतिथि क्याप्टेन युवराज गर्वुजा पुन मगर र अतिथिको रुपमा भिम राई, दिपा लिम्बु राई, जानुका राई रहनुभएको थियो । उक्त कार्यक्रममा मिलन चाम्स, नरेस राई, विश्वास दीप तिगेला लगायतले पनि बोल्नु भएको थियो । सहभागिहरुले गुर्खा संचार सहकारीलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । समारोहका सभापतित्व सुनिता लिम्बुले गर्नुभएको थियो भने संचालन सन्तकुमार आङदेम्बेले गर्नुभएको थियो ।

जरायलीभूमिमा नेपाली कलमहरू र लुङ्मारी मिथक विमोचित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/कुमार पौडेल,
इजरायल : २२ अक्टुबर ०११,अन्तराष्ट्रिय नेपाली साहित्य समाज इजरायल च्याप्टरको आयोजनामा २२ अक्टुबरका दिन अनेसास इजरायल च्याप्टरको आफ्नै साझा कृति "इजरायली भूमिमा नेपाली कलमहरु" को आज बिशेष समारोहका साथ तेल अभिवको लेबेन्स्की पार्कमा बिमोचन गरिएको छ | साझ ढल्दै गर्दा बिशेष बिदा र समयको पाबन्दी संगै जुटेका नेपाली साहित्यिक मनहरुको बिशेष भेलामा बडो रमाइलो र उल्लासमय बातावरणमा उक्त कृति र इजरायलमै रहेर साहित्य सृजनामा लागि पर्नुहुने श्रस्टा कवयित्री मनु लोहोरुंगको कृति " लुङ्मारी मिथक " साथै अनेसासको आफ्नै आधिकारिक वेभ साइट www.inlsisrael.com लाई संयुक्त रुपमा सस्थाका अध्यक्ष कृष्णपक्ष , उपाध्यक्ष कुमार पौडेल , सस्थाका केन्द्रिय सचिव हरि मानन्धर र सल्लाहकार श्याम रोक्काले संयुक्त रूपमा विमोचन गर्नुभएको थियो।
नेपाली राष्ट्रिय गानबाट शुरू गरिएको उक्त कार्यक्रममा स्वागत मन्तब्य संस्थाकि सदस्य श्रीमति सुमित्रा पौडेलले दिनुभएको थियो भने च्याप्टरको कृति र लुंगमारी मिथकका बारेमा कवियत्री दीप्स शाहले बिशेष प्रकाश पार्नुभएको थियो । इजरायलमा रहेर साहित्य सृजनामा लागि पर्नुहुने सर्जक र साहित्य प्रेमीहरुको साझा संस्था अनेसासलाई अरु जुझारु र साहित्य सृजनामा आगामी दिनहरुमा सशक्त र इजरायलमा रहे भएका अरु संस्था भन्दा पृथक दृष्टिमा अनेसास भएको कुरा सस्थाका सल्लाहकार श्याम रोक्काले आफ्नो मन्तव्यको क्रममा बताउनु भयो ।
अनेसास केन्द्रिय प्रतिनिधि एवं च्याप्टरका सचिव हरि मानन्धरले संस्थाले लामो दुख र साधनामा लागि परेर आज विमोचित कृति "इजरायली भूमिमा नेपाली कलमहरु" सबै पाठकमाझ ल्याउन सफल भएकोमा खुशी व्यक्त गर्नुभयो भने संस्थाको भावी कार्यदिशाका बारेमा बोल्दै इजरायल च्याप्टरले डायस्पोराबाट नेपाली साहित्यमा नयाँ इतिहाँस रच्ने काम गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो । तेल अभिवको लेभिन्स्की पार्कमा साँझ आयोजित कार्यक्रममा संस्थाको प्रकाशित कृति र आफ्नै आधिकारिक वेभ साइटको विमोचनको अवसरमा सस्थाका सदस्य र साहित्य अनुरागीहरुको कबिता , गित, गजल र मुक्तक बाचन पनि गरिएको थियो , उक्त बाचन मा कवियत्री दिप्स शाह ,सुमित्रा पौडेल ,यासिन राइ ,भगवती कंडेल (सेविका ) लगायत ... का कबि , कबित्रिहरुले आ आफ्नो रचना बाचन गरेर कार्यक्रमलाई रौनक थपेका थिए भने बिमला देवकोटाका गजल र सुर्य बस्यालको कबिता" दुख पाएको मान्छे " कबिता सँस्थाका उपाध्यक्ष कुमार पौडेलबाट बाचन गरेर अरु थप रोचक र उलास्मय बनाउनुभएको थियो । त्यस्तै इजरायललाई कर्मभूमि बनाउँदै आउनुभएका स्वरका धनि गोबिन्द सिवाकोटीको आफ्नै स्वर र संगितमा लयबद्द गीतको स्थाई /अन्तरामा गाएर उपस्थित साहित्यक मनहरूलाई रोमाञ्चित पार्नुभएको थियो ।
अनेसास इजरायल च्याप्टरका अध्यक्ष कृष्णपक्षको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा अनेसास केन्द्रिय सचिव हरि मानन्धर "विवश" को प्रमुख आतित्थ तथा संस्थाका सल्लाहकार श्याम रोक्का र श्री सत्य साई केन्द्रकी अध्यक्ष नेहा गुरूङको आतिथ्य रहेको थियो भने सस्थाका महासचिव यशजी (सुदर्शन घिमिरे) को कोकिल कण्ठबाट उदघोषित उक्त कार्यक्रममा आफ्नो बिचारको अभिव्यक्ति साथ हाम्रोसंसार डटनेटका उद्दब तामाङले लिखित मन्तब्य राख्नुभएको थियो । उक्त समारोहमा थुप्रै साहित्यिक मनहरुको उपस्थिति रहेको थियो । अनेसास इजरायल च्याप्टरले आगामी लक्ष्मी जयन्तीको अवसर पारेर देवकोटा जयन्ती बिशेष कार्यक्रमका साथ मनाउने निर्णय पनि गरिएको थियो ।
अन्त्यमा कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष कृष्णपक्षले पुस्तक प्रकाशनका पृष्ठभूमि र पुस्तकका बारेमा प्रकाश पार्दै इजरायलमा रहेर साहित्य साधनामा लागि पर्नु भएका र "इजरायली भूमिमा नेपाली कलमहरु"को प्रकाशनार्थ प्रत्यक्ष अप्रत्यक्ष योगदान पुर्याउनु हुने सम्पूर्ण महानुभावहरु प्रति हार्दिक आभार प्रकट गर्दै कार्यक्रम समापन गर्नु भएको थियो ।

विश्व नेपाली साहित्य महासङ्घ, क्यानडा शाखा निर्माण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
टोरन्टो, मिसागा १९ अक्टोबर, क्यानडाको एक भेलाले विश्व नेपाली साहित्य महासङ्घ, क्यानडा शाखा निर्माण गरेको छ । महासङ्घको अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः हरी शिवाकोटि, सपना गौतम, सुभाष दुतराज र कल्पना अवस्थी रहेका छन् । सदस्यहरु सुरेन उप्रेती, तुला भट्टचन, मानकाजी श्रेष्ठ र अतिथि सदस्यहरु गोपीकृष्ण काफ्ले, आङबारु शेर्पा, चन्द्रा राई, गोपाल भण्डारी, मुक्ति गौतम, कुसुम ज्ञवाली, कमल थपलिया, भिमादी याक्थुम्बा र अनिता रसाइली रहनु भएको छ । महासङ्घको सल्लाहकारमा एन.आर.एन. क्यानडा अध्यक्ष, एनसिसिएस क्यानडा, एनजेएसि क्यानडा, नेवा गुठि क्यानडा र डा. तुलसी धरेल, गोविन्द सिंह रावत, राजकुमार राई, इश्वर थापा, राधा बस्नेत रहनु भएको छ भने संरक्षकमा क्यानडाको लागि नेपाली राजदुत रहनु भएको छ । साहित्य महासङ्घको विश्वभर विभिन्न १० मुलुकमा १२ वटा शाखा विस्तार भईसकेको छ भने क्यानडा शाखा १३ औ शाखा हो र नयाँ यस शाखाले यहि लक्ष्मी जयन्तिको अवसरमा साहित्यिक कार्यक्रम पनि गर्ने भएको छ ।

अमेरिकी सुरक्षा अधिकारीद्वारा पश्चिम तराईको सुरक्षाबारे अध्ययन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अमेरिकी सुरक्षा अधिकारीहरुले आज पश्चिम तराईको सुरक्षाबारे स्थलगत अध्ययन गरेका छन् । आज अमेरिकी विदेश मन्त्रालय र राजदुतावासका उच्च अधिकारीहरुले द्वन्द र विकासको अवस्था अध्ययन गरी देखिएका समस्याको निराकरणका उपाय खोज्ने उद्देश्यले अध्ययन गरिएको हो । अमेरिकी विदेश मन्त्रालयको कुटनीतिक सुरक्षा विभागका सुरक्षा सहचारी केनेट पे जोन सहितका सुरक्षा अधिकारीले मंसिरको पहिलो साता हुने भनिएको 'सुरक्षा र बिकासको मिसन' भ्रमणलाई मध्यनजर गर्दै बाँके लगायत तराई क्षेत्रको स्थिति बुझेका हुन् । अमेरिकी राजदुतावासका क्षेत्रीय सुरक्षा अधिकृत रोगरभान्स फ्रोर्ड सहायक क्षेत्रीय सुरक्षा अधिकृत क्यानेथ के जेन्स र सुरक्षा अनुसन्धन कर्ता सुभाष श्रेष्ठ सहितको टोलीले प्रशासन , नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरुलाई भेटेर राष्ट्रिय र अन्तराष्ट्रिय आतंकवादको अबस्थाका सम्बन्धमा जानकारी लिएका छन् । सो टोलीले आफनो मुलुका नागरिक सुरक्षित भए/नभएको सम्बन्धमा नेपाली सुरक्षा अधिकारीसँग बुझेका छन् ।

दार्जिलिङमा पुल खस्दा ३२ नेपालीभाषीको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दार्जिलिङ (भारत), कार्तिक ७ - दार्जिलिङको विजनबारीमा शनिबार साँझ ४० वर्ष पुरानो झोलुङ्गे पुल चुँडिँदा ३२ नेपालीभाषीको मृत्यु भएको छ । दुर्घटनामा ७० जनाभन्दा बढी घाइते भएका छन् भने ३५ भन्दा बढी बेपत्ता छन् । उनीहरूलाई नदीले बगाएको हुन सक्ने प्रहरीले जनाएको छ । मृत्यु भएका अधिकांश बालबालिका र महिला हुन् । दार्जिलिङ बजारबाट करिब ८० किलोमिटर टाढाको विजनबारी-चुङथुङ चिया बगान जोड्ने सानो रंगित नदीको पुल चुँडिँदा ३२ जनाको मृत्यु भएको हो । मृत्यु भएकाको संख्या अझ बढ्न सक्ने दार्जिलिङ प्रहरीको अनुमान छ ।

मंसिर १ देखि सबै जिल्लाबाट एमआरपी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक ७ - परराष्ट्र मन्त्रालयले मंसिर महिनादेखि मुलुकका सबै जिल्लाका प्रशासन कार्यालयबाट मेसिन रिडेबल पासपोर्ट (एमआरपी) को सेवा सुरु गर्ने भएको छ । हाल ४१ जिल्लामा सीमित रहेको एमआरपी सेवालाई विस्तार गर्न जिल्लाहरूमा तालिम जारी रहेको मन्त्रालयका अधिकारीले बताए । जिल्लास्थित प्रशासन कार्यालयमा फर्म भरेर बुझाएपछि जिल्लाबाटै डेढ महिनाभित्रमा एमआरपी पाउन सकिने सुविधा सर्वसाधारणले पाउनेछन् ।

वैद्य समूहद्वारा गोप्य भेला

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालगन्ज, कात्तिक ७- अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईका विरुद्ध टिप्पणी गर्दै हिँडेका एकीकृत माओवादीका उपाध्यक्ष मोहन वैद्य पक्षधर कार्यकर्ताले सोमबार बाँकेको चीसापानीमा गोप्य भेला आयोजना गरेका छन्। भेरी-कर्णाली तथा थारुवान राज्य समितिका जिल्ला स्तरदेखि माथिल्लो तहका कार्यकर्ताको प्रशिक्षणमा दाहाल-भट्टराई पक्षका कार्यकर्ता भने सहभागी भएका छैनन्। माओवादी बाँके इन्चार्ज प्रकाश सुवेदीले गुटगत रुपमा भेला आयोजना गरिएकाले सबैले भाग नलिएको बताए। उनले बाँकेका १०-१२ जनाले मात्र वैद्य भेलामा भाग लिएको दावी गरे। वैद्य पक्षधरले भने भेलामा ४/५ सयको सहभागीता रहेको दावी गरे। वैद्य समूहले बाँके, बर्दिया, दाङ, कैलाली, कन्चनपुर, सुर्खेत र दैलेखका कार्यकर्तालाई बोलाएको छ। राष्ट्रियता संकटमा परेकाले कार्यकर्ताको बलिदानी अझै जरुरी रहेको तथा सर्वसाधारणले लोकतन्त्रको अनुभुती गर्न नसकेकाले कार्यकर्ताको सक्रियता जरुरी रहेको वैद्य पक्षका नेताले बताएको एक सहभागीले बताए। भेलामा महासचिव रामबहादुर थापा तथा स्थायी समिति सदस्य नेत्रविक्रम चन्द, पोलिटब्युरो सदस्यहरू खड्गबहादुर विश्वकर्मा, हरिभक्त कडेल, धर्मेन्द्र वास्तोला लगायत सहभागी छन्।

Oct 22, 2011

मलेसियामा अवैध कामदारलाई आममाफी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मलेसिया सरकारले गत अगष्टदेखि अवैधानिक रुममा काम लुकेर काम गर्दै आएका अवैधानिक कामदारलाई आममाफी दिने भएको छ । मलेसिया सरकारले गत अगष्टदेखि अवैधानिक कामदारका लागि बायोमेट्रीक प्रणालीसहित विभिन्न ६ चरणमा सम्पन्न गर्ने गरी 'आममाफी कार्यक्रम' ल्याएको हो । आममाफी कार्यक्रम अन्तर्गत घरफर्क चाहने अवैध रुपमा रहेका सबै विदेशी कामदारलाई 'यही अक्टोबर ३१ सम्ममा मलेसिया छाड्नुपर्ने' निर्णय मलेसियाले गरेको छ । घर र्फकन्छु भनी बायोमेट्रीक प्रणालीमा दर्ता भएका र दर्ता हुन छुटेका समेत गरी दुवै खाले नेपाली कामदारले यही अक्टोबर ३१ भित्रै नेपाल फर्कनुपर्ने भनि समयसीमा तोकेको छ । यसरी घर फर्कन चाहनेले कुनै पनि कारबाहीको भागीदार हुनुपर्ने छैन ।

हालसालै भएको बिपा सम्झौतामा के छ ?

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक ५ - प्रधानमन्त्री बाबुराम भट्टराईको भारत भ्रमणका क्रममा भएको बहुचर्चित लगानी प्रवर्द्धन तथा सुरक्षण सम्झौता (बिपा) ले युद्ध, आन्तरिक सशस्त्र द्वन्द्व, दंगालगायत कारणबाट हुने नोक्सानीको लगानीकर्तालाई क्षतिपूर्ति दिने सुनिश्चित गरेको छ । एकअर्का देशमा लगानी बढाउने उद्देश्यका साथ हस्ताक्षर भएको बिपा सम्झौताको धारा ६ मा क्षतिपूर्ति दिँदा आफ्ना लगानीकर्ताभन्दा कम दिन नपाइने उल्लेख छ । 'युद्ध वा अन्य सशस्त्र द्वन्द्व, राष्ट्रिय संकटकालीन अवस्था वा राष्ट्र विप्लव वा दंगाका कारणले अर्को देशका लगानीकर्ताले नोक्सानी बेहोर्नुपरेमा त्यस्ता लगानीकर्तालाई निजको पुनःस्थापन, हर्जना, क्षतिपूर्ति वा अन्य समाधानका सम्बन्धमा आफ्ना वा अन्य कुनै तेस्रो राष्ट्रको लगानीकर्तालाई प्रदान गरिएकोभन्दा कम सौविध्यतापूर्ण नहुने गरी व्यवहार गर्नेछ,' सम्झौतामा उल्लेख छ । भारतले केही युरोपेली देशसँग गरेको सम्झौतामा यसै बुँदामा राखिएको 'सामाजिक खलल' को सट्टा 'दंगा' भन्ने शब्द राखिएको छ । तर भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भने दंगा उल्लेख नगरे पनि युद्ध, सशस्त्र द्वन्द्व र संकटकालसँगै 'इत्यादि' भन्ने शब्द पनि जोडेको छ ।
भारतले ५३ देशसँग यस्तै सम्झौता गरी त्यसैबमोजिम काम गरिरहेको छ । भारतीय लगानीका आयोजनामा आक्रमणका घटना भएको पृष्ठभूमिमा आएको यो १६ बुँदे सम्झौताको प्रस्तावनामा निजी क्षेत्रको लगानीको प्रोत्साहन, प्रवर्द्धन र संरक्षण अत्यावश्यक भएको उल्लेख छ । यस्ता सम्झौताले विदेशी नागरिकले गर्ने व्यवसायको सुरक्षा गर्ने हुँदा लगानी बढ्ने अपेक्षाका साथ गरिन्छ । नेपाल र भारतबीच करिब दशकदेखि बिपा सम्झौता गर्नेबारे छलफल भइरहेको थियो । सम्झौताले सेयर लगानी, प्रत्यक्ष वैदेशिक लगानीसँगै बौद्धिक सम्पत्तिलाई समेत समेटेको छ । सम्झौताले मुख्यतया अर्को देशको लगानीकर्ता र त्यही प्रकृतिको स्वदेशी वा तेस्रो देशको लगानीकर्ताबीच भेदभाव गर्न नहुने विषयलाई उठाएको छ । विश्व व्यापार संगठनको समेत मर्म रहेको यस व्यवस्थालाई दुई देशबीच सम्झौता गरेर थप प्रभावकारी बनाउन खोजिएको छ ।
सम्झौतामा एकअर्का देशको लगानीमा स्थापित आयोजनालाई राष्ट्रियकरण नगरिने, पुँजी एवं मुनाफा फिर्ता लान पाउने र आपसी सहमतिमा विवाद समाधान गर्ने प्रावधानलाई प्रमुखताका साथ समावेश गरिएको छ ।
सम्झौताको धारा ५ ले राष्ट्रियकरण नगरिने, उचित र समन्यायिक क्षतिपूर्ति दिएर सार्वजनिक प्रयोजनका लागि बाहेक अधिग्रहण पनि गर्न नपाइने व्यवस्था गरिएको छ । एकअर्का देशमा हुने लगानीबाट स्थापित व्यवसाय सञ्चालन गर्दा कुनै विवाद सिर्जना भए त्यसको समाधानका लागि छुट्टै संयन्त्र निर्माण गर्ने वा अन्तर्राष्ट्रिय विवाद समाधानसम्बन्धी निकायको रहोवरमा काम गर्ने विकल्पसमेत समेटिएको छ ।
सम्झौताको धारा १० ले सकेसम्म विवाद वार्ताद्वारा समाधान गर्ने र नभए मध्यस्थ न्यायाधिकरणको व्यवस्थासमेत गर्न सकिने व्यवस्था गरेको छ । यसमा दुवै देशका एक/एक जना सदस्य रहने र दुवैसँग सम्बन्ध भएको मुलुकको एकजना अध्यक्ष रहने गरी न्यायाधिकरण गठन गरिने व्यवस्था सम्झौतामा छ ।
सम्झौता भएको मितिले १० वर्षसम्म लागू हुने यस सम्झौताले यसअघिको कुनै पनि विवाद र समाधान भइसकेको दाबीका हकमा यो सम्झौता लागू नहुने स्पष्ट व्यवस्थासमेत गरेको छ । १० वर्षपछि दुवै देशले कुनै संशोधन माग नगरे स्वतः नवीकरण हुने व्यवस्था पनि सम्झौतामा छ । सन् १९९६ मा भएको दुई देशबीचको व्यापार सन्धिमा पनि स्वतः नवीकरण हुने व्यवस्था छ ।
नेपालको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ ले समेत ग्यारेन्टी गरेको पुँजी वा मुनाफा फिर्ता लान पाउने व्यवस्थालाई यसमा पनि समेटिएको छ । धारा ७ ले लाभांश ब्याज, रोयल्टी सेवा शुल्क, सेयर बिक्रीबाट भएको आम्दानी र आयोजनामा काम गर्ने नागरिकले गरेको आर्जन फिर्ता लान सकिने व्यवस्था गरेको छ । यसैगरी लगानी गर्ने देशका सम्बन्धित व्यवसायी तथा कर्मचारीको प्रवेश र बसाइको ग्यारेन्टी गरिएको छ । लगानी प्रोत्साहनसँगै जोडिएको दोहोरो कर नलाग्नेसम्बन्धी सम्झौतामा भने यसपटक पनि सहमति जुट्न सकेन । यसमा कुनै एक देशको नागरिकले अर्कोमा लगानी गर्न चाहेमा एक ठाउँमा मात्रै कर बुझाए पुग्ने व्यवस्था थियो । लगानीको अवस्था र आय आर्जनको स्रोतका आधारमा कहाँ र कसरी कर तिर्ने भन्ने विषय समेटिएको यस सम्झौतामा अन्य प्रयोजनका लागि समेत सूचना दिने प्रावधानसमेत राखिएको थियो । नेपालमा करको दर कम भएकाले लगानी प्रोत्साहन हुने दाबी नेपाली पक्षको थियो । यसैगरी नेपालमा वित्तीय अपराध गरी भारतमा जाने प्रचलन धेरै भएकाले सम्झौतापछि भारतले सघाउन सक्ने सम्भावना पनि यस सम्झौतामा थियो ।

भारतीय उद्योग बन्द भए नेपालले क्षतिपूर्ति दिने सम्झौता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भारतीय लगानीका उद्योग गैरव्यावसायीक कारणले बन्द भएमा नेपालले क्षतिपूर्ति दिनुपर्ने प्रावधानसहितको सम्झौउतामा नेपालले हस्ताक्षर गरेको छ। हस्ताक्षर भएका सम्झौतामा औद्योगिक लगानी प्रवद्र्धन तथा संरक्षण, कुष्ठरोग निवारण कार्यक्रम र सहुलियत दरमा ऋणसम्बन्धी रहेका छन् । औद्योगिक लगानी प्रवद्र्धनसम्बन्धी सम्झौतामा नेपालका तर्फबाट उद्योगमन्त्री अनिलकुमार झा र भारतका तर्फबाट वित्तमन्त्री प्रणव मुखर्जी, कुष्ठरोग निवारणसम्बन्धी सम्झौतामा नेपालबाट वाणिज्य सचिव पुरुषोत्तम ओझा र भारतका तर्फबाट परराष्ट्र सचिव तथा सहुलियत ऋणसम्बन्धी सम्झौतामा नेपालका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव लालशङ्कर घिमिरे र भारतका तर्फबाट एक्जिम बैंकका कार्यकारी निर्देशकले हस्ताक्षर गर्नुभयो ।
अर्थ मन्त्रालयका सचिव कृष्णहरि बाँस्कोटाका अनुसार सहुलियत ऋणसम्झौताअन्तर्गत अब २५० मिलियन अमेरिकी डलरको अर्थात् करिब रु १९ अरब रकम नेपाललाई उपलब्ध हुनेछ । द्विपक्षीय वार्ताका क्रममा द्रुत मार्ग विस्तार, दोहोरो कर र थप विद्युत् आयातका सम्बन्धमा पनि सम्झौता हुने भनिए पनि त्यसबारे केही जानकारी दिइएको छैन । वार्ताअघि अर्थमन्त्री वर्षमान पुनले दोहोरो कर प्रणालीको अन्त र लगानी सुरक्षाका विषयमा दुई बेग्लाबेग्लै सम्झौता हुने पत्रकारहरूलाई जानकारी दिनुभएको थियो ।

मेलबर्नमा अपहरित नेपाली युवती सकुशल मुक्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मेलबर्न, कात्तिक ५- मेलबर्नमा अपहरणमा परेकी नेपाली युवतीलाई प्रहरीले दुई दिनपछि मुक्त गराएको छ। सामाजिक सञ्जालमार्फत अपहरणको फन्दामा परेकी २९ वर्षीया नेपाली युवतीलाई अस्ट्रेलियन फेडरल प्रहरीले २४ घण्टा लामो अनुसन्धानपछि अपहरणकारीको घरबाट मुक्त गरेको हो। ३५ वर्षीय डरेन साल्टमासले ती युवतीको अपहरण गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। प्रहरीले २९ वर्षीय गुरुङ थरकी नेपाली युवतीलाई पाकेह्याममा रहेको अपहरणकारीको घरबाट मुक्त गरेको थियो। प्रहरीका अनुसार उनीहरुबीच सामाजिक सञ्जालमार्फत् चिनजान भएपछि गत मंगलबार पहिलोपटक युवती डेटिङमा गएकी थिइन्। अपहराण्कारीले युवतीलाई आफ्नै कारमा राखेर घरमा पुर्‍यापछि बन्धक बनाएर २० हजार अस्ट्रेलियन डलर फिरौती माग्दै नदिए हत्याको धम्की दिएको थियो। मेलबर्नबाट प्रकाशित हुने हेराल्ड सन् दैनिकका अनुसार २० हजार डलरका लागि अपहरणकारीले युवतीको पोखरामा रहेका आफन्तलाई फोन गरेर धम्की दिएको थियो। युवतीका नेपालमा रहेका आफन्तले मेलबर्नमा रहेको महावाणिज्यदूतको कार्यालयलाई खबर गरेपछि अष्ट्रेलीयन प्रहरीले घटनाबारे जानकारी पाएको थियो। अपहरमुक्त भएपछि स्थानीयवासीले अस्पतालमा भर्ना गरेका थिए। वाणिज्यदूत चन्द्र योञ्जनका अनुसार अहिले उनी खतरामुक्त छिन्।
अपहरणकारीलाई पाँचवटा अभियोग
नेपाली युवतीको अभियोगमा पक्राउ परेका ३५ वर्षीय डरेन साल्टमासलाई स्थानीय अदालतले पाँचवटा अपहरण, डरधम्की, दुर्व्यवहार, झुटो प्रलोभन लगायतका पाँचवटा अभियोगमा जेल चलान गरेको छ। उनी २०१२ को फेब्रुवरी १० सम्म जेलमा बस्नुपर्नेछ। त्यसपछि मुद्दाको अन्तिम फैसला हुनेछ। स्थानिय कारखानामा काम गर्दै आएका साल्टमास केही हप्ता अघिदेखि ढाड दुख्ने समस्याको उपचार गराईरहेका थिए।
सामाजिक सञ्जालले बढेको अपराध
फेसबुकमार्फत् साथी बनेको एकजना पुरुषले धोका दिएपछि सिड्नीमा नेपाली महिला विद्यार्थीले समुन्द्रि भिरबाट हामफालेर आत्माहत्या गरेकी थिइन्। सिड्नीको कुजी बिचमा एक वर्षअघि भएको यो घटना सेलाउन नपाउँदै मेलबर्नबाट फेरि एक नेपाली विद्यार्थी अपहरणमा परेको खबर सार्वजनिक भएको छ। अपहरणकारीबाट मुक्त गर्न एक घण्टामात्र ढिला भएको भए ती युवतीलाई मारेर खाल्डोमा पुर्ने तयारी गरेको सन् हेराल्डले उल्लेख गरेको छ।अपहरणकारीले घर पछाडि ४ फिट गहिरो खाल्डो खनेको र अपहरित युवतीको आँखा छापिरहेको अवस्थामा प्रहरीले उद्दार गरेको थियो। भिक्टोरीयाका महावाणिज्यदूत चन्द्र योञ्जनले प्रेस विज्ञप्ती प्रकासित गर्दै साथीभाई र प्रहरीसँग सधैं सम्पर्कमा रहन, नचिनेको मान्छेले दिएको खानेकुरा नखान, कुनै व्यक्तिबाट असुरक्षित महसुस भएमा सुरक्षा निकाय र नेपाल सामुदायिक संस्थालाई खबर गर्नका साथै अनलाइनमा भेटेको मित्रलाई सार्वजनिक स्थानमा पनि धेरै पटक भेटेर उसका बारेमा बुझ्ने र अरुलाई पनि बुझाउन र चिनाउन आग्रह गरेका छन्।

Oct 21, 2011

प्रधानमन्त्री भट्टराईले सुपुर्दगी सन्धीका विषयमा छलफल गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री डा. बाबुराम भट्टराई भेटघाटमा व्यस्त भएका छन् । उनले आज समकक्षी प्रधानमन्त्री मनमोहन सिंहसँग भेटवार्ता गर्दैछन् । समकक्षी प्रधानमन्त्री सिंहसँगको भेटमा प्रधानमन्त्री भट्टराईले सुपुर्दगी सन्धी र एयर मार्सलका सम्बन्धमा पनि छलफल गर्ने भएका छन् । भारतीय विदेशमन्त्री एसएम कृष्णाले यस विषयमा प्रधानमन्त्रीबीचको भेटमा कुराकानी हुने बताएका छन् । हरेके भ्रमणमा यस विषयले ओगट्ने गरेपनि अहिले सम्म केही नि हुन सकेको छैन । नेपाल र भारतबीचको सुपुर्दगी सन्धी समाप्त भएको बर्षौ वित्दा पनि तेस्रो मुलुकको अपराधी समेत सुपुर्दगी गर्नु पर्ने भारतीय पक्षको अडानका कारण नविकरण हुन सकेको छैन ।

दस रूपैयाँको नोटमा गभर्नरको हस्ताक्षर नभएको भेटियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रिय वाणिज्य बैंकबाट हालै बजारमा वितरण गरिएका दस रूपैयाँका नयाँ नोटमा नेपाल राष्ट्र बैंकका गभर्नरको हस्ताक्षर नभएको फेला परेको छ। विभिन्न बैंक र वित्तीय संस्थामार्फत सर्वसाधारण जनतालाई उपलब्ध गराइएको नयाँ नोटमध्ये दस रूपैयाँको नोटमा गभर्नरको हस्ताक्षर नभएको भेटिएको हो। दस रूपैयाँको गड्डीभित्र केही यस्ता नोट फेला परेका छन्। आफूले राष्ट्रिय वाणिज्य बैंकबाट नयाँ नोट साटेकामा अहिले आएर हेर्दा केही नोटहरूमा गभर्नरको हस्ताक्षर नभएको पाइएको नवलपरासी सुक्रौलीका अजय कुँवरले बताउनुभयो। तर यी नोट भने नक्कली नभएको बैंकहरूले दाबी गरेका छन्। ती नोटमा प्राविधिक कारण गभर्नरको हस्ताक्षर छुटेको हुन सक्ने राष्ट्रिय वाणिज्य बैंक परासी शाखाले जनाएको छ। यसबारे केन्द्रीय बैंकमा जानकारी गराइएको छ। यता कावासोतीमा समेत केही दिनअघि यस्ता नोट फेला परेका थिए भने अहिले जिल्लाको सदरमुकाम परासी क्षेत्रमा गभर्नरको हस्ताक्षर नभएका दस रूपैयाँका नोट चलनचल्तीमा आएका छन्।

प्रधानमन्त्री जहाज किन्न सकारात्मक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कात्तिक ४- नेपाल वायुसेवा निगमलाई नयाँ जहाज किन्न प्रधानमन्त्री बाबुराम भट्टराई सकारात्मक देखिएका छन्। साढे दुई दशकदेखि एउटा पनि जहाज थप्न नसकेको नेपाल वायुसेवा निगमलाई प्रधानमन्त्री भट्टराईको ढाडसले केही त्राण दिएको छ। एनेकपा माओवादीको पहिलो सरकारमा अर्थमन्त्री हुँदा भट्टराईले नै बजेट वक्तव्यमा अन्तर्राष्ट्रिय उडानका लागि निगमलाई दुई ठूला जहाज किन्ने घोषणा गरेका थिए। भारत सरकारको निमन्त्रणामा बिहीबार नयाँदिल्ली भ्रमणमा निक्लिएका प्रधानमन्त्री भट्टराईलाई उहीँसम्म पुर्‍याउन सँगैसँगै गएका निगमका कार्यकारी अध्यक्ष मनरुप शाहीसँगको वार्तामा जहाज किन्न उनले सरकारी सहयोगको आश्वासन दिएका हुन्। सरकार प्रमुख औपचारिक विदेश भ्रमणमा जाँदा राष्ट्रिय ध्वजावाहक निगमका जहाज प्रयोग गर्ने गरिएको छ। सरकार प्रमुख जुनसुकै देश जाँदा पनि निगमका प्रमुख त्यही देशसम्म पुर्‍याउन जाने र फर्किंदा उहीँसम्म लिन जाने निगमको 'परम्परा' छ।

गद्दाफीको हत्याको विरोधमा नेपालमा प्रदर्शन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लिबियाका सत्ताच्युत शासक कर्नेल मुआम्मार गद्दाफीको हत्याको विरोधमा नेपालमा प्रदर्शन भएको छ । म्राज्यवादीहरुले लिबियाको तेल कब्जा गर्न गद्दाफीको हत्या गरेको भन्दै नेपालमा त्यसको विरोध भएको हो । नेपाल मजुदर किसान पार्टीका नेता तथा कार्यकर्ताले हत्याको विरोधमा आज विरोध र्याली निकालेका हुन् । नेपाल क्रान्तिकारी विद्यार्थी संघ र नेपाल क्रान्तिकारी युवा संघको संयुक्त विरोध जुलुस राजधानीमा निकालिएको हो । संघले आज देशभर विरोध कार्यक्रम गर्ने जनाएको छ । राजधानीमा निकालिएको विरोध र्यालीपछि कोणसभामा बोल्दै नेक्रावि संघका अध्यक्ष रविन्द्र ज्याख्वले साम्राज्यवादीहरुले लिबियाको तेल खानी कब्जा गर्न गद्दाफीको हत्या गरिएको र लिबियाली जनताको सार्वभौमिकतामाथिको आक्रमण भएको उल्लेख गर्दै नेपालमा पनि साम्राज्यवादीहरुले हरेक बहानामा प्राकृतिक स्रोत र साधनमाथि कब्जा जमाउन आक्रमण गर्न सक्ने भन्दै सबै एक भएर प्रतिकार गर्नुपर्ने बताए । कोणसभामा बोल्ने अन्य वक्ताहरुले साम्राज्यवादीदेखि सबै चलाख नभए हामीले पनि त्यस्तै नियति भोग्नुपर्ने अवस्था आउन सक्ने बताएका थिए ।

भारतसित सम्झौतामा हस्ताक्षर आज

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नयाँ दिल्ली, कात्तिक ४- भारतको सद्‍भावना भ्रमणमा रहनुभएका प्रधानमन्त्री डा बाबुराम भट्टराई भ्रमणको दोस्रो दिन आज विभिन्न औपचारिक कार्यक्रम सहभागी हुनेछन्। प्रधानमन्त्री भट्टराईको भारतीय राष्ट्रपति प्रतिभादेवीसिंह पाटिलसँग बिहान १० बजे राष्ट्रपति भवनमा भेट्ने कार्यक्रम छ। त्यसैगरी, उपराष्ट्रपति मोहम्मद हमिद अन्सारीसँग अपराह्न ४ बजे प्रधानमन्त्री डा भट्टराईको भेटवार्ता हुने कार्यक्रम छ। उहाँको प्रधानमन्त्री डा मनमोहन सिंहसँग हैदराबाद हाउसमा साँझ सवा ६ बजे भेटवार्ता हुनेछ। सो भेटका क्रममा दुई देशबीच आपसी हितका विषयहरुमा वार्ता हुने र दुबै नेताको उपस्थितिमा केही सम्झौतामा हस्ताक्षर हुनेछ।
आजै भारतीय प्रधानमन्त्रीले डा भट्टराईको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन्। परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार विदेशीमन्त्री एसएम कृष्णा, वित्तमन्त्री प्रणव मुखर्जी र संसदमा विपक्षीदलका नेता सुषमा स्वराजसँगको भेटमा प्रधानमन्त्री भट्टराईले दुई देशबीचको सम्बन्धलाई अरु सुदृढ बनाउने विषयमा छलफल गर्नेछन्। व्यस्त कार्यतालिकाबीच प्रधानमन्त्री डा भट्टराईले भारतीय उद्योगी व्यापारीहरुसँग छलफल गर्नेछन्। भ्रमण दलमा सहभागी अर्थमन्त्री वर्षमान पुनले आज हुने वार्तामा राजनीतिलगायत दुई देशको साझा चासोका विभिन्न विषयमा छलफल हुने बताए। उनका अनुसार दोहोरो कर प्रणालीको अन्त र लगानी सुरक्षाका विषयमा दुई बेग्लाबेग्लै सम्झौता हुनेछन्। "भ्रमण आर्थिक विषयहरुमा केन्द्रित हुनेछ," मन्त्री पुनले भन्नुभयो। मध्य र सुदूरपश्चिममा एक/एक पोलिक्लिनिक स्थापना र काठमाडौँ तराई जोड्ने फास्ट ट्र्याकका लागि ७८ अर्ब नेपाली रुपैयाँ सहुलियत ऋणका लागि भारतीय पक्षसँग आग्रह गरिने जानकारी मन्त्री पुनले दिए। त्यसैगरी, हालको ५० मेगावाट विद्युत् आयातलाई बढाएर २०० मेगावाट पुर्‍याउन भारतसँग आग्रह गरिने पनि मन्त्री पुनले जानकारी दिए। भारतीय प्रधानमन्त्री डा सिंहको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री डा भट्टराई ३७ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चारदिने भ्रमणका लागि बिहीबार नयाँदिल्ली गएका हुन्।

Oct 20, 2011

लिबियाका अपदस्थ शासक गद्दाफी मारिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लिबियाका सत्ताच्युत शासक कर्नेल मुआम्मार गद्दाफी मारिएका छन् । गद्दाफीलाई त्यहाँको अन्तरिम प्रशासनले गरेको कारबाहीमा मारिएको जनाएको छ । लामो समयदेखि भूमिगत गद्दाफी आज गृहनगर सिर्टेमा दुई खुट्टामा गोलि लागेको अवस्थामा पक्राउ परेको समाचार आएको केही समयपछि नै उनी मारिएको समाचारहरु सार्वजनिक भएका हुन् । राष्ट्रिय संक्रमणकालीन परिषद (एनटीसी)का अधिकारीलाई उदृत गर्दै अल जजिराले उनी मारिएको दाबी गरेको छ । सीएनएनले पनि गद्दाफी मारिएको जनाउँदै उनको सरकारका रक्षामन्त्री अबु बक्र युनिस पनि मारिएको र प्रवक्ता मौसा इब्राहिम समातिएको उल्लेख गरेको छ ।
४२ वर्षदेखि सत्तामा रहेका कर्णेल गद्दाफीलाई अन्तर्राष्ट्रिय अपराध अदालतले गिरफ्तारी माग गरेको थियो । सत्तामा आउँदा उनको उमेर २७ वर्षको थियो । अरब र अफ्रिकन देशहरुमा राम्रै प्रभाव पार्ने गद्दाफी संबैधानिक रुपमा लिवियाको प्रधानमन्त्री राजा र राष्ट्रपति केही थिएनन् । तर उनी कुनै बेला आफूलाई राजाहरुको राजा भन्न पनि पछि पर्दैनथे । साम्यवाद र पुँजीवादलाई समायोजन गरेर आफ्नो छुट्टै दर्शन बनाएका गद्दाफीले २ बर्षअघि अरक देशहरुको सम्मेलनमा संबोधन गर्दै आफू अन्तर्राष्ट्रिय नेता अफ्रिकाका राजाहरुको राजा र मुस्लिमहरुको इमाम रहेको घोषणा गरेका थिए । गद्दाफीको सरकारमा कानुन मन्त्री रहीसकेका मुस्तफा मोहमद अब्दुल जलिलको नेतृत्वमा रहेको ३१ सदस्यीय अन्तरिम संक्रमणकालिन राष्ट्रिय परिषदले आन्दोलनको नेतृत्व गरेको थियो । सुरुमा बेनगाँजी शहरलाई आन्दोलनको केन्द्रबिन्दु बनाएका विद्रोहीहरु माथि गद्दाफीले हवाई आक्रमण सुरु गरेपछि पश्चिमा मुलुकले लिवियाली नागरिकको सुरक्षाका लागि भन्दै ५ महिनाअघि लिवियामा आक्रमण थालेका हुन् ।

