News

Feb 23, 2008

संघीय लिम्बुवान राज्य परिषदको प्रेस विज्ञप्ति

संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चा, नेपालमा संलग्न संगठन संघीय मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषदले आफ्नो राजनीकि मागहरू पूरा गराउन फागुन १ गते देखि जारिराखेको अनिश्चितकालीन लिम्बुवान बन्दलाई भोलि फागुन ११ गतेदेखि अझ कडा रुपमा अघि बढाउने निर्णय गरेको छ । पक्राउ गरिएका परिषदका ३० जना कार्यकर्ताहरूलाई आज ४ बजेसम्म विनासर्त रिहा गरी सरकारले वार्ताको वातावरण बनाओस् भनी परिषदले आग्रह गरेको थियो । तर, सरकारले कार्यकर्ताहरू रिहा गरेको छैन । पक्राउ गरिएका कार्यकर्ताहरूलाई रिहा गर्नुको सट्टा सरकार अझ क्रूर गरी दमनमा उत्रेको छ । हात भाचिएर व्याण्डेज गरी सुतेका १८ वर्षीय मणि पालुङ्वालाई धरान इलाका प्रहरीले १० बजे राति घरबाट अपहरण गरेको छ । सशस्त्र प्रहरीले प्रहार गरेकोलाठीले एल.भी. यमनाथ पुरीको टाउकोमा गम्भीर चोट लागेकोले सिलगुढीमा सिकिस्त अवस्थामा उपचार भइरहेको छ ।
भोलिदेखि थप हुने अनिश्चितकालील लिम्बुवान बन्दमा यातायात, विद्यालयका सम्पूर्ण गतिविधिहरू,बजार-पसल, सरकारी कार्यालयहरू, गा. वी. स./ नगरपालिका कार्यालयहरू पूर्ण रुपमा बन्द गरिनेछ । प्रत्येक दिन लिम्बुवानका गाउ बस्ती, शहर, सदरमुकामहरूमा नारा, जलुसु कोणसभा गर्ने कालोझण्डा गाड्ने र राकेजलुसु गर्ने जस्ता सशक्त कार्यत्रक्रमहरू गरिनेछ । बन्दमा प्रेस,मानव अधिकार, दमकल, एम्वुलेन्स, जन्ती, मलामी,यूएन् का गाडीहरू र चल्नेछन् र औषधि पसलहरू खुल्ला रहनेछन् । सदाझै सम्पूर्ण लिम्बुवानवासीहरू यस लिम्बुवान मुक्तिको आन्दोलनमा सक्रिय सहभागिता भइदिन हनु आगह्र गर्दछौ । कसैले पनि यस बन्दलाई उल्लङघन गरेमा हुने क्षतिको जिम्मेवारी उल्लङघनकर्ता स्वयम हुनु पर्नेछ । 'एकात्मक राज्यसत्ताको गोली बारुद र जेलका चिसा छिडिहरूले लिम्बुवान मुक्तिको महान यात्रालाईकहिल्यै रोक्नसक्ने छैन ।'
जय लिम्बुवान !
२०६४।११।१०
.........................
अध्यक्ष
कुमार लिङदेन 'मिराक्'

No comments: