News

Apr 19, 2014

सगरमाथा आरोहणका लागि गएका १२ जनाको हिमपहिरोमा परी मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
५ वैशाख विदेशी पर्यटकलाई लिएर सगरमाथा आरोहणका लागि गएका १२ जनाको हिमपहिरोमा परी मृत्यु भएको छ । पहिरोमा परेका चारजनाको उद्धार गरिएको छ भने कम्तीमा चारजना बेपत्ता छन् । विदेशीलाई सगरमाथा आरोहण गराउने बन्दोबस्तीका सामान बोकेर उक्लने क्रममा सहयोगीका रूपमा खटिएकाहरू हिमपहिरोमा परेका हुन् । मृत्यु हुनेमा अधिकांश सोलुखुम्बुकै स्थानीय शेर्पा छन् । शुक्रबार १२ जनाको शव हेलिकोप्टरबाट लुक्लामा ल्याइएको सोलुखुम्बुका प्रहरी प्रमुख बद्रीविक्रम थापाले बताए । मौसम प्रतिकूल भएकाले दिउँसो चार बजेपछि उद्धार रोकिएको उनले जानकारी दिए । ‘२० जनाको टोली हिमपहिरोमा परेको भन्ने छ,’ डिएसपी थापाले भने, ‘थप केही शव देखिए पनि प्रतिकूल मौसमका कारण उद्धार गर्न नसकिएको उद्धारमा खटिएकाले बताएका छन् ।’ हिमपहिरोमा घाइते भएकाको काठमाडौंको नर्भिक, ग्रान्डी र मेडिकेयर अस्पतालमा उपचार भइरहेको छ । दुईजनाको टाउको देखिएको, तर उद्धार गर्न नसकिएको नेपाल ट्रेकिङ ट्राभल र्‍याफ्टिङ मजदुर युनियनले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेमा साग्रिला नेपाल, हिमालयन गाइड नेपाल ट्रेक्स एन्ड एक्स्पिडिसन, सेभेन समिट ट्रेक, समिट नेपाल ट्रेकिङ र हिमालयन इकास्टी ट्रेक एन्ड एक्स्पिडिसनमा आबद्ध कर्मचारी छन् । हिमपहिरोपछि गृह मन्त्रालयमा केन्द्रीय दैवी प्रकोप उद्धार समितिको बैठक गृहमन्त्री वामदेव गौतमको अध्यक्षतामा बसेको थियो । बैठकले मृतकका परिवारलाई ४० हजार रुपैयाँका दरले आर्थिक सहायता दिने निर्णय गरेको छ । शुक्रबार बिहान ६:३० बजेको समयमा दुर्घटना भएको पर्यटन मन्त्रालयले जनाएको छ । सगरमाथा, ल्होत्से, नुप्त्से हिमालको आरोहणमार्गमा पर्ने क्याम्प १ नजिकै खुम्बुमा गएको हिमपहिरोमा उनीहरूको मृत्यु भएको हो । बेस क्याम्पबाट हिँडेको करिब तीन घन्टापछि उनीहरू पहिरोमा परेका थिए । हिमाल चढ्न गएका पर्यटक भने बेसक्याम्पमा नै थिए । दुर्घटना भएको क्षेत्र पाँच हजार नौ सय मिटरमा पर्ने पर्यटन मन्त्रालयले जनाएको छ । हिमपहिरोमा परेकाको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सगरमाथा प्रदूषण नियन्त्रण समितिका चिकित्सक, हिमालयन उद्धार संघका चिकित्सक तथा विभिन्न ट्रेकिङ एजेन्सी खटिएका थिए ।

साहित्यकार हिमाल सुब्बाको दुईवटा कृति विमोचन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
दमक, ६ वैशाख इलाम, आज दमकमा स्थानीय पढ्ने घर नामक संस्थाले आयोजना गरेको एक कार्यक्रममा साहित्यकार सुब्बाद्वारा लिखित ‘गुराँसका हाइकुहरु’ र ‘जीवन र सपनाहरु’ नामक कथा सङ्ग्रहको कृति लोकार्पण गरिएको हो ।विमोचित कृतिमाथि साहित्यकारहरु उपेन्द्र पागल, प्रकाश आङ्देम्बेलगायतले टिप्पणी गर्नुभएको थियो । विमोचित कथा सङ्ग्रहमा दशवटा कथा र हाइकुमा ३४१ वटा हाइकु सङ्ग्रहित छन् । साहित्यकार सुब्बाले यसअघि दुईवटा कृति निकाल्नुभएको थियो ।

अध्ययन भ्रमणका लागि सभासद् विदेश जान नपाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
६ वैशाख - संविधानसभा सदस्यहरूले संविधान जारी नभएसम्म अध्ययन भ्रमणमा विदेश जान नपाउने भएका छन् । नेपालस्थित नाइजेरियाका राजदूतले सभासद्लाई आफ्नो देशको संसदीय गतिविधि अध्ययन भ्रमणका लागि गर्नु भएकोे आग्रहमा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले विघटित संविधानसभाका सभासद्बाट अधिकांश मुलुकको अध्ययन भ्रमण गरी प्रसस्त ज्ञान आर्जन गरेकाले अब संविधान जारी नभएसम्मका लागि वैदेशिक अध्ययन भ्रमणका लागि स्वीकृति नदिने बताएको जानकारी दिनुभयो । ललितपुरमा आज आयोजित संविधानसभा सचिवालय र सञ्चारकर्मीबीच ‘संसदीय सूचना सङ्कलन सम्प्रेषण चुनौती र समाधान’ विषयक दुईदिने अन्तक्र्रियामा उहाँले संविधानसभाको पदेन सदस्यका रुपमा पत्रकारका लागि केही असुविधा भए सुधारका लागि सुझाव दिन आग्रह गर्नुभयो । अध्यक्ष नेवाङले पत्रपत्रिकामा छापिएका खबरले सबैको ध्यानाकर्षित गर्ने र त्यस्ता समाचार प्रभावकारी पनि हुने भएकाले खण्डन छाप्न नपर्ने गरी समाचार सम्प्रेषण गर्न सुझाव दिनुभयो । कार्यक्रममा संविधानसभा उपाध्यक्ष ओनसरी घर्तीमगरले संविधानसभामा प्रत्यक्ष सहभागी हुने पत्रकारले आम नागरिकलाई यहाँको गतिविधिबारे जानकारी गराउने भएकाले पत्रकार र संसद् सचिवालयबीच सुमधुर सम्बन्ध हुनुपर्ने बताउनुभयो । नौ वटा कार्यपत्र प्रस्तुत हुने सो अन्तक्र्रियामा संसद् सचिवालयका सचिव ठाकुरप्रसाद बरालले संविधानसभा र व्यवस्थापिका–संसद्को चिनारी, सहसचिव डा रवि अर्यालले संविधानसभा नियमावली र व्यवस्थापिका–संसद्को नियमावली, अर्का सहसचिव डा भरतराज गौतमले संसद र वैदेशिक सम्बन्ध, सहसचिव सुदर्शन खड्काले संसद् पुस्तकालय र सांसदलाई उपलब्ध आइटी सेवा र सहसचिव मुकुन्द शर्माले संसद्मा समाचार संयन्त्रको व्यवस्थापन र प्रवेश अनुमतिका विषयमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

Apr 16, 2014

राज आङ्देम्बे"सहायत्री"केस्रा संग्रह मलेसियामा बिमोचन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
राजकुमार तेयुङ,मलेसियामा राज आङ्देम्बे"सहयात्री"को केस्रा संग्रह"सहयात्री"आज मलेसियाको राजधानी क्वाललम्पुरमा बिमोचन भएको छ lमौलश्री लिम्बूको सभापतित्वमा सम्पन्न भएको सो बिमोचन कार्यक्रममा प्रमुख अथिति मणि राइ"गोठाले"रहनु भएको थियो l राजकुमार तेयुङ "तरेवा"को स्वागत मनतब्य बाट अगाडी बढेको बिमोचन कार्यक्रममा सुभकामना मन्तब्य क्र.म.स.देबेन्द्र सुर्केली खापुङ्,सोमसुबेदी,दिल दुखी जन्तरे, भरत अधिकारी,राज "अविरल"यात्री,ले राख्नु भएको थियो भने किर्ती समिक्षा निश्चल परदेशी,ले गर्नु भएको थियो l सो किर्ती बिमोचन कार्यक्रम मा सन्तोष माबुहाङ्,कृष्ण लिम्बू दानराई"झरी"राइ"रूमानी"लगायतले आ-आफ्नो केस्रा वाचन गरेका थिए l उक्त बिमोचन कार्यक्रमको हलमा"सहयात्री"पुस्तक मलेसियन रिङ्गेट Rm130 नेपाली रु: 3 हजार 8 सय 35 रुपैयाँ पाँचथर रानिटार 4 मक्लुम्बा निवासी दुबै मृगौला पिडित तारा नेम्बाङ्,लाइ लेखक राज आङ्देम्बे"सहयात्री"ले सहयोग गर्नु भएको छ l कार्यक्रम जीवन देवान"गाउँले"ले गर्नु भएको थियो ।

कृष्णकला वनेमकृत "अविश्वासको तरङ्ग" नेपाल तथा ईजरायलमा विमोचित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 

ईजरायल प्रवासमा रहनु हुने साहित्यकार कृष्णकला वनेमकृत "अविश्वासको तरङ्ग" नामक पुस्तक बि.स.२०७० चैत्र २८ दिन काठमाडौंमा एक कार्यक्रमबीच विमोचित भएको
छ । नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति एवम् आयमेली कवि श्रद्धेय श्री बैरागी काइालाज्यूको प्रमुख आतिथ्यमा विमोचित भएको उक्त कृति माथि बानेश्वर क्याम्पसका डा. विष्णु राई, कवि प्राज्ञ श्रवण मुकारुङ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकाली, नेपाली वाङ्मय परिषदका अध्यक्ष शशि लुमुम्वु, मिलाप मासिकका प्रधानसम्पादक कृष्णप्रसाद भुसाल लगायतले विमोचन गरेका थिए । त्यसरी नै सन् २०१४ अप्रिल १२ तारिखका दिन किरात याक्थुङ्ग चुम्लुङ्ग ईजराईलको प्रथम साधारण सभाको अवशर पारेर नेपाल आदिबासी जनजाति महासंघ ईजराईलका अध्यक्ष सुन्दर सिंह लामा तामांग,कियाचु ईजराइलका जेष्ठ सदस्य अम्बेर सावा र कियाचु ईजराइलका अध्यक्ष प्रताप मदेनाबाट पुन बिमोचन गरिएको छ । कथाकार कृष्णकला वनेमकृत "अविश्वासको तरङ्ग" नामक पुस्तक नेपाल र ईजराईल गरेर दुई पटक बिमोचन गरिएको हो । विमोचित कथा संग्रहमा १५७ पेजमा ९ वटा कथाहरु समेटिएका छन् ।बैदेशिक रोजगारको लागि सन् २००८ मा सेक्टेम्बरमा ईजराईल प्रवेश गर्नु भएकी लेखिका वनेमको "बिर्सिएका गीतहरु" नामक गीति संग्रह २०६८ सालमा प्रकाशित भै सकेको छ ।दोश्रो कृतिका रुपमा आएको कथा संग्रह अविश्वासको तरंगमा लेखिका वनेमले देखेका भोगेका र अनुभब गरेका बिषयबस्तुलाई समेटेर कथाको रुपमा पाठकहरुको सामु ल्याएकी छिन ।उक्त पुस्तकको प्रकाशिका गौमाया नेम्बाङ्ग रहनु भएको छ भने पुस्तकको मूल्य नेरु २५० र नेपाल बाहिर १८ डलर राखिएको छ ।नेपालमा विमोचन गर्ने अतिथीहरुले नै पुस्तकमाथी टिपणीपनि गरेका थिए । विभिन्न क्षेत्रहरुका व्यक्तित्वहरुको उपस्थितिमा विमोचित भएको अविश्वासको तरङ्ग कथासङ्ग्रमा लालच, साइबर प्रेम, सत्यको जित, अविश्वासको तरङ्ग, भाग्यको खोजी, चोखो प्रेमको अन्नत पीडा, कर्तय, प्यारी सङ्गिनीको अन्तिम जीवनयात्रा र समर्पण गरी ९ ओटा कथाहरु रहेका छन् । नेपालमा मिलाप मासिक र नेपाली वाङ्मय परिषदले विमोचन कार्यक्रमको आयोजना गरेको थियो ।