Oct 19, 2011

यस्तो छ प्रधानमन्त्री भट्टराईको भ्रमण कार्यक्रम

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नयाँदिल्ली, कार्तिक २ - प्रधानमन्त्री बाबुराम भट्टराईको भारत भ्रमणको तयारी अन्तिम चरणमा पुगेको छ । बिहीवार शुरु हुने चारदिने औपचारिक भ्रमणको कार्यक्रम अनुसार, उनका महत्वपूर्ण राजनीतिक भेटघाटहरु भोलिपल्ट (शुक्रवार) हुनेछन् । प्रधानमन्त्री भट्टराईको भारतीय समकक्षी मनमोहन सिंहसँग शुक्रबार हैदरावाद हाउसमा भेटवार्ता हुनेछ । त्यसपछि दुई देशका टोलीबीच छलफल भई केही सम्झौतामा हस्ताक्षर हुनेछ ।
भारतले प्रदान गर्ने सहुलियत दरको ऋणसम्बन्धी सम्झौता तथा दुई देशमा लगानी गर्दा दोहोरो कर नलाग्ने व्यवस्थासहितको सम्झौतामा हस्ताक्षर हुने सम्भावना यहांस्थित नेपाली अधिकारीहरुले व्यक्त गरेपनि चर्चामा रहेको उर्जा व्यापार सम्झौता लगायतका विषयबारे भने प्रष्ट पारेका छैनन् ।नेपाली प्रधानमन्त्रीको सम्मानमा शुक्रबारै हैदरावाद हाउसमा रात्रीभोज आयोजना गरिनेछ । भारतीय प्रधानमन्त्रीसँग भेट्नुअघि दिनभर भट्टराई अन्य उच्चस्तरीय भेटघाटमा व्यस्त रहनेछन् । राष्ट्रपति प्रतिभा पाटिल, उपराष्ट्रपति हमीद अन्सारी, सत्तारुढ युनाईटेड प्रोगेसिभ एलायन्स् -युपीए) की अध्यक्ष सोनिया गान्धी, अर्थमन्त्री प्रणव मुखर्जी, विदेशमन्त्री एसएम कृष्णा, लोकसभामा विपक्षी दलकी नेत्तृ सुष्मा स्वराज र भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नीतिन गड्करीले भट्टराईसंग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन् । त्यसअघि बिहान भट्टराईले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगी माल्यार्पण गर्नेछन् ।
शुक्रवारै उनी भारतीय व्यवसायीका संगठनहरु कन्फेडरेशन अफ इण्डियन इन्डष्ट्री, फेडरेशन अफ इण्डियन च्याम्बर अफ कमर्श एण्ड इन्डष्ट्री र एशोसिएटेड च्याम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्रीले संयुक्त आयोजना गरेको छलफलमा सहभागी हुनेछन् ।भ्रमणको पहिलो दिन बिहीवार भने भट्टराई भारतीय तथा नेपाली सञ्चारमाध्यमका प्रतिनिधि, नागरिक समाज र नेपालमा लोकतन्त्रको सुदृढीकरणका लागि काम गरिरहेका भारतीय संगठनहरुको कार्यक्रममा सहभागी हुनेछन् ।अपरान्ह इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेपछि उनी चाणक्यपुरीस्थित होटल लीला प्यालेस जानेछन् । प्रधानमन्त्रीका लागि बसोवासको व्यवस्था गरिएको उक्त होटलमै भारतीय र नेपाली सञ्चारमाध्यमका प्रतिनिधिसंग अन्तरक्रिर्या गरिनेछ । त्यसै दिन भट्टराई नागरिक समाजका तर्फबाट साउथ एसिया फोरम फर पिपल्स् इनिसिएटिभ र नेपाल डेमोक्रेसी सोलिडारिटी कमिटीले गरेका छुट्टाछुट्टै कार्यक्रममा सहभागी हुनेछन् । पर्सिपल्ट शनिवार पनि थप भेटघाटमा भट्टराई व्यस्त हुनेछन् । गृहमन्त्री पी चिदम्बरम, रक्षामन्त्री एके एन्टोनी तथा भारतीय कम्युनिष्ट पार्टीका वरिष्ठ नेताहरुसंग उनको भेट हुनेछ । आफूले विद्यावारिधि उपाधि लिएको जवाहरलाल नेहरु विश्वविद्यालयले आयोजना गरेको कार्यक्रममा पनि भट्टराई सरिक हुनेछन् ।जनता दल युनाईटेडका अध्यक्ष शरद यादवले आफ्नो निवासमा भट्टराईको सम्मानमा आयोजना गरेको कार्यक्रममा उनी सहभागी हुनेछन् । उक्त कार्यक्रममा भारतका विभिन्न दलका नेताहरु सहभागी हुने यादवका सहयोगीहरुले बताएका छन् । नेपाली दूतावासले त्यसै दिन प्रधानमन्त्रीको सम्मानमा 'रिसेप्सन' को आयोजना गरेको छ । शनिवार बिहान पनि भारतीय व्यवसायीका संगठनहरु कन्फेडरेशन अफ इण्डियन इन्डष्ट्री र फेडरेशन अफ इण्डियन च्याम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका प्रतिनिधिहरुले प्रधानमन्त्रीसंग भेट गर्नेछन् ।
भ्रमणको अन्तिम दिन आइतवार प्रधानमन्त्री बिहानै दिल्लीको पालमस्थित एयर फोर्स स्टेशन अवलोकनका लागि पुग्नेछन् । त्यसपछि विशेष विमानमार्फत उत्तराखण्ड राज्यको राजधानी देहरादून पुग्नेछन् । देहरादूनबाट हरिद्वार पुगी उनले त्यहांस्थित स्टेट इन्ड्ष्ट्रियल डेभलपमेन्ट कर्पोरेशन (सिडकुल) अन्तर्गतको विशेष आर्थिक क्षेत्रको अवलोकन गर्नेछन् ।देहरादूनमा उत्तराखण्डकी गभर्नर मार्गरेट आल्भासंग भेटेपछि भट्टराई नयांदिल्ली बिमानस्थलमा उत्रिएर त्यहींबाट सोझै स्वदेश र्फकनेछन् ।

कम्प्युटर पड्किएर प्रहरी हबल्दारको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पर्सा, कार्तिक २ - चलाइराखेको कम्प्युटरको मोनिटर पड्केर मंगलबार सशस्त्र प्रहरी हबल्दारको मृत्यु भएको छ । प्रहरी सहायक निरीक्षक घाइते भएका छन् । वीरगन्ज भन्सारमा कार्यरत सशस्त्र प्रहरी हबल्दार केदार काफ्लेको मृत्यु भएको हो भने सहायक निरीक्षक राम लामा घाइते भएका हुन् । सशस्त्र प्रहरी नायब उपरीक्षक यादव विश्वकर्माका अनुसार बिहान १० बजेर ५ मिनेटमा हबल्दार काफ्लेले कार्यालयको कार्य प्रयोजनका लागि कम्प्युटर चलाउँदा अचानक पड्केको थियो । दुवैलाई तत्काल उपचारका लागि नेसनल मेडिकल कलेजमा भर्ना गरिएकामा काफ्लेको उपचार क्रममा मृत्यु भएको हो । उनको अनुहारमा बढी चोट लागेको थियो । कोठामै बसेर पत्रिका पढ्दै गरेका प्रसनि लामाको बायाँ खुट्टामा चोट लागेको छ । उनी खतरामुक्त छन् । विस्फोटबाट कोठामा रहेका विद्युत् तार पनि नष्ट भएका छन् । अत्यधिक विद्युत् प्रवाह भई मोनिटर पड्केको हुन सक्ने अनुमान गरिएको छ । कम्प्युटर इन्जिनियर बाबुराम दवाडी सीआरटी मोनिटरले बढी भोल्टेज विद्युत्बाट काम गर्ने भएकाले अत्यधिक विद्युत् प्रवाहले पड्कने सम्भावना कम रहने बताए । मोनिटरभित्रको सिस्टममा खराबी आउँदा पड्कने सम्भावना बढी हुने उनले बताए । 'सीआरटी मोनिटर इलेक्ट्रोम्याग्नेटिक प्रणालीबाट सञ्चालित हुन्छ,' उनले भने, 'अत्यधिक विद्युत् प्रवाह गरी इलेक्ट्रोनलाई तताएर यो मोनिटर चल्छ, यसको सिस्टम उच्च भोल्टेजमा सञ्चालन हुन्छ ।' कम्पनीहरूले इलेक्ट्रोन हुने भएकाले मोनिटरलाई धेरै सुरक्षित बनाउने गर्छन् । मोनिटर उत्पादन गर्ने कम्पनीको ब्रान्डमा पनि यो निर्भर हुने उनले बताए ।
पछिल्लो समयमा आएको एलसीडी मोनिटर सीआरटीभन्दा बढी सुरक्षित हुने उनले बताए । एलसीडीमा इलेक्ट्रोम्याग्नेटिक सिस्टम हुँदैन ।

सैनिक विमान दुर्घटनाबारे छानबिन गर्न समिति गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कात्तिक २,बाग्लुङमा मंगलबार राति भएको सैनिक विमान दुर्घटनाबारे छानबिन गर्न सेनाले सात सदस्यीय छानबिन समिति गठन गरेको छ। पाइलट सहायक रथी सुधिर श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय छानबिन समिति गठन गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले आज विज्ञप्तिमार्फत् जानकारी गराएको छ। नेपालगञ्जबाट बिरामी लिई काठमाडौँतर्फ आउने क्रममा बाग्लुङ जिल्लाको बोबाङ्ग, फागुनेधुरी लेकमा मंगलबार राति नेपाली सेनाको आर.ए.एन.४९ आइलेण्डर विमान दुर्घटना भएको थियो। विमानमा सवार सबै छ जनाको शव आज बिहान फेला परेको छ। नेपालगन्जबाट उडेपछि दाङ, पाल्पाको थारा, प्युठान, नारायणी (भरतपुर) हुँदै काठमाडौं प्रवेश गर्ने उडान रुट रहेकोमा रुटमै नपर्ने बाग्लुङतिर जहाज किन गयो, बुझ्न सकिएको छैन। जहाज कुन उचाइमा उडिरहेको थियो, कति गतिमा थियो, वा कम उचाइमा जाँदा पहाडमा ठोक्किएको हो वा अरू केही हो समेत थाहा हुन सकेको छैन।

पोखरामा प्रचण्डको गोप्य भेला

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओबादीका अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड पोखरामा आफु पक्षिय नेता तथा कार्यकर्ताको भेला गरी काठमाण्डू फर्किनुभएको छ । जिल्ला स्तरिय खेलकुद महोत्सबको उद्घाटनको अबसरमा हिजो पाखरा आउनुभएका प्रचण्डले पार्टी निर्णय बिपरित गुठगत भेला र प्रशिक्षण गरेको भन्दै बैद्य पक्षिय कार्यकर्ताले बहिस्कार गरेका छन् । प्रचण्डले हिजो साझ पोखराको पृथ्बीचोकमा रहेको वाईसिएल क्याम्पमा तमुमान राज्य समितिका ८ जिल्लाका आफु पक्षिय राज्य समिति सदस्यहरुसंग गोप्य छलफल गर्नुभएको थियो । बैद्य पक्षिय कार्यकर्ताको बाहुल्यता रहेको क्याम्पमा प्रचण्डले भेला राखेपछि बैद्य पक्षिय सबै कार्यकर्ता भने बाहिरै बसेका थिए । क्याम्पमा अध्यक्ष प्रचण्ड पक्षले करिब ४ महिनादेखि आर्थिक नाकाबन्दी लगाएको थियो । त्यस्तै आज बिहान पनि आफु पक्षिय जिल्ला सदस्यहरुसंग छलफल भएको बताईएको छ । पार्टीभित्र देखिएको बिबाद अन्त्यको लागि कार्तिक १७ गते केन्द्रिय समितिको बैठक बोलाउने र त्यसअघि दुबै पक्षले गुठगत भेला प्रशिक्षण गर्न नपाउने सहमति भएपछि असोजको २९ गते संस्थापन पक्षको र उपाध्यक्ष बैद्य पक्षले २८ गतेको राष्ट्रिय प्रशिक्षण भेला स्थगित भएको थियो । पार्टी अध्यक्षनै सहमतिको बिपरित गएको बैद्य पक्षिय कार्यकर्ताहरुले आरोप लगाएका छन् भने प्रचण्डले पार्टी अध्यक्षको हैसियतले सबै नेता कार्यकर्तासंग भेटघाट र छलफल गर्ने आफ्नो अधिकार भएको दावी गर्नुभएको छ ।

प्रधानमन्त्रीद्वारा रक्षा र भूमिसुधार मन्त्री हटाएको घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक २ - प्रधानमन्त्री बाबुराम भट्टराईले रक्षामन्त्री शरतसिंह भण्डारी र भूमिसुधार मन्त्री प्रभू साहलाई पदमुक्त गरेको घोषणा गरेका छन् । दुई मन्त्रीलाई हटाउन माग गदै प्रतिपक्षी दलले एक सातादेखि संसद् बैठक अबरुद्ध गरेपछि प्रधानमन्त्री बुधबार संसद् बैठकमा उपस्थित भएका थिए । उनले दुवै मन्त्रीलाई सम्बन्धित दलको सिफारिसमा हटाएका जानकारी गराए । 'दुवै मन्त्रीलाई हटाएको म राष्ट्रपतिसहित सम्मानित सदनलाई जानकारी गराउँछु,' उनले भने । भण्डारीमाथि मुलुक विघण्डन गर्ने अभिव्यक्ति दिएको र साहमाथि बीरगन्जमा विश्व हिन्दू यूवा संघका अध्यक्ष काशीनाथ तिवारी हत्या आरोप थियो । साहले यसअघि नै राजीनामा दिइसकेका छन् भने भण्डारीलाई उनको दल फोरम लोकतान्त्रिकले फिर्ता बोलाउने निर्णय गरे पनि उनले राजीनामा दिएका छैनन् । प्रधानमन्त्री भट्टराईले सरकारले बृहत् शान्ति सम्झौताविपरीत कसैको पनि मुद्धा फिर्ता नलिने प्रतिबद्धता जनाए । सभासद् बालकृष्ण ढुंगेलको मुद्धा फिर्ता लिने तयारी गरेकोमा विपक्षीले प्रधानमन्त्रीको धारणा मागेका थिए । प्रधानमन्त्री भट्टराईले बिहीबारदेखि सुरु हुने भारत भ्रमणमा कुनै पनि दीर्घकालीन महत्त्व राख्ने सम्झौता नगर्ने प्रतिबद्धता जनाए । उनले भने, 'राष्ट्रिय सहमतिबिना हामी कुनै पनि सम्झौता गर्नेछैनौं ।' प्रधानमन्त्री भट्टराईले राष्ट्रिय मुद्धा ओझेलमा पार्नेगरी सदन अबरुद्ध नगर्न विपक्षी दललाई आग्रह गरे ।बुधबार दिउँसो १ बजे बोलाइएको संसद बैठक प्रधानमन्त्रीले केही समय पर्खन आग्रह गरेपछि दिउँसो सवा ४ बजेमात्र सुरु भएको थियो । रक्षामन्त्री शरतसिंह भण्डारीको राजीनामा प्रकरणले यसअघिका ४ संसद् बैठक अवरुद्ध भएको थियो ।

Oct 18, 2011

तास खेल्ने ९ र युवती जिस्क्याउने तीन युवा पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पर्वत, कार्तिक १ - प्रहरीले मंगलवार मध्यान्ह पर्वत सदरमुकामबाट ताल खेल्ने ९ जना युवालाई पक्राउ गरेको छ । शिवालय -६ स्थित राज क्षत्रीको घरबाट प्रहरीको गस्ति टोलीले युवाहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका युवाहरुबाट प्रहरीले तास र नगद २ हजार ५ सय ३५ रुपैंया पनि बरामद गरेको छ । पक्राउ परेका युवाहरुलाई कारबाही प्रक्रिया अगाडी बढाइएको प्रहरी नायव उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले बताए । प्रहरीले सोमवार साँझ गुप्तेश्वर गुफाबाट युवतीहरुलाई जिस्क्याउने तीन युवा पनि पक्राउ गरेको छ । पोखराबाट गुफाको दर्शन गर्न आएका युवतीहरुलाई जिस्क्याएपछि उनीहरुको उजुरीको आधारमा युवाहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पपुवा न्युगिनीमा ६.३ म्याग्निच्युडको भूकम्प

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सिड्नी, कात्तिक १ पपुवा न्युगिनीको दुर्गम न्यु ब्रिटेन क्षेत्रमा आज ६.३ म्याग्निच्युडको भूकम्प गएको तर यसले सुनामी भने नआउने अस्ट्रेलियाली भूगर्भविद्‍हरुले बताएका छन्। अमेरिकी भूगर्भ सर्भेले राजधानी पोर्ट मोर्सबाइभन्दा ५ सय ७६ किलोमिटर टाढा र न्युब्रिटेनको कान्द्रियानबाट १ सय किलोमिटर पूर्व-उत्तरपूर्वमा जमिनभन्दा १० किलोमिटरमुनि केन्द्रबिन्दू रहेर भूइँचालो गएको बताएको छ। जियोसाइन्स अस्ट्रेलियाले ६.३ म्याग्निच्युडको भूकम्प समुद्र तटनजिकै गएको बताएको छ। भूगर्भविद् डेभिड जेप्सनले त्यस क्षेत्रका बासिन्दाले ठूलो कम्पन महसूस गरेको बताएका छन्। जेप्सेनले न्यु ब्रिटेन क्षेत्र भूकम्प जोखिम क्षेत्रमा पर्ने भएकोले यति म्याग्निच्युडको भूकम्प सामान्य रहेको बताएका छन्।

प्रधानमन्त्रीका लागि हुलासले अर्को गाडी बनाइदिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विराटनगर, असोज २९- स्वदेशमै बनेको मुस्ताङ म्याक्स गाडी चढिरहेका प्रधानमन्त्री डा.बाबुराम भट्टराईका लागि मोटर उत्पादन कम्पनी हुलास मोटर्सले सुविधायुक्त अर्को गाडी बनाउने भएको छ। आरामदायी र सुरक्षित नभएको भन्दै गृह मन्त्रालयले प्रधानमन्त्री चढ्ने अर्को सुविधायुक्त गाडी बनाउन मौखिक आग्रह गरेपछि हुलास मोटर्सले नयाँ गाडी बनाउन तयार रहेको जनाएको छ। गृह मन्त्रालयको लिखित ‘अर्डर' कुरिरहेको हुलास मोटर्सले पत्र आएलगत्तै प्रधानमन्त्रीका लागि नयाँ गाडी बनाउन सुरु गरिने जनाएको छ।
प्रधानमन्त्रीका लागि बनाउन लागिएको मुस्ताङ म्याक्सको सुविधायुक्त गाडी २५ सय ४० सिसि क्षमताको हुनेछ। कम्पनीका अनुसार प्रधानमन्त्री हाल चढिरहेका गाडी भन्दा नयाँको मोडेल र डिजाइन फरक हुनेछ। गृह मन्त्रालयले तोकेको सुरक्षाका हरेक बन्दोबस्त हुने उक्त गाडी वातानुकूलित(एसी) हुनेछ। पावर स्टेरिङ जडान गरिने नयाँ गाडीमा चालकसहित ९ जना बस्ने सिट हुनेछ। प्रधानमन्त्री डा.भट्टराईले मुस्ताङ गाडी चढ्न थालेपछि हुलास मोटर्सले उनका लागि नयाँ डिजाइनका गाडी निर्माण गर्न आफ्ना केही प्राविधिकहरुलाई भारत हालै प्रशिक्षण समेत दिलाएका छन्।
स्वदेशी उत्पादनलाई बढाबा दिन प्रधानमन्त्रीले मुस्ताङ गाडी चढेपनि सुरक्षाको दृष्टिकोणले ‘राम्रो' नभएको र डिजाइन पनि भद्दा देखिएको भन्दै आलोचना हुन थालेपछि हुलासले सुविधासम्पन्न बनाउन प्राविधिकहरुको टोलीलाई तालिमका लागि भारत पठाएको थियो। प्रधानमन्त्री चढ्ने अर्को गाडी बनाउन हामी तयार भएर बसेका छौ'-हुलास मोटर्सका प्रशासनिक अधिकृत जयन्त बजँगाईले नागरिकसँग भने,‘गृह मन्त्रालयले लिखित अर्डर गर्नैबित्तिकै गाडी बनाउन सुरु हुन्छ।' प्रधानमन्त्रीका लागि बनाइने नयाँ सुविधायुक्त गाडीको मोल झण्डै २० लाख रुपैयाँ पर्नेछ। हाल चढिरहेको गाडी १४ लाख रुपैयाँको हो। ‘गृह मन्त्रालयको सुरक्षा मापदण्ड अनुसारको अत्याधुनिक गाडी बनाउन हाम्रा प्राविधिकहरु तयार छन,'बजँगाईले भने,‘नयाँ बन्ने गाडीको तान्ने शक्ति अहिलेको भन्दा दोब्बर हुन्छ।'
प्रधानमन्त्रीले गाडी चढ्न थालेपछि २० प्रतिशतले बिक्री बढेको हुलास मोटर्सको दाबी छ। गाडी बिक्न छोडेपछि वित्तिय टाट पल्टिने अवस्थामा रहेको विराटनगर रानीस्थित हुलास मोटर्सको कम्पनीमा भने अहिले गाडी चढ्नेहरुको भीड बढेको छ। ‘सभासद्, सरकारी अधिकारी र गाडी चढिरहेकाहरुको अहिले कारखानामा दिनहुँ भिड लाग्छ,' बजँगाईले भने,‘धेरैले त अर्डर समेत गर्छन्।'गोल्छा अर्गनाइजेसनका सञ्चालकहरुले पनि मुस्ताङ गाडी नै चढ्ने भएका छन्। हुलास मोटर्सले गोल्छा अर्गनाइजेशनका आठ जना सञ्चालकका लागि छुट्टाछुट्टै गाडी बनाइरहेको छ। विदेशीमा निर्मित करोडौ रुपेयाँ पर्ने सुविधायुक्त गाडी चढिरहेका गोल्छा अर्गनाइजेशनका सञ्चालकहरु केही महिनापछि नै आफ्नै कम्पनीको गाडीमा गुडनेछन्।

रक्षामन्त्रीलाई राज्यविरुद्धको अपराधमा मुद्धा चलाउन माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक १ - एमाले सभासद् अग्नि खरेलले रक्षामन्त्री शरतसिंह भण्डारीलाई राज्यविरुद्धको अपराधमा मुद्धा चलाउन माग गरेका छन् । मंगलबार संसद्को विशेष समयमा सभासद् खरेलले राष्ट्रिय एकतामा खलल पुर्‍याउने अभिव्यक्ति दिने रक्षामन्त्रीलाई संविधान र प्रचलित कानुनअनुसार कारबाही गर्न माग गरे । कांग्रेसका शोभाकर पराजुलीले पनि रक्षामन्त्रीको भनाइ अत्यन्तै गैरजिम्मेवार भएको भन्दै उनको भनाई तराई मधेसका जनताको भावनाविपरीत भएको बताए । विपक्षी सभासद्हरुले रक्षामन्त्रीको राजीनामा र हत्या आरोप लागेका पूर्वमन्त्री प्रभु साहका विषयमा प्रधानमन्त्रीले संसद्लाई जानकारीसमेत नदिएर संसद्को अपमान गरेको आरोप लगाए । कांग्रेस प्रमुख सचेतक लक्ष्मणप्रसाद घिमिरे, सभासद्द्वय खरेल र पराजुलीले मुलुकभित्र चर्किएको समस्यालाई ख्याल नगरी प्रधानमन्त्री भारत भ्रमणमा जान लागेको भन्दै आपत्ति जनाए । राजीनामा माग गर्दै कांग्रेस, एमालेलगायत विपक्षी सभासद्ले सोमबार पनि संसद् चल्न दिएनन् । बैठक कार्यसूचिमै प्रवेश नगरी बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

प्रधानमन्त्रीले १९५० को सन्धि पुनरावलोकनबारे भारतसंग छलफल गर्नुहुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्रीले आफ्नो भ्रमणका क्रममा १९५० को सन्धि पुनरावलोकनबारे भारतसग छलफल गर्नुहुने भएको छ । बैठकले भ्रमणका क्रममा दुई देशको सम्बन्धमादीर्घकालीन असर पर्नेगरी कुनै नयां सन्धिसम्झौता नगर्ने निर्णय गरेको छ । बैठकले नया आधारमा सन्धि गर्नको लागि छलफल अघि बढाउने निर्णय गरेको हो । अध्यक्ष पुष्पकमल दाहालनिवास नया बजारमा बसेको नेकपा माओवादी स्थायी कमिटि बैठकले प्रधानमन्त्रीको भारत भ्रमणमा विद्युत आयात, व्यापार विस्तारबारे पनि छलफल गर्ने निर्णय गरेको छ । स्थायी कमिटिको बैठकमा रक्षामन्त्री अभिब्यक्तिबारे भने छलफल नभएको माओवादी सचिव सीपी गजुरेलले जानकारी दिनुभयो । आजको बैठक प्रधानमन्त्रीको भारत भ्रमणका एजेण्डामा मात्र केन्द्रित रहेको उहा“को भनाई थियो । पार्टी उपाध्यक्षसमेत रहेका प्रधानमन्त्री भट्टराई विहिबारबाट भारत भ्रमणमा जाने कार्यक्रम छ ।

Oct 17, 2011

भारततर्फ लैजान लागिएका चार बालकको प्रहरीद्वारा उद्दार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
उदयपुर, असोज ३०- चार जना बालकलाई भारततर्फ लान लागेको अवस्थामा फेला पारी सिरहा प्रहरीले शनिबार उद्दार गरेर घर फर्काएको छ। उदयुरको पश्चिमी गाविस तावाश्रीका १३ वर्षीय देवबहादुर तामाङ, अनिल परियार, १४ वर्षीय अर्जुन परियार र श्यामकुमार तामाङलाई प्रहरीले उद्दार गरेको हो। इलाका प्रहरी कार्यालय कटारीका अनुसार राम्रो काममा लगाइदिने प्रलोभन दिँदै तावाश्री ७ का ६३ वर्षीय अजितमान तामा, तावाश्री ९ का ३५ वर्षीय पिऊर परियार र २८ वर्षीय तेजबहादुर परियारले आफूहरुलाई भारत लान लागेको बालकले बताएका थिए। घर फर्काइएका बालकलाई उदयपुरको इप्रका कटारीबाट रिस्कु प्रहरी चौकी हुँदै आइतबार घर पुर्‍याइएको प्रहरीले जनाएको छ।

अफगानिस्तानमा गोर्खा सैनिकको ज्यान गयो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अफगानिस्तानमा कार्यरत एक जना गोर्खा सैनिकको विद्रोही आक्रमणमा परि ज्यान गएको छ । हेलमन्द प्रान्तको नहर इ सरज क्षेत्रमा सुरक्षा जाँचमा लागेका द रोयल गोर्खा र्राईफलको दोश्रो बटालियनमा कार्यरत सैनिकको ज्यान गएको हो । सुरक्षा जाँचको बेला सानो समुहमा रहेको विद्रोही समुहले चलाएको गोली लागेर हिजो ती सैनिकको ज्यान गएको वेलायती रक्षा मन्त्रालयले जनाएको छ । ती गोर्खा सैनिकको नाम र ठेगाना भने सार्वजनिक गरिएको छैन ।

प्रतिपक्षीद्वारा प्रधानमन्त्रीको चर्को आलोचना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन ३० - रक्षामन्त्री शरतसिंह भण्डारीको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी कांग्रेससहित एमालेलगायत सवै विपक्षी दलले सोमबार पनि संसद् बैठक चल्न दिएनन् । विपक्षी सभासद्हरु आफ्नो ठाउँमा उभिएर विरोध जनाएपछि मंगलबारसम्मका लागि संसद् बैठक स्थगित भएको छ । विपक्षी दलले रक्षामन्त्री भण्डारी र निवर्तमान भूमिसुधार तथा व्यवस्था मन्त्री प्रभू साहको राजीनामा माग गर्दै यसअघिका दुइटा बैठक चल्न दिएका थिएनन् ।
भूमिसुधार मन्त्री साहले राजीनामा दिए पनि मुलुक विघखण्डन गर्ने अभिव्यक्ति दिने रक्षामन्त्री कायमै रहेको भन्दै विपक्षीले संसद् चल्न नदिएका हुन् । बैठक सुरु भएलगत्तै समय लिएर बोल्ने विपक्षी सभासद्हरुले प्रधानमन्त्री बाबुराम भट्टराईको आलोचना गरे । एमाले सभासद् एवं पूर्वमन्त्री रघुवीर महासेठले मुलुक टुक्र्याउने अभिव्यक्ति दिने रक्षामन्त्रीलाई कारबाही नगरे प्रधानमन्त्री स्वयंले संरक्षण गरेको ठहर्ने आरोप लगाए । उनले रक्षामन्त्रीले गल्ती गरेको स्वीकार्ने फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको भनाइ पनि नक्कली रहेको टिप्प्णी गरे । 'नत्र उहाँले कारबाही गर्नुपर्थ्यो,' उनले भने ।
महासेठले हत्या गरिएका विश्व हिन्दू युवा संघका अध्यक्ष काशीनाथ तिवारीको परिवारलाई पैसा दिएर मुद्दा फिर्ता लिन सल्लाह दिने भूमिसुधार मन्त्रालयका कर्मचारीलाई तत्काल निलम्बन गरी कारबाही गर्नुपर्ने माग गरे ।कांग्रेस सभासद् रमेश लेखकले प्रधानमन्त्री भट्टराईबाट जनताले राखेको आशा पनि सकिएको उल्लेख गरे । उनले भट्टराईकै कार्यकालमा दण्डहीनता मौलाएकोसमेत आरोप लगाए । 'मिडियाले बाबुरामजीलाई दन्त्येकथा राजकुमार नै बनाएका थिए,' उनले भने, 'तर अब उहाँ दैंत्यकथाको नायकरुपमा नआउनुहोस् ।' लेखकले मुलुकको स्वाधिनाविरोधी काम गर्ने रक्षामन्त्रीलाई राज्यद्रोह लगाएर कारबाही गर्नुपर्ने बताए ।कांग्रेस प्रमुख सचेतक लक्ष्मणप्रसाद घिमिरेले एउटा सामान्य नागरिकले राष्ट्रिय स्वाधिनताको विषयमा विचार पुर्‍याएर बोल्नुपर्ने अवस्थामा रक्षामन्त्रीले ख्यालै नगरेको टिप्पणी गरे । उनले लगातार सदन अबरुद्ध भइरहँदा पनि प्रधानमन्त्री चुप लागेर बसेको भन्दै आपत्ति जनाए ।'प्रतिपक्षीले उठाएका विषयमा प्रधानमन्त्रीले सदनमा आएर संवोधन गर्ने कि नगर्ने ?,' उनले प्रधानमन्त्रीको जवाफ माग गर्दै भने, 'प्रधानमन्त्रीले आफूले बोलेर पूरा नगरेका विषयमा सदन जानकारी गराउन माग गर्छ ।' उनले रक्षामन्त्रीको राजीनामा र प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नदिने स्पष्ट पारे ।

मध्यअमेरिकामा बाढीको चपेटा, ६० को मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साताभर आएको भीषण वर्षापछि मध्यअमेरिका बाढीको चपेटामा परेको छ । बाढी र पहिरोका कारण अहिलेसम्म ६० जनाले ज्यान गुमाइसकेका छन् । ग्वाटेमाला र एल साल्भाडोर सबैभन्दा बढी प्रभावित भएका छन् । यी मुलुकमा संकटकाल घोषणा गरिएको छ । होन्डुरस र निकारागुआमा पनि प्राकृतिक प्रकोपबाट धेरैको ज्यान गएको छ । सडक क्षतिग्रस्त भएका छन् भने त्यहाँका थुप्रै क्षेत्रमा सम्पर्कविच्छेद भएको छ । हजारौं नागरिक विस्थापित भएका छन् भने बाली पनि नोक्सान भएको छ ।


रक्षामन्त्रीका विषयमा फोरम लोकतान्त्रिक बैठकमा छलफल जारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रक्षामन्त्री शरदसिंह भण्डारीको राजीनामाको विषयमा टुङ्गो लगाउन अहिले मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको बैठक बसिरहेको छ ।रक्षामन्त्री भण्डारीले केही समय अगाडी मधेस विखण्डन हुने खालको चेतावनीपूर्ण अभिव्यक्ति दिएको विषयलाई लिएर प्रतिपक्षी दलहरुले लगातार संसद बैठक अवरुद्ध गर्दै आएका छन् । विपक्षी दलहरुले रक्षामन्त्रीको राजीनामा नआएसम्म संसद चल्न नदिने बताइसकेका छन् । फोरम भित्र भण्डारीलाई फिर्ता बोलाउने कि नबोलाउने भन्ने विषयमा मतभेद रहेको छ । यसअघि सत्तारुढ दल माओवादी र मधेसी मोर्चाबीचको बैठकमा विवादित मन्त्रीहरुको राजीनामाको विषय टुंगो लगाउन सम्बन्धित दललाई नै जिम्मा दिने निर्णय गरेको थियो । त्यसपछि माओवादीले हत्या आरोपित भूमि सुधार मन्त्री प्रभु शाहलाई सरकारबाट फिर्ता बोलाइसकेको छ भने फोरम लोकतान्त्रिकको सो विषयमा टुंगो लगाउन अहिले बैठक बसीरहेको हो ।

Oct 16, 2011

नेपाली साहित्य प्रतिष्ठान हङकङको ११औं वार्षिकोत्सव सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सन् २०११ अक्टोवर १६ तारीख आर्इतकार दिन हङकङको जोर्डनस्थित फूलवारी रेष्टुरेण्टमा नेपाली साहित्य प्रतिष्ठान हङकङको ११औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको छ । उक्त कार्यक्रममा हङकङ नेपाली महासंघका अध्यक्ष प्रदीप थापा प्रमुख अतिथिमा आसीन हुनुहुन्थ्यो भने त्यसैगरी सीर्जनशील साहित्य समाज हङकङका सचिव तथा साहित्यकार नरेश सुनुवार विशेष अतिथि र अतिथिमा क्रमश आदिवासी गीतकार समाज हङकङका अध्यक्ष प्रदीप कन्दङवा र जनजाति साहित्य समूहका अध्यक्ष भूपेन्द्र चेम्जोङ आसीन हुनुहुन्थ्यो । अतिथि आसनग्रहण पछि लगत्तै हालसालै असमायिक निधन हुनुभएका कवि केवलपुरे किसानको निधनप्रति दुख व्यक्त गर्दै एक मिनट मौन धारण समेत गरेको थियो । त्यसपछि क्रमश देश सुब्बा,शिव प्रधान,टंक सम्वाहाम्फे,अधिराज रार्इ,पीतम्वर रार्इ,बिष्णनन्द चाम्लिङग,पवित्रा रार्इ,नरजीत रार्इ,चन्द्र मादेन आन्छान्,निङवाशक्ती मादेन,रुद्र नाल्वो,विनय शाह,पूर्णीमा शाह,नरेश सुनुवार,दिल पालुङवा,राजु आङदेम्वे आदिले कविता वाचन गरेका थिए । मन्तब्यको क्रममा प्रमुख अतिथि प्रदी थापा,बिशेष अतिथि नरेश सुनुवार,अतिथिहरुमा प्रदीप कन्दङवा,भूपेन्द्र चेम्जोङ ले हङकङमा नेपाली साहित्य प्रतिष्ठानको भूमिका र कार्य वारेमा चर्चा गरेका थिए । नेपाली साहित्य प्रतिष्ठान हङकङका अध्यक्ष टंक सम्वाहाम्फेले कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो भने स्वागत मन्तब्य प्रतिष्ठान कै साहित्यकार तथा भयवादका प्रवर्तक देश सुब्बाले गर्नु भएको थियो त्यसरी नै सम्पूर्ण कार्यक्रम अर्का प्रतिष्ठानका सदस्य कथाकार तथा गायक शीव प्रधानले सञ्चालन गर्नु भएको थियो । नेपाली साहित्य प्रतिष्ठान हङकङले निरन्तर सन् २००० देखि हङकङमा वार्षिकरुपले विदेशमा नेपाली साहित्य समृद्धिको लागि विभिन्न साहित्यिक गोष्ठि,पुस्तक प्रकाशन र साहित्यकारहरुलार्इ टेवा पुर्याउँदै आएको छ । हाल नेपालको त्रिभुवान विश्वविद्यालय अन्तर्गत हङकङको नेपाली साहित्य बारेमा स्नातकोत्तर तहको तेस्रो वर्षमा ऐच्छिक नेपालीमा अध्यायन अध्यापन सुरु भैसकेको छ ।

Oct 15, 2011

राजीनामा प्रकरणमा भट्टराई नै अलमलमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन २८ - प्रतिपक्ष दल कांग्रेस, एमालेले मात्र होइन, माओवादीलेनै रक्षा मन्त्री शरतसिंह भण्डारीको राजीनामा मागेपछि अप्ठ्यारोमा परेका प्रधानमन्त्री बाबुराम भट्टराई यतिबेला अलमल परेका छन् । त्यसमा केन्द्रीय सदस्य एबं भूमि सुधार मन्त्री प्रभु साहलाई नहटाई संसद चल्न नदिने कांग्रेस, एमालेको अडानले स्थिति थप जटिल पारिदिएको छ । प्रधानमन्त्रीको हैसियतले भण्डारीलाई तत्काल राजीनामा गराउन सक्दैनन् । किनकी यो मधेशी मोर्चासंग सत्ता समीकरणसंग जोडिएको छ । पार्टीले बचाउ गर्ने निर्णय गरेको साहलाई मन्त्रीबाट हटाउँदा उनी पार्टीभित्रैबाट अप्ठ्यारोमा पर्नेछन् । यसकारण भट्टराईले तत्काल दुबै मन्त्रीलाई हटाएर प्रतिपक्षको माग र पार्टीको निर्णय कार्यान्वयन गर्न सक्ने अवस्थामा छनैन् । तर उनले छिट्टै सरकारको तर्फबाट धारणा सार्वजनिक गर्ने मनस्थिति भने बनाएका छन् । उनका राजनीतिक सल्लाहकार देबेन्द्र पौडेलले छिट्टै भट्टराईले धारणा स्पष्ट गर्ने जानकारी दिए । 'प्रतिपक्षको माग र पार्टी निर्णयबारे प्रधानमन्त्री गंभीर हुनुहुन्छ' उनले कान्तिपुरसंग भने- 'यसबारेमा एकदुई दिनमै केही निर्णय गर्नुपर्ने हुन्छ ।'