News

Aug 31, 2008

परराष्ट्रमन्त्री नयाँदिल्लीमा भारतीय नेताहरूसँग भेटी छलफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
परराष्ट्रमन्त्री उपेन्द्र यादवले भारतको राजधानी नयाँदिल्लीमा भारतीय नेताहरूसँग भेटी छलफल गर्नुभएको छ । नयाँदिल्लीस्थित नेपाली राजदूतावासका अनुसार मन्त्री यादवले भारतीय लोकसभामा विपक्षी दल भारतीय जनता पार्टीका नेता लालकृष्ण अडवानीलाई शनिबार भेट गरी दुइ देशका आपसी सम्बन्धबारे छलफल गर्नुभएको थियो ।यादवले भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादीका महासचिव प्रकाश कारतसँग पनि भेटवार्ता गर्नुभएको छ । भेटका अवसरमा उक्त पार्टीका पोलिटब्युरो सदस्य सीताराम यचुरी पनि हु्नुहुन्थ्यो । परराष्ट्रमन्त्री यादवले शनिबारै नेपाली राजदूतावासमा नेपाली तथा भारतीय पत्रकारहरूमाझ कुरा गर्दै कोसी नदीमा आएको बाढीबाट दुवै देशका ठूलो जनसङ्ख्यालाई पारेको प्रभाव र नेपाल र भारत सम्बन्धका अन्य पक्षहरूमा केन्द्रित थियो ।उहाँले प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्री मनमोहन सिंहको निमन्त्रणामा गर्न भारतको भ्रमणबारे उल्लेख गर्दै भ्रमणको मिति भने दुवै देशलाई उपयुक्त हुने किसिमले तय गरिने जानकारी दिनुभयो । यसैगरी यादवले भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंहसँग भेट गरी नेपाल-भारत सम्बन्धबारे छलफल गर्नुभएको राजदूतावासद्वारा जारी पे्रस विज्ञप्तिमा उल्लेख छ ।

No comments: