News

Aug 26, 2008

कोसी बाढीले सयौं चौपाया मरे, करोडौंको बाली नष्ट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सप्तकोसीको बाढीको कटान र डुबानबाट सुनसरीमा ३ सय ९५ चौपायाको मृत्यु भएको पशु सेवा विभागले जनाएको छ । पशुको उपचारका लागि भोक्राहा, लौकही र मधुवनमा तीन वटा पशुसेवा शिविर सञ्चालन गरिएको र उपचारक्रममा अधिकांश पशुमा आँखा पाक्ने, ज्वरो आउने र पखाला लाग्ने रोगको समस्या बढेको पाइएको छ ।डुबान क्षेत्रमा पशुको उपचारमा समयमै ध्यान नदिइएमा रोगको महामारी फैलिन सक्ने बताइएको छ । त्यस्तै बाढीले सुनसरीका आधा दर्जन गाविसका पाँच हजार २ सय ७५ हेक्टर कृषियोग्य जमिन तथा त्यसमा लगाइएका नगदे बाली पूर्णरूपमा नष्ट भएको छ । बाढीका कारण सुनसरीमा १५ करोड रुपैया बराबरको कृषि बाली नष्ट भएको प्रारम्भिक अनुमान छ । बाढीले सुनसरीका हरिपुर, श्रीपुरजब्दी, लौकही र पश्चिम कसाहा गाविस पूर्ण प्रभावित छन् । हालसम्मको विवरण अनुसार एकजनाको मात्र मृत्यु भएको खुलेको छ । मृत्यु हुनेमा ६० वर्षीया जानकीदेवी यादवको मात्र मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

No comments: