News

Aug 17, 2008

७ स्वर्ण जितेर विश्व कीर्तिमान कायम गरे मार्क स्पिटजले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अमेरिकी स्विमर माइकल फ्लेप्सले ओलम्पिकको एकै संस्करणमा सर्वाधिक स्वर्ण पदक जितेर नयाँ विश्व कीर्तिमान कायम गरेका छन् । ओलम्पिकमा ७ स्वर्ण जितेर अमेरिकाकै मार्क स्पिटजले बनाएको कीर्तिमानलाई पछि पार्दै फ्रेप्सले बेइजिङ्ग ओलम्पिकमा आठौ स्वर्णको नयाँ कीर्तिमान बनाएका हुन् ।नयाँ कीर्तिमानका लागि फ्लेप्सले आज आइतबार स्वीमिङको फोर इन्टु हन्ड्रेड मिटर मेड्लीमा स्वर्ण जितेका हुन् । उनले फोर इन्टु हन्ड्रेड मिटर तीन मिनेट २९ दशमलव ३४ सेकेन्डमा पुरा गरेर नयाँ कीर्तिमान पनि बनाएका छन् ।बेइजिङ्ग ओलम्पिकमा फ्लेप्सले यसअघि नै टु हन्ड्रेड र फो टु हन्ड्रेड मिटर मेडली, टु हन्ड्रेड र हन्ड्रेड मिटर बटरफ्लाई, फोर इन्टु टु हन्ड्रेड र फोर इन्टु हन्ड्रेड तथा टु हन्ड्रेड मिटर फ्री स्टाइलमा पनि स्वर्ण जितेका समाचार एजेन्सीहरुले जनाएका छन् ।

No comments: