News

Feb 4, 2008

बक्सिङ संघमा किसोर सम्वाहाम्फे

लिम्वूवान डट व्लगस्पोट डटकम,धरान सम्वादाता
सुनसरी बक्सिङ संघको अध्यक्षमा किसोर सम्बाहाङफे निर्विरोध चयन हुनुभएको छ । शनिबार पुनर्गठन गरिएको संघका अध्यक्षमा सम्बाहाङफे सहित उपाध्यक्षमा अनिल श्रेष्ठ, सचिवमा भुवन मोक्तान, सह-सचिवमा राजकुमार थोप्रा र कोषध्यक्षमा विकास राई रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा क्रमशः राजकुमार राई, निमा तामाङ, राम परियार, मदन थुलुङ्ग, सन्त नेम्वाङ्ग, चन्द्रकुमार लिम्वू र गोपाल श्रेष्ठ रहेनु भएको छ ।साथै संघको सल्लाहकारहरुमा नरेन्द्र पोमो, विनोद राई, मनोज मेन्याङ्वो र किसोर राई रहनु भएको छ । केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि अध्यक्ष किसोर सम्बाहाङफे र सदस्य निमा तामाङलाई चयन गरिएको छ ।

No comments: