News

Feb 21, 2008

नेपालमा पनि अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौँ प्रतिनिधि
नेपालमा पनि अन्तर्राष्ट्रिय मातृभाषा दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ।युनेस्कोको आह्वानमा सन् १९९९ नोभेम्बर १७ मा संयुक्त राष्ट्रसङ्घको महासभाले एक प्रस्ताव पारित गरी हरेक वर्ष फेब्रुअरी २१ तारिख लाई अन्तराष्ट्रिय मातृभाषा दिवसका रूपमा मनाउन थालेको हो। नेपालको अन्तरिम संविधान २०६३ ले नेपालमा बोलिने सबै मातृभाषाहरूलाई राष्ट्रभाषा मान्दै स्थानीय निकायमा मातृभाषा प्रयोग गर्न कुनै बाधा नपुर्याइने सुनिश्चित गरेको छ।
संविधानको धारा १७ मा प्रत्येक समुदायलाई आफ्नो मातृभाषामा आधारभूत शिक्षा लिन पाउने हक प्रदान गरिनुका साथै नेपालमा बसोबास गर्ने प्रत्येक समुदायलाई आफ्नो भाषा, लिपि संरक्षण र सर्म्बर्द्धन गर्नेसम्बन्धी हक प्रत्याभूत गरेको छ। यसैबीच राष्ट्रिय मानवअधिकार आयोगले वि.सं २०५८ को जनगणनामा अभिलेख गरिएका १२४ भाषाभाषी लगायत नेपालभित्र बोलिने सबै मातृभाषाहरूलाई राष्ट्रभाषाका रूपमा नागरिकले अनुभूति गर्नेगरी उचित सङ्रक्षण र सर्म्बर्द्धन गर्ने कार्यमा सरकारले उपयुक्त वातावरण बनाउनु पर्ने बताएको छ। मानवअधिकारको विश्वव्यापी घोषणापत्रको धारा दुइमा भाषाका आधारमा कसैलाई पनि विभेद गरिने छैन भनी उल्लेख गरिएको छ

No comments: