News

Feb 22, 2008

लिम्वुवान राष्ट्रिय मोर्चाको - प्रेस विज्ञप्ती

यही फागुन १ गतेबाट संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चाले आफ्ना जायज मागहरुलाई लिएर शान्तीपूर्ण आम हडताल गरिरहेको अवस्थामा ती मागहरु वार्ताको माध्यमद्वारा समाधान गर्नको सट्टा मोर्चाको नेता तथा कार्यकर्ताहरुलाई प्रहरी हस्तक्षेप धरपकड जस्ता अप्रजातान्त्रिक निरङकुस प्रवृतिको सरकारी दमन तथा रवैयाको लिम्बुवान राष्ट्रिय मोर्चा घोर भर्त्सना गर्दछ ।
साथै लिम्वुवान स्वायत्त राज्य सम्वन्धि मागहरु पुरागर्न तथा आन्दोलनलाई सफलपार्न सानातिना आन्तरिक विवादहरुलाई थांतिराखेर अहिले हामी सम्पूर्ण लिम्वुवानवादीहरु एकजुट भई अघि बढ्न तथा लिम्वुवान स्वायत्त राज्यको सुनिश्चितता नहुन्जेलसम्म लडिरहन सम्वन्धित सबैमा आग्रह गर्दछौ । यसै सन्दर्भमा बिदेशमा रहनु भएका सम्पूर्ण महानुभावहरुलाई आ-आफ्नो ठाउवाट आन्दोलनलाई सफल पार्न आवश्यक सहयोग गर्न समेत सबैमा आव्हान गर्दछौ ।
अन्त्यमा गणतान्त्रिक मोर्चाको अध्यक्ष कमल छाराहाङ लगायत गिरफ्तार गरिएका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई निशर्त र अविलम्व रिहा साथै घाइतेहरुको उपचारको ब्यवस्था गरी अरुण सप्तकोशीबाट पूर्वका ९ जिल्लाहरुलाई संविधानसभा अगावै ऐतिहासिक तथ्यको आधारमा लिम्बुवान स्वायत्त प्रदेश घोषित गरियोस भन्ने जोडदार माग गर्दछौ ।
महासचिव ---------------------------------------------------------------------अध्यक्ष
अबिचन्द्र इङनाम लिम्बु ----------लिम्वुवान राष्ट्रिय मोर्चा ---------दिल पालुङवा लिम्बु
मितिः २३- ०२ - ०८

No comments: