News

Aug 14, 2008

परीक्षा दिँदादिँदै परीक्षार्थी सुत्केरी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हिजोदेखि देशभर एसएलसीको मौका परीक्षा सुरु भएको छ । त्यसैक्रममा बाँकेको कोहलपुर-२ विद्यानगरनिवासी एक परीक्षार्थीले परीक्षा दिँदादिँदै छोरी जन्माएकी छिन् । परीक्षा सुरु भएको १५ मिनेटमा नेपालगन्जस्थित युद्ध संस्कृत माध्यमिक विद्यालय केन्द्रमा अंग्रेजी विषयको परीक्षा दिँददिँदै बेथा लागेपछि हीराकुमारी न्यौपानेलाई तत्काल भेरी अञ्चल अस्पताल लगिएको थियो । उनले अस्पतालमै न्यौपानेले छोरी जन्माएकी हुन् । बच्चा जन्माएपछि न्यौपानेको परीक्षा अस्पतालबाटै नौ कक्षामा अध्ययनरत सुनिता विकले दिएकी थिइन् । यसैबीच नक्कली परीक्षार्थी बनेर परीक्षा दिँदै गरेका एक व्यक्ति खोटाङमा पक्राउ परेका छन् । जिल्लाको दिक्तेल-३ निवासी रमेश आचार्य हिजो राधाकृष्ण माध्यमिक विद्यालय बाँझे च्यानडाँडाका विद्यार्थी मनोज र्राईको परीक्षा दिन जाँदा पक्राउ परेका हुन् । उनले र्राईको प्रवेशपत्रमा आफ्नो फोटो टाँसी परीक्षा दिँदै गरेको अवस्थामा पक्राउ परेका हुन् । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय खोटाङमा हिरासतमा राखिएको छ ।

No comments: