News

Aug 31, 2008

प्रहरी कारबाहीमा तराइ आर्मीका अध्यक्ष मारिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तराइ आर्मी नामको तराइको भूमिगत संगठनका अध्यक्ष मिस्टर जोन भनिने कौशल सहनी प्रहरी कारबाहीमा रौतहटमा मारिएका छन् । विभिन्न आपराधिक क्रियाकलापहरुमा संलग्न रहेको आरोपमा प्रहरीले खोजी गरिरहेका उनी रौटहटको बरियापुर गाविसमा भएको भिडन्तमा शनिबार बिहान मारिएका हुन् । गस्तीमा रहेको प्रहरी टोलीसँग भएको भिडन्तका क्रममा प्रहरीको गोली लागेर उनी मारिएका हुन् । गस्तीमा रहेका प्रहरीले भिडन्त भएको स्थानमा केही हतियार अनि गोलीहरु बरामद गरेको जनाएको छ ।गस्ती प्रहरीमाथि उक्त संगठनका कार्यकर्ताले गोली प्रहार गरेको अनि त्यसपछि प्रतिकारात्मक कारबाहीमा मिस्टर जोन र उनका अंगरक्षक भनिएका महन्थ सहनी समेत मारिएको प्रहरीले जनाएको छ । गत वर्ष काठमाडौंका विभिन्न स्थानमा भएको बम विस्फोट लगायत विभिन्न हत्याकाण्डमा संलग्न रहेको भन्दै उनलाई प्रहरीले व्यापक खोजी गरेको थियो । राजधानीमा भएका विस्फोटमा तीनजनाको ज्यान गएको थियो भने दर्जनौं घाइते भएका थिए ।

No comments: