News

Aug 27, 2008

विस्थापितका लागि २६ शिविरको व्यवस्था

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सप्तकोसी तटबन्ध भत्केर गाउँ जलमग्न भएपछि विस्थापित बनेका सुनसरीका पीडितको संख्या बढेपछि स्थानीय प्रशासनले उनीहरुलाई अस्थायी बासको प्रवन्धका लागि शिविर संख्या बढाएको छ । सुरुमा १२ वटा शिविर राखिएकामा हालसम्म शिविर संख्या २६ पुगेको सुनसरी जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ ।कोसी नदीले सुनसरीको हरिपुर, नसिङ, श्रीपुर र पश्चिम कुशाहाको आधा क्षेत्र डुबानमा पारेपछि २० हजारभन्दा बढी गाउँले विस्थापित भएका छन् । विस्थापितहरू भगवती मावि इनरुवा, सुनसरी क्याम्पस इनरुवा, सरस्वती मावि इनरुवा, भोक्राहा मदर्शा, देवकोटा निमावि इनरुवा, शारदा उच्च मावि बलाहा, ज्ञानोदय निमावि इनरुवा, शिशु निकेतन बबिया, राजाजी मावि राजाजी, बालमन्दिर, पश्चिम कुशाहा बाँध, नारायण पेट्रोल पम्प इनरुवा, मिथिला पव्लिक स्कूल लौकही, जनता उच्चमावि मधुवन, धनजीत प्रावि मधुवन र श्रीप्रवि भोक्राहा शिविरमा आश्रय लिइरहेका छन् ।यसैगरी, मदर्शा इनरुवा, रानी मावि लौकही, कोसी मावि पश्चिम कुशाहा, अमर शान्ति सिर्जना प्रवि बलाहा, शिवगञ्ज प्रावि भोक्राहा, जनता चोक मदर्शा नरसिंह, जल्पापुर मदर्शा, पृथ्वी निमावि चिरौली चौक भोक्राहा, खेराटोल मदर्शा भोक्ताहा र मदर्शा तव्लीगुल इस्लाम छतावेली सोनापुरमा बाढी पीडितहरूलाई राखिएको छ ।

No comments: