News

Aug 31, 2008

एक उपप्रधानमन्त्री तथा १२ मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारलाई पूर्णता दिनेक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक उपप्रधानमन्त्री र १२ मन्त्रीहरुलाई पद र गोपनीयताको सपथ खुवाएका छन् । संचारकर्मीहरुको बहिष्कारबीच मन्त्रीहरुको सपथ कार्यक्रम सम्पन्न भएको छ । भदौ १५ गते राष्ट्रपति भवन कार्यलयमा भएको सपथ कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक उपप्रधानमन्त्री तथा १२ मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ खुवाए । नवनियुक्त पर्यटन तथा नागरिक उड्डयन मन्त्री हिशिला यमीले भने सपथ खाइनन् । यमी क्यानाडाबाट आजै राती स्वदेश आइपुग्ने श्रोतले बताएको छ ।सपथ खानेमा उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतम, जलश्रोत मन्त्री बिष्णु पौडेल, स्थानीय विकाश मन्त्री रामचन्द्र झा, सामान्य प्रशासन मन्त्री पम्फा भुशाल, भूमिसुधार मन्त्री मात्रृका यादव, सस्कृति तथा राज्य पुनर्संरचना मन्त्री गोपाल किराती, शान्ति तथा पुनर्निर्माण मन्त्री जनार्दन शर्मा, श्रम तथा यातायात मन्त्री लेखराज भट्ट, वातावरण तथा बिज्ञान प्रविधि मन्त्री गणेश साह, स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेल, वाणिज्य तथा आपूर्ति मन्त्री राजेन्द्र महतो, उद्योग मन्त्री अष्टलक्ष्मी शाक्य, बन मन्त्री किरण गुरुङ र युवा तथा खेलकुद मन्त्री गोपाल शाक्य छन् । सपथ कार्यक्रममा माओवादीका वरिष्ठ नेता तथा अर्थमन्त्री डा. बाबुराम भट्टराई उपस्थित थिएनन् । भट्टराईले प्रधानमन्त्रीपछिको वरियता गृहमन्त्री बामदेव गौतमलाई दिने निर्णयप्रति असुन्तुष्टि जनाएका थिए । उता, आजसम्म पनि तीन उपप्रधानमन्त्री बनाउने बताइएको थियो । प्रेस पास वितरण राम्रो नभएको बताउँदै सम्पूर्ण संचारकर्मीहरुले सपथ कार्यक्रम बहिष्कार गरेका थिए ।

No comments: