News

Aug 28, 2008

बुधबारदेखि लोडसेडिङको समय बढाएर साताको २१ घण्टासम्म

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल विद्युत् प्राधिकरणले बुधबारदेखि लोडसेडिङको समय बढाएर साताको २१ घण्टासम्म पुर्याएको छ।सप्तकोसी नदीको बाँध भत्केर आएको बाढीले पश्चिमकुशाह गाविसमा रहेको १ सय ३२ केभी प्रसारण लाइनको १८ नम्बर टावर ढालेर ५० मेगावाट विद्युत् आपूर्ति अवरुद्ध भएपछि प्राधिकरणले विद्युत् कटौतीको समय बढाएको हो। यसअघि मंगलबारसम्म लोडसेडिङ सातामा दुइ दिन चार घण्टाका दरले हुँदै आएको थियो।नयाँ तालिकाअनुसार बुधबारबाट सिरहाको लहानदेखि पश्चिम राजधानीलगायत क्षेत्रमा लोडसेडिङको समय बढेको छ भने लहानदेखि पूर्वमा विद्युत्को अध्ययन गरेर आज बिहीबारदेखि अर्को तालिका ल्याइनेछ। लमहीदेखि पश्चिममा पनि लोडसेडिङ बढाइएको छ।यसअनुसार हेटौंडा-वीरगन्ज करिडोरमा सातामा २१ घण्टा तथा बाँकी क्षेत्रमा साढे १६ घण्टाका दरले सातै दिन लोडसेडिङ हुने भएको छ। यसअनुसार सातामा तीन दिन बेलुका साढे दुइ घण्टा, तीन दिन दिउँसो दुइ घण्टा र एक दिन दिउँसो ३ देखि ६ बजेसम्म तीन घण्टा लोडसेडिङ हुनेछ।हेटौंडा-वीरगन्ज करिडोरमा भने विद्युत् कटौतीको समय फरक हुने प्राधिकरणले जनाएको छ।भारतको कटैया-दुहबी १ सय ३२ केभी प्रसारण लाइनबाट ५० मेगावाट विद्युत् आयात भइरहेकोमा बुधबार कोसी नदीले तटबन्ध कटान गरी १८ नम्बरको टावर ढालेपछि आपत्कालीन विद्युत् आपूर्ति बन्द भएकाले लोडसेडिङ समय बढाएको प्राधिकरण प्रणाली सञ्चालन विभागका निर्देशक शेरसिंह भाटले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो
-->

No comments: