News

Aug 22, 2008

तीन कैदी प्रहरी नियन्त्रणबाट फरार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बिभिन्न घटनामा संलग्न भइ जिल्ला प्रहरी कार्यालय बाँकेमा हिरासतमा रहेका तीनजना थुनुवाहरु आज शुक्रबार बिहान फरार भएका छन् । फरार हुनेहरुमा दङ्गा नियन्त्रण प्रहरी गण नेपालगंन्जमा बिद्रोह गर्ने खुशीराम चौधरी, टेलिफोन तार चोरीमा पक्राउ परेका शाविर खाँ, र शेर अलि रहेका छन् ।उनीहरुसँगै भागेका जनतान्त्रिक तराइ मुक्ति मोर्चा ज्वाला सिहं समूहका बिनोद गडरियालाई भने प्रहरीले पक्राउ गरेको छ । थुनुवा कोठाभित्र रहेको शौचालयको झयालको ग्रिल उप्काएर ती कैदीहरु फरार भएको बताइएको छ ।भागेकाहरुको ७ वटा प्रहरी टोली परिचालन गरी खोजी भइरहेको बाँकेका प्रहरी नायब उपरिक्षक गोबिन्द राम परियारले बताउनुभयो । बाँके जिल्लाका सबै सिमानामा नाकाबन्दी गरी फरार थुनुवाहरुको व्यापक खोजी भइरहेको र घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको परियारले बताउनुभयो ।

No comments: