News

Aug 19, 2008

प्रधानमन्त्री दाहाललाई राष्ट्रपतिबाट सपथग्रहण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहालले आज सोमबार राष्ट्रपति डा. रामवरण यादवबाट पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शितल निवासमा
आयोजित विशेष समारोहमा उहाँले सपथ लिनुभएको हो । संविधानसभाको दुइ तिहाइ मतबाट गत शुक्रबार उहाँ प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो । सपथ लिने क्रममा राष्ट्रपतिले 'इश्वरका नाममा..' भन्ने वाक्यांश उच्चारण गरेपछि दाहालले त्यसो नभनी 'जनताका नाममा' भन्नुभएको थियो ।यसअघि प्रधानमन्त्रीले दौरा सुरुवाल र कोट लगाएर सपथ लिने गरेकामा यसपटक यो चलन बदलिएको छ । प्रधानमन्त्रीले खैरो कोट, पाइन्ट, भादगाउँले टोली र टाइ लगाउनुभएको थियो । सपथ लिने कार्यक्रममा उपराष्ट्रपति, सभाध्यक्ष, प्रधानन्यायाधीश, विभिन्न मुलुकका राजदूतहरु, विभिन्न दलका नेताहरु, सभासद लगायतको उपस्थिति थियो । त्यसअवसरमा कुटनीतिक व्यक्तित्वहरुले प्रधानमन्त्रीलाई बधाइ एवं शुभकामना दिएका थिए ।

No comments: