News

May 17, 2014

मान तबेबुङको लिम्बु र नेपाली भाषामा एल्बम एकसाथ सार्वजनिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
२०७१ जेठ ३ शनिवार । पछिल्लो समयमा युके, ब्रिटिस तथा हङकङ लाहुरेहरुले एल्बम ल्याउने होडबाजि नेपाली साङ्गीतिक क्षेत्रमा ह्वात्तै बढेको पाइएको छ । हरेक हप्ता जस्तो अहिले लाहुरेहरुकै एल्बम विमोचन हुने गरेको छ । यस्तै क्रममा सन् १९९३ देखी युकेमा रहेर ब्रिटिश आर्मीमा कार्यरत लाहुरे युवा मान तबेबुङ(नाजम)ले एकसाथ लिम्बु र नेपाली भाषाका दुई गिती एल्बम सार्वजनिक गरेका छन् । लाहुरे तबेबुङको आफ्नै स्वर रहेको एल्बम ‘इन्टेक १९९३’ वरिष्ठ गजलकार डा. कृष्णहरि बराल र ‘लुङा’ नामक एल्बमको किरात राई यायोक्खाका अध्यक्ष उत्मसिंह थाङदिन र वरिष्ठ गीतकार डा. कृष्णहरि बरालले केही दिन अगाडी राजधानीमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरे । एल्बम ‘इन्टेक १९९३’मा ‘हिजो आज’, ‘नक्कलीलाई’, ‘फक्ताङलुङ वारी’, ‘तिम्रो कसम’, ‘तमोरको पानीले’, ‘आशामा बसेछु’, ‘तिमीलाई सम्झी हरपल’ र ‘गाजलु आँखाले’ बोलका गीत रहेका छन् । यो एल्बमका अधिकांश गीतमा गायककै रचना र संगीत छ भने एउटा गीतमा ताराप्रकाश लिम्बुको संगीत, रोहित लिङदेन, मिना सिङगक, कमल खत्रीको शब्द रहेको छ । त्यस्तै लाहुरेबाट गायक, संगीतकार तथा गीतकार बनेका तबेबुङको अर्को एल्बम ‘लुङा’ मा ‘तरेमे’, ‘मिक्ला कोम’, ‘आक्के दाङबा’, ‘मिम्जी योङले’, ‘आसेवारो’, ‘पोगाम्मे’ र ‘सेप्माइमु’ बोलका गीत छन् । गीतमा मान, यासेली योङहाङ, येहाङ लावती र यादन नुनाम शेर्माको शब्द रहेको छ भने मान, ताराप्रकाश र यादवको संगीत रहेको छ । एल्बममा मानका अलावा श्रेयसी चेम्जोङको पनि स्वर रहेको छ ।कार्यक्रममा वरिष्ठ गलजकार डा. बराल, संगीतकार महेश खड्कालगायतले एल्बमको सफलताको कामना गर्दै, अन्य अतिथीहरुलेपनि सफल्ताको कामना गरेका थिए । एल्बमको बारेमा समिक्षात्मक टिप्पणी राख्दै डा. बरालले एल्बममा सबै पक्ष राम्रो भएको भन्दै लाहुरे तबेबुङले एउटा क्षेत्र गायक, संगीत तथा गीतकारपटि रोज्दा अझ राम्रो हुने बताए । एल्बमलाई ओपेरा ट्युन्सले बजारमा ल्याएको हो ।