News

Feb 3, 2008

संघीय लिम्बूवान राज्य परिषदको - प्रेस विज्ञप्ति

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषदले संघीय गणतन्त्र, जातीय समानुपातिक चुनावप्रणाली, लिम्बुवान स्वायत्त गणराज्यको सुनिश्चितता, सशस्त्र प्रहरीद्वारा असोज २० गते हत्या गरिएका लिम्बुवान भोल्युण्टियर्स -एल.भी.) राजकुमार आङदेम्बे 'माङतोक्'लाई राष्ट्रिय शहीद घोषणा गर्नु पर्ने शहीद परिवारलार्इ क्षतिपूर्ति प्रदान गर्नुपर्ने हत्यारालाई कार्वाही र माघ १७, १८ गते मेची राजमार्गबाट गिरफ्तार गरिएका कार्यकर्ताहरुको विनासर्त रिहाइको मागसहित आज माघ २० गते लिम्बुवान बन्दको आह्वान गरिएको हो । आजको लिम्बुवान बन्द लिम्बुवानबासीहरुको सहयोगले अभूतपूर्व रुपमा सफल भएको छ ।
तर, इलामका जिल्ला प्रमुख अधिकारी-सी.डी.ओ. )को प्रत्यक्ष निर्देश नमा माघ १७, १८ र २० गते पक्राउ गरिएका संघीय लिम्बुवान राज्य परिषदका कार्यकर्ताहरुलाई रिहा गर्न प्रशासनले कुनै अग्रसरता देखाएको छैन । त्यसले पक्राउ गरिएका परिषदका कार्यकर्ताहरुको विनासर्त रिहाई नभइञ्जेल आजदेखि अनिश्चितकालसम्म लिम्बूवानभर चक्काजाम घोषणा गरिन्छ । चक्काजामलाई सफल बनाई दिनहनु सम्पूर्ण लिम्बूवानबासीहरुमा हार्दिक अनुरोध गर्दछौ । यदि कसले यसको उल्लङघन गरेमा हुने क्षतिको जिम्मेवार परिषद हुने छैन । यसबीचमा पसल, दोकान, बजार, कलकारखाना र विद्यालय भने खुल्ला रहने
छ ।
.......................
कुमार लिङदेन 'मिराक'
अध्यक्ष
संघीय लिम्बूवान राज्य परिषद

No comments: