News

Aug 14, 2008

उपराष्ट्रपतिले अदालतलाई टेरेनन्

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हिन्दीमा सपथ लिएर विवादमा तानिएका उपराष्ट्रपति परमानन्द झाले सर्वोच्च अदालतको आदेश मानेनन् । सर्वोच्च अदालतले हिन्दीमा सपथ लिनुको कारण ७ दिनभित्र पेस गर्न १० दिन अघि नै आदेश दिएको भए पनि झाले अदालतद्वारा दिइएको म्यादभित्र जवाफ नपठाएर सर्वोच्च अदालतको अपहेलना गरेका हुन् । कार्य क्षमतामा प्रश्न उठेपछि सर्वोच्च अदालतको न्यायाधीश पदबाट घटुवा भई अवकाश लिए लगत्तै उपराष्ट्रपतिमा विजयी भएका झाले हिन्दीमा शपथ लिई संविधान विपरित कार्य गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो । उक्त रिटमा प्रधानमन्त्री र मन्त्रिपरिषद्को कार्यालयलाई पनि विपक्षी बनाइएको सो कार्यालयले अदालतद्वारा तोकिएको समयभित्र नै जवाफ पठाएको छ । तोकिएको समयभित्र अदालतलाई जवाफ नपाई अदालतको अपहेलना गर्ने झामाथि कस्तो कारबाही हुन्छ हेर्न बाँकी नै छ ।

No comments: