News

Aug 20, 2008

प्रधान सेनापति रुक्मांगद कटवालले प्रधानमन्त्री प्रचण्डलाई भेटे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधान सेनापति रुक्मांगद कटवालले प्रधानमन्त्री प्रचण्डलाई मंगलबार दिउँसो प्रधानमन्त्री कार्यालयमा भेटेर बधाई दिनुभएको छ। सोमबार प्रधानमन्त्रीको शपथग्रहण समारोह सकिएलगत्तै समारोहस्थलबाट बाहिरिनुभएका प्रधानसेनापति कटवालले मंगलबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर औपचारिक रूपमा बधाई दिनुभएको थियो।भेटका अवसरमा प्रधानसेनापति कटवालले मुलुकको र्सार्वभौम सत्ता, राष्ट्रिय अखण्डता र एकताका लागि लड्न सेना तयार रहेको जानकारी गराउनुभएको थियो।र्सार्वजनिक समारोहमा प्रधानसेनापति कटवालको नाम नै किटेर आलोचना गर्दै आउनुभएका प्रधानमन्त्री प्रचण्ड र माओवादीविरुद्ध कडा अभिव्यक्ति दिँदै आउनुभएका प्रधानसेनापति कटवालबीच भएको पहिलो औपचारिक भेटमा दुवैले असजिलो महसुस गरेको स्रोतले जानकारी दिएको छ। आधा घण्टा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले सेनाको संरचनाबारे पटकपटक जिज्ञासा राख्नुभएको बताइएको छ।

No comments: