News

Jan 30, 2008

पान्थरमा क्रमबद्ध दलहरूको सभा बिथोलिदै

लिम्वूवान डट व्लगस्पोट डटकम
संविधानसभाको निर्वाचन अगावै आत्मनिर्णयको अधिकारसहित लिम्बुवान स्वायत्त राज्यको सुनिश्चितता गरिनु पर्ने संविधानसभाको निर्वाचन पूर्णसमानुपातिक हुनुपर्ने, निर्वाचन अघि संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा तथा कार्यान्वयन हुनुपर्ने र संविधानसभाको चुनाव सार्थक र परिणाममुखी हुनुपर्ने जस्ता तीनवटा माग लिएर आन्दोलनमा उत्रिएको संघीय लिम्बुवान राज्य परिषदले लिम्बुवान स्वायत्त राज्य निर्माण अभियान नामक कार्यक्रम संचालन गर्दै आएको छ । यस अभियान अर्न्तर्गत संविधानसभाको निर्वाचन अगावै लिम्बुवान स्वायत्त राज्यको सुनिश्चितता नगरिएमा र लिम्बुवानको मुद्दालाई राजनैतिक एजेण्डा नबनाउने लिम्बुवान क्षेत्रमा क्रियाशील राजनैतिक दलहरूलाई गाउँ प्रवेश निषेध गरी नो लिम्बुवान नो इन्ट्री " No Limbuwan No Entry "घोषणा गरिएको छ । यसमा नेकपा -माओवादीले मात्र लिम्बुवानको मुद्दालाई पार्टीको आधिकारिक अवधारणा ल्याई समेटेको हुनाले माओवादीलाई कुनै अवरोध गरिएको छैन । त्यसैले पान्थर जिल्लामा क्रमबद्धरुपमा दलहरूको संयुक्त तथा एकल आमसभाहरूलाई विथोल्ने कार्यहरू भईरहेका छन्ः
१. २०६४ माघ १० गते यासोक बजार -ने.का., एमाले, माओवादी, जनमोर्चा नेपाल, मालेको संयुक्त
२. २०६४ माघ १२ गते लुम्फाबुङ -राप्रपा नेपाल
३. २०६४ माघ १३ गते नवमीडाँडा -ने.का., एमाले, माओवादी, जनमोर्चा नेपाल, मालेको संयुक्त
माघ १० गते यासोकमा पाँच दलीय संयुक्त आमसभा सं.लि.रा.प.को सशक्त दबावका कारण सहमतिमा स्थगित गरिएको थियो ।
माघ १२ गते लुम्फाबुङमा राप्रपा नेपालको कार्यक्रम स्वतः स्थगन भएको ।
माघ १३ गते अम्लाबुङ -नवमीडाँडा मा परिषदको सूचना पाई पाई पनि अटेर गरेको हुनाले करिव २०० जना एल.भि. परिचालन गरी नारा जुलुश सहित कार्यक्रम स्थल कब्जा गरी नेताहरूलाई धपाइएको थियो । त्यसपछि अम्लाबुङ बजारमा कोणसभा गरियो ।

जुलुशका नाराहरूः

१. नो लिम्बुवान नो इन्ट्री -"No Limbuwan No Entry"
२. लिम्बुवान बिरोधी- होशियार
४. दलाल नेता चाहिँदैन, लिम्बुवान बेच्न पाइँदैन
४. लिम्बुवान स्वायत्त राज्य- ल्याउँछौं ल्याउँछौं
५. लिम्बुवान स्वायत्त राज्य- घोषणा गर
६. लिम्बुवान लाजे- तियाहा

No comments: