News

Mar 5, 2008

भारतको नेपालीभाषी कलाकार शान्तनुकुमार लिम्बूको गायन प्रस्तुत हुने

लिम्वूवान डट व्लगस्पोट डटकम
फेब्रुअरी महिनाको पलेटीमा भारतको पूर्वोत्तरका नेपालीभाषी कलाकार शान्तनुकुमार लिम्बूको गायन प्रस्तुत हुने भएको छ । जीवनकै पहिलो एकल गायन लिएर नेपाल भित्रिएका शान्तनु पलेटीका वाद्यवादकसित अन्तिम अभ्यासमा जुटेका छन् । मणिपुर राज्यको काङलातुम्बीमा सन् १९५२ मा जन्मिएका शान्तनुलेबाल्यकालदेखि नै संगीतमा चासो देखाएका हुन् । उतिबेला आङ्खनो जन्मथलो काङलातुम्बीमा आयोजना हुने भजन कीर्तनमा उनी ठूलो अभिरुचि थियो । पछि सैनिक पेसामा संलग्न भएपछि पनि संगीतप्रतिको उनको मोह निरन्तर नै रह्यो ।
शान्तनुलाई संगीतको औपचारिक अध्ययनको अवसर नपाए पनि उनले गुरु एमएन चोपेलासित गुरुकुल परम्परामा संगीत शिक्षा प्राप्त गरेका छन् । स्थानीय नेपाली मिलेर पूर्वोत्तरमा नेपालीभाषा र संस्कृति जोगाउनुपर्ने आवाज उठाउदै आएका शान्तानुले विगतमा मणिपुरभित्र 'मञ्जरी' नामको सांस्कृतिक कार्यक्रम सञ्चालन गरेका थिए । मञ्जरीमार्फत आफ्नो प्रतिभा प्रस्तुत गर्ने गायक-गायिकाहरू अहिले पनि आफ्नो कलाकर्ममा चर्चित छन् । आफ्ना निकटका गीतकार मित्रहरू दमबहादुर र्राई र जितन्द्र बर्देवा -मणिपुर ) को अवशानपछि चुपचाप बसेका शान्तानलाई पलेटीका श्रोतालेपहिलोपल्ट सुन्ने अवसर पाउने भएका छन् ।
उनका गीतमा नेपाली लोकलय र आधुनिक संगीतको प्रभाव भएका कारण पहिलो पटक तिनलाई सुन्ने श्रोतालाई पनि ती नौला लाग्दैनन् । यही नै उनको गायनको विशेषता हो । पलेटीमा नेपाली भाषाका साथसाथै मणिपुरी र अखमिया गीतसमेत गाउने तयारी गरिरहेका शान्तानु नेपालयको आर शालामा भित्रिदै भन्छन्- 'उही, उतै नेपाली भाषा र संस्कृतिका निम्ति लड्दा- लड्दै थाकेको थिए । मलाई त यहा आफ्नै परिवारको माझमा भएजस्तै लागिरहेको छ । पलेटीमा त्यो क्षत्रे बाट पहिलो पटक प्रतिनिधित्व गर्ने अवसर पाएकोमा म खुसी छु । साथै यो साझलाई अविस्मरणीय बनाउन म हरसम्भव प्रयास गर्नेछु ।' सुमधुर रोमान्टिक गीतका साथै गजल र जागरण गीतहरू सुनाउन उनी हौस्सिएका छन् । विगत तीन वर्षदेखि निरन्तर सञ्चालन हुदै आएको पलेटी शृख लामा नेपाल र नेपालबाहिरका प्रतिष्ठित गायक-गायिकाहरूको सहभागिताको क्रम निरन्तर छ ।

1 comment:

Unknown said...

Phalos phulos tapainko sangitik yatra.