News

Feb 7, 2008

नेपाल आदिबासी जनजाती महासंघले राजनीतिक सम्मेलन गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
महासंघले संविधानसभामा समानुपातिक प्रतिनिधित्व र आदिवासी जनजाति महासंघ र नेपाल सरकारवीच भएको सहमति कार्यन्यवन गराउनको लागि दबाव मुलुक कार्यक्रम गर्ने भएको छ । काठमाडौंमा माघ २१ गते सम्पन्न महासंघको विस्तारित बैठकले सो निर्णय गरेको हो ।
महासंघका अध्यक्ष पासाङ्ग शेर्पाले दिएको जानकारी अनुसार माघ २३ गते सबै राजनीतिक दलको कार्यलयमा धर्ना दिने, २८ र २९ गते जनसभा तथा जनजाति भेला गर्ने भएको छ । भेला सुनसरीको धरान, सिराहाको लहान, चितवनको नारायणगढ, रुपन्देहिको बुटवल, कास्कीको पोखरा, दाङको लमही, बाँकेको नेपालगंज र कैलालीको धनगढी बजारमा गरिने छ ।
फागुन ४ गते काठमाडौंमा राष्ट्रिय राजनीतिक सम्मेलन र ६ गते आन्दोलनरत विभिन्न पक्षहरुसँग संयुक्त छलफल गर्ने भएको छ । यसै गरी महासंघले फागनु ८ र १३ गते काठमाडौं कान्तीपथ स्थित निर्वाचन आयोगको कार्यलय घेर्ने र प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको छ । महासंघले संविधानसभा विथोल्ने खाले कुनै पनि कार्यक्रम नगर्ने अध्यक्ष शेर्पाले जानकारी दिए ।

No comments: