News

Jan 19, 2008

तामाङ्सालीङ् स्वायत्त राज्य परिषद्को ऐतिहाँसिक् भेला

लिम्वूवान डट व्लगस्पोट डटकम,तामाङ्सालीङ्
जनवरी १९'तामाङ्सालीङ् स्वायत्त गणराज्यभित्र बसोबास गर्ने सम्पूर्ण जातिहरु एक्जुट होऔं' भन्ने नाराका साथ सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मन्च: तामाङ्सालीङ् स्वायत्त राज्य परिषदको दुई दिने ऐतिहासिक विस्तारित सम्मेलनको समुदघाटन आज माघ ५ गते जावलाखेल ललितपुरमा सबै क्षेत्रका प्रतिनिधि, पर्यवेक्षक र शुभेच्छुकहरुको व्यापक जनसहभागीतामा सम्पन्न भयो । मन्चका अध्यक्ष कमल छाराहाङ्को प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममाका अन्य अतिथिहरु सङ्घीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देन 'मिराक्', मधेशी जन अधिकार फोरम नेपालका उपाध्यक्ष किशोरकुमार विश्वास, सङ्युक्त थारु राष्ट्रिय मोर्चाका अध्यक्ष लक्ष्मण थारु, दलित जनजाती पार्टिका अध्यक्ष विसेन्द्र पासवान्, लगायत् पर्शुराम् तामाङ् र कुमार् फुदोङ् आदिको उपस्थिति रहेको थियो । परिषद्का उपाध्यक्ष सिङ्मान् तामाङ्ले स्वागत् मन्तव्यको क्रममा कार्यक्रमको औचित्य र उधेश्यबारे प्रस्ट्याउनु भएको थियो । शुभकामना मन्तव्यको क्रममा विधायक् कुमार फुदोङ्ले अब यो नेपाल् राष्ट्रको राजनीतिक पकड् यहांका आदिवासी जनजातिहरुले लिनुपर्ने कुरा बताउनु भयो । मन्तब्यकै क्रममा मधेशी जनअधिकर फोरमका उपाध्यक्ष किशोरकुमार विश्वासले राजासहितको ३० प्रतिशत् खस् बाहुनहरुले ७० प्रतिशत् आदिवासी जनजाति, मधेशी, दलित र महिलाहरुको विरुद्धमा षडयन्त्र गर्न लागेको कुरा प्रष्ट्याउनु भयो । सङ्युक्त्त थारु राष्ट्रिय मोर्चाका अध्यक्ष लक्षमण थारुले अब यहांका बाहुन् क्षेत्री शासकहरुले दिन नसकेको राजनीतिक् विकल्प आदिवासी जनजाति, मधेशि, दलित र महिलाहरुले दिनुपर्ने बिचार् राख्नु भयो । त्यसैगरी, दलित जनजातिका अध्यक्ष विसेन्द्र पासवानले आफू हिन्दू भएर जन्मेको र अहिलेसम्म अछूत भएर बाँचेको, तर अब बौद्ध भएर मर्न चाहेको चाहना प्रकट गर्नुभयो ।परिषदका अधयक्ष तथा मन्चका अध्यक्ष मण्डल सदस्य डी के बुद्धिष्ट्को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सङ्घीय कला संस्क्रिति मन्च तामाङ्सालीङ् राज्य परिषदका कलाकारहरुले तामाङ् भषामा गीतसमेत प्रस्तुत् गरेका थिए । तामाङ्सालीङ्को यस ऐतिहासिक विस्तारित भेलाले तामाङ्सालीङ्को भावी राजनीतिक दिशा र सङ्गठनको विधान् तथा घोषणा-पत्र बारे व्यापक छलफल र बहस गरेर पारित गर्दै तामाङ्सालिङ्को नयाँ नेत्रित्वको समेत चयन गर्नेछ ।

No comments: