News

Aug 25, 2008

वेलायतमा साहित्य सम्मेलन गर्ने निर्णय गर्दै अनेसासको बैठक सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,सुहिम याक्थुङ, केन्टबाट
गत २२ अगष्ट ०८ का साँझ लण्डनको मेरीटाइम ग्रीनवीच कलेजमा बसेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको वैठक आगामी लक्ष्मी जयन्तिको अवसरमा वेलायत ब्यापि साहित्य सम्मेलन गर्ने निर्णय गर्दै सम्पन्न भयो । उत्तरआधुनिकवाद र सान्दर्भिकता विषयक अन्तरक्रिया कार्यक्रमको समाप्ति पछि बसेको बैठकले अरु विभिन्न विषयहरुमा छलफल गरि निर्णय गर्यो । साहित्य सम्मेलनमा कविता प्रतियोगिताको लागि गोपि प्रसाइ, जगत नवोदितलाई क्रमश संयोजक र उपसंयोजक त्यस्तैगरि बाल कविता प्रतियोगिताको लागि विनोद न्यौपानेलाई संयोजक तोक्यो । अनेसासले आगामी नयाँ बर्षको अवसरमा स्मारिका झिक्ने र त्यसको लागि उपाध्यक्ष श्रीमति निला अधिकारीलाई संयोजक तथा सम्पादक तोकियो भने विज्ञापन तथा ब्यवस्थापनको लागि कोषाध्यक्ष विदुर सिटौलालाई जिम्मेवारी दिइयो । आगामी तिहारमा अनेसासको तर्फबाट देउसी भैलो खेल्ने निर्णय गर्दै अध्यक्ष हरि शिवाकोटिलाई संयोजक तोकियो । अनेसास वेलायतको वेभपेज निर्माणको जिम्मेवारी महासचिव विश्वास दीप तिगेलालाई प्रदान गरियो । अनेसासले वेलायतका स्रष्टाहरु मध्ये प्रत्यक बर्ष १ जनालाई पुरस्कृत गर्नेगरि पुरस्कारको स्थापना लगायत नेपालका स्रष्टा र विदेशमा रहेका स्रष्टाहरुलाई पनि योगदानको आधारमा वेग्लाबेग्लै पुरस्कारको ब्यवस्था गर्ने निर्णय गर्यो । संस्थाका सदस्य केदार सुनुवारद्धारा प्रस्तावित स्मृति पुरस्कारको लागि अनेसासले जिम्मेवारी लिने पनि निर्णय गर्यो ।

No comments: