News

Aug 29, 2008

भारतीय प्राविधिकहरुको सहभागितामा तटबन्धको कटान नियन्त्रण कार्य सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भारतले कोसीले क्षतिग्रस्त पारेको तटबन्धको कटान नियन्त्रण कार्य सुरु गरेको छ । तटबन्ध र पानी नियन्त्रण गर्ने स्परहरु पुननिर्माणका साथै बाढी नियन्त्रणको काम भारतीय प्राविधिकहरुको सहभागितामा शुक्रबारबाट सुरु गरिएको हो ।कोसी ब्यारेजबाट करिब १३ किलोमिटर उत्तरका दुइटा स्परहरु तत्कालै मर्मत गर्न सुरु गरिएको हो । यी दुइ स्पर बेलैमा मर्मत नभएकाले नै यसपालि कोसीको बाढीले तटबन्ध भत्काएर गाउँ छिरेको हो । गत भदौ २ गते उक्त तटबन्ध भत्कँदा सुनसरीका चार गाउँ बढी प्रभावित भएका छन् । हजारौं विस्थापित भएका छन् ।भारतीय प्राविधिकहरुले आफूहरु मर्मत तथा पुननिर्माण कार्यमा आउनका लागि सुरक्षाको माग गरेका थिए । स्थानीय प्रशासनले सुरक्षाको प्रत्याभूति दिने बताएपछि उनीहरु आएका हुन् । तटबन्धमा बाढी नियन्त्रणका लागि तारजाली अनि बालुवा भरिएका बोराहरु जस्ता सामग्री राख्न थालिएको छ ।

No comments: