News

Feb 26, 2008

सङ्घीय लिम्बूवान राज्य परिषद्ले पाँचथरमा उम्मेदवारको नाम दर्ता

लिम्वूवान डट व्लगस्पोट डटकम, काठमाडौँ प्रतिनिधि
आ-आफ्ना माग पुरा नभई संविधानसभाको निर्वाचन कार्य अगाडि बढाउन नहुने भन्दै १३ दिनदेखि आन्दोलनमा उत्रिएको सङ्घीय लिम्बूवान राज्य परिषद्ले विरोध र छेकथुन नाराबाजी गर्दागर्दै पनि पाँचथरमा उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयमा नाम दर्ता गराएका छन्।जिल्लाका २ निर्वाचन क्षेत्रमा नेपाली काङ्ग्रेस, एमाले, माओवादीले उम्मेदवारको नाम दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उम्मेदवार निर्वाचन अधिकृतको कार्यालयमा नाम दर्ता गराउन जाँदा परिषद्का कार्यकर्ताले अवरोध समेत पुर्याएका थिए। सुरक्षाकर्मीले उम्मेदवारलाई निर्वाचन अधिकृतको कार्यालयमा कडा सुरक्षा दिई लगे पनि निर्वाचन अधिकृतको कार्यालयबाहिर परिषद् कार्यकर्ताले उम्मेदवारविरोधी चर्का नाराबाजी लगाएका थिए।

No comments: