News

Aug 29, 2008

बाँध भत्किएकोबारे पत्ता लगाउन आयोगको आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रिय मानवअधिकार आयोगले सप्तकोसी बाँध भत्किएको घटनाको सत्यतथ्य पत्ता लगाउन अविलम्ब जाँचबुझ आयोग गठन गरी सार्वजनिक गर्न सरकारलाई आग्रह गरेको छ । बाढीबाट विस्थापितलाई अल्पकालीन तथा दीर्घकालीन रूपमा पर्याप्त राहत सामग्रीसहित पुनस्थापना व्यवस्था गर्न पनि माग गरेको छ ।त्यसैगरी विस्थापितको तथ्याङ्क सङ्कलन गर्न र परिवारसँग सम्पर्कबिहीन व्यक्तिको खोजतलास गरी परिवारमा पुनस्थापना गराउन, विस्थापितका बालबालिकाको पठनपाठनको व्यवस्था मिलाउन र विद्यालय सुचारु गर्न आयोगले आग्रह गरेको छ ।प्रतिवेदनमा बाढीबाट विस्थापित व्यक्ति बसोवास गरेको कोसी ब्यारेज भारतीय भूमिबाट नजिक भएका कारण आपराधिक गतिविधि बढ्ने बताउँदै उनीहरूको सुरक्षाको लागि उक्त स्थानमा पर्याप्त मात्रामा सुरक्षा पोस्ट राख्न माग गरिएको छ । साथै आयोगले केही सङ्घसंस्थाले बाढीपीडितका लागि सङ्कलन गरेको राहत रकम दुरुपयोग हुनसक्ने पनि औँल्याएको छ ।

No comments: