News

Jun 19, 2013

कियाचु इज़रायलले आयोजना गरेको कार्यक्रममा तक्मे बुढा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं /यासिन राई  
गत शुक्रवार किराँत याक्थुंग चुम्लुङ्ग नेपाल इज़रयाल्को आयोजनामा विल्सन बिक्रम राई (तक्मे बुढा) को हास्य व्यंग्यात्मक प्रस्तुती  र उनि व्दारा  नै अभिनित राष्ट्र भावले ओत प्रोत नेपाली  सफल कथानक चलचित्र रिदमको प्रदर्शनी भव्यताका साथ् सम्पन्न गर्यो । इज़रायाल्मा भर्खरै स्थापित
किराँत याक्थुंग चुम्लुङ्ग नेपाल इज़रायल संस्थाले पहिलो पटक गरेको यस कार्यक्रमले सोचे भन्दा बढी सफलता प्राप्त गरेको संस्थाका प्रतिनिधिले बताए । विल्सन बिक्रम राई (तक्मे बुढा) यहीं कार्यक्रमको लागि लन्डन बाट १३ जुन बिहिबार राति इज़रायल आइपुगेका थिए । यो उनको इज़रायल दोस्रो आगमन हो गत बर्ष वडा दशै अवसर पारेर आयोजना गरिएको नमस्ते नेपाल साँझ २०१२ मा उनि पहिलो पटक इज़रायल आएका थिए । त्यस बखतको उनको बेजोड प्रस्तुतिलाई दर्शकले निकै प्रसंसा गर्दै पुनः तक्मेको प्रतिक्षामा रहेकाहरुले यस पटक मजाले नै मजा लिएको बताए । इज़रायलमा सु-सङ्गठित विभिन्न सङ्घ संस्थाहरु, मिडियाहरु र दर्शकहरु सोचे भन्दा बढी नै उपस्थित थिए । साढे चारसयको क्षमता भएको तेल अभिव्को हा-हगना बेद बारबर हल -१३५ मा तक्मे बुढाले हसाएको हेर्न दर्शक अटी नअटी देखिन्थे । बेलका करिव साढे दसमा सुरु भएको उक्त कार्यक्रम रातको साढे तीनमा सकिएको थियो । कार्यक्रमको संचालन संस्थाका महासचिव बिबस खापुङ्ग सुमन ले गर्नु भएको थियो भने स्वागत मन्तब्य श्रीमती कृष्णकला वनेमले निकै गहकिलो रुपमा दिदै संस्था स्थापना हुनुको उदेश्य, संस्था भनेको के हो र यस संस्थाले के कस्तो लक्ष्य राखेको छ आदि उत्यादी कुराहरु बारे स्पष्ट धारणा राख्दै पहिले हामी नेपाली  हौँ त्यसपछी हामी जात जाति हौँ तसर्थ हामीले असल नागरिक हुनुको कर्तब्य निभाउनु पर्छ भन्दै संस्थाले त्यस कार्यक्रम बाट उठेको एक एक पैसा सामाजिक सेवामा लगाउने उदेश्य राखेको पनि प्रष्ट्याउनु भयो । संस्था भन्न साथ् राजनीति सँग पर्यायवाचीको रुपमा हेरिन्छ तर यो आफ्नो कला संस्कृतिको संरक्षण र सम्बर्दको लागि खुलेका विशुद्ध संस्थाहरुलाई राजनीति संग जोडेर हेर्न नहुने धारणा पनि स्पष्ट राख्नु हुँदै वनेमले सबैलाई न्यानो स्वागत गर्नु भयो । कार्यक्रमको सुरुवात इज़रायाल्मा स्थापित विभिन्न सङ्घ संस्था, विशेष सहयोगी र मिडियालाई सम्मान गरि अगाडी बढाइएको थियो । करिव दुइ घण्टा जति विल्शन बिक्रम राइले पेट मिची मिची हसायेपछी एक सिङ्गल रिमिक्स गीत (ये दोस्ती हम नही तोड़ेंगे...) गाएका थिए भने सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गालामा....मा डबल डान्स रोशी राई सँग गरेका थिए र मखमली पछेउरिले सानु मुहारै छोपेको ..... गीतमा लोभलाग्दो सिङ्गल नाचेका थिए । हरेक गीत र नाचमा सम्पूर्ण दर्शकले गडगडाहट तालि र स्वरमा स्वर मिलाउदैथे तक्मे बुढालाई साथ् दिइ रहेका थिए । करिव साढे बाह्र बजे बाट फुरु भएको फिल्म रिदमले स्टारटिंग बाट नै भाबुक बनाएको थियो । साच्चै राष्ट्र भावले ओत प्रोत उक्त फिल्मले त्यहि हसाउथियो त्यहि, रुवाउथियो । दर्शहरुले बीच बिचमा पटक पटक तालि बजाइरहेका थिए फिल्मको डायाल्क साच्चै राष्ट्रियताको रसायनले लपक्क भिजेको थियो जसले दर्शकलाई निकै भाबुक बनाईरह्यो अनि उनीहरुका आँखा रसाएका देखिन्थे । पूर्ण नेपाली पनमा ढालेर बनाइएको फिल्म हेरिसकेपछि सबैको प्रतिक्रिया प्राय एकै थियो फिल्म रिदमले हृदये रिदममय बनायो । सबैले एक पटक हेर्ने पर्ने बर्तमान स्थितिलाई लक्षित गरि बनाइएको चलचित्र रिदम राजधानी तथा मोफसलका विभिन्न हलहरुमा ५१ औं दिन मनाउन सफल प्रदिप दाहालको निर्माण र बिकाश आचार्य द्वारा निर्मित फिल्म रिदम्मा स्थानिय ठेट भाषाहरुको प्रयोग र बिशेष गरि हामीमा आज राष्ट्रियता हराउदै गएको छ भन्ने अनुभूत गराउनु नै मूल हेतु रहेको छ । चलचित्रमा अहिले हास्य व्यंग्य क्षेत्रका निकै नै चर्चीत् विलसन बिक्रम राईको मुख्य भूमिका रहेको छ । शारिरीक रुपमा अपाङ्ग भएका व्यक्तिहरु र अनाथ वालवालिकाहरुलाई प्रमुख पात्र बनाइएको कथावस्तु अत्यन्तै मार्मिक ढंगले प्रस्तूत गरिएको छ । किराँत यक्थुङ्ग चुम्लुङ्गल नेपाल इज़रायलले आयोजना गरेको उक्त कार्यक्रम विलसन बिक्रम राई (तक्मे बुढा ) को दमदार प्रस्तुति र उनै द्वारा अभिनित चलचित्र रिदमले रिदममयबनाएको थियो । सुरु देखि अन्त्य सम्म शान्त वातारणमा समापन भएको थियो ।

पदमसिंह लिम्वुको एल्वम सिडी तथा भिसिडी र्इच्छाको विमोचन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं /थिवोङशा 
१६,जून २०१३ याक एण्ड यती मा नेपालवाट आएका क्या. विजय लामाले पदमसिंह लिम्वुको एल्वम सिडी तथा भिसिडी र्इच्छा को विमोचन गर्नुभयो । ताप्लेजुङवाट हङकङमा आएका भूपू आर्मी गायक संगितकार लिम्वुको उमेरको उत्तर्रार्द्धमा निकालिएको यो एल्वम हङकङमै रेकर्डिङ भएको र म्यूजिक भिडियो स्थान पनि हङकङकै रहेकोछ । पालुङवा समाज हङकङले संयोजन गरेको कार्यक्रममा समाजका सल्लाहकार मे.शरण कुमार लिम्वुले अध्यक्षता गर्नुभएको थियो भने सञ्चालन र स्वागत मन्तव्य क्रमश डि.वी पालुङवा र गीता पालुङवाले गरेका थिए । त्यस्तैगरेर प्रमुख अतिथीमा क्या.विजय लामा, विषेश अतिथीमा दिनेश सुव्वा, अतिथीहरुमा ताप्लेजुङ समाजका सचिव सञ्जय तुम्वाहाम्फे, भूपूका अध्यक्ष हेम प्रताप गुरुङ, संगीतकार गणेश पराजुली, नेपाली साहित्य प्रतिष्ठान हंगकंगका अध्यक्ष टंक सम्वाहाम्फे आदि रहेका थिए । एल्वमको वारेमा सात्यिकार दिल पालुङवा, प्रदिप कन्दङवा, दिनेश सुव्वा आदिले गरेका थिए । एल्वमका कलाकारहरुलाई पनि सम्मान पत्र प्रदान गरिएको । साथै गायक लिम्वुलाई पल्टने मित्र १९७८ ले दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

हङकङमा प्रोफेसर डा. महेन्द्र लावती

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं आम्भु जेठा, 
हङकङ, ४ जुन, संघियता अर्थात अटोनोमिले विभिन्न समुदाय विच समान्ता र न्यायको आधारमा एकले अर्कालाई स्वीकार्य
हुने प्रिन्सिपलको आधारमा मिलेर वस्ने आधार दिन्छ भन्दै पहिचान सहितको संघियताले देश नटुक्रने वरु झन वलियो हुने प्रोफेसर डा. महेन्द्र लावती वताए । पोलिटिकल साइन्स विषयको प्रोफेसर डा. लावती हङकङ भ्रमणको क्रममा विभिन्न कार्यक्रमहरुलाई सम्वोधन तथा भेट–घाट गर्ने क्रममा यिनै कुरा वताए । अघिल्लो विहिवार याउमातेइको एक हलमा पापोहाङ लावती सयङ हङकङले आयोजना गरेको “संघियता र पहिचान सम्वन्धी अन्तरक्रिया कार्यक्रममा” प्रो. डा. लावतीले उक्त कुरा वताए । संघियता र पहिचान सम्वन्धी अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि प्रोफेसर डा. लावतीले एउटै मात्र जाति वा समुदायको मुल्य र मान्यता अन्य जातिमा लागु गर्न खोजिन्छ भने त्यहाँ निश्चत रुपमा विद्रोह हुन्छ भन्ने कुराको चर्चा गर्दै नेपालमा ५ देखि ७ वटा प्रदेश भयो भने त्यहाँ खस्ने मतको आधारमा क्षेत्रि वाहुनको मात्र प्रतिनिधि हुने अन्य जातिको प्रतिनिधि नहुने वताए । नेपालको संघियता संवन्धि समावेसीताको आधार, देशको आर्थिक विकास र जनतालाई राजनैतिक, समाजिक श्रोत र साधनमा पहुच, लोकतन्त्रको सुध्रिडिकरण र आगामि दिनमा भैलेन्ट कन्फिटि नवाओस भन्ने विषयमा आफ्नो राखेका थिए । नेपालमा चलेको दुईवटा मोडेलको संघियता संवन्धि ५ देखि ७ वटा प्रदेश भयो भने मधेसको एक भाग वाहेक अन्य सवै क्षेत्रमा क्षेत्रि वाहुनहरुको जनसंख्यानै वहुल्व वा वढि मात्रमा हुने भएकोले केन्द्र र प्रदेशहरुमा फेरिपनि जनजाति समुदायहरु नितिनिर्माण तहमा प्रतिनिधित्व हुन नसक्ने वताए । यदि ५ देखि ७ प्रदेशको साटो १२ देखि १४ प्रदेशको संघियता भएमा कर्नाली वाहेक अन्य प्रदेशहरुमा त्यहाँका जनजातिहरुको वहुमत होइन वाहुल्य हुने भएकोले त्यहा नितिनिर्माण तहमा पुग्ने कुरा उनले वताए । “संसारमा सफल संघिय राज्य ब्यवस्था भएको देशहरुको आंकडा हेर्ने हो भने ९ देखि माथि भएका संघात्मक प्रदेश भएका देशहरु ६४ प्रतिशत छन भने ९ भन्दा कम संघिय राज्य ब्यवस्था भएका देशहरु ३८ प्रतिशत छन् । ति देशहरुमा २ देखि ३ प्रान्त भएका संघात्मक देशहरु ७५ प्रतिशत फेल भएका छन् भने २५ प्रतिसत मात्र सफल भएका छन् । ४ देखि ७ प्रान्त भएका संघात्मक देशहरु ५० प्रतिशत फेल भएका छन् ५० प्रतिसत सफल भएका छन् । ८ देखि १४ प्रान्त भएका संघात्मक देशहरु २० प्रतिशत फेल भएका छन् भने ८० प्रतिसत सफल भएका छन् । १५ देखि माथि प्रान्त भएका संघात्मक देशहरु १३ प्रतिशत फेल भएका छन् भने ८७ प्रतिसतले सफल भएका छन् ।” पहिचानको सहितको संघियता भयो भने देश टुक्रिन्छ, जातिय दंगा हुन्छ भनेर नेताहरु तथा ठुला मिडियामा गलत प्रचार भएको भन्दै जतिनै प्रचार गरेपनि यसमा कुनै रियालिटि नभएको प्रोफेसर डा. लावती वताउछन् । पापोहाङ लावती सयङ हङकङले आयोजना गरेको संघियता र पहिचान सम्वन्धी अन्तरक्रिया कार्यक्रमको अध्यक्षता पापोहाङ लावती सयङ हङकङको अध्यक्ष खगेन्द्र लावती “भिमराज”ले गरेका थिए भने सयङका सचिव कमानध्वज लावतीले कार्यक्रम संचालन गरेका थिए । सयङको सस्थापन अध्यक्ष कृष्णराज “तान्छोहाङ” लावतीले कार्यक्रमलाई स्वगत मन्तब्य दिएका थिए । तान्छोहाङ लावती उक्त कार्यक्रमका मुख्य डिजाइनर हुन । उनले प्रोफेसर डा. लावतीलाई हङकङ ल्याउनका लागि एक वर्ष अघि देखिनै कोसिस गरेका थिए । उक्त कार्यक्रममा प्रमिला लावतीले प्रोफेसर डा. लावतीको वारेमा जानकारी गराएका थिए । नेपाल बाट अमेरिका हिडेका प्रोफेसर डा. लावती अघिल्लो हप्ताको विहिवार हङकङ आइपुगेका थिए । पापोहाङ लावती सयङ हङकङको निमन्त्रणामा यहाँ आएका प्रोफेसर डा. लावती संग सम्पूर्ण लावती परिवारले विहिवार साँझ जोर्डन स्थित एक रेष्टुरेण्टमा भेट–घाट कार्यक्रमको आयोजना गरेका थिए । नेपाली आदिवासी जनजाति महासंघ हङकङ, किरात याक्थुङ चुम्लुङ हङकङ, पान्थर मञ्च हङकङले फुलबारी क्लवमा संयुक्त रुपमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना सुक्रवार साँझ गरेका थिए । तीन दिनको आफ्नो कार्यक्रम सकेर चाउथो दिन विहान हङकङको एयरपोटबाट युएसए गए । यतिवले डा. लावति युएसएको वेस्टन मिचिगन युनिभर्सिटिमा पोलिटिकल साइन्स विषयको प्रोफेसर रहदै आएका छन् । पोलिटिकल अन्र्तगत उनले करिव आधा दर्जन जति किताव विश्व वजारमा आएको छ भने दर्जनौको संख्यामा उनको लेखहरु विभिन्न माध्यमबाट सार्वजानिक भएको छ दर्जको देसी विदेसी मिडियाले उनको इन्टरभ्यु लिएका छन् ।

पत्रकार तथा समाजसेवी कल्पना तुम्रोकको विदाई कार्यक्रम

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
हङकङ, १६ जुन । पत्रकार तथा समाजसेवी कल्पना तुम्रोकको विदाई कार्यक्रम पान्थर मञ्च हङकङको आयोजनामा सम्पन्न भयो । तुम्रोक १६ वर्षको हङकङ वसाई पछि यहि जुन २५ मा नेपाल जादै छिन् । विदाई कार्यक्रममा लामो समय पछि नेपाल जानलागेको वताउदै नेपालमा आफनो परिवारलाई समेत राम्रो उपचार गराउने उदेश्यले आफु जान लागेको तुम्रोकले वताए । नेपालमा गएर पनि हङकङको नेपाली समाज संग कुनै कुनै माध्यमबाट आफु सम्पर्कमा रहिरहने र त्यहा पनि आफ्नो पत्रकारिता तथा समाजसेवालाई निरन्तरता दिने वताईन । “विदाइ कार्यक्रम आफैमा खुलाउनै नसकिने शब्द र त्यो क्षण आफैमा सोच्न पनि निक्के गाह्रो पर्ने” भन्दै लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्ष रविन लिङदेन, चलचित्र निर्देशक तथा याक्थुङ मुन चइत चोक सयङका अध्यक्ष मौसम इम्बुङ, कलाकार कमानधोज लाओती लगायत विदाई कार्यक्रमका अन्य अतिथिहरुले आ–आफनो मन्तब्य राखेका थिए । सनिवार साँझ जोर्डन स्थित फुलवारी कल्बमा आयोजित कार्यक्रमका मञ्चका अध्यक्ष प्रताप राईको अध्यक्षतामा समपनन भएको थियो । मञ्चका सचिव टिकाराम माक्खिमले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष कुमार गुरुङले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा सचिव टिका माक्खिम र सदस्य पवित्रा राईले छुट्टा–छुट्टै विदाई गित गाएका थिए । सोह्र वर्षको हङकङ वसाई पछि यहि जुन २५ मा नेपाल जाने क्रममा सनराई साप्ताहिक, याक्थुङ कलाकार संघ लगाय अन्य संघ सस्थाहरुले तुम्रोकलाई विदाइृ गर्ने कार्यक्रम रहेको छ । यतिवेला उनको नेपाल स्थित परिवारमा एक परकारको ठुलो संकट आएको छ । उनलाई, उनै तागेरा निङवा भु माङले (भगवान) त्यो शक्ति प्रदान गरुन जो सवै प्रकारको संकटहरु सजिलै सित पार गर्न गरोस ।

Jun 1, 2013

आइतबारदेखि उपत्यकाका सबै अदालतमा पेन डाउन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
न्यायपालिकासम्बद्ध पाँचवटा कर्मचारी संगठनले आइतबारदेखि सर्वोच्चसहित उपत्यकाका सबै अदालतमा पेन डाउन गर्ने भएका छन् । आफ्ना माग पूरा गर्न सर्वोच्च प्रशासनले चासो नदेखाएको भन्दै ट्रेड युनियनमा आबद्ध कर्मचारी संगठनले भोलिबाट पेन डाउन गर्ने निर्णय गरेका हुन् । आइतबार १० देखि ११ बजेसम्म र त्यसपछिका दैनिक एकएक घन्टाका दरले पेन डाउन कार्यक्रम बढाउँदै लैजाने निर्णय गरिएको बताइएको छ । नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन, राष्ट्रसेवक कर्मचारी संगठन र राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रको शुक्रबार बसेको संयुक्त बैठकले पेन डाउनको निर्णय गरेको हो । कर्मचारीले सर्वोच्च, पुनरावेदन र जिल्ला तहमा तत्काल न्यायाधीश नियुक्ति हुनुपर्ने, न्यायाधीश र कर्मचारीका लागि एउटै मापदण्डको सेवा, सर्त र सुविधा लागू गर्नुपर्ने, न्यायाधीश र कर्मचारीको सरुवा व्यवस्था पारदर्शी र नियमित हुनुपर्ने लगायतका माग राखेका छन् । सर्वोच्च प्रशासनले बिहीबार नै विभिन्न निकायमा परिपत्र गरिएको जनाएको भए पनि कर्मचारीले भने वार्ता असफल बनाउने षड्यन्त्र भएको भन्दै आपत्ति जनाएका छन् ।

जातीय पहिचानका लागि फेरि आन्दोलनको तयारीमा: कुमाल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
आदिवासी जनजातिको प्रतिनिधित्व घटाउने किसिमले नयाँ संविधासभा गठन हुन नदिने आदिवासी जनजातिका अगुवाहरूले चेतावनी दिएका छन्। राजधानीमा आज आयोजित “आदिवासी जनजाति महासंघ नेपालको चुनौती र आगामी रणनीति” विषयक अन्तरक्रिया कार्यक्रममा जनजाति नेताहरूले एक प्रतिशत थ्रेस होल्ड कुनै पनि हालतमा मान्य नहुने बताउँदै समानुपातिक तर्फको सङख्या घटाउन नहुनेमा जोड दिएका छन्। साथै कार्यक्रमका सहभागीहरुले जातीय पहिचान र प्रतिनिधित्वको सुनिश्चितताका लागि अहिलेको राजनीतिक परिस्थितिको बारेमा ठोस धारणा बनाएर अघि बढ्न आदिवासी जनजाति महासंघको नयाँ नेतृत्वलाई सुझाव दिएका छन्। आदिवासी जनजाति महासंघ नेपालका अध्यक्ष नगेन्द्र कुमालले जातीय पहिचानका लागि आफूहरुले फेरि आन्दोलनको तयारी गरिरहेको बताए। नयाँ बन्ने संविधानसभामा जातीय जनसङख्याको आधारमा प्रतिनिधित्व गराउनुपर्ने र पहिचान खुलेका जातिको एक जाति एक प्रतिनिधित्वको ग्यारेण्टी गर्नुपर्ने अध्यक्ष कुमालले माग गरे। अहिलेसम्म आदिवासी जनजाति समुदायका ५९ वटा जाति सूचीकृत भइसकेका छन्।

साना ११ विद्यार्थीसंगठनले गरे आन्दोलनको घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
ठूला विद्यार्थी संगठनहरुले स्ववियु निर्वाचन हुन नदिएको आरोप लगाउँदै साना ११ विद्यार्थी संगठनहरुले आन्दोलन र भण्डाफोरको कार्यक्रम अघि सारेका छन् । रिपोर्टर्स क्लव नेपालमा शनिवार पत्रकार सम्मेलन गरेर साना ११ विद्यार्थी संगठनहरुले संयुक्त रुपमा विरोधका कार्यक्रम अघि सारेका हुन् । विरोध स्वरुप साना ११ विद्यार्थी संगठनहरुले सोमबार त्रिभुवन विश्वविद्यालय घेराउ गर्ने जनाएका छन् । पूर्व घोषित कार्यतालिका अनुसार अथवा जेठ मसान्त भित्र स्ववियु निर्वाचन जसरी पनि सम्पन्न गर्ने विषयलाई दवाव दिने उद्देश्यले आगामी सोमबार त्रिवि घेराउ गरिने ११ विद्यार्थी संगठनका नेताहरुले बताएका छन् । त्रिवि घेराउपछि थप आन्दोलनका कार्यक्रम घोषणा गरिने विद्यार्थी नेताहरुले जनाएका छन् । आज रिपोर्टर्स क्लवमा पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम घोषणा गर्ने विद्यार्थी संगठनहरुमा नेपाल विद्यार्थी क्रान्तिकारी संघ, अनेरास्ववियु छैठौ, अनेरास्ववियु पाँचौ, क्रान्तिकारी विद्यार्थी संगठन, अखिल नेपाल विद्यार्थी युनियन, अनेरास्ववियु एकीकृत, राप्रविसंघ, नेपाल विद्यार्थी परिवार, विद्यार्थी मञ्च, मधेशी विद्यार्थी फोरम नेपाल र मविफोने लोकतान्त्रिक रहेका छन् ।