News

Jan 30, 2008

नुमाफुङ चलचित्रमा धमिरा परेछ

लिम्वूवान डट व्लगस्पोट डटकम ,तानलुक्वा , January 30, 2008
हङकङ नेपाली गीत,संगीत, चलचित्र, म्यूजिक भिडियोको गैरकानुनी ढंगले प्रतिलिपी निकालेर ब्यापार गर्नु ठूलो कुरो होइन । धेरै पहिलेदेखि नै चल्दै आएको हत्तपत्त नरोकिन नेपाली संघसंस्थाको बीबीक्यू कार्यक्रम जस्तै पुरानो चलन हो । त्यसो त धेरै नेपाली पसलेहरुको कोठा भाडा शायद यस्तैयस्तै व्यवसायले पनि चल्या होला ।
अब र्सवसुलभ उपलब्ध नभए पछि प्रतिलिपीले नै भए पनि चलाउनु पर्या होला यस बारेमा के भन्ने र खैं - तर यसपालि भने मलाई अचम्म लाग्यो । अलि बढी नै लाग्यो । भनौं, यो कुरोलाई पचाउन भने पाचक नै खानु पर्ने भयो । चार वर्षअघि निर्माण भएको, फरक धारका चलचित्र निर्देशक नविन सुब्बाको चलचित्र नुमाफुङ पनि यत्रतत्र विक्री भइरहेको रहेछ । २ वटा भिसिडीकालागि ८ डलर तिरेमा पुरै चलचित्र पाउन सकिने रहेछ । चलचित्रको केही अंश छुटाइएको रहेछ । उत्कृष्ट प्रिन्ट क्वालिटी पाउन सकिने नुमाफुङ चलचित्रमा धमिरा लाग्दा निर्माता, निर्देशकहरु के गरी रहेका छन् - नबिन दाइलाई नै सोध्नु पर्ने भएको छ ।
सबै भन्दा अचम्म कुरो त के हो भने, च्याम्बर अफ कमर्सको सदस्यहरुकै पसलमा पनि यसरी बिक्री वितरण भइरहेको रहेछ । के भन्नु र ? यो कुरो पचाउन गार्‍हो भयो । हजमोला पो खाने हो की ?

No comments: