News

Aug 16, 2008

माओवादीको सरकारमा जाने मन्त्रीहरुको नाम चयन गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारको नेतृत्वमा रहेको दल नेकपा माओवादीको केन्द्रिय सदस्यहरुको बैठक आज शनिबार बस्ने भएको छ । पार्टी केन्द्रिय कार्यालय बुद्धनगरमा बस्ने बैठकले सरकारमा जाने मन्त्रीहरुको नाम चयन गर्ने बताइएको छ । यस्तै अन्य दलहरुसँगको सहकार्यलाई निरन्तरताको नीति, सरकार संचालन सम्बन्धी आफ्नो दलको छुट्टै कार्यविधि बनाउने र संविधान निर्माण प्रक्रियाबारे छलफल हुने बताइएको छ ।यसैगरी आफ्नो नेतृत्वको सरकारले ल्याउने बजेट, जनतालाई तत्काल दिने राहतको प्याकेजबारे पनि छलफल गरिने र सेना समायोजन लगायत घरजग्गा फिर्ता दिने समयाअवधि तोक्ने विषयमा पनि छलफल हुने बताइएको छ ।

No comments: