News

Aug 22, 2008

कोसी बाढीबारे द्विपक्षीय बैठक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सप्तकोसीको बाढीबाट थप क्षति नपुगोस् भन्ने उद्देश्यले क्षत्रि्रस्त क्षेत्रको तत्काल पुनर्निर्माण र स्याहारसम्भार गर्न दुवै देशका पदाधिकारीहरू टुंगोमा पुगेका छन्। नेपाल सरकारको सिंचाइ विभागका उपमहानिर्देशक अनिल पोखरेलको नेतृत्वमा विराटनगर आएको सरकारी टोली र विहार राज्यको गंगा फलड्स कन्ट्रोल र्सकलका इन्जिनियर एचएस चौधरीको नेतृत्वको टोलीबीच बिहीबार सम्पन्न वार्तामा थप कटान हुन नदिन बाँधमा रहेका स्परहरूलाई तुरून्त मर्मत गरेर बलियो बनाउने निर्णयगरिएको हो।वार्तामा कोसी नदीको दुवैतर्फो बाँधलाई पुनरवलोकन गरेर सन् २००९ को वषाअगावै बाँध सशक्तीकरणको कार्य सम्पन्न गर्ने तथा दीघकालीन रूपमा एलक्स बन्डलाई के गर्नुपर्छ भन्ने विस्तृत अध्ययन गर्ने सहमति भएको उपमहानिर्देशक पोखरेलले बताउनुभयो। निरन्तर बालुवा थुप्रिएका कारण कोसी नदीको उचाइ बाँधभन्दा वरपरको सतहभन्दा अग्लो भइसकेको हुँदा दीघकालीन योजनाको आवश्यकता भइसकेको निर्णया पनि दुवै देशका अधिकारीहरू पुगेका छन्।बैठकमा मन्त्रालयका उपमहानिर्देशकद्वय पोखरेल र खोमराज दाहाल, पूर्वाञ्चल क्षेत्रीय सिंचाइका निर्देशक कमलराज रेग्मी, जलउत्पन्न प्रकोप कार्यालय विराटनगरका प्रमुख रामेश्वर खड्का तथा बिहारको पटनाबाट आएका गंगा लड्स कन्ट्रोल र्सकलका इन्जिनियर चौधरीसहित अन्य दुइ इन्जिनियरहरू पनि सहभागी थिए।

No comments: