News

Aug 20, 2008

बिग्रियो प्रधानमन्त्रीको गाडी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री प्रचण्ड चढेको बा१झ ४०८६ नम्बरको गाडी शहीदगेटअगाडि मंगलबार बेलुकी बिग्रिएपछि उहाँ अर्को गाडीबाट आफनो निवासस्थानतर्फलाग्नुभयो। नेकपा (एमाले) र माओवादीबीच सत्ता बाँडफाँडको बैठक सकेर आफनो निवासस्थान नयाँ बजारतर्फजाने क्रममा उक्त गाडी बिग्रिएपछि उहाँ अर्को गाडी बोलाएर जानुभएको थियो।प्रधानमन्त्री प्रचण्डको सवारीसाधन बीच बाटोमा नै बिग्रिएपछि उहाँको सुरक्षामा खटिएका नेपाली सेना, प्रहरी र माओवादी लडाकूले पूरै बाटो छेक्दा केहीबेर सवारी आवागमनमा बाधा पुगेको थियो। सिंहदरबारबाट तत्कालै अर्को सवारीसाधन मगाई प्रधानमन्त्री प्रचण्ड हिँडेको केहीबेरपछि अघिल्लो गाडीलाई ठेलेर सडक किनारमा ल्याउने क्रममा गाडी स्र्टार्ट भएको थियो।

No comments: