News

Feb 4, 2008

संघीय लिम्बुवान राज्य परिषदको - प्रेस विज्ञप्ति

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषदले गरेको लिम्बुवान बन्दको क्रममा गिरफ्तार गरी इलाममा राखिएका परिषदका कार्यकर्ताहरु गणेश आङदेम्बे, सरन फागो र सुनिल फागो; झापामा राखिएका परिषदका कार्यकर्ताहरु यलम्बर खम्बू, सुःश्री नदिरा र्राई 'बुनु', सुःश्री अनिता लिम्बू, सुःश्री भीमा लिम्बू, विनोद लिम्बू , गोविन्द लिम्बू , जयकुमार र्राई, लिचन थेबे, साहिल लिम्बू, विजय नेम्बाङ, र साम्सोहाङ माइला लिम्बू ; साथै आज विहान मोरङको बाहुन्नेबाट गिरफ्तार गरिएका परिषदका कार्यकर्ताहरु श्रीप्रसाद धिमाल, सुमन धिमाल, बाबुराम धिमाल र जीवन धिमाल रहेका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन, जातीय जनसङ्ख्याको आधारमा पूर्ण समानुपातिक चुनावप्रणालीको व्यवस्था, लिम्बुवान स्वायत्त गणराज्यको सुनिश्चितता, सशस्त्र प्रहरीद्वारा असोज २० गते हत्या गरिएका लिम्बुवान भोल्युण्टियर्स -एल.भी.) राजकुमार आङदेम्बे 'माङतोक्'लाई राष्ट्रिय शहीद घोषणा गर्नुपर्ने शहीद परिवारलाई क्षतिपूर्ति गर्नुपर्ने प्रदान हत्यारालाई कार्वाही र माघ १७, १८, १९, २० र २१ गते लिम्बुवानका विभिन्न ठाउबाट अमानवीय ढङगले कटु पिट गर्दै निर्ममतापवू र्क गिरफ्तार गरिएका सबै कार्यकर्ताहरुको विनासर्त रिहाइको मागसहित आज माघ २१ गतेबाट अनिश्चितकालकासम्मका लागि लिम्बुवानभर चक्काजामको आह्वान गरिएको छ ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषदले गरेको शान्तिपूर्ण आन्दाले नमा भएको सरकारी ज्यादती र प्रहरी दमनको घोर भर्त्सना गर्दै अमानवीय रुपले गिरफ्तारी गरिएका रिषदका सबै कार्यकर्ताहरुको विनार्सत रिहाईका लागि मानवअधिकारवादी संघ- संस्था, नागरिकसमाज, पत्रकारआदिलार्इ साथ सहयागका लागि हादिर्क अनुरोध गर्दछौ ।चक्काजामलार्इ सफल बनार्इ दिनहनु सम्पूर्ण लिम्बुवानबासीहरुमा हार्दिक अनुरोध गर्दछौ । यदि कसैले यसको उल्लङ्घन गरेमा हुने क्षतिको जिम्मेवार परिषद हुने छैन । यसबीचमा पसल, बजार,कलकारखाना र विद्यालय भने खुल्ला रहनेछ ।

मेन्निसाम याप्मी
सचिवः प्रचार- प्रसार
संघीय लिम्बुवान राज्य परिषद
२०६४।१०।२१

No comments: