News

Aug 15, 2008

पौडीबाज शाहले सन्तोषजनक प्रदर्शन गर्न सकेनन्

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बेइजिङमा सञ्चालन भइरहेको उनन्तीसौं ओलम्पिक खेलकुद प्रतियोगितामा सहभागी नेपाली पौडीबाज प्रसिद्धजङ्ग शाहले सन्तोषजनक प्रदर्शन गर्न सकेनन् । पहिलोपटक ओलम्पिकमा सहभागिता जनाएका शाहले पुरुषतर्फ ५० मिटर २७ दशमलब ५९ सेकेन्डको प्रदर्शन गरेपछि राष्ट्रिय कीर्तिमान तोड्ने उनको लक्ष्य साकार हुन सकेन । बेइजिङस्थित नेसनल एक्वाटिक्स सेन्टरमा आयोजित प्रतियोगितामा भाग लिनुअघि आफ्नो समूहमा उनले नेपालका चित्रबहादुर गुरुङको नाममा पौडीतर्फ पुरुष ५० मिटरमा रहेको २६ दशमलव ३९ सेकेन्डको राष्ट्रिय कीर्तिमान तोड्ने लक्ष्य राखेका थिए ।यद्यपि अस्ट्रेलियाको मेलवर्नमा सन् २००७ मा भएको विश्व च्याम्पियनसिपमा ५० मिटर फि्रस्टाइलमा भन्दा उनको ओलम्पिक प्रदर्शनमा केही सुधार देखिएको जनाइएको छ । मेलवर्नमा शाहको प्रदर्शन २७ दशमलव ९४ सेकेन्ड रहेको थियो । यसैबीच पौडीकै अर्को स्पर्धामा नेपालकी करिष्मा कार्कीले आज शुक्रबार प्रतिस्पर्धा गर्दैछिन् ।

No comments: