News

Aug 31, 2008

पहिरोले दसको ज्यान लियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अविरल रूपमा परेको बर्षापछि आएको पहिरोले गएराति भोजपुरको पुलुङ गाविसको एक घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । घरमा सुतिरहेका स्थानीय गजेन्द्र र्राई र उनका दुइ छोरी घरसँगै पुरिएका कारण उनीहरूको मृत्यु भएको बुझिएको छ । उनीहरू मध्ये र्राई र एक छोरी सरस्वतीको शव भेटिएको बताइएको छ । यसैबीच, तनहुँको चिसापानी-८ रिपगाउँमा हिजो पहिरोले घर पुदा ३ जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेहरूमा ३० बर्षीया सावित्री जोशी, उनका १३ बर्षीया छोरा शंकर सोही घरमा कुश लिएर पुगेका २० बर्षीया सुजन लुइँटेल रहेका छन् । त्यस्तै, सोही जिल्लाको बरभन्ज्याङ-८ कटहरेमा पनि पहिरोले पुरिएर दुइजना देवकुमारी विक र चिजमाया विकको मृत्यु भएको छ । यता, संखुवासभाको ताम्कु-८ मा पनि पहिरोले घर भत्काउँदा त्यसमा पुरिएर खेमराज र्राईको मृत्यु भएको छ । त्यस्तै, लमजुङको तार्कुघाट-८ मा पहिरोले घर बगाउँदा ३० बर्षीया मधुमाया नेपालीको मृत्यु भएको छ भने २४ बर्षीया सुभद्रा नेपाली बेपत्ता भएकी छिन् ।

No comments: