News

Aug 31, 2008

'आशंका मेटाउँदै विकासलाई तीव्रता दिइनेछ' - प्रधानमन्त्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारप्रति राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा देखिएको आशा र आशंका रहेको उल्लेख गर्नुभएको छ । नयाँ सरकारप्रति रहेको आशंका मेटाउँदै आशालाई भने यथार्थमा परिणत गर्न आफूहरु क्रियाशील रहेन प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभएको छ । राजधानीमा नेपाल उद्योग परिसंघले आइतबार आयोजना गरेको एक कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो ।नयाँ सरकारप्रति अन्तर्राष्ट्रिय जगतमा केही आशंका रहेको भन्दै प्रधानमन्त्रीले तर नेपाली जनतामा भने सरकारप्रति आशंका कम भएको बताउनुभयो । आशंका रहे पनि त्यसलाई विश्वासमा परिणत गरेर मुलुकमा विकासको गति तीव्र पारिने उहाँको भनाइ थियो । आफूहरुले निजी क्षेत्र र सार्वजनिक क्षेत्रबीच समन्वय गरेर आर्थिक विकास गर्ने जानकारी प्रधानमन्त्री दाहालले दिनुभयो ।माओवादी नेतृत्वको सरकारप्रति कुनै पनि आशंका नराख्न आग्रह गर्दै उहाँले नयाँ नेपाल निर्माण गर्नका लागि आफूहरु गम्भीर भएर लाग्ने वचनवद्धता समेत व्यक्त गर्नुभयो । आफूहरुले विगतमा गरेको 'जनयुद्ध' ऐतिहासिक आवश्यकता भएको भन्दै प्रधानमन्त्री दाहालले यो कुरा संविधानसभाले पनि पुष्टि गरिसकेको दाबी गर्नुभयो । संविधानसभाले जनयुद्धलाई अनुमोदन गरेको समेत उहाँले उल्लेख गर्नुभयो ।

No comments: