News

Feb 5, 2008

कार्यकर्ता रिहा नगरेसम्म लिम्बुवान क्षेत्रमा चक्काजाम जारी

लिम्वूवान डट व्लगस्पोट डटकम,धरान सम्वादाता
संघीय लिम्बुवान राज्य परिषद्को बन्दका कारण पूवको जनजीवन कष्टकर भएको भन्दै स्थानीय प्रशासनको पहलमा आजबाट यातायात सुचारु हुने भएको छ । प्रशासन, यातायात व्यवसायी र राजनीतिक दलका प्रतिनिधि सम्मिलित बैठकले यातायात सुचारु गर्ने निर्णय गरेको हो ।
झापाको बिर्तामोडमा सम्पन्न बैठकमा सशस्त्र प्रहरी परिचालन गरेर बन्द रहेको यातायात सुचारु गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । पक्राउ परेका लिम्बुवान कार्यकर्तालाई कानूनी कारवाही गर्ने र सवारीसाधनमाथि क्षति पुर्‍याउनेलाई पक्राउ गरी उनीहरुबाटै क्षतिपूर्ति भराउने समेत बैठकमा सहमति भएको बताइएको छ ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च आवद्ध संघीय लिम्बुवान राज्य परिषद्को आव्हानमा भएको अनिश्चितकालीन चक्काजामका कारण सोमबार पनि पूवका ९ जिल्लाको जनजीवन प्रभावित रह्यो । इलाम, पाँचथर, ताप्लेजुङ, झापामा यातायात दिनभर ठप्प रह्यो भने सुनसरी, धनकुटा र मोरङमा आंशिकरूपमा सवारीसाधन चलेका थिए । यस क्षेत्रका बजारहरु पनि केही मात्रामा खुलेका थिए । यसैबीच परिषद्का अध्यक्ष कुमार लिङ्देनले पक्राउ परेका कार्यकर्ता रिहा नगरेसम्म लिम्बुवान क्षेत्रमा चक्काजाम जारी राख्ने बताउनुभएको छ ।
उता मधेशी जनअधिकार फोरम र सद्भावना आनन्दीदेवी असन्तुष्ट समूह आवद्ध संयुक्त मधेशी मोर्चाको आव्हानमा भएको बन्दका कारण पूर्व तथा मध्य तर्राईको जनजीवन प्रभावित रह्यो । सुनसरी, सप्तरी, सिराहा, र्सलाही, धनुषा, महोत्तरी, नवलपरासी, रौतहट, बारालगायतका जिल्लामा बन्दको पूर्ण प्रभाव परेको थियो । पूर्वबाट राजधानी जाने र राजधानीबाट पूर्व आउने यात्रुवाहक बसलाई भने प्रहरीले सुरक्षा दिएर गन्तव्यसम्म पुर्‍याएको थियो ।

नौ प्रहरीसहित २१ घाइते

बन्दका क्रममा नेपालगञ्जमा संयुक्त मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा ९ प्रहरीसहित २१ जना घाइते भएका छन् । मोर्चाका कार्यकर्ताले सीमा प्रहरी चौकीमा ढुङ्गामुढा गरेपछि झडप सुरु भएको थियो । झडपका क्रममा तीन सशस्त्र सहित ९ जना प्रहरी र १२ जना प्रदर्शनकारी घाइते भएका हुन् । प्रहरीका अनुसार रिक्सामा गइरहेका प्रहरीमाथि प्रदर्शनकारीले एक्कासी आक्रमण गरेपछि स्थिति असमान्य भएको हो । झडपपछि प्रहरीले लाठी चार्ज र अश्रु ग्याँससमेत प्रहार गरेको थियो । प्रहरीले रबरको गोलीसमेत हानेको थियो । घाइतेहरुको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
यसैबीच जनअधिकार फोरम र सद्भावना महतो पक्षको संयुक्त मधेशी मोर्चाले गरेको दुइ दिने तर्राई बन्दको अीन्तम दिन सोमबार रूपन्देहीको सदरमुकाम भैरहवा र नवलपरासीको केही क्षेत्र तनावग्रस्त बने । भैरहवामा बन्द आयोजकहरुले सवारीसाधन सञ्चालनमा अवरोध पुर्‍याउन र गाडीमा तोडफोड गर्न थाल्दा यातायात मजदूरले त्यसको प्रतिकार गरेपछि तनाव उत्पन्न भएको हो ।

No comments: