News

Aug 15, 2008

बिद्रोहमा संलग्न २१ जना प्रहरीलाई सेवामुक्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालगन्जस्थित दंगा नियन्त्रण प्रहरी गणमा भएको बिद्रोहमा संलग्न २१ जना प्रहरीलाई सेवामुक्त गरिएको छ।गत असार २८ गते प्रहरी गणमा भएको बिद्रोहको सम्बन्धमा छानबिन गर्न गठित प्रहरीको विभागीय समितिले ६ जनालाई बर्खास्त र १५ जनालाई अवकाश दिएर सेवामुक्त गर्ने निर्णय गरेको हो। उनीहरूलाई बुधबारदेखि सेवामुक्त गरिएको बताइएको छ। बिद्रोहको नेतृत्व गरेका प्रहरी नायब निरीक्षक धनबहादुर विकसहित ४६ जनामाथि प्रहरी विशेष अदालतमा मुद्दा चलिरहेका बेला थप २१ लाई सेवामुक्त गरिएको छ। मुद्दा चलाइएका ४६ बिद्रोहीलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान प्रक्रिया जारी राखिएको छ।दंगा प्रहरी नियन्त्रण गणका प्रमुख प्रहरी उपरीक्षक रमेश खरेलका अनुसार सेवामुक्त हुनेहरू बिद्रोहका बेला दंगा नियन्त्रण गणमा कार्यरत थिए।

No comments: