News

Jan 24, 2008

धरान नगरपालिकामा श्रीजङ्गा लिपीको बोर्ड

लिम्वूवान डट व्लगस्पोट डटकम ,धरान
लिम्बुवान स्वायत्व सरोकार मन्चको अगुवाईमा आज धरान नगरपालिकामा किरात श्रीजङगा लिपीको बोर्ड पुर्नस्थापना गरिएको छ। केहि हप्ता अगि धरान नगरपालिका र अन्य पाँचवटा सरकारी कार्यलयहरुमा किरात श्रीजङगा लिपीको बोर्ड राखिएको थियो तर स्थानिय प्रशासनले राखिएको एक घण्टा नबित्दै सो बोर्डहरु हटाएका थिए। त्यसैको विरोधमा आज नगरपालिकाको मूल गेटमा ११ वटा लिम्बूजन्य सघं संस्थाहरुको एक्यबद्धतामा ताल्चा लगाइएको थियो। ताल्चा लगाइएकै समयमा सात दलका प्रतिनिधिहरु नगरपालिकामा बैठक बसिरहेका थिए। यि दलका प्रतिनिधिहरु पनि नगरपालिकामै थुनामा परेका थिए। लिम्बूजन्य संस्थाहरु र सात दलिय प्रतिनिधिहरु बिच सहमति अनुसार सात दलले हटाएका बोर्ड ल्याउने सहमति भए पछि ताल्चा खोलिएको थियो। ताल्चा खोलिएको आधा घण्टा नबित्दै सात दलका प्रतिनिधिहरुले नगर पालिकामा बोर्ड ल्याइ पुर्नस्थापना गरेका थिए। अब अन्य सरकारी कार्यलयहरुमा पनि बोर्ड पुर्नस्थापना गराउन दबाब दिने लिम्बूवान स्वायत्व सरोकार मन्चका अध्यक्ष जय केरुङले जानकारी दिनुभयो।

No comments: