News

Feb 25, 2008

खम्बुवानद्वारा पलुङवालाई छाडेर लिङदेन समूहसँग सहकार्य

लिम्वूवान डट व्लगस्पोट डटकम, काठमाडौँ प्रतिनिधि
खम्बुवान राष्ट्रिय मोर्चाले संघीय लिम्बूवान राज्यपरिषद (सँञ्जुहाङ पलुङवा समूह) सँगको सहकार्य तोडदै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (कुमार लिङदेन मूह) सँग आन्दोलनको सहकार्य गर्ने घोषणा गरेको छ। मोर्चा र मञ्चको आइताबार धरानमा सम्पन्न सयुंक्त बैठकले सहकार्यका लागि ६ बुंदे सो घोषणा गरेको जनाएको छ। उक्त सहमति कायम भएपछि मोर्चाले एक विज्ञप्ति जारी गर्दै संघीय लिम्बूवान राज्यपरिषद (सँञ्जुहाङ पलुङवा समूह) ले आफूसंगको सहकार्य तोडदै आन्दोलनवाट विमुख भएको सहकार्य तोडेको जनाएको छ। दुवै समूहको संयुक्त बैठकबाट भएको सहमति अनुसार अनिश्चितकालिन आमहडताल फागुन १३ गतेदेखि थप गरिएको छ। मञ्चका संगठन सचिव-सूर्यवहादुर माखिम र मोर्चाका अध्यक्ष इन्द्रहाङ खम्बुद्वारा हस्ताक्षरित सहमति पत्रमा अन्तरिम संविधानको चौथो संशोधन गर्न माग गरिएको उल्लेख छ। राजतन्त्रको समूल अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्नुपर्ने मिश्रित निर्वाचन प्रणालीको खारेज गरी जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गर्नुपर्ने साथै संविधानसभाको निर्वाचनअघि नै ऐतिहांसिक भाषिक र क्षेत्रिय आधारमा स्वायत्त राज्यहरुको स्थापना गर्नुपर्ने माग पूरा नभएसम्म आमहडताल जारी रहने विज्ञप्तिमा उल्लेख छ। प्रेस स्वतन्त्रता, मानवअधिकार र नागरिक समाजप्रति उच्च सम्मान रहने दुवै समूहद्वारा जारी सहमति पत्रमा उल्लेख छ।

No comments: